Thursday, January 28, 2016

Nepal News (55)

संशोधनमा किन चित्त बुझाएन मोर्चाले ?
माग के थियो भयो के
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भन्छन्– ‘मधेस आन्दोलनलाई सम्बोधन गर्न होइन कि अन्तर्राष्ट्रिय जगतलाई देखाउन र आफ्ना पार्टीभित्रको आन्तरिक समस्या मिलाउन मात्र तीन दलले संविधान संशोधनको नाटक रचेका हुन् ।’ ....... उनले संशोधनले आफूहरूले उठाएको राज्यका सबै निकायमा समानुपातिक समावेशी र जनसंख्याका आधारमा प्रतिनिधत्वको सवाललाई कुनै रुपमा सम्बोधन गर्न नसकेको उल्लेख गरे । ...... किस्ता किस्तामा होइन कि आफ्नो ११ बुँदे मागको एकैपटक सम्बोधनको अडानमा छ मोर्चा ।...... त्यतिमात्र होइन नेपाली सेनाको समावेशीकरण, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व लगायतका सवालमा पनि कार्यदल सहमति नजिक पुगेपछि दुवै पक्षले जारी संवादलाई सकारात्मक भएको सार्वजनिक रूपमा बताएका थिए । तर, कार्यदल स्तरमा भएका कतिपय सकारात्मक छलफल र समझदारीलाई माघ ३ को तीन दलीय शीर्ष बैठकले स्विकृति प्रदान नगरेपछि कायम हुँदै गरेको सहमति बिथोलिन पुग्यो । माघ ७ मा मोर्चा सहित बसेको शीर्ष बैठक पनि निष्कर्षमा नपुगेपछि तीन दल मोर्चालाई बाहिरै राखेर भए पनि संविधान संशोधनको पक्षमा पुगे । ...... तीन दलका ठूला नेताको नियत सफा नभएकैले समस्या ज्यूँका त्यूँ रहेको दाबी गर्छन् । ‘मधेसलाई ठगठुग पारेर एक प्रकारको कागजी सम्झौतामात्र गर्ने नेताहरूको नियतले समस्या बल्झिएको हो,’ उनले भने । ..... ५१ प्रतिशत भन्दा बढी जनसंख्या रहेको मधेशका जिल्लामा प्रतिनिधिसभाको १ सय ६५ सिट मध्ये ८४ खोजिरहेको मोर्चालाई अहिलेको संशोधनबाट ७७/७८ सिट मात्र आउने आशंका छ । जिल्लालाई अनिवार्य निर्वाचन क्षेत्र भनिएकोबाट अहिले दुइटा जिल्ला टुक्र्याइएकाले त्यस्तो सिट ७७ पुग्ने र त्यस बाहेकमा मात्रै जनसंख्याको अनुपात लगाउँदा सिट घटने मोर्चाको एक नेताले आशंका व्यक्त गरे । ...... प्रतिनिधिसभाको ५१ प्रतिशत सिट मधेसमा हुनुपर्ने मागलाई संशोधनले पूरा नगर्ने उनले उल्लेख गरे । ..... साथै किसान र श्रमिकका नाममा कसलाई चिनाउने जस्ता विषयसमेत भेग रहेकाले त्यसलाई हटाउनुपर्ने आफूहरूको प्रस्ताव पनि संशोधनमा अस्विकार गरिएको कर्णले सुनाए ।......‘समानुपातिक समावेशीका सवालमा संविधान आउँदा १७ वटा कलष्टर थियो । परिमार्जन गर्ने भनिएको मन्सुरको प्रस्तावमा ११ र पारित गर्दा १५ वटा बनाइयो,’ कर्णले ‘आफूले नपाउँदा अरूलाई पनि हुन नदिने हठी बच्चाको जस्तो व्यवहार ठूला दलका ठूला नेतामा देखियो ।’


‘संविधान रातारात होइन, ५ वर्ष ८ महिनामा बनेको हो’
सरकारको काममा एमाओवादीनै असन्तुष्ट
मन्त्रीहरुलाई पार्टीको समन्वयमा काम गर्न निर्देशन
सरकारको कार्याकाल सय दिन पुरा भइसक्दा पनि जनतामा प्रभाव पार्ने कुनै काम अघि बढ्न नसकेको, काम भन्दा बढी गफ मात्र भइरहेको ठहर एमाओवादीको छ । कार्यशैली सुधार नगरे सरकारप्रतिको विश्वास टुट्ने संभावना रहेको भन्दै एमाओवादीले प्रधानमन्त्री केपी ओलीलाई परिणाममुखी काम गर्न सचेत गराउने भएको छ ।
सार्कमा विकासको बाधक 'अविश्वास' : विज्ञ
दक्षिण एसियाली मुलुकबीच देखिएको अविश्वास नै यस क्षेत्रको विकासको बाधक रहेको निश्कर्ष यस क्षेत्रका विज्ञहरुको छ । यस क्षेत्रबाट नेतृत्व गर्दै विश्व शक्तिमा अघि बढ्न लागेको भारतसँग छिमेकी मुलुकहरु विश्वस्त रहन नसक्दा विकास प्रक्रिया अवरुद्ध भएको उनीहरुको बुझाइ छ । ..... कतिपय साझा समस्या विश्वासको कमिले सम्वोधन हुन नसक्दा यो क्षेत्रले विश्वमा नेतृत्व लिने विषय गौण बन्दै गएको उनीहरुको निश्कर्ष छ । .....

नेपालमा भुकम्प जाँदा जुन स्तरबाट सहकार्य भएको थियो त्यही अनुरुपको सहकार्य यस क्षेत्रमा रहेको खण्डमा दक्षिण एसियाले विश्व नेतृत्व गरेको हेर्न धेरै पुस्ता पर्खन पर्दैन

...... उपक्षेत्रीय रुपमा भुटान, बंगलादेश, भारत र नेपाल -बीबीआइएन)को प्रक्रिया अघि बढेको छ
देश तेल तस्करहरुको हातमा : योगेश भट्टराई
‘झापा–मोरङ–सुनसरी प्रदेश नम्बर १ मै रहन्छ’
उनले तराई–मधेसमा आन्दोलन चर्काएर भारतले नयाँ सिक्किमीकरण गर्न खोजेको आरोप समेत लगाए । ‘भारतको आँखा नेपालको जलस्रोत माथि छ,’ उनले भने, ‘त्यसलाई पाउन नेपाललाई फिजि बनाउन पनि पछि पर्दैन ।’ ...... उनले सीमांकनको विवादमा अल्झिन छाडेर स्थिानिय निकाय, प्रदेश र संसदको चुनाव घोषणा गर्न सरकारलाई सुझाव दिए । ‘अहिले सीमांकनको कुरामा यति धेरै विवाद छ,’ उनले भने, ‘पछि नामांकन गर्न र राजधानी बनाउने विषयमा रक्तपात पूर्ण स्थिति आउन सक्छ ।’
रंगेली घटनाबारे छानविन आयोग बनाउने सोच छैन : गृहमन्त्री
सुजाताद्वारा सभापतिको उम्मेदवार हुने अाैपचारिक घाेषणा
सुशील काेइरालाले पनि सहयाेग गर्ने दाबि
रंगेलीपछिको मधेस राजनीति
तराई हिंसाको चपेटामा परेर राज्य र गैरराज्य पक्षद्वारा पछिल्ला दशकमा करिब चार सय मानिस मारिसकेका छन् । सरकारद्वारा विकासको सञ्जाल फिजाउनेभन्दा पनि सुरक्षा सञ्जाल फिजाउने केन्द्रका रूपमा तराई देखापरेको छ । ...... खासगरी तराईमा सशस्त्र सङ्घर्षका लागि भौगोलिक अनुकूलता छैन, नत भूराजनीतिले नै यसलाई अनुमति दिन्छ । हिंसाद्वारा ध्येय प्राप्ति गर्ने सपनाको प्रयोगले यहींकै जनतालाई झन् बढी कमजोर र पीडित बनाएको छ । प्राय: सशस्त्र समूहका रूपमा चिनाउनेहरूको असंगठित र अराजक गतिविधिले राज्यहिंसालाई अन्तर्राष्ट्रिय रूपमा पनि बचाउको अवसर भयो, विगतमा । यी भनिराख्दा अहिले पाँच महिनाभन्दा बढीको लामो शान्तिपूर्ण सङ्घर्ष र सरकारी दमनका बाबजुद भन्नैपर्छ, मधेसी मानस आफूलाई भयमुक्त ठानेका छन्, न ऊ हारेका छन्, नत ऊ थाकेका छन् । ..... एउटा सोच छ, नाकाधर्ना खुला गर्ने र आन्दोलनका अन्य शान्तिपूर्ण रूप प्रयोग गर्ने .... दोस्रो सोच छ, आन्दोलन शक्तिमाझ महागठबन्धन निर्माण गरी राज्यमाथि घनिभूत दबाब दिने । महागठबन्धन निर्माणका सवालमा दुइटा धारणा छ, एउटाले राष्ट्रिय तवरमा संविधानसँंग असन्तुष्ट रहेका सङ्घीयता पक्षधरको मोर्चा बनाउने र दोस्रो मधेस आन्दोलनलाई तार्किक निकास दिन मधेस केन्द्रित सङ्घर्षरत पक्षलाई साझा कार्यक्रमको छातामुनि ल्याउने । यी दुई धारणा बीचको भुमरीमा महागठबन्धनको भविष्य अडकिएको छ । तर महत्त्वपूर्ण पक्ष के हो भने मध्यमार्गी धारले आफू उभिराखेको धरातलप्रति विश्वास गुमाउनु भएन । ...... प्रसिद्ध भारतीय नेता जयप्रकाश नारायणले भनेका थिए, ‘सत्ता बन्दुकको नालबाट निस्किन्छ भने त्यो तिनैसँंग गाँसिन पुग्छ, जोसंँग बन्दुक हुन्छ ।’
कांग्रेस महाधिवेशनपश्चात सरकार परिवर्तन : बिजुक्छे
महाधिवेशनपछि कांग्रेस नेतृत्वमा मधेशवादी दल, एमाओवादी र अन्य दलसहितको सरकार निर्माण हुने .... संविधान संशोधन भारतको दबाबमै भएको टिप्पणी गर्दै बिजुक्छेले भने, ‘नेपालमा फेरि सुगौली सन्धिको पुनरावृत भएको छ ।’ .... नेपालका विभिन्न महत्वपूर्ण पदमा रहेका २२ हजार पदाधिकारीले भारतको तलब खाएर नेपालीको भन्दा भारतको भक्तिमा लाग्नुका साथै नेपालका सम्पूर्ण सुचना भारतलाई उपलब्ध गराउने गरेको उनले बताए । ..... उनले तराई आन्दोलन संविधान संशोधन गरेर केही शान्त भए पनि अबका मागहरु एक एक गर्दै थपिँदै जाने र भारतले इशारा नगरे सम्म शान्त नहुने उल्लेख गरे । ....

बहुराष्ट्रिय कम्पनीलाई नेपाली कामदार विदेश पठाएर गुण लगाए बापत पूर्वअर्थमन्त्री डा.रामशरण महतलाई विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषणा गरेर नेपाली कामदार विदेश पठाउने काममा मद्दत गरेको समेत उनको आरोप छ ।

रंगेलीमा बिहीबार मारिएकी द्रौपदीदेवीचिनी खरिद गर्दा होस् या चामल, उनले ६० वर्षसम्म पसलेलाई तिरेको रकमको केही भाग राज्य...

Posted by Satendra Sah on Wednesday, January 27, 2016

बिरगंज सुखा बन्दरगाह (Dry Port) पनि ठप्प....आज देखी मधेस आन्दोलन को समर्थनमा बिरगंज स्थित सुखा बन्दरगाह (Dry Port) अगा...

Posted by Upendra Mahato on Thursday, January 28, 2016

नेपाली काँग्रेसको नगर अधिवेशन भेलालाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले बिथोलेका छन् । मोर्चाका कार्यक...

Posted by सदभावना पार्टी on Thursday, January 28, 2016

प्रधानमन्त्री र राष्ट्रपतिको पार्टी एमालेका सचिब योगेश भट्टराईले भनेछन "देश तेल तस्करहरुको हातमा |" दुनियाको कुनै पनि का...

Posted by Shailesh Shrestha on Thursday, January 28, 2016

Important story.

Posted by Prashant Jha on Thursday, January 28, 2016


Question mark over Nepal PM’s India visit next month
“They have not yet accepted the main demand for the creation of separate provinces specially designated for the Madhesis … We have welcomed the move to amend the constitution, but the real issue has to be addressed. We cannot take a final call on his (Oli’s) visit unless things are sorted out,” a top official told BusinessLine on condition of anonymity. ......... “The amendments were not made according to the demands made by the agitators. Besides Madhesis, they also do not address the concerns of other marginalised communities like the Janjatis, Dalits, Muslims and women. Their demands were not taken on board,” the official said. ......... Currently, more than 1,500 trucks from India carrying essential commodities enter Nepal every day through other checkpoints. However, people there continue to reel under acute shortage of essential items such as petroleum products and medicines.
सिरहामा एमालेको ‘पत्तासाफ’
नेकपा एमाले मधेश विरोधी, परिवर्तन विरोधी र नश्लवादी पार्टी भएको आरोप लगाउँदै सयौं नेता कार्यकर्ताहरु पार्टी परित्याग गरेका छन् । एमालेका प्रभावशाली नेता सत्यनारायण यादवको नेतृत्वमा एमालेसहित विभिन्न पार्टी परित्याग गरी १२ सय जना उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । ........ लहानमा बिहीबार आयोजित विशाल सभामा एमालेका केन्द्रीय नेता सत्य नारायण यादवको नेतृत्वमा हजारौं कार्यकर्ताहरु फोरम नेपाल प्रवेश गरेको युवा नेता विष्णु साहले जनाएका छन् । पार्टी प्रवेशपछि सभालाई सम्बोधन गर्दै नवप्रवेशी नेता यादवले एमाले मधेश विरोधी, परिवर्तन विरोधी र नश्लवादी भएकोले पार्टी परित्याग गरी फोरम नेपाल प्रवेश गरेको बताए । ...... आन्दोलन रहर नभएको भन्दै सरकार र प्रमुख तीन वार्ता मार्फत् मुलुकलाई निकास दिन गम्भीर नरहेकोले आन्दोलनको विकल्प नरहेको यादवले जिकिर गरे । ....... यसअघि पुस १६ गते मात्रै सिरहाको लक्ष्मीपुरमा कांग्रेस, एमाले, एमाओवादी र राप्रपाका एक हजार बढी नेता कार्यकतार्हहरु सङ्घीय समाजवादी फोरम, नेपालमा प्रवेश गरेका थिए ।

स्मरणहोस्, अघिल्लो साता मात्रै पार्टी परित्यागको घोषणा गरेको भोलिपल्टै एमालेको निर्देशनमा नेता सत्य नारायण यादवलाई सिरहामा प्रहरीले चिया खादै गर्दा बिनाकारण निर्मम ढंगले कुटपिट गरेको थियोे ।

No comments: