Sunday, January 24, 2016

नेपालको केंद्रीय संसदमा नेपाली र हिन्दी दुबै बराबरीको आधारमा चल्ने भनेको

भाषा बारेमा हाम्रा शत्रु हरु बीच केही कन्फ्यूजन देखियो। प्रदेस मा मैथिलि चल्न सक्ने संभावना लाई उनी हरु प्रगतिशील भन्दैछन्। अर्थात, हाम्रो पार्टी ले आधिकारिक रुपले त मान्दैन, तर मेरो निजी विचारमा मधेस प्रदेस मा मैथिलि चल्न दिए के पो फरक पर्छ र जस्तो कुरा हरु सुन्ने गरिएको छ।

राजाले पनि बहुदल मानेको थिएन।

नेपालको केंद्रीय संसदमा नेपालीहिन्दी दुबै बराबरीको आधारमा चल्ने भनेको हो। त्यो प्राप्त नभएसम्म मधेसीले नेपालमा समानता पाउँदैन। र मधेसीले समानता नपाएसम्म यो देश ठप्प रहने हुन्छ।

बिहारमा घर घरमा बोलिने भाषा हिंदी होइन, मधेसमा जस्तै मैथिलि भोजपुरी नै हो। तर बिहारमा सरकारी कामकाजको भाषा हिंदी किन छ? त्यो मधेसीले बुझ्छ। मधेसी दुनिया हाँक्ने जात समुदाय हो। हिन्दी मधेसी को पहिचान को केंद्रविंदु मा रहेको छ। हिंदी भाषा बेगर मधेसी मधेसी नै होइन। हिंदी भाषा बेगर मधेसी भनेको पानी बिनाको माछा। हिंदी भाषा बेगर मधेसी भनेको गुजरात बिनाको, भारत बिनाको मोदी।

हिंदी मधेसी को पहिचान पनि हो, र मधेसीको महत्वाकांक्षा पनि हो। मधेसीको महत्वाकांक्षा दक्षिण एशिया स्तरको होइन, विश्व स्तरको हो। दुनियाको आधा त दक्षिण एशिया नै हो।

हिमाली भेगका केही जनजाति बाहेक सबै नेपाली भारतीय नै त हो, सांस्कृतिक हिसाबले। हिंदी भाषाको घृणा गर्ने पहाड़े हरु आत्म घृणा मा लिप्त मानिस हुन। अँग्रेज को चाकडी गर्ने बानी लागेको, त्यो बानी छुटेको छैन।

Hatred for Hindi in Nepal is self-hatred.

समस्त दक्षिण एशिया लाई विश्व मंच मा सम्मान चाहिएको हो भने हिंदी भाषा प्रेम शुरू गरे हुन्छ सबैले। हिंदी विश्व भाषा हो। संसारमा जति देशमा अंग्रेजी बोलिन्छ त्यति देशमा हिंदी। त्यो कुरा कुनै पनि तेस्रो भाषाको हकमा लागु हुँदैन।

गूगल ले सम्पुर्ण इंटरनेट लाई हिंदी मा अनुवाद गर्ने भनेको छ। त्यस पछि हिंदी जान्ने को दिमागमा ज्ञानको विस्फोट हुन्छ।












No comments: