Monday, January 11, 2016

In The News (12)



सर्कारले आज ’नि लाखौं लिटर ‘उखान’ ...अनि कयौं सिलिण्डर ‘टुक्का’ बाँडने रे !

‘महतोजी, काठमाडौं फर्किनुहोस्’
प्रधानमन्त्रीले गरे सदभावना अध्यक्ष महतोलाई टेलिफोन
‘उहााले मेरो स्वास्थ्य स्थितिको सोधपुछ गर्नुभयो,’ नेता महतोले फोनवार्ताबारे भने—‘मैंले म आफू स्वस्थ्य भैसकें, अब तपाईले देशलाई स्वास्थ बनाउनुहोस् भनेर सुझाव दिएा । ...... भारतीय गृह मन्त्री राजनाथ सिंहसाग भेटवार्ता गर्न १७ अकबर रोडस्थित सिंह निवासमा वार्तामा रहेकै बेला प्रधानमन्त्री ओलीले महतोलाई फोन गरेका थिए । ..... दिल्लीमा नेता महतोले राजनीतिक भेटवार्ता जारी राखेका छन् । उनले यसअघि परराष्ट्र मन्त्री सुषमा स्वाराजलार्इ पनि भेटेका थिए । उनले कांग्रेस नेताहरु डा.करण सिंह, कपिल सिब्बल र सलमान खुर्सिदसँग पनि भेटवार्ता गरेका छन् । अघिल्लो महिना भारतीय संसदमा जुटेको सहमतीअनुसार नेपाल मामलामा बस्तुगत जानकारी लिन सर्वदलीय डेलिगेसन काठमाडौं पठाउने भनिएकोमा भैरहेको ढिलाइबारे भारतीय कांग्रेसले सरकारलाई दवाब दिने भएको नेता खुर्सिदले जानकारी गराएका थिए ।




मधेसको माग पूरा गरेर सहमति : कोइराला
'कांग्रेसभित्र गुटबन्दी माैलायो'
कांग्रेसभित्र पनि गुटबन्दी मौलाएको भन्दै उनले दुख व्यक्त गरे । ‘गुटबन्दी रोक्नु पर्छ, मैले गरे भने मलाई भन्नुस म रोक्छु,’ उनले भने’, ‘मैले गल्ती गरेको भए सजाय दिनुहोस् ।’ कांग्रेस एक ढिक्का भए कसैले हल्लाउन नसक्ने उनले बताए । ‘कांग्रेस हाम्रो घर हो, गुट उपगुट र व्यक्तिको पछि लागे घर कमजोर हुन्छ,’ उनले भने । ..... ‘नेताको पछाडि होइन, पार्टीको पछाडि लाग्नुपर्छ,’ उनले भने ।


हेटौंडाका उद्योगमा ८ अर्बभन्दा बढी नोक्सान
प्रधानमन्त्रीले पैसा लिएर मन्त्री बनाइरहेका छन् : उपेन्द्र देवकोटा

राष्ट्रिय जागरण अभियान नेपालका अध्यक्ष डा. उपेन्द्र देवकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले पैसा लिएर मन्त्री बनाइरहेको बताउँदै देशको सबैभन्दा ठूलो घुसखोर प्रधानमन्त्री ओली भएको बताएका छन् ।

No comments: