Wednesday, January 27, 2016

Nepal News (54)

म किन नयाँ शक्तिको शुभेच्छुक?
अर्थ सचिवको हैसियतले काम गर्ने स्थिति नभएपछि मैले राजीनामा गरेको थिएँ। मेरो र मन्त्रीज्यूबीच अविश्वास बढेको थियो। उहाँले बाहिरी मानिसको सल्लाहका आधारमा काम गर्न सुरू गर्नुभएको थियो। यदि पाइलटले सह-पाइलटलाई विश्वास नगर्ने हो भने कसरी जहाजले सुरक्षित यात्रा गर्न सक्ला? ...... कि त उहाँले छाड्नु पर्थ्यो कि त मैले। उहाँ त मन्त्री, राजीनामा दिने कुरा आएन। त्यही भएर मैले नै राजीनामा दिएको थिएँ। त्यो कुनै राजनीतिक मुद्दा थिएन। ..... व्यवस्थापिका भनेको नीति निर्माण गर्ने स्थान हो। त्यहाँ कसरी नीति-निर्माण हुन्छ भन्ने तपाईँले हेर्नुभयो भने तपाईँ नेपाल भन्ने मुलुक कसरी चल्छ भन्ने कुरामा अझ प्रष्ट हुनहुन्छ। ....... म अर्थ मन्त्रालयमा हुँदा हामीले लगेका सम्पति शुद्धिकरण, माफिया, बिमा लगायतका ३२-३३ वटा विधेयक अड्किएर संसदमा थिए। व्यवस्थापिकाको काम-कारबाही र बहस नजिकबाट हेर्दै थिएँ। म केवल आजित थिएँ। त्यसबेलादेखि महसुस हुन थालेको हो-कम्तिमा व्यवस्थापिकासम्म पुग्ने हो भने नीति निर्माणमा राम्रै योगदान दिन सकिने थियो। कार्यान्वयनभन्दा अघि सही नीति बन्नुपर्‍यो! ...... सुशील कोइरालाले क्षमता अनुसारको भूमिका दिने कुरा पनि गर्नुभएको थियो। भदौ १० गते म दोस्रो चोटी पाल्पा गएँ। तर पहिला जस्तो स्वागत भएन। कांग्रेसका केही नेताले भेट्न पनि चाहेनन्। ...... पार्टीले १२० सिट जति जित्ने अनुमान छ, तपाईँको नाम ५३ नम्बरमा राखिएकोले तपाईँ लिष्टमा परिहाल्नुहुन्छ भनियो। तर चुनावपछि ५३ नम्बरमा परेपनि म समानुपातिक सदस्यमा परिनँ। ...... त्यसपछि लाग्यो, पार्टीमा रहेर राजनीतिक, आर्थिक, सामाजिक रिसर्च गरौँ। यस प्रकार पनि पार्टीलाई योगदान गर्न सकिन्थ्यो।

पार्टी कार्यालय सानेपा बारम्बार गएँ। त्यहाँ आँगनमा परेवा भेटिए तर नेता भेटिएनन्।

मैले दीपकुमारजीलाई फोन गरेँ। उहाँले भन्नुभयो,‘हेर्नुहोस् नेपाली कांग्रेस यस्तै हो।’ सायद कांग्रेस त्यस्तै रहेछ। ........ नेपालका कुनै पनि दलको संरचना, कार्यशैली र मान्यता भनेको सरकारमा गएर सेवा-प्रवाह गर्ने किसिमको भएन। ......

आफूले उठाएका माग सरकारमा गइसकेपछि पनि पुरा गर्न सक्दैनन्, दलहरू।

...... एमालेमा खरदार-सुब्बाले मन्त्री हुने मानिसलाई थर्काउँछन्, ‘हामी भएर तपाईँ राजनीतिमा टिक्दै हुनुहुन्छ। लौ त हाम्रो विरुद्धमा जानुहोस त!’ ...... नेताले जे बोल्छन् त्यसको कुनै अभिलेख हुँदैन। कुन कुरा बोल्नु हुन्छ, कुन कुरा हुँदैन र पार्टीको नीति अनुसार के बोल्ने हो थाहा हुँदैन। कुनै नीतिमा एकरुपता छैन। उही पार्टीको अर्को व्यक्ति मन्त्री भयो भने जथाभावी नियम परिवर्तन गर्छ, फेरि उही पार्टीको अर्को व्यक्तिले अर्को इन्ट्रेस्टअनुसार सबैकुरा परिवर्तन गर्छ। नीति बनाउँदा गर्नुपर्ने खोज-अनुसन्धान छैन। हाम्रो विकल्प यस्ता थिए र यी मध्ये सबैभन्दा राम्रो यो विकल्प हो भनेर आफ्नो नीतिलाई न्यायोचित ठहर्‍याउने र जनतालाई भन्ने परिपाटी कुनै पनि दलमा छैन्। ....... ‘२०४६ सालअघि संस्थानहरू राम्रोसँग चलेका थिए। ०४८ सालमा गिरिजाप्रसाद कोइरालाको सरकार बनेपछि संस्थानहरू डुब्दै गए। षडयन्त्रपूर्वक संस्थान डुबाएर निजीकरण गरियो भन्ने एउटा तप्काको ब्याख्या छ। तर त्यो यथार्थ होइन। सत्य के हो भने विभिन्न संस्थानमा राजनीतिक नियुक्ति भयो र उनीहरू आफूले चाहे अनुसारले निडर काम गर्न स्वतन्त्र भए। तर नियुक्ति पाएका व्यक्तिसँग सिप हुनुपर्छ भन्ने कुरामा ध्यान दिइएन। .......

त्यो बेला मह चाट्ने त काम हुन्थ्यो तर संस्थान नै डुबाउने गरि भ्रष्टाचार गर्ने साहस धेरैले जुटाउन सक्दैन थिए।

....... तपाईँले राजनीतिक आन्दोलनमा योगदान गरेका आधारमा वा आन्दोलनले दिएको चोटको क्षतिपूर्ति स्वरूप तपाइँले नियुक्ति पाउनु भयो। नियुक्ति हुन पाउनुहुन्न भन्ने मेरो भनाइ होइन, तर कुनै अनुभव वा विज्ञता वा प्रशीक्षण विना नियुक्ति हुनुभयो। त्यसले समस्या भयो। ......

कांग्रेसमा त्यस्तो कुनै प्रशीक्षणको परम्परा छैन। एमालेमा छ तर त्यो मार्क्सवाद पढाउनका निम्ति छ। विधायकको भूमिका, व्यवस्थापकको भूमिका, राजनीति अर्थशास्त्र आदि जस्ता आधारभूत कुराको नेतृत्वसँग ज्ञान भएन।

...... बाबुराम भट्टराई, रविन्द्र मिश्र र विवेकशिल नेपालीका साथीहरूसँग पनि सम्पर्कमा थिएँ। कुनै नयाँ शक्तिलाई सघाउँछु भन्ने निष्कर्षमा पुगेको थिएँ। विगत सात वर्षमा बाबुरामजीसँग संगत भयो। उहाँका कयौं भाषणहरुको ड्राफ्ट मैले पनि गरेको छु। ........ १८ औँ शताब्दीको अर्थतन्त्रको विश्लेषण गरेर बनेको कुनै वाद वा साम्यवाद आजको विश्व आर्थिक अवस्थासँग मेल खाँदैन भन्ने मेरो विचार हो। ...... जुन तरिकाले पार्टी चल्न अर्थ संकलन गर्छन्, त्यस प्रकारले सेवा-प्रदायक सरकार बन्न सक्दैन् भन्ने अर्को निचोड हो। जोसँग चन्दा मागिन्छ उसको काम गर्ने र उसैको निगाहमा बसेर कस्तो सरकार बनाउँछौं हामी? जसले धेरै चन्दा दियो उही बढि पुरस्कृत हुने भयो। ........

म गाउँ-गाउँ घुम्दा पाएको कुरा हो मानिसमा राजनीतिक दलप्रति वितृष्णा छ। तर विकल्प छैन।

...... नयाँपन भएको शक्ति चाहिन्छ भन्ने महसुस छ, विशेषत युवा वर्गमा। .........

विदेशमा पढेर आएको वर्ग छ। यहाँ नैराश्यता मात्र देख्छ। दोस्रो नेपालमा नै पढेको छ तर रोजगारी नपाएर विदेसिएको छ। तेस्रो राम्रोसँग शिक्षा-दीक्षा तथा रोजगारीको अवसर नपाएको वर्ग छ। त्यसबाहेकको व्यवसायीको ठूलो हिस्सा छ जो प्रमुख दलमा सन्तुष्ट छैन। यिनै वर्गले नयाँ शक्ति चाहन्छन्, तर पुरानो दलको संस्कृति भएको नयाँ दललाई स्वीकार्दैन्। आर्थिक पारदर्शिता चाहन्छन्। जनस्तरबाट निर्वाचित हुँदै नयाँ अनुहारको राजनीतिमा प्रवेशलाई स्वीकार्छन्।

......... जेएनयु र जीवन भर अध्ययन गरेको शास्त्रलाई त्याग गरेर उहाँले ल्याएको घोषणापत्रमा मार्क्सवाद शब्दको उच्चारण समेत भएको छैन। उद्धमशिल पूँजिवादमा आधारित समाजवाद-उन्मुख मात्र भनिएको छ। यसको अर्थ हो व्यक्तिको उद्धमशीलतालाई प्रोत्साहन दिन सकियो भने पूँजि श्रृजना हुनसक्छ भन्ने हो। यो त ड्रामाटिक डिपार्चर भयो।
राज्यलाई नागरिकको चेतावनी: अब अति भो, सहिन्न
पहिलोपल्ट अपूर्व रूपमा एकबद्ध भएको नागरिक समाजले देशको राजनीतिक वर्गलाई प्रष्ट भाषामा चुनौती दिएको छः या त अत्याचार रोक, नत्र अब प्रतिरोध हुन्छ। ...... एउटा नाफामूलक निजी संस्थालाई संवैधानिक हैसियत दिनु आफैंमा अकल्पनीय काम हो । संविधानकै गतिशील हिस्साका रुपमा रहने ऐनमा खास राजनीतिज्ञको एउटा संस्थाको नाम राखेर त्यो संस्था मातहत देशकै एक पूर्वप्रधानमन्त्रीको नाम दुरुपयोग गरेर नाफामूलक धन्दा सञ्चालन गर्ने प्रयास अहिले भइरहेको छ। त्यसमाथि पनि संसद्को जुन समितिले उक्त विधेयकसम्बन्धी निर्णय लिने हो, त्यसमा उक्त निजी संस्थाका लगानीकर्ताहरुको बाहुल्य छ। ....... व्यक्तिगत स्वार्थका लागि देशको संविधानलाई नै विरूप पार्नू, त्यो प्रयोजनका लागि देशकै पूर्वप्रधानमन्त्रीको नाम दुरुपयोग गर्नु अनि स्वार्थको द्वन्द्व (Conflict of interest) को पराकाष्ठा देखिने गरी लगानीकर्ता र नीति निर्माता उही व्यक्ति समूह हुनू, वयस्क लोकतन्त्र भएका देशमा यी तीन गम्भीर राजनीतिक अपराधमध्ये एउटा पनि क्ष्यम्य हुँदैन। ..........

अहिले सत्तासीन लगायत सबैजसो स्थापित राजनीतिक दलहरुको सामुहिक अकर्मण्यता र बेइमानीले नागरिकहरु आजित छन् । देशको अर्थतन्त्रले घुँडा टेकिसकेको छ। विश्व अर्थतन्त्रमा पछिल्लो समय देखा परेको मन्दीको सम्भावनाले देशको आर्थिक भविष्यमा अझ कालो बादल मडारिइरहेको संकेत गर्छ।

...... बेरोजगारी चरम् अवस्थामा छ । भूकम्पपीडितहरु विपत्तिको एक वर्ष पुग्न लाग्दा पनि टहरामुनि यातनादायी जीवन बाँचिरहेका छन् । महिनौं पुरानो राजनीतिक संकटको अन्त्य अझै दृष्टिमा छैन। ...... नागरिक समाजले अहिले त यसै भद्रगोल रहेको स्वास्थ्य र चिकित्सा शिक्षाको क्षेत्रमा थप बेथिति ननिम्तियोस् भनेर राज्यलाई सचेत गराएको हो। तर अबका दिनमा यो र यस्तै अभियान त्यो मुद्दामा मात्र सीमित हुने छैनन्। यत्रो अभियानका बाबजुद पनि सरकार उक्त विधेयक पारित गर्नमा अडिग भयो भने त्यसले निर्विवाद देशव्यापी प्रतिरोधको स्थिति सिर्जना गर्नेछ।
प्रचण्ड र तमलोपा नेता त्रिपाठीबीच कुराकानी
महन्त ठाकुर स्वदेश फर्किएपछि राजनीतिक समिति बनाएर सिमांकनका बिषयमा टुंगोमा पुर्‌याउने विषषयमा दुई नेताबीच छलफल भएको बताइएको छ। अध्यक्ष प्रचण्डले मोर्चालाई चाँडोभन्दा चाँडो आन्दोलन टुंग्याएर नाका सहज बनाउन आग्रह गरेका थिए।
आन्दोलन चर्काउन ‘बृहत् मोर्चा’ को तयारी
संघीयतावादी, पहिचानवादी र आन्दोलनरत् सबै राजनीतिक दललाई एकबद्ध गरेर अहिले भइरहेको आन्दोलनलाई ब्यापक बनाउने मोर्चाको रणनीति छ। ...... तराईकेन्द्रित आन्दोलनलाई विस्तार गर्दै पहाड र राजधानीसम्म पुर्‍याउन बृहत् मोर्चा गठनको प्रयास भइरहेको बताए। ..... सद्भावना अध्यक्ष महतोले महागठबन्ध बनाउने भनिरहेका बेला यादवले बृहत् मोर्चाको कुरा उठाएका हुन्। महतोले महागठबन्धन बनाएर आन्दोलनलाई थप बलियो पार्नुपर्ने बताएका थिए। मोर्चामा अहिले ९ वटामात्र दल छन्। यादवले कुन कुन पार्टी आउँछन् भन्ने केही नखुलाइकन विचार र भावना मिल्ने शक्तिहरू मोर्चामा आउने बताए। ......

यादवले अब सरकारसँग वार्ताको कुनै सम्भावना नरहेको पनि बताए।

‘यो सरकार रहेसम्म देश र जनताको हित हुँदैन, यो सरकारले जनताको माग सम्बोधन गर्न सक्दैन,' उनले भने, ‘एककिसिमले धमिरा लागेर ढल्न लागेको छ, जति चाँडो ढल्यो त्यति नै राम्रो हुन्छ।' ..... ‘यो नहुञ्जेलसम्म आन्दोलन चलिरहन्छ, पञ्चायत फाल्न पनि ३० वर्ष लागेको थियो,' यादवले भने। ...... उनले

युवा संघका कार्यकर्ताले खुकुरी, तरबार बोक्दा स्कर्टिङ गर्ने प्रहरीले जनताले लाठी बोक्दा गोली चलाएको

आरोप लगाए। ‘जब वार्ता सकारात्मक हुन्छ, तब जनता मार्ने काम हुन्छ,' उनले भने, ‘यसको मतलब सरकार गम्भीर छैन, उसले मुलुकलाई निकास दिन चाहेको छैन भन्ने पुष्टि गरेको छ।' ...... माफिया र तस्करले यसैगरी कब्जामा लिए मुलुक असफल राष्ट्र बन्ने चेतावनी दिए। ..... ‘संस्थागत भ्रष्टाचार सुरु भएको छ, अहिले सरकारले तस्करलाई गार्ड दिएको छ,' यादवले भने, ‘कुनै पनि समस्या समाधान गर्न यो सरकारले सक्दैन, त्यसैले यो हटिहाल्नुपर्छ।'

वीरगञ्जबाहेक सबै नाका खुला हुँदा आएका सरसामान कहाँ गइरहेको छ

भन्दै उनले प्रश्न गरेका छन्। ...... ‘वीरगञ्ज नाकामा हाम्रो अबरोध छ, अन्त कतै छैन, नाकाबन्दी छैन, सबै सामान धेरै नै आइरहेको छ, तर जनताले त्यो सामान पाउँदैनन् भने त्यो कहाँ जान्छ,' उनले भने, ‘सबै तस्करी हुन्छ, विहान तेल आउँछ बेलुका गायब हुन्छ, त्यै चिज बजारमा महंगो दरमा आइपुग्छ।' यादवले

कालोबजारी र तस्करीबाट हुने आम्दानी सिधै बालुवाटारसम्म पुग्ने गरेको

आरोप लगाए। ....... यादवले भूकम्पपीडित कोषमा जम्मा भएको १० अर्ब रुपैयाँ क्रमशः भ्रष्टाचार हुँदै गएको आरोप लगाए। ‘पालमुनी भूकम्पपीडित मरिरहेका छन्, खोई त्यहाँ कम्बल पुर्‍याउन सकेको छ?,' यादवले भने, ‘सरकार आफैंले संविधान उल्लंघन गरिरहेको छ, संविधानविपरीत जम्भो मन्त्रिमण्डल बनाइरहेको छ।'
मोर्चाको आन्दोलनले कांग्रेस महोत्तरीको अधिवेशन तयारी प्रभावित
मधेसी मोर्चाको अवरोधका कारण सदरमुकाम जलेश्वर लगायत गाउँहरुमा नेपाली कांग्रेस महोत्तरी चुनावी चहलपहल ठप्प छ। .....

महाधिवेशन नजिकिएसँगै जिल्ला दौडाहामा निस्किएका कांग्रेस नेताहरु गाउँ जान सकेका छैनन्।

उनीहरु पूर्वपश्चिम राजमार्गभन्दा उत्तरतर्फका पहाडी बाहुल क्षेत्रमा गए पनि सदरमुकाम जलेश्वरसहितका गाउँ जान नसकेका कारण जिल्ला, क्षेत्र, नगर हुँदै गाउँसम्म चुनावी चहलपहल बढेको छैन। ........ मधेसमा जारी आन्दोलनका कारण नेताहरु दक्षिण भेगमा छिर्न नसकेका हुन। देश दौडाहामा निस्किएका कांग्रेस केन्द्रीय नेताहरु राजमार्ग आसापासमै सभा गर्दै फर्कने गरेका छन्।

महाधिवेशनका बेला पनि मधेसका अधिकांश क्षेत्रमा कांग्रेसको गतिविधि ठप्प छ।

...... मधेसी मोर्चाले संविधानमा हस्ताक्षर गर्ने दलका नेतालाई जिल्ला प्रवेशमै रोक लगाउने भनेपछि ठूला दल सीमित क्षेत्रमा खुम्चिन बाध्य भएका हुन्। ..... ६ निर्वाचन क्षेत्र, तीन नगरपालिका तथा ६५ गाविस भएको महोत्तरीमा कांग्रेसका ७ हजारबढी क्रियाशील सदस्य छन्।

No comments: