Friday, January 22, 2016

Nepal News (38)



संशोधन विधेयकमाथिको दफावार छलफल सकियो
भोलिबाट विधेयक पारितकाे प्रक्रिया सुरु हुने
मन्त्रीको जवाफपछि भोलिको बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने प्रक्रिया बढ्ने छ । दलहरुबीच संशोधन परेका मध्ये कुनैमा सहमति भए त्यो बढ्ने नभए सरकरले पेस गरेको विधेयक जस्ताको त्यस्तै पारित हुने सम्भावना छ ।


शनिबार संविधान संशोधन भएपछि नाकाबन्दी हट्छ : दाहाल
‘संविधान संशोधनपछि मधेस आन्दोलन रोकिन्छ र भारतीय नाकाबन्दी पनि हट्छ,’ पार्टीको आन्तरिक प्रशिक्षणमा आएका दाहालले शुक्रबार क्रान्तिकारी पत्रकार संघको भेटमा भने, ‘शनिबार संविधान संशोधन प्रस्ताव पारित हुनसक्छ ।’ उनले भारतले लगाएको नाकाबन्दी सम्मानजनक ढंगले खुलाउने कूटनीतिक पहल भइरहेको बताए । ..... दाहालले मधेसको माग सम्बोधन हुने गरी छिट्टै संविधान संशोधन हुने बताएका छन् । उनले समानुपातिक समावेशी र जनसंख्या आधारमा निर्वाचन क्षेत्र बनाउने बिषयमा संविधान संशोधन हुने उनले बताए । ..... दाहालले बाबुराम भट्टराइको नयाँ शक्ति ‘बुर्जुवा’ भएको बताए । ‘नाममात्रै नयाँ लेबल लगाइएको हो । तर शक्ति पुरानै हो,’ उनले भने, ‘शब्द नयाँ भएर भएन । बैचारिक र राजनीतिक हिसावले सबैभन्दा पुरानो बुर्जुवा बिचार हो ।’
कांग्रेस र एमालेलाई सँगै मिलाएर लानुपर्छः अध्यक्ष दाहाल
मधेसमा हाम्रा कार्यक्रम अझै हुन्छन् : युवा संघ
‘लोकतन्त्रमा शान्तिपूर्ण सभा सम्मेलन गर्न पाइन्छ कि पाइदैन ?’ अध्यक्ष पहारीले भने


कांग्रेस–एमाले निष्कर्ष, ‘मधेस आन्दोलन एकैपटक अन्त्य हुँदैन’
मोर्चालाई कोर्स करेक्सनका लागि अपिल गर्ने
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संविधान संशोधन गर्दै मधेस आन्दोलन मत्थर पार्ने निधोमा पुगेका छन् । ‘मधेसका कतिपय जायज माग अहिलेकै संविधान संशोधनमा समेट्ने कुरा भएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘आन्दोलन मत्थर पार्दै बाँकी माग पनि सम्बोधन पछि गरिन्छ ।’ ..... एमाले प्रमुख सचेतक भानुभक्त ढकालले मधेस मुद्धामा दु्वै दलको साझा धारणा रहेको बताउँदै समस्या समाधानमा एक भएर जाने निर्णय गरेको बताए । ...... बैठकमा सहभागी नेताका अनुसार मधेसमा दुई प्रदेशको माग कुनै हालतमा पूरा गर्न नसकिने निष्कर्ष दुवै पार्टीले निकालेका छन् । ‘दुई प्रदेशसहितका केही मागमा मोर्चाको नियत लुकेको देखिन्छ,’ ती नेताले भने, ‘दुवै पार्टीका शीर्ष नेताहरुले त्यसलाई अस्वीकार गर्नुभएको छ ।’ ...... बैठकले मधेसी मोर्चा वार्तामा रिजिड भएर प्रस्तुत भएको निष्कर्ष निकाल्दै कोर्स करेक्सनका लागि अपिल गर्ने निर्णय गरेको छ ।
सरकारी बेवास्ताले वार्ता असफल: यादव
वार्तालाई निष्कर्षमा पुर्‍याउन मोर्चा तत्पर रहे पनि तीन दलका नेताको अहंकार वार्ताको बाधक बनेको यादवले बताए । ..... तीन दल वार्ता गर्ने पक्षमै नरहेको भन्दै अध्यक्ष यादवले वार्ताका नाममा सरकारले समय कटाउने षड्यन्त्र मात्रै गरेको टिप्पणी गरे । पार्टीको दोस्रो केन्द्रीय समिति बैठकको उद्घाटन गर्दै यादवले पाच महिनादेखि मधेसमा आन्दोलन जारी रहेको र सरकार-मोर्चाबीचको वार्ता सफल नभइरहेको टिप्पणी गरे । बैठकमा फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष लालबाबु राउतसगै पूर्वउपराष्ट्रपति परमानन्द झासमेत उपस्थित भएका थिए । झा फोरमको कोटाबाट उपराष्ट्रपति बनेका थिए ।
संसदमा लक्ष्मणलालको प्रश्न : जब-जब निर्णायक वार्ता हुनलाग्छ सरकारले किन गोली चलाउँछ
गौर र टीकापुर घटना दोहोर्‍याउने हल्ला कसले चलायो : सुनुवार
'यसरी नै गोली चलाउने हो भने हामी वार्तामा बस्दैनाैं'
‘जब जब निर्णायक वार्ता हुनलाग्छ, सरकारले किन ताकी ताकी गोली चलाउँछ । सप्तरीमा त्यस्तै भयो, वीरगञ्जमा त्यस्तै भयो हिजो रंगेलीमा पनि त्यस्तै भयो । सरकारको उद्देश्य के हो ?’ उनले भने । उनले रंगेलीमा प्रहरीले ताकी ताकी गोली हानेको पनि बताए । ‘शान्तिपूर्ण कार्यक्रममा सरकारले यसरी दम गर्ने हो भने हामी वार्तामा बस्दैनौं, वार्ता गर्नुको कुनै औचीत्य रहदैन,’ उनले भने ।
जनकपुरमा लाठी जुलुस, जानकी मन्दिर क्षेत्रमा तनाव
गत सातादेखि शान्त जनकपुर बाजर शुक्रबार बिहानैदेखि पुन: अशान्त बनेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा संघीय समावेशी मधेशी गठबन्धन सम्बद्ध नेता कार्यकताहरुले चोक चोकमा टायर बाली बिहानैदेखि प्रदर्शन गरेका छन् । ..... दुई दिनअघिदेखि सुरु भएको बस सेवा पनि बन्द गराइयो । नगर क्षेत्रका सम्पूर्ण पसल तथा व्यापारिक प्रतिष्ठान बन्द रहे । स्कूल कलेजसमेत संचालन भएनन् ।......बिहीबार रंगेलीमा प्रहरीको गोली प्रहारबाट तीन आन्दोलनकारीको मृत्यु भएयता मधेसी मोर्चा, गठबन्धन तथा युवा संघ संस्थाहरुले आन्दोलन चर्काएका हुन् । आन्दोलनकारीले अपरान्ह जानकी प्रहरी चौकीलाई लक्षित गरी ढुंगामुढा गरेपछि जानकी मन्दिर एरिया अपरान्ह तनावग्रस्त बनेको थियो ।
रंगेली घटनापछि सिरहामा पनि आन्दोलन चर्क्यो
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जिल्लामा आन्दोलन सशक्त बनाएको छ । हिजो भएको रंगेलीको घटनालाई लिएर मोर्चाका नेता तथा कार्यकर्त्ताले जिल्ला सदरमुकाम सिरहा, मिचैर्या, गोलबजार, लहान लगायतका बजार पसल पूर्ण रुपमा बन्द गराएका छन् । ..... आन्दोलनकारीहरुले बन्द गराउने क्रममा जिल्ला सदरमुकाम सिरहास्थित मालपोत कार्यालयमा तोडफोड गर्दै कार्यलय प्रमुख ज्ञानराज लम्सालमाथि समेत आक्रमण गरे । प्रमुख लम्सालले आपmनो कार्यालयमा बसिरहेको अबस्थामा तराइ मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुरेश मण्डललगायतका मोर्चाका नेता तथा कार्यकर्त्ताले कार्यालय किन खोलेको भन्दै आक्रमण गरेको प्रत्यक्षदर्शी सोही कार्यालयका अधिकृत अम्रेन्द्र कुसियैतले बताए । ..... यस्तै, जिल्ला विकास समिति सिरहाको समिक्षालयमा आयोजित एमाले जिल्ला कार्य समिति सिरहाको बैठक समेत मोर्चाका नेता तथा कार्यकर्त्ताले अबरुद्ध पारेको एमालेसम्बद्ध नेताले बताए । ..... यसैबीच,

लहान नगरपालिका २१ का सत्यनारायण यादवलाई सशस्त्र प्रहरीले बिहिवार राती लहान १ स्थित एक चिया पसल अगाडी निर्घात कुटपिट गरेको छ ।

सशस्त्र प्रहरीको कुटपिटबाट उनको बाया खुट्टा मर्केको छ भने शरीरको बिभिन्न भाग चोट लागेको छ । ......उनले कानूनी राज्यमा बिना कुनै कसुरमा नै आफूमाथि कुटपिट भएकोले अदालतमा गएर कानूनी उपचार खोज्ने बताए । उनले शुक्रवार जिल्ला अदालत सिरहाबाट आदेश गराएर घाउजाच गराएको छ । उनले सशस्त्र प्रहरी बेस क्याम्प लहानका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाश माझी नेतृत्वको टोलीले आफूलाई कुटपिट गरेको बताए । .....

एमालेका भातृ संगठन युवा संघका पूर्व केन्दि्रय उपाध्यक्ष र हाल एमालेको सगरमाथा अञ्चल कमिटि सदस्य समेत रहेका यादवले माघ ५ गते लहानमा पत्रकार सम्मेलन गरि पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

मोर्चा बैठकमा शीर्ष नेतृत्वबीच नै चर्काचर्की
संसद्मा आएका २४ वटा संशोधन दलको नभएर व्यक्तिको भएकाले त्यस्ता संशोधनप्रति सरकार जिम्मेवार हुनद सक्दैन भन्दै ओलीले आक्रोस व्यक्त गरेका थिए ।......ओलीको प्रश्नबाट आक्रोसित प्रमुख विपक्षी दल नेपाली कांग्रेस सभापति सुशील कोइरालाले प्रस्ताव मन्त्रिपरिषद्को निर्णयबाट ल्याएको जवाफ दिएका थिए ।
तमलोपाको प्रश्न – मोर्चाले हतियार प्रयोग गरेको हो भने उत्तापट्टी किन कोही घाइते भएन ?
ह्रदयश त्रिपाठीले भने, ‘यदि आन्दोलनकारीले घरेलु हतियारसहित आक्रमण गरेको हो भने सरकारी पक्ष तथा युवा संघका कार्यकर्ता पनि घाइते पनि भएको होला नि तर हालसम्म त उताका कोही पनि घाइते भएको कुरा त बाहिर आएको छैन नि, त्यसैले सरकारले सुनियोजित ढंगबाट घटना गराएर मधेशीमाथि उल्टै आरोप लगाएको छ ।’
रंगेली घटनालाई लिएर वीरगन्जमा आन्दोलन चर्कियो (फोटोसहित)
मोरङको रंगेलीमा बिहीबार भएको घटनाको विरोधमा मधेसी दलले आजदेखि वीरगन्जमा आन्दोलनलाई फेरि चर्काएका छन् । मधेसी दलका नेता कार्यकर्ताहरु वीरगन्जको चोक–चोकमा आज बिहानदेखि प्रदर्शनमा उत्रिएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी मधेसी गठबन्धन, संघीय मधेसी मोर्चा र संघीय समावेशी मधेसी युवा गठबन्धनका नेता कार्यकर्ताहरुले वीरगन्जको विभिन्न चोकमा टायर बालेर सरकार र मुख्य तीन दलविरुद्ध नाराबाजी गरिरहेका छन् । ...... आन्दोलनकारी दलका नेता कार्यकर्ताहरुको प्रदर्शनका कारण वीरगन्ज बजार आज बिहानैदेखि बन्द भएको छ । यस्तै प्रदर्शनकारीहरुले वीरगन्जमा आज सार्वजनिक यातायातका सवारी साधनहरु र स्कुल बससमेत चल्न दिएका छैनन् । ..... आन्दोलनकारीहरुको तोडफोड र आगजनीबाट दूरसञ्चार कार्यालयमा ५० लाखको क्षति भएको कार्यालयका निमित्त प्रमुख गिरिराज सुबेदीले बताए । क्याबिनेटमा आगजनी गरिएका कारण सात सय टेलिफोन लाइनको सेवा पनि अवरुद्ध भएको सुबेदीले जानकारी दिए । .... यस्तै बाराको कलैयामा पनि मधेसी दलका कार्यकर्ताहरुले आज बिहानैदेखि प्रदर्शन गरेका छन् । उनीहरुले कलैयामा बजार बन्द गराउनुका साथै सार्वजनिक यातायातका सवारी सधान पनि चल्न दिएका छैनन् । आन्दोलनकारीहरुले कलैयामा आज बिहान दुई वटा मोटरसाइकलमा आगजनी पनि गरेका छन् । ..... मधेसी दलका कार्यकर्ताहरुले बाराको मटिअर्वा, बबुआइन, बरियापरपुर, पिपराडी, जितपुर, परवानीपुर लगायतका स्थनामा पनि बिहानै देखि टायर बालेर प्रदर्शन गरेका छन् । सीमाङ्कन र संविधान प्रति असन्तुष्ट मधेसवादी दलले आन्दोलन थालेको आज एक सय ६१ दिन पुगेको छ । यस्तै वीरगन्ज रक्सौल नाकामा मधेसी दलको नाकाबन्दी आज एक सय २१ औं दिन पनि जारी रहेको छ । ..... मधेसी दलका नेता कार्यकर्ता नाकाबन्दी गर्न धर्नामा बसेका कारण चार महिना देखि रक्सौलबाट कुनै पनि मालवाहक सवारी साधन वीरगन्ज छिर्न सकेको छैन ।


दर्जनौं असफल वार्तापछि अब के ?
दुई दर्जनभन्दा बढी शीर्ष वार्ता, आधा दर्जनभन्दा बढी कार्यदल र वार्ता टोलीस्तरीय बैठक हुँदासम्म मधेस आन्दोलन टुंगोमा पुग्न सकेन । बिहीबार मोरङमा मारिएका तीन समेतलाई जोड्ने हो भने साउन ३१ यता जारी आन्दोलन क्रममा नागरिक र सुरक्षाकर्मी गरी ५९ को ज्यान गइसक्यो । घाइते, अंगभंगको अझै यकिन हुन सकेको छैन ।

संविधान जारी भएलगत्तै मधेसी मोर्चाको आह्वान र भारतीय नाकाबन्दीले सिंगो देश नै उठ्नै नसक्ने गरी थला परेको छ ।

..... सीमांकन थाती राखेर उधारो सहमति गर्न आफूहरु तयार हुँदा समेत तीन दल सहमति गर्न तयार नभएको मोर्चा नेताहरुको आक्रोस छ । तर, तीन दल भने मोर्चाले मधेसमा दुई प्रदेश असम्भव माग दोहोर्याइरहेको तर्क गर्छन ।

No comments: