नेपाली मीडिया लाई जेन जी क्रान्ति चाहिएको। राजनीतिमा क्रांति भयो। मीडिया मा क्रान्ति भएन। क्रान्ति चाहियो। देशमा आर्थिक क्रांतिको पक्षमा भाष्य निर्माण गर्ने नया नया मीडिया चाहियो।
नेपाली मीडिया भनेको सोप ओपेरा। कुनै गंभीर बहस छैन। कुनै गंभीर फील्ड रिपोर्टिंग छैन।
प्रधान मंत्री, पार्टी अध्यक्ष र अर्थ मंत्री को प्रत्यक्ष वक्तव्य सुन्दा लाग्छ एक महिना अगाडि जे जस्तो सम्बन्ध थियो अहिले पनि त्यही छ। जुन कि नेपाली राजनीति का लागि नया अभ्यास हो। होइन भने सिंडिकेट राजमा पार्टी एकीकरण भए पनि, फुटे पनि, जुन सुकै पार्टी ले चुनाव जिते नजिते पनि उही एउटै घिसीपिटी म्युजिकल चेयर चलिरहेको हुन्थ्यो। उठापटक। ड्रामा।
मुख्य कुरा यहाँ जेन जी क्रांतिको मैंडेट हो। मुख्य कुरा यहाँ चुनावी मैंडेट हो। देश भ्रष्टाचारमुक्त हुन खोजेको छ। देशले सुशासन चाहेको छ। देशले आर्थिक क्रांति मागेको छ। त्यो दुई चार महिनामा डेलिवर हुने कुरा होइन। राजनीति मात्र होइन मीडिया को भाष्य पनि त्यही किसिमको चाहिन्छ। अहिले छैन।
विकसित देश को मीडिया जस्तै द्रुत गतिमा विकास गर्न चाहेको देशको मीडिया उस्तै हुन सक्दैन।
क्रांति र चुनाव बाट पाखा लागेका भ्रष्ट शक्ति हरु मीडिया को बाटो थुन्छेक गर्न खोजे जस्तो देखिन्छ। नेपाली मीडिया पुराना शक्तिको बैक डोर भएको छ। भ्रष्ट नेता र पार्टी को स्टाइपेंड पाउन पल्केका हरु गलत गलत भाष्य निर्माण गर्नमा मस्त छन।
मीडिया मा पनि क्रांति चाहियो। नया नया मीडिया पैदा हुन सक्नुपर्यो। देशमा आर्थिक क्रांतिको पक्षमा भाष्य निर्माण गर्ने अनुशासन भएको मीडिया चाहियो।
पार्टी अध्यक्ष
नेपालका प्रधान मंत्री र सत्ताधारी पार्टी अध्यक्ष ले जुन अभ्यास थालेका छन त्यो नेपालका लागि नौलो हो नै, अन्य देशका लागि पनि नौलो हो। दुबै समन्वयमा छन। समन्वयमा किन छन भन्दा चुनावी मैंडेट सँग ईमान्दारी गर्ने तरिका त्यही नै हो। डेलिवरी एक दुई महिनामा हुन सक्ने कुरा होइन। समझदारी दिगो हुनुपर्छ।
पार्टी अध्यक्ष भारत भ्रमणमा गएको राम्रो हो। भारतीय सत्ताधारी पार्टी को कार्यालयमा जंती आए जस्तो भएथ्यो। रविको त्यो भ्रमणपछि पोखरामा भारतीय पर्यटक हरुको ताँती लाग्यो।
अर्थ मंत्री र प्रधान मंत्री कार्यालय
मोदी को PMO यति सारहो दुरुस्त छ कि मोदी विदेश भ्रमण गरेको गर्यै, देश भने चलेको हुन्छ। तर प्रधान मंत्री र अर्थ मंत्री को सीधा संपर्क र सीधा संवाद हुन्छ। सल्लाहकार हरु मिनी प्रधान मंत्री होइनन। अनावश्यक ड्रामेबाजी ले फोकस मलिन पार्छ।
सुनसरी घटना : चारै सुरक्षा निकाय परिचालन, स्थिति अझै अशान्त सुनसरी घटनापछि सोमबार साँझबाटै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागसमेत टोली संयुक्त रुपमा परिचालन भए पनि स्थिति भने नियन्त्रणमा आउन सकेको छैन .............. प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राति एउटा समूह डीजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको हो।
कूटनीतिमा रवि–बालेनका समानान्तर गतिविधि रवि र बालेन कूटनीतिक मुद्दाहरुमा एकैठाउँ नरहेको बुझाइ अन्तर्राष्ट्रिय वृत्तमा प्रवाहित भइरहेको छ । पार्टीले गरेको कुरा सरकारलाई थाहा छैन, सरकारले गरेको कुरा पार्टीलाई ।
सत्ताले फेरि जुटायो वाम सहमति बमोजिम कोशी, बागमती र लुम्बिनी सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम सरकारको नेतृत्व नेकपाले लिनेछ । दुई दल मिल्दा पनि सरकार बनाउन संख्या नपुग्ने गण्डकी र मधेशबारे भने अन्य दलसँग छलफल गर्ने सहमति भएको छ । ....... कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा भने विगतका गल्ती सच्याउनका निम्ति नेकपाको प्रस्तावमा सहमत हुन नसकिएको बताउँछन् । ‘सत्ता, सत्ता र सत्ता । जसरी पनि सत्ता । जे–जस्तै सम्झौता गरेर पनि सत्ता,’ उनी भन्छन्, ‘हाम्रो राजनीतिमा केही समय यता नराम्रोसँग विकसित गलत प्रवत्तिकाविरुद्ध नेपाली कांग्रेसले फरक सन्देशका साथ उभिन पुगेको छ ।’
🌊 Kimi K3: Moonshot AI’s Frontier Model and Benchmark Analysis https://t.co/20WGnsacZu 🌊 Kimi K3: Moonshot AI’s Frontier Model and Benchmark Analysis
— Paramendra Kumar Bhagat (@paramendra) July 28, 2026
A friend of mine got 1600 on the SAT in 1983. He took the test in India and had no idea till now how rare that was. In 1982, for example, 4 people got 1600. Imagine doing that well and not realizing it for 40 years.
chatgpt work is remarkable, and "work" undersells it.
from my phone i sent:
"use all my chat history to figure out ideas for a long weekend trip with 8 friends, plan the best three options, make a full-stack site where the 9 of us can coordinate on what we would want to do in…
Attackers have frontier AI. Defenders need a frontier AI ecosystem—the best open and closed models, force-multiplied by a global community.
During the Hugging Face incident, closed AI blocked essential forensics. An open-weight frontier model helped contain the intrusion.… https://t.co/lCZWt9nPBQ
One guy wrote me and said I shouldn’t be sleeping while my robot drives. Bad behavior. Forgetting that on the first ride in the first @Tesla with @elonmusk at the wheel he broke three road laws. Exhibitions of speed. Drag racing in city streets. Exceeding the… pic.twitter.com/l2kCSN9U7N
When starting a marketplace, focus on getting more of whichever side is rarest, which is almost always buyers rather than sellers. (If it's sellers, you've discovered a gold mine.)
अमेरिका र भारतमा जस्तै नेपालमा पनि मीडिया सर्कस हुने गर्छ। समाचारको यथार्थ भन्दा पर मीडिया ड्रामा भैराखेको हुन्छ। द्रुत गतिमा विकास गर्न चाहेको देशको चाला होइन त्यो। मीडिया मा पनि क्रांति चाहियो। आर्थिक क्रांतिको पक्षमा भाष्य निर्माण गर्ने नया नया मीडिया चाहियो।
स्वर्णिम वाग्ले र रघुराम राजन रोग
रघुराम राजन र गीता गोपीनाथ उत्कृष्ट अर्थशास्त्री हुन दुबै। तर दुबैले डॉलर को एक क्षत्र राज वाला भाषा बोलिरहेका हुन्छन्। अर्थशास्त्र डॉलर होइन। डॉलर को जुन स्थान छ विश्व अर्थतंत्र मा त्यसले खुद अमेरिकी नागरिक लाई बेफाइदा छ। अमेरिकी औद्योगिक बेस धराशायी हनुमा डॉलर को ठुलो हात छ। अमेरिकाको अपार ऋण का पछाडि पनि डॉलर को सुप्रीमसी हो। तर अमेरिकी बैंक हरु लाई भने फाइदा।
नेपालमा शिक्षा र स्वास्थ्यमा कर थपेर वाल स्ट्रीट लाई ऋण को ब्याज तिर्ने बुद्धि एउटा ट्रेनिंग हो। पश्चिमा विश्व विद्यालय हरुमा पढाइने कुरा त्यो।
हुनुपर्ने निशुल्क शिक्षा र स्वास्थ्य। देशलाई भ्रष्टाचारमुक्त बनाउने खाकाले नै देशमा निशुल्क शिक्षा र स्वास्थ्य पनि दिन्छ। हुनुपर्ने त्यो हो। त्यो खाका कल्किवादी रिसर्च सेण्टर सँग छ।
"सिस्टम से उपर बोल्ने का हक़ किसीको नहीं" भनेर मोदीले भन्नुपरेको रघुराम राजन लाई। अमेरिका को केंद्रीय बैंक को गवर्नर ले पालन गर्ने अनुशासन रघुराम राजन ले पालन गरिराखेका थिएनन।
संसदीय व्यवस्थामा पार्टी अध्यक्ष र प्रधान मंत्री
संसदीय व्यवस्थामा प्रधान मंत्री प्रमुख हो।
बेलायतमा पार्टी अध्यक्ष को हो भनेर मान्छे लाई नाम पनि थाहा हुँदैन।
अमित शाह पार्टी अध्यक्ष हुँदा मोदीभन्दा माथि होइन।
नेपालमा पार्टी अध्यक्ष सधैँ पार्टी अध्यक्ष रहिरहने, र पार्टी अध्यक्ष नै पालैपिलो प्रधान मंत्री बन्ने गलत परम्परा रह्यो। त्यो सिंडिकेट राज समाप्त भएको छ।
अहिले को अवस्थामा नेपालमा पार्टी अध्यक्ष संयोजक हो। कार्यकारी त प्रधान मंत्री नै हो।
नेपालमा भारतको अत्यंत चासो छ। चीनको अत्यंत चासो छ। अमेरिकाको अत्यंत चासो छ। त्यो त नेपालको भुअवस्थिति नै त्यस प्रकारको छ। समुन्द्रमा छाल छ। त्यो छाल लाई देशको हितमा सर्फ गर्ने हो।
अदालत
अदालत को सरसफाई हुनु जरूरी छ। प्रशासनको सरसफाई हुनु जरूरी छ। गर्न सकिन्छ। मीडिया को सरसफाई हुनु जरूरी छ। पोलैंडमा गरेका हुन। र गरेकै कारणले पोलैंड को अर्थतंत्र अहिले युरोप कै उदाहरणीय बनेको छ।
भ्रष्ट नेताले टीका लगाएर अदालत को पदमा पुगेका हरु टेबल मुनिको मोलतोलमा सरकारको छेकबाजी गर्न सक्छन। सम्पत्ति छानबीन न्यायपालिका का हरुको पनि हुन्छ।
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले? प्रधानमन्त्री नियुक्त भएको १०० दिनसम्म खासै बाह्य भेटघाटमा नदेखिएका प्रधानमन्त्री शाह पछिल्ला केही सातादेखि निजी क्षेत्रका प्रतिनिधिहरूसँगको संवादमा आक्रामक रूपमा प्रस्तुत भइरहेका छन् । तर, ती हरेक संवाद र छलफलमा सम्बन्धित मन्त्रालयको नेतृत्व गर्ने अर्थमन्त्रीको अनुपस्थितिले सरकारभित्रको आन्तरिक कलह र शक्ति संघर्षको लख काट्न थालिएको छ । तर बाहिर आन्तरिक कलह र शक्ति संघर्षको सतहमा आएको हल्लालाई प्रधानमन्त्री कार्यालय भने अस्वीकार गरेको छ । ........ अर्थमन्त्री र प्रधानमन्त्रीबिच समन्वयमा हरेक काम भइरहेको छ ।’ ....... प्रधानमन्त्रीसँगको छलफलपछि सबै निजी क्षेत्रको एउटै स्वर छ– प्रधानमन्त्रीसँगको भेटले उत्साहित बनाएको छ । निजी क्षेत्रका सबै समस्या समाधान हुने र आशा पलाएको निजी क्षेत्रको धारणा छ । ........ यो प्रकरणको सबैभन्दा रोचक र विवादास्पद मोड मंगलबार देखिएको छ । प्रधानमन्त्री शाहले फेसबुकमार्फत शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता शुल्क हटाउने घोषणा गरे । उक्त व्यवस्था अर्थमन्त्री वाग्लेले गत जेठ १५ को बजेटमार्फत प्रस्ताव गरेका थिए र संसदबाट पारित भई कानुन (आर्थिक ऐन) बनिसकेको थियो । .............. संसदले पास गरेको कानुन (करको दर) परिवर्तन गर्ने अधिकार मन्त्रिपरिषद्लाई हुन्छ । तर त्यसको एउटा संवैधानिक र प्रशासनिक प्रक्रिया हुन्छ । अर्थ मन्त्रालयले प्रस्ताव लैजाने, मन्त्रिपरिषद्ले निर्णय गर्ने र नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि मात्र कर हट्छ, तर प्रधानमन्त्रीले फेसबुकबाट घोषणा गरे । ............. यो विषयमा प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले अर्थमन्त्रीसँगको संवाद छलफल गरेर घोषणा भएको बताइन् । ............. उनले भनिन्, ‘प्रधानमन्त्रीले फेसबुक स्टेटसमा नै भन्नुभएको छ । अर्थमन्त्रीसँगको परामर्शपछि भनेर जे भन्नुभएको छ, त्यही हो । कुनै पनि निर्णय छलफल र संवादबाट नै भएको छ ।’ ............. अर्थमन्त्री डा. वाग्लेले प्रधानमन्त्री कार्यालयमा सोमबार प्रधानमन्त्री शाहसँग एक घण्टा लामो छलफल गरेर आज निर्णय भएको स्रोतले जानकारी दियो । .............. स्रोतका अनुसार वान टु वान भेट गरेर भन्दा पनि अहिलेको सरकारले हरेक निर्णय भर्चुअल संवादका आधारमा गर्ने गरेको छ । .............. प्रधानमन्त्री शाह अर्थमन्त्री वाग्लेले ल्याएको बजेटको दिशाप्रति सन्तुष्ट छैनन् । विशेषगरी सरकारी उद्योग चलाउने बालेनको योजनामा वाग्लेले बजेट नछुट्याउनु र आम मानिसलाई प्रत्यक्ष असर गर्ने शिक्षा–स्वास्थ्यमा कर थप्नुले सरकारको लोकप्रियता घटेको बालेनको बुझाइ छ ।
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का सरकारले ल्याएको आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत स्वास्थ्य र शिक्षामा लगाएको समता करको चौतर्फी विरोध भयो । परिणामस्वरुप सरकारले त्यस्तो कर असुल्ने निर्णय फिर्ता लिएको छ । ............... सरकार गठन गरेकै भोलिपल्ट (चैत १४) गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरियो । यद्यपि उनीहरूलाई पक्राउ गर्नुको यथेस्ट प्रमाण नभेटिएको भन्दै सर्वोच्च अदालतले १३ दिनमै छाड्न आदेश दियो । ............... गत वर्ष भदौमा भएको जेनजी आन्दोलन दमन गर्न भूमिका खेलेको आरोपमा ओली र लेखकलाई गृहमन्त्री सुधन गुरुङको ठाडो आदेशमा प्रहरीले निवासबाट पक्राउ गरेको थियो । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उनकी श्रीमती तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ पुर्जी भयो । सर्वोच्च अदालतले देउवा दम्पतीलाई पक्राउ गर्ने प्रक्रिया नमिलेको ठहर गर्दै पक्राउ पुर्जी खारेज गर्यो । ............ उपचारको सिलसिलामा हङकङका रहेका देउवा दम्पती विरुद्ध प्रहरीले इन्टरपोल मार्फत रेड कर्नर नोटिस जारी गर्न निवेदन दियो । प्रहरीको निवेदन अनुसार देउवा दम्पतीविरुद्ध रेड कर्नर नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गर्यो । .............. सम्पत्ति शुद्धीकरणकै विषयमा पूर्वअर्थमन्त्री विष्णु पौडेल, पूर्वऊर्जामन्त्री दिपक खड्कालाई प्रहरीले पक्राउ गर्यो । उनीहरूविरुद्ध सरकारले यथेस्ट प्रमाण जुटाउन नसकेकाले अदालतकै आदेशमा रिहा भए । ..............
यसैगरी विचौलिया दिपक भट्ट, काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविराज रिजाल, व्यापारी घराना शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल, व्यापारी सुलभ अग्रवाल लगायत पनि अदालतकै आदेशमा रिहा भए ।
................ बर्खाको बेला सुकुमबासीलाई बिचल्ली बनाएको भन्दै सरकारको चौतर्फी आलोचना भएको छ । पछिल्लो समय काठमाडौँको बुद्धनगरका आश्विन रावत, मुगुका गणेश नेपाली, सर्लाहीका विवेक मण्डल लगायतले आत्मदाह गरेको घटनाले बालेन सरकार थप अलोकप्रिय बनेको छ । ती घटनालाई विषयान्तर गर्नका लागि सञ्चारगृह, विपक्षी दलका नेताका घर अगाडि बाटो छेकेर विवादास्पद गाडी राखेको घटनाले सरकारको नीतिप्रति आक्रोश बढ्दै गएको देखिन्छ। ................... प्रधानमन्त्रीको सचिवालयले राहदानी छपाईको जिम्मा पाएको जर्मन कम्पनीको ठेक्का रद्द गरी पुरानै फ्रान्सेली कम्पनीलाई जिम्मा दिन लागिएको विषयमा प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री शिशिर खनालबिच सम्बन्ध चिसिएको चर्चा चल्यो । .............. यद्यपि रास्वपाका महामन्त्री विपिन कुमार आचार्यले सरकार सञ्चालनमा केही कमजोरी भए पनि पार्टी सभापति र प्रधानमन्त्रीबिच कुनै मतभेद नभएको जिकिर गरे। .............. ‘बाहिर सरकार र पार्टीबिच ठुलै मतभेद भएको जसरी प्रचार भएको छ, त्यस्तो केही भएको छैन । सरकार र पार्टी सञ्चालनको विषयमा सभापति र प्रधानमन्त्रीबिच निरन्तर छलफल भइरहेको छ । सरकार गठन भएको तीन/चार महिनामै ठुलो अपेक्षा राख्नु हुँदैन । केही कमजोरी भएको भए पार्टी र सरकारबिच आपसी छलफलमै समाधान निकाल्छौँ’, आचार्यले भने। ................. ‘वास्तवमा केही भएकै छैन । जे–जे सञ्चारमाध्यममा आएका हल्ला छन्, यी प्रायोजित हुन् । सरकार र पार्टीबिच सामञ्जस्यकारी भूमिका खेल्ने कुरामा सभापतिज्यू, प्रधानमन्त्रीज्यू र अन्य साथीहरू निरन्तर छलफलमै हुनुहुन्छ । हामी पनि छलफलमै छौँ । त्यसकारण यसमा जे–जे हल्ला आएका भए पनि सबै निराधार हुन्’, उनले भने।
नेपालको वर्तमान अर्थतन्त्र र ‘प्यारासुट’ अर्थमन्त्री देशमा २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८.२ प्रतिशतले बढी हो। ........ नेपालको अर्थमन्त्री हुन तीनवटा गुण आवश्यक छ – पहिलो, अर्थतन्त्रको गहिरो ज्ञान, दोस्रो, देशको माटो, भूगोल र गरिबीको वास्तविक बुझाइ (धान, गहुँ, कोदो, तोरी चिन्न सक्ने), र तेस्रो, राजनीतिक सुझबुझ तथा कुशल नेतृत्व क्षमता। ....... तर, हामीमा एक प्रकारको भ्रम छ। विदेशमा पढेको वा राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थामा काम गरेको अनुभवकै आधारमा विद्वान मानिएका व्यक्ति मात्रै व्यावहारिक रूपमा समेत सफल हुन्छन् भन्ने छैन भन्ने प्रमाण हामीले विगत र वर्तमानमा समेत देखिसकेका छौँ। ........ धरातल नचिन्ने व्यक्तिलाई जानुपर्ने ठाउँ त थाहा हुन्छ तर, गन्तव्यका अप्ठ्यारा थाहा हुँदैन। ........ यस्तै देशको आर्थिक सामाजिक अवस्था, परिस्थिति, अप्ठ्यारालाई सम्बोधन गर्ने क्षमता नभएका तर डिग्री र अन्तर्राष्ट्रिय संस्थामा काम गरेको अनुभव भएकै आधारमा हामीले विद्वान भनेर चिनिएका व्यक्ति नै देशको असफलताको मुख्य कारण हुन्। ....... यस्ता अर्थशास्त्रीको नेतृत्वका आधारमा देशले काँचुली फेर्छ भन्ने आशा गर्नु नै मूर्खतापूर्ण कुरा हो। ........ अहिलेका अर्थमन्त्री पनि त्योभन्दा भिन्न छैनन्। पछिल्लो समय उनले दिएका अभिव्यक्ति, बजेटमा गरिएका करका दरको विवादास्पद हेरफेर, भन्सार दरहरूमा भएको विवाद र विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियालाई पछि धकेल्ने प्रयास लगायतले उनी पनि भुइँको यथार्थबाट टाढा रहेको देखिन्छ। ...... (लेखक त्रिविमा प्राध्यापनरत अर्थशास्त्री हुन्)
नयाँ भनिएकाहरूमा पनि तानाशाहीको गन्ध आयो : रक्षा बम जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ बहस जन्मायो । सो आन्दोलनकी एक अभियन्ता रक्षा बम अहिले पनि सरकार र व्यवस्थामाथि निरन्तर प्रश्न उठाइरहेकी छन् । सरकार र व्यवस्थाप्रति उनका प्रश्न अझै पनि उत्तिकै धारिला छन् । ........ हामीले उठाएका मुद्दा- भ्रष्टाचारविरुद्धको लडाइँ र सुशासन एकै दिनमा वा तीन महिनामा टुङ्गिने विषय होइनन् । यो त निरन्तर चलिरहने प्रक्रिया हो । ‘मुभमेन्ट कन्टिन्युज’ भन्छन् नि, हो त्यस्तै हो । यो आन्दोलन सेलाएको होइन । यसले उठाएका मुद्दा अहिले पनि उत्तिकै सान्दर्भिक छन् र हामी त्यसका लागि निरन्तर आवाज उठाइरहेका छौँ । ......... कम्तीमा सरकारमा पनि हाम्रो प्रतिनिधित्व भयो । हामी सडकमा हुँदा उहाँहरूलाई झकझकाउने पहुँच त छ नि । कोही सडकमा, कोही सरकारमा हुँदा एक किसिमले सन्तुलन नै मिलेको छ । ........ डराएको होइन, राजनीतिक परिपक्वताको खोजी हो । यत्तिकै सदनमा गएर जनताको करको पैसाबाट तलब खाने, तर डेलिभरी दिन नसक्ने हो भने त्यसको के अर्थ ? म अपरिपक्व अवस्थामा त्यहाँ जान चाहिनँ । मेरो प्राथमिकता राजनीतिमा जाने वा पद पाउनेमात्र थिएन । तत्कालीन सङ्क्रमणकालीन अवस्थामा देशलाई निर्वाचनसम्म पुर्याउने र एउटा निकास दिने मुख्य जिम्मेवारी थियो । त्यसैले पदभन्दा बढी जिम्मेवारीमा केन्द्रित भएँ । ................ सुकुमबासीको मुद्दा होस् वा बाढी व्यवस्थापन, सरकारका केही गतिविधिमा तानाशाही प्रवृत्तिको झल्को देखियो । हामी जुन प्रवृत्तिविरुद्ध सडकमा गएका थियौँ, आज त्यही प्रवृत्ति दोहोरिँदा खबरदारी गर्नु हाम्रो कर्तव्य हो । .............. बालेन शाह वा रवि लामिछाने व्यक्तिप्रति मेरो कुनै रिस होइन, तर उहाँहरूको कार्यशैली र डेलिभरीमा प्रश्न छ । ............. मुख्य कुरा त हामीसँग स्रोत र साधनको कमी छ । भएका स्रोतको पनि समान वितरण छैन । अर्को कारण भ्रष्टाचार र कुशासन नै हो । बनाउँछु भनेर नेतृत्वमा पुग्नेहरू नै दोषी छन्, तर नागरिकको पनि जिम्मेवारी हुन्छ । देश नेताले मात्र बनाउने होइन, श्रमिकले श्रम गरेर, शिक्षकले पढाएर र व्यापारीले कर नछली देश बनाउने हो । नेतृत्वले त केवल सहजीकरण गरिदिने हो, जुन हाम्रोमा हुन सकेन । ................... सुदूरपश्चिम भौगोलिक विभेदको सिकार छ । हामीले पढ्ने बेला विद्यालयमा पाठ्यपुस्तक समयमै पुग्दैनथे । पार्टीका पर्चा किताबभन्दा छिटो पुग्थे, तर पाठ्यपुस्तक पुग्दैनथे । शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था नाजुक छ । सुदूरपश्चिम भन्नेबित्तिकै मान्छेहरूले ‘छाउपडी’ मात्र देख्छन्, तर काठमाडौँमा पनि ‘छाउरुम’ छ भन्ने बिर्सन्छन् । हाम्रो प्रदेशको विकास र यहाँका मुद्दामा केन्द्रित हुनुभन्दा पनि दलहरू सत्ता समीकरणमै व्यस्त छन् । सुदूरपश्चिमको अझै ओझेलमा रहेको प्राकृतिक सौन्दर्यलाई बाहिर ल्याउन र यहाँका मानिसको जीवनस्तर सुधार्न स्रोतको उचित बाँडफाँट जरुरी छ । .......... नयाँ आउनुभएका साथीहरूलाई मेरो सुझाव छ- पहिले देश बुझ्नुहोस्, त्यसपछि मात्र देश बनाउने प्रयास गर्नुहोस् । नेतृत्वमा बस्नेहरूमा संवेदनशीलता, करुणा र सहानुभूति हुनु अत्यन्त आवश्यक छ ।
‘देशमा कु भइसक्यो, संविधान बाहिरबाट आएको शक्तिले राज गर्दै छ’ प्रदेश सभा खारेज गर्ने प्रस्ताव, सुकुम्बासी बस्ती खाली गराउनु, गणेश नेपालीको आत्मदाह तथा विभिन्न खालका करबाट जनता वाक्कदिक्क छन् साथै सरकारको चौतर्फी आलोचना पनि भइरहेको छ । .......... फागुन २१ गते जुन चुनाव भयो, त्यो निकै जटिल परिस्थितिमा भएको हो । एक किसिमको भन्ने हो ‘कु’ नै भएको हो नि । जनताबाट निर्वाचित सत्ता शक्तिलाई अपदस्त गरी संविधान बाहिरबाट आएका शक्ति राज गरिरहेको छ । बाहिरीकै शक्तिकै आडमा चुनाव भएको थियो । शक्तिको केन्द्रको निगरानी र नियन्त्रणमा चुनावमा भयो । त्यसमा नेपालका सुरक्षा निकायको ठुलो भूमिका रह्यो । चुनावपछि जुन परिणाम आयो त्योे अप्रत्याशित थियो, अकल्पनीय थियो । तथापि जनताको नामबाट आएको हो । त्यसलाई स्वीकार गर्नै पर्यो । ........ विगतका आन्दोलनको सबभन्दा ठुलो उपलब्धि संघीयता र त्यसपछिको समावेशिता हो । तर वर्तमान सरकारले गरेका विभिन्न नियुक्ति हेर्नुस् कुनै पनि समावेशी छैन । मधेसी, दलित, आदिवासी जनजातिहरूको त नामोनिसाना छैन । अर्थात मुलुक फेरि एउटै जाति, एउटै भाषा, एउटै संस्कृति, एउटै भेषको आधिपत्य र प्रभुत्वमा फर्किन थालेको छ । यसले समावेशिता, संघीयता, गणतन्त्रलाई समाप्त पार्ने हो कि आशंका उत्पन्न भएको छ । ............ यतिबेला राजनीतिक दलहरू आत्मसमीक्षामा लागेका छन् । दलहरूका आफ्ना पनि कमीकमजोरी थिए यो दिन आउन । अर्को कुरा, चुनावबाट आएकाहरूको काम पनि हेरौँ भने प्रतीक्षामा पनि दलहरू देखिन्छन् । योभन्दा पनि खराब दिन आउने हो कि भन्ने दलहरूको अर्को चिन्ता पनि छ । यत्रो संघर्ष गरेर ल्याएको लोकतन्त्र पनि नरहने हो कि भन्ने चिन्तमा नेताहरू छन् । ............... शिक्षा र स्वास्थ्य निःशुल्क दिने भनी आएको सरकारले उल्टै स्वास्थ्य र शिक्षा कर थपेको छ । ........... अहिलेकै सरकारको बेलामा बीवाईडीमा गडबड भयो । त्यसबारे सरकारले छानबिन गर्न पनि उचित ठानेन । मन्त्री तथा सांसदहरूको अकुत सम्मत्ति देखिएको छ । त्यो कहाँबाट कसरी आयो । त्यो पनि छानबिनमा जाँदैन । यस्ता धेरै कुरा छन्, जसलाई वर्तमान सरकारले ढाकाछोप गरिरहेको छ । ............. पूर्वसांसद, मन्त्री तथा उच्च तहका व्यक्तिको सम्पत्ति छानबिन गर्ने तर अहिलेको सांसद र मन्त्रीको नगर्ने यो भनेको ढाकाछोप नै हो नि, होइन ? त्यसैले सुशासन सबैका लागि हुनुपर्छ । ............. जनताले सधैँ सही निर्णय गर्छ भन्ने हुँदैन । मास (जनता) लाई धेरै तरिकाले प्रभावित पारेर निर्णय आफ्नो पक्षमा पार्न सकिन्छ । मासलाई सबभन्दा बढी प्रभाव पार्ने अहिले मोबाइलले हो । मोबाइल अल्गोरिदम, डिजिटल मिडियाले मान्छेलाई दिमाग भुटेको छ । त्यसको प्रभावमा परेर गरेको निर्णय कस्तो हुन्छ ? फेरि जनता बसेर निर्णय गर्या पनि हुँदैन । .............. सिंहदरबार कसले जलायो ? जलाउने बेला को का थिए त्यहाँ ? अदृश्य शक्ति त ठुलै छ । टीओबी लेखेको देख्नुभएको होइन ? टीओबी भनेको के हो ? तिब्बतियन ओरिजिनल ब्लड । अनि त्यो नेपाली हो त ? बाहिरकै भयो नि । ती मात्रै छन् कि त्यसको पछाडि अरू पनि थिए, त्यो बुझ्नुपर्ने कुरा हो । त्यो देखिने त्यस्तो थियो भने नदेखिने कस्तो होला अनुमान गर्नुस् त । अनि त्यो चलखेल नै हो नि होइन । त्यो चलखेल कन्टिन्यु छ । अहिले झन् सशख्त भएर आएको छ । ............. पुराना दलले देश त जोगाएर ल्याएको हो नि । सिंहदरबार त जोगाएकै थियो । सर्वोच्च त जोगाएकै थियो । नागरिकको सम्पत्ति त जोगाइदिएकै थियो । पुराना दलले त्यसलाई जोगाएको थियो, तर नयाँ बन्नेहरूले त्यसलाई जलायो । .............. ठुला घटना गर्न ठुलै तयारी हुन्छ । र लामो समयदेखि तयारी गर्नुपर्ने हुन्छ । मदन भण्डारीको हत्या राजनीतिक नै हो, एक दिनमा भएको होइन । नारायणहिटीको राजा वीरेन्द्रको वंशनाश भयो, त्यसै भएको होइन, त्यो पनि रहस्यमय छ । र सिंहदरबार जल्ने पनि रहस्यमय छ । मदन भण्डारीको हत्या, वीरेन्द्रको परिवारको वंशनाश भयो । त्यो अचानाक भएको होइन । सिंहदरबार, सर्वोच्च अदालत जले, त्यो अचानक भएको होइन । ............... बहुदलीय व्यवस्थाको ३४ वर्षमा ३० पटक सरकार बन्यो । एक पटक त १० वर्षमा १४ वटा सरकार बने । दलहरूले राजनीतिक स्थिरता दिन नसक्नु दलहरूको ठुलो कमजोरी थियो, त्यसैका फाइदाहरू अरूले उठाए । त्यही भएर भदौ २३ र २४ को आन्दोलन भयो र अहिलेको परिवर्तन भयो । ............... रास्वपाले त प्रदेश खारेजीको प्रस्ताव पछि ल्याएको हो । कांग्रेस कम्युनिस्टले त प्रस्ताव नै नल्याई संघीयतालाई कमजोर बनाएका हुन् । ती दलहरूले कमजोर र अस्पष्ट संघीय प्रणाली संविधानमा लेखे । ............... हामीमाथि गोली वर्षाएर कमजोर खालेको समावेशिता, कमजोर खालको र अस्पष्ट संघीय गणतन्त्र ल्याउने काम भयो । यो काम कांग्रेस, कम्युनिस्टले गरेका हुन् । प्रदेशहरूलाई कमजोर पार्ने काम कांग्रेस, कम्युनिस्टले गरेका हुन् । .............. संविधान घोषणा भइसकेपछि पनि त १० वर्ष कांग्रेस कम्युनिस्टकै सरकार रह्यो । तर संघीयता कार्यान्वयन हुन दिएन, प्रहरी समायोजन हुन दिएन, संघले कानुन पनि बनाएन । त्यसकारणले कांग्रेस, कम्युनिस्ट पनि संघीयता समाप्त गर्न चाहन्छ, रास्वपा पनि संघीयता समाप्त गर्न चाहन्छ । ............... शासक वर्ग एउटै हुन् । कांग्रेस, कम्युनिस्ट, रास्वपा नाम मात्रै फरक हो । चरित्र एउटै हो । त्यसको अनुहार सम्झिनुस् त, वर्ग सम्झिनुस् त, विचार सम्झिनुस् त एउटै हो । रास्वपाले आज प्रदेश सभा खारेज गर्ने घोषणा गर्यो, कांग्रेस, कम्युनिस्टले त सुरुदेखि नै प्रदेश सभालाई कमजोर बनाउने काम गरे । संघीयता बालियो बनाउनुपर्छ भनी कांग्रेस र कम्युनिस्टहरूले बोलिराख्या छैनन् । .................... प्रदेश सभा बिनाको संघीय प्रणाली नै हुँदैन । संघीय प्रणालीमा प्रदेश सभा बलियो र प्रदेश सरकार बलियो भएको चाहिन्छ । .............. जनतालाई सोसल मिडियाबाट अल्गोरिदमको नशा लगाएको छ । त्यसलाई कन्ट्रोल अफ माइन्ड भन्छ, त्यो अन्तर्राष्ट्रिय साम्राज्यवादहरूको एउटा ठुलो ताकत हो अल्गोरिदम । त्यसको प्रयोगबाट यहाँ जनता यहाँका बौद्धिक वर्ग र नेताहरूलाई कन्ट्रोल गर्या हुन्छ । त्यसको प्रभाव केही समय रहन्छ । जोजो त्यसको प्रभाव कम हुँदै जान्छ, जनता फर्किँदै जान्छ । जनता भनेको ‘जिन्दा कौम’ हो । उसमा धैर्यता लामो हुँदैन । जनता विस्तारै जाग्दैछन् । त्यसका लागि हामीले काम गरिरहेका छौं । ............ कांग्रेस, एमाले, माओवादीहरू अहिले पनि सुध्रिएको छैन । उहाँहरू अझै भ्रममा हुनुहुन्छ । अहिलेको सरकार जाला, अनि फेरि पालो हाम्रै आउँछ त्यो भ्रममा उहाँहरू बस्नुभएको छ । विगतमा भएका कमीकमजोरीबाट सिक्ने र गल्तीलाई सुधार गर्ने चेष्टा गरेको मैले देखेको छैन । अब जनताले कांग्रेस कम्युनिस्टबाट आशा गर्न पनि छोडिसके । ..... हामी अहिल्यै यो सत्ता पल्टाइहाल्नुपर्छ भन्ने पक्षमा छैनौँ । सरकारले राम्रो काम गरोस्, गर्ने अवसर दिनुपर्छ भन्ने पक्षमा छौँ । सरकारलाई अझै पनि काम गर्ने वातावरण, काम गर्ने अवसर र हुने सहयोग साथ दिनुपर्छ, ताकि सरकारले राम्रो काम गरोस् । तर सरकारले त्यसो भनिरहँदाखेरि जनता उत्पीडित भइराख्ने र जनताका समस्याहरूको सुनुवाइ भएन भने हामी जनताका साथमा उभिनुपर्छ ।
the hardest part of fundraising isn't hearing no.
it’s figuring out whether the no means:
wrong investor, wrong timing, or something genuinely broken in the business.
39 days. 104 matches. 6.8 million spectators. One mission: keep the American people safe.
The FBI worked around the clock with federal, state, local and international partners to secure the largest sporting event in history. Together, law enforcement shared intelligence,… pic.twitter.com/IJZ9Ea55tG
— FBI Director Kash Patel (@FBIDirectorKash) July 20, 2026
East and West - The Normal Here in Kathmandu it’s the details of Life that interest me most. How do people Live? What are the daily rhythms, and how does the architecture play a role in it all? It’s the normal everyday details that give me insights into the past and present.… pic.twitter.com/3xlQNYycKF
I'm convinced that real success is often quiet. It's spending less than you make. Driving the simple car. Wearing what you like. Loving the same person forever. Showing up for friends. Avoiding drama. Doing hard things. Real success doesn't shout. Quiet is seriously underrated.
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ? चीनका स्वचालित ड्राइभिङ कम्पनीहरूसँग एउटा ठुलो प्रतिस्पर्धात्मक फाइदा छ । यो भनेको त्यहाँको औद्योगिक संरचना हो, जसले चीनलाई विश्वकै सबैभन्दा ठुलो विद्युतीय सवारीसाधनको बजार बनाएको थियो । ........ टेस्लाले आफ्ना अधिकांश प्रविधि आफैँ विकास गर्छ भने चीनको स्वचालित सवारी उद्योग विभिन्न कम्पनीको सहकार्यमा आधारित छ । बीवाईडी, चेरी, जिली र एसएआईसी जस्ता कम्पनीले गाडी निर्माण गर्छन् भने अन्य विशेषज्ञ कम्पनीहरूले आवश्यक सफ्टवेयर विकास गर्छन् । ......... ब्रुकिङ्स इन्स्टिच्युटका विदेश नीति अनुसन्धानकर्ता काइल च्यान भन्छन्, ‘चीनको ईभी उद्योगमा देखिएको नवप्रवर्तन र अनुकूलनको गति अहिले विश्वका अन्य कुनै देशमा देखिँदैन ।’ .......... उनका अनुसार चीनको ईभी क्षमता त्यतिमै सीमित छैन । यसले ब्याट्री, मोटर, एआई र अन्य सम्बन्धित प्रविधिसँग जोडिएका उद्योगहरूलाई पनि एकअर्कासँग जोडेर सबल बनाइरहेको छ । .......... वी–राइडकी प्रमुख मार्केटिङ अधिकृत मेभ झाङ भन्छिन्, ‘चीनको ट्राफिक वातावरण निकै जटिल छ ।’ ........ उनका अनुसार यस्ता विविध सडक अवस्थाले अत्यधिक मात्रामा डेटा उत्पादन गर्छ, जसले सफ्टवेयरलाई अझ बुद्धिमान बनाउन मद्दत पुर्याउँछ । ........ टुले भने, ‘यदि रोबोट्याक्सीको भाडा सामान्य उबरभन्दा बराबर वा अझ सस्तो बनाउन सकियो भने यसले धेरै मानिसलाई सहज आवागमनको अवसर दिनेछ । विशेष गरी वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरूका लागि यो निकै उपयोगी हुनेछ ।’ ............ तर सुरक्षा अझै सबैभन्दा ठुलो चिन्ताको विषय बनेको छ । यसै वर्ष बाइडुको अपोलो गो सेवामा सफ्टवेयर समस्या आएपछि वुहानमा करिब १०० वटा रोबोट्याक्सी बिचबाटोमै रोकिएका थिए । ........... केही यात्रुले ढोका स्वचालित रूपमा लक भएकाले गाडीबाट बाहिर निस्कन नसकेको बताएका थिए । यो घटनापछि केही सातासम्म सेवा स्थगित गरिएको थियो । यद्यपि बाइडुले यस वर्षको अन्त्यसम्म बेलायतमा सेवा सुरु गर्ने योजना यथावत् रहेको जनाएको छ । .............. यी सबै चुनौतीका बाबजुद वीराइडकी मेभ झाङ नियामक निकायहरू क्रमशः स्वचालित सवारीप्रति सकारात्मक हुँदै गएको बताउँछिन् । ‘हामी चीनमात्रै होइन, अन्य अन्तर्राष्ट्रिय बजारका सरकारहरूबाट पनि निकै सकारात्मक नीति र नियमहरू आउँदै गरेको देखिरहेका छौँ ।’ ........ ब्रुकिङ्सका काइल च्यानका अनुसार रोबोट्याक्सी केवल नयाँ यातायात सेवामात्र होइन । उनका शब्दमा, ‘चीन एआईद्वारा सञ्चालित, डिजिटल रूपमा आपसमा जोडिएको उच्च प्रविधियुक्त अर्थतन्त्र निर्माण गर्न चाहन्छ । यसको आधार भनेको अहिलेको ब्याट्री, विद्युतीय सवारी, मोटर तथा सम्बन्धित प्रविधिमा रहेको उसको बलियो पकड हो ।’