Thursday, May 07, 2015

Massive Corruption At The Airport?

विमानस्थलको भण्डारकक्षमा केही टन भन्दा राहत सामग्री रहेको छैन । नेपाली सेनाको विमानस्थल समन्वय केन्द्रले हालसम्म २२०० टन राहत सामग्री आएको जानकारी गराउँदै आएको छ । तर ती राहत सामग्री कहाँ गए र कसले पाए भन्ने बारेमा कुनै पनि सरकारी निकायसँग तथ्याङ्क रहेको छैन । जिल्ला सदरमुकाममा राहत सामग्री छैन, पीडितले पाएका छैनन् । केही सरकारी अधिकारीले राहत सामग्री राजधानीका केही स्थानमा लुकाएर राखेको पाइएको छ । उनीहरु माथि कोही कसैले पनि कारवाही गर्ने आँट राखेको छैन । विमानस्थलबाट प्रभावित जिल्लामा पठाइएका राहत सामग्री कहाँ गयो भन्ने बारेमा न त गृह मन्त्रालयलाई थाहा छ ? न त अन्य निकायलाई नै । ..... विमानस्थल नेपालको हो कि भारत, चीन, अमेरिकाको हो भन्ने छुट्टयाउन नसकिने अवस्थामा रहेको सरकारी अधिकारी नै स्वीकार गर्छन । ..... सरकारले सिन्धुपाल्चोक जिल्लामा राहत सामग्री वितरणका लागि चीनलाई जिम्मा दिएको छ । पोखरालाई केन्द्रबिन्दु बनाएर भारत र काठमाडौँ केन्द्र बनाएर नुवाकोट, रसुवा,धादिङको जिम्मा समेत भारतीयले पाएको छ । भने रामेछाप, ओखलढुङ्गा, दोलखाको जिम्मा अमेरिकाले पाएको छ । तर ती जिल्लामा हालसम्म भूकम्प पीडित जनता त्रिपाल समेत नपाएर बारीको पाटामा बस्न वाध्य छन् ।

No comments: