Friday, January 22, 2016

Nepal News (42)



रंगेली घटना पश्चात पुर्व सहित तराई-मधेश भरी नै तनाव ।
विहिवार मोरडको रंगेलीमा भएको घटना पश्चात तराई मधेशको पुर्व देखि पश्चिम सम्म फेरी तनावको वातावरण सिर्जना भएको छ । पछिल्लो समयमा समान्यीकरण बन्दै गएको तराई मधेशको अवस्था रंगेली घटना लगतै तनावमा परिणत भएको छ भने आन्दोलनहरु ठाउ ठाउमा चर्किएको छ । विहिवार रंगेलीमा एमाले सम्बद्ध युवा संगठनले आयोजना गरेको कार्यक्रमको प्रतिरोधमा उत्रेका मधेशी आन्दोलनकारीहरु प्रहरी र युवा संघ दुवैको वल प्रयोगवाट ठुलो क्षती व्योहोरेका छन । रंगेलीमा प्रहरीले चलाएको गोली वाट तीन जनाको मृत्यू भइसकेको छ भने झण्डै चार दर्जन धाइतेहरुको उपचार भईरहेको छ । त्यसैगरी युवा संघका नेताहरुले प्रहार गरेको धारिलो हतियारवाट विराटनगरमा धाइते भएका सदभावनाका प्रवक्ता संतोष मेहता सहितका कयौन अन्य नेताहरुको समेत उपचारार्थ छन । ....... रंगेली घटना पश्चात पुर्वको झापा, मोरड र सुनसरीको अवस्था आज समेत तनावपुर्ण रहेका छन ।

मधेशी मोर्चाले रंगेली घटना पछि आज देखि आब्हान गरेको अनिश्चितकालिन बन्दका कारण जारी मधेश आन्दोलनमा समेत पुर्ण बन्द नभएका पुर्वका विराटनगर सहितका ठाउहरु पुर्ण रुपमा ठप्प भएका छन ।

उक्त क्षेत्रमा तनावको वातावरण देखिएका छन भने आम नागरिकमा त्रासको वातावरण देखिन्छ । ....... रंगेली घटना लगतै पुर्व देखि पश्चिम सम्मको तराई मधेशमा फेरी आमहडतालहरुको स्थानिय स्तरमा कडा आब्हान गरिएको छ । राजविराज, लहान, गोलवजार, मिर्चैया, जनकपुर, जलेश्वर, मंलंगवा, गौर, कलैया, विरगंज, परासी, भैरहवा, कपिलवस्तू लगायतका ठाउहरुमा आज देखि फेरी कडा बन्दहरु सहित विभिन्न प्रर्दशनहरु हुन थालेका छन । ........... दुई दिन अघि देखि मात्रै यातायात संचालनमा आएको जनकपुरमा आज देखि फेरी यातायात सहित सम्पुर्ण बन्दहरु अनिश्चतकालिन गर्न थालिएको छ । जनकपुरमा युवाहरुले गरेको दिनभरीको प्रर्दशनमा प्रहरी संग झडप समेत ठाउ ठाउमा भएको छ । आन्दोलनकारीहरुले प्रहरी चौकीलाई निशानामा परारे पेटेल बम प्रहार गरेको स्थानिय अधिकारीहरुले जनाएका छन । त्यसैगरी विरगंजको मुख्य चौकहरुमा शुक्रवार विहानै देखि आन्दोलनकारीहरुले प्रर्दशन गरेका छन भने पछिल्लो समयमा खुल्दै आएको विरगंज वजार फेरी ठप्प गराएका छन । त्यसैगरी अघिल्लो हप्ता देखि मात्रै खुल्न थालेको बलैया बजार समेत आज देखि फेरी बन्द भएको छ । कलैयामा प्रर्दशनकारुले विभिन्न सवारी साधनहरुमा तोडफोड समेत गरेका छन । ...... त्यसैगरी पश्चिममा नवलपरासी, रुपन्देही र कपिलवस्तुमा आज देखि स्थानिय स्तरमा मोर्चाले बन्दको आब्हान गर्दै रंगेली घटनाको विरोध गर्दै प्रर्दशनहरु गरेका छन । ....... मोरडको रंगेलीमा विहिवार भएको घटनाको सन्दर्भमा शुक्रवार काठमाडौ स्थित केन्द्रिय कार्यलयमा पत्रकार सम्मेलन गर्दै मधेश आन्दोलनको एक प्रमुख घटक तराई मधेश लोकतान्त्रिक पार्टीले सरकारी पक्ष सुनियोजित रुपमा मधेशमा सम्प्रदायीकता फैलाउन लागेको आरोप लगाएका छन । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तमलोपा सहअध्यक्ष हृदेश त्रिपाठीले सरकारीको नेतृत्व कर्ता एमालेले जारी मधेश आन्दोलनलाई भाडभैलौ पार्न खाजेको भन्दै यसप्रति सवै मधेश र पहाड दुवै तिरका जनतालाई संयमितता अपनाउन उनले आग्रह गरे । सम्प्रदायिकताको विष हाम्रो प्रधानमन्त्री सहित होल एमाले मधेशमा फैलाउन खोज्दै छन, त्रिपाठीले भने, यदी यो भने साह्ै मंहगो सावित हुनेछ । सरकारी पक्षको नियत माथी अब मोर्चाको विश्वास नरहेको भन्दै त्रिपाठीले भने,

एकातिर सहमती नजिक पुगेको वार्ता पनि विथोल्ने अनि अर्को तर्फ मधेशमा जातीय नरसंहार मच्चाउन खाज्ने, यो के गर्न खाजेको छ प्रधानमन्त्री र एमाले भन्ने पार्टीले ।

मोर्चाले कार्यदल सदस्य समेत रहेका त्रिपाठीले हिजोको विहानको वालुवाटार बैठकमा प्रधानमन्त्रीको अभिव्यक्ति र रंगेली घटनाले अव वार्तामा बस्न नसकिने बताउदै सरकारी पक्ष नसच्चिउ आफुहरु अव वार्तामा नफर्कने बताए । ......... यसैगरी मोर्चाका अर्का एक घटक सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णले आजको व्यवस्थापिका सदनको बैठकमा रंगेली घटनाले सरकार वार्ताको माहौल विगारेको भन्दै अव वार्तामा नबस्ने बताए । ...... कर्णले जती जती वेला वार्ता संवाद साकारात्मक रुपमा अघि वढन खोजे सरकारी पक्ष मधेशमा वितयडा मच्चाएर सहमतीको वातावरण विर्गान खाजेको आरोप लगाए । पछिल्लो समयमा सदनमा काग्रेुसले पेश गरेको संविद्यान संशोधन विद्येयक छलफल सुरु भएको थियो । मोर्चाले अन्य दिन जस्तै आज पनि आफनो धारणा राख्दै बैठक वहिष्कार गरेका थिए । मोर्चाले आफनो सहमती वेगर संविद्यानमा जस्तो सुकै संशोधन गरे त्यसलाई आफुहरुले स्विकार नगर्नै बताइसकेका छन । काग्रेसले पेश गरेको संशोधन विद्येयकको मोर्चा सुरु देखि नै विरोध गर्दै आएका छन ।


The End of China's Rise
Still Powerful But Less Potent
Over the past three months, uncertainty over the course of Chinese development has intensified, with a steady flow of mostly bad economic news: yet another plunge in the stock market, which was already crumbling and kept afloat only by massive state intervention; mounting corporate debt; and a hemorrhaging of foreign exchange reserves, to name a few. The reality is that China is staring economic stagnation in the face, and the ruling Chinese Communist Party (CCP) is panicking. The party appeared to have acknowledged the seriousness of its economic woes, which can only be worsened by a declining and aging labor force, when it announced in late October that it would replace its decades-old one-child policy with a two-child policy in March. China desperately needs more young people not only to fill the factories and staff the offices and schools but also to increase consumption so that the country can shift from an investment- to a domestic consumption–led model of economic development....... But such a strategic shift cannot possibly succeed in time to prevent China’s rise from ending. Not only must there be a period of time after slashing investment (which is only barely beginning now) to allow private consumption to step in to fill the void in demand, but slashing investment itself will also reduce demand for consumption in absolute terms; people will lose their jobs, and the already heavily indebted corporate sector will earn less money to invest in sectors that genuinely need investment.


बिहारका साँसद पप्पु यादवद्धारा नेपालमा मधेशी जनताको रक्षा गर्न भारतीय केन्द्र सरकारलाई आग्रह
भारतको बिहार राज्यको साँसद पप्पु यादवले मोरगंको रंगेलीमा सरकारको निर्देशनमा प्रहरीद्धारा गरिएको मधेशी जनताको हत्याको घोर भत्र्सना गरेका छन् । उनले आफनो समाजिक सन्जाल मार्फत हिसांत्मक घटनाको घोर भत्र्सना गरेका हुन् । उनले नेपालमा मधेशी जनताले सुरक्षित महसुस गर्न नसकेको भन्दै यसको असर विहार राज्यको अर्थ व्यवस्था समेत परेको उल्लेख गरेका छन् । उनले केन्द्रिय सरकारलाई तत्काल नेपालमा हस्तक्षेप गरी मधेशी जनताको अधिकार रक्षा गर्न माग गर्ने समेत बताएका छन् ।


मोरङको घटनाले जनकपुरमा अनिश्चितकालिन आमहडताल आव्हान

No comments: