Saturday, August 29, 2015

In The News (41)

संविधानको रक्तरन्जित पृष्ठभूमि
सिद्धान्तहीन राजनीति रथका दुई पांग्रा हुन् – धर्म र अपराध । .... सिद्धान्त र मूल्य पद्धतिमा आधारित लोकतान्त्रिक लीकबाट राजनीति बाहिर ओर्लेर लीक छोडेको रेलजस्तै दुर्घटनाग्रस्त भएको छ ।

नेताहरुलाई व्यक्तिगत स्वार्थले गाँजेको छ ।

....... प्राचीन हिन्दू समाजका लागि राजनीति धर्म थियो । अहिले यो सत्ता प्राप्तिको माध्यम बनेको छ । अपराध यसको मुख्य हतियार बनेको छ । ..... अधिकारकर्मीहरु ‘लजिस्टिक सपोर्ट’ को खोजीमा दाताहरुको ढोका ढकढक्याउँदै होलान् । ..... घटनापछि गृहमन्त्रीले संसदमा हलुका जानकारी दिए, आन्दोलनलाई हिंसात्मक बनाउन दक्षिणतिरबाट घूसपैठ भएको थियो । उत्तरी घूसपैठलाई हिमालले रोक्ने हुँदा नेपाली भूमिमा दक्षिणबाट मात्र घूसपैठ हुने गरेको छ । ..... गृहमन्त्रीले आन्तरिक घूसपैठका सम्भावनालाई ठाडै इन्कार गरे । यो थियो गृहमन्त्रीको पक्का राजनीति । भोलि कतै ती घुसपैठियासँगै मिलेर सत्ताको रोटी पकाउनु पर्ने हो कि ? तिनीहरुकै सहयोगमा आन्दोलन चर्काउनु पर्ने पो हो कि ? के थाह । ...... काठमाडौंमा रहेको सत्ताको केन्द्र जतिजति संविधान निर्माणको कार्य अन्तिम विन्दूमा पुगेको सन्देश प्रचारित गर्छ उति उति देशको अवस्था दुरुह बन्दै गएको छ । ...... मधेश तराईका सहरहरु बन्द छन् । बाटाघाटा अवरुद्ध छन् । संविधानलाई कारण बनाएर जनता आफ्ना असन्तुष्टिहरु एकमुष्ठ व्यक्त गर्दैछन् । यी सबै घटनाहरुबाट बेखबर प्रधानमन्त्री भन्दछन्, संविधानले हामीलाई नौ वर्ष अल्ममल्यायो । अब हामी अलमलिनु हुँदैन । संविधान बनाएर विकासमा जुट्नु पर्दछ । ...... जसरी भूईंचालोको भविष्य कसैले बताउन सक्दैन त्यसरी नै संविधानको भविष्य पनि अनिश्चित देखिन्छ । .... देशको राजनीति चपल छ ।


अनियन्त्रित बन्दै पूर्वी तराई

मोरङ, सुनसरी, झापा, उदयपुर, सिरहा, सप्तरी

लगायत जिल्लामा सयभन्दा बढी सवारी तोडफोड र आगजनी भएका छन् । .... शान्तिपूर्णलाई सरकारले आन्दोलन नै नठान्ने गरेको
वार्ताको माहोल बनाउ: तमलोपा अध्यक्ष ठाकुर
सेना परिचालनसम्बन्धी रिट खारेज
चाँडो संविधान जार्न सभासदको माग
वार्ताका लागि मधेसी मोर्चाका ९ 'सर्त'
एक वर्ष भित्र मोटरबाटोले डोल्पाको सिमाना छुने
चितवनमा थारुको प्रदर्शन
चितवनका थारु समुदायले नयाँ संविधानमा चितवनलाई प्रादेशिक राज्य घोषणा लगायतका माग गर्दै शनिवार भरतपुरमा विरोध प्रदर्शन गरेका छन् । ..... विरोध प्रदर्शनका लागि ठुलो समुहमा थारु महिला, बृद्धबद्धा तथा युवाहरु गांउगांउबाट भरतपुर उपमहानगरपालिकामा ओईरिएका थिए । ...... थरुहट आन्दोलन जिन्दाबाद, चितवनलाई प्रादेशिक राज्य घोषणा गर, राज्यको सबै अंगमा पुर्ण समानुपातिक, समावेशी लागु गर, थारुहरुको माग पुरा गर ..... जुलुसमा ५ हजार भन्दा बढीको सहभागिता थियो । पुर्व मेची देखी पश्चिम महाकाली सम्मको तराईमा ३ प्रदेश कायम गरिनु पर्ने लगायतका ७ सुत्रिय माग राखी थारु कल्याण कारिणी सभाले आयोजना गरेको ४ दिने आम हडतालको पुर्व सन्ध्यामा भरतपुरमा निकालिएको विशाल जुलुस प्रदर्शन गरिएको हो ।
जनजाति आधारित पार्टीहरु एकीकरण गर्न विदेश बाट दबाब
तपाईं आदिवासी जनजाति नेताहरू भिन्नभिन्न दल खोलेर राजनीतिक मैदानमा आइरहँदा उत्पीडनमा पारिएका लाखौं नेपाली जनताहरू अलमल्ल परेका छन्, बाँडिएका छन् र हाम्रा मुद्दाहरू तपाईंहरूकै कारणले ओझेलमा पारिएको अवस्था छ । तपाईंहरूले एउटा मात्रै राजनीतिक दल निर्माण गरेर वर्गीय र जातीय उत्पीडनमा पारिएका लाखौं नेपाली जनताहरूलाई एकीकृत बनाई तिनीहरुको आशाको केन्द्रबिन्दु बन्न सक्ने एउटा बृहत् राजनीतिक शक्ति निर्माण गर्न केले रोकेको छ ?
म होइन । शुशील, प्रचण्ड, माधव पो हुन त डन
मेरो नाम गणेश लामा हो । मेरो जन्म थलो काभ्रे तर कर्मथलो काठमाडौं हो । हाल म फोरम (लोकतान्त्रिक) को केन्द्रीय सदस्य पनि छु र म आफुलाई ब्यबसायी भन्न पनि रुचाउँछु । ...... शुरुमा अध्ययन गरें, पढाई पछि एउटा उमेरमा आएर मैंले ब्यापार पनि गरें । त्यो भन्दा अगाडी मेरो झै झगडा पनि भएको थियो । मैले त्यहि अनुसारको सजायाँ पनि पाएँ । त्यसपछि मैले लगातार व्यापार गरें र हाल म सक्रिय राजनीतिमा लागि रहेको छु । म फोरम लोकतान्त्रिकको जिम्मेवार पोष्टमा छु । म माथी लागेका जुन आक्षेपहरु छन् यसका बारेमा मैैंले बिभिन्न मिडियाका साथीहरुलाई भन्दै आएको छु, तैपनि मैैंले अझै मुक्ति पाएको छैन । यो डन भनेको के हो मैले अझै बुभ्mन सकेको छैन । .......... मलाई कसैले पिटे होला, मलाई पिट्न आएकाहरुको बिरुद्ध म उठें होला अनि मैले पनि पिटें होला । ..... मैैंले कसैको आँसु झार्ने काम, कसैको दुई रुपिया लुट्ने काम, कसैको छोरी चेली बिगार्ने काम अथवा राष्ट्रमा आँच आउने काम गरिन । ..... यो राज्य शत्तामा जसको हालिमुहाली चल्छ त्यहि हो डन । म अहिलेको अवस्थामा सुशील कोईरालालाई डन भन्छु । किनकी उहाँ प्रधानमन्त्री हुनुहुन्छ, उहाँको सवै चिज चल्छ । उहाँलाई चाहिँ डन टाईटल दिन सुहाउँछ । यो भन्दा पहिला प्रचण्डजी हुनुहुन्थ्यो होला, त्यो भन्दा पहिला माधव नेपाल हुनुहुन्थ्यो होला । सवैकुरा गर्ने क्षमता उहाँहरुको हातमा हुन्छ । तव मात्र त्यसलाई डन भनिन्छ होला । म त आफुलाई एक आम साधारण नेपाली भन्न चाहान्छु । ....... युवाहरुलाई बिभिन्न दलले चुनावमा बुथ लुट्न, ढुंगा हान्न, मास जुटाउन प्रयोग र प्रोत्साहन गर्ने अनि आफु पदमा पुगिसकेपछि ती युवाहरुलाइ आफुले सकेको रोजगारी दिनुको सट्टा, राम्रो बाटो देखाउनुको सट्टा उल्टै गलत आरोप लगाउने जस्ता प्रबृत्ति पनि त बढेको छ नि । ..... मैले लोकसेवामा नाम निकाल्न सकिन होला प्रहरीमा सकिन होला तर

मैंले रेष्टुरेन्टदेखि लिएर अन्य सेक्टरमा आफुले सकेको ठाउँमा मैले तीन हजार पैतिससयदभल्दा बढी युवाहरुलाइ रोजगारीको अवसर दिइरहेको छु ।

...... झापाको कुनै एउटा कुनामा कसैले तँलाई गणेश लामा ल्याएर पिटाउँछु भन्यो भने मैले कसरी थाहा पाउने ? त्यसैगरी कैलाली, कञ्चनपुरमा मेरो नाम लिएर कसैले कसैलाई धम्क्याउने , थर्काउने गर्छ भने मैले कसरी जान्ने ? यी थर्किन बाध्य बनाउनेहरु पनि त मिडिया नैं हो नि त । म त्यो चिज होईन बाबा भनेर मैले पटक पटक तपाईहरुसंग भनिरहेको छु । यदि म त्यो चिज भएको हो भने त मैैंले झापा फोन गरेपनि थर्किने भो, कैलाली फोन गरेपनि थर्किने भो । म त्यो चिजलाई नैं स्वीकार्न तयार छैन, म त्यस्तो होइन बाबा, आम साधारण नेपाली नागरिक हुँ, साधारण भएर बाँच्न चाहन्छु ....... अहिले टुरिज्म फिल्डमा छु । मैले हिजोको दिनमा रेष्टुरेण्ट ब्यबसाय पनि गरें होला, मैंले क्रसर आदिको काम पनि गरें होला । .... मैंले आफ्ना बालबच्चा पाल्नको लागि ब्यापार गरेको छु भने राजनीतिलाई चाहिं सेवाको रुपले लिएर अगाडी बढिरहेको छु । ..... तपाई राम्रोसँग काम गर्नुहुन्छ, तपाईसँग, क्षमता छ, भिजन छ र तपाईसँग राम्रो टिम छ भने देशमा बिभिन्न बैंक,बित्तिय संस्थाहरु छन तिनले ऋण दिहाल्छन नि । अहिलेपनि मेरो धेरै ऋण छ । अहिले पनि मलाई ऋणको तनाव हुन्छ । महिना महिनामा बैंकको लोन तिर्नुपर्छ । राम्रो भिजन भयो, राम्रो टिम भयो भने काम गर्नलाई त त्यत्ति गाहे नैं छैन । .... यो देशमा २,४ जनालाई रोजगारी दिएर राज्यले बनाएको नीतिमा छिरेर ट्याक्स तिरेर करोडपति बनेको हो । ...... म एउटा साधारण मान्छे । म जाहाँ खान्थेँ, जहाँ बस्थेँ त्यहि बसेको छु । म राजनीतिमा सक्रिय छु । जसरी अहिले मधेसका बिभिन्न जिल्लाहरुमा आन्दोलन चलिरहेको छ दिनहुँ जस्तो पार्टीमा अहिले वैठक भैरहेको छ । अवको रणनीति कसरी बनाउने, आदिवासी, मधेसी, जनजाती, पिछडीएको बर्गको आवाजलाई कसरी सम्वोधन गर्न सकिन्छ भन्ने हिसावले हाम्रा केन्द्रिय अध्यक्ष विजयकुमार गच्छदार दिनानूदिन चार दलको बैठकमा सम्वाद गरिरहनु भएको छ भने हामी केन्द्रीय लेभलका नेताहरु पनि पार्टी कार्यालयमा बसेर पार्टी कार्यक्रमहरुलाई कसरी अगाडी बढाउने भनेर काम गरिरहेका छौँ । म पनि त्यहि अनुसार काम गरिरहेको छु । ....... मैले बिगत १०,१२ वर्षदेखि काभ्रे लगायतका जिल्लाका पढ्ने ईच्छा भएका गरिव भाईबहिनीहरुलाई सहयोग गरेको छु । मैले काभ्रेलाई त कोटा नैं छ्ट्याएको छु । मैले हरेक बर्ष त्यहाँबाट ३ जनालई बिभिन्न कलेजमा स्कलरसिपको व्यबस्था गरेको छु । कुनै ठाउँमा स्वाश्थ्य शिबिर लगेर, कहिँ खेलकुदको माध्यमबाट, कुनै ठाउमा बिकास निर्माणको काम गरेर सहयोग गर्दे आएको छु । कहिँ १०, २० बोरा सिमेन्ट दिएर मैले निरन्तर रुपमा समाज सेवाको काम गर्दे आएको छु । मैंले यो काम मानव भएकाले आत्मसन्तुष्टिका लागि गरेको हुँ । न कि प्रचारको लागि । ....... दैनिक बिहान १,२ घण्टा एक्सरराईज गर्छु त्यहि नैं रमाईलो छ । त्यसपछि राजनीति, व्यापार, समाजसेवा आदिका फोन आउन थाल्छन् बिजि भईन्छ । ...... म हिन्दू, बौद्ध दुवै धर्म मान्छु । ..... आज भन्दा ४,५ बर्ष पहिले त राष्ट्रिय मिडियाहरुमा यो डन हो भनेर फोटोसहित समाचार आउँथे । अहिले मेरो छोरो ८ मा पढ्छ । एउटी छोरी छिन् । त्यतिबेला मेरो छोराले बाबा तपाईको फोटो आएछ भनि पत्रिका देखायो । मलाई कस्तो भयो होला भन्नुस त ? कसैले पनि आफ्नो मानिस चोर गुन्डा फटाहा भएको मन पराउदैन । .. हिजो कसैले कच्चा उमेरमा गरेको गल्तिलाई लिएर आज पनि तनाव दिईरहनु हुदैन । ...... मान्छेले मलाई जे ठानेर भेट्न आउने गर्छन् उनीहरुले मलाई भेटिसकेपछि आकाश जमिनको फरक पाउने गर्छन् । म कसैसंग खस्रो बोल्दिन, नम्र भएर सम्मानपूर्वक बोलि व्यबहार गर्ने मेरो बानि छ ।

No comments: