Tuesday, January 26, 2016

Nepal News (49)

के हुदै छन मधेश वृतमा ?
सदभावना अध्यक्ष राजेन्द्र महतो र तराई मधेश राष्यि अभियानको संयोजक जेपी गुप्ता विच लामै छलफल भएको छ । महतो र गुप्ता विचको छलफल भएकै केहि घण्टामा विराटनगरमै एउटा पत्रकार सम्मेलन गरेर फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनरत पक्ष विचको एकताको थाली साकारात्मक रुपमा अघि वढेको बताएका छन । ...... उता दिल्लीमा उपचारर्थ तमलोपा अध्यष महन्थ ठाकुर त्यही वाट अव चाडै आन्दोलनकारीहरु विचको एकताले मुर्त रुप लिन सक्ने तर्क दिएका छन । मधेशमा आन्दोलनरत सवै पक्षविचको एकता पक्कै पनि आन्दोलनलाई थप चर्काउने नै छ । नकी काठमाडौमा भनिदै आएको जस्तो आन्दोलन अव छैन भनेर । .........

मधेशका जिल्लाहरुमा प्रमुख दलहरुलाई कार्यक्रम गर्न निधेष गर्ने घोषणाको प्रतिस्पर्धा नै देखिन्छ ।

रंगली घटना पश्चात वारा, पर्सा, धनुषा, सिरहा, सप्तरी लगायतका जिल्लाहरमा आन्दोलनरत सवै पक्षहरुले सार्वजनिक विज्ञिपत निकाल्दै प्रमुख दलहरुलाई कार्यक्रम गर्न नदिने बताउन थालेका छन । .......... पश्चिम मधेशमा पनि टिकापुर घण्टा पश्चात विकसित थारु समुदायका युवाहरुको मनोविज्ञानका कारण त्यस क्षेत्रमा हतियारी समुह शक्तिशाली रुपमा उदय हुने सम्भावना छ । ........ मधेशमा देखिएको चार ओटै धारहरु आ आफनो ठाउमा शक्तिशाली हुदै गएको देखिन्छ, जुन भोलीका लागी काठमाडौ माथी अत्यद्यिक हावी हुने निश्चित छ ।
प्रधानमन्त्री भन्छन्, ‘नाका नखुलेसम्म भारत जान्नँ’
‘एक साता ढिला गरेको भए अहिलेसम्म संविधान बन्दैनथ्यो’
‘यो अघोषित नाकाबन्दी हो, त्यसकारण अघोषित रुपमै खुल्छ । अब एक दुईदिन भित्रै नाकाहरु सहज हुन्छन्’ ..... संघीयता वैज्ञानिक नभए आयोगमार्फत टुंग्याउन सकिने प्रधानमन्त्रीको धारणा थियो । ‘संघीयताका सिमानामा चित्त बुझेन भने संविधानमा आयोगको व्यवस्था छ । त्यसले टुंगो गर्ला । तर मैले जे भन्छु त्यही गर्नुपर्छ, अहिले नै गर्नुपर्छ भनेर पाखुरा सुर्किदा हुन्छ र ..... प्रधानमन्त्रीले संविधान संशोधनबाट मधेसी मोर्चा पनि खुसी नै रहेको दाबी गरे । ‘तर उहाँहरु यसलाई खुलेआम स्विकार्न सक्नुहुन्न । किनकि आफूहरुले उठाएको मुद्धा अर्काले बिचैमा खोसिदेला कि भन्ने पिर छ,’ उनले भने । ...... ‘राम्रा काम गर्छु भन्दा मलाइ उडाइयो,’ कतिपय महत्वाकांक्षी घोषणामा हास्यको पात्र बन्नुपरेको बताउँदै प्रधानमन्त्रीले भने,

‘काठमाडौंमा मेट्रो रेल चलाउँछु भन्दा मैले सजाय भोग्नुपर्छ ।’

'भारतले नेपालमा ‘माइक्रो मेनेजमेन्ट’ गर्ने प्रयास छोडोस्'
भारतीय पत्रकार बर्मा भन्छन्, 'भारत चाहन्थ्यो, मधेस र पहाडको बीचमा द्वन्द्व बढोस्'
नेता नेपालले भारतले नेपालको आफ्नो स्वामिभान छ भन्ने बुझ्न जरुरी रहेको बताए । ...... नेपालले भने ,‘माइक्रो मेनेजमेन्टको जरुरी छैन ।’ उनले नेपाल र भारतबीच समान हैसियतको समबन्ध मात्र हुने उल्लेख गर्दै आर्थिक रुपमा ठूलो र सानो हुँदैमा फरक नहुने बताए । भारतले ‘भाइ भाइको सम्बन्ध’ राख्न खोज्ने तर नेपालले मित्रताको सम्बन्ध मात्र राख्न चाहेको नेता नेपालको धारणा थियो । ‘भाइ–भाइ भन्ने वित्तिकै ठूलो र सानो भन्ने हुन्छ, भारतले नेपाललाई ठूलो दाजुको जस्तो व्यवहार गर्छ भन्ने महसुस नेपालीहरुलाई भएको छ,’ नेता नेपालले भने,‘ हामी समान तहको मित्रता सम्बन्ध चाहन्छौं ।’ ...... भारतीय बरिष्ठ पत्रकार तथा बिष्लेषक आनन्दस्वरुप बर्माले नेपालमा कम्यूनिष्टहरु सत्तामा पुगेको भारतले कहिल्यै पनि देख्न नचाहने भएकाले सधै कम्यूनिष्ट नेताहरुको सरकारलाई असफल पार्ने रणनीति लिने गरेको टिप्पणी गरे । हिन्दु अतिवादी विचारधाराबाट प्रेरित भएका नरेन्द्र मोदी भारतीय सत्तामा रहेको उल्लेख गर्दै पत्रकार बर्माले नेपाललाई शान्तिसंग रहन नदिने ठोकुवा गरे । ‘मोदी नेपाललाई हिन्दुराष्ट्र बनाउँछु भनेर हिडेका थिए । तर नेपालमा त्यसअनुसार भएन उल्टै

कम्यूनिष्टहरु सत्ताका सबै प्रमुख स्थानमा उनी कसरी खुसी हुन सक्थे,’ पत्रकार वर्माले भने, ‘त्यसैले कम्यूनिष्ट नेताहरुलाई शासनमा असफल बनाउने चहना अनुसार उनले मधेसलाई बहाना बनाएका हुन् ।’

......... पत्रकार बर्माले भने, ‘भारतले नाकाबन्दी गरेपनि विकल्पको रुपमा नेपालले पेट्रो चाइनासँग सम्झौता गर्ने वित्तिकै चीनतर्फ नेपाल लाग्यो भनेर भारतीय मिडियामा व्यापक चर्चा गराइयो ।’ ..... भारत नेपाल भित्र द्वन्द्व बढाएर त्यसमा आफूले हस्तक्षेप गर्न पाइयोस् भन्ने ढंगले अघि बढेको बर्माको टिप्पणी थियो । ‘भारत चाहन्थ्यो, मधेस र पहाडको बीचमा द्वन्द्व बढोस् र त्यसमा आफूले हस्तक्षेप गर्न पाइयोस्,’ पत्रकार बर्माले भने,‘ तर संयोगबस नेपालमा त्यस्तो द्वन्द्व भएन यो खुसीको कुरा हो ।’ .....

‘किन सार्कभर युरोपमा जस्तो खुल्ला हुनुपर्‍यो होइन भने सिमामा कुनै न कुनै व्यवस्थापन गर्नु पर्छ,’ उनले भने । नेपालको जलस्रोतप्रति भारतको आँखा गढेको त्यसका कारण पनि कतिपय समस्या नेपालमा खडा गर्न खोजिएको भन्नेमा टिप्पणी भित्र केही सत्यता पनि उनसक्ने आफ्नो बुझाई रहेको बर्माले बताए ।

तराईका कांग्रेस नेताको मोर्चालाई अपिल-'अधिवेशनमा सहयोग गर'
संविधान संशोधन उपलब्धी मुलक
विज्ञप्तीमा बिमलेन्द्र निधी, आनन्दप्रसाद ढुंगाना, फर्मुला मन्सुर सहित प्रदेश नम्बर २ का सभासदहरुको हस्ताक्षर छ ।
मोर्चाका नेता भन्छन्, ‘आन्दोलन पुनर्विचार हुन्छ’
‘महागठबन्धन निर्माणको आवश्यकता छैन’
तराई केन्द्रित आन्दोलनले समाधान ननिस्कने बताउँदै यादवले अब हिमाल, पहाडसम्म पनि आन्दोलनको राप पुर्‍याउने बताए । उनले बाहिर चर्चा भएजस्तो मधेस आन्दोलनको लागि महागठबन्धन निर्माणको योजना नरहेको स्पष्ट पारे । .....तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले संविधान संशोधनकै आधारमा नाकाबन्दी खोल्ने स्थिति नबनेको भन्दै नाकाबन्दी खुल्ने प्रोपागाण्डा मच्चाउनुको तुक नभएको बताए । ..... उनले

अहिलेको संसोधनले आफूहरुको मागको एउटा विन्दु पनि छुन नसकेको

भन्दै आन्दोलनको स्वरुप परिवर्तन गर्नु पर्ने भए पनि अब मधेसी जनताको बीचमा राखेर मात्रै अघि बढ्ने स्पष्ट पारे ।
पूर्वका नाका सामान्य
‘आयात पूर्ववत् अवस्थामै फर्किएको छ,’ भन्सार प्रमुख भीमप्रसाद अधिकारीले भने, ‘नाका लगभग खुलै छ भन्दा पनि हुन्छ ।’ तर, पानीट्यांकी भन्सार क्षेत्रमा भने अझै २ देखि ३ सय गाडी लामबद्ध नै छन् । भारतीय अर्ध सैनिक बल (एसएसबी) ले नेपाल प्रवेश गर्ने सवारीलाई दिने सास्ती पनि कम भएको छ । .....

पहिला एउटा ट्रक जाँच गर्न २ देखि ३ घण्टा लगाउने सुरक्षाकर्मीले अहिले १०–१५ मिनेटमा जाँच गरेर पठाउँछ ।

‘कांग्रेस महाधिवेशन रोक्ने एमालेको षड्यन्त्र ‘
कांग्रेसको माघ १५ गते गाउ, २२ गते क्षेत्र, २५ गते जिल्ला र फागुन २१ देखि २४ सम्म केन्द्रीय महाधिवेशन हुने भएकाले अधिकांश सांसदहरु जिल्लामा गइसकेको उल्लेख गर्दै श्रेष्ठले अहिले संसदीय नियमावली फेर्ने कसरत हुनु कांग्रेस महाधिवेशन भाँड्ने षड्यन्त्र रहेको बताए ।
नाकाबन्दीको फाईदा सत्ताधारीले उठाए
यसरी छिनाझप्टीमा परेको मधेश कहिले गोर्खाली साम्राज्यवादको अन्डरमा बस्यो, कहिले व्रिटिश र त्यसअघी मुगलको अन्डरमा थियो । ..... मधेशमा झन धेरै औपनिवेशिक शासन छ, नेपालका अरु जाती जनजातीहरुमा त्यस्तो समस्या छैन । यहाँ भन्न खोजिएको के हो भने, यहाँका राई, लिम्वु, मगर, तामाङ लगायतका जाती जनजातीमा नेपाली हौँ कि होइनौँ भन्ने समस्या छैन । तर, मधेशमा त्यो समस्या ब्यापक रुपमा छ । गोर्खाली साम्राज्यवादले मधेशीहरु नेपाली हुन कि होईनन् भन्ने ठुलो प्रश्न खडा गरिदिएको छ । ......

पृथ्वीनारायण शाहले आफ्ना वंशजहरुलाई दक्षिणकामाथि विश्वास नगर्नु भन्ने कुरा सिकाए । यसको अर्थ मधेशीहरुमाथी विश्वास नगर्नु भनिएको हो, त्यो अहिलेसम्म यथावत छ । यहाँका कांग्रेस, कम्युनिष्ट या मण्डले सवैले मधेशीहरुमा एकै खालको ब्यवहार दोहोर्याईरहे । सवैले मेधशलाई मण्डले राष्ट्रवादकै दृष्टिकोणबाट मधेशलाई हेरिरहे । मधेशी जनतालाई उपेक्षा गरिरहे । त्यसविरुद्ध अहिले मधेश आन्दोलनमा छ ।

...... त्यतिवेला १३ सय मधेशीहरुले आफ्नो ज्यानको कुर्वानी गरेका छन् । धेरैजना बेपत्ता र घाईते भएका छन् । ..... तिनै दलाल र जमिन्दारले अहिले आन्दोलनको स्वामित्व लिईरहेका छन् । आम मान्छेहरु आन्दोलनमा भएकाले तिनै दलाल र जमिन्दारले चाहेर पनि आन्दोलन रोकिनेवाला छैन । ...... जसरी यहाँका केन्द्रिय मिडियाले मण्डले राष्ट्रवादको वकालत गरिरहेको छ, मधेशमा फरक कुरा पाईन्छ । मधेशमा जन–जनले बच्चा बच्चाले भन्छन्, ‘जय मधेश ।’ मण्डले राष्ट्रवादको तर्क गरेर राष्ट्र विखण्डन हुन्छ भनेर यहाँको शासक बर्र्ग जत्ति चिच्याएपनि जनताले सवै कुरा बुझिसकेको छ, त्यसैले त तराईमा हरेक कुराको अभाव हुँदा पनि जनता आन्दोलनको पक्षमा छ । ...... अहिलेका प्रधानमन्त्री केपी ओलीलाई पनि मधेशी जनताले नै पालेको हो, नेता बनाएको हो ।

भूमिगत कालमा मधेशी जनताले उनको सुरक्षा गरेका थिए । केपी ओली पक्राउ पर्दा रौतहटका जनताले थानालाई घेरेर ‘केपी ओलिलाई मार्न पाईदैन’ भन्दै प्रशासनको विरुद्ध धावा बोलेका थिए ।

माधव नेपाल, विष्णु वहादुर मानन्धरहरु सवैले मधेशी भूमिमै राजनीति गरेर आज यहाँसम्म पुगेका हुन् । त्यहाँ बर्गीय समस्या हल भैसकेको छ भनेको हैन, तर अहिले राष्ट्रिय मुक्ति आन्दोलनको मुद्धा प्रधान भएको छ । .........

हाम्रो भनाई साझा नेपाल बन्नुपर्यो भन्ने हो, नेपालको नाममा गोर्खाली उपनिवेश रहनुभएन । अहिले रुपमा नेपाल भनेपनि सारमा गोर्खाली उपनिवेश नै कायम छ ।

...... यहाँका मिडिया र सत्ताधारीले प्रचार गरेजस्तो भारत सरकारले नाकाबन्दी गरेको होईन्, भारतले त सवैचिज दिएकै छ । जुन नाकामा आन्दोलनकारीलाई पिटेर, मारेर हटाएको छ त्यो नाकाबाट समान ल्याएकै छ । अन्य नाकाको चोरबाटोबाट पनि सामान आईरहेको छ, तस्करी चलेकै छ । परराष्ट्रमन्त्रीले तस्करहरुलाई धन्यवाद दिएकै छन् । भारतले नाकाबन्दी गर्ने हो भने, बोर्डरमा सिमासुरक्षा बलको यत्ति धेरै फोर्स छ की उनीहरुले एकादुई गाडी पनि छिर्न दिँदैनन् । तर, अहिले बिरगंजको पुलबाहेक सवै नाका खुल्ला छ । यो अघोषित नाकाबन्दी हुँदै होईन् । ..... निश्चित रुपमा भारतीय सरकारले त्यहाँको समस्या हल गर भन्नु बेठीक होईन, त्यो कुनै हस्तक्षेप होईन् । किनभने, मधेशमा आन्दोलन हुँदा त्यसको ठाडो प्रभाव भारतलाई पर्छ । अहिले भारतीय जनताले पनि आवाज उठाउन थालेका छन् .......

अहिले तेल स्टोरमा पुरा छ, तर जनतालाई दिईएको छैन । सेना, पुलिस, नेता सवै तस्करी गरिरहेका छन् । तस्करी यहाँ पनि छ, मधेशमा पनि छ । शासक र अर्धशासक आन्दोलनकारी अहिले तस्करीमा मस्त छन् । ...... बोर्डरमै बस्ने जनताले ग्याँस तेल पाएका छैनन्, तर काठमाडौंमा पाएका छन् । हामी पनि तस्करले बेचेको तेल किनिरहेका छौं । तसर्थ, यो नाकाबन्दीको फाईदा मण्डले राष्ट्रवाद अझ भनौँ, अहिलेका सत्ताधारीले उठाए ।

........ अबको नयाँ नेपालमा भोटको भ्यालु बराबर हुनुपर्छ । पहाडको पनि नागरिक हुन् मधेशका पनि नागरिक हुन्, शिक्षा स्वास्थ्य रोजगारको अधिकार सवैतिरका जनाताले पाउनुपर्छ । अब मधेश न बाहीरी बसाई सराई न भित्रको बसाई सराई थेग्ने अवस्थामा छ । त्यसो गर्दा पहिचान पनि खत्तम हुन्छ, भुगोल पनि थोरै छ । महेन्द्रकालीन योजना अबका दिनमा पनि मधेशमा थोपर्नु हुँदैन भन्ने हाम्रो भनाई हो । तर

अर्धसरकारी आन्दोलनकारी सीमांकन मिलाएपछि पुग्छ भन्दैछन् । तर, नेकपा (माओवादी) चुरे सहितको समग्र मधेश प्रदेशको पक्षमा छ ।



कांग्रेस १३ औं महाधिवेशन : पदमा पुग्न परिवारकै लडाइँ
कृष्णप्रसाद कोइरालाका तीन छोरा विश्वेश्वरप्रसाद कोइराला, मात्रिकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला नै पार्टी सभापति बने । १२ औं महाधिवेशनबाट सभापति जितेका सुशील कोइराला पनि कोइराला परिवारकै नातेदार हुन् । उनी

कृष्णप्रसाद कोइरालाकी सालीका छोरा

हुन् । ..... पञ्चायतकालमा कांग्रेसका संस्थापक बिपी कोइरालालाई नुवाकोट जिविस सभापतिको हकमा फाँसी दिन राजदरबारलाई सिफारिस गर्ने अर्जुनरसिंह केसी बहुदलपछि स्थायी रूपमा कांग्रेसको राजनीति गरिरहेका छन् । ...... १२ औं महाधिवेशनमा ‘पपुलिष्ट’ मत ल्याएर केन्द्रिय सदस्य जितेका थापाको घैंटे काण्डबाट कांग्रेसमा केही इमेज खस्केको बताइन्छ ।
कट्रिना कैफसँग सलमानको सेल्फी : भने, ‘म पनि तपाईको लागि पागल छु’
भारतीय सीमामा दुई दिन अझै कडा रहने, सवारीको पास अनिवार्य
यता मंगलवार विहान मात्रै ईन्धन लिन २५ जति खाली ट्यांकर भारत प्रवेश गरेको साथै भारतबाट नेपाल आउने माल सामानमा आफुहरुको कहिलेपनि अवरोध नगरेका मालवाहक गाडीहरु देखाउँदै भन्सार अधिकारी बताउँछन् । आजैबाट पुनः दुई दिन चलेर बन्द भएको सार्वजनिक यातायात समेत संचालनमा आएको छ भने भन्सारमा आन्दोलनकारीको शुन्य उपस्थितिले मालवाहक सवारीहरु निर्वाधरुपमा नेपाल भित्रिएको देखिन्छ ।

नाकाबाट टेन्ट हटेकोमा मोर्चाले सो नयाँ ढंगले निर्माण गर्न हटाइएको बताएको छ ।



नाकाबन्दी खोल्ने विषयमा मोर्चा विभाजित
नाकाबन्दीसहितको आन्दोलनमा पुनर्विचार हुन्छः अध्यक्ष यादव

No comments: