Friday, May 29, 2015

राष्ट्रियता भनेको के?

नेपाल राष्ट्रियता नभएको मुलुक हो। नेपालमा विगत केही सय वर्ष राष्ट्रियता रहँदै नरहेको अवस्था छ। म जिन्दगीमा कहिल्यै नेपाली नभएको मान्छे। त्यो नागरिकतापत्र कागजको खोस्टो ले बनाउने होइन कसैलाई नेपाली। दलित, मधेसी, जनजाति, महिला, खस सबै लाई पायक पर्ने किसिमले नया संविधान लेखिन्छ भने म पहिलो पटक नेपाली बन्छु। अहिले म नेपाली होइन। अहिलेको नेपालमा मेरो लागि ठाउँ छैन। म जस्ता का लागि ठाउँ छैन।

बामे माफिया मान्छे। माफिया को पनि राष्ट्रियता हुन्छ? महेन्द्र सामन्ती मान्छे। सामन्तीको पनि राष्ट्रियता हुन्छ? राम शरण महत भ्रष्ट मान्छे। भ्रष्ट मान्छे को पनि राष्ट्रियता हुन्छ? जहाँ लोकतंत्र छैन त्यहाँ राष्ट्रियता छैन। बीपी ले लोकतंत्र बुझेको संघीयता नबुझेको। गिरिजाले लोकतंत्र संघीयता केही पनि नबुझेको, शक्ति मात्र बुझेको।

लोकतंत्र बिनाको राष्ट्रियता को कल्पना गर्न सकिँदैन। जुन देशमा सार्वभौमसत्ता जनतामा छैन त्यस देशमा राष्ट्रियता छैन। अझ म एक कदम अगाडि गएर बोल्छु। नेपाल लोकतान्त्रिक भइसक्यो, संघीयता शब्दमा आइसक्यो, व्यवहारमा पनि आउला, तर देश गरीब रहिरहेसम्म नेपाल राष्ट्रियता नरहेको मुलुक मान्नुपर्छ। जुन देशका युवा युवती अधिकांशले आफ्नो देशमा आफ्नो भविष्य देख्न सक्दैनन् त्यो मुलुक राष्ट्रियता नरहेको मुलुक मान्नुपर्छ।

राष्ट्रियता भनेको निर्माण गर्नुपर्ने कुरो हो। गार्हो पो छ त।

राष्ट्रियता, सीके राउत र नागरिक समाज


No comments: