Saturday, May 09, 2015

Scale The Good Work

This is good work, but it needs to be scaled massively.

यसरी पो बाँढ्नु पर्छ राहत
'केही बस्ती बाहेका यो क्षेत्रका सबै गाविसका टोल–टोल राहत पुर्याोइसकेका छौं,' गाउँ पुगेका सामग्रीको कम्प्यूटर तथ्यांक देखाउँदै जिशिअ पुरीले नागरिकन्युजसँग भने। ...... कसरी छिटो पुग्न सक्यो त राहत ? सुरुदेखि नै योजना बनाएर काम गरेको टोलीले खासगरी तीन विषयमा ध्यान दिएको पाइयो। .......

पहिलो हो, अवरुद्ध सडक खुलाउने, दोस्रोमा राहतलाई एकै ठाउँमा, केन्द्रीकृत गर्ने, व्यक्तिगत सहयोगलाई सहजीकरण गर्ने र तेस्रोमा गाउँमा छुट्टै वितरण संयन्त्र बनाउने ।

...... टोलीले राहत संकलन र वितरणमा अपनाएको पारदर्शिता उत्तिकै लोभ लाग्दो छ। व्यक्ति, समूह, संस्था, व्यवसायिक घरनाले दिएको सामानको विवरण कम्प्यूटरमा राखिएको छ। संकलनलाई आम्दानी र वितरणलाई खर्चमा बाँध्दै दुई खाता सञ्चालनमा ल्याइएको छ। यो बाहेक गाविसै पिच्छै खडा गरिएको अर्को फाइलमा कुन गाउँमा कति राहत पुगेको भन्ने विवरण राखिएको छ । तथ्यांकले टोलीलाई तत्कालै योजना बनाएर काम गर्न सहज बनायो । ...... बिहान काम सुरु गर्नुअघि टोलीले दिनभर के गर्ने योजना बनाउँछ, साँझ कामको समिक्षा गर्छ। 'काममा ढिला सुस्ति आउनसाथ बैठक डाक्छौं। एकै दिन ६ पल्टसम्म बैठक बसेर कमजोरी सच्चाएका छौं,' पुरी सुनाउँछन्। गुल्ममा खडा गरिएको केन्द्रमा धेरै सामान मौज्दात छ। चाहाना अनुसार दातालाई सिधै गाउँ जना दिइएकाले उनीहरु ओइरिरहेका छन्। यो क्षेत्रमा मात्र डेढ दर्जन एनजिओ, आइएनजिओ, व्यवसायिक घराना र डेढ सय भन्दा बढी व्यक्ति, समूहले सहयोग गरेका छन्। ....... गाउँको सुरक्षा, राहत वितरणमा सहयोग पु¥याउन २४ वटै गाविसमा ११ जनाको प्रहरी टोली परिचालन गरिएको छ । दुबै प्रहरी संगठनको संयूक्त टोली गाउँमा गस्ति गरिरहेको छ। ..... 'दुःखमा राज्यको उपस्थितिको प्रत्याभूति दिलाउन सुरक्षाकर्मी खटाएका हौं,' सशस्त्र प्रहरीका डिएसपी रामकृष्ण महर्जनले भने। गाउँका टोलीको मद्दतका लागि थप प्रहरी माग गरिएको उनले जनाए।
राहतसहित मधेसले पहाडलाई बाँस पनि पठाउँदै

No comments: