Posts

Showing posts from March, 2015

वार्ता र सहमतिको संभावना देखिएन अब

Image
वार्ता र सहमतिको संभावना देखिएन अब। अब आन्दोलनलाई क्रांति मा लाने बेला आइसक्यो। यो सरकार र यो संविधान सभालाई फालेर एउटा अंतरिम सरकारको स्थापना गरेर यो आठ प्रदेशको नक्शा र प्रत्यक्ष निर्वाचित राष्ट्रपति अंतरिम संविधानमा नै लेख्ने बेला आइसक्यो। जेठ १५ मा त्यो क्रांतिकारी अंतरिम संविधान घोषणा गर्ने सुरसार गर्ने बेला आयो। सुशीलको यहाँ बहादुर शाह जफरको रोल देखियो। ३० दलले यो आठ प्रदेशको नक्शामा सहमति बनाउने। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मुद्दामा सहमति बनाउने। अनि क्रांतिमा होम्मिने। एक दुई दिन नेपाल बंद गरेर केही हुँदैन। सरकार र संविधान सभा नढलेसम्म देश ठप्प पार्ने क्रांति चाहियो। २००६ को अप्रिल क्रांति सड़क भर्ने किसिमको थियो। अहिलेको क्रांति सड़क सुनसान हुने हुन सक्छ। अंतरिम सरकार स्थापना भएको एक वर्ष भित्र भने संविधान सभाको निर्वाचन गराउनु पर्ने हुन्छ। संविधान लाई वैधानिकता एउटा संविधान सभाले मात्र दिन सक्छ।

अंतरिम संविधान नमान्ने, राज्य (state) सँग गरिएका पुराना सम्झौताहरु नमान्ने, आफ्नो पार्टीको महासमिति नमान्ने मान्छे प्रधान मंत्रीको कुर्सीमा बसदिएपछि क्रांति बाहेक अरु विकल्प बाँक…

लोकतान्त्रिक सद्भावना फोरम (लोसफो) (DSF)

Image
देशमा एउटा मात्र मधेसी पार्टी हुनुपर्छ भन्ने विगत चुनावको मैंडेट हो। त्यो मैंडेट पालन भएन भने मधेसी नेताहरूको अस्तित्व समाप्त हुन्छ।

लोकतान्त्रिक सद्भावना फोरम (लोसफो) (DSF) त्यसको नाम हुन सक्छ। त्यसको अध्यक्ष को भन्ने कुरा निर्णय गर्ने अधिकार सिर्फ एकीकरण महाधिवेशन लाई छ। अहिले लाई अध्यक्ष र सह अध्यक्ष गर्दै तीन जना सम्म राखे भो।


थाकिसकेको सरकार

Image
प्रधान मंत्री भन्दैछन् --- डा केसी मरे म के गरौं त! गृह मंत्री भन्दैछ -- बलात्कार सामान्य/स्वाभाविक कुरो हो! यो सरकार थाकिसकेको भन्ने कुरोको लक्षण हो।


प्रक्रिया र आंदोलनभन्दा पनि Dysfunction तिर

Image
सत्ता पक्षले जुन प्रक्रिया प्रक्रिया भन्दै आएका छन त्यो त प्रक्रिया नै होइन। प्रक्रिया भनेको पुराना सम्झौता हरु मान्नु हो। त्यो गर्ने इच्छा देखिएको छैन।

आंदोलन गर्न चाहने शक्तिहरु मा पनि वार्ता भैहाल्छ कि भन्ने छ।

त्यसले गर्दा प्रक्रिया र आंदोलनभन्दा पनि Dysfunction तिर देश बढेको छ।

र त्यस Dysfunction लाई नै सत्ता पक्षले जितको रुपमा लि राखेको छ।

न प्रक्रिया न आंदोलन न संविधान रूपी जुन Dysfunction छ त्यस अवस्थामा देशमा संघीयता छैन र सत्ता काँग्रेस-एमालेको हातमा छ। काँग्रेस-एमाले ले चाहेको दुई कुरा त्यही हो --- देशमा संघीयता नहुनु र सत्ता आफ्नो हातमा हुनु। त्यो त पाइ राखेकै छन। वार्ता र सहमति तर्फ बढ्न उनीहरुलाई हतार नहुनुको कारण त्यो हो।








सीके राउत र नेपालको न्यायपालिका

Image
देशको अंतरिम संविधान मा रहेको वाक स्वतंत्रतास्वायत्त मधेस प्रदेश लाई गृह मंत्री र प्रधान मंत्री ले बारम्बार उल्लंघन गरेको अवस्था छ। सीके राउत ले अहिले सम्म जे बोलेको छ र जे गरेको छ त्यो अंतरिम संविधान मा रहेको वाक स्वतंत्रता र स्वायत्त मधेस प्रदेश को परिधि भित्र रहेर बोलेको र गरेको छ।

नेपालको न्यायपालिकाले गृह मंत्री र प्रधान मंत्री को नक्कल गरेर देशलाई राज्यविहीनता (statelessness) तर्फ धकेल्ने हो कि सीके राउत लाई अंतरिम संविधानले संरक्षण गर्ने कुरा को आदर गर्ने हो ----- हेर्ने बेला आउन लागेको छ






My Nepal

Nationalities And Citizenship

Image
There are more than 100 different nationalities inside Nepal. All of them share one citizenship. Nationality is cultural. Citizenship is political. Your citizenship is your relationship with the state. The state is composed of people on the taxpayers' payroll: the police, the army, the MPs, the ministers, the Prime Minister, the president, the administrators, the ambassadors. Together they form the state that all citizens can and should be able to lay claim to. The citizens are the boss. Those people who together form the state are on the people's payroll. That state is something concrete. Nationality is more ephemeral. It is composed of things like language, culture, customs, myths, often marital bonds for many people, although mixed marriages are a wonderful thing, and more people should go for it.

When a country is composed of 100 plus nationalities, you want to go for federalism to accommodate as many nationalities as possible. Each such constituent state could become a s…

मधेसमा काँग्रेसको जग बलियो रहेन अब

Image
नेपाली काँग्रेस महासमितिको मधेसमा बसेको बैठकले एक मधेस तीन प्रदेश को नक्शा पारित गरे पछि त्यो नक्शा को आधारमा काँग्रेस चुनावमा गयो र राम्रै नतिजा ल्यायो। देशको स्थायी सरकार (पुलिस, प्रहरी, प्रशासन) ले उसको पक्षमा धाँधली गर्यो, त्यो आफ्नो ठाउँमा छ।

एक मधेस भनेको झापा बाट चितवन हुँदै कंचनपुर सम्म हो। काँग्रेसको त्यो आधिकारिक अडान हो। त्यो अडानलाई उल्ट्याउन कि त महासमितिको अर्को बैठक डाक्नुपर्यो कि महाधिवेशन डाक्नु पर्यो। त्यस्तो केही गरिएको छैन। मधेसी जनता को मा जाँदा एक मधेस भन्ने अनि चुनाव जिते पछि सुशीलले त्यस मधेस बाट झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर झिक्ने कुरा गर्ने!?

मधेसी क्रांति पछि मधेसमा निकै कमजोर हुन पुगेको काँग्रेसले एक मौका पायो त्यस पछि पनि। तर अब मधेसमा काँग्रेसको जग बलियो रहेन। जनताको मैंडेट नमान्ने काँग्रेसका सभापति। आफ्नो पार्टीको महासमिति लाई नमान्ने काँग्रेसका सभापति।


Truth And Reconciliation Commission

Image
Just like human rights have only one international definition, the Truth And Reconciliation Commission has only one international definition. You form a commission, and you let it do its work. That is part and parcel of the peace process in Nepal that has not concluded yet.

Judicial adventurism at the hands of a judiciary that still primarily serves the interests of the Khas elite would be an attack on the peace process. Nepali Congress suffered more than any other organization during the civil war. If the peace were to end and the country thrown back into civil war, the Nepali Congress would suffer more than any other entity in the country. Why would Nepali Congress stalwarts do things to mar the peace process? I don't understand.

South Africa is the best example of a Truth And Reconciliation Commission doing its work to ensure permanent peace in the country. Nepal should learn. Nepal has a very real chance of going back to civil war. That can not be allowed.

The concept of a Tr…

चितवन मधेस बाट झिक्ने प्रयासले देश तोड्छ

Image
पर्वतेको मुख्य मंत्री मधेसी हुन सक्दैन भने मधेसीको प्रधान मंत्री पनि पर्वते हुन सक्दैन। देश टुट्छ। जनमत संग्रह सम्म जानै पर्दैन, देश क्रांतिका माध्यमले टुट्छ।






स्वायत्त मधेस प्रदेश Negotiation टेबल मा होइन अंतरिम संविधानमा छ

Image
स्वायत्त मधेस प्रदेश Negotiation टेबल मा होइन अंतरिम संविधानमा छ। स्वायत्त मधेस प्रदेश माओवादी-मधेसीको पहुँच बाहिर छ। स्वायत्त मधेस प्रदेश माओवादी-मधेसीले काँग्रेस-एमाले सँग negotiate गरेर मधेसी जनता लाई दिने कुरा हुँदै होइन। स्वायत्त मधेस प्रदेश मधेसी जनताले ५० जना भन्दा बढ़ी शहीद का मार्फत ती मधेसी नेतालाई दिएको कुरा हो। दिइसकेको कुरा।

कि त काँग्रेस-एमाले ले त्यो अंतरिम संविधान जलाउनु पर्यो। अल्हुवा वार्तामा ल्याएको! स्वायत्त मधेस प्रदेश मान्नु छैन भने त्यो अंतरिम संविधान जलाएर देखाउ। पुलिस प्रशासन सेना सबै तिम्रो हातमा छ। छ हिम्मत?


सीके राउत र अंतरिम संविधान

Image
सीके राउत लाई प्रचण्डको मतलब हुने कुरा भएन। सीके राउत लाई जेपी गुप्ताको मतलब हुने कुरा भएन। सीके राउत लाई महन्थ ठाकुर अथवा उपेन्द्र यादव को मतलब हुने कुरा भएन। बामदेव त चोर उचक्का मान्छे --- उसको मतलब हुने कुरा त हुँदै भएन। सीके राउत लाई सुशीलको मतलब छैन। सुशील लाई चाहिँ सीके राउत को मतलब नराखि सुक्ख छैन।

अंतरिम संविधान मा स्पष्ट लेखिएको छ ---- स्वायत्त मधेस प्रदेश। त्यो गिरिजाले विवेकले लेखेको कुरा होइन। म मरेपछि त्यो नमान्नु भनेर सुशीलको कान मा खुसुक्क भनेको हुन सक्छ। तर यो देश कोइराला हरुको बपौती हो र? यो कुनै पारिवारिक जागीर थोड़े हो? शाह को थिएन भने कोइराला हरु कुन डयांग का मुला परे?

सुशील ले, अथवा केपी, कंस सिटौला, शेर देउबा, भीम रावल ले जब "हामी मान्दैनौं" भन्छन अनि मलाई हाँसो उठ्छ। संविधान नमान्ने ले संविधान संसोधन गर्ने सुरसार गर्ने ---- र त्यो संसोधन नभइ सक्दा सम्म भएको संविधान मानने --- त्यो लोकतन्त्रको सिद्धांत हो।

मधेस प्रदेश भनेको झापा बाट चितवन समेट्दै कंचनपुर सम्म हो, त्यस मधेसको उत्तरी सीमाना स्पष्ट छ। अहिलेका तराई का जिल्लाका उत्तरी सीमाना। त्यहाँ तल माथि ह…

कुरुक्षेत्रमा जाने बेला आयो

Image
अहिंसात्मक राजनीतिको कुरुक्षेत्रमा जाने बेला आयो अब। बिगुल फुक्ने बेला आयो। एउटा अंतिम निर्णायक समझौताविहीन क्रांति गर्ने बेला आयो।



यो शिशुपाल भनेको केपी ओली ---- मधेसको अपमान गरेको मान्छे। झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर मधेस बाट झिक्ने कुरा सोच्ने हरु सब शिशुपाल। १०० पुग्न लाग्यो। उपेन्द्र यादव कृष्ण होइन तर गोपालवंशी चाहिं हो।



आंदोलन बाट रास्ता शुरू गरे पनि जाने भनेको क्रांतिमा हो। क्रांति भनेको देश ठप्प पार्ने हो। स्पष्ट माग का साथ।
यो सरकारको बर्खास्तगी र नया क्रांतिकारी सरकारको स्थापना, शायद पद्म रत्न तुलाधरको नेतृत्वमा ---- त्यस अंतरिम सरकारमा क्रांतिकारी शक्तिहरुको मात्र सहभागिता ---- सन २०२० सम्म मा दमजम को पुर्ण समावेशी राज्य (state) को स्थापना को स्पष्ट रोडमैप यस संविधान सभाको अवसानसंघीय नक्शा र प्रत्यक्ष निर्वाचित राष्ट्रपति सहितको संशोधित अंतरिम संविधान एक वर्ष भित्र संविधान सभाको निष्पक्ष निर्वाचन --- बुथ बाट वोट गन्ने ठाउँमा बक्सा लांदा सँगै पार्टी प्रतिनिधि हुनै पर्ने प्रावधान ------ एक वर्ष भित्र संविधान सभा द्वारा संविधान जारी निर्वाचन अगाडि मतदाता नामावली…

Madhesh And Nuclear Power And Solar Power

Image
कनक मणि दिक्षित र कनक मणि दिक्षित मार्का बाहुन हरु भन्छन ------ पहाड़मा जल बिद्युत को संभावना छ, उत्तर दक्षिण राज्य न बनाए मधेस लाई घाटा छ। (अर्को बाहुन केपी ओली भन्छ, उत्तर दक्षिण राज्य नबनाए हामी पहाड़मा के खाएर बस्ने? कोदो खाएर बस्ने?) दुइटै संघीयता नबुझेका बाहुन परे। हुन त म आफै पनि उच्च स्तरको गणित धेरै बुझदिन, भनिन्छ If you are in a glass house, don't throw stones at others, त्यस हिसाबले म यी बाहुन हरुको अज्ञानको खिल्ली उडाउन चाहन्न। तर नबुझ्नेले दिमागको ढोका खोलेर सिक्ने हो। बिहारमा उब्जेको सब्जी भारतको प्रत्येक राज्य मात्र होइन, प्रत्येक शहर मा पुगेको छ। केपी बाजे लाई चेतना भया। बरु केपी बाजे ले युपी बिहार भनेर उ एक जनाले चाहिँ कोदो नै खान पर्ने भो। मधेसले Nuclear Power बाट १,००,००० मेगावाट बिजुली उत्पादन गरेर देखाइ दिन सक्छ। Solar Power बाट ५०,००० मेगावाट बिजुली उत्पादन गरेर देखाइ दिन सक्छ। संघीय नेपालमा मधेसीले मधेस माथि मात्र होइन सारा देश माथि शासन गर्ने हो, काठमाण्डु माथि शासन गर्ने हो। केंद्र सरकार आफ्नो हातमा लिने हो। पहाड़को हाइड्रो पनि त केंद्र सरकारको निगरानी मा रह…

अंतरिम संविधान सुशीलले पढेको कि नपढेको?

Image
प्रधानमन्त्री कोइरालाले धर्म निरपेक्षता अन्तरिम संविधानमा नै उल्लेख भएकाले त्यसलाई संविधान सभामा छलफल गरी रहनुपर्ने जरुरी नभएको उल्लेख गरे । स्वायत्त मधेस प्रदेश पनि त अंतरिम संविधान मै लेखिएको छ।




झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर र प्रचण्ड

Image
झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर को मामिला नै सबै भन्दा पेंचिलो भनेर प्रस्तुत गर्ने गरिएको छ।
बताइए अनुसार कांग्रेस–एमाओवादीबीच बहुपहिचानका ६ प्रदेश बनाउने विषय मिलेको छ । यसो गर्दा विवादित पूर्वका झापा–मोरङ–सुनसरी र पश्चिमका कैलाली–कंचनपुरका विषयमा आयोग मार्फत टुंग्याउन सकिने उनीहरुको विश्वास छ । त्यहा“को भाषिक बाहुल्यका आधारमा तलमाथि जोड्न सकिने विकल्पमा पनि दुई पार्टीवीच छलफल भएको छ । त्यसबाहेक ती जिल्लाहरुलाई केन्द्र शासित बनाएर जान सकिने विषयमा पनि कुराकानी भएको बुझिएको छ । सुशीलको वार्ताको नाटक माओवादी-मधेसीको आन्दोलनलाई जनताको नजरमा discredit गर्ने मनसायले मंचन गरिए जस्तो देखियो। अहिले आएर जुन लचकताको नाटक गरिँदैछ त्यो माओवादी-मधेसी अलायन्स लाई तोड्ने प्रयासको रुपमा लिन सकिन्छ। झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर बारे सौदाबाजी गर्ने अधिकार प्रचण्ड लाई कसले दियो? त्यो अधिकार प्रचण्डलाई छैन।

झापा देखि चितवनसम्म मधेस राज्य, उता नवलपरासी देखि कंचनपुरसम्म अर्को राज्य। ती बहुपहिचान का नै हुनेछन्। नेपाल भरिका मानिस बसेका छन ती दुई राज्य मा। त्यस बाहेक पहाड़ र हिमालम…

सहमति को संभावना

Image
आंदोलन र क्रांति अंतिम अस्त्र हो। सहमति पहिलो लक्ष्य हो। मुख्य कुरा त संविधान हो। संविधानमा सहमति हुन्छ भने चार शक्तिको सरकार बन्न सक्छ। केपी ओली प्रधान मंत्री हुन सक्छन। पहिलो साल काँग्रेसले चलायो। अब दोस्रो वर्ष एमाले ले पाउने। त्यसपछि तेस्रो वर्ष एमाओवादी। चौथो वर्ष मधेसी मोर्चाको प्रधान मंत्री बन्ने। त्यसरी जान सकिन्छ। केपी ओली प्रधान मंत्री बन्नै नहुने त्यस्तो केही छैन। राजनीतिमा छुआछुत हुँदैन।

उही हो ---- संविधान को कुरामा केपी ओलीले फराकिलो दिल ले सोंचि दिनु पर्यो। पुराना सम्झौता हरु मानने मनस्थितिमा आउनु पर्यो। चार शक्ति को सरकार र पालै पिलो चार शक्ति को प्रधान मंत्री ले २००६ को अप्रिल क्रांति को स्पिरिट लाई कायम रहेको देखाउने छ। २००६ को अप्रिल क्रांति अदभुत पो थियो त। न्यु यॉर्क शहर मा फ्रंट पेज न्यूज़ बनेको त्यो क्रांति।


The State Does Not Exist

Image
विगत ३०० साल नेपाल जातीयता भएको राष्ट्रियता नभएको मुलुक रहिआएको छ। नेपाली भनेको जातीयता हो अहिलेसम्म, त्यो राष्ट्रियता होइन। भने पछि देशको राष्ट्रियता निर्माण हुने क्रममा छ। पहिला त निर्माण गर्नु पर्यो। जुन कुरा छँदै छैन त्यसलाई जोगाउने कुरा उटपट्याङ्ग कुरो हो। पहिला निर्माण गर्ने ----- जीवन्त राष्ट्रियता निर्माण गर्न सकेको खण्डमा त्यसलाई जोगाउनै पर्दैन। त्यो ऑफ़सेआफ जोगिन्छ।

राष्ट्रियता भनेको खस, मधेसी, जनजाति, दलित, महिला सबैलाई समेटने राज्य (state) को निर्माण हो। र त्यो राष्ट्रियता लाई बनिसके पछि जीवन्त राख्ने आवधिक निर्वाचनले हो। जनताले चुनेको सरकारले क्षेत्रीय र विश्व राजनीतिमा नेपाल लाई आर्थिक क्रांतिको बाटोमा डोर्याउने भनेको राष्ट्रियता हो। शाह र राणाले ७५ लाख नेपाली लाई अरुको लड़ाई मा मारे। त्यो राष्ट्रियता होइन राष्ट्रियताको हनन हो। त्यो भुपि ले भने जस्तै वीर होइन बुद्धु भएको हो। नेपाल आमा होइन वेश्या हो भनेर सीके राउत ले एक सन्दर्भ मा भनेको त्यही भनेको हो। भुपि शेरचन र सीके राउतको भनाइ एउटै हो। 
समावेशी राज्य (state) को निर्माण अहिले गरिहाल्ने अनि २० वर्ष लगाएर नेपाल लाई विकस…

एकीकरण को लहर चलेको हो?

Image
यसरी हुँदैछ फोरम नेपाल र संघीय समाजवादी पार्टीको एकीकरण
एकीकृत पार्टीको अध्यक्ष उपेन्द्र यादव हुने ..... एकीकरणका लागि महेन्द्र यादव अध्यक्ष रहेको तराई मधेश सद्भावना पार्टी र राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीसँग पनि कुरा भइरहेको उनले बताए । यो एकीकरण हुनसकेको खण्डमा झापा मोरंग तराईबाट झिक्ने आईडिया त्यो आईडिया पुश गर्ने हरु का लागि घांडो हुने भो। उपेन्द्र यादव ले पुर्वी पहाड़ स्वाप्पै खाने भो। केपी ओली को गृह जिल्ला (जुन कि झापा होइन) उपे ले खाने भो। This is called eating KP Oli's lunch!


सरकार ढलने दुई तरिका

Image
एउटा तरिका हो एमाले लाई एक्लो पारेर सरकार बाट फाल्दिने। पहिला काँग्रेस, एमाओवादी र मधेसी मोर्चाको सहमति तैयार पार्ने, अनि नया सरकार गठन गर्ने। 
अर्को तरिका हो केपी ओली लाई लिंडे ढिपी गर्न दिने, समय खेर फाल्ने, अनि देशमा एउटा निर्णायक क्रांति हुन्छ, अनि सरकार र संविधान सभा दुबै फालिन्छन् --- २००६ मा ज्ञानेन्द्र फालिये जस्तै। 
सुशीलको लागि पहिलो option राम्रो ----- तर move त गर्नु पर्यो। वाल्ल परेर बस्नु भएन। 
देशमा क्रांति हुन्छ भने देशले प्रत्यक्ष निर्वाचित राष्ट्रपति पाउने भो। क्रांति बाट पाइने संघीयता विशुद्ध किसिमको आउने भो। त्यसमा कुनै किसिमको impurities हुने भएन। 

हुलाकी राजमार्ग को नाम बदलेर जानकी राजमार्ग राख्ने

Image
हुलाकी राजमार्ग एउटा ऐतिहासिक नाम हो। तर यो आजको ईमेल र मोबाइल फ़ोन को जमाना मा! Postal Highway! हुलाकी राजमार्ग को नाम बदलेर जानकी राजमार्ग राख्ने, दिल्लीको बीजेपी सरकारले रातारात पिच गरिदिन्छ।




काठमांडु हेटौंडा फ़ास्ट ट्रैक र निजगढ़ अंतर्राष्ट्रीय विमानस्थल को महत्व

Image
चार दिनदेखि अवरुद्ध विमानस्थल खुला

काठमांडु हेटौंडा फ़ास्ट ट्रैक र निजगढ़ अंतर्राष्ट्रीय विमानस्थल को महत्व देखियो। एउटा बिमान दुर्घटना नहुँदा देशै बंद हुने, देशै राणा कालमा पुग्ने ---- बाहिरी दुनिया बाट कट ऑफ हुने। काठमाण्डुमा ठुलो एयरपोर्ट बनाउने ठाउँ नै छैन। निजगढ़ मा जति पनि ठाउँ छ। काठमाण्डु एयरपोर्ट मा जे भयो त्यो निजगढ़ मा हुन्छ भने ठीक छ, एक लेन बंद गर्दिम भन्ने हुन्थ्यो, अरु लेन सुचारू रहन्थ्यो, पुरा एयरपोर्ट नै बंद हुने हुन्थेन।


Nepal And The Industries Of Tomorrow

Image
Bill Gates says, if he were to start today, he would not launch a software company, he would launch a biotech company. (I am so glad my high school classmate Ravindra Sapkota is the Founder of and runs the top biotech startup in Nepal) Point be noted, Bill Gates is the richest person on earth. And he is the ultimate Maoist to boot. He has touched more poor lives through his Foundation than any Maoist I know.

And I am talking sheer dollars here, I am talking purely money. I am talking wealth, and wealth alone. Brazil can make more money from the Amazon rainforest through biotech than absolutely anything else. Which means, the stupidest thing you can do is, clear up that forest and start growing corn there. There is more money in biotech than there is in hydroelectricity, definitely. But hydroelectricity is also important. It is also a big money maker.

Nepal's richness of flora and fauna is a huge economic asset. It just might be its biggest asset when you think long term. So how m…

नेपाली काँग्रेस को महासमिति ठुलो कि सुशील ठुलो

Image
राजतन्त्रमा राजा ठुलो हुन्छ। पंचायत काल मा देखावटी भए पनि थियो त एउटा संसद, राष्ट्रिय पंचायत भन्ने। तर त्यो संसद भन्दा माथि राजा हुने गर्थ्यो।

लोकतन्त्रमा त्यस्तो हुँदैन। नेपाली काँग्रेस सब लाई लोकतंत्र को ट्युशन पढाउन खोज्ने पार्टी। ल त काँग्रेसी हरु लाई एउटा प्रश्न --- नेपाली काँग्रेस महासमिति ठुलो कि पार्टी सभापति, नेपाली काँग्रेस महासमिति ठुलो कि पार्टी महाधिवेशन, पार्टीको केंद्रीय समिति ठुलो कि महासमिति?

सबै भन्दा माथि पार्टीको महाधिवेशन। महाधिवेशन भन्दा मुनि महासमिति। महासमिति मुनि केंद्रीय समिति। पार्टी सभापति ती सबै भन्दा मुनि। लोकतान्त्रिक पार्टी मा।

नेपाली कांग्रेस को महासमिति ले एक मधेस तीन प्रदेश भन्ने निर्णय गरे पछि त्यो निर्णय उल्ट्याउन पाइन्छ। कि त महासमितिको अर्को बैठक डाक्नु पर्यो, कि त महाधिवेशन बोलाउनु पर्यो। त्यस्तो केही भएको छैन। केपी को लहै लहै मा लागेर सुशील ले त्यो एक मधेस बाट झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर झिक दियो। लुजा। कसको के लाग्छ। राजतन्त्र समाप्त भा जस्तो लाग्या थियो, होइन रै छ। नेपाली काँग्रेस पार्टी भित्र राजतन्त्र रै छ। नेपाली काँग्रेस …

Fundraising For Sagoon

Image

नागरिकता र जातीयता: बर्मा, असम र मधेस

Image
बर्मा का नेपाली को नागरिकता बर्मा को हुन्छ तर तिनले आफ्नो जातीयता नेपाली भनि राखेका हुन्छन् --- र त्यो समस्या होइन, यथार्थ हो, र त्यो कुनै नराम्रो यथार्थ होइन, एउटा सुन्दर यथार्थ हो। असम को भारतीय नागरिक हुन्छ तर जात नेपाली भनि राखेको हुन्छ। त्यो पनि सुन्दर कुरा हो। भुटान मा पनि छन त्यस्ता नेपाली। गोरखालैंड राज्यको माग नेपाली जातकाले गरेका हुन -- त्यो जायज माग हो। बीजेपी ले समर्थन गरेको माग हो।

महेन्द्र देखि बामे सम्म ले जुन राष्ट्रियता राष्ट्रियता भनेर फलाकेका हुन्छन् -- त्यो वास्तवमा बोल्न न आएको हो --- वास्तवमा त्यो जातीयता भनेको हो। र त्यो जातीयता कुनै समस्या होइन। सांस्कृतिक धन त धन हो, जमीन मुनिको सुन चाँदी जस्तो, कोइला जस्तो, नदीको पानी जस्तो धन, खेतको धान गहुँ जस्तो।

तर नेपाल देश भित्र नेपाली जातीयता मात्र छैन ----- मधेसीको अर्कै जातीयता छ, जनजातिको अर्कै जातीयता छ। नेपाल देश र नेपाली जाती फरक कुरा हुन। नेपाल देश भित्रको एउटा जाती चाहिं नेपाली हो। नेपाल देश भित्रको एउटा भाषा नेपाली हो। तर त्यस देशभित्र अरु पनि जातीयता छन, अरु पनि भाषा छन ---- र ती जातीयता र भाषा समस्या होइनन्…

NRN संगठनका पद हरु र म

Image
नेपालमा एउटा CDO भन्ने पद छ ----- राम्रै पद होला, महत्वपुर्ण पद होला ---- तर मेरो आफ्नो लागि ठ्याक्कै interest नलागेको पद। I have absolutely no interest whatsoever ------  मेरो लागि NRN संगठनको प्रत्येक पद --- तल देखि माथि सम्मको प्रत्येक पद त्यस्तै हो ---- मलाई ठ्याक्कै interest छैन। अहिले पनि छैन, पछि पनि छैन। I have absolutely no interest whatsoever. मलाई NRN को कुनै पद खानै छैन। ठ्याक्कै छैन। अहिले पनि छैन। पछि पनि छैन।

सन २०३० सम्म मा संसारको प्रत्येक देश घुमिसकने ambition भएको मान्छे म। I am a global citizen.


भारत बारे काठमाण्डु ले बुझनै पर्ने कुरा

Image
नागरिक घरबार ठूलो कि दिल्ली दरबार?

भु-राजनीति नबुझ्नेले राजनीति को गफै नगर्नु। भारतको भु-राजनीति नबुझ्नेले नेपालमा राजनीति गर्छु भनेर नसोंचे हुन्छ।

सीके राउतको खुट्टा बामेले भाँच्यो। सीके माओवादी भएको भए बामेको दुईटा खुट्टा भाँचिने। तर सीके पर्यो गांधीवादी। म चाहिँ परें मध्यमार्गी --- माओवाद बुझेको तर माओवादी होइन, गांधी लाई चरम हद सम्म आदर गर्ने तर विशुद्ध गाँधीवादी पनि म होइन, Gandhi for me is more about national pride -- मेरो worldview मा बामेको खुट्टा म भाँच्दिन, तर कसैले भाँचि हालेछ भने मैले दुःख मनाउ पनि गर्ने छैन --- सीके को मानव अधिकार हनन हुँदा पहाड़िया तथाकथित मानव अधिकारवादी लाई कुनै किसिमको डिस्टर्ब भा छैन, त्यस्तै ------ तर बामे लाई नेपालको राजनीति बाट मटियामेट गर्न कुनै पनि कसर बाँकी राख्नु हुन्न भन्ने मेरो मान्यता चाहिं हो फेरि।

भारत बारे काठमाण्डु ले बुझनै पर्ने कुरा के हो भने चन्द्रमा ले चाहेर पृथ्वी हल्लिने होइन, पृथ्वीले चाहेर सुर्य गायब हुने होइन। तर त्यो बुझ्ने सानो अंतरिक्ष यान पनि मंगल ग्रह पुग्न सक्छ। अर्थात नेपाल लाई First World Country बन्न कसैले रोक्दैन --- न…

बाबुरामले खोजेको नया धार

Image
पुरानो माओवादी विचारधारामा एकभन्दा बढ़ी दलको लागि ठाउँ हुँदैन। नेपाल लाई त्यता लान सकिँदैन। पुरानो माओवादी विचारधारामा मानव अधिकारको अर्कै परिभाषा हुन्छ। नेपाल ले मानव अधिकार को एउटै अंतर राष्ट्रिय परिभाषा बाहेक अर्को परिभाषा मान्ने कुरा आउँदैन। बहुदल मान्ने, लोकतंत्र मान्ने, मानव अधिकार मान्ने तर पुरानो संसदीय व्यवस्था नमान्ने --- त्यस्तो हुन सक्छ? कि अहिले ५-१० वर्ष गणतंत्र र संघीयता संस्थागत गर्ने अनि त्यसपछि माओवादीले फेरि बन्दुक उठाउने हुन? एक पटक बिसाएको बन्दुक फेरि उठाउनु भन्दा देशमा निर्वाचन जितेर वैधानिक रुपले नै सबै बन्दुक आफ्नो हातमा लिनु बढ़ी उचित हो। कानुनको राज्य भएको देशमा नेपाल सेनाको परिचालन कानुनले गर्छ। र नेपाल सेनाको देशको आतंरिक राजनीतिमा कुनै स्थान छैन। त्यो लोकतन्त्रको मान्यता हो।

पुरानो संसदीय व्यवस्था पनि नमान्ने, फेरि बन्दुक पनि नउठाउने -- त्यस्तो उपाय छ त? अवश्य छ। त्यो हो राजनीतिक पार्टी हरुले पाउने पैसा को व्यवस्थापन। भारत, अमेरिका, बेलायत, फ़्रांस, चीन कतै नभएको लोकतंत्र, उच्चतम लोकतंत्र नेपालमा स्थापना गर्ने तर्फ सोंचिनु पर्दछ। त्यो कसरी?

राष्ट्रिय चुनावमा…

काँग्रेस, एमाओवादी र मधेसी मोर्चाको सरकारको कल्पना

Image
सरकारबाट निस्किने धम्की दिएर एमाले ले देशमा राजनीतिक निकासको बाटो खोलि दिएको हो?

Will quit govt unless NC takes up CA vote: UML

सरकार का लागि सरकारमा जाने कुरा त आउँदैन तर सरकारमा जाने कसरतले संविधान को मुद्दामा सहमति तिर पुगिन्छ भने सरकारमा जाने कुरा को औचित्य बन्न जान्छ।

केपी ओली कहिले प्रधान मंत्री नबन्ने निधो भइसकेको मान्छे लाई प्रधान मंत्री बन्न हतार!

एक मधेस तीन प्रदेश काँग्रेसको आधिकारिक लाइन हो, त्यस पार्टीको महासमिति ले पास गरेको, झापा, चितवन, कंचनपुर समेटेको एक मधेस। एक मधेस दुई प्रदेश माओवादी-मधेसी को लाइन हो। यी तीन शक्ति लाई एक ठाउँमा उभिन गार्हो छैन। संविधानको अंतिम विवादित विषयमा यी तीन शक्ति एक ठाउँमा आए देशको राजनीति फुक्का हुन्छ।

माओवादी-मधेसीले काँग्रेसले भने जस्तो संसद बाट निर्वाचित प्रधान मंत्री मान्ने, काँग्रेसले आफ्नो महासमिति ले पास गरेको एक मधेस मान्ने र दुई प्रदेश मा जाने।


भारत, चीन, अमेरिका, यूरोप सबले सहमति भनेको अवस्था

Image
The Flag of India. The colours are saffron, white and green. The navy blue wheel in the center of the flag has a diameter approximately the width of the white band and is called Ashoka's Dharma Chakra, with 24 spokes (after Ashoka, the Great). Each spoke depicts one hour of the day, portraying the prevalence of righteousness all 24 hours of it. (Photo credit: Wikipedia) नेपालको संविधान सहमतिको आधारमा लेखिनु पर्छ भनेर नभनेको विश्व शक्ति एउटा पनि छैन। प्रधान मंत्री हुनासाथ ए फलाना, टनकपुर कसको, नेपालको कि भारतको भनेर भारतलाई रिझाउन खोजेको मान्छे सुशील। यकायक विश्वको प्रत्येक शक्तिलाई एकै पटक चुनौती दिने will power कहाँ बाट आयो सुशीलको? हॉर्लिक्स खान थालेको हो?

भारत, चीन, अमेरिका, यूरोप सबले सहमति भनेको अवस्था छ।  सहमतिमा जाने हो। अर्को उपाय नै छैन।

सन्धि सम्झौता नमान्ने राज्यले आफ्नो अस्तित्व आफै समाप्त गर्छ

Image
एउटा मान्छे जीउँदो छ र उसको आयु निकै बाँकी नै छ तर उसले आफु ख़ुशी साँस फेर्न छोड़्यो भने के हुन्छ? परम धाम प्राप्ति हुन्छ। त्यस्तै कुनै राज्य (state) ले आफुले गरेका सन्धि सम्झौता मान्दिन भनेको साँस फेर्न छोड़े जस्तो हो। देश बिखण्डन तिर जान्छ।

राज्यको बागडोर सुशील कोइराला को हातमा छ। सुशील ले यसरी केपी को लहै लहै मा लागेर साँस फेर्न छोड्नु घातक कुरो हो। देश टुक्र्याउने तरिका हो त्यो।

सन्धि सम्झौता नमान्ने राज्यले आफ्नो अस्तित्व आफै समाप्त गर्छ। सोवियत यूनियन छँदै छैन अनि त्यो नभएको सोवियत यूनियन ले कुन सन्धि सम्झौता मान्ने?



The Last Mughal: The Fall of a Dynasty, Delhi, 1857; Indian Summer: The Secret History of the End of an Empire
"In the beginning, there were two nations. One was a vast, mighty and magnificent empire, brilliantly organized and culturally unified, which dominated a massive swath of the earth. The other was an undeveloped, semifeudal realm, riven by religious factionalism and barely able to feed its illiterate, diseased and stinking masses. The first nation was India