Monday, January 25, 2016

Nepal News (47)

मधेशका जिल्लाहरुमा संशोधन विद्येयक जलाइदै । मोर्चाद्धारा थप आन्दालनको कार्यक्रमहरु सार्वजनिक ।
मोर्चाको आजको दास्रो तहका नेताहरुको बैठकमा फोरम नेपालवाट अशोक राई, लालबाबु राउत, मंगलसिद्धि मानान्धर, तमलोपावाट वृषेश चन्द्र लाल, सदभावनावाट लक्ष्मणलाल कर्ण र मनिष सुमन र तमसपाका राम नरेश राय सहभागी थिए । ........ उक्त घटनामा तीन जनाको मृत्यू भएको थियो भने कमतीमा पनि ४ दर्जन भन्दा वढी धाइते भएका छन । धाइतेहरुको उपचार जारी छ । घटनाको ५ दिन पश्चात आज मृतकहरुको विराठनगरमा शबयात्रा निकालिइएको थियो । शबयात्रामा मोर्चाका दुई जना शिर्ष नेताहरु सहभागी थिए । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सदभावना अध्यक्ष राजेन्द्र महतो उक्त शबयात्रामा सहभागी भएका थिए ।


नेपाल–भारतबीचको कालो बादल हट्दैछ: परराष्ट्रमन्त्री
भारतीय राजदूत भन्छन्, ‘कहिले नाका खुल्छ मधेसी नेतालाई सोध्नुस्’
•मधेस आन्दोलन ग्रयान्ड डिजाइन : सुजाता •मधेसको भावना अनुरुप संविधान संशोधन : पौडेल
‘हामीले मधेसको भावना अनुसार संविधान संसोधन गर्यौ तर मधेसी मोर्चाले माग पुरा भएन भनेको छ । पुरा हुन बाँकी कुराहरु बार्ताबाट समाधान गन प्रतिबद्ध छौ अन्तरिम संविधानमा भएको अधिकार कटौति हुन दिन्नौ,’ पौडेलले भने, ‘मोर्चालाई बार्ताको लागि आब्हान गर्दै राष्ट्रप्रति उत्तरदायी भएर आउन मेरो सुझाव छ ।’ ...... पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले पनि नेपाल भारत सम्वन्ध सुमधुर हुनका लागि नेपाल मात्र होइन भारत पनि त्यही रुपमा सकारात्मक भएर आउनु पर्ने बताए । अहिले देखिएको नाकाबन्दीमा नेपालको पनि कमि कमजोरी होला तर भारतले जुन तवरले नेपाललाई हेरेको छ त्यो सकारात्मक रहेन, उनले बताए । नेपाल र भारतको सम्वन्ध निकै बलियो छ तर त्यसो भन्दैमा एक तर्फि धारणामा सम्वन्ध अघि बढ्नु राम्रो होइन, उनले बताए । नेपाली काग्रेसकी विदेश विभाग प्रमुख समेत रहेकी कोइरालाले

संविधान संसोधनले पनि मधेसको समस्या समाधान नहुनु रहस्यपूर्ण रहेको बताइन ।

...... नेपालमा अस्थिरता ल्याउने षडयन्त्र भएको भन्दै अहिलेको आन्दोलनलाई ‘ग्राइन डिजाइन’ को संज्ञा दिइन् । नेपाली कांग्रेस र मधेसको सम्बन्ध तोड्न मधेसी मोर्चा नियोजित षडयन्त्रमा लागेको आरोप लगाउदै उनले भनिन, ‘यसले नेपाललाई झन कमजोर बनाउछ ।’ ......

भारत द्रुत गतिमा विकास गर्न लागेकोले छिमेकमा शान्त र सोही अनुरुपको विकासको गति भएको हेर्न चाहेको बताए ।

...... नेपालमा जुनसुकै परिवर्तनमा पनि भारतलाई नजोड्न उनले आग्रह गर्दै भने आफ्नो अथाह प्राकृतिक स्रोतको उपयोग ध्यान दिनलगाए । किन नेपालमा ६०बर्ष सम्म विद्युत उत्पादन हुन सकेन यो गम्भिर विषय छ यसमा ध्यान जान जरुरी रहेको उनले बताए । भारत ७ दशमल ५ प्रतिशतले आफ्नो आर्थिक बृद्धि गरिरहेको अवस्थामा छिमेकको स्थायीत्व चाहन्छ भन्दै उनले भने, ‘जे विषयमा पनि भारतलाई दोष दिनु राम्रो होइन । तर, राजनीतिमा यस्तो चल्ला तर आर्थिक विकासमा यसले नोक्सानी गर्छ । आर्थिक विकासमा अघि बढ्न जरुरी छ । विन विन अवस्थामा भारतले नेपालको धेरै क्षेत्रमा लगानी गर्न सक्छ, निजी क्षत्रको लगानी ल्याउन त्यो अवस्था जरुरी छ,' उनले भने । .......

नेपालमा भारतले नाकाबन्दी नगरेको बताउदै सीमा अवरोध खुल्ने या नखुल्ने विषय मधेसी नेताहरुलाई सोध्न समेत उनले आग्रह गरे ।

मोर्चाको विरोधका कार्यक्रम सदरमुकाम र सहर केन्द्रित
सद्भावनाले भने संघर्ष चर्काउनका लागि नाकाबन्दी उपयुक्त विकल्प भएको दाबी दोहोर्‍याएको छ । सहकर्मी दलले आन्दोलन कमजोर पारे मोर्चाको विकल्पसमेत खोज्न सकिने सद्भावना नेताहरूको चेतावनी छ । अध्यक्ष राजेन्द्र महतोले पछिल्ला दिनमा प्रस्ताव गरेको ‘बृहत् मधेसी महागठबन्धन’ त्यसैको उदाहरण भएको मोर्चाका एक नेताले बताए । ....... ‘विज्ञप्ति लेख्दा भाषा यताउता पर्‍यो होला, तर अहिले आन्दोलनको स्वरूप बदल्ने कुनै सम्भावना छैन,’ उनले भने, ‘मोर्चा अहिले फुटदा पनि फुटदैन ।’ अध्यक्ष महतोले अघि सारेको महागठबन्धन ‘नयाँ शब्द भएको’ भन्दै कर्णले शीर्ष नेताहरूले यसबारे विस्तृत छलफल गर्ने बताए ।

मोरंगको रंगेली घटनामा बीरगति पाएकाहरूको अन्तिम यात्रा । तमरा अभियानको र मेरो तरफबाट हार्दीक श्रद्धांजली !

Posted by Jay Prakash Ananda on Monday, January 25, 2016

Rangeli me sahadat prapta Sahido ko Birat Nagar Hospital me shraddhanjali aur unke antimyatra me sahbhagi hote hue.

Posted by Anil Kumar Jha on Monday, January 25, 2016

कृपया तथ्यमा अाधारित तर्क होस। भो पुग्यो अान्दोलन अब चाहिएन। नेपालका नेता जति पछिल्ला त्यति उत्ताउला, अाक्रामक र विद्रुप...

Posted by Subodh Raj Pyakurel on Monday, January 25, 2016

सुदूरपश्चिमको कैलालीमा माघ २३ बृहत् विरोध सभाको आयोजना गरिने छ । विरोध सभाको व्यवस्थापनको जिम्मा थरुहट/थारुवान संयुक्त स...

Posted by ESamata on Monday, January 25, 2016

बिराटनगरमा बिर शहिदहरूलाई श्रद्धांजलि दिंदै सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो

Posted by सदभावना पार्टी on Sunday, January 24, 2016

Very good and analytical article by C K Lal

Posted by Amresh Singh on Monday, January 25, 2016

बिर शहिदहरूको श्रद्धांजलिको लागी ओर्लियो मानव जनसागर........हत्यारा सरकारले मोरंगको रंगेलीमा द्रौपदी देवी, डायनियांमा...

Posted by Upendra Mahato on Monday, January 25, 2016

विराटनगर में निकली हमारे महान् शहीदों की संकल्प यात्रा

Posted by Pankaj Das on Monday, January 25, 2016

संबिधान संसोधन धोका होमान्य छैन........१. निर्वाचन क्षेत्र सम्बन्धमा : मधेशी मोर्चाले जनसंख्यालाई आधार मानी निर्वाच...

Posted by Upendra Mahato on Sunday, January 24, 2016

मधेश नेपाल में कैसे आया ?*****************************• भारत में अंग्रेजों का राज उदय होने के बाद मधेश में भी अंग्रेजो...

Posted by Madhesi Yuva on Monday, January 25, 2016
संघियता भनेको के हो ?

संघियता भनेको के हो ? अहिले गरेको प्रदेश बिभाजन संघियता हो कि हैन ? संघियताको किन आवस्यक छ ? संघियताले देश टुक्राउछन कि देशलाई झन दृढ बनाउछन ? सबै थाहा हुदाहुदै पनि बुझपचाएर अखण्ड को नारा लगाउदै देश टुक्रिनछ भन्ने भ्रम कसले र किन फैलाउदैछ्न ? संघियताको बिरोध गर्नेहरुपछि कसको स्वार्थ लुकेको छ ?

Posted by Alisha Koirala on Sunday, December 13, 2015

बाबुरामजीको "नयाँ" शक्तिलाई के भन्ने ? उहाँलाई अलिकति "क्रेडिट" चैं दिनु पर्छ। किनभने बनि-बनाऊ पार्टीबाट निस्केर अर...

Posted by Rudra Pandey, PhD on Monday, January 25, 2016

गगनले पार्टी सभापतिको प्रथम चरणको चुनावमा देउवा र कोइरालालाई ५० प्रतिशत मत बटाउन दिएनन् र पहिलो चरणको चुनावलाई विधानतः रोक्न सके भने यसले गगन गुटको अपरिहार्यतालाई पार्टीमा स्थापित गर्ने छ

Posted by OnlineKhabar on Sunday, January 24, 2016

काङ्रेस का २६, एमाले का २७ र एमाओवादी का ७ सभासद ले आफ्नो दल बात आलग हुँदै मधेस मा आन्दोकन गर्ने । जे भए पनि आफ्नो मातृभुमी ko माया लाग्छ ।

Posted by Mahesh Yadav Adhikari on Sunday, January 24, 2016

अब त दाता हरुले दिएको पैसा नेपाल सरकारसँग फिर्ता माङन थाल्यो । बिदेश मा नेपाल को इज्जतलाई धज्जिया उदायो केपी ओलिले ।

Posted by Mahesh Yadav Adhikari on Sunday, January 24, 2016

प्रदीप गिरीपृथ्वीनारायण शाहले एउटा खास समयमा नेपाल बनाउँदा उनीद्वारा भनिएको भनेर ‘दिव्योपदेश’ हामीसँग छ । त्यसमा उनले भ...

Posted by ESamata on Sunday, January 24, 2016

Jay Krishna Goitबन्दूकको बलमा टिकेको अवैध नेपाली शासनलाई बन्दूकले मात्र परास्त गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष र निर्...

Posted by Mahesh Yadav Adhikari on Monday, January 25, 2016

नेताहरुको माया लागेर आयो एक्कासी ! जिन्दगीभर दौड्या दौड्यै गर्नु पर्ने बिचराहरु, नढलुन्जेल !

Posted by Kanak Mani Dixit on Monday, January 25, 2016


प्रमुख तीन दलका ६२ सांसदद्वारा ह्वीप उल्लंघन
मतदानमा अनुपस्थित सांसद कारवाहीको फन्दामा
कांग्रेसका २६, एमालेका २७ र एमाओवादीका नौ सांसद संविधान संशोधन प्रक्रियामा अनुपस्थित रहेको देखिएको छ । ...... यस्तो पत्र काटिएका सांसदहरुमा श्याम ढकाल, वलवीर चौधरी, नेजमा आलम, चन्द्रबहादुर गुरुङ्ग, चण्डी राई, गणेश काङवाङ, पाँचकर्ण राई, लक्ष्मी पोखरेल, डम्बरदेव तुम्वाहाम्फे, भुपेन्द थेवे, रामदयाल मण्डल, भागवत विश्वासीलगायत १५ जना छन् । यी मध्ये विश्वासीलगायतका सांसदहरुले बैठकको उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेर पनि मतदानमा सहभागि नभएको स्रोतले जनाएको छ ।
कस्तो राष्ट्रवाद, कसको राष्ट्रवाद ?
त्यही राष्ट्रवादमा हामी हुर्कियौं । यो राष्ट्रवाद स्पष्ट रुपेण एउटा खास वर्गले एउटा खास जातिले र एउटा शासक वर्गले हुर्काइराखेको सम्भालीराखेको जगेडा गरिराखेको राष्ट्रवाद हो । त्यो राष्ट्रवाद अहिले आघातित भएको छ । र त्यो राष्ट्रवादको जरो भूगोल नेपाल छैन, काठमाण्डौ छ । ........ राष्ट्रवाद र देशभक्ति एकअर्काका पर्याय हैनन् । र दुई सय वर्षअघि मात्र पनि कुनै राजाले आफ्नी छोरी अर्को राजालाई बिहे गरेर दिँदाखेरी सरक्कै त्यो राज्य पनि जान्थ्यो । कसैले चाँइचुँइ गर्दैनथियो । ...... यो राष्ट्रवादबारे बुझ्नुपर्ने कुरा के छ भने यो अपेक्षाकृत आधुनिक प्रक्रिया हो । यसको ठूलो सम्बन्ध भाषासँग छ । भाषाको विकास नहुँदासम्म आधुनिक अर्थमा राष्ट्रवाद राष्ट्रवाद थिएन । ....... युरोपमा स्थानीय भाषा थुप्रै थिए । स्थानीय भाषा भएता पनि मुख्यत: मान्छे ग्रिक र ल्याटिनमा आफ्नो काम चलाउँथे, हामीले संस्कृतलाई मानेजस्तै गरेर । बाइबल ल्याटिनमै हुन्थ्यो । उत्तम कोटिका साहित्य युरोपमा ल्याटिनमै लेखिन्थे । पछि आएर जर्मन भाषा, अंग्रेजी भाषा, फ्रान्सेली भाषा, रसियन भाषाको विकास हुन थाल्यो ....... झगडाको बीउ हो प्रजातन्त्र । ..... उत्तर प्रदेश र विहारको राजनीति सम्झाउँछु

सन् १९७२ सम्म उत्तर प्रदेशमा बाहुन, क्षेत्री र भुमिहारबाहेक मुख्यमन्त्री बन्दैनथियो न विहारमा बन्थ्यो ।

तर एक पटक यादव, कोइरी कुर्मी र दलितले आफ्नो भोटको अधिकार पाएपछि अब त्यहाँको ब्राम्हण जातिलाई त्यहाँको यादवको पछि नलागी कुनै गुन्जायस छैन .................. अहिले नेपालमा राष्ट्रियताको नयाँ परिभाषा हुँदैछ, जहाँ मधेसी मूलका मान्छे, जनजाति मूलका मान्छेले उनीहरुका बीचमा आपसमा विभेद र असमानता हुँदाहुँदै पनि आफ्नो हकको लागि लडिरहेका छन्, यो फेरि उनीहरुका बीचमा छैन भन्दिनँ । ....... सबै राष्ट्रवादी राजनीतिको, अस्मितामूलक राजनीतिको एउटा समस्या के हुन्छ भने तात्कालिक संघर्षमा उनीहरुको दीर्घकालीन झगडाहरु हराएका हुन्छन् । स्पष्ट देखिँदै छ नेपालमा ३ किसिमका पहिचान भएका व्यक्तिहरु छन् । तिनको बोलीचाली, भाषा, वेशभूषा सबै बेग्लै छ । अब मधेसले आन्दोलन गर्‍यो, जुन आन्दोलनप्रति मेरो स्पष्ट सहानुभूति छ, र त्यो आन्दोलनमा भारतले सहानुभूति देखायो भन्ने कुरा उठ्छ । ........ नबिसर्सिनुहोस्, तपाईंले सन् १९८९ मा योभन्दा पनि अन्यायपूर्वक नाकाबन्दीलाई बुई थामेर, त्यसको बलमा चढेर आफ्ना नारा र वक्तव्य बनाएर यो प्रजातन्त्र ल्याउनुभएको हो । अहिले मधेसले गरेको माग यहाँ उपलब्ध भएको प्रजातान्त्रिक अधिकारको बिलकुलै वैध विस्तार मात्र हो । तर त्यसमा हिजो कुनै एउटा आन्दोलनमा हिन्दुस्तानले अहिले प्रशान्तले भनेजस्तै सहानुभूति देखाउँदा तपाईंलाई ठिक हुने, अहिले मधेसको आन्दोलनमा हिन्दुस्तानले लाज मानीमानी सहानुभूति देखाएजस्तो छ, तपाईंलाई ठीक नहुने । हिन्दुस्तानलाई पनि दोधार भएको जस्तो छ । हिन्दुस्तानले हाकाहाकी नै सहानुभूति देखाए पनि यसमा के भन्ने त ? ........ तपाईंलाई थाहा छ पृथ्वीनारायण शाहले नेपाल शुरुवात गरे । अंग्रेज त्यहाँ थिए । अंग्रेज बल्लबल्ल बलियो हुँदैथिए । बल्ल बलियो हुँदा गोरखाली र अंग्रेजको लडाइँ पर्‍यो । त्यो पनि गोरखालीले रणनीतिक भूल गरे । सिखसँग निहुँ नखोजेको भए हुन्थ्यो । रणजित सिंहसँग निहुँ नखोजेको भए हुन्थ्यो । त्यो काँगडाको झगडामा रणजित सिंह उता लागे । ..... अन्त्यमा अंग्रेजले सिख राज्य समाप्त गरिदियो । नेपाली राज्य कतिपय कारणले समाप्त गरेन । समाप्त नगर्नाका पछाडि सबैभन्दा ठूलो कारण सन् १८५७ को जनविद्रोह थियो जुन जनविद्रोहपछि भिक्टोरियाले दावा गरिन् : अब विस्तार हुँदैन भनेर । के बुझ्नुपर्‍यो भने सुगौली सन्धिको दिनदेखि, नेपाललाई आजादी दिएको दिनदेखि, नेपाललाई सन्ताउन्नदेखि, खान नदिएको दिनदेखि अहिलेसम्म इण्डिया नेपालको तथाकथित सार्वभौमसत्तासित खुसी छैन । ......

India is still to be reconciled with national independence of Nepal.

.......... तपाईंलाई कसले भनेको थियो बिजुली नबनाई बस्नुस् भनेर ? कल्ले भन्या थियो बानी बिगारेर ग्यासमा खाना पकाउनुस् भनेर । हाम्रा बाउबाजे त खाँदैन थिए ग्याँसमा खाना । ...... बेलायत व्यापारीको देश हो । फ्रान्स राजनीतिकर्मीहरुको देश हो । जर्मनी लडाकुको हो .... एउटा राष्ट्रको एउटै मिसन, एउटै लक्ष्य, एउटै सन्देश हुन्छ भन्ने भ्रान्त धारणा १९औं शताब्दीको सिंगो युरोपमा थियो । अब त्यो हराएको छ । स्कटल्याण्डले आजादी माग्दैछ । ....... प्रजातान्त्रिक अधिकार छ भने जसलाई तथाकथित अन्यन्त विकसित भन्छौं, रुपैयाँ पैसा खानपिनपछि उनीहरुका सबै समस्या हल भएको भन्छौं, यो झगडा कहाँ छैन ? स्पेनमा छैन कि क्यानडामा छैन कि, बेलायतमा छैन कि, भारतमा छैन कि ? यो झगडालाई हामीले स्वाभाविक रुपमा लिनुपर्दछ । यो प्रजातन्त्रको स्थिरीकरण र प्रजातन्त्रको विकासको अभ्यास हो । त्यसमा शासकहरुले चेत्नुपर्छ- उनीहरुले आफ्नो सीमित दृष्टिबाट यो नहेरुन् । त्यसैले शासकवर्गले बुझ्नैपर्छ राष्ट्रवाद उनीहरुको मात्रै हैन, शासितको पनि राष्ट्रवाद हुन्छ । ......... अहिले हामीले मधेसी र थारुको एउटै पहिचान बनाएका छौं । ....

माग आज जुन मधेसमा उठिराखेको छ, जनजातिले उठाइराखेका छन्, दलितले उठाइराखेका छन्, तिनलाई हिजोको दृष्टिकोणले हेर्नुभएन ।

......... अब हामी आजका दिनमा टुक्रिनु पनि सक्दैनौं । टुक्रिने सम्भावना पनि छैन । टुक्राउँछु कसैले भनेकै पनि छैन । ......

मेरो प्रिय नेता बिपी कोइरालाको कुरा गरौं । बिपी कोइरालाले सन् १९७१ मा राजा र राष्ट्रवाद सँगै जाँदैनन् भन्नुभएको छ । पछि आएर राजासँग नमिल्ने हो भने राष्ट्रवाद रहँदैन भन्नुभएको छ । आज त राजा नै रहेनन् । त्यसैले नेताहरुको भनाइलाई त्यति गम्भीरतापुर्वक नलिनुस् ।

आम हडताल चर्काउने, नाका खुल्दैन- संघीय समाजवादी फोरम
सबै क्षेत्रमा खस आर्य समुदायको खस आर्यलाई समेत आरक्षण दिएका कारण यसले मधेशीहरुको मागलाई झनै उपहास गरेको आरोप लगाएको छ । .... ‘नयाँ संविधान जस्तै सरकारले संशोधन पनि एकलौटी, जबरजस्ती र मनपरी ढंगले गरेको छ’, सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने ‘नयाँ संशोधनले मधेश आन्दोलनलाई सम्बोधन गर्न सक्दैन ।’ मनपरी ढंगले संविधान संशोधन भएकोले केन्द्रीय बैठकले जारी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको उनले बताए । ...... मधेशमा जारी आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन काठमाडौं केन्द्रीत आन्दोलन चर्काउनु पर्नेमा अधिकांश केन्द्रीय सदस्यहरुले जोड अनुसार थप छलफल गरेर काठमाडौं केन्द्रीत आन्दोलनको रणनीति र कार्यनीति तय गरिने फोरमले जनाएको छ ।........ यस अघि फोरमले नाका अवरोधको आन्दोलन फिर्ता लिने भनिएको भएपनि पत्रकार सम्मेलनमा झनै चर्काउने जानकारी दिइयो । फोरमको निर्णयले आज हुने भनिएको मोर्चाको बैठकले पनि नाका अवरोधको कार्यक्रम फिर्ता नलिने स्पष्ट भएको छ ।
नाकाबन्दी नखुल्दा प्रधानमन्त्री ओली तनाबमा !
नाकाबन्दी खोल्ने आश्वासन पाएपछि संविधान संशोधन गर्न तयार भएका प्रधानमन्त्री केपी ओली नाका नखुल्दा तनाबमा परेका छन् । संविधान संसोधन लगत्तै भारतले दुई लाइनको विज्ञप्ती जारी गरेर संशोधन सकारात्मक भनेपनि मुख्य नाका खुल्न सकेको छैन । ......... प्रधानमन्त्री निवास वालुटार स्रोतका अनुसार अझै पनि नाका खुल्न संकेत नपाउदा प्रधानमन्त्री ओली तनाबमा परेका छन् । वालुटार स्रोतले भन्यो, ‘संविधान पछि नाका खोल्ने आश्वासन आएको थियो, दुई दिन वितिसक्दा समेत पचासी आपूर्ति हुने वीरगन्ज नाका सञ्चालन नआउनु निकै गम्भीरको विषय हो ।’ .... संविधान संशोधन मार्फत नाकाबन्दी खुली प्रधानमन्त्री छिट्टै भारत भ्रमण गर्न तयार छन् । भ्रमणको बारेमा अध्ययन गर्नको लागि विज्ञ टोली र राजदुतलाई समेत प्रधानमन्त्री ओलीले निर्देशन दिइसकेका छन् । ......आन्तरिक तयारी भएपनि भारतले भनेकोजस्तो नाकाबन्दी सहज रुपमा नखोल्ने हो भने ओलीको भारत भ्रमण तत्कालनको लागि स्थगित हुने बताइएको छ ।

संविधान संशोधन गरेपनि मधेसी मोर्चाले आन्दोलनरत पक्षको कुनै पनि माग सम्बोधन नगरेको बताएको छ ।

........ भारत जाने मनस्थितिमा रहेका ओलीले भारतीय समाचार च्यानल ‘न्युज २४’ लाइ दिएको अन्तर्वार्तामा नेपालको संविधानको विषयमा भारतमा गलत बुझाइ रहेको र

भारतीय विदेशमन्त्री सुश्मा स्वराजले नेपालको संविधानमाथि पूर्ण समर्थन रहेको जानकारी दिएको खुलासा पनि गरेका थिए ।

.......... भारतीय विदेश मन्त्रालयले आइतबार दिउसो एक २ लाइनको वक्तव्य जारी गरेर संविधान संशोधनलाई स्वागत गर्दै अन्य विषयहरु पनि यसरी नै संवोधन गरिने विश्वास व्यक्त गरेको थियो । भारतले यस अघि संविधान संसोधन गर्ने मन्त्रीपरिषदको प्रस्तावलाई स्वागत गर्दै यसपछि नाकाबन्दी पनि अन्त्य हुने संकेत गरेको थियो । यद्यपी औपचारिकरुपमा विदेशमन्त्रालयले नाकाबन्दीका विषयमा केही बोलेको छैन ।


गगन थापा: अब महामन्त्री लड्ने कि सभापति ?
यस्ता छन् महाधिवेशनमा गगन थापाका चुनौती
स्वयं थापालाई सोध्दा उनी आफूले महामन्त्रीमा उठ्ने घोषणा गरेको स्वीकार्दैनन् । कुन पदमा उठ्ने भन्ने अझै टुंगो गरिनसकेको थापा बताउँछन् । ..... अघिल्लो महाधिवेशनमा गगन थापाले पार्टीको केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याएका थिए । यसपालि पनि केन्द्रीय सदस्यमै चुनाव लड्ने हो भने उनले जित्ने प्रायः निश्चित छ । तर, पहिलेजति सबैभन्दा धेरै भोट नआउन सक्छ । ..... गगनले सभापतिमा चुनाव लड्दा २ सय मत पनि कटाएनन् भने उनी उपहासको पात्र बन्ने खतरा रहन्छ । ..... यदि गगन थापाले केन्द्रीय सदस्यमा चुनाव नलड्ने निधो गरे भने महामन्त्रीमा उठेर हार्नुभन्दा सभापतिमै उठेर किन नहार्ने ? यो उनका लागि निकै अहम् प्रश्न हो ।


The New Farce
It seems Comrade Baburam has had an epiphany and he wants the whole world to know
Sounding like a born-again free-market crusader, he explained the New Force was conceived to fulfill his dream of transforming Nepal from the economic basket-case he did so much to create into a shining beacon of capitalist prosperity and political integrity. ...... he declared his Campaign was committed to rapid economic transformation ...... his grim sobriety played an instrumental role in convincing UNMIN under Ian Martin that the Maoists had 30,000 fighters for the UN cantonments (they actually had about 7000, as admitted by Prachanda in the leaked Shaktikor tapes). ...... With the new-found faith of the convert, BRB’s now telling anyone who listens that Nepal must attract plenty of foreign investment to achieve prosperity and he’s the only man with the vision to do it. He could have saved everybody a whole lot of trouble if he’d thought of that 20 years ago, when strong economic growth of 6-7% in the 1990s was squashed by the outbreak of the war he declared.

No comments: