Friday, January 22, 2016

नाकाबंदी खुकुलो भयो कि मान्छे मार्न थाल्छन् पशु हरु

जाड़ो याम भनेर वीरगंज बाहेक का नाका मोर्चाले खुकुलो पारेकै हो। तर त्यसलाई सदाशय होइन कमजोरी मानिएको छ। नाकाबंदी हुनु अगाडि को मान्छे मार्ने काम फेरि शुरू गरिएको छ। विंटर ब्रेक पछि को कड़ा आंदोलन को लागि स्ट्रेटेजी बनाउँदा यस तथ्य लाई मध्यनजर राख्नु पर्ने हुन्छ।

सशस्त्र संघर्ष र सम्पुर्ण नाकाबंदी मध्ये एक रोज्नु पर्ने बाध्यता देखियो। म हिंसाको पक्षमा छैन। सम्पुर्ण नाकाबंदी, बॉर्डर पारि बाट नै नाकाबंदी र १० लाख मधेसी जल थल वायु को बाटो काठमाण्डु ओराल्ने दृढ संकल्प हुनुपर्छ अब अर्को फेज मा। कि सिंह दरबार ढल्छ कि अब यो संविधान। संसोधन हुन नमान्ने संविधान ---- त्यो ढलने संविधान हो।




No comments: