Posts

Showing posts from February, 2018

दुई मधेसी दल ले कम्युनिस्ट सरकार सँग सहकार्य गर्नु पर्छ

Image
प्रथम कदम त पार्टी एकीकरण हो। फोरम र राजपा ले पार्टी एकीकरण गर्नुपर्यो। जनताले दिएको मैंडेट हो त्यो। र ओली सरकार सँग सहकार्य गर्नुपर्छ। संविधान संसोधन बिना ओली सरकार मा जान मिल्दैन। तर संसोधन का लागि एउटा कार्यदल बनाएर संवाद लाई अगाडि बढाउन सकिन्छ। प्रचंड, रघुवीर महासेठ, सुवास नेमबांग, रामेश्वर राय यादव, महंथ ठाकुर, उपेंद्र यादव, राजेंद्र महतो, राजेंद्र श्रेष्ठ। यी आठ सदस्य भएको कार्यदल बनाउन सके कुरा अगाडि बढ़न सक्छ। कार्यदल सहमतिमा पुगेको खण्डमा संविधान संसोधन र सरकार मा सहभागिता सँगसँगै पनि हुन सक्छ।

संविधान संसोधन हुँदैन भने देश अर्को चुनाव सम्म मा व्यापक ध्रुवीकरण मा जान्छ। पहाडमा कम्युनिस्ट, मधेसमा फोरम राजपा। पुर्वी पाकिस्तान मा एउटा पार्टीले जितेको र पश्चिमी पाकिस्तानमा अर्को पार्टीले जितेको अवस्था आएथ्यो।

चीनले रेल बनाउने कहिले हो कहिले। अहिले पनि नेपाल का लागि प्रमुख छिमेकी भारत नै हो। कम्युनिस्ट सरकार मा मधेसी दल को सहभागिता छ भने भारत संग डील गर्न सजिलो हुन्छ। होइन भने भारत मा ओली ले ट्रुडो स्टाइल को स्वागत पाउने छन।

कम्युनिस्ट मधेसी सहकार्य को दुरगामी महत्व छ। कम्युनिस्ट …

प्रचंड संग रहेको ३० दिनको समय

Image
केपी ओली प्रधान मंत्री नियुक्त भइसके। ३० दिन भित्र संसदमा विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ। त्यो विश्वासको मत पाए पछि ओली दुई वर्ष का लागि ढुक्क। अनि त प्रचंड संग कुनै किसिमको leverage नै बाँकी रहँदैन। खेल ख़तम पैसा हजम।

चुनावको तीन दिन अगाडि देखि नै माओवादी माथि खन्नीन थालेका ओली। चुनाव अगाडिको एक एक सहमति तोडन भ्याइसके ओली ले। ६०-४० मा अगाडि बढ्ने भन्ने थियो। त्यो मानन छाड़े। ओली प्रम प्रचंड पार्टी अध्यक्ष भन्ने थियो। त्यो शुरू देखि नै नमानेको, प्रचंड थाकीहाल्च्छन नि भन्दै दुई महिना बढ़ी झुलाए। बहुदल त दुबैले मानने नै भनेको हो। तर त्यस सिद्धांत को नाम जबज नै हुनुपर्छ भन्नु एमाले सप्तकोशी हो माओवादी तमोर नदी, मिस्सिन आउ भनेको हो। माओवादी पार्टी एमाले मा विलय भैजाउ भनेको। विलय हुने सान्तिनो पार्टीले पार्टी अध्यक्ष कुन आधारमा पाउने?

जनताको मैंडेट भनेको संसदको अंक गणित हो। एमाले ले चुनाव अघिको सहमति पटक पटक सुनियोजित किसिमले नै तोडिसक्यो। प्रचंड संग ३० दिन कम समय छ। आफ्नो समर्थन फिर्ता लिने र आफ्नो नेतृत्व मा पाँच वर्ष का लागि माओवादी-कांग्रेस-मधेसी को संयुक्त सरकार बनाउने। नत्र…

अब फोरम र राजपा माथि एकीकरण का लागि दबाब पर्यो

Image
केपी ओली र प्रचण्डबीच वार्ता, सहअध्यक्षमा ‘सहमति नजिक’ – OnlineKhabar https://t.co/mdlJfu6IfA — Paramendra Kumar Bhagat (@paramendra) February 13, 2018
प्रेस रिभ्यूः ओली–प्रचण्ड दुवै अध्यक्ष, सरकार र पार्टीको नेतृत्व आलोपालो – OnlineKhabar https://t.co/4ZTq72qG4Z — Paramendra Kumar Bhagat (@paramendra) February 13, 2018
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता यसैसाता ! https://t.co/Z9g5R19Joq — Paramendra Kumar Bhagat (@paramendra) February 12, 2018
https://t.co/Td1ptGQp0A — Paramendra Kumar Bhagat (@paramendra) February 12, 2018



एमाले र माओवादी को एकीकरण आखिर हुने नै भए पछि अब फोरम र राजपा माथि चर्को दबाब परेको छ। एकीकरण गर्नै पर्ने किसिमको अवस्था सृजना भएको छ। त्यो राम्रो हो। साथै संविधान संसोधन का लागि पनि अवस्था केही अनुकुल हुन आएको छ। एकीकरण पछि को नेकपा ले संविधान संसोधन गर्छ होइन भने मधेसमा आफ्नो अस्तित्व समाप्त हुंदै गएको हेर्छ।

फोरम ले पहाड़मा ताकेको जनजाति त एमाले सँग छ। पहाडको संपर्क भाषा नेपाली स्थापित रहेको अवस्था छ। जनजाति ले पनि खोजेको त्यही हो। एक नंबर मा राई र चार नंबर …

प्रचंड ले कदम चाल्नुपर्छ

Image
https://t.co/49IngaDR8S — Paramendra Bhagat (@paramendra) February 10, 2018


प्रचंड ले कदम चाल्नुपर्छ। नेतृत्व भनेकै त्यही हो।

चुनावको मैंडेट भनेको संसद को अंक गणित हो। जनता ले ओली प्रधान मंत्री भनेको भए एमाले लाई एक्लो बहुमत दिने थिए। दिएनन।

ओली  र प्रचंड मध्ये एक जना प्रधान मंत्री हुने हो भने बढ़ी सक्षम व्यक्ति प्रचंड हो। पार्टी भन्दा देश ठुलो। राष्ट्रिय सभा चुनाव ताका देखियो। ओली को लिडे ढिपी ले निकास दिने थिएन। राष्ट्रपति र प्रचंड ले मिलेर निकास दिनुपर्यो। त्यो एउटा मात्र उदाहरण हो। त्यस्ता अनेकन छन।

प्रथम पटक प्रम हुँदा प्रचंड ले डुबाए। अनावश्यक सेनाध्यक्ष प्रकरण ले पहिलो संविधान सभा डुब्यो। दोस्रो संविधान सभा ले संबिधान जारी गर्दा "उपिया पो निस्कियो" भनेर प्रचंड ले भनेको त्यो उपिया प्रचंड को खल्ती बाट नै निस्केको हो। तर दोस्रो पटक प्रम हुँदा प्रचंड ले राम्रो काम गरे। आर्थिक वृद्धि दर सात प्रतिशत माथि पुर्याए।

सिद्धांत को कुरा छैन। आखिर दुबै ले बहुदलीय लोकतंत्र र मिश्रित अर्थतंत्र नै मानने भनेको हो। (कम्युनिज्म, समाजवाद र सिद्धांत को कुरो) बरु कस्तो किसिमको बहुदल र कस्तो …

ब्यूरोक्रैट हरु ले कोरेको संघीयता को सीमांकन

Image
यो त राजनीतिक झगड़ा होइन रहेछ। ब्यूरोक्रैट हरु ले सकेसम्म सुगम ठाउँ मा नै बसौं भनेर कोरेको नक्शा पो रहेछ। सात मध्ये छ वटा प्रादेशिक राजधानी मधेस मा। भित्री मधेस पनि मधेस नै हो। र सातौं पोखरा। सुगम ठाउँ नै हो त्यो पनि।

एक मधेस दो प्रदेश गरेको भए र आठ राज्य बनाएको भए दुई राजधानी मधेसमा र छ पहाडमा हुने। ब्यूरोक्रैट हरु ले त्यसो हुँदा दुःख पाउने।