Monday, May 18, 2015

म भारतीय होइन भने के हो? चाइनीज हो?



नागरिकता र जातीयता अलग अलग कुरा हुन। खस जातीयता हो, राष्ट्रियता होइन। खस जातीयतालाई नै राष्ट्रियता भन्दिने प्रचलन उपनिवेशीता हो। त्यस सोंचको डेट एक्सपायर भैसक्यो। नेपाली भाषा खस हरुको जातीय भाषा हो। दौरा सुरुवाल खस हरुको जातीय पोषाक हो। मैले जिन्दगीमा एक पटक लगाएको छैन। कहिले लगाउँदैन पनि।

सिक्किम, दार्जिलिंग, भुटान, आसाम, बर्मा का खस लाई नेपालको खस ले "नेपाली" भनिराखेको हुन्छ।  त्यो नागरिकता भनेको होइन त। त्यो त जातीयता भनेको हो। नागरिकता र जातीयता फरक फरक कुरा हुन।

फिजी मा छ। नागरिकता फिजी को, जातीयता भारतीय भएका मानिस त्यहाँ आधा जति छन। नेपालका मधेसी भनेका त्यस्तै हुन। मधेस मधेसीको भन्ने प्रमाण रामायण मा छ। त्यो भन्दा पुरानो प्रमाण के चाहियो? नेपालका एक करोड़ मान्छे भारतमा गएर बस्दिने अनि दुई चार लाख बिहार उत्तर प्रदेश का मानिस नेपाल आएर सान्तिनो काम गर्छन भने त्यसका लागि नेपालका मधेसीले क्षमायाचना को mindset नराख्ने हो। बिहार र उत्तर प्रदेश भारतमा गरीब राज्य होलान तर दुबै नेपालभन्दा आर्थिक रुपले धेरै अगाडि छन। तर ओपन बोर्डर को करामत, तैपनि दुई चार लाख मानिस काम खोज्दै आइ पुग्छन्। समस्या के पर्यो?

अमेरिका मा छ। अमेरिका मा जन्मेको हुन्छ, कहिले भारत गएको पनि हुँदैन, आफुलाई भारतीय भनिराखेको हुन्छ। भारतीय नभएको संसारमा कुनै देश नै छैन।

म भारतीय होइन भने के हो? चाइनीज हो?

No comments: