Tuesday, January 12, 2016

In The News (18)

सीके राउतद्वारा भारत केन्द्रीत अभियान, समर्थन बढ्दै(पत्रसहित)
त्यसक्षेत्रमा डा.सीके राउतको समर्थक देखेर मधेशी नेताहरु अलमलमा परेको गठबन्धनका युवा नेता राजेश यादवले हुलाकी न्यूजलाई बताए । मधेशी नेताहरुले भाषण गर्ने क्रममा अलिहेको आन्दोलन सफल नभए स्वतन्त्र मधेशको आन्दोलनमा सहभागी हुने बाचा गरेको यादवले बताए ।
थारुहरुको बृहत प्रशिक्षण हुँदै, भारतीय थारु पनि सहभागी हुने
अधिकारकर्मी कृष्ण भट्टचन, प्रध्यापक कृष्ण हाछ्यतु, विश्लेषक सीके लाल, अधिवक्ता शंकर लिम्बुले सभाका प्रतिनिधिहरुलाई प्रशिक्षण दिनेछन् ।
यसरी नेपालको उपनिवेश बन्यो मधेश (विचार)
पृथ्वीनारायण शाहले मकवानपुर र उपत्यका आफ्नो अधिनमा लिए पछि सर्वप्रथम राज्यसत्ताको मेरुदण्ड सैन्य संगठनबाट तिरहुतिया सेनालाई हटाई तराई बासीहरुलाई सधैंको लागि पूर्णतः निषेधित गरे । त्यस पछि बृटिश ईष्टइण्डिया कम्पनीलाई तराईको कुत बुझाउदै पुस्तौ–पुस्तादेखि उपभोग गर्दै आएका उर्वर–भूमि पृथ्वीनारायण शाहले सैन्यबलद्वारा खोसेर राजपरिवारका सदस्यहरु, भारदारहरु, सैनिक उच्चअधिकारीहरु, उच्च पदस्थ कर्मचारीहरु, राजगुरु, राजपुरोहितको नाममा बक्सीस, विर्ता, जमीन्दारी, जागीरदारी, तालुकदारी, गुठी आदिको रुपमा वितरण गरि तराई बासीहरुलाई भू–दास बनाए । ...... २०२१ साल सम्ममा सम्पूर्ण तराईको ७० प्रतिशतभन्दा बढी जमिन चाही“ राणा(शाह, दरवारका भारदार र काठमाण्डौंका सम्भ्रान्तहरुकै मौजा थियो ...... १९ औं शताब्दीको मध्यमा तराईको विभिन्न जिल्लामा व्यापक रुपमा वन विनास गरेर उर्वर खेतीभूमीको रुपमा विकास गरिएको पाईन्छ र यो गर्ने गराउने मधेशि नभएर यिनै पहाडी जमिन्दारहरु थिए । तराई मधेशका केहि हुने खाने व्यक्तिहरुलाई हेरेर सवैलाई तराईको जमिन्दार ठान्नु बकवास मात्रै हो । ...... सन् १९७० को दशकको शुरुमा सरकारले भुतपुर्व सैनिक र अरु पहाडियाहरुलाई मधेसमा वसोवास गराउनुको मुख्य उद्धेश्य मधेसीहरुको जनसंख्या घटाएर मधेसीहरुलाई मधेसमा अल्पसंख्यामा पु–याउनु हो भनेर नेपाली समाचारहरुले लेखेका थिए ...... सन् १९६५ मा तत्कालिन राजा महेन्द्रको सवारी अछाम हुदा भएको हुकुम वक्समा तराईको उर्वरा वन जंगल भूमीमा सत्तालाई सहयोग गर्ने परिवारलाई वसाई सराई गराउने भन्ने निर्देशन भएबाट पश्चिम तराईका जिल्लाहरुमा वन फडानी गरि पहाडीहरुलाई बसाए तर थारु कमैयाहरुले जग्गा पाएन .... पुनरवास कम्पनीको नाममा सन् १९८५ सम्ममा ३,५६,४०० विगहा तराईकोे वन फाँडेर ८३ हजार परिवारलाई राज्यसत्ता टिकाउन र राजनैतिक सोचले समर्थकहरुलाई वसाई सराई गराए ..... २०१८ सालमा हुलाकी मार्गको वेवास्ता गरि तराईको वन काटी चुरेको नजिक भएर महेन्द्र राजमार्ग निर्माण गरे जसले अघोषित रुपमा मधेशी र पहाडी समुदाय बीच रेखा र सिमा खडा गर्यो । हुलाकी राजमार्ग नै देशको मुख्य राजमार्ग भएको भए दुइटै समुदाय एक आपसमा घुल मिल हुन्यो । २०२० साल देखि २०४१ साल सम्ममा अधिराज्य भरिमा ५,७०,००० हेक्टर वन विनास भयो र यी सवै जग्गा सत्ता नजिक भएका पहाडी समुदायलाई नै वितरण गर्यो ।
मधेशी मोर्चालाई जेपी गुप्ताको बिन्तीपत्र
अपवादको रूपमा हिमाली क्षेत्रमा जिल्लाको अवधारणा अनुसार जनसंख्या जति नै थोरै भएपनि ८ जिल्लामा ८ सीट राखिन सकिन्छ । ..... उपल्लो सदनमा प्रत्येक प्रदेशबाट ८(८ जना सासंदको व्यवस्था ख़ारिज गरी प्रत्येक प्रदेशमा न्यूनत्तम १ सदस्य रहनेगरी बाक़ी सदस्यको जनसंख्याको अनुपातमा प्रतिनिधित्वको व्यवस्था गरिनु पर्दछ । ..... यसरी नै तल्लो सदन प्रतिनिधि सभाकोलागि छुट्याईएको समानुपातिक तर्फको ११० संख्यालाई प्रत्येक ८ वटै प्रदेशहरूको जनसंख्याको अनुपातमा तत् प्रदेशमा बांडफाडको व्यवस्था गरिनु पर्दछ । ..... मधेसबाट कूल ८८ जना निर्वाचित हुदै आएकोमा ११६ भयो । तर, संसदमा मधेसीको तुलनामा तराईबासी पर्वते समुदायको प्रतिनिधित्व बढन गयो । ..... काठमांडूको अपवाद वाहेक झापा, मोरंग, सुनसरी, नवलपरासी, कैलाली आदि जिल्लालाई लाभ भयो । मधेस क्षेत्रमा ४० वटा सीट एक प्रकारले पर्वते मित्रहरूका लागि आरक्षित झै भयो । मधेसी समुदाय भने पर्वते समुदायका नजरमा दोषी मात्र भए । यदि प्रतिनिधित्वको बिषयलाई समग्रतामा हेरिएन भने यस पटक पनि त्यसै हुनेछ । मधेसी मोर्चालाई हेक्का होस् ।
भारत जान ललायित ओली
भारतको चर्को विरोध गर्दै आएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारत जान ललायित देखिएका छन् । मधेशीहरुले आन्दोलनको क्रममा नाका अवरुद्ध पार्दा भारतले नाकाबन्दी गरेको भन्दै आरोप लगाउने ओली करिब आधा दर्जन कुरा माग्न भारत जान लागेको हो । .... ओलीले भारतीय पक्षसँग बारम्बार सम्पर्क गरी भ्रमण यथासीघ्र गराउन आग्रह गरेको .... बालुवाटार स्रोतका अनुसार ओली ‘चाँडोमा माघको पहिलो साता र ढिलोमा फागुन पहिलो साता’ नयाँदिल्ली जानेछन् । ..... गत महिना उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले भारत भ्रमणका क्रममा सरकारी रोडम्यापबारे भारतीय विदेशमन्त्री सुष्मा स्वराज र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाललाई जानकारी दिएका थिए । त्यही एजेन्डा ५ पुसमा मन्त्रिपरिषद्ले पारित गरेको थियो । लगत्तै ६ पुसमा भारतले विज्ञप्तिमार्फत सरकारी मार्गचित्रको स्वागत गरेको थियो ।

त्यसपछि रक्सौलबाहेकका नेपाल–भारत व्यापारिक सीमानाका सुचारु भएका छन् ।

...... ‘नेपालले भारतसँगको छलफलमा राख्नुपर्ने प्राथमिकता के–के छन्, यसको विस्तृत तयारीसहित पेस गर्नुस्,’ प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरूलाई भनेका छन् ...... प्रधानमन्त्री ओलीले एक साताभित्रै संविधान संशोधन हुने विश्वास व्यक्त गरेका छन् । संविधान संशोधनलगत्तै रक्सौल नाका खुल्ने उनको विश्वास छ । ...... भ्रमणका वेला चीनसँग इन्धन खरिद सम्झौता, बिप्पा, पारवहन सन्धिलगायतका विषयमा हस्ताक्षर गर्ने तयारी सरकारको छ । ...... विराटनगर, जनकपुर, भैरहवा, नेपालगन्जबाट नेपालमा एयर इन्ट्री प्वाइन्ट बनाउन नेपालले गरेको प्रस्ताव ...... मोदी भ्रमणका वेला महेन्द्रनगरस्थित महाकाली पुलमा मल्टिलेन मोटर आवत–जावत गर्ने पुल निर्माणमा नेपालको आग्रहलाई भारतले पूरा गर्ने आश्वासन दियो । त्यसबाहेक झुलाघाट र दार्चुलामा पनि मोटर आवत–जावत गर्ने पुल निर्माणका लागि भारतले सहयोगको वचन दियो । त्यसबारे विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुँदै थियो, नाकाबन्दीपछि यो रोकिएको छ ।........ भारतको रक्सोल र बाराको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सहमति भारतले कार्यान्वयन गरेको छ । निर्माणसम्बन्धी समझदारीपत्रमा भदौ पहिलो साता दुवै देशबीच हस्ताक्षर भएको थियो । पहिलो चरणमा अमलेखगन्जसम्म निर्माण सकिएपछि भारतीय सहयोगमै त्यहाँबाट काठमाडौंसम्म पाइपलाइन विस्तार हुनेछ । तर, नाकाबन्दीसँगै काम रोकिएको छ । भारतीय आयल कर्पोरेसनसँगको खरिद सम्झौता तोडिएपछि पाइपलाइन निर्माणबारे अन्योल छ ।
आन्दोलन हिंसात्मक हुन सक्ने थर्ड एलायन्सको ठहर
आन्दोलनकारीमाथि सुरक्षा निकायले झुठा मुद्दा लगाउने गरेको तथा अनुगमनका क्रममा प्रहरीद्वारा अत्याधिक बल प्रयोग गरेको पाइएको भन्दै यस्तो कार्यले आन्दोलन हिंसात्मक हुन सक्ने थर्ड एलायन्सले जनाएको छ । ...... ‘ एकातिर मधेश आन्दोलन तथा प्रर्दशनको क्रममा राज्य पक्षले विभिन्न ठाउँमा अत्यधिक बल प्रयोग गरेको स्थलगत अनुगमनबाट पाइएको छ भने अर्कातिर

आन्दोलनलाई दवाउने उद्देश्यले कतिपय निर्दोष युवा तथा नेताहरुलाई सार्वजनिक अपराध, चोरी, डाँका जस्ता मुद्दा लगाएको पाइएको छ ।

‘मधेश प्रदेश’ नभए ‘मधेश देश’ बन्नबाट कसैले रोक्न सक्दैन : आन्दोलन समिति
संयूक्त मधेशी राष्ट्रीय आन्दोलन समितिद्वारा विरगंजमा आयोजित विरोध सभाका प्रमुख अतिथि मातृका यादवले मधेश एउटा आफैमा राष्ट्रियता भएकोले दाबी गरेका छन् । उनले मधेश एउटा राष्ट्रियता भएकोले यसलाई खण्डित गर्ने अधिकार कसैसँग नरहेको बताएका छन् । ...... उक्त विरोधसभामा अधिकांश वक्ताहरूले आत्म निर्णयको अधिकार सहित संपूर्ण मधेश प्रदेश एक प्रदेश नभए “मधेश देश“ बन्नबाट दुनियाँको कुनै तागतले रोक्न नसक्ने दाबी गरेका छन् ।
मधेशी मोर्चाका शीर्ष नेताहरुलाई बोलाएर नाकामा बस्छौं : महतो
‘म केही सातापछि नेपाल फर्किन्छु र मधेशको समस्या समाधान नहुन्जेल नाकामा फेरि धर्ना बस्छु ।’ अध्यक्ष महतो थपे, ‘मधेशको माग पुरा नभएसम्म नाकाबन्दी खुल्दैन, हामी वारपारको लडाइँमा छौँ । नेपाल फर्केपछि काठमाडौंमा रहनु भएको मधेशी शीर्ष नेताहरुलाई बोलाएर फेरि नाकामा बस्छौँ ।’ .... ‘अहिलेको सरकार उल्लु (लाटोकोसेरो) को झुण्ड जस्तो रहेको छ, जसले मधेशमा भइरहेको आन्दोलन देखेको छैन ।
राजेन्द्र महतोमाथि सुन्योजित आक्रमण, भिजलान्ते प्रयोग (भिडियोसहित रिपोर्ट)
महतोमाथि आक्रमण गर्ने योजना पहिले नै बनेको र केही व्यक्तिहरु मोर्चाको हुलमा घुसपैठ गरेको देखिन्छ । .... शनिबार विहान रानी गाउँ नजिकको महतो टोलमा कार्यक्रममा सहभागी हुन राजेन्द्र महतो गएका थिए । उक्त कार्यक्रमबाट फर्किने क्रममा एक जना प्रहरी जवानले महतोलाई भेटेर धर्ना कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए । ...... त्यो प्रहरी जवानले महतोलाई भनेका थिए, ‘आज भन्सारमा धर्ना दिने कार्यक्रम रोक्नुस्, त्यो कार्यक्रम जसरी पनि रोक्न प्रहरीलाई माथिबाट आदेश आएको छ । त्यो कार्यक्रममा गोली पनि चल्न सक्छ ।’ ...... राणा कालमा साहादत प्राप्त गरेकाहरुको सम्झनामा आयोजित कार्यक्रममा सहभागी भएर महतो करिब सात सय कार्यकर्तासहित चार बजेतिर धर्ना स्थलमा पुगे । विराटनगर भन्सारको एक नम्बर ढाठमा बस्न गए । त्यसभन्दा पहिले पनि प्रहरीले रोक्ने खाजे तर कार्यकर्ताहरु अधिक भएकोले रोक्न सकेनन् । .... धर्नामा बसी सकेपछि नेपाल प्रहरीले महतोसहित धर्नामा बसेका कार्यकर्ताहरुलाई घेरा हाले । पहिलो लाईनमा नेपाल प्रहरी थिए भने दोस्रो लाईनमा सशस्त्र प्रहरी थिए । ..... सशस्त्र र जनपद गरी प्रहरीको संख्या पनि करिब पाँच सयको हाराहारीमा रहेको थियो । .......प्रहरीले पुर्णरुपमा घेरा हालीसके पछि नेपाल प्रहरीका इन्सपेक्टर गंगा पौडेल राजेन्द्र महतो भएको ठाउँमा पुगे । पौडेलले महतोलाई धर्नाबाट उठ्न भन्दै थिए । र प्रहरीहरुलाई अगाडि बढ्न इसारा गर्दैै थिए । ....... धर्नामा राजेन्द्र महतोसँगै बसेको प्रवक्ता संतोष मेहताका अनुसार इन्सपेक्टर पौडेलले पहिलो लाठी राजेन्द्र महतोमाथि नै चलाए । मेहता भन्छन्, ‘कुरा गर्दैगर्दा इन्सपेक्टरले महतोमाथि लाठी हानेपछि कार्यकर्ताहरु उठे । महतोलाई तेन्जीङ्ग लामाले बचाए । लामा महतोको जिउमा चढेपछि प्रहरीहरुले चलाएको लाठी र बुट लामालाई लागे ।’ ....... प्रहरीले घेरा हालेर लाठी चार्ग गर्न थालेपछि महतोलाई घिर्सादै प्रहरीले भ्यानसम्म लगेका थिए । कार्यकर्ताहरु आक्रमक बन्दै ढँुगा हान्न थाले र प्रहरीको भ्यानसम्म लगेका महतोलाई छोडेर प्रहरी पछाडि सरे । ....... त्यसपछि कार्यकर्ताहरुले महतोलाई जोगबनी लगेको भारतीय टिभी आजतकका संवाददाता पंकज दासले हुलाकी न्यूजलाई बताए ।............... जोगबनीमा प्राथमिक उपचार पछि एउटै एम्बुलेन्समा महतोसहित पाँच जना घाइते कार्यकर्ताहरुलाई विराटनगरको गोल्डेन अस्पतालमा ल्याइयो । ........ धर्ना स्थलमा झड्प सुरु हुनुभन्दा पहिले दुई जना पहाडी मुलका युवाहरु मुखमा मास्क बाँधेर गुलेली हान्दै थिए । ती युवाहरुले सुरुमै अनावश्यक तरिकाले गुलेली हानेको देखेपछि मोर्चाका कार्यकर्ताहरुले ती युवाहरुलाई प्रहरीको जिम्मा लगाएका थिए ।..... तर प्रहरीले ती युवाहरुलाई तत्कालै छाडेका थिए । ........ त्यसअघि महतो सहभागी भएका कार्यक्रमहरुमा पनि अपरिचित पहाडी युवाहरु सहभागि थिए । उनीहरु भिड्लाई भड्काउने प्रयास गर्दै थिए ।
आन्दोलन नछोड्न महतोलाई भारतीय सेनाका पूर्व जेनरलको सुझाव
पूर्व जेनरल मेहताले छिटोभन्दा छिटो मधेशमा गएर आन्दोलनको कमाण्ड संभाल्न दबाब दिएका थिए । महतोलाई भेट्न बित्तिकै जेनरल मेहताले सैनिक पारामा कुरा गर्दै महतोलाई भने “आप बिलकुल तन्दुरूस्त दिख रहे हो । अब जल्दी से मैदान–ए–जंग में जाकर आन्दोलन का कमाण्ड संभालिए ।’ ...... मेहतासंगको भेंटमा यस्तो कुरा सुन्न बित्तिकै राजेन्द्र महतो र उनी संगै बसेका दिल्लीका वरिष्ठ पत्रकार प्रशान्त झा, कान्तिपुरका दिल्ली सम्वाददाता देवेन्द्र भट्टराई र नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डे जिल्ल परेका थिए । ..... जेनरल मेहताले महतोलाई फेरि भने “तपाईं अहिले आन्दोलनमा हुनु हुन्छ । एक करोड मधेशी जनताको विश्वास र आशा तपाईंमाथि छ । तपाईं आराम गर्न तिर लाग्नु भयो भन्ने आन्दोलन शिथिल हुन्छ ।’ ...... अशोक मेहताले काठमाण्डौंमा भई रहेको निरन्तर वार्ता, कार्यदल गठन, संविधान संशोधन विधेयक र मोर्चाले लिन सक्ने अडानबारे जिज्ञासा राखेका थिए । जवाफमा महतोले

वार्ताप्रति सरकार र तीन दल इमानदार नभएको, सहमति नगर्नकै लागि कार्यदल गठन गरिएको र यसले कुनै निकास नदिने

बताएका थिए । ....... महतोले तीन दलसँग यसपाली गलत समझौता नगरिने र यदि मोर्चाले कसैको दबाबमा आएर गलत समझौता गर्यो भने आफ्नो पार्टीलाई स्वीकार नहुने स्पष्ट पारेका थिए ।
मधेशलाई बलियो अन्तर्राष्ट्रिय सहयोग छ (विचारः दिपेन्द्र झा)
शायद पहिलोपटक नेपाल भारत सम्बन्धमा यो तहको तिक्तता देखिएको छ । ..... भारतले अहिले नेपालमा लिएको नीतिको परिणामस्वरुप मधेशी ‘कज’लाई ठूलो फाइदा भएको छ । भारतका विद्धान एसडी मुनिले भारतले ६५ वर्षमा पहिलोपटक मधेशीको पक्षमा यति प्रखर समर्थन गरेको पनि भनेका छन्, तर मेरो बुझाइमा भारतले मधेसीहरुलाई त्यसरी समर्थन गर्नुका अन्य कुनै कारण नभएर त्यसो गर्नु नै नेपाल र भारत दुवै मुलुकका हितमा हुनेछ भन्ने सोचेर नै गरेको हो । ...... मधेसीहरुलाई अहिलेको संविधानले पूर्णतः न्याय गर्न सकेको छैन, उनीहरुलाई अन्तरिम संविधानले दिएको अधिकार पनि यो संविधानमा कटौती गरिएको छ । र संघीयताको सवालमा मधेशी पहिचानलाई खण्डित गर्ने प्रयास भएको छ । यसकारण मधेशीहरु अहिले आन्दोलित रहेका छन्, र यी यस्ता विषयहरु हुन, जुन कुराहरुमा न्याय प्राप्त नहुन्जेल संघर्ष समाप्त हुने अवस्था रहदैन । ....

भारतले अहिले लिएको नीतिबाट मधेश आन्दोलन हिंसात्मक हुनबाट र अधिकारका एजेण्डाहरु पृथकतावादी तत्वहरुको हातमा पुग्नबाट रोक्ने छ, र यो सबैको हितमा हुनेछ ।

...... जहाँसम्म मधेशीहरुलाई हेर्ने दृष्टिकोणको कुरा छ, भारतले एउटा बुझ्नुपर्ने कुरा के छ भने मधेशी जनताहरु नेपाल र भारतको सम्बन्धलाई जति व्यवहारिकरुपमा बुझेका छन्, त्यति व्यवहारिकरुपमा शायदै पहाडी जनताले बुझेका छन् । ....... नेपाल र भारतको सम्बन्धका बारेमा यही परिपक्व बुझाइका कारण भारतको अन्ध विरोधमा मधेशीहरुको रुचि हुँदैन । त्यसकारण मधेशीहरुलाई नेपालमा भारतका दलाल भन्ने गरिन्छ । भारतले मधेशीहरुलाई न बढी काखी च्याप्न जरुरी छ, नत यहाँका ठूला दलले दबाब दिदा मधेशी दलहरुलाई अनावश्यक दबब दिन जरुरी छ । यस्तो हुनसके आगामी दिनमा नेपालको राजनीति सही दिशामा जाने छ, र नेपाल र भारतको सम्बन्धमा झन् सकारात्मक प्रभाव पर्नेछ ।
सुगरमिलको ट्रकहरु भित्र्याउन पैसाको चलखेल, नाका सुनसान
उक्त ट्रक पास गराउन स्थानीय नेता तथा मिलका संचालकबीच पैसाको चलखेल भएको मोर्चाका अन्य नेताहरुले आरोप लगाएका छन् । हुलाकी न्यूजकर्मीलाई उक्त नेताले भने मोर्चाका शिर्षस्त नेताहरुले नै मिलका मालिकसँग पैसा लिएर ट्रक पास गराउन कार्यकर्ताहरुलाई आग्रह गरेका थिए । ..... यता ट्रक नेपाल भित्रिएसंगै भिठामोड नाका सुनसान भएको छ । विगतमा भने दुई चार जना नाकामा देखिने गरिए पनि ट्रक भित्रिएपछिको शुन्य उपस्थितिले आन्दोलनको नाउँमा आफ्नो गोजी ताक्नेहरुले मधेश र मधेशीको भावनासँग खेलवाड गरेको स्थानीय व्यापारी राकेश साहले बताए । ..... साहले समान्य व्यापारीहरुलाई मर्का परेको तर ठूला व्यापारीसँग पैसाको लेनिदेनि गरेर मोर्चाका नेताहरुले सामाग्री पास गर्न दिएको आरोप लगाए ।


सेना परिचालन भए प्रतिकार गर्ने उपेन्द्र यादवको चेतावनी
उनले भने

‘शासक वर्ग मधेशी जनतलाई थकाउन चाहन्छ, गलाउन चाहन्छ, झुकाउन चाहन्छन

, तर मधेशी जनता न थाक्ने छ, न झुक्ने छ, न गल्नेछ ।’ माले मशाले र मण्डलेको समीकरणले मुलुक निरंकुशतातर्फ गइ रहेको बताउदै उनले मधेशी जनता निरंकुश साशकको छातिमा बसेर आफनो अधिकार लिन पछाडि नहटने बताए ।
पूर्वराष्ट्रपति यादवलाई सरकारबाटै हेला
पूर्वराष्ट्राध्यक्षले पाउने सुविधाबारे कानुन नहुँदा सरकारका सम्बन्धित पदाधिकारीले चेकमा हस्ताक्षर गर्नसमेत अस्वीकार गरेको उक्त पत्रिकाले जनाएको छ । ..... यो द्विविधाका कारण भीभीआईपी किरायादारलाई निरन्तरता दिन घरधनी महेश बिष्टले कठिनाइ महसुस गरेको पनि पत्रिमा छापिएको छ ।

No comments: