Showing posts with label ck raut. Show all posts
Showing posts with label ck raut. Show all posts

Tuesday, November 22, 2022

मैंडेट गगन, वर्षमान, रवि, सीके को हो

गठबन्धन को बहुमत आउने छाँटकाँट देखिएन। एमाले सशक्त विपक्ष बन्ने देखियो। चुनावी परिणाम नै जनता को मैंडेट हो। त्यस अर्थमा रवि लामिछाने को पार्टी, सीके राउत को पार्टी, रेशम चौधरी को पार्टी, राजेन्द्र लिंगदेन को पार्टी ले पनि मैंडेट पाएको नै भन्नुपर्छ। अंतिम नतिजा आएको छैन तर जति आएको छ त्यसले संकेत दिन्छ। 

शेर बहादुर देउबा टीवी मा रयाल काढ़दै बस्ने कि कात लाग्ने? देउबा संसदीय दलको नेता भएको कांग्रेस नजिक रवि लामिछाने को पार्टी, सीके राउत को पार्टी, रेशम चौधरी को पार्टी, राजेन्द्र लिंगदेन को पार्टी आउन मिल्दैन। अंकगणित मात्र को कुरा होइन। हावा कता बगेको छ? त्यो पनि हेर्नु पर्छ। देश ले नयापन खोजेको छ। 

पहिला गगन गणतंत्रवादी भएको पछि कांग्रेस। कांग्रेस को प्रत्येक सदस्य बराबर, नया पुरानो सबै बराबर भन्दै टिकट बाँड्ने काम प्राइमरी इलेक्शन द्वारा गर्ने उद्देश्य बोकेको मान्छे। 

मैंडेट गगन, वर्षमान, रवि, सीके को हो। चार जनाले मिलेर सरकार बनाउनुपर्छ। बुढ़ा हरु कात लाग्ने अब। 






Monday, November 21, 2022

हॉर्न बजेछ, घण्टी बजेछ

हुन त मतगणना शुरू मात्र भएको छ। एक सीट मा मात्र जित घोषणा भएको अवस्था हो यो। तर सीके राउत को जनमत पार्टी र रवि लामिछाने को राष्ट्रिय स्वतंत्र पार्टी राष्ट्रिय पार्टी बन्ने देखियो। 

सबैभन्दा बढ़ी जिज्ञासा को चुनाव सीके राउत र उपेन्द्र यादव को सीधा प्रतिस्प्रधा सारा देश का लागि। त्यहाँ सीके ले स्वीप नै गरेको देखियो। 

कांग्रेस को भोट वाम लाई ट्रांसफर नहुने रहेछ। माओवादी को हालत खास्ता छ। तेस्रो दल हुने नहुने अवस्था जस्तो छ। 

रवि, चन्द्र  र रेशम। रेशम चौधरी को पार्टी ले पनि राम्रै गर्दैछ। सीके राउत ले पार्टी एकीकरण को पहल गर्नुपर्छ। 

बालेन र हर्क ले लौरो टेकेको आधार मा हॉर्न बजेछ, घण्टी बजेछ। 

कुनै एक पार्टी को बहुमत त्यसै पनि आउँदैन। 

गगन ले पनि आफ्नो क्षेत्र मा राम्रो गरेको देखियो। 

देउबा ले हारे हुने। सागर ले जिते हुने। प्रतिस्प्रधा दिएको त देखियो। 

तोशिमा सबिता ले राम्रो गरेका छन। काठमाण्डु ले राम्रो सन्देश दियो। 

देउबा हारेर गगन संसदीय दलको नेता बन्ने। गठबंधन भत्किने। गगन, रवि, सीके, रेशम मिलेर सरकार बनाउने। त्यो पनि हुन सक्छ। तोशिमा स्वास्थ्य मंत्री बन्ने। संख्या नपुगे राप्रपा पनि। लिंगदेन को राप्रपा। राजा अपेंडिक्स हो लिंगदेन को। नया पुस्ता को सरकार। सागर पनि। 












मतगणना चलिरहँदा श्रीमती लिएर फिल्म हेर्न पुगे गगन थापा

Dr. CK Raut In Saptari 2



चुनावपछिका दाउपेच



सेतोपाटी प्रक्षेपण: भारी मतान्तरसहित गगन थापा चुनिने छन् तेस्रोपटक सांसद काठमाडौं- ४ को समानुपातिकमा एमालेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो ........ हामीले कुराकानी गरेका ८५९ मतदातामध्ये ५०७ जनाले कांग्रेस उम्मेदवार गगन थापालाई भोट दिएको बताएका छन्। यो हामीले कुराकानी गरेका मतदाताको ५९ प्रतिशत हो। ....... हामीले कुराकानी गरेका ८५९ मतदातामध्ये १९६ जनाले समानुपातिक भोट नेपाली कांग्रेसलाई दिएको बताएका छन्। यो निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा एमालेलाई पछि पार्दै दोस्रो धेरै भोट ल्याउने देखिन्छ। हामीले कुराकानी गरेकामध्ये १७९ जनाले आफ्नो समानुपातिक भोट घन्टीलाई दिएको बताए। ...... विभिन्न मतदान केन्द्र घुम्दा हामीले एक जना यस्तो मतदाता पनि भेट्यौं जसले आफू समानुपातिकमा घन्टीलाई भोट हाल्न मात्र आएको बताए।

पुराना दलको घन्टी बजाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको उदय घन्टीको उदयले कसलाई हानि? ल्याउला गठबन्धनले बहुमत? कस्तो होला एमालेको परिणाम? ....... २०७९ सालको संसदीय निर्वाचनको सबभन्दा ठूलो स्टोरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय हो। निर्वाचन आउनु केही महिनाअघि मात्र खुलेको यो पार्टीले जसरी मुलुकभर लाखौं मतदातालाई उत्साही र उद्वेलित पार्दै मतदान केन्द्रमा पुर्‍याएको छ, जसरी चुनाव क्रममा मुख्य दलका उम्मेदवारलाई कतिपय ठाउँमा हायलकायल पारेको छ, त्यसले नेपाली राजनीतिको जमेको पोखरी तरंगित बनाएको छ। ....... रास्वपा पहिलो चुनावमै राष्ट्रिय पार्टी बन्छ भन्ने लगभग धेरैले अनुमान लगाइसकेका छन्। तर कति प्रतिशत मत ल्याउला भन्नेमा फरकफरक अड्कल छन्। धेरै मानिस ५ देखि २० प्रतिशतसम्म मत ल्याउला भन्ने अनुमान गर्छन्। ....... निर्णय गरिसकेकामध्ये ५२९ जनाले रास्वपालाई समानुपातिकमा मत दिने बताए। यो भनेको हामीले कुराकानी गरेका मतदाताको १४.७ प्रतिशत हो। ....... रास्वपाको घन्टी चुनाव चिह्नलाई मत दिने मतदाता मुख्यगरी ठूला सहर र पूर्व-पश्चिम राजमार्ग वरिपरिका सहरमा रहेको हामीले पायौं। ....... यस्ता सहरमा बसाइँसराइ गरेर आएको जनसंख्याको हिस्सा ठूलो हुन्छ। ऊ परिवर्तन गर्न र जोखिम मोल्न अरूभन्दा अगाडि हुन्छ। जसले आफ्नो थाजवाज नै परिवर्तन गरेर नयाँ ठाउँमा आएको छ, नयाँ अवसर खोजेको छ, सायद उसलाई आफूले मत दिने दल परिवर्तन गर्नु धेरै ठूलो कुरा हुन्न, जति अरूलाई हुन्छ। ........ काठमाडौंका चारवटा निर्वाचन क्षेत्रमा रास्वपाको समानुपातिक मत औसत २४ प्रतिशत छ। त्यस्तै चितवनका दुई निर्वाचन क्षेत्र र मकवानपुरको एकसहित तीन निर्वाचन क्षेत्रमा रास्वपाको औसत मत २९ प्रतिशत छ। .......... सुनसरी- ३ मा हामी मतदातासँग कुरा गर्न जाँदा इटहरीमा घन्टीको राम्रै मत देखियो। केही दक्षिण, दुहबी पुग्नेबित्तिकै त्यो मत धेरै कम भयो। .......

ठूला र पुराना दलहरूको मत काट्न त्यहाँ यसपालि मधेसकै नयाँ र विद्रोही पार्टी अघि आएको छ- सिके राउत नेतृत्वको जनमत पार्टी। ..... मधेस र लुम्बिनी प्रदेशमा ठूला र पुराना मधेसवादी दलहरूसँग असन्तुष्ट मतको ठूलो हिस्सा जनमत पार्टीले लैजाने छ। ..... बर्दिया, कैलाली, कञ्चनपुरमा विद्रोही रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले असन्तुष्ट मत लैजान्छ।

....... घन्टी चुनाव चिह्न जसरी यसपालि मुलुकभरि विद्रोही मतको प्रतीकजस्तो बनेको छ र रवि लामिछानेप्रति मुलुकभर जुन चासो र आकर्षण देखिएको छ, त्यसले रास्वपाको कुनै उपस्थिति नभएको दूरदराजका निर्वाचन क्षेत्रबाट पनि उसलाई केही मत आउन सक्छ। ....... हामीलाई लाग्छ रास्वपाले समानुपातिकमा ७ देखि १२ प्रतिशत मत ल्याउन सक्छ। ....... चितवन- २ मा उक्त पार्टीका रवि लामिछाने र काठमाडौं- ६ मा शिशिर खनाल विजयी हुनेछन् भन्ने हामीलाई लाग्छ। काठमाडौं- २ मा सोबिता गौतम र चितवन-१ मा हरि ढकाल पनि बलियो प्रतिस्पर्धामा छन्। ....... ललितपुर- ३ मा तोसिमा कार्की र काठमाडौं- ८ मा बिराजभक्त श्रेष्ठ पनि बलियो प्रतिस्पर्धामा छन् ........ रास्वपाले प्रत्यक्षमा ५ सिटको वरिपरि जित्यो भने त्यो स्वाभाविक नै हुनेछ। ....... रास्वपालाई जाने मतको सबभन्दा ठूलो हिस्सा हिजो नेकपा एमाले र नेपाली कांग्रेसलाई मत दिएका मतदाता छन्। देशका २१ निर्वाचन क्षेत्रमा रास्वपालाई मत दिन्छु भन्ने ५९२ जना मतदातामध्ये ४३४ जनाले (७३ प्रतिशत) पहिले एमाले र कांग्रेसलाई मत दिएको बताए। त्यसमध्ये एमालेलाई दिएका ४० प्रतिशत र कांग्रेसलाई दिएका ३३ प्रतिशत छन्। ......... हामीले भेटेका अधिकांश नयाँ मतदाताले रास्वपालाई मत दिन्छु भने। एमाले र कांग्रेसका 'फ्रेस' वा युवा उम्मेदवार नभएका क्षेत्रमा त यी दललाई मत दिन्छु भन्ने नयाँ मतदाता लगभग शून्य छन्। १८-२४ वर्ष समूहका यी मतदाताको 'फस्ट लभ' रास्वपा बनेको छ। .......... रास्वपाको उदय यो निर्वाचनको सबभन्दा ठूलो स्टोरी हो। तर यसको उदय २०६४ सालमा माओवादीको उदयजस्तो सबभन्दा ठूलो दलका रूपमा हुने छैन। साथै, जत्रो दल बने पनि सबै दललाई जाने मत काटेर रास्वपा नयाँ दलका रूपमा उदाउने हो। त्यसैले यसले गठबन्धनलाई मात्र क्षति गर्दैन। ........ सबभन्दा धेरै निराश र अन्यौलमा एमालेकै मतदाता पायौं। ........ नयाँ उदाउँदै गरेको रास्वपालाई मत दिनेमा एमालेलाई मत दिँदै आएका मतदाता नै बढी छन्। ........ यसपालि घन्टीले पाउने मतमध्ये ४० प्रतिशत अघिल्लोपटक एमालेलाई र ३२ प्रतिशत कांग्रेसलाई गएको मत हो। ...... गठबन्धनको बहुमत सजिलैसँग पुग्छ भन्ने हाम्रो विश्लेषण छ। ........ माओवादी नेताहरू समानुपातिकतर्फको आफ्नो मत लगभग स्थिर रहेको दाबी गर्ने गर्छन्। २०७०, २०७४ र गएको स्थानीय निर्वाचनको परिणाम हेर्दा माओवादीको मत धेरै फरक परेको छैन। तर फेरि २०७० को दाँजोमा २०७४ र २०७४ को दाँजोमा २०७९ को स्थानीय निर्वाचनमा थोरै-थोरै भए पनि माओवादीको मत घट्दै गएको देखिन्छ। यसपालि पनि केही मत पक्कै घट्नसक्छ। ......... सबै पुराना राजनीतिक दलका नेतृत्वमा उही अनुहार रहेका बेला राप्रपामा नेतृत्व फेरिएपछि धेरै मतदाताका लागि राप्रपा पनि नयाँ दलजस्तो बनेको छ। ....... कतिपय मतदाताले हामीसँग 'पुराना दललाई नदिने, यसपालि नयाँलाई दिने- राप्रपालाई दिने' भने। ........ काठमाडौंमा रास्वपालाई समानुपातिकमा मत दिन्छु भन्ने ३ प्रतिशतले पाँच वर्षअघि राप्रपालाई मत दिएको बताए। ...... गएको स्थानीय चुनावमै कांग्रेस मधेसमा ४६ स्थानीय पालिका जितेर सबभन्दा ठूलो दल भएको थियो भने जसपा २५ र लोसपा १४ पालिकामा खुम्चिएका थिए। ........ यादव स्वयं राउतबाट आफ्नो सांसद सिट जोगाउन संघर्षरत छन्। ........

हाम्रो विश्लेषणमा राउतले यादवलाई सप्तरी- २ बाट हराउने छन्।

मधेस प्रदेशभरि नै जसपा र लोसपाले पनि यसपालि आफ्नो समानुपातिक मत जोगाउन जनमत पार्टीसँग संघर्ष गर्नुपर्ने छ। लोसपाको समानुपातिक मत यसअघिको स्थानीय निर्वाचनमै धेरै घटेर करिब २.२ प्रतिशतमा सीमित भएको छ। त्यही ट्रेन्ड जारी रहे लोसपा यसपालि राष्ट्रिय पार्टी बन्दैन। तर सत्ता गठबन्धनका कारण लोसपाले प्रत्यक्षतर्फ केही सिट जित्नेछ। जसपाले भने प्रत्यक्षतर्फ पहिले जितेका सिट आफूसँग राख्न पनि कठिन संघर्ष गर्नुपर्ने छ। ......... जसपा ३ निर्वाचन क्षेत्रमा मात्र अघि छ। एमाले र जसपाको भोट मिलाउँदा पनि मधेसमा एमाले ३ र जसपा ३ निर्वाचन क्षेत्रमा अघि छन्। ........ मुख्य दल र त्यसमाथि पनि 'बूढा नेता' सँगको दिक्दारी। हामीले कुरा गरेका धेरै मतदाताले 'अब बूढा नेताहरूले केही गर्दैनन्, युवा आउनुपर्छ' भने। ....... 'पुराना दलले केही गरेनन्' भन्ने ठूलो गुनासो छ। ......... लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएका बेला सँगै बसेका प्रधामन्त्री शेरबहादुर देउवाले र्‍याल चुहाएर उँगेको भिडिओ हेरेपछि उनको कांग्रेससँग मन मरेको हो। ........ 'कांग्रेसका लागि भनेर दिनरात कुदियो। कतिपटक भात नखाई कुदियो। तर नेताहरू सत्तामा पुगेपछि काम पनि गर्न नसक्ने, मर्ने बेलासम्म टाँसिइरहने,' ढकालले भने, 'नयाँहरूलाई मौका नै नदिने भए, पार्टी र देश बर्बाद पार्ने भए।' ........ काठमाडौंको बुढानिलकण्ठ- ७ का शैलेन्द्र थेवेलाई एमालेसँग दिक्दार लागेको छ। 'मैले र मेरा बुवाले आजसम्म एमालेका उम्मेदवारलाई भोट दियौं। अहिले फर्केर हेर्दा व्यर्थै दिएछौं भन्ने लाग्छ,' उनले भने। ......... इटहरी उपमहानगरपालिका-८ का ४९ वर्षीय राजन पौडेलले राजनीतिक दलहरूले एउटै उम्मेदवार बारम्बार उठाएर वाक्क लगाएको बताए। उनको निर्वाचन क्षेत्रमा विजय गच्छदार कांग्रेसबाट सातौंपटक चुनाव लड्दै छन्। ......... 'प्रचण्ड प्रधानमन्त्री हुँदा म खाडीमा थिएँ। अब देशमा शान्ति छाउँछ, विकास हुन्छ अनि स्वदेशमै रोजगारी पाइन्छ भनेर हामीले खसी काटेर खाएको हो,' उनले भने, 'तर केही परिवर्तन भएन। कसैले केही गर्न सकेन। त्यही भएर यसपटक घन्टीलाई भोट दिने हो।' ........ 'कति नाच्दै हिँडिएको थियो त्यो बेला। यसपालि पनि बोलाइरहेका छन्, गइन्न,' उनले भने, 'म अर्कै दलमा पोइला गएँ भन्दिनू।' उनले दिक्दार भएर यसपालि घन्टी चिह्नमा मत दिने बताए। ........ बालेन शाह र हर्क साम्पाङले स्थानीय निर्वाचनमा मुख्य दलका उम्मेदवारहरूलाई हराएपछि धेरैलाई मुख्य दललाई हराउन सकिँदो रहेछ भन्ने पर्‍यो। 'आफ्नो मत अब खेर नजाने रहेछ' भन्ने परेपछि यसपालि धेरै मतदाता मत बदल्न तयार भए।

बालेन र हर्कले राम्रो काम गरेको भन्दै धेरै मतदाता नयाँ दल र स्वतन्त्रलाई मौका दिन तयार भएको बताउँछन्।

.......... पार्टी बोकेर आउँछ, लौरो बोकेर आए पो मत दिन हुन्थ्यो।' ........ मतदाताको यो रूझानले ठूला दलभित्र परिवर्तन खोज्ने युवाहरूलाई ठूलो बल पुग्नेछ। आउने दिनमा नेपाली राजनीतिको तलाउ अब हिजोको जस्तो जमेर बस्न सम्भव छैन। यसमा तरंग उत्पन्न भइसकेको छ।






दलहरूको अभूतपूर्व संकट संसारका ११० मुलुकले राजनीतिक दललाई नियमित दिन्छन् पैसा ....... .

Wednesday, November 16, 2022

16: CK Raut



जी २० सम्मेलनमा सी जिनपिङ र जस्टिन ट्रुडोबीच भनाभन भएको भिडियो भाइरल
जसपाद्वारा सिके राउत नेतृत्वको जनमतलाई कारबाहीको माग
सत्ता गठबन्धनका उम्मेदवार महन्थ ठाकुरलाई स्वतन्त्र उम्मेदवारको चुनौती लोसपासहितको पाँच दलीय गठबन्धनले सो क्षेत्रको पालिकाका वडाअध्यक्षहरुले २९ हजार ५४३ मत ल्याएका छन् भने जसपा–एमाले गठबन्धनका वडाअध्यक्षहरुले २५ हजार १७७ मत ल्याएका छन् । ...... एमालेमा रहेका रामआधार कापड स्वतन्त्र उम्मेदवार बनेका छन् । उनले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । ...... कांग्रेसको महोत्तरी जिल्ला सभापति र केन्द्रीय सदस्य भइसकेका कापड सो पार्टी छाडेर विजयकुमार गच्छदारको तत्कालीन फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए । उनी त्यहाँ पनि धेरै समय बस्न सकेनन् । त्यसपछि उनी माओवादी केन्द्रमा प्रवेश गरे । त्यहाँबाट उनी एमालेमा प्रवेश गरेका थिए तर टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका छन् । स्थानीय चुनाव २०७९ मा उनी जलेश्वर नगरपालिकाको मेयरमा उठेका थिए तर उनी पराजित भए । ....... यो उमेरमा उहाँले चुनाव नलड्दा नै राम्रो हुन्थ्यो, उमेरलाई लिएर पनि उहाँको टिका टिप्पणी भइरहेको छ ।’ ....... कापडले एनजीओमार्फत काम गरेका कारण उनको आधार बनेको र उनको प्रचार शैली पनि आक्रमक रहेको उनको भनाइ छ । त्यसले गर्दा अध्यक्ष ठाकुरसँगको प्रतिस्पर्धामा उनी नै रहेको पत्रकार झाको विश्लेषण छ । ....... तर अहिले नै को अगाडि को पछाडि भन्न नसक्ने अवस्था नरहेको बताउँदै उनले एकरातमा पनि मत उलटफेर हुने गरेको बताए । ....... पार्टीको केन्द्रीय सदस्य हुँदै कोषाध्यक्षसम्म बन्न सफल उनी पार्टीमा महामन्त्री बन्न चाहन्थे तर तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई महामन्त्री नदिएर डा.रामवरण यादवलाई दिएपछि कांग्रेस छाडेर मधेस राजनीतिमा आएको जानकारहरु बताउँछन् ।

उपेन्द्र यादवले जोगाउलान् गजेन्द्रनारायण सिंहको विरासत? मधेस प्रदेशमा सबभन्दा बढी चर्चाको क्षेत्र हो सप्तरी–२ । त्यहाँ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् । ....... सप्तरी–२ स्व.गजेन्द्रनारायण सिंहको क्षेत्र हो । त्यो रामराजा प्रसाद सिंहको क्षेत्र पनि हो । त्यो ठाउँ कांग्रेसका रामेश्वर प्रसाद सिंह र सशस्त्र आन्दोलनमा लागेका जयकृष्ण गोइतको पनि हो । सो क्षेत्रबाट यसअघि पनि जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनाव जितेका थिए । ........ गजेन्द्र सिंह २०३८ (जनमत संग्रह), २०४३ (राष्ट्रिय पञ्चायत), २०४८ (संसदीय चुनाव) र २०५१ (मध्यावधी) मा लगातार त्यहाँबाट चुनाव जितेका हुन् । २०५६ को चुनावमा उनी त्यहाँबाट चुनाव हारेका थिए र कांग्रेसका रामकुमार चौधरी १७ भोटले जितेका थिए । त्यतिबेला गजेन्द्रनारायण सिंहसँग काम गरेका शैलेश चौधरी भन्छन्, ‘गजेन्द्रनारायण सिंहलाई त्यतिबेला बडो षड्यन्त्रपूर्वक हराइएको थियो, उहाँको विरुद्धमा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति पनि लागेका थिए । तै पनि १७ भोटले मात्र हारेका थिए ।’ ....... २०५६ को चुनावमा जसरी गजेन्द्रनारायण सिंह चुनाव हारेका थिए, त्यस्तै अवस्था दोहोरिने हो कि भन्ने आशंका सप्तरीमा भइरहेको छ । ........ सुरुमा मधेस अलग गर्ने भनि आन्दोलन गरेर चर्चामा आएका सीके राउत जेल परेपछि हतास मनस्थितिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग जेलमै वार्ता गरेर तत्कालीन सरकारसमक्ष आत्मसमर्पण गरेका थिए । त्यसपछि उनी कहिले भ्रष्टाचारको मुद्दा, त कहिले मल, बिउको मुद्दा, त कहिले नागरिकताको मुद्दा उठाएर सडक संघर्षमा रहे तर हालसम्म कुनैमा अडिग रहेनन् । उनले सुरुदेखि नै अन्योलको राजनीति गरेको बताउँदै दिलिप सिंहले सीके राउत र उपेन्द्र यादवको तुलना गर्न नसकिने बताए ।

‘सीके राउत मूलधारको राजनीतिमा आइसक्यो, तराई विभाजनको एजेन्डा छैन’ मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तरगत मधेस प्रदेशमा यसपटक सबैभन्दा बढी चर्चा सप्तरी–२ को भइरहेको छ । सो क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट जेपी ठाकुर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । ........ ‘एमाले मधेस विरोधी हो, मधेसलाई हेप्ने पार्टी हो’ भन्दै प्रचारप्रसार गरेको जसपाले अहिले उसैलाई काँधमा बोकेर आएपछि उनीहरुको पत्तासाफ हुने जनमत पार्टीका अध्यक्ष सीके राउत दाबी गर्छन् । ........ जितेपछि यो स्थानमा फर्किएर हेर्न समेत नआएको हुनाले उहाँहरुलाई यसपाली जनताले हराउनेछन् र मलाई मौका दिन्छन् । घरदैलोमा सबै मतदाताले यो भनिरहेका छन् । ....... गठबन्धन कोसँग गरेर आएका छन् त ? जसले यो क्षेत्रमा ओलीलाई छिर्न दिनुहुँदैन भनेर ५ जनालाई शहादत दिलाए । आज त्यही ओलीलाई काँधमा बोकेर यहाँ पाएपछि त हार उसको सुचिश्चित हुने भयो । ........ सत्ता गठबन्धनका उम्मेदवार त राजनीतिक पात्र नै हुनुहुन्न । उहाँले जनताको बीचमा कतै समाजसेवा गरेको, कतै भाषण, राजनीतिक कुरा गरेको सुन्न पाइएको छैन । उहाँलाई एउटा मूर्ति जस्तै गठबन्धनले उचालेको हो । ....... यो सप्तरी जिल्ला कुनै बेला एकदमै शिक्षित जिल्लाको रुपमा प्रख्यात थियो । एकसे एक विद्वानहरु यहाँबाट निस्किए । विडम्वना अहिले ६३ वटा जिल्ला साक्षर घोषणा हुँदासम्म सप्तरी साक्षर जिल्ला घोषणा हुन सकेको छैन । यसको साक्षरता दर एकदमै कम छ । दुर्गम जिल्ला भन्दापनि कम साक्षरता दर यहाँको छ । ....... स्वास्थ्यको क्षेत्रमा हेर्नुहुन्छ भने ८९ प्रतिसत घरपरिवारसँग शौचालय नै छैन । बच्चाहरु कुपोषणको सिकार छन् । महिलाहरु रक्तअल्पताको सिकार छन् । राजविराजको अस्पतालमा जानुभयो भने तुरुन्तै धरान वा बिराटनगरको अस्पताल लैजानुस् यहाँ केही हुँदैन भन्छन् । ........ रोजगारीका लागि हामी यहाँ दुई तीनवटा पालिका मिलाएर कृषि औद्योगिक क्षेत्र र निर्मलीबाट रोडलाइन गाईघाटसम्म तानेर स्पेसल इकोनोमिक जोन बनाएर त्यहाँ मल्टिनेशनल कम्पनी बोलाएर यहीकाले घर घर रोजगारी पाउन सकुन् भन्ने स्थिति सिर्जना गर्ने अहिलेको प्रमुख एजेन्डा हो । ........ औद्योगिकीकरणका कुरा ब्यक्तिगत तर्फबाट पनि सम्भव हुन्छ । तपाईं वल्र्ड बैंक, एडिबी बैंकसँग कुरा गर्न सक्नुहुन्छ । परियोजना ल्याउन सक्नुहुन्छ । त्यो क्षमता भएको नेता चयन गर्न सक्नुपर्यो । मेरो फिल्ड पनि आइटी हो । यहाँ मल्टिनेशनल कम्पनीलाई निम्त्याउन सकिन्छ । ....... यहाँ कल सेन्टर स्थापना गरियो भने हजार जनालाई रोजगारी दिन सकिन्थ्यो । यो कुरो दश वर्ष अगाडि सम्भव थिएन । अहिले अप्टिकल फाइबर गाउँ गाउँसम्म पनि पुगेको अवस्था भएकोले त्यो यहाँ गर्न सकिन्छ । ...... सीके राउत भनेको पछिल्लो दश वर्षसम्म यही माटोमा बसेर ज्यान दिइरहेको ब्यक्ति हो । कुनै पद वा पैसाका लागि राजनीतिमा आएको होइन । यो बिषय यहाँको घर घर, बच्चा बच्चालाई थाहा छ । हामी कुनै पदको राजनीति गर्न आएका होइनौ । ज्यानै दिने राजनीति गरिरहेका थियौ । त्यसैले सबै मतदाताले निस्वार्थ भावले जनताको सेवा गर्न आएको भनेर मौका दिनुहुन्छ । यहाँ सम्म कि जो मेरा विरोधी छन्, तिनले पनि एक मौका दिनुपर्यो भनेर भनिरहेका छन् । मलाई भोट दिन्छन् । ......... रामराजा जीको गणतन्त्र ल्याउने, गज्जु बाबुको प्रजातन्त्र ल्याउने र उपेन्द्रजीले संघीयता ल्याउने आन्दोलन गर्नुभयो । उहाँहरुलाई म धन्यवाद दिन्छु । ........ तर जनताले शिक्षा पाए कि पाएनन्, रोजगारी पाए कि पाएनन्, स्वास्थ्यसेवा छ कि छैन ? यो एजेन्डा यस अगाडिको कुनैपनि राजनीतिक आन्दोलनमा थिएन । त्यही भएर जनमत पार्टी आएको हो । जसरी भारतमा आम आदमी पार्टी कुनै राजनीतिक एजेन्डा बोकेर आएन, सेवा प्रवाहको एजेन्डा बोकेर आयो । त्यसरी नै यहाँ जनमत पार्टी आएको सेवा प्रवाहका लागि हो । .

Sunday, August 07, 2022

7: CK Raut

Friday, July 15, 2022

रवि लामिछाने र सीके राउत को अघोषित गठबन्धन हुने संभावना

भ्रष्टाचार को मुद्दा माथि लेजर फोकस गरिरहेको एक्लो व्यक्ति अहिले रवि लामिछाने। देशव्यापी दौड़ाहा मा रहेको एक्लो व्यक्ति रवि लामिछाने। पहिला बहुदल नै आउनुपर्थ्यो। संघीयता अगाडि गणतंत्र नै आउनुपर्थ्यो। सीक्वेंस मिलाउनुपर्छ। अहिले को प्रमुख मुद्दा भ्रष्टाचार नै हो। त्यो भनेको शिक्षा, स्वास्थ्य, आर्थिक विकास मुद्दा नै होइन भन्ने होइन। 

भ्रष्टाचार को मुद्दा माथि लेजर फोकस गरेर अब को चुनाव मा प्रत्येक पदमा उम्मेदवारी दिने अवस्थामा पुग्यो भने रवि लामिछाने को नया पार्टी राष्ट्रिय पार्टी बन्यो। जाबो दुई तीन लाख भोट को त कुरा हो। रविन्द्र मिश्र भन्दा रवि लामिछाने निकै फरक छन। 

देश हल्लाउन बहुमत नै ल्याउनु पर्छ भन्ने छैन। एक तिहाई सीट जितेको सबैभन्दा ठुलो पार्टी बने पनि पुग्छ। 

जनता ले जित्ने लाई हो भोट दिने। यसले सरकार बनाउँछ कि बनाउँदैन भन्ने सोध्छ। आखिर चुनाव नै सरकार बनाउने चुनाव हो। त्यो जायज प्रश्न हो पनि। पहाड़ हिमाल मा एक तिहाइ मात्र सीट रवि लामिछाने को पार्टी ले जित्ने छाँटकाँट देखिने हो भने त्यसले सीके राउत लाई मधेसमा फाइदा गर्छ। चुनाव अगाडि को अघोषित गठबन्धन चुनाव पछि को सत्ताधारी गठबन्धन बनिदिन सक्छ। 

भ्रष्टाचार को मुद्दा माथि लेजर फोकस गर्दै चुनाव अगाडि नै गठबंधन गर्न सके त अझ राम्रो हो। 

चुनाव खर्च का लागि पैसा नउठाउने गैर राजनीतिक हरकत जुन गरे सीके राउत ले स्थानीय चुनाव अगाडि त्यो हरकत फेरि गर्ने हो भने अबको चुनाव सीके को अंतिम चुनाव हुनेछ। त्यो हो रविन्द्रपथ। पुर्ण पारदर्शी किसिम ले मेरिट को आधार मा ठेकापट्टा दिने हो भने ठेक्का पाउने संभावना भएका को को हुन। तिनको पहिचान गर्न सक्नुपर्छ। तिनीसँग चुनावी खर्च माग्न सक्नुपर्छ। 

दुई पार्टी ले मिलेर बहुमत ल्याउनु अहिले को अवस्था मा देश का लागि सबैभन्दा राम्रो हो। 

भ्रष्टाचार को मुद्दा भनेकै पुराना पार्टी हरु विरुद्ध लड्ने भनेको हो। 

रवि लामिछाने र सीके राउत ले वास्तव मैं देश को कायापलट गर्न खोजेको हो भने चुनाव अगाडि नै गठबन्धन बनाउनुपर्छ। स्वीप दिन्छ। 



Monday, January 31, 2022

Foreign Minister Ashutosh Tiwari

रूद्र पाण्डे र सीके राउत
दुई तिहाइ सैनिक, प्रहरी, र कर्मचारी को घर वापसी नै संघीयता हो

Sunday, August 29, 2021

"के गर्दै छन् सीके राउत?"

के गर्दै छन् सीके राउत ? ६ महिनापछि हुने स्थानीय चुनावमा बलियो उपस्थिति जनाउन तल्लो तहसम्म संगठन विस्तार गर्ने र मधेसको विकासमा युवालाई समेट्ने रणनीति ...... पुराना माग र मुद्दा छाडेर मूलधारको राजनीतिमा आएपछि मधेसमा जनमत पार्टीप्रति आकर्षण झन् बढेको दाबी ......... अमेरिकाबाट फर्केका इन्जिनियर सीके राउतले पृथकतावादी नारा दिँदै तराई–मधेसमा अभियान चलाउँदा सबैलाई झस्काएको थियो । गैरसंवैधानिक गतिविधिका कारण उनी र उनका कार्यकर्ता पटकपटक पक्राउ पर्दै छुट्ने गरेका थिए । राउत आफैं झन्डै ५ महिना हिरासत बसेपछि सरकारसँग सहमति गरेर मूलधारको राजनीतिमा आए । ......... २०७५ फागुन २४ मा खुला राजनीतिमा आएपछि उनको समूह मधेस राजनीतिको तेस्रो धार बन्न सक्ने आकलन गरिएको थियो । तर पछिल्लो समय राउत खासै चर्चामा छैनन् । राष्ट्रिय राजनीतिका मुद्दामा पनि उनका क्रिया–प्रतिक्रिया उति सुनिँदैनन् । ......... साढे दुई वर्ष अगाडि सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरेका राउतले सिरहाको लहानमा राष्ट्रिय परिषद् बैठक गरेर आफ्नो नेतृत्वमा २०७५ चैत ४ मा जनमत पार्टी गठन गरेका थिए । त्यसअघि उनी स्वतन्त्र मधेस गठबन्धनका नाममा राजनीति गर्थे । ....... उक्त पार्टीको गत चैत अन्तिम साता भएको महाधिवेशनले राउतलाई निर्विरोध अध्यक्ष चुनेको थियो । मूलधारमा आएपछि ओझेलमा परेको र पुराना कार्यकर्ताले पार्टी छाडेको चर्चा मधेसको राजनीतिक क्षेत्रमा भइरहेको छ । पहिले विखण्डनको पाठ रटाएका आफ्ना युवा पंक्तिलाई अहिले सम्झाउन राउतका लागि चुनौती रहेको विश्लेषकको बुझाइ छ । जनमत पार्टीका नेताहरू भने संगठन विस्तारमा केन्द्रित भइरहेको बताउने गरेका छन् । ........ जनमत पार्टीका महासचिव चन्दन सिंहले चुनाव नजिकिँदै गरेका पार्टीको आन्तरिक गृहकार्यमा आफूहरू लागेको बताए । ‘अबको ६ महिनापछि स्थानीय चुनावको वातावरण बन्न थाल्छ,’ कान्तिपुरसँग फोनमा महासचिव सिंहले फोनमा भने, ‘त्यसपछि अरू चुनाव पनि हुन्छन् । त्यहीअनुसार संगठनको तयारी भइरहेको छ ।

प्रत्येक जिल्लाको ग्रासरुट लेभलमा बुथ समिति निर्माण गर्ने अभियानमा केन्द्रित छौं ।’

उनले संगठन शुद्धीकरणसँगै पालिका र वडास्तरमा अधिवेशन गरिरहेको जानकारी दिए । ‘हामी लक्ष्यबाट विचलित भएका छैनौं,’ उनले भने । ................ ‘हामीसँग पढेलेखेका हजारौं युवाको जमात छ । ........ ‘हामीसँग विदेशमा पढेर, काम गरेर फर्केका युवा छन् । विदेशमै बसेका पनि छन् । .......... जनमत पार्टीका पूर्वकेन्द्रीय सदस्य सञ्जय साहले पुराना मुद्दा छाडेपछि कृपावाद हाबी हुनाले २०७७ जेठमा आफूलगायत ७ केन्द्रीय सदस्यले पार्टी छाडेको बताए । त्यतिबेला पार्टीको ३५ सदस्यीय केन्द्रीय समिति थियो । ‘जेलनेल भोगेका कार्यकर्तालाई पाखा लगाएर नातावाद र जातिवादका आधारमा कार्यकारिणी समिति निर्माण हुन थालेपछि हामीले राजीनामा दियौं,’ उनले भने, ‘ग्रासरुटमा काम गर्ने कार्यकर्ताको मूल्यांकन छैन । जनता राज ल्याउने नारा भए पनि गतिविधिचाहिँ अन्य पार्टीजस्तै छ ।’ उनले राउतले नेतृत्व गरेको अभियानमा आफू २०७१ सालमा सामेल भएको जानकारी दिए । २०७७ चैत २८ मा जनकपुरको बाह्रबिघामा जनमत पार्टीको प्रथम महाधिवेशन भएको थियो ।

२५ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनमा ४ हजार ५ सय प्रतिनिधिले मतदान गरेका थिए ।

.............. गत वैशाख ९ र १० मा धनुषाको हारसर जीवन केन्द्रमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले जनमत पार्टीका आगामी निर्वाचन लक्षित प्रचारप्रसारका कार्यक्रम वडा स्तरसम्म चलाउने निर्णय गरेको थियो । निर्वाचन आयोगको मतदाता नामावलीमा नाम छुटेकाहरूको नाम दर्ता गराउने अभियान हरेक वडामा चलाइने निर्णय पनि गरिएको थियो । पार्टीका कार्यकर्ताले जनतामाझ पुगेर गाउँघर सरसफाइ कार्यक्रम, प्रभातफेरी, जनचेतनामूलक नाटकलगायत सञ्चालन गर्ने पनि उक्त पार्टीको निर्णय छ ।

हरेक वडाबाट कम्तीमा ३० जना स्वयंसेवकको सूची केन्द्रीय सचिवालयलाई उपलब्ध गराउन निर्देशनसमेत दिइएको थियो ।

........... जनमत पार्टीले स्थानीय तहको उपनिर्वाचनमा भाग लिएको थियो । तर कोही पनि विजयी हुन सकेनन् । महासचिव सिंहले भने उपनिर्वाचनमा सांकेतिक रूपले केही ठाउँमा वडा अध्यक्ष र एउटा गाउँपालिकामा अध्यक्ष पदका लागि पार्टीले उम्मेदवार खडा गरेको बताए । ‘पार्टी बनेको केही महिना मात्र भएकाले जित हासिल गर्न सकिएन,’ उनले भने, ‘भोट भने राम्रो आयो । आगामी चुनावमा हाम्रो राम्रो उपस्थिति हुन्छ ।’ ........ राजनीतिक विश्लेषक विनोद गुप्ताले तराई–मधेसका जनताले मूलधारकै राजनीतिलाई रुचाउने बताउँछन् । ‘सरकारसँग सहमति गरेर मूलधारमा आए पनि सीके राउतले अप्रत्यक्ष रूपले जनमतसंग्रहको माग गर्दै आएका छन्, त्यही भएर नरुचाइएका हुन् । मधेसका जनता नेपालको मूलधारको राजनीतिबाट अलग बस्न रुचाउँदैनन्,’ उनले भने । अमेरिकाको नासामा काम गरेर फर्किएकाले राउतप्रति एउटा तप्काको आकर्षण बढेको उनको बुझाइ छ । ‘नासामा काम गरेर आएकाले केही विशेषता होला भनेर पनि लगाव थियो, पढेलेखेका मानिसले राउतको राजनीति बुझिसकेका छन्,’ उनले भने ।






The Taliban, not the West, won Afghanistan’s technological war The US-led coalition had more firepower, more equipment, and more money. But it was the Taliban that gained most from technological progress. ........ Despite their terrible human costs—or perhaps because of them—wars are often times of technological innovation. The Napoleonic Wars brought us canned goods; the American Civil War drove the development of submarines. The Second World War, meanwhile, began with biplanes, cavalry charges, and horse-drawn wagons but ended with radar, V2 rockets, jet fighters, and atomic bombs. (Perhaps most fundamentally, via the breaking of German codes at Bletchley Park, the war also ushered in the start of the computing revolution.) ........

If wars are fought through innovation, the Taliban won.

.......... The Taliban, meanwhile, made some huge leaps. They began this war with AK-47s and other simple, conventional weapons, but today they have harnessed mobile telephony and the internet—not just to improve their weapons and their command-and-control systems, but even more crucially, to carry out their strategic communications and their influence operations. .......... While the bulk of their fighting equipment has remained simple and easy to maintain (often no more than a Kalashnikov, some ammunition, a radio, and a headscarf), they have had to seek out new technology from other insurgent groups or develop their own. .........

One key example: roadside bombs, or IEDs. These simple weapons caused more allied casualties than any other.

Originally activated by pressure plates, like mines, they had evolved by the midpoint of the war so that the Taliban could set them off with mobile phones from anywhere with a cell signal. ............ But the real technological advance for the Taliban took place at the strategic level. Acutely aware of their past shortcomings, they have attempted to overcome the weaknesses of their previous stint in government. Between 1996 and 2001, they preferred to be reclusive, and there was only one known photo of their leader, Mullah Omar. Since then, though, the Taliban have developed a sophisticated public affairs team, harnessing social media domestically and abroad. IED attacks would usually be recorded by mobile phone and uploaded to one of the many Taliban Twitter feeds to help with recruitment, fundraising, and morale. Another example is the technique of automatically scraping social media for key phrases like “ISI support”—referring to Pakistan’s security service, which has a relationship with the Taliban—and then unleashing an army of online bots to send messages that attempt to refashion the image of the movement. .............. The West’s overarching military priority has been elsewhere: in the battle between greater powers. Technologically, that means investing in hypersonic missiles to match those of China or Russia, for instance, or in military artificial intelligence to try outwitting them. ............ even rudimentary weapons can carry the day in the hands of motivated, patient humans who are prepared—and able—to make whatever progress is required. ......... the battlefields of tomorrow might look a lot like Afghanistan: we will see fewer purely technological conflicts that are won by the military with the greatest firepower, and more old and new technologies fielded side by side. It already looks that way in conflicts such as the one between Armenia and Azerbaijan, and the pattern is one we may see more over time. Technology may not win wars anymore, but innovation can—particularly if one side is fighting an existential battle.


Wednesday, April 21, 2021

जनमत पार्टीको बन्दै जाने जनमतका आधारहरु




जनमत पार्टीको जन्म र सीके राउतको जीवनी 

नेका र नेकपा बनारसमा पैदा भएका। गिरिजा बिहारमा पैदा भएका। जनमत पार्टी नेपाली भुमिमा पैदा भएको। पहिलो महाधिवेशन कोलकाता होइन जनकपुरमा गरेको। सीके राउतले अमेरिकामा जागीर छोड़ेको सही हो, तर वर्षको एक लाख डॉलर को तलब त्यागेको हो भने जनमत पार्टी सफल भएर सीके बालुवाटार पुग्छन भने त्यस यात्रा वृतान्त लाई लेखेर अमेज़न मा आफैले स्वप्रकाशित गरिदिने हो भने त्यो वर्षको एक लाख डॉलर सुद ब्याज सहित सीके को पोल्टामा आइपुग्छ। 

आर्थिक क्रांतिको युगमा जनमानस लाई सेवा पुर्याएर नै उद्यमी (entrepreneur) लखपति, करोड़पति, अरबपति बन्ने हो। 

सीके को जीवनी रोचक छ। एउटाले त फिल्म नै बनाउने प्रयास गरेको। संस्थापक को जीवनी लाई अगाडि ल्याउनु संगठन का लागि जरूरी हुन जान्छ तर मुख्य कुरा राजनीतिक कार्यक्रम हो। सीके जति पढ़ेलेखेको मान्छे अमेरिका युरोप तिर पनि राजनीति मा कमै भेटिन्छन। अहिले मेरो मानसपटल मा एउटा मात्र उदाहरण आइरहेको छ। जर्मनी की एंजेला मर्केल। होइन भने अधिकांश हुन्छन् बीए पास। हुन त अमेरिका जस्तो देशमा के सोंच छ भन्दा जसरी अस्पताल मा काम गर्ने हरु मेडिकल स्कुल गएका हुन्छन् त्यसरी नै संसद जहाँ कानुन को निर्माण हुन्छ त्यहाँ वकील हरु पुग्ने हुन। अमेरिका को शुरुवाती इतिहासमा भने फुल टाइम आफ्नो पेशा सम्हालेको र पार्ट टाइम मात्र राजनीति गर्ने मान्छे संसद पुग्नु पर्छ भन्ने सोंच थियो। 

मौका मा चौका 

सीके को प्रस्थान विन्दु सीके को विश्लेषण रह्यो। विश्लेषण के भन्दा नेपाल भित्र मधेसी को अवस्था ब्रिटिश साम्राज्य भित्रको भारतको जस्तो छ। त्यस औपनिवेशिक शासनको समाधान संघीयता होइन अलग देश हो। त्यस विश्लेषण सँग म कहिले असहमत भइन। तर समस्याको समाधान को बाटो त्यो हो भन्ने मलाई कहिले लागेन। मधेसीले आफ्नो अलग देश बनाए काठमाण्डु माथि शासन कसरी गर्ने? तर विश्लेषण सटीक हो। यति सटीक कि त्यति दमदार विश्लेषण न कहिले गजेंद्र नारायण सिंघले गरे न उपेंद्र यादवले। 

मधेसीले समानता र अधिकार त पाउँछ। तर त्यो त फगत प्रस्थान विन्दु हुनेछ। सीके को प्रमुख चुनौति पनि र अवसर पनि आर्थिक क्रांति को अवसर हो। 

चीनले आर्थिक प्रगति को निर्णय गरेको सन १९८० तिर। गाडी ट्रैकमा ल्याउन नै १० वर्ष लाग्यो। तर सन १९९० देखि २०२०  सम्म को ३० वर्ष उसले १०% अथवा सो बढ़ी आर्थिक वृद्धि दर राख्यो औसत। अमेरिका र ब्रिटेनले पनि आर्थिक क्रांति गरेका हुन। तर २०० वर्ष लगाएर। १०% आर्थिक वृद्धि दर तर कहिले छोएन। कहिले ३, कहिले ४, रिस नै उठे कहिले काहिं आक्कलझुक्कल पाँच। तर त्यही कम आर्थिक वृद्धि दर लगातार २०० वर्ष गरे आर्थिक क्रान्ति हुने रहेछ। त्योभन्दा अगाडि त आर्थिक वृद्धि दर नै शुन्य हजारौं वर्ष सम्म जीवन स्तर उस्तै उस्तै रहन सक्ने। बाजे को पनि उही रहनसहन, नाति को पनि उही। 

चीन लाई के फाइदा भयो भन्दा विज्ञान प्राविधि केही आफुले अविष्कार गर्नु परेन। खुरु खुरु फोटोकॉपी गर्दै गयो। तर अहिले त विज्ञानं र प्राविधि सन १९९० को भन्दा धेरै अगाडि छ। त्यसमा पनि सीके को पीएचडी नै प्राविधि मा छ। 

राजनीतिक अधिकार को लड़ाइजरूरी त हो तर एक किसिमले बोरिंग हो। पट्यारलाग्दो। अरु थुप्रैले थुप्रै ठाउँमा बिभिन्न कालखण्डमा गरिसकेको। नया त त्यस्तो के छ र? राजनीतिक अधिकार को झैझगडा हतार हतार समाप्त गर्नुपर्ने कारण नै के भन्दा त्यसले आर्थिक क्रांति का लागि धरातल दिने हो। 

आर्थिक क्रांति: प्रमुख मुद्दा 

अमेरिका र युरोप को विज्ञानं र प्रविधि को फाइदा चीन लाई भयो। अमेरिका र युरोप ले दशकौं र केही शताब्दी लगाएर गरेको विकास को फाइदा भयो चीन लाई। रेल को आविष्कार गर्नु परेन। सीमेंट र कंक्रीट को आविष्कार गर्नु परेन। चीन ले ३० वर्षमा औसत १०% गर्न सक्यो। अहिले नेपाल जस्तो देशले आफ्नो राजनीतिक क्रांति लाई पुर्णता दिने हो भने २० वर्ष सम्म शायद १५% गर्न सकिन्छ होला। किनभने विज्ञानं र प्रविधि ले ३० वर्षमा धेरै फड्को मारेको छ। 

अमेरिका र युरोप को गलती बाट सिक्न पाइयो। वातावरण विनास गर्नु हुँदैन। अमेरिका र युरोप र चीन ले हिमालय को हिउँ पग्लिने गरिदिए। त्यति सारो विनास। परिवार महत्वपुर्ण छ। परिवार बलियो रहनुपर्छ। ईश्वर को अराधना समाजमा शांति र समृद्धि का लागि अपरिहार्य र आफैमा गंतव्य। 

भारतले तार वाला फोन स्किप गरेको हो। एकै चोटि मोबाइल फोन मा पुगेको हो भारत। अमेरिका र युरोप र जापान र चीन का लागि संभव नभएका त्यस्ता थुप्रै शार्ट कट हरु छन जुन नेपाल जस्तो देश का लागि उपलब्ध छ। अंधाधुंध कॉपी गर्ने तिर लाग्नु हुँदैन। बुद्धि विवेक पुर्याएर आर्थिक विकास गर्नु पर्छ। 

जस्तै। मधेसका २२ जिल्लामा खेत खेत मा १२ महिना नै पानी पुर्याएर धान, गहुँ, मकै खेती ठ्याक्कै समाप्त गरेर मात्र र मात्र फलफुल र तरकारी खेती गर्ने हो र दुनिया को सबैभन्दा सस्तो शायद रुसी सेकंड हैंड कार्गो प्लेन हरु हो, नेपाल बाट हवाई बाटो ५-१० घंटा रेफ्रिजरेटेड प्लेन को बाटो दुनियाको आधा जनसंख्या लाई तरकारी ख्वाउने निर्णय ले किसानको आम्दानी २० गुणा बढ़ी बढ्छ कि बढ्दैन? अहिले को हजार डॉलर प्रति व्यक्ति आय बाट वार्षिक २०,००० डॉलर पुग्छ कि पुग्दैन? अनि क़तारी हरु लाई नेपालमा जागीर दिने। तरकारी खेती का लागि अहिले नै प्रयाप्त शिक्षित छन नेपाली। 

त्यो एउटा उदाहरण हो।

भ्रष्टाचारको मुद्दा: अहिले सबैभन्दा प्रबल 

अहिलेको परिप्रेक्ष्यमा आर्थिक विकास भनेको राणा कालमा पार्टी निर्माण जस्तो। व्याप्त भ्रष्टाचारले गर्दा। 

सबैभन्दा ठुलो भ्वांग: सरकार लाई तिर्नुपर्ने पैसा नतिर्ने। त्यो बिजली बिल हुन सक्छ, कर हुन सक्छ। १० अरब तिर्नु छ भने १० करोड़ नेता र कर्मचारी लाई ख्वाउने। दोस्रो ठुलो भ्वांग: सरकारी बजेट को पैसा ठेका पट्टामा लिने तर काम नगर्ने अथवा कमसल काम गर्ने र नेता आदिलाई कमीशन। तेस्रो भनेको सरकारी सेवा प्रदान गरे बापट पैसा माग्ने। सत्ताधारी पार्टी का हजारौं कार्यकर्ता यसरी नै "काम गराइदिने" भन्दै आफ्नो लाइफस्टाइल बनाउँछन। 

सात सालको प्रजातन्त्रको जस्तो, ४६ सालको बहुदल को जस्तो, सन २००६ को गणतंत्रको जस्तो, सन २००७ को संघीयताको जस्तो अहिलेको प्रबल राजनीतिक मुद्दा यो नै हो। गर्न गारहो पनि, तर सबैभन्दा बढ़ी राजनीतिक फाइदा दिने पनि। केजरीवाल ले यही मुद्दा समातेर दिल्ली कब्ज़ा गरेको हो। 





अर्याल होटलको निष्कर्ष : एमाले फुटाउने ओलीको चाहना एमालेमै बसेर जस्तोसुकै परिस्थितिको सामना गरिने ........ प्रधानमन्त्री तथा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको अध्यक्षसमेत रहेका ओलीले खनाल–नेपाल पक्षका केही सांसदको पद खोस्ने तयारी थालेको देखिन्छ । ......... कर्णाली प्रदेश प्रकरणले खनाल–नेपाल पक्षबाट निर्णायक अवस्थामा ‘धोका’ पाउने देखिसकेपछि ओलीले प्रतिनिधिसभाको अंकगणितमा सो पक्षलाई सामेल गरेर अर्को धोकाको प्रतीक्षा नगर्ने रणनीति बनाएका हुन् । ........ जसपा नेपालको असन्तुष्ट पक्षलाई समेत समेट्नका लागि ओलीले संविधान पुनरावलोकन गर्नका लागि आयोग गठन गर्नेसम्मको तयारी थालेका छन् । ....... पार्टीभित्र समानान्तर कमिटी गठन गर्दैै आफूलाई लगातार चुनौती दिँदै आएको खनाल–नेपाल पक्षमाथि निर्मम कारवाही गरेपछि संसदीय अंकगणितमा आफूलाई हुने क्षति पूर्तिका लागि ओलीले सिंगो जसपा नेपालको समर्थन लिन खोजेको देखिन्छ । ....... संविधान पुनरावलोकन आयोग गठन गरेर भए पनि ओलीले जसपा नेपालका यादव–भट्टराई पक्षलाई पनि विश्वासको दायरामा ल्याउन पहल गर्ने रणनीति बनाएका छन् । ...... ओलीको चाहना जसरी पनि पार्टी फुटाएर अलग्गै समूह बनाउने  नै देखियो ।’ 
जसपालाई प्रधानमन्त्रीले वचन दिए  ‘नेता–कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताको माग सकिएपछि संविधान संशोधन, नागरिकता विधेयकलगायत विषयमा छलफल हुन्छ ।’ ......... सरकारले मधेस र थरुहट आन्दोलनका क्रममा ११ जिल्लाका २ सय ८ जनाविरुद्ध परेका मुद्दा किनारा लगाउने प्रक्रिया अघि बढाएको छ । जसलाई सात वर्गमा बाँडिएको छ । महतोका अनुसार पुनरावेदन र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा अदालती प्रक्रियाबाट टुंग्याउने पहल हुनेछ । .......... निलम्बित सांसद रेशम चौधरीलगायत नेता तथा कार्यकर्ताविरुद्धको मुद्दा भने सरकारले फिर्ता लिन नसक्ने भएकाले अदालती प्रक्रियाबाट टुंग्याउने कसरत ओलीले गरेका छन् । जिल्ला अदालत र स्थानीय प्रशासनमा विचाराधीन रहेका मुद्दालाई फिर्ता गर्ने, फैसला भइसकेका हकमा सजाय मिनाहा गर्ने प्रक्रिया अघि बढाइएको छ ।  ......... सरकारले २४ थान मुद्दा फिर्ताका लागि प्रक्रिया अघि बढाएको जानकारी महतोले दिए ।  पुनरावेदनको प्रक्रियामा लैजान खोजिएका मुद्दालाई सरकारले अघि नबढाउने समझदारीसमेत बनेको छ ।
ईश्वरका बारेमा के भन्थे बुद्ध?  बुद्धले आफूलाई ईश्वर या ईश्वरका अवतार, दूत वा पुत्रका रूपमा मानेका छैनन्। उनले आफूलाई कल्याण मित्र वा गुरू वा मार्गदर्शकसम्म भनेका छन्। .........  पहिलो व्यक्तिले ईश्वर छैन भन्ने मानेको थियो। म उसको मान्यता हटाउन चाहन्थेँ ताकि उसले खोज सुरू गरोस्। ईश्वर छैन मानेर नबसोस्, ऊ सत्यसम्म पुगोस्। दोस्रो व्यक्तिले ईश्वर छ भन्यो। मैले उसको मान्यतामा आधारित धारणा हटाउन खोजेँ। ऊ पनि खोज जारी राखोस्, ईश्वर छ कि छैन भनेर। तेस्रो व्यक्ति अझै संशयमा छ। उसले खोज जारी राखेको छ, त्यसैले म मौन रहेँ। 

एमाले ‘फुटको डिलमा’ नेपाल पक्षमा ३८ सांसद रहे पनि सत्ता बचाउने/भत्काउने समीकरण हुँदा आफूलाई धोका दिने सम्भावना देखेका २७ सांसदलाई ओलीले सोधे स्पष्टीकरण । कर्णालीका ५ सांसद पनि कारबाही प्रक्रियामा । ......... उनले नेपाल पक्षधर नेताहरूलाई एमालेकै नाम र सूर्य चिह्न प्रयोग गरेर किन नयाँ पार्टी खोलेको भन्दै प्रश्नसमेत गरेका छन् । 
जसपालाई प्रधानमन्त्रीले वचन दिए–रिहाइ र मुद्दा फिर्ता प्रक्रिया यसै साताबाट  महतोका अनुसार ओली संविधान संशोधनका लागि आयोग बनाउन सकारात्मक देखिएका छन् । ‘हाम्रो माग सम्बोधनका लागि मात्रै होइन, संविधान कार्यान्वयनमा क्रममा धेरै खालका त्रुटि सच्याएर जीवन्त र समयसापेक्ष बनाउन आवश्यक देखिएको छ । त्यसका लागि आयोग नै बनाउनुपर्छ भन्ने छलफल भएको छ । प्रधानमन्त्रीले इन्कार गरिसक्नुभएको छैन,’ महतोले भने, ‘आयोग बनाउने विषय पार्टी अध्यक्ष उपेन्द्रजीले कानुनमन्त्री हुँदा अघि बढाउनुभएको हो । यसमा समझदारी भयो भने राम्रै हुन्छ ।’ ............  प्रधानमन्त्री ओलीले सके सरकारमा सहभागिता, नसके बाहिरबाट समर्थन, त्यो पनि सम्भव नभए तटस्थ बस्ने विकल्प ठाकुर–महतोसमक्ष अघि सारेका छन् । तेस्रो विकल्पमा जाँदा पार्टी पनि जोगिने, माग पनि पूरा हुने र मुलुकलाई निर्वाचनमा लैजान पनि सकिने बुझाइ ठाकुर र महतोको छ । आफ्नो सत्ता अप्ठ्यारोमा पर्ने देखेपछि ओलीको लाइन पनि निर्वाचनतिरै जाने देखिन्छ । .......... महतोले भने, ‘कुनै पनि समीकरणमा सहभागी हुने वा नहुने भन्ने विषय व्यक्तिको धारणामा होइन, पार्टीको निर्णयले अघि बढ्छ । अहिलेसम्म पार्टीले सत्ता समीकरणका विषयमा निर्णय गरेको छैन । कोही पनि भ्रममा नपरे हुन्छ ।’ सत्ताकै विषयलाई लिएर महतोले पार्टी विभाजन नहुने दाबीसमेत गरे । पार्टीभित्र आ–आफ्नो धारणा राख्न पाइने तर औपचारिक निर्णयमा पुगिसकेपछि त्यसलाई बोकेर हिँड्नुपर्ने आन्तरिक समझदारी नै पार्टीमा रहेको उनले बताए ।
सरकार र जसपा समझदारीनजिक : २ सय ८ बन्दी रिहाइ हुने, संविधान पुनरावलोकन गर्न आयोग आफ्ना माग पूरा नभएसम्म जसपा सरकारमा नजाने, कांग्रेस-माओवादीको गठबन्धनमा पनि नजाने ........... सरकारले माग पूरा गर्न निरन्तर काम गर्ने र तबसम्म जसपाले कांग्रेस र माओवादी केन्द्रसँग सत्ता समीकरणबारे सल्लाह नगर्ने दुवै पक्षबीच समझदारी रहेको छ । ........ सरकार र जसपाबीचको वार्ता पाँच मुद्दामा केन्द्रित रहेको र ती मागबारे उत्साहजनक रूपमा काम अघि बढिरहेको सत्तापक्षको वार्ता टोलीका सुवासचन्द्र नेम्वाङले बताए । ..............  लक्ष्मणलाल कर्णले भने, 'सरकारले काम गरिरहेको छ । संविधान संशोधन गर्नका लागि कार्यदल गठन गर्ने, नागरिकताका विषयमा पनि सहमति गर्ने भन्ने हो ।' ..............  जसपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, आन्दोलनका क्रममा नेता/कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता गर्नुपर्ने, बन्दी रिहाइ गर्नुपर्ने, संविधान पुनरावलोकन गर्नुपर्ने र नागरिकता विधेयक आफूहरूको सहमतिमा मात्रै पास गर्नुपर्ने माग राखेको छ । ...............  दुवै पक्षका नेताहरूका अनुसार संविधान पुनरावलोकन आयोग बनाउने र निश्चित समयसीमाभित्र प्रस्ताव तयार पारेर अघि बढाउने समझदारी बन्न लागेको हो । ........... एमालेका एक नेताले जसपाका यी माग सरकारले पूरा गर्ने तर त्यतिबेलासम्म कुनै पनि हालतमा कांग्रेस र माओवादीसँग सत्ता समीकरणबारे छलफल गरे पनि त्यसमा सहमत नहुने प्रतिबद्धता प्रधानमन्त्रीसामू गरेको छ । 'उहाँहरू कुनै पनि हालतमा कांग्रेस र माओवादीसँग सत्ता समीकरण गर्नुहुन्न । उदाहरणका लागि लुम्बिनी प्रदेश काफी छ,' ती नेताले भने । 
कोरोनाको दोस्रो लहर तुफान बनेर आएको छ : नरेन्द्र मोदी ‘सकेसम्म लकडाउन नगरौँ, यसलाई अन्तिम विकल्पका रूपमा मात्र प्रयोग गरौँ’ ........... आज विश्वकै सस्तो खोप भारतमा छ । ....... सोमबार साँझसम्म भारतमा १२ करोड ७१ लाखभन्दा बढी डोज कोरोना खोप लगाइएको छ ।
निर्नैतिक राजनीतिको प्रकोप परस्पर विरोधीजस्तो देखिए पनि राष्ट्रवादीहरू देश विकासका सबभन्दा ठूला बाधक हुन् । ................  आचार्य चाणक्यले सफल शासकका लागि सात सूत्र सुझाएका छन् । लठ्याउने बोलीले सोझासाझालाई सहजै वशमा गर्न सकिन्छ । सर्वेसर्वा शर्मा ओलीका उखानटुक्का, गैंडा, तातोपानी, बेसार र बेलौतीको पातले बुद्धिजीवीहरूको सानो समूहलाई चिढ्याए पनि अधिकांश सामान्यजन भने मक्ख परेर गलल्ल हाँस्छन् । लक्षित समूह प्रसन्न हुनु साम नीतिको सफलता हो । दाम बाँड्न त के गाह्रो भो र, जवाफदेही रसातलमा पुगेको शासन व्यवस्थामा राज्यकोष खर्चेको हिसाब ‘आफ्ना’ बाहेक अरू कसैलाई देखाइराख्नुपर्ने होइन । दण्ड विधिको प्रयोग त स्रोत असीमित भएका सत्तासीनले न्याय प्रणालीलाई समेत परिचालन गरेर गर्न सक्ने नै भए । भेदको तरिकाका लागि सूचनाका स्रोतहरूमा राज्यसत्तामा रहेको व्यक्ति–नियन्त्रण मजबुत हुनु पनि स्वाभाविक हो ।  
नेता र कर्मचारीको ‘लभ–हेट’ राजनीतिले असम्भव आदेश जारी गर्ने, विरोधाभासपूर्ण लक्ष्य तोक्ने, आवश्यक स्रोतसाधनबिना नतिजा खोज्ने, व्यवस्थापकीय स्वायत्तता नदिने कामबाट असफलता हात लाग्छ ।