Thursday, August 27, 2015

In The News (38)

सशस्त्र प्रहरीका डीआइजी खडानन्द चौधरी कारवाहीमा
कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहितका प्रहरीहरु मारिने गरी भएको घटनामा थारु आन्दोलनकारीलाई सहयोग गरेको आरोप लागेका सशस्त्र प्रहरीका डीआइजी खडानन्द चौधरी कारवाहीमा परेका छन् । .... यसअघि सशस्त्रका डीआईजी चौधरीमाथि थारु आन्दोलनकारीलाई सहयोग गरेको आरोप लागेको थियो । .... टीकापुर घटना लगत्तै कैलालीको धनगढीमा अखण्ड सुदूरपश्चिम पक्षधर प्रदर्शनकारीले डीआइजी चौधरीले थारु आन्दोलनहरुलाई सहयोग गरेकै कारण अप्रिय घटना भएको भन्दै उनको राजीनामा मागेका थिए । कैलालीमा हिंसा नियन्त्रण गर्न प्रभावकारी भूमिका नखेलेको आरोप लगाउँदै प्रदर्शनकारीहरुले डीआइजी चौधरीको तत्कालै राजीनामा दिनुपर्ने बताएका थिए । ..... टिकापुरको झडपमा नेपाल प्रहरीका एसएसपी न्यौपानेसहित नेपाल प्रहरी र सशस्त्रकै झण्डै एक दर्जन सिपाहीको ज्यान गएको


वार्ताको औचित्य छैनः मधेसी नेता
ठाकुरलाई प्रधानमन्त्री कोइरालाको फोन
टीकापुरमा नेपाल प्रहरी,सशस्त्र प्रहरी तथा नेपाली सेना समेत परिचालित रहेको अवस्था मंगलवार थारुहरुको घर, पसल तथा व्यावसायिक प्रतिष्ठानहरुमा आगजनी गरिनुलाई दुबैले बिरोध गरे । उनीहरुले आन्दोलनकारीमाथि दमन बन्द गर्न, टिकापुर घटनाको नाममा चलाइएको मुद्दा फिर्ता लिन तथा सेना फिर्ता बोलाउन माग गरे । .... ईन्द्रकुमार मधेशानन्द दुई सूत्रीय मांग राखी सुरु गरेको आमरन अनशन बुधवार दोश्रो दिन पनि जारी छ ।


थारुहरुलाई दमन गर्ने होइन सेना तत्काल ब्यारेक फर्काऊ : जनजाति महासंघ अमेरिका
नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाले कैलालीलगायत देशमा दिखएको समस्याको समाधान प्रशासनिक वा फौजी ढंगले नभई राजनीतिक ढंगले गर्न सरकारसँग माग गरेको छ । ..... सेना परिचालन गरेर मानवअधिकारको न्युनतम मापदण्ड विपरीत सर्वसाधारण थारुहरुको घर खानतलास गरी आगजनी गर्ने, निजी सम्पत्ति लुट्ने तथा नष्ट गर्ने, थारुहरुमाथि दमन र ज्यादती गर्ने, सर्वसाधारण थारुहरुलाई पाशविक यातना दिने जस्ता जघन्य आपराधिक कार्य गरिरहेकोमा महासंघ घोर निन्दा र भर्त्सना गरेको छ । ...... कैलाली घटनालाई चार दलका शिर्षनेताहरुको राजनीतिक अदूरदर्शिता, संकीर्णता र परिवर्तनलाई आत्मसात् गर्न नसक्नुको उपज ..... नेपालको ६.५६ प्रतिशत जनसंख्या भएको थारु जातिलाई संघीय गणतन्त्र नेपालमा समेत राजनीतिक अधिकारबाट वन्चित गर्न खोजिएकोले आन्दोलन भएको बताइएको छ । .... विज्ञप्तिमा

नेपाली सेनालाई तुरुन्तै ब्यारेकमा फर्काउन माग गरिएको छ ।



पाँच दश नेता कोठामा बसेर संविधान थोपर्नु हुँदैन : भारतीय प्रधानमन्त्री मोदी



बालुवाटारमै भीम रावललाई थारु सभासदले दिए भिड्न आउन चेतावनी
थारु नेता तथा सभासदहरुले अखण्ड सुदुरपश्चिम पक्षधरको आन्दोलन तत्काल नरोके निशस्त्र रुपमा भएपनि आफूहरु भीड्न तयार रहेको बताएका छन् । ..... अखण्ड सुदुरपश्चिमको पक्षमा रहेका नेताहरुको गैरजिम्मेवार अभिव्यक्तिका कारण कैलालीको टीकापुरमा दुख घटना भएको भन्दै हतियारको भरमा दमन नगर्न एमाले उपाध्यक्ष भीम रावललाई चेतावनी दिएका हुन् । ....... मंगलबार बालुवाटार पुगेका थारु नेता तथा सभासदहरुले अखण्ड सुदुरपश्चिमको पक्षमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, एमाले उपाध्यक्ष रावल र एमाओवादी पोलिटव्युरो सदस्य लेखराज भट्टका कारण थारुहरुले आफ्नो अधिकारका लागि आन्दोलन गर्नुपरेको बताए । .... अखण्ड सुदुरपश्चिमका मसिया नेताहरुले आफ्नो पैत्रिक सम्पति जस्तै कैलाली र कञ्चनपुरलाई पहाडसँग मिलाउन खोजेर थारुहरुलाई उत्तेजित पार्न खोजेको आरोप लगाए । ...... प्रहरीको आडमा गराइएको घटनाको जिम्मेवारी लिएर तत्काल प्रहरी दमन बन्द नगरे आफूहरु भीड्न तयार रहेको चेतावनी पनि दिए । ........

‘प्रहरी दमन रोक्नुहोस्, कि त निसस्त्र भीड्न आउनुहोस् ।’

थारु सभासदले भने । ..... जवाफमा उपाध्यक्ष रावलले हिंसात्मक आन्दोलन गर्ने र हिंसा भड्काउने आफ्नो पार्टीको नीति नभएको बताए ।
नेपाल में स्थिति बेकाबू, फायरिंग, आगजनी
नेपाल में संविधान परिवर्तन और अलग राज्य की मांग को लेकर गुरुवार को 14वें दिन भी मधेस आंदोलन जारी रहा। वीरगंज में पुलिस फायरिंग हुई। विरोध में आंदोलनकारियों ने पथराव किया और लक्षमणवा चौक पर वाहन में आग लगा दी। इसके अलावा जगह-जगह टायर जलाकर प्रदर्शन किया। पथराव में वीरगंज एसपी समेत दर्जनभर पुलिसकर्मी व आंदोलनकारी चोटिल हो गए। वीरगंज और नवलपरासी में कर्फ्यू तोड़कर प्रदर्शनकारी दिन भर सड़कों पर रहे।

आंदोलन की आग में नेपाल के 22 जिले झुलस रहे हैं।

जनजीवन बुरी तरह से प्रभावित है। सामान की कीमतें आसमान छूने लगी हैं। ...... पुलिस ने पांच राउंड गोलियां चलाईं, हालांकि कोई घायल नहीं हुआ। जवाबी कार्रवाई में आंदोलनकारियों ने पत्थर चलाकर पुलिस को खदेड़ा। इस दौरान मची भगदड़ और पथराव में दर्जन भर पुलिसकर्मी व आंदोलनकारी चोटिल हो गए। .... पूर्व उप प्रधानमंत्री उपेंद्र यादव ने कहा कि संविधान का जो मसौदा सामने आया है, उसके हिसाब से नेपाल की एक बड़ी आबादी को अधिकार नहीं मिलेगा। मधेस के सारे दल व सांसद एकजुट होकर आंदोलन कर रहे हैं।
प्रधानसेनापति राणाले भने- सेनाले ‘लोकतन्त्र’ मान्दैन !
'जनउत्तरदायी' र 'समावेशी' समेत हटाउन दबाव
लोकतन्त्र नमान्ने .... सेना जनउत्तरदायी नहुने ? .... समावेशी शब्दै सुन्न नचाहने ? .... अख्तियार पनि नमान्ने .... संसदलाई नटेर्ने
माओवादीका मधेसी नेताहरु पनि आन्दोलनमा
तराई-मधेसमा दुई प्रदेशको माग गर्दै एमाओवादीको मधेसी नेताहरुले आन्दोलनको घोषणा गरेका छन् । ...... नेता रामचन्द्र झा, विश्वनाथ साह, मधेसी राष्ट्रि मुक्ति मोर्चाका संयोजक रामकुमार शर्मा, महासचिव रामरिझन यादव, सभासद महेन्द्र पासवान लगायतले पार्टी अध्यक्ष प्रचण्डसहितका नेताहरुलाई जानकारी गराएर आन्दोलनको घोषणा गरेका हुन् । ...... माओवादीका मधेसी नेताहरुले आन्दोलनका क्रममा कांग्रेस र एमालेलाई दबाव दिने तथा मधेसी मोर्चाका नेताहरुले पार्टीविरुद्ध गरेको प्रचारको भण्डाफोर गर्ने बताएका छन् ।

‘माओवादीले एजेण्डा छाड्यो भन्ने प्रचार भएको छ ।

भ्रम चिर्न र पार्टीले राखेको फरक मतलाई जनतासम्म पुर्‍याउन आन्दोलनमा जान लागिएको हो’ नेता साहले भने । ........ मोर्चाले १० बुँदे माग अघि सारेको छ । जसमा सेना परिचालन फिर्ता गर्नु पर्ने, आन्दोलनका क्रममा घाइते भएकाहरुलाई सहिद घोषणा गर्नु पर्ने, घाइतेको उपचार गर्नु पर्ने, थारु मधेसी लगायतको माग सम्बोधन गर्दै पहिचानमा आधारित दुई प्रदेश मधेसमा बनाउने लगायत छन् । .... माओवादीको मधेसी मोर्चाले १७ गते सदरमुकाममा विरोध प्रदर्शन र गाउँमा मसाल जुलुस निकाल्ने बताएको छ ।


संविधान घोषणा नभएसम्म सिके राउत घरमै नजरबन्द
राज्यद्रोहको मुद्धामा बैशाख १० गते सर्वोच्चबाट सफाई पाएका राउतलाई सुरक्षा संबेदनशिलताका कारण नजरबन्दमा राखिएको उच्च सुरक्षा स्रोतले खबरडबलीलाई जानकारी दिएको छ । ...... राउतले खबरडबलीसँग कुरा गर्दै भने– ‘मैले सर्वोच्चबाट बैशाख १० मा सफाई पाएर आए लगत्तै केही समय कडा निगरानीमा थिए तर भूकम्पपछि मलाई घरमै नजरबन्द राखिएको छ । यो बीच मलाई बाहिर जिल्लाहरुमा जान रोक लगाईएको छ ।’ ..... गृहसचिव सूर्यप्रसाद सिलवालले राउतलाई नजरबन्दमा नराखिएको तर उनकै सुरक्षालाई मध्यनजर गर्दै सर्तकता अपनाईएको बताए । साथै उनले राज्यविद्रोहको र राज्यको सार्वभौमिकतामा असर पर्ने कुनै पनि गतिविधि गरेमा पक्राउ गर्न सकिने जनाए । ...... राजबिराज ९ स्थित राजदेवी टोलमा आफ्नै घरमा नजरबन्द रहेका उनलाई सरकारले संविधान घोषणा नभएसम्म घरबाट बाहिर जान नदिने योजना सरकारको रहेको सुरक्षा स्रोतले जनाएको छ । स्रोतका अनुसार उनलाई घरमा गरिएको नजरबन्द ‘होम अरेस्ट’ मात्र हो ।


एकपटक थारु भएर सोचौं
मेरा पूर्खा जो यो देशको सत्ताधारीले ‘तँ निडर छस। बलियो छस। तैँले काम गर्नुपर्छ। पढ्ने लेख्ने काम बाहुनको हो’ भन्दा हामी दाजुभाइ हौं जोले काम गरे पनि जोले पढेलेखे पनि यो देशलार्ई नै टेवा पुग्ने हो भनि चुपचाप गएर जंगल फाडे अनि उर्वर भूमि बनाए, बाघको चंगुलबाट छुटाएर बस्ती बसाले र यो देशको उन्नतिमा टेवा पुर्याेए। त के थारुहरु पाप गरे? पहाडबाट बाहुन क्षेत्री लगायतको पहाडी समुदाय तराईमा झर्दा खुला हृदयले स्वागत गरे। बस्ने ठाउँ दिए। एउटा उन्नत सामाज निर्माणका लागि महत्वपूर्ण योगदान गरे। अनि उनीहरु नै भूमिहिन भए। कमैया बने। फेरि पनि सहे। कहिल्यै अराजक भएनन्। अनि न्याय दिने सरकार टुलुटुलु हरिरह्र्योा। तैपनि थारुले धैर्य धारण गर्योय। शान्ती सुरक्षा कायमको निमित्त टेवा पुर्यायएर के थारुले अपराध गर्यो? ...... बाहुनले जोत्नुम हुन्न उसले जोत्दा पाप लाग्छ भनिराख्दा थारुले नै उनीहरुको खेतीपाती गरी उनीहरुलाई भोकमरिबाट जोगाई भाइचारा कायम गर्योल। र, उसले उसैबाट राम्रो सम्मान पाउन सकेन। तैपनि राज्य छ उसले यो कुरालाई एक दिन सम्मान दिन्छ भनि सहिरह्यो। थारुले के पायो? शोसन दमन, गुमेको पहिचान दोस्रो दर्जाको नागरिकको उपहार, कमैया र कमलहरीको रोजगारी, भोट बैंकको लागि मात्र प्रयोग र पनि थारुले राज्य र यो देशको सरकारसँग कहिल्यै उग्र भएर आफ्नो अधिकार मागेन, शन्तिपूर्ण आन्दोलनलाई उल्टै दमन गर्न यो देशको सरकार लागिरहेको छ। कथित अन्य वर्ग जो यो देकका शासन र स्रोत साधनको पहुँचमा छन्, उनीहरु अहिलेको युगसम्म आउँदा हेपाहा प्रवृतिको मानसिकता हटेन र हेपिरहयो र हेपिरहेको छन्। ........ के उसलाई हेपिरहने, उसको पहिचान र सम्मानलाई जहिले पनि धरापमा पारिरहने, यो देशको सरकार र शासकले कहिल्यै विचार नगर्ने? उसले सम्मान पाउँछु कि भनि सबैखाले राजनीतिक दललाई सघायो। राणाको शासन हटाउनमा मद्धत गर भनि कांग्रेसले आग्रह गर्दा पहिचान र अधिकार पाउँछु कि भनि उसलाई सह्यो, गर्योल तर केही पाएन।

एमालेले त्यसै भन्यो र पनि केही पाएन। माआवादीले पनि छुट्टै राज्य दिन्छु भन्यो। तिमीहरुका छोराछोरीलाई लाडाइँमा पाठाओभन्दा थारुका थुप्रै सन्तान सहिद भए। तर केही पाएन। समय धेरै बितिसक्दा पनि केही नपाउँदा एउटा जनावर त प्रतिकार गर्छ भने थारु त मानिस हो। चेतनशिल प्राणी हो। कतिन्जेल सहन्छ।

हो त्यही सहनसिलताको पराकाष्ठा नाघेपछिको बिस्फोट देखिँदैछ। शोषित दमित जनताको पीडा निस्किँदैछ। ......... जनतालाई अधिकार दिन ‘बाउको बिर्ता हो किजस्तो गरी हात खुम्च्याएको स्थिति छ। हामी थारुहरु हिटलर होइन, नेलसन मन्डेलाका प्रर्वतक हौं। ......

अब यो समुदायले सहनसिलता गुमाइसकेको छ। अलि कति पनि राज्यले ढिला गर्योअ भने एटम बम बनेर बिस्फोट हुनसक्ने स्थिति नआउँला भन्न सकिँदैन।

आन्दोलनका लागि विजय गच्छदारको छुट्टै मोर्चा
विजयकुमार गच्छदारले पनि मोर्चा गठन गर्ने भएका छन् । .... गच्छदारले नेतृत्व गर्ने सो मोर्चामा गच्छदारको फोरम लोकतान्त्रिक पार्टीसहित शरत्सिह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेश समाजवादी पार्टी, राजकिशोर यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम गणतान्त्रिक रहेको बताइएको छ । .... हिजो तीन दलका अध्यक्षको बीचमा बसेको बैठकले मोर्चा बनाउने निर्णय गरेको .... तराई मधेशका जनताको चाहना अनुसार सविधान बन्ने सम्भावना नदेखिएको र यसका लागि संयुक्त रुपमा संघर्ष गर्नुपर्ने भएकाले हाललाई तीन दलको मोर्चा बनाउने निर्णय भएको उनले बताए


सबै मधेसी सभासद्लाई राजीनामा दिन राजेन्द्रको आग्रह
कैलालीमा राज्यको सम्पूर्ण सुरक्षा निकायको उपस्थितिमा अत्यन्त कडा पारी कफ्र्यू लागेको बेलामा जनताको घरमा आगो लाग्नु, जर्वजस्तीरुपमा घरघरमा घुसी चेलीबेटीमाथि हातपात तथा दूव्र्यव्यहार भएको भन्दै उनले सेनाले मधेशी र थारुहरुले आफ्नो अधिकारको लागि शान्तिपूर्ण आन्दोलन गरिरहेको बेलामा विभेदपूर्ण तरिकाले भेदभाव र पूर्वाग्रही ढंगले जाइलाग्नु गलत भएको ......

मोर्चाको सबै घटक संविधानसभाबाट राजीनामा दिएर आन्दोलनमा आउनुपर्ने आवश्यकता रहेको

...... जबसम्म आन्दोलन निर्णायक विन्दुमा पुग्दैन, तबसम्म आफु काठमाण्डाँै नजाने समेत घोषणा गरे । ....... राजेन्द्र महतोले अनसनकारी ईन्द्रकुमार झा मधेशानन्दलाई भेटेर सबै मधेशी सभासदहरुलाई बुद्धि पलाओस् र छिट्टै संविधानसभाबाट राजिनामा देओस भन्ने चाहना रहेको छ बताए ।
मैले प्रचण्डलाई यस कारण रोजें
थोरै भए पनि समावेशी र समानुपातिकका मुद्दा सम्बोधन हुने ..... यो देशको निकास कांग्रेस–एमाले होइनन् । देश भाँडमा जाओस् भन्ने हो भने जे गरे पनि हुन्छ । जिम्मेवारीबोध र परिणामको परिकल्पना नगरी विशुद्ध सैद्धान्तिक कुरा गरेर पञ्छिएर पनि भएन । देश थोरै भए पनि ठीक ट्रयाकमा जाओस् भन्ने सोंच्ने हो भने गम्भीर हुनैपर्छ । हामीले ऐजेण्डा छाड्यौं भन्ने होइन । असहमतिका विषयहरुमा हामीले ‘नोट अफ डिसेन्ट’ लेखेकै छौं । ........ राजनैतिक हिसावले क्रान्तिकारी र प्रतिक्रियावादी शक्तिहरुबीचको द्वन्द्व नयाँ शिराबाट शुरु हुन्छ र त्यसले नयाँ आन्दोलनको पनि थालनी हुन्छ । त्यो शान्तिपूर्ण वा अन्य प्रकारको पनि हुनसक्छ । राज्य पक्ष कसरी प्रस्तुत हुन्छ, आन्दोलनको रुप त्यसैले निर्धारण गर्छ । .....

यतिखेर माओवादी आन्दोलन तीब्र विघटनको दिशामा गइरहेको छ ।

...... पार्टीगत नेतृत्वको क्षमतामा किरणको भन्दा प्रचण्डमा मलाई बढी लाग्यो । अरु कुरा छाडेर मैले प्रचण्डलाई यस कारण रोजें ।
मधेसवादी नेता र सिके राउतबीच कटाक्ष
सदभावना पार्टीका महासचिव मनीष सुमनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘केही कथित मधेसी बुद्धिजीवी भन्दथे– मधेसमा केवल सिके राउतको संगठन छ, मधेसी पार्टी दलाल, सत्ताको लोभी हुन्, सत्ताका लागि मधेसी दल टुक्रा–टुक्रा भए तर आज मधेसमा यत्रो आन्दोलन भइरहेको छ, सिके राउत कहाँ छन् ?’उनले सिके राउतप्रति कटाक्ष गर्दै लेखेका छन्, ‘आज राजेन्द्र महतो, उपेन्द्र यादव लगायतका नेताहरु मधेसका गाउँ गाउँमा निर्वाध घुमिरहेका छन्, सिके राउत आफ्नो राजविराज–९ स्थित घरमा बसेर फेसबुक चलाइरहेका छन् ।’


गृह मन्त्रीले राजिनामा नदिए सम्म वार्ता हुदैन , नेता कर्ण

No comments: