Monday, May 11, 2015

सात अंचल को नक्शा को पक्ष मा ३७१ जनाले १०-१० मिनट बोल

कहिले प्रधान मंत्री निवास मा जलपान समारोह र वार्ता, कहिले केपी को बालकोट दरबारमा जलपान समारोह र वार्ता, कहिले प्रचंड निवास मा जलपान समारोह र वार्ता --- के नौटंकी हो यो? जलपान चाहिं हुन्छ, वार्ता हुँदो रहेनछ। फोटो हेर्दा ती तीन ठाउँ एकै जस्तो देखिन्छ। केपी को बालकोट दरबार प्रधान मंत्री निवास जस्तै बनाउन भ्याएको छ भने केपी प्रधान मंत्री नै किन बन्नु पर्यो? शक्ति प्रधान मंत्री को भन्दा बढ़ी छ। जिम्मेवारी केही छैन। बामे मंत्री छ र उसलाई संसदमा प्रश्न हरुको सामना गर्नु पर्छ, केपी लाई पर्दैन। कैबिनेट मा नभएको व्यक्ति कठघरा मा किन उभिन्छ?

२०-२५ जना नेताले गफ गरेर हुने रहेछ भने २०-२५ जनाको सानो संसद बनाउनु पर्ने, ६०१ जनाको जंबो संसद किन? अनाहक पैसा खर्च भइ राखेको छ।

संसदमा वाद प्रतिवाद होस्। सात अंचल को नक्शा को पक्ष मा काँग्रेस एमाले का ३७१ जनाले संसदमा पालै पिलो १०-१० मिनट बोल। खुल्लम खुल्ला बहस होस्। YouTube मा आओस।


No comments: