Tuesday, August 18, 2015

बाबुराम भट्टराई लाई एक्सरे गर्दा

English: PM Bhattarai during a live talk show.
English: PM Bhattarai during a live talk show. (Photo credit: Wikipedia)
काँग्रेस एमाले माओवादी मा एउटा काम लाग्ने बाबुराम छ कि जस्तो मलाई झल्याकझुळुक लाग्ने गरेको तर कंस सिटौला ले यो जुन मस्यौदा/कोत पर्व गरेको छ, त्यसमा ख़ुशी ख़ुशी बाबुराम भट्टराई मुछिएको देख्दा मलाई शंका लाग्न थालेको छ।

आज एउटा अभिव्यक्ति आयो बाबुरामजी को। अस्ति राजेश हमाल को सिरहा मा दलित प्रसंग निस्कियो। जानी नजानी दुबै प्रयोग भैराखेका छन कि आफै नै जातीय पूर्वाग्रह (ethnic prejudice) ले ओतप्रोत छन। शायद दुबै।

आमा र बाबु र आमा वा बाबु --- यस विवाद मा थुप्रै कुरा अल्झिएको छ।

न आमा न बाबु को कुरा कसैले गरेकै छैन राजेशजी। भर्खर केही वर्ष अगाडि माधव नेपाल ले ४३ लाख मधेसी लाई मतदाता नामावली बाट फाल्ने काम गर्यो। म त त्यसलाई genocide भन्छु। चुनावी genocide ---- त्यसरी फालिएका मानिस को हुन? ती भारत बाट आएका खाली शीशी पुराना कागज थिए र फर्केर गए? हिटलर ले ६० लाख यहुदी मारयो। माधव ले ४३ लाख मधेसी लाई मताधिकारविहीन बनायो।

चाहे देश को सबै भन्दा ठुलो पद मा पुग्नुस् राम वरण जस्तो या देश को सबै भन्दा धनी मान्छे बन्नुस् विनोद चौधरी र उपेन्द्र महतो जस्तो। मधेसी लाई एक सेकंड मैं बेइज्जत गर्ने उपाय हो त्यो। ४३ लाख लाई अनागरिक बनाएर राख्नु को प्रयोजन त्यो हो। सबै मधेसी लाई तह लगाउन, उसको ठाउँ देखाइदिन गरिने कुरा हो त्यो।

नेपालमा तपाइँ लाई थाहै छ, जग्गा आफ्नो नाम मा हुन नागरिकता पत्र चाहिन्छ। नागरिकता पत्र बाट वंचित संग जग्गा छैन भन्ने कुरा त्यसै थाहा भो। जो सँग नागरिकता छैन उसँग पासपोर्ट हुने कुरा भएन। मलेसिया कतार जाने कुरा आउँदैन।

ती ४३ लाख मानिस तिनै हुन जसको घरमा गएर तपाईंले खाजा खानु भो। तिन लाई नागरिकता पत्र विहीन, भुमिहिन बनाएर भविष्य हरण गर्ने तिनको गाउँ को मान्छे कि काठमाण्डु को? तपाइँ ले सानो कदम मात्र चाल्नु भो। अब ठुलो कदम चाल्नोस। अब माधव नेपाल को मा गएर खाजा खानोस।

Upward social mobility को सबै बाटो बन्द गरेको काठमाण्डु को शासकले हो। तिनी हरुले नागरिकता पत्र, केही जग्गा, शिक्षा दीक्षा पाए छुआछुत सँग तिनले शायद आफैले लड़न सक्छन। छुआछुत अत्यंत गलत कुरा हो तर सतही कुरा हो। र त्यो नवलपरासी मा पनि छ, पहाड़मा पनि छ। काठमाण्डु मा छ। मैले न्यू यॉर्क को रिजवूड मा देखेको छु। एउटा बाहुन ले मलाई दलित भनठानेर होइन मलाई बाहुन नभएको कारण ले छोएको खानन भन्दियो। अझ त्यो भन्दा पहिला सोधेको बाहुन हो कि होइन भनेर। न्यू यॉर्क मा सबै भन्दा कम कमाइ को जागीर गरिरहेको बाहुन ले।

तपाइँ प्रयोग यस माने मा हुनु भो कि शासक वर्ग देखाउन चाहन्छ, मधेसी ले आफ्नै गाउँ को दलित लाई हैप्छ भने हामी ले मधेसी लाई हेपयौं, कुन गलती गर्यौं भन्न चाहन्छन्। एउटा गलती ले अर्को गलती लाई सही ठहरयाउँदैन मात्र होइन कि मधेसी मधेसी भित्र बिभेद बढ़ायेकै पहाड़ी शासक वर्ग ले हो। शोसित समुदाय भित्र आतंरिक विग्रह अझ बढ़ी हुन्छ। त्यो समाजशास्त्र ले देखाएको सिद्धांत हो। बामे ले मारेको १० जना र हिटलर ले मारेको ६० लाख एउटै कुरा होइन। एउटा हत्या हो अर्को जेनोसाइड हो।

बाबुराम भट्टराई ले आज भन्नु भो महिला अधिकार को कुरामा मधेसी ले साथ दिएनन्। त्यो कुन चाहिं समिति को बैठक पछि भन्नु भो। त्यहाँ पक्कै पनि पहाड़ी पार्टी अध्यक्ष लाई आफ्नो मालिक परवर दिगार मानने काँग्रेस एमाले माओवादी को मानसिक दासता बाट ग्रस्त मधेसी हुनुपर्छ। मधेसी दल का सभासद त त्यहाँ छैनन्। जो मधेसी लाई मानसिक दासता को ट्रेनिंग दिइन्छ त्यस्ता ले महिला अधिकार बारे प्रगतिशील सोंच नराख्नु अचम्म को कुरा होइन। गलत कुरा हो तर अचम्म को कुरा होइन।

तर ती दास मधेसी को कुरा पछि गरौं। पहिला मधेसी महिला को कुरा गरौं। आमा र बाबु र आमा वा बाबु --- यो विवाद पहाड़ी हरुको आतंरिक विवाद हो। यो मधेसी बारे गरिएको छलफल नै होइन। न आमा न बाबु सँग नागरिकता पत्र भएका बारे छलफल नै भएको छैन। यस्तो बेला खोइ कुन्नि कहाँ जान्छ तपाइँ को कम्युनिस्ट मेनिफेस्टो! मधेस को बुहारी लाई आजीवन दोस्रो दर्जा को नागरिक बनाउने कुरामा तपाइँ तीन दल सर्वसम्मत हुनुहुन्छ। चार दल किन नभनेको भन्दा त्यो बिजय गद्दार त्यो त कमैया हो, मान्छे नै होइन त्यो। तपाइँ हरुको कमैया।

मधेस को बुहारी लाई आजीवन दोस्रो दर्जा को नागरिक बनाउने कुरामा तपाइँ तीन दल सर्वसम्मत हुनुहुन्छ, हामी त्यस मुद्दामा देश तोड्न तैयार छौं। तपाइँ प्रगतिशील कि हामी? न आमा न बाबु सँग नागरिकता पत्र भएका ४३ लाख मधेसी मध्ये आधा त महिला नै होलान। हामी तिनलाई नागरिक बनाउन देश तोड्न तैयार छौं। तपाइँ प्रगतिशील कि हामी? मधेस को दलित र महिला को मुद्दा मा तपाइँ प्रगतिशील कि हामी? राजेश हमाल प्रगतिशील कि हामी? यो एक चोटि गए पछि फेरि कहिले फर्केर न आउने संविधान सभा हो डाक्टर साहेब। किन बिनाहक जनता लाई झुक्याइ रहनु भएको छ?

मोहन वैद्य ले तपाइँ हरुको पार्टी फ़ोड़ेको मधेसी जनजाति महिला को हकहित मा तपाइँ र प्रचंड बढ़ी प्रगतिशील भएर होइन। तपाइँ हरु अलग अलग बाटो लागेको वर्ग संघर्ष को मुद्दा मा हो। र त्यस विवाद मा म तपाइँ लाई सही भन्छु। म तपाइँ को पार्टी बाहिर को मान्छे। अहिले नै पुर्ण जनवाद का लागि सशस्त्र क्रांति गर्दिहालौं भन्ने वैद्य। तपाइँ चाहिँ एक पीढ़ि अब बहुदल भित्र बसेर आर्थिक क्रांति गरौं भन्ने मान्छे।

अहिले तपाइँ आफ्नो र प्रचंड को कमजोरी को दोष वैद्य लाई दिन खोज्नु हुन्छ। जब कि वैद्य हामीसँग सड़क मा छ। तपाइँ सिंह दरबार मा कंस सिटौला संग, केपी ओली सँग, बामे सँग मलाइ खाएर बसिराख्नु भएको छ।

कॉंग्रेस एमाले एमाओवादी एकता ले मधेसी र जनजाति लाई समानता प्राप्ति बाट रोक्न सक्दैन। भन्नु को अर्थ तपाइँ र प्रचंड ले हुटिट्याउन ले आकाश थामे जस्तो गरि राख्नु भएको छ। कॉंग्रेस एमाले एमाओवादी ले मिलेर खोस्न नसक्ने कुरा कॉंग्रेस एमाले ले मात्र खोस्न सक्ने त संभावना नै छैन। भने पछि तपाइँ दुई जनाले गर्दा केपी ओली को पलड़ा भारी भएकै छैन। कुन अंक गणित मा अल्झिनु भएको छ? क्रांति को अंक गणित एक पटक फेरि पढ्नुस्। क्रांति फेरि शुरू भैसक्यो।




दलित मानसिक दासता
फेडरेशन होइन कॉन्फ़ेडरेशन मा जाने कि?
अमरेश गोलघर होइन बामे हेग पुग्छ
सम्पन्न हुन चाहिने भनेको राजनीतिक शक्ति हो
हामी बाहुनवाद होइन माफियावाद, नवराजावाद र ब्रम्हलुटवाद का विरुद्ध लड्दै छौं
सद्भावना को सही निर्णय
जनता मर्दा मात्र दिमाग चल्ने नेता हरु
एमाले का कार्यकर्ता: दिउँसो ठेकेदार, राति माफिया
राजनीतिक प्यारलाइसिस मार्फ़त सत्ता मा कायम रहने सोंच
Hridayesh Tripathy
स्वायत्त कर्णाली प्रदेश ले कति पैसा पाऊँछ?
कर्णाली को आंदोलन लाई सम्बोधन गरेको खोइ?
धर्म निरपेक्षता मा शक्ति संतुलन गरे के हुन्छ?
Baburam Bhattarai
प्रस्तावित तीन नंबर प्रदेश धनी किन छ?
Kanak Dixit's Intense Anti Madhesi Prejudice/Racism Filled Rant

"मगर तुम्हें डर है कि आग भड़का रहा हूँ ?"
फेसबुकमा सामान्य टिप्पणी गर्नेलाई थुन्ने, बाटो माग्नेलाई गोली हान्ने, १३ बर्षको बच्चालाई दर्जनौ पुलिसले मर्नासन्न हुनेगरी कुटने, अनि थारुहरुको पिडामा मलहम लगाउन गएका नेताहरुलाई सामाजिक सदभाव भडकाएको आरोप लगाउने ?
मधेस खोज्ने भए युपी र विहार जाऊ भन्ने, जनताको स्वभाविक आक्रोशलाई आगोको सज्ञा दिएर दमलक लिएर जाने धम्की दिने, आफुहरु सुतेको सिंह हुँ भनेर दम्भपूर्ण अभिब्यक्ति दिन चाँही सदभावको ठेकेदार हुने ?
सम्पूर्ण मित्रहरुलाई गोरख पाण्डेयको यो कविता विनम्रतापूर्वक उपहार अर्पण गर्दछु । आजको दिन शुभ रहोस ।

"हज़ार साल पुराना है उनका गुस्सा
हज़ार साल पुरानी है उनकी नफ़रत
मैं तो सिर्फ़
उनके बिखरे हुए शब्दों को
लय और तुक के साथ लौटा रहा हूँ
मगर तुम्हें डर है कि
आग भड़का रहा हूँ ?"

No comments: