Pages

Showing posts with label Nepal. Show all posts
Showing posts with label Nepal. Show all posts

Thursday, June 25, 2026

संघीयता बारे बहस

संघीयता मुख्य रूपले सर्विस डेलीवरी बारे हो। र पैसा बचाउने कुरा हो। संघीयता मधेसी जनजाति को मुद्दा होइन। सारा देशको मुद्दा हो। 

संविधान संसोधन गर्दा गर्नु पर्ने प्रथम काम: प्रस्तावनामा मधेसी क्रान्तिलाई उचित स्थान दिने। जुन जालझेल ले मधेसी क्रांति को मानमर्दन गर्यो त्यसैले देशमा सिंडिकेट राज, लुटतंत्र, भ्रष्टाचारतंत्र स्थापना गरेको हो। 

संघीयता विरुद्ध जुन प्रतिक्रांति गरियो, त्यस प्रतिक्रांति विरुद्धको प्रति-प्रतिक्रांति जेन जी क्रांति हो। 

संघीयता र सुशासन एउटै कुरा हो। संघीयता लाई लागु नै हुन दिएनन। अब लागु गर्ने मौका आएको छ। 

संविधान सभा ले लेखेको संविधान हुँदै होइन यो। संविधान सभा मा व्हिप जारी हुँदैन। व्हिप जारी गरेर संसद बनाउने काम भएको हो। प्रत्येक धारा उपधारा मा छलफल र भोट हुन्छ। भएन। 

आम जनता ले सरकारी कार्यालय गएर गराउने काम सम्पुर्ण स्थानीय तहमा हुनुपर्छ। त्यो हो संघीयता। अझ आज त सरकारी कार्यालय  जानै नपर्ने बनाउन सकिन्छ। फोनमा काम हुने। साक्षर हुनु जरूरी छैन। बोलेर काम हुने। त्यो डिजिटल सरकार हो संघीयता। 

गृह युद्ध को जवाफमा सशस्त्र प्रहरी खड़ा गरेको। गृह युद्ध सकिए पछि डिसमिस गर्ने हो। जनताको पैसा बचाउने। गरिएन। गृह युद्ध को जवाफमा ३०,००० को नेपाल सेनालाई एक लाखमा लगेको। गृह युद्ध सकिए पछि वापस ३०,००० मा लाने हो। लगेनन। 

संघीयता को नक्शामा जालझेल भएको छ, कर्मचारी ले कोरेको नक्शा। कर्णाली प्रदेश को राजधानी कहाँ भन्दा खेरि सुगम ठाउँ सुर्खेत। कर्मचारी ले आफ्ना लागि त्यसरी कोरेका। सोलुखुम्बु को प्रदेश राजधानी विराटनगर। सुगम। 

प्रदेश को अधिकार संविधान मा कम राखेका छन। भएको अधिकार पनि व्यवहारमा दिएको छैन। अधिकार नदिने अनि कामै गरेनन भन्ने। 

प्रदेश खारेज गरेर पैसा बच्ने पनि होइन। प्रदेशको कर्मचारी वापस केन्द्रमा ल्याउने हो। 

संघीयता मा प्रदेशको आफ्नै लोक सेवा आयोग हुन्छ। प्रहरी प्रदेश को हुन्छ। 

रास्वपा ले पाएको विशाल मैंडेट जेन जी क्रांति को अनुमोदन हो। मैंडेट सुशासन का लागि हो। सुशासन र संघीयता पर्यायवाची शब्द हुन। सुशासन दिन का लागि संघीयता इमान्दारीपुर्वक लागु गर्नु पर्ने हुन्छ। 

संघीयता इमान्दारीपुर्वक लागु गर्दा सरकारको खर्च घट्ने हो। सर्विस डेलीवरी आम जनताको नजिक पुग्ने हो। 

स्थानीय तहमा साधनस्रोत टन्न पुर्याउने मात्र होइन, त्यसको उचित निगरानी पनि हुनुपर्छ। भ्रष्टाचारविरोधी निकाय प्रत्येक तहमा सक्रिय हुनुपर्छ। प्रत्येक तहको हिसाबकिताब पारदर्शी हुनुपर्छ। जनता आफैले निगरानी गर्छन। सामुदायिक वन निगरानी गरे जसरी। 

सरकारी तलब खाने मानिसको संख्या पाँच लाख बाट घटाएर तीन लाख अथवा दुई लाखमा ल्याउने हो भने ती बाँकी तीन लाखले निजी क्षेत्रमा काम पाउने अवसरको सिर्जना गर्नुपर्छ। उद्यम मैत्री वातावरणको निर्माण, पुँजी प्रवाह। मान्छे लाई सड़कमा पुर्याउने भनेको होइन। 

Federalism is first and foremost about efficient delivery of services. 


@paramendrakumarbhagat

Tech Startups: The Columbus Way, The Neil Armstrong Way

♬ original sound - Paramendra Kumar Bhagat
@paramendrakumarbhagat

CPU, GPU, TPU, LPU

♬ original sound - Paramendra Kumar Bhagat

Wednesday, June 24, 2026

विकसित नभइसकेको देश तीव्र विकासको बाटोमा अग्रसर हुँदा विपक्ष र मीडिया को जिम्मेवारी



विकसित नभइसकेको देश तीव्र विकासको बाटोमा अग्रसर हुँदा विपक्ष र मीडिया को जिम्मेवारी 

नेपाल साधारण अवस्थामा रहेको देश होइन। जेन जी क्रांति अद्वितीय हो। भ्रष्टाचारको विरुद्ध सुशासनको पक्षमा दुनियाँमा क्रांति भएको यो प्रथम हो। त्यो क्रांतिले पैदा गरेको सरकार। 

मेरो जीवनकालमा प्रथम पटक नेपालमा सुशासन संभव देखिएको छ। त्यो सुशासन बेगर आर्थिक क्रांति संभव छैन।
 
प्राकृतिक सम्पदा का हिसाबले दुनियाको धनी मध्ये को देश। कुशासन को कारणले दुनियाको गरीब देश। 

त्यो देश जब तीब्र विकासको ट्रैक मा आएको छ त्यसलाई गलत विपक्ष र गलत मीडिया ले डिरेल गर्न सक्छ। त्यस्तो गर्न दिनु हुँदैन। 

एउटा हुन्छ अनजान मा गरेको गलती। एउटा हुन्छ नियोजित गलती। 

अनजान मा पनि गलती नगरौं। गरीब देश हुन नपुगेको त होइन होला। नियोजित गलती को तर कड़ा प्रतिकार हुनुपर्छ। 

विपक्षले आलोचना गर्न पाउँछ। तर त्यो आलोचना तर्कसंगत हुनुपर्छ। आलोचना का लागि आलोचना, तर्कहीन आलोचना, संसदमा जनावर व्यवहार ती सब देशद्रोह हुन। गरीब देशलाई माथि उठ्न नदिने प्रयास हुन। 

सत्ताधारी नेता र पार्टी सँग स्टाइपेंड पाउन पल्केका मीडिया ले गलत व्यवहार गरेका छन। गैर जिम्मेवार पत्रकारिता गरेका छन। एउटा नया मीडिया जमात पैदा हुनु जरूरी छ। देशमा आर्थिक क्रांतिको पक्षमा भाष्य निर्माण गर्ने देशप्रेमी मीडिया जमात खड़ा हुनु जरूरी छ। 

आर्थिक क्रांतिमा मीडिया को अहं महत्व छ, विपक्षको अहं महत्व छ। उच्च राजनीतिक संस्कार चाहिन्छ। उच्च राजनीतिक संस्कृति चाहिन्छ। 




Tuesday, June 16, 2026

16: Nepal

@paramendrakumarbhagat

CPU, GPU, TPU, LPU

♬ original sound Paramendra Kumar Bhagat
@paramendrakumarbhagat

CPU, GPU, TPU, LPU

♬ original sound - Paramendra Kumar Bhagat

Monday, June 15, 2026

15: जित बहादुर गुरुङ्ग (353A) दाइ सँग गफ भएपछि

Saturday, June 13, 2026

अमरेश को बेलुन जस्तो टाउको

भारतीय दुतावास को बाबु हरु र भारतीय जनता एकै होइनन। दिल्ली का बाबु हरु र भारतीय जनता एकै होइनन। त्यो कुरा नरेन्द्र मोदी ले प्रधान मंत्री बनना साथ महसुस गरेका। जनताले चुनेको प्रधान मंत्री को प्रथम जिम्मेवारी जनतासँग रहन्छ। 

अमरेश लाई भारतीय दुतावास का बाबु हरुको हेक्का छ। अमरेश लाई दिल्ली का बाबु हरु सँग मतलब छ। हर्के बोलेको कि अमरेश बोलेको छुट्याउन गारहो भइसक्यो। 

सत्ता पक्षमा हुँदा विपक्षको भाषा बोल्ने अमरेश। बिकास होइन, सुशासन होइन, सदा सेमिनार मोडमा रहने अमरेश। अंतहीन तर्क वितर्क। असहमत हुनकालागि असहमत हुने। 

चुनाव ताका बालेन मेरो क्षेत्रमा नआए आत्मदाह गर्छु भनेको अमरेश। 

अमरेश सिंघको कास्टिस्ट एटीच्यूड (Casteist Attitude) समस्या हो। 

बिकसित भइनसकेको देश सुशासन को डेलीवरी मा व्यस्त हुँदा सत्ता पक्षको सांसदको कर्तव्य हो सरकारले गरेको कामको पक्षमा देशमा भाष्य निर्माण गर्नु। हर्के सँग'काँधमा कांध मिलाएर उभिने उफ्रिने होइन। 

अति शिक्षित मान्छे अमरेश। त्यो जनताको सेवामा लगाउने हो। 

नेपालको प्रधान मंत्री र भारतको प्रधान मंत्री बीच अमरेश ले मात्र होइन, कसैले पनि मेडिएट गर्नु जरूरी छैन। एउटा लक्ष्मण अर्को हनुमान। 






13: Sagar Dhakal