Showing posts with label mahantha thakur. Show all posts
Showing posts with label mahantha thakur. Show all posts

Wednesday, February 22, 2023

22: Mahantha Thakur

माधव नेपालसँगको भेटलगत्तै बालुवाटार पुगे देउवा
राष्ट्रपतिको दौडमा महन्थ पनि थपिए मंगलबार ठाकुरले भेटे प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली, आज देउवालाई भेट्दै जुन दलबाट भए पनि राष्ट्रिय सहमति गरौँ भन्ने पक्षमा उहाँ हुनुहुन्छ । यसका लागि महन्थजी पनि उपयुक्त पात्र हुन सक्ने उहाँको भनाइ थियो ।’ ...... प्रधानमन्त्री प्रचण्डले देश चलाउन १२ बुँदे सम्झौताका पक्षधरहरू एकै ठाउँमा उभिएर राष्ट्रिय सहमति गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका वेला लोसपाका नेताहरूले त्यसैलाई उद्धृत गर्दै ठाकुर त्यसका लागि सर्वस्वीकार्य पात्र रहेको बताएका थिए । छलफलमा अध्यक्ष ठाकुरले जनचाहना आफ्नोतर्फ रहेको, तर मत तपाईंहरूसँग रहेको भन्दै प्रचण्डसँग सहयोगको आग्रह गरेका थिए । ‘मेरो नाममा जनचाहना त देखिन्छ, तर भोट त जनताले होइन, पार्टीले हाल्ने हो । त्यो तपाईंहरूसँग छ,’ ठाकुरले प्रचण्डसँग गरेको प्रस्ताव उद्धृत गर्दै छलफलमा सहभागी नेता झाले भने । ....... प्रधानमन्त्रीले ‘अहिले आइरहेका उम्मेदवारहरूको नाममध्ये तपाईं उपयुक्त पात्र हो । तपाईं नआए पनि मैले तपाईंबारे सोचिरहेकै थिएँ । तपाईंको व्यक्तित्वप्रति म सकारात्मक छु । यसरी नै कांग्रेस र एमालेसँग पनि संवाद गर्नुस्’ भनेको झाले बताए । ...... एमाले अध्यक्षले पार्टीभित्र छलफल गरेर यसबारे निर्णय गर्ने बताएको नेता भण्डारीले बताए । ‘ओलीज्यूले महन्थजी उपयुक्त पात्र रहेकोमा कुनै शंका नरहेको, तर त्यसका लागि पार्टीको बैठकमा छलफल गर्नुपर्छ भन्नुभयो,’ ओलीको भनाइ उद्धृत गर्दै भण्डारीले भने । ......... ओलीले प्रधानमन्त्री प्रचण्डबाट ठाकुरको नाममा प्रस्ताव आए आफूलाई सहज हुने बताएका थिए । ‘मेरो प्राथमिकतामा तपाईं हुनुहुन्छ नै । प्रधानमन्त्रीज्यूबाट तपाईंको नाममा प्रस्ताव आयो भने मलाई सहज हुन्छ । अहिले मैले तपाईंको नाम प्रस्ताव गरेँ भने १० पुसमा सत्तागठबन्धनभित्र भएको सहमतिबाट म आफैँ ब्याक भएको सन्देश जान्छ । एमाले स्वयंले समझदारी तोडेको अर्थ लाग्छ,’ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने । ......

‘भोलि कांग्रेसले उम्मेदवार उठाउने अवस्था आयो भने एमालेले पनि उठाउनुपर्ने हुन्छ । तर, कांग्रेस र एमाले दुवै ब्याक भएर महन्थजीलाई बनाऔँ भन्ने परिस्थिति सिर्जना भयो भने तपाईंलाई समर्थन गर्न सहज हुन्छ,’ ओलीले ठाकुरसँगको छलफलमा भनेको सहभागी एक नेताले बताए ।

....... २७ माघमा संसद् भवनबाट एमाले अध्यक्ष केपी ओलीले आफ्नै गाडी चढाएर बालकोट लगेपछि राष्ट्रपतिमा महन्थको नाममा चर्चा सुरु भएको थियो । त्यसपछि लोसपाले ठाकुरको नाममा राष्ट्रिय सहमति गराउन पहल थालेको हो ।


महन्थको राष्ट्रपति प्रस्तावमा बालुवाटार र बालकोटपछि धुम्बाराहीमा देउवा पनि ‘सकारात्मक’ तर तीनै दलका नेताको उस्तै जवाफ- ‘तपाई उपयुक्त पात्र तर पार्टीमा छलफल गर्नुपर्छ’ लोसपाका नेताहरूले पूर्वकांग्रेसीसमेत रहेका ठाकुरका नाममा राष्ट्रिय सहमति खोज्न देउवालाई आग्रह गरेका छन्। ....... लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीका अनुसार प्रचण्ड र ओलीपछि देउवा पनि ठाकुरका नाममा सकारात्मक सुनिए। ...... ‘अहिले विभिन्न नाममा चर्चा भइरहे पनि नेपाली कांग्रेसले आधिकारिक हिसाबले पात्रमाथि निर्णय गरिनसकेको उहाँको भनाइ थियो। अहिले जुन खालको पात्रको खोजी भइरहेको छ, जुन हिसाबले शालीन, भद्र र डेलिगेटेड मान्छे हुनुपर्‍याे भन्ने चर्चा छ, त्यसका लागि महन्थ ठाकुर उपयुक्त पात्र हो भन्ने हाम्रो ठम्याइ छ। ’ ........ तीन दलका शीर्षस्थ नेताको सकारात्मक प्रतिक्रियाबाट उत्साहित लोसपाका नेताहरू अन्य दलका अध्यक्षलाई पनि भेट्ने तयारीमा छन्। ....... मंगलबार प्रधानमन्त्री प्रचण्डसँगको भेटघाटमा उनले ठाकुरको नाममा राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा चर्चा रहेको, तर सहमतिका लागि अन्य दलका उम्मेदवारसँग पनि छलफल गर्न लोसपाका नेताहरूलाई उनले सुझाएका थिए। त्यसपछि नेताहरूसहित बालकोट पुगेका ठाकुरलाई एमाले अध्यक्ष ओलीले भने प्रचण्डबाट प्रस्ताव आएको अवस्थामा आफूलाई सहज हुने जवाफ फर्काएका छन्।

बालुवाटार भेटघाटपछि राष्ट्रपतिको प्रस्ताव लिएर महन्थ ठाकुर बालकोटमा



माधव वा सुवासलाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रचण्डसमक्ष ओलीको प्रस्ताव ओलीले भने–जसपा र लोसपाको साथ खोजौँ
देउवालाई प्रचण्डको प्रस्ताव : राष्ट्रपतिमा तपाईं वा सिटौला देउवा राष्ट्रपति बन्दा माओवादीलाई सरकारको नेतृत्व पाँचै वर्ष गर्ने परिस्थिति बन्ने प्रधानमन्त्री प्रचण्डको बुझाइ छ । देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न कांग्रेसभित्र पनि दबाब छ । उपसभापति खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायतले पनि देउवालाई राष्ट्रपति बन्न सुझाव दिइरहेको अवस्था छ । ...... प्रधानमन्त्री प्रचण्डले कांग्रेसभित्रबाट आफ्नो अनुकूलको विश्वासपात्रका रूपमा सिटौलालाई राष्ट्रपति बनाउन खोजेको देखिन्छ । गत शुक्रबार साँझ सिटौलाले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रपतिमा सद्भाव खोजेका थिए । प्रचण्डले सिटौलालाई सकारात्मक जवाफ दिएका थिए । ...... देउवाले राष्ट्रपति हुन चाहँदा कांग्रेसमा कसैलाई समस्या छैन । ...... यद्यपि नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीलाई राष्ट्रपतिको प्रस्ताव आए स्वीकार गर्ने निर्णय गरेको छ ।

लोसपालाई राष्ट्रपति, जसपालाई उपराष्ट्रपति !
ओलीले नेपाललाई राष्ट्रपति प्रस्ताव गरेपछि झस्कियो माओवादी एमाले र एकीकृत समाजवादीबीच एकता गरेर माओवादीलाई पाखा लगाउने ओलीको रणनीति हुन सक्ने माओवादीको आशङ्का रहेको छ । ...... ओली सरकार बाहिर वा भित्र जहाँ भएपनि गेम खेलिरहने भएकाले उनको प्रस्तावलाई अनेक कोणबाट प्रचण्डले विश्लेषण गर्ने गरेका छन् । अब ओलीले प्रस्ताव गर्ने व्यक्तिलाई प्रचण्डले राष्ट्रपति बनाउने अवस्था नरहेको एक मन्त्रीले बताए । ....... पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवाले समेत राष्ट्रपति बन्न आशय व्यक्त गर्ने गरेका छन् । यदि देउवा नै कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार भएमा प्रचण्डलाई समेत निर्णय गर्न सहज हुने माओवादी नेताहरू बताएका छन् ।

‘लोसपासँग एकता गर्न उपेन्द्र यादव र बाबुराम भट्टराईबीच रस्साकस्सी छ’ सरकारमा जाने–नजाने वेट एण्ड वाचको अवस्थामा छौँ : डा. शरदसिंह यादव
घरभित्रको गोप्य तस्बिर खिचेपछि रिसाइन् आलिया : भनिन्, ‘आज सबै सीमा पार भए’
‘महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन कांग्रेस, एमाले र माओवादी केन्द्र सकारात्मक छन्’ प्रारम्भिक छलफलमा सबै दल सकारात्मक देखिएका छन् तर ती दलका नेताहरूले आ–आफ्नो पार्टीमा छलफल गरेर मात्र कुनै निष्कर्षमा पुग्ने भनेका छन् । ....... राष्ट्रपति जुन पार्टीबाट बनेका हुन्छन्, त्यही पार्टीको स्वार्थमा चल्ने गरेको गुनासो व्याप्त छ । देशको राष्ट्रपति हुन नसकेको गुनासो आइरहेका छन् तर महन्थ ठाकुरमा त्यस्तो समस्या हुनेछैन । ....... देशको राजनीतिक अवस्था बुझेको, देशको हरेक परिवर्तनको लडाइँमा संलग्न भएको, राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा परिचित भएको, हालसम्म कुनै पनि विवादमा नमुछिएको, सबै दलका सबै नेताका प्रिय नेता भएको, शैक्षिक योग्यतालगायत देशले खोजेको हरेक योग्यतामा उहाँ अब्बल भएको कारण हामीले उहाँलाई अघि सारेका हौं । ........ जो–जोसँग भेट्यौँ, सबैले सकारात्मक कुरा गर्नुभएको छ । सबैले महन्थ ठाकुरजीलाई उपयुक्त पात्र भन्नुभएको छ । अहिलेसम्म राष्ट्रपतिमा जतिको नाम आएको छ, त्यसमा महन्थजी उपयुक्त पात्र रहनु भएको सबैले भन्नुभएको छ । यसमा छलफल गरौँ भन्नुभएको छ । हेरौँ, अवस्था कस्तो हुँदो रहेछ । ........ छलफल गर्दै जाऔँ, महन्थ ठाकुरमा पनि सहमति हुनसक्छ भन्ने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले महन्थजीको बारेमा आफ्नो दल तथा अन्य दलका नेताहरूसँग छलफल गर्ने पनि भन्नुभएको छ । ...... माओवादी केन्द्रसँग भएको सहमति हामी तोड्ने पक्षमा छैनौँ तर राष्ट्रिय सहमति नै गर्ने अवस्था आयो भने महन्थ ठाकुरमा गर्न सकिन्छ’ भनेर उहाँले हामीलाई भन्नुभयो । ........ आज बिहान हामी कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न गएका थियौँ । उहाँ पनि महन्थ ठाकुरको प्रस्तावमा सकारात्मक हुनुहुन्छ । उहाँले पनि राष्ट्रपतिका लागि महन्थजी उपयुक्त पात्र हुनुहुन्छ, सहमति बन्न सक्यो भने मलाई कुनै आपत्ति हुँदैन भन्नुभयो । यस विषयमा पार्टीमा छलफल गरेर थप कुराकानी गर्ने बचन उहाँले दिनुभएको छ । ....... यो प्रारम्भिक छलफलले मात्र उत्साहित हुने अवस्था छैन । अहिलेलाई कुरा सकारात्मक भएको छ भनौं, छलफल गर्न अझै बाँकी छ । उहाँहरु सबैजनाले आआफ्नो पार्टीमा छलफल गरेर पुनः छलफल गरौँला भन्नुभएको छ, हेरौँ के हुन्छ ! ........ रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी र सीके राउतको जनमत पार्टीसँग छलफल भएको छ । राष्ट्रपतिमा महन्थ ठाकुरको नाममा सहयोग गर्न भनेका छौँ । महन्थ ठाकुरको नाममा सहमति भयो भने उहाँलाई समर्थन गर्न कुनै गाह्रो हुँदैन भनेर उहाँहरूले प्रस्ट भन्नुभएको छ । तर यस विषयमा जसपासँग छलफल भएको छैन, आज या भोलिसम्म जसपासँग पनि छलफल हुन्छ । मलाई लाग्छ राष्ट्रपतिमा महन्थ ठाकुरको नाममा कसैलाई आपत्ति हुनेछैन । मधेस केन्द्रित दलहरू सबै सकारात्मक हुन्छन् र सहयोग पनि गर्छन् जस्तो लाग्छ ।

Tuesday, February 21, 2023

राष्ट्रपति पद का लागि राष्ट्रिय सहमति का एक मात्र उम्मेदवार: महन्थ ठाकुर

प्रधान मंत्री पद अंक गणित को पद हो। तर त्यसमा त राष्ट्रिय सहमति खोज्ने काम भयो। प्रचण्ड राष्ट्रिय सहमति को प्रधान मंत्री बनेका हुन। राष्ट्रपति पद पनि अंक गणित मा जान सक्ने पद हो। र त्यस अंक गणित मा माओवादी कॉंग्रेस सँग जान्छ कि एमाले सँग त्यस कुरा ले निर्णय गर्छ। तर माओवादी ले अंक गणित को कुरा गरिरहेको छैन। राष्ट्रिय सहमति को कुरा गरिरहेको छ। र अहिले राष्ट्रपति मा राष्ट्रिय सहमति हुँदैमा माओवादी का लागि कॉंग्रेस सँग अहिले अथवा दुई वर्ष पछि नया गठबन्धन बनाउने बाटो बन्द हुँदैन। प्रधान मंत्री को चुनाव र राष्ट्रपति को चुनाव फरक फरक कुरा हो। 

राष्ट्रिय सहमति खोजिएको हो भने स्वाभाविक छ एमाले को उम्मेदवार कॉंग्रेस लाई स्वीकार्य छैन र कॉंग्रेस को उम्मेदवार एमाले लाई स्वीकार्य छैन। प्रधान मंत्री पनि, राष्ट्रपति पनि, सभामुख पनि, सेना प्रमुख पनि सबै एउटै जात, एउटै समुदाय को मान्छे बन्दै जाने हो भने त्यसले पश्चगामी सन्देश दिन्छ। 

माधव नेपाल को पार्टी एमाले मा समाहित हुने शर्त मा माधव भन्ने सोंच बहुत गलत हो। राष्ट्रपति पद का लागि त्यस्तो मोलमोल्है गर्नु अत्यंत अनुचित हुन्छ। प्रधान मंत्री पद मा हुन सक्छ। राष्ट्रपति पद मा हुँदैन। 

महन्थ ठाकुर प्रचंड जन्मिनु अगाडि राणा शाह का विरुद्ध संघर्ष छेड़ेको मान्छे। त्यस्तो अर्को उदाहरण राष्ट्रिय राजनीति मा बाँकी छैन। बहुदल आए पछि कॉंग्रेस पार्टी भित्र देउबा भन्दा सीनियर थिए महन्थ। देउबा लाई हेक्का हुनुपर्छ यो कुरा। ओली सँग पनि राजनीतिक सहकार्य गरेका महन्थ। बाबुराम भट्टराई को पार्टी अध्यक्ष भइसकेका महन्थ। 

प्रधान मंत्री पहाड़ी भए पछि राष्ट्रपति मधेसी। त्यो कुरा पनि छ। बरु उप राष्ट्रपति कोही महिला जनजाति अथवा दलित, शायद माधव नेपाल को पार्टी को। 

राष्ट्रपति पद कुनै आलंकारिक पद होइन। नया लोकतंत्र मा राष्ट्रपति ले आफ्नो रोल राम्रो सँग नखेले व्यवस्था र संविधान नै धराप मा पर्ने हुन सक्छ। भारत का प्रणव मुखर्जी बारे भनिन्थ्यो, गांधी नभएकोले मात्र होइन भने उहिले प्रधान मंत्री बनिसकने। नेपाल मा त्यो सक्षम व्यक्ति महन्थ ठाकुर हुन। प्रखर ज्ञान भएका मानिस। राष्ट्रपति पद का लागि लोक सेवा आयोग को जाँच हुँदो हो त सबैभन्दा अब्बल महन्थ नै हुन्थे। 

नेपालको विगत ७० वर्ष को राजनीतिक इन्द्रेणी को प्रत्येक रंगमा भिजेका व्यक्तित्व महंथ ठाकुर। मधेसी दल हरुको जोडेर भोट त १२ लाख हो। माओवादी को हाराहारी हो। मिलेर बस्न आएन त्यो अर्कै कुरा हो। 

माओवादी लाई पनि ठीक्क। एमाले लाई पनि ठीक्क। कॉंग्रेस लाई पनि ठीक्क। पहिचानवादी लाई त अझ ठीक्क। राष्ट्रपति पद का लागि राष्ट्रिय सहमति का एक मात्र उम्मेदवार: महन्थ ठाकुर। 





महन्थलाई राष्ट्रपति बनाउन लोसपा नेताको दौडधुप : प्रचण्डपछि ओली र देउवासँग भेट्दै प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन राखेको प्रस्तावमा प्रचण्डले सकारात्मक रूपमा लिँदै आफ्नोतर्फबाट पहल गर्ने बचन दिएको नेता राजेन्द्र महतोले जानकारी दिए । ...... उहाँले महन्थजी पनि राष्ट्यि सहमतिको उम्मेदवार हुनसक्ने व्यक्ति र पात्र हो, तर मसहित तपाईँहरू पनि अन्य दलसँग त्यसका लागि पहल गर्नुस भन्नुभयो ।’

मिथिला मध्यमा परिक्रमा विधिवत् रूपमा सुरु
मधेसलाई मरुभूमिकरण हुनबाट बचाउन पाँच बुँदे मागसहित आन्दोलन घोषणा
ओलीको ‘ट्रयाक टु’ योजना : माधवलाई देखाएर प्रचण्डमाथि दबाब माधव उत्साहित, प्रचण्ड सशंकित माधव नेपाल निकट स्रोतका अनुसार अध्यक्ष ओलीले राष्ट्रपतिको उम्मेदवार बन्न गरेको प्रस्तावमा नेता नेपाल सकारात्मक छन् । ओलीसँगको भेटमा पनि उनले सहमति जुटाउने सवालमा आफु पछि नहट्ने बताएका छन् । ........ अध्यक्ष ओलीले पार्टी एकतासहित नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन गरेको प्रस्तावप्रति एकीकृत समाजवादीका नेताहरु नै विश्वस्त हुन सकेका छैनन् । समाजवादीका एक पदाधिकारीका अनुसार ओलीले पार्टी एकता र राष्ट्रपतिबारे गरेको प्रस्ताव गोलमटोल किसिमको छ । ‘ओलीजीको प्रस्ताव नै गोलमटोल किसिमको छ । विश्वास गरिहाल्न सक्ने अवस्था छैन’, ती पदाधिकारी भन्छन्, ‘केही नलाग्ने भएपछि ओलीजी हामीतिर आउनुभएको हो । हामीलाई देखाएर माओवादी र कांग्रेसलाई साइजमा ल्याउने उहाँको योजना सामान्य राजनीति गर्ने मान्छेले पनि नबुझ्ने कुरै छैन ।’ ........ ‘ओलीजीको कुटिल चाल बुझ्न जरुरी छ ।’ ....... ‘ओलीजी राष्ट्रपतिमा पहिला झलनाथ खनाल र अहिले माधव नेपालको नाम लिन थालेका छन् । यो उहाँहरुलाई (झलनाथ–माधव) लाई दिन होइन, हामीलाई कमजोर बनाउन र सबै पद आफूले नै कब्जा गर्न खेलिएको योजना हुनसक्छ ।’ ....... ‘ट्रयाक टु’ योजनामा अघि बढ्दा माओवादी र कांग्रेस दुवै लत्रिएर आफूले अघि सार्ने उम्मेदवारमा सहमति गर्न बाध्य हुने ओलीको बुझाई रहेको हुनसक्ने प्रचण्डले बताए । ........ प्रचण्डले ओलीले नेकपा एकीकृत समाजवादीसँग समेत एकीकरण गर्ने, रास्वपा विभाजन गर्ने र सवैभन्दा ठुलो दल बन्ने योजनाअनुसार राष्ट्रपतिमा नेता नेपाललाई अघि सार्न लागेको हुनसक्ने बताएका थिए । ........ ओलीले राखेको प्रस्तावमा अध्यक्ष माधव नेपाल भने उत्साहित देखिएका छन् । ....... ‘सहमति हुनसक्छ भने म तयारै छु । तर त्यसका लागि तपाई र प्रचण्डले पहल गर्नुपर्छ’, नेपालले ओलीलाई भनेका छन् । सोही अनुसार अध्यक्ष नेपालले सोमबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई सिंहदरवारमा भेटेर कांग्रेसको उम्मेदवारमा एमाले सहमत नहुने र कांग्रेस–माओवादी एमालेको उम्मेदवारमा सहमति नजनाउने अडानमा भएकाले आफूमा सहमति खोज्ने प्रयास गर्न र त्यो पहल लिन पनि प्रचण्डलाई आग्रह गरेका छन् । ......... माधवका नाममा आफूहरु लचिलो भएपछि अर्कै उम्मेदवार अघि सार्ने र राष्ट्रपति बनाउनुका साथै कांग्रेससँगको सम्बन्ध समेत टुटाउने ओलीको भित्री उद्देश्य हुनसक्ने प्रचण्डको बुझाई छ । ........ माओवादी र डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसापा) बीच पार्टी एकीकरण गर्ने अन्तिम तयारी छ । ........ ओलीले ‘ट्रयाक थ्री’ अन्तर्गत कांग्रेसलाई साथ लिने प्रयास गर्नेछन् । त्यसका लागि ‘यी खुद्रे पार्टीले सारै दुःख दिए, तपाई हामी मिलेर अघि बढांै, अहिले तपाईहरुका तर्फबाट राष्ट्रपतिमा सहमति गरौं’ भनेर ओलीले कांग्रेसलाई प्रस्ताव गर्न सक्छन्’, माओवादीका एक पदाधिकारी भन्छन्, ‘तर अहिलेसम्मको अवस्थामा कांग्रेस त्यसका लागि तयार भइसकेको देखिँदैन ।’ .......... ओली कुनै हालतमा पनि सत्ताबाट बाहिर निस्कन र प्रदेश सरकारहरु पनि गुमाउन चाहदैनन् ।

ओलीको प्रस्तावपछि देउवा र नेपालबीच वार्ताको तयारी भ्रम सिर्जना गर्न खोजियो : कांग्रेस महामन्त्री थापाका अनुसार कांग्रेस र माओवादीबीच औपचारिक तहमा छलफल सुरु भइसकेपछि सत्ता समीकरण फेरबदल गर्ने सहमति ‘अन द स्पोट’ भइसकेको छ । तर अहिले प्रक्रियाको हिसाबले प्रचण्डले राष्ट्रिय सहमति भनिरहेका छन् ।

.

Friday, August 12, 2022

12: Mahantha Thakur



देश चरम राजनीतिक अवस्थामा जेलियो- रवि लामिछाने
सरकार र थारु कल्याणकारिणीसभाका पदाधिकारीबीच छलफल
पाँच दलीय गठबन्धनको विकल्पमा बाबुरामले रोज्न सक्छन् माओवादीलाई?
२०७४ मा बढारिएको काँग्रेस गठबन्धनको बलमा ‘कम ब्याक’ खोज्दै पाँच वर्षअघि काँग्रेसले झेलेको नियति अब एमालेले झेल्नुपर्ने खतरा

‘मधेस मुक्तिका लागि लोसपा र जसपाबीच एकता आवश्यक छ’ महन्थ ठाकुर नेतृत्वको लोसपासँग एकताका लागि पटक पटक प्रस्ताव गर्दै आएका जसपाका अध्यक्ष उपेन्द्र यादव अहिले पनि सो पार्टीसँग एकता हुनेमा विश्वस्त छन् । विगतका तितामीठा कुरा छाडेर एकता गरौँ भनी अध्यक्ष यादवको प्रस्ताव छ । ...... तर लोसपा भने काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमा जाने प्रयास गरिरहेको छ । ...... विभिन्न ठाउँमा गठबन्धनका लागि कुद्नुभन्दा तराई मधेसमा लोसपा र जसपा गठबन्धन गर्दा सबैभन्दा बेटर हुन्छ । लोसपालाई हेर्छु कहिले काँग्रेस, कहिले एमालेसँग त कहिले कोसँग गठबन्धनकै लागि कुराकानी गरेको छ । तर मेरो विचारमा लोसपा र जसपाकै बीच गठबन्धन हुनुपर्छ । ........ अहिले पनि केही बिग्रेको छैन । राजनीतिमा यो सब भइरहन्छ । तलमाथि भइरहन्छ । तर मुख्य मिसन मधेसको मुक्ति हो । त्यसका लागि पनि दुवै दल एक ठाउँमा आउनुपर्छ । विगतमा कसले के बोले, कसले के भने, कसले के गरे, त्यो छाडौँ । ....... समीक्षाका लागि त संवादको सुरुवात हुनुपर्‍यो नि । जसपा हरेक समीक्षा गर्न तयार छ । ........ मधेसको आवश्यकता र चाहना हो, समयको माग हो एकता । दुई दल मिल्न सकेनन् भने मधेसको माग कहिले पुरा हुँदैन । मधेस मुक्तिका लागि भएपनि जसपा र लोसपाबीच एकता हुनुपर्छ भन्ने मेरा चाहना हो । .... लोसपा पनि यही गठबन्धनमा आउन चाहेको छ । त्यसका लागि प्रयास गरिरहेको छ । दुई पार्टीबीच एकता भयो भने गठबन्धन र सरकारमा त्यतिकै सहभागी हुने कुरा पनि हुन जान्छ । यदि हामीले गठबन्धन र सरकार छाड्ने कुरा हो भने त्यसका लागि पनि संवाद र छलफल हुनुपर्छ । .

‘जसपा र लोसपाबीच एकता सम्भव छ, तर पहिला समीक्षा हुनुपर्छ’ लोसपाका अध्यक्ष महन्थ ठाकुरले पनि गठबन्धनका लागि विभिन्न दलसँग कुराकानी सुरु गरेका छन् । एमाले र पाँच दलीय गठबन्धनको साथै सीके राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसँग पनि उनले वार्ता थालेका छन् । तर अहिलेसम्म ठोस निर्णय भएको छैन । ........ लोसपा एकता वा गठबन्धनका लागि तयार छ । लोसपाले आफू लोकतान्त्रिक गठबन्धनको पक्षमा छ भन्ने कुरा भन्दै आएको छ । यति भनिसकेपछि त कुरा अगाडि बढ्नुपर्ने होइन र ? ....... विगतमा हामी किन एक भएका थियौँ, फेरि किन अलग भयौँ ? त्यसको समीक्षा हुनुपर्छ । अनि फेरि नयाँ ढंगबाट अगाडि बढ्न सजिलो हुन्छ । समीक्षा नै नगरीकन फेरि एक साथ हिँड्यौँ भने यात्रामा एक अर्कालाई शंकाको दृष्टिले हेर्ने काम हुन्छ । .........

जसपासँग लोसपाको एकता वा गठबन्धन हुनुपर्छ भन्ने पक्षमा म मात्र होइन, सारा मधेस नै रहेको छ ।

मधेसका जनताको चाहना नै यी दुवै दल मिल्नुपर्छ भन्ने छ । मधेसी जनताले पटक पटक यो मौका दिएकै हो । तर मधेसी जनतालाई त हामीबाटै धोका भएको हो नि, होइन र ? ....... एकता वा गठबन्धनकै कुरा छ भने बसौं छलफल गरौं, विगतका समीक्षा गरौं । आआफ्नो कुरा राखौं, जहाँ जहाँ मतभेद छ, त्यसलाई स्पष्ट पार्दै अगाडि बढौँ भन्ने हाम्रो चाहना हो । ....... काँग्रेसले गठबन्धनमा आउनका लागि प्रस्ताव गरेको छ । कुराकानी भइरहेको छ तर सहमति भएको छैन । ....... हाम्रा विभिन्न माग छन् । ती माग पुरा भएपछि मात्र अन्य कुरामा सहमति हुन्छ । नागरिकताको समस्या समाधान हुनुपर्छ । आन्दोलनको क्रममा लगाइएको झुटा मुद्दा फिर्ता लिनुपर्छ । झुटा मुद्दा लगाएर माननीय रेशम चौधरीलगायत कतिपयलाई जेलमा थुनिएको छ, उनको रिहाइ हुनुपर्छ । आन्दोलनका क्रममा थुप्रै घाइते, अपाङ्ग भएका छन् । तिनको भरण पोषणको ग्यारेन्टी लिनुपर्छ । यस्ता विभिन्न माग छन्, जसमध्ये अहिलेसम्म कुनै पुरा भएका छैन । ........ नागरिकता विधेयक दुवै सदनबाट पारित भए पनि राष्ट्रपति कार्यालयमा गएर थन्केको छ । त्यहाँबाट लालमोहर नलागेसम्म हुँदैन । अनि हामीले त्यसलाई पारित भएको कसरी मान्ने ? नागरिकताको ऐनमा व्यवस्था भएर त्यहीअनुसार जनताले नागरिकता पाउन थालेपछि मात्र हामी ढुक्क हुने अवस्था हुन्छ । नागरिकता जनताको लागि जीवन मरणको सवाल भएको छ । नागरिकता नदिनुको मतलब यो देशले हामीलाई पहिचान दिन चाहँदैन, देशको नागरिक मान्दैन । हामी पनि यही देशका नागरिक हौँ भनी बुझाउनका लागि हाम्रो यत्रो सङ्घर्ष भइरहेको छ ।
.

ह्वाइट हाउसमा चट्याङ पर्दा ३ को मृत्यु, १ गम्भीर घाइते : किन बढिरहेछन् यस्ता घटना?

मधेशमा सजिलो छैन शक्ति परिक्षण, भोली कस्तो होला रवि लामिछानेको मधेश भेला?

Sunday, August 07, 2022

शक्ति सन्तुलन र अब को चुनाव

केपी ओली र प्रचंड ले आफ्नो केमिस्ट्री यति सारहो बिगारे कि एमाले र माओवादी को चुनावी गठबंधन हुने कुनै संभावना छैन। 

सत्ताधारी पाँच दल को गठबन्धन हुने हो भने सबैभन्दा बढ़ी फाइदा कांग्रेस लाई हुनेवाला छ। त्यही सत्ताधारी पाँच दल को गठबन्धन भित्र कांग्रेस बाहेक का चार दल को गठबन्धन भित्र मिनी गठबन्धन हुन्छ भने सबैभन्दा बढ़ी फाइदा प्रचंड लाई हुनेवाला छ। 

तर यी त भए शक्ति सन्तुलन का कुरा। मुद्दा कहाँ छ? मुद्दा के हो? 

मधेस र जनजाति आन्दोलन को संविधान संसोधन को मुद्दा परास्त भएको कि गायब भएको कि ओझल मा परेको? संघीयता को नक्शा नै बदल्ने किसिम को त आवाज पनि आउन छोड़ेको छ। 

लोसपा ले चाहेको छ पछिल्लो मधेस आन्दोलन को झुठा मुद्दा फिर्ता। मान्छे मारयौ कमसेकम लाश त देउ भनेको हो त्यो। मधेस आन्दोलन कमजोर रहेको अवस्था हो त्यो। कहिलेकाहीँ त्यसरी यथार्थ स्वीकार गर्नुपर्ने हुन्छ। जंगे ले राजतन्त्र फाल्नै खोजेको हो। बीपी ले लाचार भएर संवैधानिक राजतन्त्र मानेका हुन। मदन भण्डारी ले विवश भएर संवैधानिक राजतन्त्र मानेका। ज्ञानेंद्र ले गणतंत्र मानेको सिद्धांत मिलेर होइन। कभी मछली चिटी खाती है। कभी चिटी मछली को खाएगी। मधेस आन्दोलन परास्त भएको होइन। कमजोर तर छ। 

मधेस प्रदेश सरकार ले छ वटा प्रदेश लाई एक ठाउँ मा ल्याएर प्रदेश सरकार लाई सशक्त बनाउने प्रयास गरेको हो। त्यो जारी रहनु पर्छ। 

नक्शा बदल्ने एजेंडा त माओवादी को पनि हो। यद्यपि उ त्यो कुरा गर्दैन। एउटा हुन्छ मर्सिनरी लडाकु। उसको कोही न मित्र न शत्रु। जसले पैसा दियो उसको लागि लड्छ। प्रचंड को कुनै मुद्दा छैन। जसले सत्ता मा सहभागिता दिन्छ उसका लागि खड़ा हुन्छ। 

जसपा, लोसपा, जपा, जप्रपा सबै को राष्ट्रिय पार्टी स्टेटस गुम्ने समस्या छ। गुम्यो भने एक पिढी का लागि संविधान संसोधन को मुद्दा नै हरायो। एक्ला एक्लै कांग्रेस, एमाले र माओवादी जोसुकै सँग डील गरे पनि प्रत्येक लाई घाटा छ। तर यी चार को एकीकरण हुन्छ भने देश को निर्णायक शक्ति नै हो। तेस्रो ठुलो पार्टी बने पनि, चौथो ठुलो पार्टी बने पनि मुद्दा प्रमुख हुने निर्णायक शक्ति। त्यो एकीकरण नगरेको त आफैले हो। अझ रेशम पनि। घटनास्थल मा हुँदै नभएको मान्छे। त्यो थारू मंडेला हो। जुन देशमा मंडेला जेल मा छ त्यो देश लोकतंत्र होइन। नेपाल लोकतंत्र होइन। 

7: CK Raut

Sunday, February 27, 2022

जसपा मा बाबुराम: दुई बिराला उपेन्द्र र महन्थ

युक्रेनको तेस्रो ठूलो शहरमा रुसी सेना छिर्न सकेन
निर्वाचनको टिकटमा हस्ताक्षर गर्ने अधिकार अशोक राईलाई खतिवडा भन्छन्, 'अब जसपामा कुनै विवाद रहेन' ..... टिकट वितरणमा आफ्नो हस्ताक्षर रहने दाबी पार्टीका अध्यक्ष उपेन्द्र यादवको थियो । तर संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले एक जना हस्ताक्षर आफूले स्वीकार नगर्ने बताउँदै दुई जनाको हस्ताक्षर हुनुपर्ने अडान लिएका थिए । त्यसपछि पार्टीका अध्यक्ष उपेन्द्र यादवले टिकट वितरणमा दुई जनाको हस्ताक्षर नहुने बरु वरिष्ठ नेता अशोक राईलाई हस्ताक्षरकर्ता राख्न प्रस्ताव गरेका थिए । त्यसमा पनि अध्यक्ष भट्टराईले असहमति जनाउँदै दुईजना हस्ताक्षरकर्ता हुनुपर्ने अडान लिएका थिए ।



Saturday, August 28, 2021

मधेस मा चार पाँच वटा राष्ट्रिय मधेसी पार्टी हरु का लागि ठाउँ छ?

पहाड़ मा जसपा मा नया शक्ति मिस्सिएर ठाउँ ठाउँ मा उम्मेदवारी दिने सम्म को हैसियत बनेको हो। होइन भने एक्लै लड़दा बाबुराम सुद्धा हार्ने अवस्था हो। त्यही एक ठाउँ भए पनि जित्न प्रचंड-माधव को जाल मा जसपा लाई फँसाउने बाबुराम को बाध्यता हो। तर प्रचंड का लागि जसपा ले पार्टी एकीकरण गरे महत्व हो होइन भने चुनावी गठबंधन का नाम मा ठग्ने प्रयास मात्र हुनेछ। त्यही गठबंधन ले गर्दा जसपा को राष्ट्रिय पार्टी स्टेटस समाप्त हुने ठुलो संभावना छ। 

जसपा फोड्ने प्रथम धक्का महंथ-राजेंद्र ले दिएको हुन सक्छ। ओली सँग मुद्दा को आधार मा सहकार्य राम्रो रणनीति यदि थियो भने त्यस मा समस्त पार्टी लाई एक ढिक्का बनाएर लानु को साटो उपेंद्र यादव लाई बिलकुल माइनस गरेर लाने प्रयास भयो। जसपा फोड्ने अंतिम धक्का तर उपेंद्र यादव को हो। बड़प्पन देखाउनुपर्ने समय मा कन्जुस्याइँ गरे। पार्टी फुट्यो। 

मिथिला र भोजपुरा मात्र मधेस होइन। अवध के त? तर हृदयेश त्रिपाठी को सही समायोजन भएन। भन्ने ले त्रिपाठी लाई माइनस नगरे सम्म राजपा र सपा एक हुनु नै संभव थिएन पनि भन्छन। 

जसपा, लोसपा, नेसपा। हृदयेश त्रिपाठी को नेपाल समाजवादी पार्टी ले देश मा तीन प्रतिशत मत बटुलेर राष्ट्रिय पार्टी कसरी बन्छ मलाई हिसाब गर्न गारहो भइरहेको छ। 

लोसपा प्रति ओली को कुनै आकर्षण देखिँदैन। एक्लै लोसपा लाई गारहो छ। राष्ट्रिय पार्टी पनि बन्न गारहो छ। बनिहालेछ भने पनि सीट नगण्य आउला। 

जसपा पनि कमजोर अवस्था मा छ। ओली को दाजु हो देउबा। त्यो देउबा को पुच्छर बनेर उपेंद्र यादव कता पुगलान? ओली ले संसद विगठन गरे, देउबा ले त देश नै ज्ञानेंद्र लाई सुम्पे। फेरि यो जसपा फोड्ने अध्यादेश। चुइँक्क नबोलेसम्म मात्र गठबंधन मा ठाउँ हो उपेन्द्र यादव लाई। 

बाबुराम सँग एकीकरण नगरेको भए ओली ले मंत्रीमंडल बाट ननिकाल्ने उपेंद्र जी लाई। आफ्नो पार्टी अध्यक्ष छ सत्ता मा अनि ओली को विरुद्ध विष बमन गर्दै बसेका बाबुराम। ओली ले लगाए घोक्रेठयाक। अहिले बाबुराम ले भारत लाई त्यसरी नै चिढाएको अवस्था छ। भाजपा का विदेश विभाग प्रमुख ले काठमाण्डु मा सबैलाई भेटे, उपेन्द्र र बाबुराम बाहेक। 

नेसपा, लोसपा, जसपा तीन वटै ले राष्ट्रिय पार्टी स्टेटस गुमाउने संभावना पनि छ। 

त्यों खाली ठाउँ मा तर आउने को? नेसपा, लोसपा, जसपा तीन वटै राष्ट्रिय पार्टी नबन्ने र निधि कांग्रेस सभापति नबने त्यो खाली ठाउँ मा जनमत पार्टी आउने ठुलो संभावना रहन्छ। तर आज को जनमत पार्टी ले समाउन सक्ने तीन मुद्दा मध्ये एक पनि कस्सिएर नसमाएको अवस्था मा भाइ फुटे गँवार लुटे को अवस्था नै पनि आउन सक्छ। मधेस आंदोलन कमजोर हुन सक्छ। 

तर जसपा र लोसपा मुद्दा मा अडिग भएर संविधान संसोधन मा लागिपर्ने हो भने, त्यस का लागि जसपा ले सत्ता लाई र लोसपा ले ओली लाई ल्याउने प्रयास गरेर सफल भए जसपा र लोसपा बीचको मनोमालिन्य घट्न सक्छ। नेसपा ले भोट काटन पो लाग्यो भनेर लोसपा ले नेसपा सँग सम्मानजनक एकीकरण को पहल गर्न पनि सक्छ। 

तर संविधान संसोधन को मुद्दा मा ठगिने संभावना पनि छ। देउबा ले पार्टी फोडिदिंदा चुइँक्क नबोल्ने उपेंद्र यादव ले त्यही देउबा सँग संविधान संसोधन का लागि निर्धक्क बोललान भन्न सकिन्न। 

मधेस आन्दोलन गारहो अवस्था मा छ। 

छोटो उत्तर: मधेस मा चार पाँच वटा राष्ट्रिय मधेसी पार्टी हरु का लागि ठाउँ छैन। 







Thursday, August 19, 2021

अर्को चुनाव का चार ध्रुव

प्रचंड एकला एक्लै चुनाव लडे सीट संख्या दुई अंक पनि नपुग्ने अवस्था रहेको ले नै हो प्रचंड ले नौटंकी गरेको। अब माधव एमाले बाट अलग भए पछि माधव पनि एक्लै चुनाव लड़े सखाप हुने अवस्था मा पुगेका छन। वामदेव ले पार्टी फोड़दा जे भएथ्यो। उपेंद्र को पनि त्यही हालत छ। केंद्रीय समिति मा मधेसी कोही राखेकै छैनन। मधेस को राजदुत काठमाण्डु पुगे जस्तो अवतार छ उपेंद्र यादव को। तीन जना लाई तर पार्टी एकीकरण गरे बेफाइदा छ किनभने प्रचंड नेपाली राजनीति को रेडिओएक्टिव (radioactive) पात्र हो। प्रचंड सँग पार्टी एकीकरण गरे माधव र उपेंद्र का तल तल का मानिस बहुत कम बाँकी रहने हुन्छ। पार्टी एकीकरण गरे माधव का मान्छे एमाले पुग्छन, उपेंद्र का समर्थक अधिकांश जसपा (लोकतान्त्रिक) तिर हानिन्छन। पार्टी एकीकरण गरे पनि सखाप, र चुनावी गठबंधन नगरे पनि सखाप। यता आगो उता खौलिएको पानी। 

देउबा ले प्रचंड लाई एमाले फ़ोड़न सघाएको प्रचंड सँग चुनावी गठबंधन बनाउन होइन कि प्रचंड सँग चुनावी गठबंधन गर्नु नपरोस भनेर हो। नेपाली कांग्रेस कसै सँग चुनावी गठबंधन बनाउन सक्ने अनुशासन भएको पार्टी नै होइन। त्यो नेपाली राजनीति बुझ्ने प्रत्येक व्यक्ति ले बुझेको कुरा हो। कांग्रेस एक्लै लड़दा त ठाउँ ठाउँ मा बागी उम्मेदवार देखिरहेको हुन्छ। 

ओली को एमाले एक्लै चुनाव लड्ने इच्छा र क्षमता दुबै भएको पार्टी हो। माओवादी सँग को गठबंधन ले मात्र चुनावी जित संभव भएको, माधव गए पछि माधव लाई प्रगति नभए पनि ओली लाई धेरै क्षति भएको हेक्का ओली लाई यदि छ भने त्यो प्रकट भएको छैन। भित्र भित्र तर लागेको हुनुपर्छ। ओली लाई जसपा (लोकतान्त्रिक) को सख्त जरूरत छ। होइन भने चुनाव हुनु अगाडि नै चुनाव हार्ने अवस्था हो। अहिले तर दुई दुई पटक संसद विगठन गरेको ले ओली जसपा (लोकतान्त्रिक) मात्र होइन सबै का लागि तत्काल का लागि अछुत हो। तर ओली ले यस संसद मा संविधान संसोधन को पक्ष मा खुला ह्रदय ले मदद गरे पाप पखालिन्छ र चुनाव ताका जसपा (लोकतान्त्रिक) सँग चुनावी गठबंधन गर्ने बाटो खुल्छ। मार्गप्रशस्त हुन्छ। 

सीके राउत को जनमत पार्टी चाहिं अर्को चुनाव को वाइल्ड कार्ड (wild card) हो। जनमत पार्टी ले समात्न सक्ने तीन मुद्दा छन। एक, मधेस आंदोलन को मुद्दा जसलाई संविधान संसोधन भन्ने गरिन्छ। दुई, भ्रष्टाचार को मुद्दा। तीन, आर्थिक क्रांति को मुद्दा। अहिले तीन मध्ये एक पनि कस्सिएर समातेको देखिँदैन। तर त्यो इच्छा को अथवा क्षमता को अभाव होइन, टाईमटेबल को कुरा हो। भ्रष्टाचार को मुद्दा समातेर देशव्यापी आंदोलन गर्न सके जनमत पार्टी १५० सीट जितेर काठमाण्डु पुग्ने पार्टी हो। यो विक्रम सम्वत २०४६ जस्तो समय हो, यो सन २००६ जस्तो समय हो। चार पाँच दलीय भ्रष्टाचारतंत्र ले जनता आक्रांत भएको अवस्था छ। पंचायत ढले जस्तै यो चार पाँच दलीय भ्रष्टाचारतंत्र ढल्नुपर्छ। रविन्द्र मिश्र राप्रपा को युथ विंग बनेपछि पहाड़ पनि जनमत पार्टी नै पस्नुपर्ने अवस्था छ। 





Tuesday, August 17, 2021

बुढ़ा हरु को कोतपर्व ले देश हैरान

अध्यादेश ल्याउन का लागि नै चलिरहेको संसद अधिवेशन समाप्त गर्ने कार्य अध्यादेश व्यवस्था को सोंच विरुद्ध छ। संसद मा बिल लानुपर्थ्यो। तर पार्टी फोड़न संसदीय दल र केंद्रीय समिति दुबै को ४०% चाहिने प्रावधान त संविधान मा छ। संविधान संसोधन अध्यादेश को बाटो गर्न मिल्दैन। संसद ले साधारण बहुमत ले पास गरेको कानुन यदि संविधान सँग बाझिनछ भने अदालत गएर त्यस कानुन लाई खारेज गर्न मिल्छ। भनेको संसद भन्दा माथि अदालत होइन। तर संसद ले संविधान संसोधन  को बाटो जानुपर्ने हुन्छ। देउबा ले संसद मा दुई तिहाई पुर्याउनु पर्थ्यो। तीन दलको सरकार हो भने यो अध्यादेश ल्याउन मा उपेंद्र यादव को के कति योगदान रह्यो? योगदान जीरो रहे पनि जिम्मेवारी त पुर्ण हो। 

यो पहिलो गाँस मैं ढुङ्गा हो। देउबा लाई डेढ़ वर्ष राम्रो काम गरेर चुनाव जित्छु भन्ने लागेको छैन। अरु पार्टी हरु तोड़फोड़ गरे नेपाली जनता जाने कुनै ठाउँ बांकी रहँदैन भन्ने सोंच हो। त्यो लोकतान्त्रिक सोंच होइन। प्रचंड लाई माधव ले एमाले आफ्नो पोल्टा मा हालिदिने अथवा आधा एमाले आफ्नो पोल्टा मा हालिदिने विश्वास छैन। तर एमाले तोड़फोड़ हुन्छ भने वाम भोट मेरै हो सोंच हो। दुई जना पार्टी महाधिवेशन नगर्ने पात्र हरु। 

देउबा को प्रधान मंत्री पद यस संसद को बाँकी कार्यावधि भरि सुरक्षित छ। दुई वर्ष अविश्वास को प्रस्ताव दर्ता गर्न नपाइने भनेर संविधान भन्छ। भने पछि डेढ़ वर्ष पंगु सरकार चलाउँदै बस्ने अब। 

राजनीतिक रूप ले जसपा तर सकियो। उर्जा केही बाँकी रहेन। एमाले सकियो। कांग्रेस सकियो। माओ पार्टी सकियो। जसपा सकियो। बुढ़ा हरु को कोतपर्व ले देश हैरान। 

पार्टी फुटन असंभव बनाइदिनुपर्छ भन्ने मान्यता को म विरोधी हुँ। तर मेरो विरोध त संविधान मा १०० ठाउँ मा छ। त्यो एउटा मात्र होइन। 









ठाकुर समुह नयाँ पार्टी खोल्ने तयारीमा, सरकारमा पनि जाने सम्भावना शेरबहादुर देउवाले ठाकुर समुहलाई पनि दुई जना मन्त्री दिन तयार भएका छन् । देउवा ठाकुर समुहलाई समेत सरकारमा ल्याउने सोच बनाइसकेका छन् । माधव नेपाल समुह समेत सरकारमा आउने लगभग निश्चित भएपछि देउवाले उपेन्द्र समुहलाई अधिकतम चार मन्त्री मात्र दिने तयारी गरेका छन् । ठाकुर पक्ष सरकारमा गए नयाँ चेहरा मात्र मन्त्रीमा पठाएर शिर्षनेताहरु संगठन विस्तारमा लाग्ने योजना बनाइसकिएको एक नेताले बताए ।

संसदीय अंकगणित : एमालेका १४ सांसदलाई कारवाही गर्दा देउवालाई पुग्ला त बहुमत ?  एमालेका १४ सांसद पदमुक्त भएपछि प्रधानमन्त्री देउवालाई एमालेको साथविनै प्रतिनिधि सभामा बहुमत पुग्छ ।.......  माधव नेपालसहित १४ सांसद पदमुक्त हुँदा प्रतिनिधि सभाको सदस्य संख्या २५७ मा खुम्चने छ । यसो हुँदा २५७ सदस्य संख्याको बहुमत पुग्न १२९ भए पुग्छ । हाल प्रतिनिधि सभामा नेपाली काँग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपाका २० सांसद छन् । यो संख्या जोड्दा सहजै १३० पुग्छ । ........  एमालेले कारवाहीको सुचीमा राखेका १४ सांसदमध्ये ८ जना समानुपातिकतर्फका छन् । समानुपातिक सांसदलाई हटाएर ओली पक्षले नयाँ सदस्य नियुक्त गर्न सक्ने सुविधा छ । ...... ओली पक्षले गरेको कारवाहीविरुद्ध माधव पक्ष सर्वोच्च अदालत जाने सम्भावना पनि त्यतिकै छ । त्यस्तो अवस्थामा अदालतले निर्णय उल्ट्यायो भने फेरि प्रधानमन्त्री देउवाले बहुमत जुटाउन एमालेको साथ खोज्नुपर्ने हुनसक्छ । 

'ओली अहङ्कारको घोडामा सवार भएकोले पार्टी विभाजनको मोडमा पुग्यो' पार्टी केपी ओलीको प्राइभेट कम्पनी हुने भएपछि विद्रोह सुरु गरेका हौँ : माधव नेपाल। ......  दुई तिहाइबाट आज पाटी ८३ सिटमा झरेको छ । उहाँले त्यसबारे कहिले पनि आत्मालोचना गर्नुभएन । देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाउनुभयो । उहाँले एक समय देश भक्तिको झण्डा उठाउनुभएको थियो, विदेशीसँग मध्यरातमा भेटेर त्यसलाई पनि फाल्नुभयो । आज यो पार्टी गणतन्त्र विरोधी हो कि जस्तो भएको छ । राजावादीहरू फेरी राजतन्त्र स्थापित हुन्छ कि भनेर खुसी भएका छन् । उहाँका नजिककाहरु अहिले सङ्घीयताको विरोध गरिरहेका छन् ।’......  ओलीले आफ्नो कुर्सी ताके कुर्सी नै भाँचिदिन्छु, आफू बसेको घर नै जलाइदिन्छु भनेको स्मरण गरे । 

योगेश भट्टराईले भने–देउवाले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्छ  ‘राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकता तिर धकेलेर ब्यवस्था र संविधानलाई धरासायी पार्ने सुनियोजित षड्यन्त्र हो । यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोली पनि गलत नै हुनेछ । विगतको फोहोरी राजनीतिक अभ्यासका दुस्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्याउनु समकालीन नेतृत्वको घोर असफलता हो । आजका दिनमा प्रम शेर बहादुर देउवाले यो अध्यादेश बिनासर्त फिर्ता लिनु पर्दछ ।’ ...... ‘आमाको दुःखद् निधनको शोकमा बसिरहेको बेलामा कुनै राजनीतिक टिप्पणी गर्ने ईच्छा नहुँदा नहुँदै पनि आजको संगीन दिनमा यति टिप्पणी गरेको छु, अन्यथा नमानिदिनु होला’, भट्टराईले भनेका छन् ।


ओलीले सहमतिको ढोका बन्द गरे, अब नयाँ ढंगले अघि बढ्छौँ : माधव नेपाल  पार्टीको केन्द्रीय समितिमा २ सय २ जना रहेकोमा आज पार्टीको संख्या २ सय ६० पु¥याएको र आफू लगायत १४ जनालाई निकालिएको खबर आएको बताए । ..... अहिले तत्काल अरु कुनै पार्टीसँग एकता हुने अवस्था नरहेको बताउँदै पार्टी एकताको ढोका सधैं खुला हुने प्रष्ट पारे । साथै आगामी चुनावमा तालमेल गरेर वा छुट्टाछुट्टै जान सकिने पनि उल्लेख गरे । ...... उनले अब पार्टीलाई क्रान्तिकारी संगठनमा रुपान्तरित गरिने र प्रत्येक स्थानीय तह, प्रदेशमा पार्टी संगठन बिस्तार अभियानमा लाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

महन्थ ठाकुर पक्षद्वारा दल विभाजनसम्बन्धी अध्यादेशको स्वागत  अहिले मैले भर्खरै सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको भनेर सुनें,यदि आएको हो भने संविधानसम्मत हो । प्रत्येक पार्टीको अवस्था हेर्ने हो भने कहीँ धेरै,कहीँ थोरै भएपनि विग्रहको अवस्था देखिएको छ । म जुन पार्टीमा छु,यसमा पनि समस्या छन् । यो प्रश्न जबरजस्ती निर्वाचन आयोगले जन्माएको हो । हामी अहिले सर्वोच्च अदालत गएका छौं । निर्वाचन आयोगले उपेन्द्र यादवको पक्षलाई आधिकारिकता दियो । त्यो निर्णय कति ठिक छ वा छैन भन्ने कुरा म यहाँ चर्चा गर्दिन । तर,निर्वाचन आयोगको निर्णय गलत छ भनेर हामी अदालत गएका छौं । ......  नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रामकृष्ण यादवले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश संविधानसम्मत रहेकोले यसमा कसैको पनि विरोध नरहने दावी गरे । ........  ‘नेपालको इतिहासमा खासगरी लोकतन्त्रमा दल बलियो भयो भनेमात्रै लोकतन्त्र बलियो हुन्छ । आज लोकतन्त्रको नै अगुवाई गर्छु भन्ने दलले अध्यादेश ल्यायो । दल विभाजनसम्बन्धी अध्यादेश ल्यायो । यो गलत हो । संसदको हत्या गर्यो भन्नेहरुले आज संसद्को अधिवेशन अन्त्य गरेर एमालेलाई विभाजन गर्ने उद्देश्यका साथ अध्यादेश आएको छ । एमालेले यो निर्णयको पूरा विरोध गर्छ । भत्र्सना गर्छ ।’