Tuesday, January 19, 2016

In The News (30)

थारु क्षेत्रलाई स्वायत्त प्रदेश बनाउन सकिन्छ : देउवा
देउवाले थारुहरुको बाहुल्यता रहेका दाङदेखि कञ्चनपुरसम्मका जिल्लालाई थारुहरुको स्वायत्त प्रदेश बनाउन सकिने धारणा व्यक्त गरे ।
कांग्रेस बैठक : प्रदेश संरचनाको प्रस्ताव ल्याउन निर्देशन
उनीहरूले प्रधानमन्त्री केपी ओलीको राजपाठ र सद्भावनाका अध्यक्ष राजेन्द्र महतोको आन्दोलित नजरले नभई मधेसमा कांग्रेसलाई जोगाएर/जिताएर बसेकाहरूको नजरले बुझ्न र पढ्न सुझाएका छन् । ...... प्रतिवेदनमा मधेसका हितका सम्बन्धमा संविधानमा भएका प्रावधानलाई नागरिक पंक्तिमा पुर्‍याउन पर्ने, संसदमा रहेको संविधान संशोधन प्रस्तावलाई मधेसी मोर्चाको विश्वासमा अगाडि बढाउनुपर्ने तथा सीमांकन हेरफेर गर्ने सन्दर्भमा सम्पूर्ण संघीयताको मनोविज्ञानलाई केन्द्रमा राख्नुपर्ने सुझाव दिइएको छ ।
बाबुरामजी मलाई दु:ख नदिनुहोस् : गगन थापा



महतोले भने-'अधिकारविहीन कार्यदलको अर्थ छैन'
शीर्ष नेतालाई दलगत स्वार्थभन्दा माथि उठ्न सुझाव
संविधान निर्माणमा एकमत भए जस्तै तीनै शीर्ष नेता मधेस समस्या समाधानको लागि पनि एकमत हुनुपर्ने भन्दै उनले दोश्रो र तेश्रो पुस्ताका नेता अथवा कार्यदल मार्फत समस्या समाधान नहुने बताए । ..... -'सरकारी वार्ताटोलीका नेताहरुसँग कुनै अधिकार छैन । सबै कुरा शीर्ष नेताहरुसँग छलफल गरेर गर्छु भन्छन् । अनि किन चाहियो वार्ताटोली ?' .... जारी मधेस आन्दोलनलाई थकाउन तथा आन्दोलनकारीलाई अल्झाई राख्न सरकारले वार्ताको नाटक रचेको आरोप लगाउँदै महतोले भने-'हामी वार्ता विरोधी होईनौं, त्यसैले वार्ता प्रकृया रोकिन्न तर अब हुने वार्ता शीर्ष नेताहरु बीचमात्र हुन्छ ।'...... जिल्ला प्रहरी कार्यालय धनुषाले जानकी मन्दिरमा तोडफोड गरेको आरोपमा दश जनामाथि मुद्दा दर्ता गरेको प्रसंग कोट्याउँदै सद्भावना अध्यक्ष महतोले मुद्दा तत्काल फिर्ता लिन माग गरे । उनको कथन थियो-'आन्दोलनकारीहरुमाथि झुठा मुद्दा चलाएर सरकार राज्य आतंक सृजना गर्न खोजेको छ ।'


कार्यदलमा कब्जियत !
मोर्चाले भन्यो– ‘कार्यदलस्तरको वार्ता प्राय: समाप्त भएको छ, अब अध्यक्षस्तरमै गर्नुपर्छ’
बालुवाटारमा तीन दलका शीर्ष नेताहरुको बैठक सकिएलगत्तै पर्खेर बसेका मोर्चाको कार्यदलसँग पुगेको तीन दलीय कार्यदलका सदस्यको अनुहार थकित देखिथ्यो । ‘कार्यदल बैठक एकाएक रोचक मोडमा पुग्यो,’ कार्यदलस्तरीय वार्तालाई करिव करिव बिट मारेको बताउँदै मोर्चा कार्यदल सदस्य हृदयेश त्रिपाठीले भने, ‘कार्यदलमा कब्जियत भयो, अब फुकाउन रामदेव नै चाहिने भो ।’ .....

कार्यदलले गरेका सहमति तीन दलले एकाएक उल्ट्याएपछि कार्यदलस्तरको वार्ता प्राय: समाप्त भएको त्रिपाठीको भनाइ छ । ‘कार्यदलमा बुँदागतरुपमै छलफल भएको थियो, धेरै विषयमा त नजिकसम्म पुगेका थियौं, तर अहिले अवस्था शुन्यमा पुगेको छ, सम्वाद भने रोकिएका छन्,’

उनले भने, ‘अब अध्यक्षस्तरमै वार्ता जरुरी छ, तर वार्ताबाट बाहिरिएका छैनौं ।’ .....

संविधान नै नछोई राजनीतिक सहमति गर्ने कुरा आफूहरुलाई मान्य नभएको बताए । ‘पोलिटिकल एग्रीमेन्टमात्रै गर्ने भन्नुभयो

...... सरकारले भनेजस्तो मोर्चाले ११ बुँदेमा कुनै माग नथपेको नेताहरुले बताए । ‘मृतकलाई सहिद घोषणा, घाइतेको उपचार, मुद्धा फिर्ता र न्यायिक छानबिन आयोगमात्रै हो,’ त्रिपाठीले भने ।
मोर्चासँग सहमति खोज्न संविधान संशोधन प्रक्रिया रोकियो
७ गतेसम्म सहमति खोजिने, ९ गते निर्णयार्थ पेस गर्ने तयारी
यसरी अवरुद्ध भयो कार्यदलीय स्तरको वार्ता ।
पछिल्लो समयमा कार्यदल स्तरमा चलेको छलफल साकारात्मक रुपमा अघि वढेको भन्दै चौतर्फी आशाहरु पलाएको थियो, अव गएको पांच महिना देखिको आन्दोलन विसाउछ कि अनि लथालिंग हुदै गएको सवै क्षेत्र पुन सक्रिय होला कि भनेर । तर त्यो आशा फेरी सपनामै सिमित हुन पुगेको छ । आखिर किन यत्रो साकारात्मक भनिएको वार्ता प्रक्रिया अवरुद्ध हुन पुग्यो त ? .... उहाहरु लाई आफनै शिर्ष नेताहरुको छलफलको निष्कर्ष हामीलाई सुनाउन एकदमै अप्ठायारो महसुस भइरहेको थियो । तर त्यसमा उहाहरुको के दोष, उहाहरुले सुनाउनु भयो हामी त्यो सुनेर कार्यदल स्तरमा जारी वार्ता प्रक्रियाको औचित्य अव सकियो भनेर फर्कियौ । मोर्चा कार्यदलका सदस्यहरु भन्छन, आन्दोलनरत मोर्चा वार्तावाट न त हिजो भागेका थिए, नत आज भागेका छन, नत भोली भाग्ने छन । पछिल्लो समयमा कार्यदल स्तरीय वार्ताको प्रमुख हर्ताकर्ता मोर्चावाट देखिएका थिए तमलोपा नेता हृदेश त्रिपाठी र पछिल्लो समयमा वार्तामा जान थालेका सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण । .......

सहमतीय खाका लीपीवद्ध हुन थालेपछि शिर्ष तहवाट वातावरण विथोलियो ।

...... उहाहरुले हामीहरु संग वार्ता र छलफल गरेका्े सम्पुर्ण कुराहरुवाट पछाडी फर्केको वताउनु भयो । उहाहरुले निष्कर्षमा काग्रेस सरकारको पालामा दर्ता भएको दुई ओटा संशोधन विद्येयक जस्ताको त्यस्तै पारित गरेर अघि वढदै अरु कुरा पछि मिलाउदै जाने कुरा गर्नु भयो । जुन कुरा गर्न स्वयम कार्यदलका सदस्यहरुलाई अत्यन्तै अप्ठायारा महसुस भइरहेको हामीले महसुस गर्यौ । ...... उहाहरु राजनितीक सहमती मात्रै गर्दै अघि वढन खोज्नु भएको रहेछ । हामीहरु संविद्यान संशोधनको कुरामा थियौ । त्यसमा हामी वेकारमा कार्यदल स्तरमा कुरा गर्नूको कुनै तुक छै्रन भनेर त्याहा वाट फर्कियौ । ...... हामी धेरै मेहनत गरेर धेरै अगाडी वढीसकेका थियौ ।

प्रमुख दलहरुका शिर्ष नेताहरुले यो मुलुकलाई फेरी निकाश दिन चाहदैनन भन्ने मेरो वुझाइ छ ।

...... सोमवारको शिर्ष नेताहरुको बैठकले यो संविद्यानलार्ए चलाउनु हुन्न भनेर निष्कर्ष निकालेका रै छन .....

प्रमुख तीन दलका शिर्ष नेताहरु यो संविद्यान संशोधनको पक्षमा छैन भन्नेमा हामी हिजो राती प्रष्ट भएका छौ



आफ्नै पाँच निर्णयहरु जसबाट महतो भए ‘ब्याक’
बार्ता निष्कर्षविहिन भएपछि वीरगन्ज बजार फेरि ठप्प
वीरगन्जमा करिब दुइ साता देखि खुकुलो देखिएको आन्दोलनलाई मोर्चाले आजबाट फेरी शसक्त बनाएको हो । ...... मधेसवादी दलले आन्दोलन थालेको आज एक सय ५७ दिन पुगेको छ । यस्तै वीरगन्ज रक्सौल नाकामा मधेसी दलको नाकाबन्दी आज एक सय १८ औं दिन पनि जारी रहेको छ । ......

मधेसी दलका नेता कार्यकर्ता नाकाबन्दी गर्न धर्नामा बसेका कारण चार महिना देखि रक्सौलबाट कुनै पनि मालवाहक सवारी साधान वीरगन्ज छिर्न सकेको छैन ।



कसरी विग्रियो ‘सहमति नजिक’ भनिएको वार्ता ?

वार्ताको माहौल एकाएक किन बिग्रियो भन्ने प्रश्नमा तीन दलको बैठकमा सहभागी भएका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले हिजोको घटनाक्रमबारे आश्चर्य प्रकट गरे । उनले हिजो किन वातावरण बिग्रयो भन्ने कुरामा आफै अचम्ममा परेको बताए ।

..... ‘हिजो साँझको वार्ता प्रगति नभएको साँचो हो तर माहैल नै भने विग्रिएको छैन’, उनले भने, ‘फेरि पनि वार्ताबटै गतिरोध अन्य गर्ने प्रयत्न हुनेछ ।’
दाङदेखि कञ्चनपुरसम्म थारु स्वायत्त प्रदेश बनाउन सकिने : नेता देउवा
आफ्नै मुलुकमा ढाका टोपीमा सजिए मोदी, गरे नेपालीमा भाषण

यतिखेर नयाँ संविधानलाई ‘संसारकै उत्कृष्ट संविधान’ वा ‘दक्षिण एसियाकै समावेशी संवैधानिक दस्तावेज’को पगरी गुथाएर वर्ग, वर्...

Posted by Luisang Waiba Tamang on Tuesday, January 19, 2016

No comments: