Friday, May 15, 2015

Nepal Government Responds To Criticism (2)


Scale The Good Work
Nepal Government Responds To Criticism

सबैले ‘माइबाप’ हुन खोजे, सरकार प्रतिरक्षात्मक भयो : मुख्यसचिव एनजीओ र नेताको आलोचना, कर्मचारीको बचाऊ
मुख्यसचिव पौडेले जिल्ला तहमा राजनीतिक नेतृत्व अन्योलमा रहेको बताए । उनले भने-‘राजनीतिक रुपमा जिल्ला तहका मान्छेहरुले मेरो निर्वाचन क्षेत्र, मेरो भोटरको क्षेत्रमा मैले धेरै राहत लिएर जानुपर्छ भनेर तानातान गरेपछि कर्मचारी साथीहरुले सबैभन्दा बढी डिस्ट्रेस फिल गरेका छन् ।’ ...... सुरुमा आफूहरुले एकद्वार प्रणाली भन्दा सरकारमाथि सबैतिरबाट आक्रमण भएको र अहिले फेरि संयोजन भएन भनेर आलोचना भएको उनको गुनासो थियो । ....... पौडेलले भने-एकद्वार प्रणालीबाट लैजानुपर्‍यो भन्नासाथ सिभिल सोसाइटी, मिडिया, अन्तराष्ट्रिय समुदायबाट यति धेरै सरकारप्रति आक्रमक भएर आयो कि त्यसको प्रतिरक्षा गर्दागर्दै आफ्नो काम गर्ने धेरै ठूलो श्रोत र साधन त्यतातिर डाइभर्ट भयो ।’ ...... सबैले आफू हिरो हुन खोजेको भन्दै उनले इगो त्याग गर्न सुझाव समेत दिएका छन् । सरकारले ४ अर्ब निकासा गरिसकेको र ४ अर्ब बाँकी रहेको भन्दै मुख्यसचिव पौडेलले भने-‘कुनै पनि संस्थाले अहिले ८ अर्ब रुपैयाँ लिएर त राहत बाँड्न जाँदैन । अनि अरुले गरेको काम भनेको त सानो सानो टुक्रा मात्र हो । तर, प्रचार त्यसैको भइरहेको छ ।’ ....... सरकारले १३०० पटक हेलिकोप्टर उडाएको र १७ हजार मान्छेलाई उपचार गरेको भन्दै उनले भने-‘कुनै एनजीओको बँुताको विषय हो र ? त्यही सघाउन आउनुभन्दा सबैलाई आफैं माइबाप हुनु पर्ने, सबैले आफूले गरेको कामको प्रचार हुनुपर्ने, सबै जान्ने हुनुपर्ने । सबै विज्ञ हुनु पर्ने । यो प्रवृत्तिलाई त्यागेनौं भने भोलि अर्को विपत आउँछ ।’..... मुख्य सचिव पौडेलले सरकारी संयन्त्रमा रहेकाहरुबाट पनि कमजोरी भएको स्वीकार गरे । ‘भित्रै पनि साथीहरुलाई यो कसको अधिकार हो ? कानूनमा के लेखेको छ ? यो मैले गर्ने कि तैले गर्ने । मैले जस लिने भन्ने कल्चर हामीभित्र पनि आयो’ उनले भने-‘हामी पनि यही समाजका हौं ।’

No comments: