Thursday, January 21, 2016

झापा हत्या कांड गराएकोले अब मोरंग हत्या कांड

Map showing the districts where the Naxalite m...
Map showing the districts where the Naxalite movement is active (Photo credit: Wikipedia)
केपी ओली देशमा सांप्रदायिक दंगा गराउन चाहेको मान्छे हो। किनभने देशमा  सांप्रदायिक दंगा हुन थाले पछि सत्ता मा बसेकोले वार्ता सारता गोली मार भन्न पाइयो। प्रधान मंत्री बन्नु अगाडि झापा हत्या कांड गराएकोले अब प्रधान मंत्री बने पछि मोरंग हत्या कांड गराएको छ। मान्छे को चरित्र बदल्नु बड़ो गार्हो। Once a Naxalite, always a Naxalite. Thought process मा हिंसा एक चोटि बसिसके पछि।

झडपमा तीन जनाको मृत्यु भएपछि मोरङका सिडियोले भने, ‘प्रहरीमाथि घरेलु हतियार प्रहार गरियो’
३५ जना भन्दा बढी आन्दोलनकारी गम्भीर घाइते भएका छन् । ..... युवा संघको कार्यक्रमलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिएको थियो । तर, ओली सभामा आएनन् । एमाले महासचिव ईश्वर पोखरेल लगायतका नेताहरु आएका थिए । ...... बुधबारदेखि नै रंगेली तनावग्रस्त थियो । मोर्चाले युवा संघको कार्यक्रम बिथोल्ने उद्देश्यले मंगलबारदेखि नै रंगेली बजार बन्द गराएको थियो । प्रहरीको गोली लागी घाइते भएका चारजनाको गम्भीर अवस्थामा विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । मोरङको डाइनियामा दुईवटा गाडीमा पनि मोर्चाका कार्यकर्ताले आगजनी गरेको जनाइएको छ । .... युवा संघको कार्यक्रमका लागि प्रधानमन्त्री केपी शर्मा ओली यहाँ आउने कार्यक्रम तय भएको थियो । ओली आउने थाहा पाएलगत्तै मोर्चाका कार्यकर्ताले बिहानैदेखि प्रदर्शन गरिरहेका थिए । जब मोर्चाको कार्यक्रम हुने सुरसार चल्दै थियो आन्दोलनकारीहरु कार्यक्रम विथाल्न अघि बढिहाले । सोहि क्रममा प्रहरीले हस्पक्षेप गरेपछि झडप भएको थियो । कार्यक्रम स्थल र घटनास्थल नजिकै रहेको छ । ..... झडपका क्रममा प्रहरीले अश्रुग्यास तथा हवाइ फायर गरेको थियो । प्रहरीले झण्डै ४० राउण्ड हवाइ फायर गरेको समेत छ ।

No comments: