Wednesday, January 13, 2016

In The News (19)

एमाले सचेतक भन्छन्– नाकाबन्दी खुलाएमात्रै सरकार सफल
‘नाकाबन्दी खुलाउन सकेमात्रै सरकारको सफलताको मूल्यांकन हुनेछ । सरकारको अरु काम देखिन सकेको छैन ।’
‘कांग्रेसले मधेसको स्रोत र सामर्थ्यलाई चिन्न सकेन’
कांग्रेसले मधेसलाई नचिनेको र मधेसी चेहरालाई आत्मसम्मान गर्न नजानेकै कारण मधेसमा नेता तथा सांसद जान नसकेको सहभागीहरूको भनाइ थियो । .... ‘सरकार छाड्ने बेला संविधान संशोधनको प्रस्ताव हाल्ने पार्टी नेतृत्वले आफ्नै सांसद र मधेसका नेताहरूले बारम्बार दबाब दिइरहँदा पनि संविधानमा किन ती विषय राख्न नसकेको ?’ चौधरीको प्रश्न थियो । उनले भने, ‘नेताहरूको गलत बाटोले अहिले हामी मधेसी नेपाली हौं कि होइनौं र कांग्रेस हाम्रो पार्टी हो कि होइन भन्ने अवस्था सिर्जना भएको छ ।’ ...... सहभागीहरूले मधेसमा गिरेको साख जोगाउन कांग्रेसले संसदमा प्रस्तुत संविधान संशोधनसम्बन्धी विधेयक पारित गर्न र संघीय प्रदेशको सीमांकन बदल्न नेतृत्वलाई सुझाएका थिए । प्रदेश नम्बर २ लाई पहिचानका आधारमा मात्रै सीमित राख्न नहुनेमा उनीहरूको जोड थियो । ..... ‘हामी एउटै देशभित्रको संघीयता खोजेका छौं तर पार्टीका नेतृत्व कुनै अर्को देशसँग संघीयता खोजेजस्तो गर्दै छन्,’ शत्रुधन गुप्ताको भनाइ थियो,

‘पहिचानको सिटौला मोडलले मधेस समस्याको समाधान दिँदैन ।

छाती फुलाएर मधेसमा संगठन विस्तार गर्ने हो भने धेरै समस्याको समाधान कांग्रेसले खोज्नुपर्छ ।’ ..... उनले मधेसको भावनालाई जित्न कांग्रेस नेतृत्वले पहाडमा पनि मधेसी नेताहरूलाई उम्मेदवार बनाएर चुनाव जिताउनुपर्ने बताए । ‘मधेसमा हामी पहाडीलाई जिताएर पठाइरहेका छौं । मधेसबाट चुनाव जित्ने पहाडी अनुहारको नाम उल्लेख गर्दै उनले भने, ‘हामी त साँच्चै दाता हौं, दिइरहेका छौं तर दाता नै अहिले पीडामा छ ।’ .....

शर्माले काठमाडौंमा मधेसी नेताहरूसँगको संवाद चले पनि मधेसमा टुटेको

..... ‘गिरिजाप्रसाद कोइरालाको सालिक ढलेको छ । पार्टी कार्यालय जलेका छन् । स्थिति यस्तो छ कांग्रेस एकातिर र मधेस अर्कोतर्फ फर्केको छ । ..... ‘मधेसी जनताले एउटा निर्वाचन क्षेत्रको नेता हुनबाट अयोग्य बनाएको राजेन्द्र महतोलाई कांग्रेसकै अदूरदर्शिताका कारण पूरै मधेस उनकै जिम्मा छाडेको जस्तो देखियो ।’ ...... ‘अहिलेको नेतृत्वले गर्छ भन्ने विश्वास नै छैन,’ रामपल्टन साहले भने, ‘मधेसमा कांग्रेसलाई पुन:स्थापित गराउन नेतृत्वमै परिवर्तन आवश्यक छ ।’
पुरानै घोडामा सवार नयाँ शक्ति
उनको नयाँ शक्ति अभियानको ताकत पनि पुरानै धरातलबाट प्राप्त भएको छ । उनका अधिकांश सहयोगी तिनै पूर्वमाओवादी नेता छन् । अझै पनि भट्टराई र उनका सहयोगीमा माओवादकै गन्ध आउँछ । .... उनले कुन वाद र सिद्धान्तका आधारमा पार्टी बनाउन लागेको कुरा रहस्यमै राखेका छन् । ..... उनको रेडिकल कम्युनिस्ट पृष्ठभूमि हो, त्यसलाई छाडेर हिँडेका छन् । एक प्रकारले घर छाडेर हिँडेको छोराजस्तो देखिएका छन् ।

उनले बनाउने पार्टी कम्युनिस्ट नहुने प्रस्ट भइसकेको छ ।

..... पुँजीवादी चरित्रको सामाजिक पार्टी बनाउने अड्कल गर्न सकिन्छ । ..... हाल भट्टराईको अभिव्यक्ति नियाल्ने हो भने

आर्थिक क्रान्तिको नारा बोकेको विकासवादी पार्टी

बन्ने देखिन्छ । ...... प्रमुख राजनीतिक दलको कामदेखि वाक्क भएका बेला नयाँ शक्ति निर्माणको माहोल ब्यापक हुनुपर्ने हो । ..... माओवादीले दुईपटक सरकारको नेतृत्व गर्दा निराश भएकाहरू अग्रगामी कुराको पछि लाग्न गाह्रो हुन्छ । यस्तै चुनौतीको मारमा भट्टराई परेका छन्, अहिले । भट्टराई अरुभन्दा नयाँ भिजन ल्याउने नेताका रूपमा परिचित भए पनि उनले सरकार सञ्चालन गर्दा भिजन व्यवहारमा उतार्न नसकेको तथ्य धेरैले केलाउने गरेका छन् । ......

साँच्चिकै सर्वसाधारणलाई विश्वास भएको भए भट्टराईको अभियानमा लाखौं युवा लामबद्ध भइसक्ने थिए ।

...... उनी सवार घोडाको गति उस्तै छ, चाल उस्तै छ । नयाँ छ, केवल शब्दवाणीमा । पुरानै गति र चालमा नयाँ शक्तिको लय अझै मिलिसकेको छैन ।


फेरि अड्कियो वार्ता : काँग्रेस सकारात्मक, एमाले नकारात्मक, एमाओवादी मौन
भदौं १ गते अनिश्चितकालिन आमहड्ताल शुरु भएदेखि सरकार र आन्दोलनरत मधेशी मोर्चाबीच विभिन्न चरण गरेर दर्जनौं पटक वार्ता भएको छ । तर, पाँच महिना बितिसक्दा अवस्था ज्यूँका त्यूँ छ – न आन्दोलन रोकिएको छ, न कुनै सहमति नै हुन सकेको छ । ...... सरकारले चलाखीपूर्ण ढंगले वार्तामा अल्झाएर आन्दोलनलाई ‘साबोटेज’ गर्न खोजेको निश्कर्षमा मोर्चाका नेताहरु पुगेका छन् । ‘वार्ता चल्दै गर्दा मधेशवादी दललाई गलाएर आन्दोलन कमजोर पार्न सरकार सफल भएको छ । मधेशी मोर्चाले भने अझैसम्म केही हात पारेको छैन,’ मोर्चाका नेता बताउँछन् । .....

कार्यदलमा रहेका शीर्ष दलको क्रियाकलापका कारण मधेशी मोर्चाका नेताहरु हैरान भएका छन् ।

..... पहिला संसदमा पेस भएको संशोधन प्रस्ताव बारे टुगों लाग्नुपर्ने अनि मात्र अरु विषयमा छलफल गर्ने कुरा राखेर त्यो दिनदेखि भीम रावल बैठकमै अनुपस्थित रहँदै आएका छन् ।
अखिल २२ औँ महाधिवेशनः ओली–नेपाल संग्राम ?
नवौँ महाधिवेशनका बेला इटहरीमा आयोजित समूहगत प्रचार सभामा एक उदयपुरे एमाले नेता खतिवडाले अध्यक्षका प्रबल दाबेदार ओली मृत्यु सन्निकट रहेको उद्घोष गरेका थिए । ..... राजेन्द्र राईले हालै सम्पन्न कोसी अञ्चल अगुवा कार्यकर्ता भेलामा वर्तमान राष्ट्रपतिप्रति असान्दर्भिक र असंयमित कटाक्ष गरे । रामकुमारी झाँक्री मधेस मिसनमा जिउज्यान अर्पिएर लागेका युवा विद्यार्थीलाई हतोत्साहित गर्ने भाव, भाषा र भंगीमा व्यक्त गरिरहेकी छन् । .....

जबजको सही स्कुलिङमा महेश बस्नेत जन्मिन्छन् । उनको म महेश कृति एमाले नेता, कार्यकर्ताले पढे भने धेरै ज्ञान र अनुभव ग्रहण गर्थे ।

..... युवा संघका तराई मधेस प्रमुख संजीव कुमार झा अर्का बौद्धिक तथा कर्मठ युवा व्यक्तित्व रहेछन् । ..... पुष्पलालको संयुक्त जनआन्दोलनको नीति उनको अवसानपछि भए पनि स्थापित भएको छ ...... दुइवटै समूह र उम्मेदवारले जबज र जननेता मदन भण्डारीको नाम लिन्छन् । किनभने, यी नाम नलिई र नभजाई कुनै एमालेलाई टिक्न खान मुस्किल देखिन्छ । ..... एमालेमा अमुक उच्चतम पद नपाउनेबित्तिकै राष्ट्रपति निर्वाचनमा खाली मत खसाल्ने, अनि दशौँ महाधिवेशन आउनुभन्दा साढे तीन वर्षअघि नै पटकपटक पार्टी अध्यक्ष हत्याउन चुनावी हतकण्डामा लाग्ने नेताबाट कार्यकर्ताले कुनै गतिलो शिक्षा पाउलान्जस्तो लाग्दैन ।
मधेशी मोर्चाले तीन दलको भण्डाफोर गर्ने
हाम्रो एघार बुँदेमा उहाँहरुले ठोस धारणा ल्याउनु भएको छैन । विहीबारको बैठकमा ल्याउछु भन्नु भएको छ । त्यसमा पनि ल्याउनु भएन भने हामी कसको कारण वार्तामा सहमति हुन सकेन भन्ने कुरा सार्वजनिक गर्छौ ...... सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान जलाई सकेको मोर्चाको माग संविधानसभा फेरि व्यूताउनु पर्ने, संविधान फेरि लेखन हुनु पर्नेव माग नउठाएर संविधान संसोधनको कुरा उठाईरहेकाले यो भन्दा लचकता अरु के हुने भन्दै आफूहरुले नयाँ विषय नउठाई पहिला भएका सहमति र अन्तरिम संविधान अनुसार मात्रै हुनु पर्ने भनेको बताए ।
पूर्वमन्त्रीहरुसहित २४ हजार कर्मचारीमाथि कारबाही गर्ने अख्तियारको निर्णय
गत आर्थिक वर्षको सम्पत्ती विवरण समयमा नबुझाएको भन्दै आयोगले २४ हजार ३ सय ७६ कर्मचारीलाई रु ५ हजारको दरले जरिवाना गर्ने निर्णय गरेको हो । ..... सम्पत्ती विवरण नबुझाउने तथा ढिला गरि बुझाउनेमा बहालवाला मन्त्री नै चारजना रहेका छन् । ..... यस्तै जरिवानामा पर्नेमा पूर्वमन्त्री रामशरण महत पनि परेका छन् । उनले मन्त्री हुँदा सम्पत्ती विवरण बुझाउँदै बुझाएनन् ।
वीरगन्जमा रोकिएका ग्यास बुलेट अर्को नाकाबाट भित्र्याइने
रक्सौलमा रोकिएका ग्यास बुलेट वीरगन्जबाट भित्रन नसकेपछि रिरुटको अनुमति लिएर रुपन्देहीको बेलहिया नाकाबाट नेपाल भित्र्याउने गृहकार्य सुरु भइसकेको नेपाल आयल निगम स्रोतले जनाएको छ ।
सभापतिको उम्मेद्वारको सूचीमा थोत्रो नेता कोइरालादेखि नयाँ नेता गगनसम्म

बाबुबाजेको घर भएकाले सानैदेखि धरानसंग निकट रहियो...सानैदेखि सबैले बिराटनगर, इनरुवा, झापालाई मधेश नै भन्थे, अनि कैलाली र कंचनपुर त पहिलेदेखि नै थारु बाहुल्य क्षेत्र नै हुन्...भने अधिकार दिन के समस्या?

Posted by Kosmos Biswokarma on Tuesday, January 12, 2016

मधेश स्वराज संक्षिप्त रोडम्याप विडियो फेसबुक पर (ताकि केवल फेसबुक डेटापैक पर चलानेवाले देख सके)। (low resolution 3GP)

Posted by Dr. CK Raut on Wednesday, January 13, 2016

क्या मधेसी सहिद बन्ने के लिए हि जन्म लेता है नेपाल मे ? मधेसिको अधिकार देनेसे पहादी को दुख क्यो ? कितना ओर मधेसिको सहिद बन्ना पदेगा ?

Posted by Mahesh Yadav Adhikari on Wednesday, January 13, 2016

No comments: