Saturday, January 23, 2016

Nepal News (43)



दिल्ली ‘आन्तरिक परामर्शमा’
नेपाल मामिला
जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र समानुपातिक समावेशी सहभागिता गर्न संविधान संशोधन गर्ने निर्णय भएपछि नयाँदिल्लीको स्वागत पाएर त्यसबेलै ‘धेरै कुरा मिलेको’ अनुमान गरिए पनि अझै स्थिति सहज बनिसकेको छैन । .....‘प्रतिबद्धताअनुसार संविधान संशोधन अझै किन भएन ? किन यो अन्योल बढेर गएको हो ?’ ...... भारतीय प्रधानमन्त्री कार्यालय र विदेश मन्त्रालयका वरिष्ठ पदाधिकारीबीचको पछिल्लो नेपाल मामिला बैठकमा चर्चा हुन थालेको छ, ‘सबै राजनीतिक दलका नेता र मधेसी मोर्चाका पदाधिकारीसमेत दिल्ली आएर सहमति/समझदारीको प्रतिबद्धता सुनाउँछन्, तर काठमाडौंमा ठीक उल्टो स्थिति छ ।’ ..... ‘मधेसी सरोकारका बारेमा अब बुझ्नु/बुझाउनु केही बाँकी छैन भनेर म उपचारमै केन्द्रित छु,’ ठाकुरले शुक्रबार अपराहन भने । .....

‘तर, प्रतिबद्धता गरेअनुसार दुई महिनादेखि अडकिएर बसेको संविधान संशोधन प्रक्रिया किन अघि बढ्न सकेन ? कुरा कहाँनेर बिग्रिएको हो ?’ कूटनीतिक स्रोतका अनुसार, प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यालय र विदेश मन्त्रालयमा नेपाल मामिला हेर्ने पदाधिकारीलाई दोहोर्‍याउँदै सोध्ने गरेका छन् ।

...... यस बीचमा विदेश मन्त्रालयका अधिकारीहरूले परराष्ट्रमन्त्री कमल थापासहितका वरिष्ठ मन्त्रीले सहमति र समझदारीको भाषा बोल्नुको साटो ‘आन्दोलन गरेकै भरमा संविधान संशोधन हुने अवस्था नरहेको’ भन्दै प्रतिबद्धताविपरीत बोलिरहेकामा असन्तोष जनाएका छन् । ...... ‘पछिल्लो राजनीतिक विकासक्रम र द्विदेशीय असहज सम्बन्धका माझमा नेपाल मामिलामा विभिन्न तहमा छलफल सुरु भएको छ, तर यसको विषय खोलिहाल्ने बेला भएको छैन,’ नेपाल मामिलाका जानकार अशोककुमार मेहता भन्छन् । ...... अर्को चरणमा नेपाली राजनीति र प्रबुद्ध कूटनीतिक समूहको राय बुझ्ने क्रममा रक्षा मामिला अध्ययन निकाय (आईडीएसए) ले

यो साता भारतका लागि पूर्वराजदूत प्राध्यापक लोकराज बराललाई दिल्ली निम्त्याएर ‘आन्तरिक–बहस’ चलाएको थियो भने आफ्नै तहबाट राजनीतिक–लाइन बुझ्न कांग्रेस सांसद अमरेशकुमार सिंह दिल्लीमा व्यस्त छन् ।

....... अहिले मधेस मोर्चाको आन्दोलनमा फेरि सर्वसाधारण मारिन थालेपछि र वार्ताका चरण विफल हुँदै गएपछि ओलीको दिल्ली भ्रमण चर्चामै आउन छाडेको छ ।’ ...... राजदूत उपाध्याय भन्छन्, ‘चार महिनायताको मधेस आन्दोलन र अघोषित नाकाबन्दीका कारण खाद्यान्न, इन्धन, औषधिमा चर्को अभाव बेहोरिहेको नेपाली उपभोक्तामाझ तत्काल उपभोग्य वस्तुको दोब्बर आपूर्ति हुन थाल्यो भने द्वैदेशीय सम्बन्ध फेरि सुमधुर हुन कत्तिबेर पनि लाग्दैन भनेको छु ।’


शिर नझुकाइ नाकाबन्दी खुल्छ : दाहाल
दाहाललाई ४९ केजीको माला
दाहालले संविधान जारी भएपछि देखिएका राजनीतिक कम्पनहरु रोकिएपछि मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने दाबी गरे ।
परिमार्जनसहितको संशोधन प्रस्ताव पारित गर्ने पाँचदलको निर्णय
प्रस्ताव बनाउन तीन दलिय कार्यदलको बैठक जारी
कार्यदलमा कांग्रेसका विमलेन्द्र निधी, महेश आचार्य, मिनेन्द्र रिजाल एमालेका तर्फबाट भिम रावल, अग्नि खरेल माओवादीबाट कृष्णबहादुर महरा लगायतका छन् । ..... उक्त छलफलमा कांग्रेस सभापति सुशील कोइराला, उप–सभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमानसिंह लगायत

मधेसबाट कांग्रेसको प्रतिनिधित्व गर्ने सबै सांसदको उपस्थिति रहेको थियो ।



प्रधानमन्त्री ओलीलाई अमेरिकी उपराज्यमन्त्रीको फोन
आन्दोलन नियन्त्रण गर्ने नाममा बल प्रयोग नगर्न आग्रह
बहिबार मोरङमा भएको झडपमा ३ जनाको प्रहरीको गोली लागि मृत्यु भएपछि अमेरिकी उपराज्यमन्त्रीसँग भएको फोनवार्ता निकै अर्थपूर्ण छ ।
बारा र पर्सामा ३ दलको कार्यक्रममा रोक
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका स्थानीय नेतृत्वले बारा र पर्सामा कांग्रेस, एमाले र एमाओवादीको कुनै पनि सार्वजनिक कार्यक्रम गर्न नदिने निर्णय गरेको हो । ..... शनिबार मोर्चाका २ जिल्लाका अगुवा नेताहरुको बैठकपछि जारी विज्ञप्तिमा तीन दलको कार्यक्रममा रोक लगाउने जनाइएको छ । सरकारले बल प्रयोग गरी अधिकार प्राप्तिको आन्दोलन दबाउन खाजेको आरोप लगाएको छ । विगत ५ महिना भन्दा लामो समयदेखिको मधेस आन्दोलनको क्रममा राज्यतर्फबाट भएका बल प्रयोग र मोरङको रंगेलीमा भएको गोली प्रहारको निन्दा समेत गरेको छ । ..... रंगेली घटनामा प्रहरी दमनको विरुद्धमा दोस्रो दिन पनि वीरगन्ज र आसपासका क्ष्ाेत्र पूर्ण रुपले बन्द गराइएका छन् । .....

३ दलका मधेसबाट जितेर गएका सांसद मधेसमा जारी आन्दोलनको विरुद्धमा देखा परेका र हिंसा मच्चाउने सरकारलाई समर्थन गरिरहेकाले

प्रमुख दलको कार्यक्रममा निषेद गर्ने निर्णय गरिएको मोर्चाका नेता प्रदीप यादवले बताए । ..... यसैगरि तराई मधेस विद्यार्थी प|mन्ट वाराका अध्यक्ष सन्तोष यादव र अभिषेक झा लगायत पक्राउ परेका युवाहरु माथि लगाइएको मुद्धा फिर्ता लिन माग पनि गरिएको छ । माग पूरा नभए शैक्षिक संस्था, यातायात, कलकारखाना, उद्योग, बैंक तथा बित्तीय संस्था पुनः बन्द गरिने विज्ञप्ति मार्फत जनाएको छ । शनिबारको बैठकमा तमलोपाका महामन्त्रि जितेन्द्र सोनल सहितका नेताहरुको उपस्थिती रहेको थियो ।


राजेन्द्र महतो पुगे रंगेली
तीन जनाको ज्यान जाने गरी भएको घटनापछि तनाव र त्रासमा रहेको रंगेलीमा शनिबार आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पुगेका छन् ।.....महतो बिहीबार प्रहरीको गोली लागेर ज्यान गुमाएकी द्रापदीदेवी चौधरीको घरमा पुगेर उनको समवेदना प्रकट गरेका छन् । प्रहरीको गोली लागेर ज्यान गुमाएका अन्य दुई जनाको घरमा पनि महतो पुग्ने कार्यक्रम छ ।


पाँच बुँदे माग पुरा नभए मोरङमा मारिएकाको शव नबुझ्ने : मधेसी मोर्चा
मोर्चाले आज बिहान विराटनगरमा पत्रकार सम्मेलन गरि रंगेली र डायनियामा मृत्यु भएका एक महिला सहित ३ जनालाई सहिद घोषणा गर्नुपर्ने, क्षतिपुर्ति दिनुपर्ने लगायतका माग अघि सारेका छन् । ...... मोर्चाका मोरङ प्रवक्ता एवं तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष मोहम्द कादिरले सहिद घोषणा, घाइतेको उपचार, क्षतिपुर्ती र सिडिओ तथा प्रहरी प्रमुखलाई कारवाही गर्नुपर्ने माग आफूहरुको रहेको बताए । .....

युवा संघ नेपालका केन्द्रिय सचिव परशुराम बस्नेतको निर्देशनमा सद्भावना केन्द्रिय सदस्य दिलिप धाडेवामाथि विराटनगरमा सांघातिक आक्रमण भएकाले बस्नेतमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता हुनुपर्ने

मोर्चाको माग रहेको मोर्चाका जिल्ला संयोजक एवं संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यष राजकुमार यादवले जानकारी दिए । ...... एमालेको निर्देशन र स्थानिय प्रशासनको प्लानिङका आधारमा रंगेली घटना भएको प्रवक्ता कादिरले आरोप लगाए । उनले भने, ‘एमालेको निर्देशन र सिडिओको डिजाइनमा घटना गराइएको हो, एमाले र प्रशासन दुवै उत्तिकै दोषी छन् ।’ .....

मोर्चाले हिजो एमाओवादी सभासद शिवकुमार मण्डलको संयोजकत्वमा गठित समितीलाई चोरको हातमा साँचोको संज्ञा दिएका छन् । ‘उही सरकारमा रहेको दल, उसकै गृहमन्त्री, त्यसकै निर्देशनमा गोली चलाइयो अनि त्यसैले कस्तो छानविन गर्ला ?’ संयोजक यादवले भने ।

उनले आफूहरूको रंगेलीमा ७ गते कार्यक्रम बारे पूर्व निर्धारित कार्यक्रम हुँदाहँुदै एमाले र युवा संघले भिडन्त निमत्याउनैकालागि रंगेलीमा कार्यक्रम गरेको बताए ।
वार्तामा अवरोधले सर्वसाधारण निराश
निर्णायक भनिएको वार्ता पनि निष्कर्षविहीन भएपछि सर्वसाधारण निराश भएका छन् । ..... सीमांकनको मुख्य मागमा दुवै पक्ष आ–आफ्नै अडानमा कायम रहँदा आन्दोलन लम्बिएको छ । सीमांकनलाई मोर्चाले ‘बटमलाइन’ बनाएकाले उधारोमा सम्झौता गरेर आन्दोलन समाप्तिको घोषणा गर्न समस्या परेको मोर्चा सम्बद्ध नेताहरू बताउँछन् । ...... ३ दलले आयोगमार्फत सीमांकन पुनरावलोकन गर्ने बताए पनि मोर्चाले अहिले नै मधेसमा २ प्रदेशको संवैधानिक प्रतिबद्धता मागेको छ । यसको अलावा सरकारसँग पछिल्लो समय मोर्चामात्र निरन्तर वार्तामा रहँदै आएको थियो । ...... जारी मधेस आन्दोलनमा मोर्चाबाहेक अरू शक्ति पनि सडकमा ओर्लिएका थिए । ‘जनतामा मोर्चाका नेताले यसपालि पनि उधारो सम्झौता गरेको सन्देश प्रवाह भए अर्को शक्तिले सेन्टिमेन्ट क्यास गर्छ,’ मोर्चाका एक नेताले भने, ‘आन्दोलनको श्रेय गुम्ने खतरा पनि त्यत्तिकै छ ।’ ....... ३ दलको प्रस्तावअनुसार सीमांकनका विषयलाई राजनीतिक संयन्त्रमार्फत ३ महिनाभित्र सम्बोधन गर्न लचिलो भए पनि मोर्चाले संविधानकै अनुसूचीमा मधेस २ प्रदेश बनाउनुपर्ने प्रतिबद्धता खोजिरहेको छ । ......

संविधान निर्माणकर्ता र मोर्चाले मानवीय संवेदनशीलतालाई ख्याल नगर्दा मुलुकले ठूलो क्षति भोग्नुपरेको छ । मधेसको अधिकार प्राप्तिका लागि थालिएको आन्दोलनले मोर्चाकै प्रभाव क्षेत्रका जनता बढी प्रताडित बनेका छन् । सिंगो मुलुक अस्तव्यस्त छ ।

...... कांग्रेस, एमाले र एमाओवादीमा परिवर्तनलाई स्वीकार गरी आन्दोलनलाई निकास दिने मनसाय नभएकाले सफल नभएको हो । ‘सीमांकनका लागि मौखिक रूपमा ३ महिनामा मान्ने अवस्था छैन’ ....... सीमांकनबाहेकका मागमा मोटामोटी सहमति बनिसक्दा पनि त्यही नगद प्रचारबाजीले आन्दोलन अवतरणमा सकस भएको हो .....

तराई–मधेसमा महिनौं लामो आन्दोलनले अत्तालिएका सर्वसाधारण केही सातादेखि राहत महसुस गरिरहेका थिए । वीरगन्जदेखि विराटनगरसम्म आन्दोलनरत मधेसी मोर्चा र सरकारबीच कुरा मिल्ने विश्वास सञ्चार भएको थियो ।

....... शान्त माहोलमा सरकार र मोर्चाबीचको वार्ता मिल्ला–मिल्ला जस्तो भएकाले आशावादी र उत्साहित देखिन थालेका थिए । तराई–मधेसको रौनक पूर्ववत् अवस्थामा फर्किन थालेको थियो । आन्दोलनकारी, सर्वसाधारण, व्यवसायीलगायत काममा फर्किन थालेका थिए । ..... बारामा मोर्चाले बन्द खुकुलो बनाएको थियो । बजार र यातायात सञ्चालनमा आइसकेका थिए । तर

बिहीबार रंगेलीमा प्रहरी कारबाहीमा ३ जनाको मृत्युपछि शुक्रबारदेखि अवस्था ज्यूँको त्यूँ बनेको छ ।

...... आन्दोलनकारी टाउकोमा फेटा बाँधेर र हातमा लाठी लिएर सडकमा ओर्लिएका छन् । ...... प्रहरीका एक उच्च अधिकारी भन्छन्, ‘आन्दोलनकारी कानुनविपरीतका सबै काम गर्दा राज्य कसरी चुप बस्न सक्छ, राज्य कमजोर हुनु भनेको जे पनि हुनु हो । त्यसैले गैरकानुनी काम लाठी, भाला, अरूको स्वतन्त्रता हनन् र निजी तथा सरकारी सम्पत्ति नोक्सानी हुँदा जोगाउने काम हाम्रो छ ।’ आन्दोलन क्रममा अहिलेसम्म ४८ नागरिकले ज्यान गुमाएका छन् । ११ प्रहरी मारिए । ...... ३३ पटकको वार्ता निष्कर्षमा पुग्न सकेको छैन । काठमाडौंलाई असर पार्ने भन्दै पैठारी रोक्न मधेसी मोर्चाले नाकामा दिन थालेको धर्नाले मधेसमा बस्ने जनताले सबैभन्दा बढी कष्ट भोग्नुपरेको छ । ..... सर्लाहीका सबै कार्यालय बन्द छन् । बैंकमा पैसा अभाव छ । इन्धन अभाव चरम छ । यातायात नचलेको ५ महिना नाघिसक्यो । ज्येष्ठ नागरिकले आन्दोलनकै कारण वृद्ध भत्तासमेत पाएका छैनन् । .....

उद्योग वाणिज्य संघ सर्लाही अध्यक्ष हरिशंकरप्रसाद साहले काठमाडौंलाई समस्या पार्ने भन्दै सुरु भएको नाकाबन्दीले मधेसलाई मात्र समस्या परेको बताए । ‘केही दिनअघि काठमाडौं जाँदा त्यहाँको जनजीवन सामान्य पाएँ,’ उनले भने, ‘आन्दोलनले मधेसमै समस्यामा पारेको छ ।

'लामखुट्टे मार्न बन्दुक चलाएजस्तो भयो'
मधेसमा आन्दोलन उत्कर्षमा पुग्दा उनी त्यहाँका मुख्य ८ प्रभावित जिल्ला पुगेका थिए । ......

यहाँ (काठमाडौंमा) तातो कम्बल ओढेर कफीको चुस्की लिँदै कल्पना गरेजस्तो छैन मधेसको अवस्था । मधेस बुझ्न त्यहीँ पुग्नुपर्छ । जनतासँग कुराकानी गर्नुपर्छ । स्थिति जटिल पनि छ र बुझ्ने हो भने सरल पनि छ । यति भन्न सकिन्छ, मधेसलाई बुझ्न काठमाडौंका सत्तासीन दलहरू चुकेकै हुन् । मधेसको समस्यालाई गम्भीर रूपमा लिन ढिला भएकै हो । मुख्य तीन दल नेपाली कांग्रेस, एमाले र एमाओवादीहरूले मधेसका विषयमा गल्ती गरेकै हुन् ।

....... यसरी १ सय ५० दिनसम्म आन्दोलन लम्बिन्छ भन्ने कसैले कल्पना पनि गरेनौं । ...... जसले संविधानको विरोध गरिरहनुभएको छ, उहाँहरूले पनि यसभित्रका राम्रा पक्षको प्रशंसा गरिरहनुभएको छ ...... ८ वर्षको प्रश्रव पीडापछि संविधानसभाले स्वस्थ बच्चा जन्मायो भन्यौं, तर शिशुलाई जन्मपश्चात् दुई थोपा पोलियो ख्वाउनुपर्छ भन्ने हेक्का राखेनौं । त्यो पोलियो थोपा अरू केही नभएर समावेशी सहभागिता र जनसंख्याका आधारमा प्रतिनिधित्व थिए । ...... यत्रो सरकार, कार्यकर्ता केका लागि... उनीहरूलाई परिचालन गर्नु पर्दैनथ्यो .......

चौथो गल्ती प्रमुख तीन दलका निर्वाचित मधेसी सांसदहरूको कुरा नसुन्नु । उनीहरूले बारम्बार सीमांकन ठीक छैन, क्षेत्र नम्बर २ मा एउटा पनि नदी पर्दैन, त्यसले गर्दा उक्त क्षेत्र मरुभूमीकरण हुन्छ भनिरहँदा हामीले कुरा नसुन्नु । किनभने नदीबिना न त जलविद्युत् बन्न सक्छ, न सिँचाइ नै हुन्छ । अर्को कुरा, २ नम्बर क्षेत्रमा चुरे क्षेत्र परेको छैन । यो विषयमा तीन दलका सभासद्हरूले बारम्बार आवाज उठाउँदै आएका थिए, हामीले सुनेनौं ।

....... पाँचौ गल्तीचाहिँ आन्दोलनलाई नियन्त्रणमा लिने नाममा जथाभावी गोली प्रहार गर्नु । प्रतिष्ठित नेताहरूको अभिव्यक्ति छुच्चो हुनु । ......

हाम्रो अदूरदर्शिताका कारण सिंगो मधेस राजेन्द्र महतोजस्ता व्यक्तिको पोल्टामा पुग्यो । जबकि यो आन्दोलन कांग्रेस, एमाले तथा एमाओवादीलाई मत हाल्ने जनताले गरेका थिए ।

...... सुरुमा जनताले के खोजेका हुन् बुझ्नतिर नलागी हामीले वार्ता कोसँग गर्न थाल्यौं ? मधेसकेन्द्रित दलसँग । आन्दोलन आफ्ना मतदाताले आफ्नो दलविशेष भएको सरकारसँग गरिरहेका छन् । यो कुरा बुझेर सभासद्हरूलाई संविधान जारी गर्नेबित्तिकै जिल्ला पठाएको भए त्यस्तो अवस्था आउँदैनथ्यो । हामी दीपावली गर्न थाल्यौं, भोज खान थाल्यौं, बधाई आदान–प्रदान गर्न थाल्यौं । जनतासम्म पुग्न ढिलाइ गर्‍यौं । यसको फाइदा मधेसकेन्द्रित दलले लिए । यसमा आश्चर्यको कुरा छैन । उनीहरूले त खाली भएको स्पेसमा आफ्नो ठाउँ बनाएका हुन् । यो राजनीति गर्ने तरिका पनि हो । ...... यदि कुनै मित्रराष्ट्रले मधेसमा यति प्रदेश बनाऊँ, यसरी सीमांकन गर भन्छन् भने हामीले पनि गोर्खाल्यान्डमा यसो गर, कस्मिरमा उसो गर भन्न मिल्छ ? भनेर जवाफ फर्काउन सकिन्छ । .....

भूकम्पपछि थलिएको हाम्रो अर्थतन्त्र भारतको नाकाबन्दी र मधेस आन्दोलनका कारण उठ्नै नसक्ने गरी पछारिएको सत्य हो । दुई थोपा पोलियोको खोप नख्वाउँदा यस्तो समस्या आउने गरी आन्दोलन हुन्छ भन्ने दृष्टि राखिएन र आन्दोलन गर्नेहरूले पनि लामखुट्टे मार्न बन्दुक चलाएजस्तो भयो

...... मधेसका विगतका आन्दोलनमा जसरी पहाडे समुदायमाथि आक्रमण हुन्थ्यो, त्यो भएन । यसको अर्थ मधेसी जनतामा पहाडियाहरूप्रति आक्रोश छ भन्ने कुरा यसपटक गलत सावित भयो । मधेस सरकारसँग रिसाएको हो, पहाडे समुदायसँग होइन । अर्को कुरा, मधेसको माग पूरा गराउन पहाडे समुदाय पनि आन्दोलनमा देखियो । ...... समस्या समाधान गर्नुपर्छ । यसले राष्ट्रिय एकता अझ मजबुत बनाउँछ । ..... जुन स्तरको आन्दोलन भयो, जसरी यो विषयलाई लिएर भारतले नाकाबन्दी नै गर्‍यो त्यो नै हामी सबैलाई छक्क पार्ने खालको कुरा हो । स्थानीय स्तरमा भने केही पत्याउन नसकिने घटना भएको महसुस हुन्छ, मलाई । जस्तो

धनुषा जिल्लामा नेपाली कांग्रेसका १८ हजार क्रियाशील सदस्य छन् । ७ वटा निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले प्रत्यक्ष निर्वाचनमा पाँच सिट जितेको थियो । त्यो जिल्लाबाट समानुपातिक सभासद्मा ९ जना कांग्रेस नेता निर्वाचित छन् । यसरी हेर्दा १४ जना सभासद् धनुषा जिल्लाकै मात्र छन् । यस्तो जिल्लामा नेपाली कांग्रेसको पार्टी अफिस जलाइयो, झन्डा झलाइयो । सभासद्लाई आन्दोलन क्षेत्रभित्र प्रवेश गर्न दिइएन । पार्टी अफिस जलाइँदा त्यसलाई बचाउन कोही अघि आएनन् । रातारात के भयो ?

......... गिरिजाप्रसाद कोइराला जसले नेपालमा संघीयतालाई आधिकारिकता दिए उनकै सालिक ढालिएको थियो । पुष्पलाल, जसले जनताको पक्षमा आवाज उठाएका थिए, उनको सालिक पनि तोडफोड गरिएको थियो । सबैभन्दा आश्चर्य त तब भयो, जब बीपीको सालिकमाथि पनि आक्रमण भयो । जबकि बीपी यस्ता नेता थिए, जसले २०१५ सालमा रामनारायण मिश्रलाई क्याबिनेट मन्त्री बनाएका थिए । महेन्द्ररानायण निधिलाई मधेसको जिम्मा दिएका थिए । दुर्गानन्द झा बीपीको पथमा हिँडेर फाँसी चढेका थिए । ....... अहिले पनि सिन्धुलीको मानिस काठमाडौं आउनुपर्‍यो भने मधेस हुँदै आउनुपर्छ । यसको अर्थ पहाडमाथि पनि अन्याय भएको छ, मधेसमाथि पनि अन्याय भएको छ । बरु मधेसमा महेन्द्र राजमार्ग बनेको ५० वर्ष पुग्यो । पहाडमा त अझैसम्म पनि पहाडी लोकमार्ग बन्न सकेको छैन ।हामीले २० वर्षअघि अरुण तेस्रो आयोजना मात्र बनाएको भए पनि भारतले नाकाबन्दी गर्ने हिम्मत गर्न सक्दैनथ्यो । भारतले पेट्रोल बन्द गर्दा हामीले पनि भारत जाने बिजुलीको स्विच अफ गर्ने थियौं र त्यहाँको विदेश मन्त्रालयले भारतमा उद्योग कलाकारखाना बन्द हुनुमा नेपालले गरेको बिजुली कटौती मुख्य: कारण हो भन्दै त्यसको भत्र्सना गरेको समाचार पढ्न पाउने थियौं । ...... उदारीकरणको नीतिपछि देशमा विकासको उछाल आएको हो । .... आज हरेक नेपालीको हातमा मोबाइल छ । मानिसलाई लाग्न सक्छ, यो समयले ल्याएको परिवर्तन हो । त्यसो भए उत्तर कोरियाका जनताको हातमा किन मोबाइल छैन ? ....... वैदेशिक रोजागारीमा जाने युवाहरूले वर्षमा ६ सय अर्ब रुपैयाँ नेपाल पठाउँछन् । त्यसको १० प्रतिशत रकम ६० अर्ब हुन्छ । यो ६० अर्ब रुपैयाँ सरकारले लगानी गरिदिएर देशका सबैजसो जलविद्युत् योजनामा हात हालेको भए अहिलेसम्म हामी धेरै माथि पुगिसक्थ्यौं । खाडी पुगेको युवा पनि १० वर्षपछि नेपाल फर्कंदा जलविद्युत्को नाफा खाने स्थितिमा हुन्थ्यो र विदेश जानुपर्ने बाध्यताको अन्त्य हुने थियो । गएको वर्ष हामीले भारतबाट २५ अर्बको मासु आयात गर्‍यौं । कृषिप्रधान देशमा २५ अर्बको मासु आयात हुनु कति अनौठो कुरा हो ?


अपडेट: संविधान संशोधनमा सहमति
नयाँ संविधानको धारा ४२, ८४ र २८६ लाई संशोधन गर्न सरकारले अघि बढाएको मूल विधेयकमाथि कांग्रेस, एमाओवादीसहितका सांसदले २४ संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

No comments: