Friday, May 08, 2015

पुलिस र सेनाको एक महिनाको तलब काट्दिएको हो?

जनताको छाप्रो छैन, मन्त्रीहरुलाई नयाँ गाडी, पण्डितले फिर्ता गरे गाडी किन्ने पैसा

भूकम्पपीडितको राहत र पुनःस्थापनामा जुट्नु पर्ने चटारोमा मन्त्रीहरुलाई भने अर्थले नयाँ गाडी स्वीकृत गरेर उपहार दिएको छ । विभिन्न मन्त्रालयले मन्त्रीका लागि माग गरेको नयाँ गाडीको प्रस्ताव अर्थ मन्त्रालयले भटाभट स्वीकृत गरेको ।

..... उर्जाले गाडी खरिद गर्न करिब ९० लाख रुपैया पाएको छ भने सामान्य प्रशासन मन्त्रीका लागि अर्थले ८० लाख रुपैया स्वीकृत गरेको छ । अर्थले नयाँ गाडी माग गर्ने सबैजसो मन्त्रीहरुका लागि हालै बजेट स्वीकृत गरेको हो ।
पुलिस र सेनाको एक महिनाको तलब काट्दिएको हो? यो कस्तो अचम्मको निर्णय! उद्धार मा जो सबै भन्दा अगाडि गए उनी हरुकै तलब काट्दिएको? प्रधान मंत्री राहत कोष मा विदेशी ले पैसा जम्मा नगर्ने देखे पछि त्यसको सजाय सेना र प्रहरी लाई? कस्तो अचम्म! सेना र प्रहरी को मनोबल चाहिने भन्दा बढ़ी उच्च देखियो -- हामी नेता हरु लाई they made us look bad जस्तो लागेको हो? त्यो मनोबल कसरी गिराउने? सोंच विचार भयो होला। लौ त, एक महिना को तलब काटम -- त्यस्तो हो? Or am I missing something? देशको हितमा लिएको कदम लाई म टाढा बसेको मान्छेले अनावश्यक गाली गरे जस्तो देखियो?

Massive Corruption At The Airport?
हो, सरकार अक्षम्य रुपले असफल भएको हो
A Corrupt Elite Rattled By The Earthquake
नेपालमा एउटा अहिंसात्मक कोतपर्व को खाँचो

यो त गलत हो। सुशील, केपी, झाले लाई विदेश उपचार गर्न पठाउँदा कैबिनेट ले निर्णय गरेर पैसा खोज्न सक्ने अहिले चाहिं ५०-६० करोड़ खोज्न गार्हो पर्यो? यी तीन पार्टी हरुले चुनावी खर्च त्योभन्दा कति धेरै उठाउँछन्। त्यसरी अहिले किन नउठाएको? तलब किन काटेको? Frontline मा गएर खट्ने हरुको तलब काट्दिएको? यी त आफ्ना मासिक तलब मा मासिक रुपले नै dependent मानिस हुन। गार्हो पर्ने भो।

कि सेना र प्रहरी को काम को प्रशंसा गर्ने तर हामी नेता लाई गाली गर्ने? यी हेर ती सेना र प्रहरी लाई तलब खुवाएर राखेको कस्ले! त्यो भन्न खोजेको?

तिन लाई (र नेता कर्मचारी लाई) तलब खुवाएर राखेको त जनताले हो।


No comments: