Sunday, January 17, 2016

भारत भ्रमण: पहिलो, दोस्रो, तेस्रो, चौथो

नया नेपाली प्रधान मंत्री पहिला भारत भ्रमण जानु पर्ने कारण के हो?

नेपालको नया प्रधान मंत्री ले पहिलो भ्रमण भारत गर्ने त हो नै। दोस्रो, तेस्रो, चौथो पनि भारत नै गर्ने हो। यदि लोकतान्त्रिक सोंच भएको मान्छे हो भने। केपी ओली जस्तो भारेभुरे मान्छे को लागि मोदी बाप पनि हो, गुरु पनि, दोस्त पनि। सिक्ने। मोदी ले प्रधान मंत्री बने पछि विश्व भ्रमण गरेकै होइन। भारत यति विराट देश हो। मोदी ले विश्व भ्रमण को शुरुवात पनि गरेको छैन। अहिले सम्म मोदी ले भारत भ्रमण मात्र गरेका छन। दुनिया भरका भारतीय हरु भेट्दै ठीक्क १८ महिना त। अब शायद विश्व भ्रमण मा जालान। कता जाने? ठाउँ नै छैन। आइसलैंड, नॉर्वे दुर्गम ठाउँ खोजने हो भने भारतीय त्यहाँ पनि पुगेकै छ।

नेपालको नया प्रधान मंत्री ले पहिलो भ्रमण भारत गर्ने। दिल्ली जाने। हाई हेलो भन्ने अनि फर्किने। अथवा त्यहीँ बाट लखनऊ पटना पुग्ने। त्यसका लागि नेपालमा मधेसी प्रधान मंत्री बन्नु पर्यो। मधेसी ले मात्र युपी बिहार को महत्व बुझ्न सक्छ। दोस्रो भ्रमण तीन महिना पछि: उत्तराखंड, पश्चिम बंगाल, सिक्किम, असम पुग्ने। तेस्रो भ्रमण दक्षिण भारत, मुंबई आदि इत्यादि। उदित नारायण झा लाई भेट्ने। त्यस पछि बर्मा, पाकिस्तान, बंगलादेश।

अनि बल्ल नक्शा झिक्ने। कता छ बेइजिंग भनेर। शंघाई मा होलान तीन चार हजार नेपाली। त्यहाँ पनि पुग्ने।

वीर गोर्खाली भनेको के? मधेसले सशस्त्र क्रांति गर्ने निर्णय गर्ने हो भने त्यो वीर गोर्खाली को जति ब्यारेक छ मधेसमा, कति छ, १०-१२ वटा त होला, त्यसको वरिपरि को पाँच मात्र गाउँ को लठैत हरुले राति गएर एक एक बन्दुक खोसि दिन सक्छ। अनि कता जान्छ वीर गोर्खाली? जति तेल मधेसी ले तरकारी मा हाल्दैन त्योभन्दा बढ़ी तेल लाठी लाई पिलाउँछ।



No comments: