Thursday, January 21, 2016

एक मधेस दो प्रदेस र नेपाल, भारत, भुटान, बांग्लादेश आर्थिक एकीकरण

नेपाल, भारत, भुटान, बांग्लादेशले १० वर्ष भित्रमा आर्थिक एकीकरण गर्ने निर्णय गरेर सही गरिसकेको अवस्था छ। एक मधेस दो प्रदेस लाई त्यस सन्दर्भमा पनि हेर्नु पर्ने हुन्छ। त्यो आर्थिक एकीकरण भनेको के? चार देशका मानिस युरोप मा जस्तै जुन सुकै चार देशमा गएर काम गर्न पाउने भनेको हो। भने पछि इच्छा लागे जति मानिस भारत, भुटान र बांग्लादेश बाट नेपाल आउने भए। नेपालका मानिस पनि ती तीन देश जाने भए। त्यस अवस्थामा कुन सीमांकन राम्रो? नेपालको हितमा त्यस परिवेशमा के हुनेछ?

एक मधेस दो प्रदेस लाई आर्थिक यूनिट को रुपमा हेर्नु पर्ने हुन्छ। अहिलेसम्म भइ आएको पहाड़ बाट मधेस तर्फ को बसाई सराई लाई अझ तीव्र पार्ने तरिका के हो? त्यो एक मधेस दो प्रदेस नै हो। ताप्लेजुंग अथवा गोरखा अथवा डडेल्धुरा बाट मान्छे जब मधेस झरे र अझै झर्दैछन् त्यो किन झरे? आर्थिक कारणले हो झरेको। एक मधेस दो प्रदेस मा नगयेर मधेस लाई टुकड़ा टुकड़ा पारेर मधेसको टैक्स बेस छताछुल्ल पारेर के गर्न खोजेको? यो त सुनको अंडा दिने हांस को पेट फोड़ने व्यवहार हो। भए भरको सुनको अंडा एकै पटक लिदिहालौं भन्ने सोंच देखियो।

मधेसमा शहरीकरण र औद्योगिकीकरण लाई तीव्र रुपले अगाडि जुन नक्शाले बढाउँछ त्यही नक्शा मा जानुपर्ने हुन्छ। किनभने त्यसले मात्र पहाडबाट अझ बढ़ी मान्छे तराई झर्ने मार्ग प्रशस्त गर्नेछ। जग्गा जंगल त छैन अब बाँकी। त्यो नक्शा भनेको एक मधेस दो प्रदेस मात्र हो। यस एक मधेस दो प्रदेस मा कुनै बाहुन क्षेत्रीको मताधिकार खोसिन्न, न सम्पत्ति जफत हुन्छ। माओवादीले जफत गरेन, हामी त माओवादी पनि होइन। सरकारी कामकाजको भाषा नेपाली बरक़रार रहन्छ। बजाप्ते स्थानीय सरकार हुन्छ। केंद्र सरकार पनि निकै बलियो रहिरहन्छ। प्रदेस सरकार मा पनि अहिले पर्वते ४०% हुने पछि बढेर त्यो ५०, ६० कति पुग्छ कति। यत्रो मधेसी मरेर एक मधेस दो प्रदेस ल्यायो भरे मुख्य मंत्री पर्वते नै हुने ठुलो संभावना रहनेछ।

छिमेकी चीन का लागि पनि एक मधेस दो प्रदेस नै उपयुक्त। नेपाल बाट चीन जाने सबैभन्दा राम्रो बाटो हो जनकपुर पटना कोलकाता कुन्मिंग।

दुर भविष्यमा सारा देशको ८०% मानिस मधेसमा सर्ने हुन्छ। सारा देशको एक तिहाई जनसंख्या अटाउने एउटै महानगर बन्नू पर्ने हुन्छ। एक मधेस दो प्रदेस मा नजानुले त्यस्ता संभावना लाई कमजोर पार्ने हुन्छ।


No comments: