Showing posts with label ethnic prejudice. Show all posts
Showing posts with label ethnic prejudice. Show all posts

Tuesday, July 27, 2021

सर। तपाईं द्रोणाचार्य को बाटो हिड्नु भो।

सर। तपाईं द्रोणाचार्य को बाटो हिड्नु भो। गुरु त गुरु तर अन्याय को पक्ष मा उभिन पुगेको गुरु। 

मेरो बुढानीलकण्ठ स्कुल को ग्राफ छ, चार क्लास देखि १० क्लास को तीन चौथाई सम्म एक किसिम को, त्यस पछि तेरह क्लास  सम्म को अर्को। एक जना अत्यंत सफल विद्यार्थी (लेखपढ मा प्रत्येक वर्ष प्रथम, नेतृत्व, एक्टिंग मा बेस्ट एक्टर पाएको (तपाईं ले निर्देशन गरेको नाटक मा), मिडल स्कुल मा स्कुल को मेन्टल अरिथमेटिक चैम्पियन) लाई ethnic prejudice र racism का सर्प ले डंसदा त्यो कहाँ बाट कहाँ पुग्छ त्यो अंतिम तीन वर्ष को ग्राफ हो। र त्यो ग्राफ नै मेरो कर्म थियो। ती दुई ग्राफ। मेरो कुनै रिस पटक्कै छैन। तर ती दुई ग्राफ त उर्जा हुन। त्यो कहानी एउटा पॉवरपॉइंट प्रेजेंटेशन जस्तो हो। त्यसको डेढ़ दशक पछि मधेस विस्फोट भएको। लगत्तै म न्यु यॉर्क शहर भरि को बराक ओबामा को प्रथम वालंटियर बनेको। ५०० वर्ष को विश्व इतिहास मा कोशे ढुङ्गा, एउटा कालो मानिस व्हाइट हॉउस पुग्यो। 

विषय मिलेन ह रे! एक चोटि मलाई सोध्न सक्नु हुन्थ्यो। 

१० क्लास को दशैं विदा मा घर जाँदा बस पार्क मा कंचनजंगा का केही लाई लखेट्ने, एउटा लाई कान समातेर उठ बस गर्न लगायो। त्यस्तो प्रत्येक घटना घट्दा तुरुन्त स्कुल आउट गर्ने चलन थियो। उल्टो भयो। भुइँमा झर्नु पर्ने स्याउ आकाश तिर हानियो। लखेटिएको केटा ससपेंड भयो उल्टो। कान समातेर उठ बस गर्न लगाएको केटा ले आफ्नो मानसिक संतुलन गुमायो। कर्तुत गर्ने हरु लाई केही भएन। 

मलाई हॉउसमास्टर ले एकला एक्लै भने स्कुल बाट निकाल्ने निर्णय गरे, कुरा त्यहाँ बाट शुरू गरे, अन्त्यमा घटाएर हाउस कप्तान बाट ससपेंड मात्र गर्ने निर्णय गरे। मेरो कसुर के थियो आज सम्म कसैले भन्ने जमर्को गरेको छैन। कमिटी का शत प्रतिशत ले नै स्कुल आउट को निर्णय सोचेको भन्ने चाहिं भनियो। किन? त्यस वर्ष एक जना अंग्रेज शिक्षक ले लेखेको, मैले  पनि बोरडिंग हाउस मा morale यति उच्च देखेको छैन जति तिम्रो नेतृत्वको कंचनजंगा मा छ। त्यस हाउस कैप्टेन लाई सर्वसम्मत निर्णय बाट ससपेंड गर्ने त सबका सब भए। आखिर किन? 

यहाँ केही नगर, स्कुल बाहिर जे गरे पनि हुन्छ भनेर उक्साउने नीलगिरी का हॉउसमास्टर, त्यो जागीर खोसिनुपर्ने व्यवहार थिएन? 

एसएलसी मा त तीन वर्ष कान्छो मधुसुदन सारदा, प्रत्येक वर्ष आफ्नो क्लास को टॉप, उसको पनि लास्ट नेम मिलेन, नाम आएन। १०% जनसंख्या ले ९०% कर्मचारी खाएको यसै यसै कारन ले होला। 

त्यो एउटा एपिसोड भयो। 

दोस्रो एपिसोड स्कुल कैप्टेन पद बारे। मलाई ऑफर गरियो। मैले अत्यंत उत्साह देखायें। आठ जना प्रीफेक्ट ले त पुग्दैन मलाई १२ जना चाहिन्छ भनें। काम धेरै छ। समिति का सबै शिक्षक ले हुन्छ भन्छन भने मलाई आपत्ति हुने छैन भने हेडमास्टर ले। मैले एक एक जना लाई भेटें। सबैले हुन्छ भने। झ्वाट्ट मेरो नाम काटियो। आजसम्म प्रचार गरिन्छ उसले त इच्छा नै गरेन। भएको उल्टो। मलाई ऑफर पनि गरिएको, मैले अत्यंत इच्छा पनि गरेको।  

तेस्रो एपिसोड, क्लास मा टॉप SAT स्कोर मेरो आएको एक हप्ता अगाडि मैले शैक्षिक कारण ले फेरि स्कुल आउट गर्ने हल्ला चलाए। निर्णय नै गरिसकेका। सुटुक्क फिर्ता लिए। 

चौथो एपिसोड। मेरो बैच का ले पम्फलेटिंग गरेछन। गरेको भोलिपल्ट मलाई बल्ल थाहा भो। अर्थात मेरो कुनै सहभागिता थिएन। पम्फलेट मा स्कुल का कर्ताधर्ता सबैको खिल्ली उड़ाइएको रहेछ। 

पाँचौं। ए लेवल मा स्कुल को फाइनल एग्जाम का आधारमा फोरकास्ट ग्रेड दिने चलन थियो। मेरो थियो BCC, र देखिन्थ्यो अन्त्यमा अधिकांश को त्यो बढेर एक कदम माथि पुग्थ्यो। अर्थात ABB को अपेक्षा। अप्लाई गर्दा त्यों फोरकास्ट ग्रेड को आधारमा नै हो। बोर्ड को परीक्षा शुरू हुने दिन बिहान ब्रेकफास्ट अगाडि हॉउसमास्टर वाइल्ड यति चर्को स्वरमा चिच्यायो एक तल्ला माथि सुतिरहेको रविन कोइराला जाग्यो। त्यो वाइल्ड ले नेपाल नछोड़े सम्म म अमेरिका आउन सकेको होइन। फोरकास्ट ग्रेड सबै को एक कदम माथि लगियो, मेरो बाहेक। केही महिना पछि बंगलादेश बाट रोबर्ट श्रबशल नेपाल आए र ठमेल एक ठाउँ म र वाइल्ड लाई भेटे। शायद हल्ला फैलियो वाइल्ड ले परमेन्द्र लाई गारहो पारेको छ। त्यस ब्रेकफास्ट मीटिंग मा वाइल्ड ले श्रबशल लाई भने, "Don't you miss it when we used to rule over India!" मेरा ए लेवल मा EEE आउनु मा त्यो चिच्याउनु को ठुलो रोल छ। १० क्लास मा स्कुल आउट गर्न बाट रोक्ने मान्छे त्यही वाइल्ड फेरि। 

छैठौं। १३ क्लास सकिएको साल धमाधम मेरा सहपाठी हरु इंग्लैंड अमेरिका लागे। मैले रिजेक्शन चिठी हरु मात्र पाएँ। तर त्यो एक वर्ष लगाएर नेपालको राजनीति बारे एउटा किताब लेखें। वाइल्ड  टाइपराइटर मा टाइप गरें। अर्को वर्ष शिकागो विश्वविद्यालय ले एक्सेप्ट गर्यो। अर्थशास्त्र को टॉप डिपार्टमेंट मानिन्छ त्यो। मैले पढ्ने इच्छा गरेको विषय। बुढानीलकण्ठ का पाँच जान लाई एक्सेप्ट गर्यो। गएको भए ओबामा सँग डेढ़ दशक अगाडि नै भेट हुने! 300B का तीन जना, 200B बाट म र रविन कोइराला। तर छात्रवृति भने दुई मात्र। रविन मेडिसिन पढ़न इंडिया गयो। शिकागो को इच्छा नै गरेन। मानव भट्टराई ले पनि आखिर इंडिया गएर मेडिसिन नै पढयो। तर त्योभन्दा अगाडि शिकागो गएर एउटा छात्रवृति खेर फाल्यो। मेरो पोलटा मा आउने छात्रवृति। 

वाइल्ड ले नेपाल छोड्दा होटल मा बाई बाई भन्न पुगेको थिएँ। 

तपाईं को प्रोजेक्ट म बिना पनि सफल हुन्छ। म्युजिक वीडियो का लागि चाहिने ५० जना खोज्न तपाईं सक्नुहुन्छ। तर मैले प्रोटेस्ट गर्नै पर्छ। माफ़ गर्नुहोला तर म सहभागी हुन सक्दिन। 



Friday, February 03, 2017

गोरखा समथर बन्यो, अब काठमाण्डु समथर बन्न चाहन्छ

Temporary Protection Status (TPS), Employment Authorization Document (EAD) For The Messiah

भारत सँग मदत माग्नु। हामीलाई को नागरिक को नागरिक छुट्याउन गार्हो भो। Biometric ID लागु गरे समस्या समाधान हुन्थ्यो। भन्दै। अनि थाहा हुन्छ मधेस मा ५० लाख मानिस यस्ता छन जो सँग न भारत न नेपाल को नागरिकता छ। २१ औं शताब्दी मा त्यस लाई मानव अधिकार हनन भनिन्छ। प्रत्येक मनुष्य कुनै न कुनै देशको नागरिक हुनै पर्छ। राजा जनक का संतति विदेशी। दक्षिण भारत को बाहुन ओली नेपाली?

बोर्डर सरेको हो, मधेसी सरेको होइन। मुग़ल का समयमा मधेस १००% भारत को अंग थियो। सम्हाल्न गार्हो भयो भने फिर्ता देउ भारत लाई। बोर्डर वारिपारि बिहेबारी भएको होइन। राम सीता को विवाह जस्तो हुँदै आएको हो।

तीन तीन मधेसी क्रांति को मैंडेट संघीयता। त्यही मैंडेट को अपमान ले त जन्मायो सीके राउत। समानता मा पनि कोम्प्रोमाईज़ गर्छ कसैले? एक व्यक्ति एक मत मा कटौती हुन्छ?

शहीद दिवस मा लहान मा देखियो। मधेसी मोर्चा को क्रेडिबिलिटी त गायब भैसकेछ मधेस मा। त्यो गायब पारेको काठमाण्डु ले। उल्टे चोर कोतवाल को डांटे?

शांतिपुर्वक जुन सुकै किसिमको राजनीतिक विचार राख्न पाइन्छ। तिमी असहमत हो भने आफ्नो असहमति जाहेर गर। तिम्रो पनि वाक स्वतंत्रता छ। सीके राउत को राजनीति अहिंसाको राजनीति हो। त्यहाँ धर पकड़ गर्ने भनेको मानव अधिकार को हनन हो। नेपाल मा छैन मानव अधिकार र लोकतंत्र।

भुकम्प पीड़ित लाई आएको पहिलो किस्ता को ६०० मिलियन डॉलर शत प्रतिशत चोर्ने हरुले चलाइरहेको देश नेपाल। पाप का घड़ा बहुत पहले भर गया। सदा से भरा हुवा है। संक्रमण काल सकेसम्म लम्ब्याउने अनि त्यस्तै चोरी गर्दै बस्ने रणनीति हो। किताब खुला छ। सारा दुनिया ले देखेको कुरा।

ओली भारतीय। प्रचंड भारतीय। देउबा चोखो भारतीय। बिहारी होइन भारतीय त हो त सबै। बढ़ी खरानी धस्ने जोगी हरु।

हिंदु ले ब्रम्ह भन्छ। यहुदी ले Wisdom --- त्यो ब्रम्ह नै भनेको। त्यही ब्रम्ह को पहिलो मानव अवतार येशु। हामीलाई वेद त ब्रम्ह ले दिएको भन्छ तर त्यही येशु लाई नेपाल छिर्न दिएको छैन। नेपाल मा जे छ त्यो बाहुनवाद होइन। शैतानवाद हो। शैतान का पुजारी बाहुन हरु।

Of ten thousand men, perhaps
one man strives for perfection;
of ten thousand who strive, perhaps
one man knows me in truth. (Geeta 7:3)

In the Bhagvad Gita Lord Krishna describes the path of yoga as the most superior path to God, but he says it is a difficult path, and only "one every 100,000,000" will be able to walk that path to its ultimate goal. So what is the way out for the rest?

Even if you were the most evil
of evildoers, Arjuna,
Wisdom is the boat that would carry you
across the sea of all sin. (Geeta 4:36)

Nothing in the world can purify
as powerfully as Wisdom;
practiced in yoga, you will find
this Wisdom within yourself. (Geeta 4:38)

Wisdom in the Old Testament is the same Wisdom in Geeta, is Jesus in the New Testament. Wisdom is none other than Bramha who emerged out of Vishnu's navel, "begotten, not made." Jesus is not the only path to heaven, there were other paths available before Jesus was even born. Elijah went to heaven alive, did he not? But those paths were extremely difficult and narrow. Ends up Jesus was not only prophesied in the Jewish Bible, but also in the Hindu Geeta. Jesus was prophesied in the Hindu Geeta long before he was prophesied in the Jewish Bible. 5,000 years ago on the battlefield of Kurushetra Lord Krishna, the second human incarnation of the Holy Father, prophesied the coming of the Son Of God, the God for the masses, the much wider, more available bridge to heaven. But Jesus himself said, even that bridge is rather narrow. Most people will not make use of it.




Nepal police arrests Madhes activist C K Raut
Raut has been remanded to judicial custody for 10 days and there are indications that the case against him is likely to be pursued more vigorously this time.
A Ph.D Scholar from MIT, he subsequently worked as a scientist at Raytheon BBN Technologies, Massachusetts. Back home six years ago, he plunged into politics, calling himself a leader in the mould of Mahatma Gandhi and Martin Luther King Jr but his books and political literature spit venom on his rivals and what he calls ‘colonisers’ of Madhes. Raut has been remanded to judicial custody for 10 days and there are indications that the case against him is likely to be pursued more vigorously this time.
Top Madhesi activist arrested in Nepal Court extends Raut's custody by 10 more days
CK Raut arrest: Nepal govt closely watching international community response
Nepal’s government is closely observing the international community’s reaction to the arrest of CK Raut, a ‘free Madhesh’ campaigner, on Thursday. The government wants to make it clear to the international community that Raut’s case is not that of ‘free speech’, it’s more of ‘hate speech’, a Cabinet source told Onlinekhabar...... The Cabinet source said the government is worried that the international community might raise Raut’s issue, and give him ‘prisoner of conscience’ status. He is a secessionist, who is abusing his right to free speech, the source said. “We do not want the West or rights NGOs to make it an issue,” the source said. “We are closely observing the international reaction.” In a recent interview with Onlinekhabar, prominent human rights activist Krishna Pahadi had said: Raut is not a prisoner of conscience. He has called ‘mother’ Nepal a ‘prostitute’. This amounts to hate speech.


सीके राउतका समर्थकहरुद्वारा मधेशभरि प्रदर्शन (फोटोफिचर)
स्वतन्त्र मधेश आन्दोलनः विराटनगर, लाहान र रौतहटबाट दर्जनौं पक्राउ
जयकृष्ण गोइतले भने, ‘डा. राउतलाई बिना शर्त रिहा गर’ (विज्ञप्तिसहित)
इतिहासका निर्माता जनता हुन् । यही २०७३ माघ ५ गते सिरहा जिल्लको लहानमा उमडेको स्वतन्त्रता पक्षधर जनसागरबाट आतंकित नेपाली शासकले आज २०७३ माघ २० गते दिउँसो २.५०मा जनकपुरधाम स्थित आफ्ने निवासबाट ग्रीलढोकाको ताल्चा फुटाएर डा. सी.के.(चन्द्र कान्त) राउतलाई कथित राज्य विप्लव मुद्दाको बहानमा पक्राउ गरेर मधेशीहरुको मधेशमा नै मानवअधिकार हन्न गरेको छ । नेपालीहरुले भारत–नेपाल ‘शांति एवं मैत्री सन्धि १९५० को धारा– ८ को आधारमा भारत अधीनस्त तिस्टादेखि मेचीसम्म र महाकालीदेखि सतलजसम्मको भूभागहरुसहितको‘वृहत्तर(ग्रेटर) नेपाल’कोे मान्यता राख्दा, आवाज उठाउँदा र संगठित अभियान चलाउँदा नेपालको संविधान र कानून सम्मत हुने र सोही सन्धिको धारा– ८ कै आधारमा मधेशीहरुले नेपाल अधीनस्त मेचीदेखि महाकालीसम्मको तराईको सन्दर्भमा इतिहासले गरेका प्रामाणिक आधारमा मान्यता राख्दा र आवाज उठाउँदा नेपालको संविधान र कानून सम्मत नहुने । भारत–नेपाल ‘शांति एवं मैत्री सन्धि १९५० को धारा– ८ को नेपालमा दोहरो मापदण्ड रहेको छ ।
डा.सीके राउत जनकपुरधामबाट पक्राउ
जनकपुरधामस्थित माछा बजार नजिकै डेरा गरी बसेका डा.राउतलाई प्रहरीले दिउँसो दुई बजेर ५० मिनटमा पक्राउ गरेको हो । डा.राउत बस्ने घरको गेटको ताल्चा फुटाएर प्रहरीले पक्राउ गरेको स्थानीयबासीहरुले हुलाकी न्यूजलाई बताएका छन् । स्थानीय व्यक्तिहरुलाई पक्राउ गरेको फोटो खिच्न पनि प्रहरीले रोक लगाएको छ ।
मधुर युएसएद्वारा डा. राउतको रिहाईको माग
मधेश बिद्रोहको दश वर्ष, के पायौं, के गुमायौं ?
आन्दोलनले आज १० वर्ष पूरा गरेको छ। ..... एकल जातीय पहाडी राष्ट्रवाद र मै खाउँ मै लाउँ भन्ने सत्तासिन पहाडी समूहविरुद्ध वर्षौदेखि गुम्सिएको आक्रोशको विष्फोट भयो र मधेसमा विद्रोहको शुरूवात भयो। ..... नेपाली राज्य सत्ताले थेग्नै नसक्ने विद्रोह थियो त्यो। झण्डै ४८ जना मधेसी युवाले त्यो आन्दोलनमा सहादत प्राप्त गरे। झण्डै दुई महिनासम्म चलेको सो आन्दोलनको भार थेग्न नसकेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकार मधेसी शक्तिसँग ऐतिहासिक २२ बुँदे सम्झौता गर्न बाध्य भयो। २२ बुँदेले खासगरी मधेस स्वायत्त प्रदेश, संघीयता, समावेशी समानुपातिक राज्य प्रणाली, समानुपातिक निर्वाचन प्रणाली, मधेसी युवाको सेनामा प्रवेश र बहुभाषिक राज्य प्रणाली हुने सुनिश्चितता प्रदान गर्‍यो। ....... यसपश्चात् शुरू भयो मधेसी दललाई फोड्ने, बद्नाम गर्ने र संविधान सभा–१ लाई जसरी पनि सफल हुन नदिने षड्यन्त्र। यो षड्यन्त्रमा मुलधारका राजनीतिक शक्तिको आडमा देशी विदेशी शक्ति पनि प्रयोग भए। अन्तत: पहिलो संबिधानसभाले संविधान लेख्न सकेन। मुलुक दोस्रो संबिधान सभामा गयो। ...... संविधान सभा–२ को निर्वाचन प्रतिगमनको सुरूवात थियो। यो जालमा फसे मधेसवादी दलहरू। सरकारमा जान देखाएको टुटफुट, सत्ताको लालच आदि कारणले गर्दा संविधानसभा दोस्रो निर्वाचनमा नराम्री पराजय भोगे। त्यसपश्चात् सबै प्रगतिशील एजेण्डाहरु उल्टाउने खेलको सुरूवात भयो। संविधानसभा–१ मा सहमति भइसकेका विषयहरू उल्टाइयो। समानुपातिक समावेशी अन्तरिम संविधानले दिइसकेको अधिकार खोसियो। पाँच जिल्ला मात्र विवादित भएको ठाउँमा जबरजस्ती नवलपरासीदेखि बर्दियासम्मको भागलाई लगेर माथि गाँसियो। प्रदेशका अधिकारहरु कटौती गरेर स्थानीय र संघमा लगियो, बहुभाषिक नीतिलाई अल्मल्याइयो र खसआर्यलाई संवैधानिक समुदायको दर्जासहित विभेदकारी संविधान बनाइयो। मधेसी दलहरू आफ्नै कम्जोरीले चुनाव हारे, तर मारमा मधेसी जनता परे, उनीहरुको हक अधिकार कटौती गरिएको संविधान जारी भयो। ....... सम्पूर्ण विधि विधान र प्रक्रिया छलेर एउटा सिंगो समुदायलाई संविधान निर्माणभन्दा बाहिर राखेर संविधान जारी गरियो। मधेस एक वर्षसम्म आन्दोलित भयो। ........ सदरमुकाममा गरिएका आन्दोलनमा आन्दोलनकारीलाई छाति र टाउको ताकी ताकी गोलि हानियो, र झण्डै चार दर्जनको हत्या भयो। ...... नेपाली राज्यप्रति ‘सेन्स अफ एलिनेशन’ बढेर गएको छ। दुर्भाग्यबस, काठमाडौंले फेरि पनि मधेस बुझ्न ढिलो गरिरहेको छ। खासगरी नेकपा एमालेको पहाडी जनमत एकतृत गर्ने महेन्द्रीय राष्ट्रवादको नाराले अन्ततः मधेसलाई यस्तो कर्नरमा पुर्याउँदैछ जहाँबाट मधेसलाई फर्किन गाह्रो हुन्छ । ....... दश वर्षपश्चात् मधेसको राजनीति फेरि सन् २००७ को पूर्वको अवस्थामा आएर उभिएको छ। त्यस्तो ठाँउमा आएर उभिएको छ, जहाँ अधिकांश मधेसी युवा जमातले अहिलेको नेपाली राज्य संरचनाबाट हामीले केही पाउन सक्दैनौं भने निष्कर्शमा पुग्न थालेका छन्। समाजिक सञ्जालमा गरिएका टिप्पणीमा सिके राउतकै लाइन ठीक छ भन्ने मधेसी युवा जमातको संख्या दिनानुदिन बढ्दै गइरहेको छ। ..... भीम रावल प्रवृति देखेर म डराउँछु। उनी गृहमन्त्री रहेको बेला मधेसमा धेरै युवाहरु प्रहरीसँगको दोहोरो भीडन्तमा मारिएका थिए र ठूलो संख्यामा युवाहरुले हातहतियार खरखजाना मुद्दा खेपेका थिए। अहिले मधेसीहरुले देश टुक्र्याउन थाले, पटनामा बैठक गरे जस्ता भ्रमहरु फैलाएर उनी मधेसीलाई होच्याउने काम गर्दैछन्, आफूलाई मात्र नेपाली राष्ट्रियताको एकल ठेकेदार भएको देखाउन खोज्दैछन्। ....... पहिला न्याय नपाए गोर्खा जानु भन्थे अहिले अन्याय र दण्डहीनता हेर्न नेपाल जानु भन्नुपर्ने भएको छ। अव दमन गर्ने वा सुरक्षाकर्मी परिचालन गरेर मधेशका राजनीतिक मागलाई दमन गर्ने प्रयास पनि गर्नुभयो भने त्यसवाट आउने परिणाम थेग्नै नसक्ने हुन सक्छ। ....... अल्झाउने, बल्झाउने र फकाउने जुनसुकै अस्त्र प्रयोग गरेर मधेसीदललाई त आफ्नो रणनीतिमा सहमत गराउन सकिएला, तर मधेशी जनतालाई अब झुक्याउन सकिन्न। मधेसी जनताको चेतनाको स्तर यतिमाथि उठेको छ उनीहरुलाई झुठा सहमति, आश्वासन र आयोगको ललीपपले झन् चिढायाउने छ। ....... नेपाली कांग्रेसले २००४ को संविधानमा संशोधन मात्र खोजेको भए राणाविरुद्धको प्रजातान्त्रिक आन्दोलन हुने थिएन। कांग्रेस र कम्युनिष्टले पंचायती संविधानमा संशोधन खोजेको भए वहुदलीय व्यवस्था आउने थिएन। माओवादीले २०४७ सालको संविधानमा संशोधन खोजेको भए, त्यसमा सुधार आउथ्यो होला, तर संवैधानिक राजतन्त्र कायम रहन्थ्यो। संघीय लोकतान्त्रिक गणतन्त्र आउँदैनथ्यो होला। ...... तपाईहरुले संशोधनलाई इन्कार गरिरहनुभयो भने, एक दिन मधेसले पनि भन्नेछ, हामीलाई पनि संशोधन चाहिन्न, यो संविधान नै चाहिन्न। त्यसपछि के हुन्छ? त्यसपछि आउने असन्तुष्टिको ज्वारभाटाले संविधान मात्र होइन धेरै कुरा फेर्छ। संशोधन अस्वीकार गरेर एमालेले खोजेको त्यही हो ?


Monday, July 13, 2015

मधेस अलग देश र राजेन्द्र महतो को काठमाण्डु को घर



मधेस अलग देश घोषणा गर्नु पर्यो भने राजेंद्र महतो ले द्वैध नागरिकता पाउने हो। मधेस देश को नागरिकता त तिनले पाउने नै भए, त्यो नागरिकता लिएको ले अरु कुनै देशको नागरिकता त्याग्नु पर्ने कुनै जरुरत हुने छैन। भने पछि मधेस अलग देश र राजेंद्र महतो को काठमाण्डु को घर (जहाँ म पुगेको छु, चिया खाएको छु) बीच कुनै किसिमको द्वन्द छैन।

बरु पण्डित को काठमाण्डु मा घर छैन भने पण्डितजी एकलो एमाले नेता होला काठमाण्डु मा घर नभएको।

रह्यो नाकाबन्दी को कुरा ---- मधेस अलग देश घोषणा गर्ने स्थिति आए मा दुई देश बीच राजदुत आदान प्रदान को प्रक्रिया शुरू नभए सम्म उत्तर को प्रत्येक  नाका बन्द रहन्छ।  त्यो नाकाबंदी हो? हो भने हो।  

‘काठमाडौंलाई नाकाबन्दी गर्छु’ भन्ने नेतालाई मन्त्री पण्डितको कडा जवाफ
सर्लाहीमा कार्यकर्ताको भेटघाट कार्यक्रममा मन्त्री पण्डितले भन्नुभयो, “तराईका धर्तीपूत्र भन्नेहरुले काठमाडौँमा अकूत सम्पत्ति थुपारेका छन्, उनीहरुले गर्ने नाकाबन्दीबाट आफैँ पहिला धरापमा पर्नेछन् ।” अर्काको दानापानी खाएर अर्काको भाषा बोल्नेहरुले नेपालको कहिल्यै हित नसोचेको उल्लेख गर्दै मन्त्री पण्डितले अर्काको बलमा नाकाबन्दीको धाक देखाउनेहरु संविधान निर्माणपछि स्वतः समाप्त भएर जाने दाबी गर्नुभयो ।

Sunday, June 28, 2015

अमरेश को चेतावनी

नेपाली काँग्रेस र मधेसी समुदाय
नेपाली काँग्रेसका नेता एवं सविधानसभा सदस्य डा.अमरेशकुमार सिहले नामाङ्कन र सिमाङ्कन विनाको सविधान जारी भयो आफूले काठमाडौसँग सम्बन्ध तोड्ने बताएका छन् । मस्यौदा समितिको कार्यदलले बनाएको प्रतिवेदन पढेपछि यस्तो धारणा आएको हो । हिजो साँझ अवेर टेकुमा आयोजित एक कार्यक्रम उपस्थित मधेशी दलका नेता, बुद्धिजिवि समक्ष बोल्दै उनले मस्यौदा समितिको कार्यदलले तयार पारेको मस्यौदा पढ्दा मधेशीले नयाँ सविधानबाट कुनै अधिकार नपाउने प्रष्ट भएको कुरा राखेका थिए । उनले नामाङ्कन र सिमाङ्कन विनाको सविधान जारी भयो भने सविधानसभा भवनमै लाइटर निकालेर सविधानमा आगो लगाई दिने र काठमाडौ छाड्ने चेतावनी दिएका थिए । त्यो बेलासम्म काठमाडौमा पाइला टेक्दिन जुनबेलासम्म सविधानमा मधेशीको अधिकार सुनिश्चित हुँदैन, नेता सिहले भने, सविधानमा यस्तो खेल भइरहेको छ त्यसको बारेमा म बाहेक अरु कसैले बोलिरहेका छैन । इभेन मधेशवादी दलका नेताहरुको पनि कुरा प्रष्ट रुपमा आएको छैन । मधेशको अधिकारको बारेमा मधेशवादी दलले मात्र बोलेर हुँदैन । काँग्रे्स, एमाले, माओवादीभित्रका मधेशी, आदिवासी जनजातिले पनि बोल्नुपर्छ ।’ असार १० गते जागृत नेपाल र मधेशी सभासद् क्लवले गरेको कार्यक्रममा पनि नेता सिहले यो सविधानमा मधेशीको अधिकार हुँदैन त्यसका लागि आन्दोलनको तयारी गर्नुपर्ने धारणा राखेका थिए ।
अमरेश को चेतावनी
Amresh Singh: Note Of Dissent
Spectacular Move, Amresh Singh
Phone Marathon: Called Up Delhi


Tuesday, June 16, 2015

नेपालको सबै भन्दा रेसिस्ट नेता माधव नेपाल

माधव ले मैथिलि हिंदी बोल्न भ्याएको हुन्छ, गम्छा ओढ़न भ्याएको हुन्छ। मुसुक्क हाँस्न भ्याएको हुन्छ। केपी ओली ले जस्तो मधेसी लाई गाली गलौज गर्दैन। बामे ले जस्तो सीके समातदैन। प्रचण्ड ले जस्तो मधेसी राष्ट्रपति को अपमान गर्दैन। तर अहिले नेपाल मा सक्रिय पहरिया नेता हरु मध्ये नंबर एक रेसिस्ट माधव नै हो। ४३ लाख मधेसी लाई मतदाता नामावली बाट फाल्न भ्याएको उसले प्रधान मंत्री हुँदा, अझ मधेसी पार्टी हरु सत्तामा हुँदा। यो मीठो बोल्ने, कलात्मक रेसिस्ट हो। मुख मा राम राम बगलीमा छुरा। अझ चुनाव जित्नुपर्ने उसलाई तराई बाट नै।

२००६ अप्रिल क्रांति पछि मधेसी विरुद्ध को सबै भन्दा घातक कदम त्यो।




नेपालको सबै भन्दा रेसिस्ट नेता माधव नेपाल हो।

भूमिहीन मधेसी लाई नागरिकता विहीन बनाउने, voting rights विहीन बनाउने हरु मार्क्सवादी होइन रेसिस्ट हुन। कुनै पनि १० बीघा वाला मधेसी ले यसरी ४३ लाख मधेसी लाई फालन सक्दैन। महासामन्त, सुपर डुपर डॉन माधव। श्री ३।

लेनिनले भन्छ नि खसिको टाउको देखाएर कुकुरको मासु बेचने भनेर। हो यिनी हरुको खसिको टाउको मार्क्सवाद तर कुकुरको मासु चाहिं Anti-Madhesi Racism.

Sunday, June 14, 2015

प्रचण्डं को कटुवाल प्रकरण भाग दुई

यो १६ बुँदे भनेको प्रचण्डं को कटुवाल प्रकरण भाग दुई हो, अरु केही होइन। यो एउटा मधेसी राष्ट्रपति लाई मधेसी भएकोले बाईपास गर्ने सिवाय अरु केही पनि होइन। त्यस प्रकरणमा प्रचण्ड ले मधेसी राष्ट्रपति लाई बाईपास गर्न खोज्यो। आफै समय सकिएर रिटायर हुन लागेको मान्छे कटुवाल। कटुवाल फालन खोजेको हुँदै होइन त्यति बेला। मधेसी राष्ट्रपति लाई मधेसी भएकोले राष्ट्रपति मान्दिन भन्न खोजेको। बरु उसले आफ्नो कुर्सी छोड्यो तर आफ्नो anti-मधेसी ethnic prejudice छोड़ेन।

त्यति बेला राष्ट्रपति ले उसको ग्रैंड डिज़ाइन फेल पारदिएको, अहिले उसले भुकम्प गएको निहुमा बदला सधाउन खोजेको त्यसै राष्ट्रपति सँग। किनभने यो १६ बुँदे ले मधेसी राष्ट्रपति फाल्ने बाहेक केही पनि गर्दैन। नामांकन र सीमांकन बिनाको संघीयता बिनाको संविधान त अहिले नै छ, अर्को किन चाहियो? यो संविधान ले सरकार फेर्ने बाटो छेकेको छैन। यो संविधान ले मधेसी राष्ट्रपति फाल्ने बाटो मात्र छेकेको छ।

सीके राउत लाई बामे ले गैर कानूनी र गैर संवैधानिक किसिमले कारवाही गरेको ---- त्यो racist कदम न्यायपालिकाले सच्याउनु पर्यो। भोलि नेपाल एक रहन्छ भने न्यायपालिका लाई धन्यवाद दिने। अहिले ठ्याक्कै त्यही कदम राम वरण का विरुद्ध लिइएको अवस्था छ। सीके राउत राष्ट्रपति होइन, नेता मंत्री सांसद सचिव केही पनि होइन, राम वरण देशको राष्ट्रपति। तर दुबै प्रति प्रचंड र बामे जस्ता racist पहरिया हरुको व्यवहार ठ्याक्कै उस्तै। नेपालमा मधेसी विरुद्ध को racism को जरा बड़ा गहिरो छ। (Rohingya: India's Responsibility)

Luckily for Nepal, the President is going to save the day. यो १६ बुँदे संविधान सँग बाझिएको भन्दै राम वरण ले सही गर्दैन। नामांकन र सीमांकन सहितको संविधान पारित नगरेसम्म यस संविधान सभा को र यस राष्ट्रपति को म्याद सकिँदैन। हामी सभा का ९०% हौं भन्ने चार पार्टी ले नामांकन र सीमांकन पनि दिन सक्नु पर्छ।

लोकतंत्र मा separation of powers चाहिने कारण यही हो ---- प्रचंड र बामे जस्ता मुर्ख मानिस सिस्टम मा आई दिन्छन् अनि तिन बाट देश लाई बचाउनु पर्ने हुन्छ।

प्रचण्डं र बामदेव बीच देखिएको समानता

प्रचण्ड ले सम्झौता --तथाकथित सम्झौता -- पछि का अन्तरवार्ता हरुमा भनेको नंबर एक कुरा --- उ संवैधानिक राष्ट्रपति न बन्ने ह रे! त्यो पनि उसको ethnic prejudice बोलेको। यो जाबो संवैधानिक राष्ट्रपति भनेर राम वरण लाई गिज्याएको।

प्रचण्ड -- चीनको पुच्छर।


Thursday, June 11, 2015

आमा र बाबु बाट आमा वा बाबु सम्म

नागरिकताको सवालमा आमा र बाबु बाट शुरू गर्यो, सबै लाई झस्कायो, अनि आमा वा बाबु सम्म पुग्यो। बाहुनहरु। नागरिकता बारे जुन नया मंचन हुँदैछ त्यो के हो? त्यो पनि बाहुन हरुले ख्याल ख्याल गरेको हो? १६ बुँदे मा छैन यो। यो अर्कै फेरि कुन दस्तावेज हो? १६ बुँदे मा थ्रेसहोल्ड पनि छैन। त्यसमा पनि विवाद छ। त्यसको डिटेल कहाँ छ? मैले देख्या छैन।

मधेस अलग देश मेरो लागि एक मात्र अस्त्र होइन कि nuclear ऑप्शन हो: अंतिम अस्त्र। But it is a very real option. मलाई त्यो मात्र नेपाल स्वीकार्य छ जहाँ मधेसी लाई समानता छ: equality. And that is non negotiable.

हामी मधेसी बाहुन हरुको देशमा बसेका मानिस होइनौं। सार्वभौमसत्ता जनता मा हुने कुरा नबुझ्नेले ट्यूशन पढ्ने गएर।

Amresh Singh: Note Of Dissent
१५ दिन लाठी जुलुस निकालो और अपना देश बनाओ
मधेस अलग देश: अब एक मात्र गोल, एक मात्र लक्ष्य
मधेस अलग देश को समय आएको हो?

र यो नागरिकता को मुद्दामा ख्याल ख्याल हो भने १६ बुँदे पनि ख्याल ख्याल हो? किनभने त्यहाँ परिमार्जन गर्नु पर्ने धेरै छ।


मधेस अलग देश को समय आएको हो?

अब मधेशी द्वारा किसी भारतीय से शादी करने पर उसको नागरिकता के लिए ७ वर्ष निरन्तर नेपाल में बसोबास करना पड़ेगा, और कोई काम पाने के लिए १७ वर्ष इन्तजार करना पडेगा!
This has just come to my attention. के यो सही हो? सही हो भने वार्ताका सबै गुंजायश समाप्त हुन्छन् र मधेश  अलग देश एक मात्र एजेंडा बाँकी रहन्छ।

साँचो हो रै छ।


The time to talk and negotiate is now over. It is time now to start work on creating a new country that the Madhesis can call their own. 

Thursday, May 28, 2015

भौतिक कारवाही को चेतावनी गैर कानुनी काम गरेको प्रमाण हो

कुनै नागरिक अथवा संगठनले कुनै अर्को नागरिक माथि शारीरिक आक्रमण गर्छ भने अथवा गर्छु भन्ने चेतावनी दिन्छ भने लोकतन्त्रमा त्यो गैर कानुनी कदम हो र राज्यले तुरुन्त कारवाही गर्ने कदम चाल्नु पर्छ। अझ लोकतन्त्रमा राजनीतिक नेता को सुरक्षा को लागि, चाहे त्यो नेता सत्तामा होस् या नहोस् -- राज्यले विशेस कदम हरु चालने गर्छ।

ये राजा सिंह कौन?

यो राष्ट्रिय सरोकार मंच नाम को संगठनले बजाप्ते विज्ञप्ति प्रकाशित गरी नेपालको पुलिस प्रशासन लाई आफ्नो गैर कानुनी काम को प्रमाण दिएको छ। गृह मंत्रालय ले कदम चालने हो।

Physical threats are illegal in a democracy.

भौतिक कारवाही को चेतावनी गैर कानुनी काम गरेको प्रमाण हो।

राजनीतिक कुरा गर्ने हो भने, नेपालका चेली बेचने गैर कानुनी धन्दामा लागेका माफिया गैंग हरु लाई अहिले प्रधान मंत्री ले नै फिशिंग expedition मा पठाएका समाचार आएका छन। त्यहाँ यस संगठन को ध्यानाकर्षण भए जस्तो लाग्या छैन। यो मंच ले चुइँक्क बोल्या छैन।

राहत को काममा निकम्मापनभ्रष्टाचार को खेती गरेर नेपालका चेली हरु लाई देह व्यापार को नजिक नजिक पुर्याउने सत्तामा रहेका बाहुन हरु प्रति यो मंच को जोश जाँगर कतै देखिएको छैन।

नेपालका चेली बेचने माफिया गैंग हरुसँग प्रत्यक्ष सम्बन्ध राखेर बसेका बामे जस्ता प्रति यस मंचको रीस देखिँदैन कतै। त्यस्ता लाई यो मंच ले राष्ट्रियता ले ओतप्रोत व्यक्ति भन्ने गरेको छ। त्यसको एउटा मात्र कारन छ। बामे मधेसी समुदाय प्रति घृणा गर्ने racist मान्छे हो।

मधेसी समुदाय प्रतिको racist hatred नै तिम्रो राष्ट्रियता को परिभाषा हो भने तिम्रो त्यो राष्ट्र खुम्चिएर चुरे उत्तर समेटिन कति पनि बेर लाग्ने छैन। होस राख हे मधेसका पाहुना हरु।

सीके राउत दक्ष जनशक्ति अंतर्गत पर्दैन?
Don Sushil?
अदालतको महा मानहानी
Hulaki Rajmarga
Media Coverage
खसवादी पार्टी (काँग्रेस/एमाले) ढालने महाभुकम्प?
बाढ़ी, आगलागी, पहिरो, कोशी र महाभुकम्प

यो मंच एमाले को फ्रंट आर्गेनाइजेशन हो भन्ने त्यसै थाहा हुन्छ। बहुदलीय व्यवस्थाका मंडले हरु। राहत को काममा पुर्ण रुपले असफल भएका हरु को यो distraction tactics हो। नेपाली चेली बेचने बामे ले पोसेर राखेका माफिया गैंग हरुले तर नेपाली चेली बेचिएको कुराको जिम्मेवारी लिनुपर्ने सीके राउत ले?




Monday, May 18, 2015

नेपाली काँग्रेस भित्र का मधेसी हरु

मधेसी राष्ट्रपतिले ढाका टोपी लगाउनु परेको छ। नेपाली काँग्रेस भित्र का मधेसी हरु लाई नमजा लाग्नु पर्ने। तर स्पन्दन नै नभए जस्तो। नेपाली काँग्रेस ले महासमिति को निर्णय अनुसार मधेसी जनता सँग एक मधेस तीन प्रदेश भन्दै वोट माग्यो, तर चुनाव पछि झापा, मोरंग, चितवन, कैलाली, कंचनपुर मधेस बाट गायब गरेको नक्शा पेश गर्दैछ। नेपाली काँग्रेस भित्र का मधेसी हरु लाई नमजा लाग्नु पर्ने। तर स्पन्दन नै नभए जस्तो। मधेसका जिल्ला का सदरमुकाम हरु सार्ने त्यत्रो षड्यंत्र हुँदैछ। नेपाली काँग्रेस भित्र का मधेसी हरु लाई नमजा लाग्नु पर्ने। तर स्पन्दन नै नभए जस्तो।

म भारतीय होइन भने के हो? चाइनीज हो?



नागरिकता र जातीयता अलग अलग कुरा हुन। खस जातीयता हो, राष्ट्रियता होइन। खस जातीयतालाई नै राष्ट्रियता भन्दिने प्रचलन उपनिवेशीता हो। त्यस सोंचको डेट एक्सपायर भैसक्यो। नेपाली भाषा खस हरुको जातीय भाषा हो। दौरा सुरुवाल खस हरुको जातीय पोषाक हो। मैले जिन्दगीमा एक पटक लगाएको छैन। कहिले लगाउँदैन पनि।

सिक्किम, दार्जिलिंग, भुटान, आसाम, बर्मा का खस लाई नेपालको खस ले "नेपाली" भनिराखेको हुन्छ।  त्यो नागरिकता भनेको होइन त। त्यो त जातीयता भनेको हो। नागरिकता र जातीयता फरक फरक कुरा हुन।

फिजी मा छ। नागरिकता फिजी को, जातीयता भारतीय भएका मानिस त्यहाँ आधा जति छन। नेपालका मधेसी भनेका त्यस्तै हुन। मधेस मधेसीको भन्ने प्रमाण रामायण मा छ। त्यो भन्दा पुरानो प्रमाण के चाहियो? नेपालका एक करोड़ मान्छे भारतमा गएर बस्दिने अनि दुई चार लाख बिहार उत्तर प्रदेश का मानिस नेपाल आएर सान्तिनो काम गर्छन भने त्यसका लागि नेपालका मधेसीले क्षमायाचना को mindset नराख्ने हो। बिहार र उत्तर प्रदेश भारतमा गरीब राज्य होलान तर दुबै नेपालभन्दा आर्थिक रुपले धेरै अगाडि छन। तर ओपन बोर्डर को करामत, तैपनि दुई चार लाख मानिस काम खोज्दै आइ पुग्छन्। समस्या के पर्यो?

अमेरिका मा छ। अमेरिका मा जन्मेको हुन्छ, कहिले भारत गएको पनि हुँदैन, आफुलाई भारतीय भनिराखेको हुन्छ। भारतीय नभएको संसारमा कुनै देश नै छैन।

म भारतीय होइन भने के हो? चाइनीज हो?

Sunday, May 17, 2015

Stop Already



Postpone this by a few months. Start this drama again after the monsoon rains are over, maybe. But right now is not the right time.

The UML is a flat out racist organization. Khas supremacist thinking is its only remaining ideology. This is a very calculated move on the part of the Home Minister to polarize the population in the Terai. They obviously want to pit the Parvates in the northern Terai against the Madhesis in the southern Terai.

They keep doing this again and again after all that happened in Gaur. This is diversionary tactics. They have utterly failed at relief and reconstruction, so they need the earthquake victims to look elsewhere. This is beyond cynical.

संघीयता मा नजाने र तराई का जिल्ला सदरमुकाम हरु एक पछि अर्को गर्दै मधेसी बाहुल्य क्षेत्र हरु बाट झिक्दै जाने ----- त्यो नियत होला, हो ---- तर अहिले भुकम्प पीड़ित को राहत उद्धार को काम मा असफल भए पछि जनताको अटेंशन अर्कै तिर तान्न खोजे जस्तो देखियो। बामे र केपी को यो दंगाको राजनीति।

Sunday, March 22, 2015

सीके राउत र नेपालको न्यायपालिका

देशको अंतरिम संविधान मा रहेको वाक स्वतंत्रतास्वायत्त मधेस प्रदेश लाई गृह मंत्री र प्रधान मंत्री ले बारम्बार उल्लंघन गरेको अवस्था छ। सीके राउत ले अहिले सम्म जे बोलेको छ र जे गरेको छ त्यो अंतरिम संविधान मा रहेको वाक स्वतंत्रता र स्वायत्त मधेस प्रदेश को परिधि भित्र रहेर बोलेको र गरेको छ।

नेपालको न्यायपालिकाले गृह मंत्री र प्रधान मंत्री को नक्कल गरेर देशलाई राज्यविहीनता (statelessness) तर्फ धकेल्ने हो कि सीके राउत लाई अंतरिम संविधानले संरक्षण गर्ने कुरा को आदर गर्ने हो ----- हेर्ने बेला आउन लागेको छ






Wednesday, February 11, 2015

केपी आलु को तालु


प्रधान मन्त्री सुशील कोइराला ले आफ्नो पदको शपथ ग्रहण गर्दा संविधान मान्छु र त्यसको रक्षा गर्छु भनेर भनेको हुनुपर्छ। संबिधानमा भनेको छ त "स्वायत्त मधेस प्रदेश" --- त्यसको विपरीत जाने प्रधान मंत्री ले आफ्नो पद बाट राजीनामा दिने हो।

केपी आलु बाजे सधैं चुनाव हारने मान्छे, अस्ति हारे कि जिते मलाई थाहा भएन। जितेको भए उसले पनि शपथ ग्रहण गरेको हुनुपर्छ। समारोहमा ढिलो पुग्यो होला, त्यो आफ्नो ठाउँमा छ, तर शपथ त खाएको हो। उसले पनि संविधान मानेको छैन। "स्वायत्त मधेस प्रदेश" संविधानमा छ।

संविधान नमान्ने अर्को वामे हो। मानव अधिकार, वाक स्वतंत्रता, आम सभाको स्वतंत्रता --- त्यो सब संविधानमा भएको कुरा।

नेपाली भन्ने शब्द नै जातीय हो। आसाम र बर्मा मा जब कसैले "म नेपाली" भन्छ त्यो जातीय बोली हो। ४०० वर्ष देखि त्रिनिडाड मा बसेको बिहारीले "म बिहारी" भन्छ, त्यो जातीय बोली हो। यहूदी हरुको पनि जात छ। केनेडी हरु आफु आयरिश भन्छन। त्यो जात हो।

नेपालका विभिन्न समुह मध्ये जति सांस्कृतिक धन मैथिलि र नेवारी हरु सँग छ त्यति कसै सँग छैन। त्यो धन लाई केपी आलु ले प्रदुषण मान्छ। दिमागमा कीड़ा परेको मान्छे। चीन ले दलाई लामा जस्तो मान्छे लाई आतंकवादी भने जस्तो।

लेनिनले पनि जातीय कुरा गरेका थिए। वर्गीय शोषण र जातीय शोषण को मेल छ भन्ने निष्कर्ष लेनिनको थियो। मार्क्सवाद र लेनिनवाद का किताब हरु पढेको भए पो यो कुरा केपी र वामे लाई थाहा हुने।

माधव नेपाल ले मतदाता नामावली बाट फालेका ४३ लाख मधेसी सब भूमिहीन हुन। तिनको जातीय शोषक माधव नेपाल। तिनको वर्गीय शोषक माधव नेपाल। केपी आलु भन्दा ठुलो जातीय शोषक नेपालको राजनीति मा आजको मिति मा अर्को छैन।

केपी आलु ले विकासका कुरा गर्न सुहाउँदैन। नेपाल गरीब भएकै एकात्मक व्यवस्थाले हो। यो कुरा केपीले यो जुनी मा बुझ्न सक्ने संभावना छैन। त्यही बिजुली, जागीर, विकास को कुरा गर्न हो संघीयता चाहिएको। मधेस राज्य भएको भए हुलाकी राजमार्ग उहिले बनिसक्ने। थरुहट राज्य भएको भए थारु हरु त्यस्तो गरीब नहुने।

यो कॉमेडियन केपी ---- आफु जस्तै बाहुन हरु लाई एक ठाउँ मा भेला गरेर हँसाई रहेको छ। मनोज गजुरेल ले अरुको नक्कल गर्छ। केपी लाई आफ्नै नक्कल गर्दै फुर्सद छैन।

केपी आलु लाई संघीयता बारे तिम्रो के छ त विचार भनेर सोध्नु भनेको ज्ञानेन्द्र लाई गणतंत्र बारे तिम्रो के छ त विचार भनेर सोध्नु बराबर हो। उसको विचार सोध्नु पर्ने जरुरत नै छैन। संघीयता संविधानमा आइसकेको कुरो, "स्वायत्त मधेस प्रदेश" संविधानमा आइसकेको कुरो।

"मैले मान्दिन" भनेर जब केपी अथवा कंस सिटौला अथवा शेरे ले जब भन्छ, त्यो के भनेको? कस्तो अहंकार! संविधानमा आइसकेको कुरो।


Saturday, January 31, 2015

उपल्लो सदन मधेस उपनिवेशको हतियार नबनोस्

केंद्र सरकारको माथिल्लो सदनको सवालमा सबैभन्दा उपयुक्त हुनेछ कि सम्पुर्ण देशलाई एक निर्वाचन क्षेत्र मनियोस, उपल्लो सदनमा १०० सीट होउन, अनि पुर्ण समानुपातिक निर्वाचन। १% मत ल्याउने पार्टीले १ सीट पायो, २०% मत ल्याउने पार्टीले २० सीट पायो। लिस्ट चुनाव अगाडि बुझाउनु पर्ने र सार्वजनिक पनि गर्नुपर्ने। चुनाव पछि लिस्ट फेरबदल गर्न नपाइने। लिस्ट समावेशी हुनुपर्ने दमजम को मुद्दामा। यस फॉर्मूलाले राष्ट्रिय एकता बलियो पार्छ।

तर काँग्रेस एमालेका टाउके बाहुन को भनाइमा यदि तराईमा एक राज्य र पहाड़मा दुई राज्य हुने हो भने प्रत्येक राज्यले उपल्लो सदनमा ३०-३० सीट पाउने। त्यसो गर्दा तराई माथि पहाड़को उपनिवेश परमानेन्ट हुन्छ।

उपल्लो सदन मधेस उपनिवेशको हतियार नबनोस्। देश टुक्रिने बाटोमा जान्छ।