Saturday, January 16, 2016

In The News (24)



गोठालोदेखि ‘ड्रग लर्ड’
कार्यदल सहमति नजिक
मोर्चामा ११ वटा मागबारे बुँदा-बुँदा छलफल, सद्‍भावना पनि फर्कियो वार्तामा
राजनीतिक संयन्त्रलाई संवैधानिक वैधता दिदै तीन महिनाको कार्यादेश दिने, मधेस आन्दोलनलगायत हालसम्म सीमांकनबारे आएका अध्ययन प्रतिवेदनलाई समेत सन्दर्भ सामग्रीका रुपमा समेटै त्यसले अध्ययन गर्ने र संयन्त्रले दिने निष्कर्षलाई संसदबाट पारित गर्दै संविधान संशोधन गर्ने तीन दलीय प्रतिबद्धता मोर्चासमक्ष पेश गरे । .... मोर्चाका प्रतिनिधिले भने तीन दलका तर्फबाट ठोस र नया प्रस्ताव केही नआएको भन्दै असन्तुष्टि जनाए । अहिलेसम्म सहमतिको विकल्पका नाममा आफूहरुलाई झुलाउने मात्रै काम भएको तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीलाई उद्धृत गर्दै वैठक स्रोतले भन्यो । ‘हामीलाई आज साँच्चै समाधानमूखी प्रस्ताव आउनेछ भन्ने लागेको थियो,’ त्रिपाठीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर तपाईंहरुले समय मात्रै लम्ब्याउने गरिरहनुभएको हो कि भन्ने आशंका जाग्यो ।’ ......

मोर्चा कार्यदलका तमसपा वरिष्ठ नेता रामनरेश रायले भने सहमति नजिक पुगेको कुरा हल्लामात्रै भएको दाबी गरे । संयन्त्रलाई वैधानिकता दिने तीन दलको कुरा पुरानै भएको भन्दै उनले मधेसी मोर्चाको मूख्य मुद्दा सीमांकन हेरफेर संम्बोधन नहुन्जेल विश्वास गर्न नसकिने बताए । ‘बाहिर आएजस्तो बैठक कुनै सहमति नजिक पुगेको छैन,’ उनले भने, ‘ठोस नया कुरा नआउन्जेल हाम्रो सहमति हुदैन ।’



तराईका जिल्लामा आज मोर्चाको लाठी जुलुस
जुलुसमा सभागी हुन अधिकांस गाउँवाट मोटरसाइकल, ट्रयाक्टर र बसमा लाठि सहित प्रदर्शनकारी आएका थिए । जिल्ला विकास चोकवाट सुरु भएको जुलुस नगर परिक्रमापछि कोणसभामा परिणत भयो ।..... लामो अन्तरालपछि मोर्चाले ठूलो मास सहित मलंगवामा प्रदर्शन गरेको हो । प्रदर्शन शान्तिपूर्ण सम्पन्न भएको थियो । .... प्रदर्शनपछि विरोधसभामा मोर्चाका केन्द्रीय तथा स्थानीय नेताहरुले ११ बुँदे माग सम्बोधन नभए आन्दोलन जारी राख्ने बताए ।
कांग्रेसका युवा नेताहरुको विश्लेषण- मधेसलाई हेर्ने अोली र महतो दुवै नजर बेठीक
युवा नेता सम्मिलित टोलीले ‘कांग्रेसको दुई हात, एक पहाडको साथ अर्को मधेसको हात’ मूल मर्मका साथ आन्दोलन भइरहेका मधेसका जिल्लाको स्थलगत भ्रमण तथा छलफल गरी तराई मधेसको वर्तमान राजनीतिक समस्या हल गर्न पार्टी नेतृत्वलाई आज त्यस सम्बन्धी सुझावसहितको प्रतिवेदन बुझाएका हुन् । ..... सीमाङ्कन हेरफेर गर्ने सन्दर्भमा ‘सम्पूर्ण सङ्घीयता’को मनोविज्ञानलाई केन्द्रमा राख्नुपर्ने सुझाव दिइएको छ । .... शेरबहादुर देउवाले आफूले महिला, आदिवासी/जनजाति, मधेसी, दलित, पिछडिएका वर्ग र क्षेत्रलाई हकअधिकार दिएर राजनीतिकको मूल प्रवाहमा ल्याउनुपर्छ भन्ने अभियान थालेको जानकारी गराउँदै कांग्रेसको नेतृत्वमा अघि बढेको संविधान संशोधनको प्रस्तावले मधेसका अधिकांश माग सम्बोधन हुने जिकिर गरे । .....

समानुपातिक सहभागिताको भावना बमोजिम पार्टीभित्रको प्रतिनिधित्व प्रणालीलाई आगामी महाधिवेशनबाट अत्याधुनिक बनाउनुपर्ने सुझाव दिइएको छ ।

..... रामचन्द्र पौडेलले तराई मधेस कांग्रेसको उद्गमस्थल मात्र नभई आधारभूमि पनि हो भन्दै मधेसका मागका बारेमा काँग्रेस कहिल्यै पनि विमुख हुननसक्ने बताए । मधेसका समस्यालाई कांग्रेसले आफ्ना समस्या ठान्दै आएको बताउँदै उपसभापति पौडेलले भने,

'मधेस र मधेसी जनताको हितका बारेमा हामीले संविधान बनाउँदादेखि नै सोचेर त्यस बारेमा बहस गरेका थियौं ।'

....... टोलीले कांग्रेसले अघि सारेको संविधान संशोधनका प्रस्ताव संविधान जारी गर्ने क्रममा संविधानमा उल्लेख गरेको भए सायद मधेस आन्दोलन हुने थिएन भन्ने निष्कर्ष निकालेको छ । ..... साथै प्रतिवेदनले नयाँ संविधान भएपछि मुलुकमा एक तर्फ मैनबत्ती बाल्ने र अर्कोतर्फ टायर जलाउने मनोवैज्ञानिक विभाजनको अवस्था उत्पन्न भएको तर मधेसमा रहेका कांग्रेसका नेता कार्यकर्ता भने दुबै प्रवृतिमा रहन नसकेको भेटिएको उल्लेख गरेको छ ।


नेता महतोले राष्ट्रपति मुखर्जी भेटे
जारी आन्दोलनबारे जानकारी गराएँ : महतो
महतोले मधेस समस्या समाधान र मधेसी मोर्चाको माग सम्बोधन गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई फोनमा जनाएको प्रतिबद्धताअनुसार अब वार्तामा सहभागी भएर अघि बढ्ने बताए । 'दिल्लीमा मेरो स्वास्थ्य उपचार पनि सफल भयो र, राजनीतिक भेटघाट तथा संवाद पनि सफल रह्यो,' उनले भने । ..... उपचार क्रममा तीन साताअघि दिल्ली आएका महतोले गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज, कांग्रेस उपाध्यक्ष राहुल गान्धी, कांग्रेस नेताहरु करण सिंह, सलमान खुर्सिदलगायतसाग भेटघाट गरेका थिए । उनी आइतबार दिउँसो काठमाडौं फिर्दैछन् ।
सदभावना फर्कियो वार्तामा
कार्यदल बैठकमा सहअध्यक्ष लक्ष्मणलाल कर्ण सहभागी
दिल्लीमा उपचाररत महतोलाई प्रधानमन्त्री केपी ओलीले फोन गरी विराटनगर घटनाप्रति दुःख व्यक्त गर्दै काठमाडौं र्फकन आग्रह गरेपछि वार्ता प्रक्रियामा सहभागी हुने निर्णय लिएको सहअध्यक्ष कर्णले बताए ।..... 'मोर्चाकै साथीहरुले पनि अब त्यहाँ तपाईंको आवश्यकता छ भनेपछि म कार्यदल बैठकमा गएको हुँ,' बैठक चल्दाचल्दै बाहिरिएका कर्णले कान्तिपुरसग भने, 'वार्ता सकारात्मक दिशामा अघि बढेको छ । भोलिसम्ममा सहमतिको खाका आउने सम्भावना छ ।'
मधेशी मोर्चा र प्रमुख दल सहमती नजिक । भोली सम्म टुगो लाग्ने सम्भावना ।
आज दिउसो ३ बजे पछि मोर्चा र प्रमुख दलहरुको कार्यदल विच झण्डै पांच घण्टा सम्म चलेको बैठकले धेरै कुराको टुगो लगाइसकेका छन । आजको बैठकमा प्रमुख तीन दलले मोर्चाले अघि सार्दै आएको संघियताको सिमाकंन हेरफेर गर्नका लागी बनाइने समितीको टोओआर प्रस्तुत गरेको मोर्चाको नेताहरुले बताएका छन । संघियता वाहेक अन्य विषयमा प्रमुख दलहरु र मोर्चा यस अघि नै एक प्रकारको सहमतीय खाका नजिक पुगीसकेका थिए । मोर्चा कार्यदलका नेता हृदेश त्रिपाठी भन्छन, प्रमुख दलहरुले आजको ल्याएको सिमाकंन समितीको टिओआरमा हामीले केहि करेक्सन गर्न भनेका छौ, उहाहरुले त्यसलाई भोली ल्याउने कुरा गर्नु भएको छ । भोली नै सहमतीमा चाही हस्ताक्षर भइहाल्छ भन्ने होइन तर उहाहरु आज भएको छलफल अनरुप आउनु भयो भन्ने सहमतीय खाकाको लगभग अन्तिम टुगो लाग्न सक्ने सम्भावना रहेको त्रिपाठीले बताए । ...... कर्ण भन्छन, संघियता सहित हामीले प्रस्तुत गरेको ११ ओटै बुदाहरु माथी निष्कर्ष उन्मुख छलफलहरु चाही अघि वढेको छ । एक दुई दिन भित्रै टुगो लाग्ने सम्भावना अत्यद्यिक छ । प्रमुख दलहरु र मोर्चाको विचमा विषयगत रुपमा भईरहेको छलफलवारेमा यस अघि नै सार्वजनिक टिप्पणी नगर्ने सहमती भएकाले नेताहरुले प्रमुख दलहरुले के ल्याएको र त्यसमा मोर्चाले थप के गर्न भनेर आज भनेका छन भन्ने वारेमा मुख खोलेका छैन । त्रिपाठी र कर्ण दुवैले त्यसवारेमा भने, त्यो अहिले नभनौ, पक्ष र विपक्षमा त्यसमा मत सिर्जना गरे पछि वार्तामा बस्नेलाई अप्ठायारो हुन्छ । ...... मोर्चाको बैठकमा काग्रेसले पेश गरेको संशोधन प्रस्ताव मोर्चाको सल्लाहमा थप परिमार्जन गर्न प्रमुख दलहरु तयार रहेको, नागरिकताको सवालमा अन्तिरम संविद्यान अनुसारको व्यवस्था गर्र्ने र संघियताका लागी बनाइने राजनितीक समितीलाई संवैद्यानिक रुप दिन प्रमुख दलहरु तयार भइसकेकाले अव वार्ता निष्कर्ष उन्मुख रहेको बताइएको थियो । ..... मोर्चाका नेताहरुका अनुसार प्रमुख दलहरु टोओआरमा विगतमा बनेको राज्यपुर्नसरचना समिती र आयोगको सिफरिसलाई सन्दर्भ साम्रगकिो रुपमा राख्न तयार भएको बताइएको थियो । साथै मोर्चाले भन्दै आएको आन्दोलनरत मोर्चाको सहमतीमा सिमांकन हेरफेर गर्न प्रमुख दलहर उल्लेख गर्न तयार छन । मोर्चाको बैठकमा नेताहरुले कार्यदललाई राज्यपुनंसरचना समिती र आयोगको सिफरिसलाई सन्दर्भ साम्री भन्दा पनि आधार बनाउने कुरा उल्लेख गराउनका लागी आफनो स्टयान्ड राख्न सुझाएका थिए । ......

कार्यदल स्तरको वार्ता सम्भवतह भोली र नत पर्सी सम्ममा अन्तिम टुगो लाग्दै छन । जसले पांच महिना देखि आन्दोलनरत मधेश मोर्चा र प्रमुख दलहरु विच सहमतीपत्रमा हस्ताक्षर हुनेछ ।

..... सम्भवतह पछिल्लो घटनाक्रमको विकास भए पछि नै होला गएको दुई हप्ता देखि दिल्लीमा उपचार गराइरहेका सदभावना अध्यक्ष राजेन्द्र महतो भोली काठमाडौ फर्कदै छन । तर

हिजो विहान अचनाक छातीमा दर्द उठेपछि तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादव उपचारका लागी दिल्ली आज लागेका छन ।

त्यसैगरी पछिल्लो १ महिना देखि स्वास्थमा फेरी समस्या देखिएका तमलोपा अध्यक्ष महन्थ ठाकुर पनि भोली वेलुकि दिल्ली जाने तयारीमा छन ।
राजेन्द्र महतो भोलि आउँदै
दिल्लीमा रहेका आन्दोलरत् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आइतवार काठमाडौं फर्किदैछन् । .... महतो भोलि अपरान्ह सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने सदभावना पार्टीले जनाएको छ ।
तीन दल बैठक : सीमांकन संयन्त्रको वैधानिकता संसदबाट
आन्दोलनरत मोर्चाका नेताहरू वातर्ामा सकारात्मक रूपमा प्रस्तुत भइरहेको निष्कर्ष निकाल्दै तीन दलको शनिबार बिहान बसेको बैठकले संसदमार्फत संयन्त्रलाई वैधानिक हैसियत प्रदान गर्ने निष्कर्ष निकालेको हो । ..... 'दलहरूबीच हुने सहमतिलाई संसदले अनुमोदन गरी स्वामित्व लिन्छ ।' बालुवाटार बैठकको निष्कर्षका आधारमा कार्यदलले मधेसी मोर्चासँग वार्ता अघि बढाएको छ । .... मधेसी मोर्चाले भने संयन्त्रको सीमांकन टुंगो लगाउँछ भन्ने सुनिश्चिताका लागि संविधानमै अनुसूची थपेर व्यवस्था मिलाउनुपर्ने माग गरिरहेको छ । अस्थायी खालको संरचनालाई संविधानमा व्यवस्था गर्न नमिल्ने भन्दै तीन दल अुनसूची थप्न भने तयार छैनन् । यही विषयमा दुई पक्षबीच समझदारी खोज्न वार्ता भइरहेको छ । ..... यसअघि पनि भएको सहमति कार्यान्वयन नहुने गरेको उदाहरण दिँदै मधेसी दलहरूले संयन्त्रलाई संविधानमै उल्लेख गर्नुपर्ने अडान राखिरहेका छन् । उनीहरूले मधेसमा दुई प्रदेश हुने खालको स्पष्ट भाषा लेख्नुपर्ने अडानसमेत राखिरहेका छन् । ..... तीन दलले मधेसी मोर्चालाई समेत विश्वासमा लिई संसदमा रहेको संविधान संशोधन विधेयकलाई पारित गर्ने निर्णय गरेको जानकारी कांग्रेस उपसभापति रामचन्द्र पौडेलले दिए । ...... 'अब जति सहमति हुन्छ त्यो अघि बढ्छ सहमति हुन नसकेका विषयहरू पछि टुंग्याउँदै लैजाने विधि तय गरेर भए पनि जारी गतिरोध भने अन्त्य हुन्छ,' एक नेताले भने । ..... यदि संयन्त्रको कार्यक्षेत्र र वैधानिकता बारेको छलफल लम्बिएर माघ ५ भित्र औपचारिक सहमति हुन नसके तीन दलका तर्फबाट संविधान संशोधन प्रक्रिया भने अघि बढ्नेछ । उक्त संशोधनबाट समानुपातिक समावेशिता र निर्वाचन क्ष्ाेत्रको माग सम्बोधन हुने भएकाले मधेसी दलहरूले मौन रूपमा त्यसको समर्थन गर्ने संकेत दिइसकेका छन् ।

No comments: