Sunday, May 24, 2015

बाढ़ी, आगलागी, पहिरो, कोशी र महाभुकम्प

महाभुकम्प अगाडि नै नेपालमा एउटा निकम्मा, असहिष्णु, भ्रष्ट, माफिया को चुंगलमा फँसेको सरकार थियो। महाभुकम्प को कारणले त्यो सरकार रातारात सक्षम भैजाने होइन, रातारात चोखिने होइन। विपत्ति को बेलामा बरु गलत मान्छे हरु का लागि बाटाहरु प्रशस्त भएर जान्छन्।

नेपाल लोकतंत्र हो। Watchdog रोल को आवश्यकता झन ठुलो छ। अहिले को अवस्थामा। केही मंत्री ले भन्दैछन्, यस्तो विपत परेको बेला सरकारको आलोचना गरेर सरकार लाई कमजोर पार्ने काम नगर्नोस। गलत बोल्यो। चोरको खुट्टा काट भन्दा कसले खुट्टा झिक्यो भनेर हेर्ने बेला हो यो बरु।

नेपालका चेली विदेशमा बेचने माफिया गैंग हरु का लागि fishing season आए जस्तो भै राख्या छ।

२००८ मा कोशी प्रकोप मा राहत बाँड्नु पर्ने ले मधेसी हरुसँग नागरिकता देखा भनेर भनेकै हो। कति घटिया व्यव्हार! अहिले, कसलाई के सुर्ता कसलाई के सुर्ता घर जवाईं लाई खानै को सुर्ता भने जस्तो, बामे लाई महोत्तरी को सदरमुकाम जलेश्वर बाट बर्दीबांस सार्न हतार भै राख्या छ। एमाले भनेको नेपालमा riot politics गर्न खोजेको पार्टी हो। पानी धमिलो गर्ने अनि माछा मार्ने। मतदाता हरु लाई polarize गर्ने। जातीय आधारमा। टुंडीखेल मा जस्तो तराई का विभिन्न ठाउँ मा पाल गाड़ने अवस्था आएको छ भने आएको छ -- के गर्ने? मरता क्या न करता। तर त्यो मधेसी हरुको जग्गा खोस्ने किसिमले गर्न मिल्दैन। सार्वजनिक भुमि शहर शहर मा छ। महाभुकम्प प्राकृतिक प्रकोप माथि अन्याय को राजनीतिक प्रकोप थप्ने काम नगर्ने।

वर्षेनी नेपाल मा तराई मा बाढ़ी र आगलागी का समाचार आउँछन्। त्यही बेला पहाड़मा पहिरो को समाचार आउँछ। तर २००८ को कोशी प्रकोप अर्कै लेवल को कुरा हो। र यो महाभुकम्प त unprecedented हो। नेपालको इतिहासमा यति ठुलो विपद आएकै छैन। तराई-पहाड़, मधेसी-पहाड़ी पछि गरौंला। राजनीति आफ्नो ठाउँमा चल्दै गर्छ। अहिले सबै पक्षले राहत र पुनर्स्थापना बारे सोँच। पुराना घाउ कोट्याउने अहिले होइन। त्यसको समय आउँछ। सत्ता पक्ष ले पनि सोंचने, प्रतिपक्षले पनि सोंचने।

यो भुकम्प सकियो भन्ने पनि छैन। वैज्ञानिक हरुले ठोकुवा का साथ भन्न सक्दैनन्। आगामी ३-४ महिना नेपालको इतिहासमा नआएको पहिरो हरु आउने संभावना छ। त्यो फेरि आफैमा भुकम्प हो। तराईमा मधेसी-पहाड़ी सम्बन्ध बिगार्ने काम गर्नु हुँदैन, नत्र नचाहिएको बेलामा राजनीतिक भुकम्प आइदिन्छ।















No comments: