Sunday, January 24, 2016

मधेसी क्रांति ३ फेज २

हिन्दी: भारतीय राजनीतिज्ञ सुषमा स्वराज
हिन्दी: भारतीय राजनीतिज्ञ सुषमा स्वराज (Photo credit: Wikipedia)
मधेशी मोर्चा आन्तरिक छलफलमा । आन्दोलन पुन चर्काउन लागी विभिन्न गृहकार्यहरु हुदै ।
प्रमुख दलहरुले आन्दोलनरत मधेशी मोर्चाको सहमती वेगर संविद्यान संशोधन गरे पछि उत्पन्न परिस्थती वारेमा मधेशी मोर्चा आन्तरिक छलफलहरु विभिन्न तहमा सुरु गरेका छन । आन्तरिक छलफल र गृहकार्य कै कारण मोर्चाको बैठक तत्कालै तीन चार नबस्ने समेत मोर्चाका नेताहरुले बताएका छन । आज देखि मोर्चाको दोस्रो तहका नेताहरुले विभिन्न तहमा अगामी आन्दोलनको रणनिती वारेमा छलफलहरु सुरु गरेका छन । प्रमुख दलहरुले हिजो राती गरेको २ बुदे संविद्यान संशोधनले मधेश आन्दोलनको मुद्धाहरुलाई समबोधन नगर्ने भन्दै मोर्चाले त्यसलाइ अस्विकार गर्नै जनाएका छन । त्यही भएर मोर्चाले लिने अगामी रणनीती वारेमा सर्वत्र चासो समेत देखिन्छ । तर मोर्चाका सवै शिर्ष नेताहरु काठमाडौ वाहिर भएकाले र अगामी रणनीती वारेमा केहि आन्तरिक गृहकार्यको समेत खाचो देखिएकाले मोर्चा केहि दिनमा त्यसमा व्यवस्त हुनेछन । पछिल्लो समयमा मोर्चाका शिर्ष नेताहरु मध्ये तमलोपा अध्यक्ष महन्थ ठाकुर दिल्लीमा छन भने, सदभावना अध्यक्ष राजेन्द्र महतो विराटनगरक्षेत्रमा छन । त्यसैगरी पछिल्लो केहि दिन यता पार्टीको केन्द्रिय कार्यसमितीको बैठकमा व्यवस्त रहेको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आज बैठक सकाए पनि उनी भोली विराटनगर जाने कार्यक्रम छन । तमसपाका अध्यक्ष महेन्द्र यादव पनि उपचारकै सिलसिलामा भारतमै छन । मोर्चा स्रोतका अनुसार मोर्चाको अगामी बैठक केहि दिन पर धकेल्ने भएका छन । यद्यपी जारी आन्दोलनका कार्यक्रमहरु यथावत छन । स्थानिय तहहरुमा आफनो ढगले विरोधका कार्यक्रमहरु जारी नै छन र केन्द्रिय स्तरमा मोर्चाले अगामी रणनीती वारेमा केहि ठोस तयारीमा जुटीरहेको बुझिएको छ । ........ तमलोपा अध्यक्ष ठाकुर अगामी वुधवार पछि मात्रै दिल्लीवाट फर्कने भएकाले मोर्चाको बैठक उनी आए पछि मात्रै गर्ने तयारी भईरहेको बुझीएको छ । यस विचमा मोर्चाका दोस्रो तहका नेताहरुले आन्दोलनको क्रममा हरेक पक्षको जिल्लागत रुपमा समिकक्षा गरेर काहा काहा के के मा कमजोर देखिएको वारेमा विश्लेषण गर्ने छन .........

मोर्चाका नेताहरुका अनुसार मोर्चाले अघि सारेको ११ बुदे मागको वारेमा कार्यदल स्तरमा सहमती नजिक पुगेको वेला सरकारी पक्ष वार्ता विथोलेर २ बुदे संविद्यान संशोधन गरेर अन्य मागलाई आझेलमा पार्न खाजेका छन । साथै सरकारी पक्ष मोर्चाको माग सम्बोधन भन्दा पनि भारतलाई रिझाउने सकिन्छ भन्ने दाउका साथ अघि वढर अवरुद्ध नाका सुचारु गराउन लागी परेको छ । मोर्चा स्रोत भन्छन, मोर्चाको ११ बुदे मागको वारेमा जव सम्म प्याकेजमा सहमती हुदैन तव सम्म विरगंज नाका सुचारु हुने सवाल नै आउदैनन । वरु मोर्चाले प्रमुख दलहरुको रवैयाका कारण पछिल्लो समयमा खुकुलो बनाउदै लगिएको अन्य नाकाहरु पनि चाडै कडाका साथ अवरुद्ध पार्न सकिने योजना अघि वढीरहेको बताउछन ।

...... मोर्चाले माघ मसान्त सम्म चिसो मौसमको प्रभाव रहने भएकाले अगामी आन्दोलनको रणनती फागुन देखि लागु गरी मात्रै बढाउनमा व्यस्त देखिन्छ । यती वेला सम्म हालै रंगेलीमा भएको घटनाको विरोध स्वरुप विभिन्न कार्यक्रमहरु गदैृ जाने र विरगंज नाकामा मात्रै अहिले समित रहने योजना छन । वरु यो विचमा कालोवजारी मार्फत वढेको तस्करुी नियन्त्रणको वारेमा मोर्चाले भारतीय पक्ष संग मिलेर एउटा ठोस निष्कर्षमा पुगेको नेताहरु बताउछन । नेपाल तर्फ सरकारी सयंन्त्र नै पुरै कालोबजारु िप्रति मौन वसि दिदा अव भारतीय पक्ष वाट यसमा कडाई गर्नै भएका छन । भारतीइ पक्षले अव देखि नेपाली नम्बरको मोटसाइृकल सहित अन्य सवै सवारीलाई भारत प्रवेश गर्दा अनिर्वाय पासको व्यवस्था लागु गर्नै भएका छन भन्ने ग्रामिण क्षेत्रका सिमा नाकाहरु वाट सवारी साधनहरुको प्रवेशमा पुर्ण रुपेण रोक लगाउने अन्तिम तयारी गरीसकेका छन ।

कालोबजारी मार्फत सरकारले काठमाडौ सम्म पेटियिम पर्दाथ भित्राउन सफल भए पछि नाका अवरोधको प्रभाव काठमाडौ न्युन देखिदै आएका थिए ।

.......... वलियो सरकारी संरक्षण यस्ता कामहरु सवै ठाउमा हुने गरेकाले मोर्चाले कतिपय ठाउमा आफनै नेता कार्यकर्ता संग्लन भएको थाहा पाउदा पाउदै पनि रोक्न प्रभावकारी भुमिका खेल्न सकिरहेका थिएन । त्यस पछि भारतीय पक्ष वाटै यसमा कडा नियन्त्रण गर्न लागीएको बुझिएको छ । ...... मोर्चा स्रोतका अनुसार एक दुई दिन मै लागु हुन थालेको भारतीय पक्षको कालोवजारी नियन्त्रणको प्रभावले आउदो मसान्त सम्म काठमाडौमा प्रत्यक्ष प्रभाव पर्ने सकिने आकंलन मोर्चाको छ । त्यस लगतै चिसो कम भए संगै

फागुनको सुरु देखि नै पुर्व र पश्चिम सहित मोर्चाले आन्दोलन उठाएर प्रमुख दलहरुलाइृ आफनो माग सम्बोधन गराउन बाध्यात्मक अवस्था सिर्जना हुन सक्ने बुझाई मोर्चाको छ ।

मोर्चाले अगामी आन्दोलनको रणनीती स्वरुप नै पुर्व र पश्चिमको जिल्लाहरुमा गोप्य रुपमा कार्यकर्ता प्रशिक्षणहरु समेत चलाईरहेका छन । मोर्चाको बुझाईमा प्रमुखदलहरु संघियताका लागी यती लामो आन्दोलन भईरहदा पनि रती पनि लचकता देखाएका छैनन ।
अब के गर्छन मधेशी मोर्चा ?
२५ पुषमा माघको पहिलो हप्ताको केन्द्रिय कार्यक्रम घोषणा गरेको मोर्चाको उक्त कार्यक्रमहरु पनि समाप्त भइसकेको छ । विचमा आशावादी रहेको वार्ता प्रक्रिया लगभग सकिएको विन्दूमा पुगिएको छ । ...... पहिलो अवको बैठकले सम्रग अहिले सम्मको आन्दोलनको समिकक्षा गर्ने छ, दोस्रो विभिन्न तहमा भएको वार्ताको प्रयास मोर्चाको लाईन अनुसार लगभग असफल भएको छ, तेस्रो

अव मोर्चाले लिने रणनिती सम्भवतह पांच महिना देखि जारी आन्दोलनको सवै भन्दा कठोरतम फेजमा जाने छन ।

वार्ता र संवादमा पछिल्लो समय सहभागी मोर्चाको नेताहरुको निष्कर्ष छन, प्रमुख दलहरु मधेशको मुद्धा सम्बोधन हुने गरी संद्यिान संशोधनको पक्षमा छैन । नेपाली काग्रेसको पुर्ववर्ती सरकारले पेश गरेको दुई ओटा संशोधन विद्येयक माथी टेकेर सहमतीय प्याकेज खोज्ने सम्भावना भाडिए पछि मोर्चाले काग्रेस, एमालेको तहवाट हुने जस्तो सुकै संविद्यान संशोधनलाई स्विकार गर्ने छैन । ....... जारी मधेश आन्दोलनको क्रममा अवरुद्ध पारिएको नाकाहरु सम्भवतह तह केहि दिन भित्र थप कडाईका साथ अनइ नाकाहरुपनि अवरुद्ध हुने छ । विरगंज सगै अव भैरहवा, र पुर्वको विराटनगर नाका पनि पुर्ण रुपमा ठप्प हुने आन्त्रिक योजना मोर्चाले बनाउदै छन । ...... विरगंज नाका सुचारु गर्न सहयोग गर्नै भन्ने आशय पनि अव छैन । रंगेली घटना र कार्यदल स्तर वार्ता सतारुढ र खासगरी प्रधानमन्त्रीको तहवाट भाडिए पछि भारतीइ पक्ष मोर्चालाई अव त्यस्तो कुनै दबाब दिने छैन । .......

मंसीरको तेस्रो हप्ता देखि आन्दोलनलाई रणनीती अनुसार नै कमजोर बनाउदै आएको मोर्चा अव आन्द्योलन पुर्न चर्काउने र नाकाहरुलाई पुर्नरुपमा ठप्प पार्दै छन ।

..... उनी अस्पतालवाट भोली विहान निस्के पछि उनको पहिलो बैठक उच्च तहको कुटनितीक अधिकारीहरु संग हुदै छन । नेपालको मामिलामा काम गर्ने उच्च तहको कुटनितीक तहका अधिकारीहरु संगको भेटपछि ठाकुर भारतीय गृहमन्त्री राजनाथ सिहं र विदेशमन्त्री सुष्मा स्वराज संग छलफल गर्दै छन । अहिले सम्म निश्चित नभए पनि उनी निकटस्त उच्च स्रोतका अनुसार

पर्सी ठाकुरको भारतीय प्रधामन्त्री नरेन्द्र मोदी र उनको सुरक्षा सल्लहकार अजित डोभेल संग बैठक हुने सम्भावना छ ।

...... पछिल्लो चरणमा वार्ताको प्रयास असफल भए पछि भारतीय पक्ष पनि जारी मधेश आन्दोलनको विषयमा गम्भिर रुपमा कुटनितीक तहमा कुराकानीहरु अघि वढाएका छन । ठाकुर भारतीय पक्षहरु संगको उच्च स्तरीय भेटघाटकै लागी अर्को तीन देखि चार दिन दिल्लीमा बस्ने योजना छ ।



मधेसी क्रांति ३ फेज २ 

फेज १ मा हामी असफल भएकै हो। त्यो असफलता बाट हरेश खाने होइन शिक्षा लिनुपर्छ।

  • हामी असभ्य मानिस हरु सँग डील गर्दैछौं। लोकतंत्र त सभ्यता हो। अहिंसात्मक आंदोलन सभ्य हरुको हतियार हो। नाकाबंदी बाहेक केहीले काम गर्ला जस्तो छैन। १००% नाकाबंदी। 
  • बढ़ी मा तीन देखि चार हप्ता को कड़ा आंदोलन। वार्ता बिल्कुल नबस्ने। यो हो ११ बुँदे। यस अनुसार तिमी हरु संविधान संसोधन गर होइन भने कड़ा आंदोलन झन झन कड़ा हुँदै जानेछ। त्यो बाहेक अरु कुनै सन्देश हुन सक्दैन। र यो फेज कैलेंडर हेरेर तीन देखि चार हप्ता। एक मधेस दो प्रदेस अहिले। तु। 
  • त्यो तीन चार हप्ता मा संविधान संसोधन नभए संविधान संसोधन को एजेंडा हराउँछ। त्यस पछि आंदोलन ले १० लाख मधेसी जल थल वायु को बाटो काठमाण्डु ओराल्छ र काठमाण्डु भित्रका १५ लाख मधेसी जनजाति लाई जगाउँछ। अनि सिंह दरबार कब्ज़ा। यो संविधान बाई बाई बेबी बाई बाई बाई हुन्छ। देश नया पुर्ण अंतरिम संविधान र अंतरिम सरकारको बाटो जान्छ। पहिलेको अंतरिम संविधान मा सीमांकन नामांकन थपे भैगो। 
  • बरु अहिले गृह कार्य भनेको त्यो अंतरिम संविधान तैयार राख्ने र मधेसी मोर्चा ले अंतरिम प्रधान मंत्री को भनेर निर्णय गर्ने। शायद महंथ ठाकुर? संघीय गठबंधन को सरकार। मधेसी जनजाति सरकार। 
  • यानि कि तीन देखि चार हप्ता। त्यस पछि एक देखि दुई हप्ता। 

No comments: