Showing posts with label Prachanda. Show all posts
Showing posts with label Prachanda. Show all posts

Sunday, March 12, 2023

12: Prachanda

मधेसमा उपेन्द्र यादवविरुद्ध जनमत, लोसपा र नागरिक उन्मुक्तिबीच कार्यगत एकताको सहमति
Is Nitish Kumar On The Verge Of Another Political Somersault ?
निर्वाचन अधिकृतको निर्णय : रामसहायलाई उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य भन्न सकिँदैन
मन्त्रिपरिषद् विस्तारलगत्तै चार दलले समाजवादी मोर्चा बनाउँदै समाजवादी मोर्चा निर्माणलगायत विषयमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीचको सहमतिकै आधारमा माओवादीले जसपालाई उपराष्ट्रपति छाडेको ती नेताको दाबी गरेको छ । ...... यद्यपि, पार्टी एकताका लागि भने नामको अगाडि नेकपा हटाउनुपर्ने जसपाको सर्त छ । माओवादी र एकीकृत समाजवादी नामको अगाडि नेकपा हटाउन तयार छैनन् ।

केही दिनमै समाजवादी मोर्चा बन्छ : प्रधानमन्त्री प्रचण्ड संसारमा एकपटक कम्युनिस्ट आन्दोलन पराजित भएपछि उठेर आएका विरलै दृष्टान्त रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बंगाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस्, क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ । नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौँ । बृहत्तर वामपन्थी एकतामार्फत चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्छ ।’ ...... प्रधानमन्त्री दाहालले भने, ‘एमालेभित्र पनि ठूलो पंक्ति वामपन्थीको एकताका पक्षमा छ । हिजोको नेकपा फेरि पुनःस्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ छ । त्यो मत क्रान्तिको हितमा छ, कम्युनिस्ट आन्दोलनको हितमा छ । त्यसैले हामीले नै एकताको अग्रसरता लिनुपर्छ ।’

काठमाडौं महानगरका मेयर शाह पुगे बस्नेत निवास मेयर शाहले विगतका असमझदारी हटाएर सहकार्य गरेर अघि बढ्न बस्नेतसँग आग्रह गरेका थिए ।

नेपाली राजनीतिमा प्रचण्डको ‘मास्टरमाइण्ड’ खेल

Sunday, February 26, 2023

मेयर बालेन को सुरक्षा मा प्रचण्ड को चरम लापरवाही किन?

राष्ट्रपतिमा कांग्रेसको बाजी
ठूलो कचौरामा दूधभात पाएपछि बिरालो छिमेकी कहाँ गयो : ओली

गृहबाट सुरक्षाकर्मी नपाएपछि आक्रोशमा लेखिएको बालेनको फेसबुक स्टाटस 'मेयरको पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दै छन्। यो देश कहिले पनि बन्दैन।' ........ केन्द्रीय सरकारले नै बालेनलाई काम गर्न असहयोग गरी मेयर पदबाट राजीनामा दिन बाध्य पार्न खोजिएको बताए। ....... बालेनले २०-२५ दिनदेखि नेपाल सरकारसँग चार-पाँच वटा कुरामा सहकार्य गर्न खोजिरहेका छन्।तर सरकारले कुनै पनि चासो व्यक्त नगरेको उनको भनाइ छ। ....... 'गृह मन्त्रालयसँग मेयरका लागि सुरक्षा चाहियो भनेर माग गरेका थियौं। त्यसबारे अहिलेसम्म कुनै पनि कुरा आएको छैन,' व्यञ्जनकारले भने, 'उहाँले प्रधानमन्त्रीसँग भेटेर कुरा गर्न पनि खोज्नुभयो। तर कुनै पनि जवाफ आउँदैन।' .......

गृह सचिवलाई भन्दा गृह मन्त्रीलाई भन्नु पर्ने र गृह मन्त्रीलाई भन्दा प्रधानमन्त्रीलाई भन्नुपर्ने भन्दै काम नगरेको उनको भनाइ छ।

....... 'अहिले प्रधानमन्त्री नै गृहमन्त्री हुनुहुन्छ। कुनै पनि कल र म्यासेजको रेस्पोन्स पनि दिनु हुँदैन,' उनले भने, 'गृह सचिवलाई काम गर्ने अधिकार नै दिनु हुँदैन। स्थानीय सरकारले सहयोग माग्ने भनेको केन्द्र सरकारमा हो तर केन्द्र सरकारले नै सहयोग नगरेपछि त यो काम नगर भनेर राजीनामा दे भनेर बाध्य पारिएको त हो नि!' ........ काठमाडौंको मेयर जस्तो मान्छेले आफूलाई सुरक्षा चाहियो भन्दा नदिएपछि आक्रोशमा उक्त स्ट्याटस लेखिएको व्यञ्जनकारले बताए। ........ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिँदै बालेनले पुस २९ गते सुरक्षाकर्मी माग गरेको थिए। काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले निवेदन गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पठाएको बताएका थिए। ........ मंसिर १२ गते थापाथलीको सुकुम्बासी बस्ती हटाउने क्रममा महानगरीय प्रहरीमाथि ढुंगामुढा गर्ने र बालेनलाई ज्यान मार्ने धम्की दिने ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता गरेको थियो। किटानी जाहेरीमा १ महिलासहित ५ जना पुरूष रहेका छन्। ....... प्रहरीमा किटानी जाहेरी दिँदा पनि ती व्यक्तिहरूलाई नपक्रिएको उनी बताउँछन्। ........ 'जसको विरूद्ध किटानी जाहेरी दिइएको थियो तिनै व्यक्तिहरू अहिले प्रहरीसँगै हिँडिरहेका छन्। ती व्यक्तिहरूले घरमा गएर ज्यान मार्ने धम्की दिई आफन्तहरूलाई प्रेसर दिइरहेका छन्,' उनले भने, 'उनीहरूलाई नियन्त्रणमा लिनुपर्‍यो भनेर भन्दा पनि कसैले कुनै किसिमको चासो व्यक्त गरिरहेका छैनन्।' ........ मनोहरा आयोजनामा बाँधिएको बाँध जाहेरी दिएकै मानिसको समूहले डोजर चलाई भत्काएको व्यञ्जनकारले बताए।
.



युक्रेन युद्ध रोक्न माग गर्दै जर्मनी र फ्रान्समा प्रदर्शन



Wednesday, February 22, 2023

22: Prachanda

पुरानो गठबन्धन ब्युँताउने कांग्रेस र माओवादीबीच सहमति, बिहीबार साँझसम्म सम्झौताको तयारी राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिनेगरी पुरानो गठबन्धन सम्बद्ध पार्टीहरु एक ठाउँमा आउने सहमति भएको बैठकमा सहभागी एक नेताले भने । उनका अनुसार कांग्रेस र माओवादीबीच माधव नेपाल र उपेन्द्र यादवलाई सँगै ल्याएर पुरानो गठबन्धनलाई अगाडि बढाउने सहमति भएको छ । ....... त्यसमा सिके राउत नेतृत्वको जनमत, नागरिक उन्मुक्ति पार्टीलाई पनि समेटेर मजबुत गठबन्धन बनाएर जाने कांग्रेस र माओवादीले बैठकबाट निष्कर्ष निकालेको उनको भनाइ छ । उनले भने, ‘यसका लागि भोलि (बिहीबार) दिनभर माधव नेपाल, उपेन्द्र यादव, महन्थ ठाकुर, सिके राउत लगायतसँग छलफल हुन्छ । भोलि बेलुकासम्म सबैजना संँगै बसेर सम्झौता गरेर टुंग्याइने छ ।’ ........ लोसपाका नेताहरु देउवाबाट सकारात्मक जवाफ पाएर फर्किँए । .......

कांग्रेस नेताहरुले राष्ट्रपति कांग्रेसले नलिकन पुरानो गठबन्धन ब्युँतिने कुरा सम्भव नभएको

..... बालुवाटार छलफलमा पुरानो गठबन्धन ब्युँताउने सहमति भएको छ ।
.

बिजुलीको भरपर्दो बजार खोज्दै नेपाल, निर्यातमा ‘ब्रेक थ्रु’को संकेत भारतले शुभसंकेत दिएसँगै नेपाल र बंगलादेशबिच विद्युत व्यापारमा ‘ब्रेक थ्रु’को सम्भावना देखिएको छ । नेपाल र बंगलादेश आपसमा विद्युत व्यापारका लागि प्रयासरत रहेकै अवस्थामा भारतले नेपाललाई बंगलादेशतर्फ विद्युत निर्यातको अनुमति दिने संकेत दिएको हो । यससँगै, नेपाल र बंगलादेशबिच विद्युत व्यापारमा ‘ब्रेक थ्रु’को सम्भावना बढेको हो । ....... यससँगै, वर्षौँदेखि नेपाल र बंगलादेशले विद्युतमा सहकार्य गर्न गरेको प्रयासले मूर्तरुप लिन लागेको हो । ....... आफ्नो देशमा बिजुलीको ठूलो बजार रहेकाले बंगलादेशी पक्ष नेपाल र भुटानसँग बिजुली किन्न चाहन्छ । तर, यी दुवै मुलुकसँग बिजुली किन्दा प्रसारण लाइनका लागि भारतीय भूमि प्रयोग गर्नुपर्छ । सोही कारण, बंगलादेश लामो समयदेखि भारतीय पक्षलाई नेपालबाट बिजुली किन्ने अनुमति दिन दबाब दिइरहेको छ । ....... सम्भवतः जुलाईदेखि बंगलादेशमा बिजुली निर्यात हुन्छ ।’ ...... तत्कालै बंगलादेशतर्फ ५० मेगावाटसम्म बिजुली निर्यातको सम्भावना ....... भारत र बंगलादेशले यसअघिदेखि नै ‘क्रस बोर्डर’ विद्युत व्यापार गर्दै आएका छन् । यही कारण नेपालले भारतीय प्रसारण लाइनमा ५० मेगावाट विद्युत पठाउने र भारतीय पक्षले सोही परिमाणको बिजुली बंगलादेश पठाउने गरी व्यापार हुन्छ । ........ विद्युत प्राधिकरणले यो वर्ष ११ अर्ब १६ करोडको बिजुली भारत निर्यात गरेको थियो । प्राधिकरणलाई भारतले सुरुमा ३९ मेगावाट बिजुली निर्यातको अनुमति दिएको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा थप ३०८ मेगावाट बिजुली निर्यातको सहमति भएको थियो । ....... थप २ पटक गरेर भारतले नेपाललाई कुल ४५२ मेगावाट बिजुली भारतीय बजारमा बिक्रीको अनुमति दिइसकेको छ । तर, वर्षा याममा नेपालको कुल बिजुली उत्पादन क्षमता २४ सय मेगावाट नाघिसकेको छ । ....... हाल वर्षा यामको समयमा आन्तरिक माग अधिकतम १७ सय मेगावाट छ । जबकि, राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाको कुल उत्पादन क्षमता २४ सय मेगावाट भन्दा धेरै छ । ... आगामी आर्थिक वर्षभित्र राष्ट्रिय प्रसारण लाइनमा कुल ३ हजार मेगावाट बिजुली जोडिनेछ । ........ ‘२ देखि ३ वर्षभित्र सुक्खा यामको समयमा पनि नेपालको माग धान्नेगरी बिजुली उत्पादन सुरु हुन्छ ।’ ....... बंगलादेशमा हाल २३ हजार मेगावाट आसपास बिजुलीको माग छ । यो बढेर सन् २०३० सम्म ३४ हजार मेगावाटभन्दा धेरै पुग्ने बंगलादेशी सरकारको प्रक्षेपण छ । ....... पछिल्लो ऊर्जा सचिवस्तरीय बैठकमार्फत बंगलादेशले ६८३ मेगावाट क्षमताको सुनकोसी–३ जलविद्युत आयोजनामा लगानीको इच्छा समेत देखाएको छ । कुल १ खर्ब ६० अर्ब लागत अनुमान गरिएको यो आयोजनाबाट बिजुली उत्पादन गरेर आफ्नो देशमा लग्ने योजना बंगलादेशको छ । ........ ‘भारत र नेपालबीच नै भरपर्दो ऊर्जा व्यापारका लागि पूर्वाधार छैन । यही कारण, भारतीय पक्ष नेपालसँग ऊर्जा खरिदको सम्झौता गर्न हच्किन्छ,’ उनले भने, ‘बंगलादेशतर्फ निर्यातमा पनि पूर्वाधार नै समस्या हुन्छ ।’

ओलीलाई एक्ल्याउने प्रयास बैठकमा संविधानको रक्षाका लागि भए पनि पुरानै गठबन्धन आवश्यक रहेको भन्दै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई कायमै राखेर निर्वाचनअघि (मंसिर ४) को पुरानो गठबन्धन व्युँताउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। ..... राष्ट्रपति भने नेपाली कांग्रेसलाई नै दिएर अगाडि बढ्ने विषयमा छलफल भएको थियो। कांग्रेस सभापति देउवाले राष्ट्रपतिमा एकीकृत समाजवादी र जनता समाजवादीको समेत समर्थन रहने दाबी गरेका थिए।

प्रचण्ड र ओलीबीच चर्काचर्की
ओलीले प्रचण्डलाई भने- धेरै अलमल नगर्नुस्, तपाईंको कुरा के हो भन्नुस्!



डिलमा सत्तागठबन्धन कांग्रेस नेताहरू छलफलबाट उत्साही छन् । ......... पूर्वसहमतिविपरीत कांग्रेसले पहिलो कार्यकालका लागि प्रधानमन्त्री र राष्ट्रपतिमा दाबी गरेपछि गठबन्धन भत्किएको थियो । कांग्रेसले ‘आत्मघाती’ अडान नछाडेपछि माओवादी अध्यक्ष प्रचण्ड एमालेसहित सात दलको समर्थनमा गत १० पुसमा प्रधानमन्त्री बनेका थिए । तर, दुई महिनामै गठबन्धन भत्किने अवस्थामा पुगेको छ । ....... राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उम्मुक्ति पार्टीलाई समेत गठबन्धनमा अटाउनेबारे पनि छलफल भइरहेको स्रोतको भनाई छ । ........ कांग्रेस र एमालेको नाममा राष्ट्रिय सहमति नजुट्ने अवस्थामा अन्य विकल्पमा समेत जान सकिने गुरुङको तर्क छ । माओवादी सचिव गणेश शाहले सरकार सञ्चालनमा एउटा र राष्ट्रपति निर्वाचनमा अर्को गठबन्धन बन्न सक्ने बताए । तत्कालीन पाँचदलीय गठबन्धनबाटै राष्ट्रपति चयन हुने उनको संकेत छ । ‘राष्ट्रपति निर्वाचन र सरकार सञ्चालनमा अलग–अलग गठबन्धन हुने सम्भावना देखिन्छ । राष्ट्रपति फरक गठबन्धनबाट भए पनि एमालेले सत्ता छाड्लाजस्तो लाग्दैन,’ उनले भने ।



नजिकिँदै पुरानै गठबन्धन दल सकभर राष्ट्रिय सहमति जुटाउने नभए विगतमा संविधान रक्षाका लागि एक ठाउँ उभिएका शक्तिहरू पुनः एक भएर अघि बढ्नुपर्ने उनीहरूको प्रस्ताव थियो । विगतमा भएका असमझदारी बिर्सेर नयाँ शिराबाट अघि बढ्न सकिने कांग्रेस नेताहरूको भनाइ थियो । ........ ‘राष्ट्रिय सहमति निश्चित पार्टी वा पात्रमा होइन, छलफल गर्दा जसको नाममा सहमति हुन्छ, त्यही नै हो,’ गुरुङले भने । प्रचण्डले प्रधानमन्त्रीमा जस्तै राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति होस् भन्ने चाहेको उनले बताए । ....... भावी राष्ट्रपतिको विषयमा अहिलेको सत्तागठबन्धनका दलहरूबीच दूरी बढिरहेका वेला तत्कालीन पाँचदलीय गठबन्धनका शीर्ष नेता भने नजिकिँदै गइरहेका छन् । सत्तागठबन्धनभित्र माओवादीले राष्ट्रिय सहमतिमा जोड दिएको छ भने एमालेले आफ्नै उम्मेदवार राष्ट्रपति हुनुपर्ने अडान राखेको छ । एमालेको अडानमा सत्तासहयात्री दल रास्वपा र राप्रपाले पनि साथ दिएका थिए । यद्यपि, एमालेले राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेबारे मुख खोलिसकेको छैन । ....... ‘कुन दिन त्यो गठबन्धन भत्कने हो ठेगान छैन । त्यो गठबन्धनको सरकार भत्केपछि कांग्रेस र एकीकृत समाजवादीले काँध थाप्ला कि भनेर त्यहाँ (एमालेमा) चिन्ता सुरु भइसकेको छ । ढोक्सा थाप्यो भनेको त्यही हो । त्यसकारण राजनीतिले कुन कोर्स लिने हो, राष्ट्रपतिको चुनावसम्ममा थाहा भइहाल्छ’ ....... अहिलेको सत्तागठबन्धनमा संविधानविरोधीदेखि संविधानका पक्षपाती सबैखाले शक्तिहरू भएका कारण लामो समय टिक्न नसक्ने नेता नेपालको दाबी छ । सबै पद लिएर एकाधिकार चलाउन खोज्ने प्रवृत्ति फेरि हाबी हुन खोजेको उनले बताए । उनले भने, ‘सबै पद लिएर नेपाली राजनीतिमा आफ्नो एकाधिकार चलाउन खोज्ने प्रवृत्ति हाबी हुने हो कि सन्तुलनको राजनीति अपनाएर मात्रै जानुपर्छ भन्ने मान्यता हुने भन्ने फैसला आगामी हप्ताभित्रमा सम्भवतः भइसक्छ । र, त्यसको निम्ति हामी तयार हौँ ।’ रास्वपाले पदको आसक्ति देखाउँदा गठबन्धन नै संकटमा परेको नेपालको दाबी छ । ....... ‘अहिले सत्ता साझेदार दलमा राष्ट्रपति पदलाई लिएर माओवादी र एमालेबीच खिचातानी छ । यही वेला जनताको निराशालाई कारण देखाउँदै अहिलेको व्यवस्थालाई धरापमा पार्न चलखेल गर्ने शक्तिहरू उत्तिकै सक्रिय छन् । यस्तो अवस्थामा कसरी अघि बढ्न सकिन्छ ?’ अध्यक्ष यादवले बैठकको सुरुवातमै राय–सुझाव मागेका थिए । ......... राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहमति कार्यान्वयन गर्दै एमालेलाई राष्ट्रपति दिनुपर्ने पक्षमा छन् भने जसपा र जनमत पार्टी प्रचण्डकै लाइनमा राष्ट्रिय सहमतिको पक्षमा छन् ।

Sunday, February 19, 2023

19: Kathmandu

प्रचण्डसँग सहमति गरिहाल्ने हतारोमा कांग्रेस ओलीले १० पुसको सहमति सम्झाउने गरेका छन् भने प्रचण्डले २६ पुसमा कांग्रेसले विश्वासको मत दिएपछि परिस्थिति फेरिएको तर्क गर्ने गरेका छन् । ....... अहिलेको अवस्था भनेको ओलीप्रति प्रचण्डको अविश्वास बढ्दो छ, तर सहकार्य पनि टुटिसकेको छैन । ...... नेताहरुका अनुसार कांग्रेसलाई राष्ट्रपति दिन प्रचण्ड सहमत देखिएका छन् । तर उनका केही आशंका छ । राष्ट्रपति लिएपछि कांग्रेसले फेरि दुई ठूला दल मिल्नुपर्छ भनेर एमालेसँग सहकार्य त थाल्ने होइन भन्ने उनको आशंका छ । ......... नेताहरुका अनुसार ३ वर्ष प्रचण्ड प्रधानमन्त्री हुने र बाँकी २ वर्ष कांग्रेसले सरकारको नेतृत्व गर्ने समझदारी जस्तै छ । यदि प्रचण्डले चाहने हो भने ५ वर्ष सरकारको नेतृत्व दिन समेत पार्टी तयार हुनुपर्ने मत कांग्रेसमा बलियो बनेको छ । ....... भ्रमणका क्रममा उनले आफूहरु कांग्रेस–माओवादी गठबन्धनकै पक्षमा रहेको सन्देश दिएको स्रोतको दाबी छ । १ फागुनमा काठमाडौं आएका उनले दुई दिने बसाईमा गरेको राजनीतिक भेटघाटले पनि त्यही संकेत गर्छ । उनले कांग्रेसका बालकृष्ण खाँणदेखि मधेस केन्द्रित दलका सबै नेताहरुलाई प्राथमिकताका साथ भेटे । तर संसदमा भएको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी र पाँचौं दल राप्रपाका नेतृत्वलाई भेटेनन् ।

प्रचण्डको चाहना : एमाले आफैं बाटो लागोस् घटनाक्रमले पनि प्रचण्डको चाहना एमालेसँगको सहकार्य बलियो बनाउने भन्दा पनि कांग्रेस रिझाउनेतिर केन्द्रित रहेको देखिन्छ । त्यसको थालनी भने विश्वासको मत माग्न २५ पुसमा प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही पुगेबाट भयो । ..... राप्रपाबाट मन्त्री बनेकाहरुलाई त प्रचण्डले संसदबाटै राजतन्त्रबारे बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोध्ने चेतावनी दिएका थिए । ‘हामी कुन राजनीतिक विचारधारा बोक्छौं र कसरी आएका छौं भन्ने त सरकार बनिरहँदा नै प्रष्ट थियो नि’, राप्रपाका एक पदाधिकारी भन्छन्, ‘अहिले सत्ता सहकार्यमा अप्ठ्यारो पार्ने काम कसैबाट पनि हुनुहुन्न ।’ ........ १ फागुनमा जनयुद्ध दिवसको सार्वजनिक विदा दिने निर्णय प्रचण्डले मन्त्रिपरिषद् बैठकबाट गरे । गणतन्त्र स्थापनाको डेढ दशकपछि सत्ता साझेदारबीच सामान्य छलफलसमेत नगरी यस्तो निर्णय लिएको भन्दै राप्रपा असन्तुष्ट बन्यो । ....... माओवादी नेताहरु भने एमाले नेतृत्वप्रति अझै विश्वास गर्ने वातावरण नभएकाले राष्ट्रपतिमा सहमतिको प्रस्ताव आएको बताउँछन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिइरहँदा संसदबाटै ओलीले प्रतिनिधिसभा विघटनको निर्णय पुष्टि गर्न खोजेकाले राष्ट्रपतिमा सहमति खोज्नुपरेको उनीहरुको तर्क छ । ....... ‘सभामुखमा एमालेभित्र सार्वजनिक रुपमा स्वीकार्य व्यक्तिहरुकै चर्चा थियो । तर केपी ओलीले फुत्त एउटा नाम दिनुभयो’ उनी भन्छन्, ‘भोलि राष्ट्रपतिमा त्यसै गर्नु होला ।’ संविधान र प्राप्त उपलब्धि जोगाउने प्रतिवद्धता भएका व्यक्ति राष्ट्रपतिमा बनाउन गठबन्धन नै बदल्न पनि प्रचण्ड तयार रहेको ती नेता बताउँछन् ।

राष्ट्रपति पदमा कसिलो अडान : कांग्रेस भन्छ- हाम्रैबाट, एमाले भन्छ- आफ्नैबाट पत्रकार सम्मेलन होस् या सार्वजनिक कार्यक्रममा दिने अभिव्यक्ति एमाले र कांग्रेस नेताका लागि राष्ट्रपति पद मसला हुने गरेको छ ।

र्‍यापर मेयरको रफ राजनीति बालेनको नौ महिने वासलात कालो चस्मा, भाद्‌गाउँले टोपी, सेतो दौरा-सुरुवालमाथि कालो कोट । २०७९ जेठ १६ गते काठमाडौँ महानगरपालिकाको मेयरको कुर्सीमा बसेर पहिलोपल्ट बालेन्द्र शाह (बालेन)ले भनेका थिए- यो सेलिब्रेसन होइन, शोक मनाउने बेला हो । फोहोर व्यवस्थापन नभएसम्म म खादा र माला लगाउँदिनँ । सेलिब्रेसन गर्दिनँ । अन्तर्वार्ता दिन्‍नँ । ........ उनले यो पनि भनेका थिए- हाम्रो पहिलो प्राथमिकता फोहोर व्यवस्थापन हुनेछ । काठमाडौँबासीले गरेको ‘पाप’ सिसडोलबासीले भोगिरहेका छन् । हामीले गर्दा उनीहरू क्यान्सर पीडित र छाला रोगी भएका छन् । उनीहरू दिनदिनै मरिरहेका छन् । उनीहरूलाई पनि स्वच्छ हावा र पानीको अधिकार छ । सिसडोलबासीले स्वस्थ जीवन बाँच्न पाउने अधिकार पूरा नभएसम्म अरु केही गर्दैनौँ । ....... झिँगा भन्किरहेको फोहोरको थुप्रोमाथि बसेर मेयर बालेनले यो पनि भनेका थिए, ‘म स्वतन्त्र व्यक्ति हुँ । कुनै पार्टीको केही लाग्दैन । कसैसँग साँठगाँठ गरिरहनु पर्दैन । म मेयर बन्‍नुपर्दैनथ्यो । पत्रिकामा देख्‍नु नै भयो होला, मसँग ७०-८० बिघा जमिन भएको के-के कुरा आइरहेको थियो । म इन्जिनियर हुँ । महिनाको साढे तीन लाख रुपैयाँ तलब खाने मान्छे हुँ । मलाई काम गर्न दिनुस् ।’ उनको यो प्रतिबद्धतामा स्थानीयहरूले खुसी हुँदै ताली पिटेका थिए । ......... महानगरको पहलमा बानेश्वर, बागबजार, बौद्ध, मैतीदेवी, दरबारमार्ग लगायतका पार्किङ हट्यो । फुटपाथ व्यापारीहरू सडकबाट बढारिए । ....... जनप्रतिनिधि बालेन यसको जवाफ दिन जरुरी ठान्दैनन् । उनी फोन उठाउँदैनन्, अन्तर्वार्ता दिँदैनन् । ........ दुई वर्षलाई भनेर फ्याँक्न थालिएको फोहोर १७ वर्षसम्म फ्याँकियो । सिसडोलमा फोहोरको पहाड बनेको छ । फोहोरका गाडीहरू बञ्चरेलाई दोस्रो सिसडोल बनाउने यात्रामा गुडिरहेका देखिन्छन् । सिसडोलमा फोहोर फ्याँक्न छाडेको नौ महिना बितिसिक्दा पनि पहाडबाट लिच्चड चुहिन छाडेको छैन । गाउँ गन्हाउन बन्द भएको छैन । सिसडोलबासीलाई झिँगाले छाडेका छैनन् । ......... फोहोरको बाफले आगो लगाएसरि डढेको छ । जे रोपे पनि उब्जिँदैन । त्यत्रो वर्ष फालेको फाहोरले हामीलाई यत्तिकै कहाँ छाड्ला र ?’ ........ फोहोर फ्याँक्न पाइँदैन भन्दै यहाँ बेला-बेला आन्दोलन चर्किन्छ । स्थानीयहरू गुलेली बोकेर बाटो छेक्न थाल्छन् । लाठी र बन्दुक बोकेका सुरक्षाकर्मीको स्कटिङमा फोहोरको गाडी आउँछ । दुईबीच झडप हुन्छ । झडप हुने केन्द्र स्थान लक्ष्मी र रत्‍नबहादुरकै घर हो । आन्दोलन चर्किंदा उनीहरूको घरको छानामा ढुङ्गा बर्सिन्छ । ढुङ्गाबाट जोगिन सुरक्षाकर्मीहरू उनीहरूकै घरमा ओत लाग्छन् । चारैतिरबाट उनीहरूप्रतिको आक्रोश घरको छानामा पोखिन्छ । .......... जाडो महिना भए पनि जताततै झिँगा भन्किएका छन् । गाडी एकछिन जाममा पर्दा लिच्चड चुहिन्छ । गन्हाएर बस्नै नसक्ने हुन्छ । ‘धुलो उड्यो भने कहिलेकाहीँ यसो पानी हाले जस्तो गर्छन्,’ उनले सुनाए, ‘कर्मचारी त आउँछन्, तलब पकाउँछन्, जान्छन् । सास्ती हामीले भोग्नुपरेको छ । ........ दिनको तीनपटक औषधी हाल्दा पनि झिँगाले छाड्दैन । पालेका कुखरा रोगाएर खत्तम भइसके । बोटबिरुवा र जीवजन्तुलाई त्यति असर गरेको छ भने हामी मान्छेलाई केही भएको छैन होला ?’ ......... त्यसबेला कम लगानीमा लक्ष्मीले गर्न सक्ने एउटै काम थियो, फुटपाथमा तरकारी व्यापार । तर, केही महिनाअघि महानगरले सडक बढार्दा, उनीहरू पनि बढारिए । उनीजस्ता थुपै फुटपाथ व्यापारी बेरोजगार बने । ........ सटरमा तरकारी महँगो होला भनेर ग्राहकहरू हत्तपत्त छिर्दैनन् ....... ‘तरकारीमा सटरको भाडा पनि जोडेको होला भनेर मान्छेहरू खासै किन्‍न आउँदैनन्,’ उनले भनिन्, ‘अरुको त के कुरा गर्नु हामीलाई डन्डा लगाएर लखेट्ने तिनै महानगरका प्रहरीहरू सटरमा तरकारी किन्‍न आउँदैनन् । उनीहरू आफैँ सडकपेटी र ठेलागाडा खोज्दै हिँड्छन् ।’....... काठमाडौँ महानगरपालिकामा यसपटक भने युवा उम्मेदवारलाई देखेर लक्ष्मी जस्ता थुप्रै फुटपाथ व्यापारीमा एक किसिमको आशा पलाएको थियो । तर, त्यो आशा बेच्न राखेको तरकारी महानगर प्रहरीले सडकभरि असरल्ल पारेसँगै मर्‍यो । ‘चोरेर ल्याएको सामान जसरी घिसारेर, लतारेर लैजाँदा दु:ख लाग्छ,’ लक्ष्मीले दुखेसो पोखिन्, ‘हामीलाई यो देशको मान्छे नै होइन जस्तो व्यवहार गर्छन् । सडक छाडेर यो उमेरमा जागिर खोज्न कहाँ जानु ?’ .......... लक्ष्मीलाई लाग्छ- गरिबको व्यथा बुझ्‍ने नेता जनताले कहिल्यै पाएनन् । उनका थुप्रै साथी गरिखान नपाएर डिप्रेसनमा गएका छन् । उनी आफैँ कुनै समय निकै अप्ठ्यारोमा थिइन् । ‘कति दिन त निद्रै परेन,’ उनले सम्झिइन्, ‘कहाँ जाने, के खाने भन्‍ने पीडाले सताइरहन्थ्यो । धनीहरू त भाटभटेनी जालान्, होलसेल धाउलान् । गरिबहरू कहाँ जाने ?’ फुटपाथ हटाएपछि धेरैले लक्ष्मी र उनका फुटपाथ व्यापारी साथीहरूलाई भने, ‘काठमाडौँमै किन बस्नु ? गरिखान नसके आफ्नै गाउँ फर्किनु नि ।’ उनीहरूलाई लक्ष्मीहरूको साझा प्रश्‍न छ- राजधानी तिमीहरूको मात्रै हो र ? ......... ‘आफूजस्तो अनपढ बच्चालाई बनाउनु भएन भनेर सहर आइयो,’ उनले भनिन्, ‘उनीहरूलाई कापी र सिसाकलकम किन्दिन सकिएला कि भनेर दु:खजिलो गरेका हौँ । गाउँमा दु:ख गरे पेट मात्रै भरिन्छ, पैसाको मुख देखिँदैन ।’ ........ महानगरलाई कौशिलाको प्रश्‍न छ- बानेश्वरको फुटपाथ हटाएर के परिवर्तन भयो ? के सुधार भयो ? हामीलाई हटाएर बानेश्वर अब अमेरिका हुन्छ कि स्विट्जरल्यान्ड ? फुटपाथ त त्यहाँ पनि हुन्छ नि हैन र ? ...... ‘समात्ने नै भए चोर, डाँका, गुण्डा र लफङ्‌गालाई समात । देश बेचुवालाई समात । सुन तस्करी गर्नेलाई समात । बलात्कार गर्ने र मान्छे मार्नेलाई समात, गरिब गुर्जालाई समातेर के हुन्छ ?,’ उनी थप्छिन् । ........ मंसिर १२ गते महानगरको डोजर थापाथलीको सुकुम्बासी बस्तीमा छिर्दा पवित्रा श्रीमान्‌को काजकिरियामा व्यस्त थिइन् । आठौँ दिनको ‘पुण्यतिथि’का लागि घरमा पुरेत आएका थिए । दु:खमा साथ र समवेदना प्रकट गर्न आएका आफन्त र शुभचिन्तकहरूले घर भरिएको थियो । श्रीमान्‌ गुमाउनुको पीडा एकातिर थियो । त्यही बेला अकस्मात् बस्तीमा डोजर छिरेपछि के गर्ने, उनले सोच्नै सकिनन् । मंसिर १२ गते महानगरको डोजर थापाथलीको सुकुम्बासी बस्तीमा छिर्दा पवित्रा श्रीमान्‌को काजकिरियामा व्यस्त थिइन् । आठौँ दिनको ‘पुण्यतिथि’का लागि घरमा पुरेत आएका थिए । दु:खमा साथ र समवेदना प्रकट गर्न आएका आफन्त र शुभचिन्तकहरूले घर भरिएको थियो । श्रीमान्‌ गुमाउनुको पीडा एकातिर थियो । त्यही बेला अकस्मात् बस्तीमा डोजर छिरेपछि के गर्ने, उनले सोच्नै सकिनन् । ............ आफ्नो कमाइले घर धान्‍न र भाडा तिर्न मुस्किल भएपछि पवित्रा थापाथलीको सुकुम्बासी बस्तीमा बस्न थालिन् । ‘जग्गा किन्‍ने पैसा थिएन,’ उनले सुनाइन्, ‘सबै परिवार एकै ठाउँमा बस्ने भनेर श्रीमान्‌ले विदेशबाट ल्याएको पैसाले यहीँ सानो बास बनायौँ ।’ ........ यसपटक काठमाडौँमा युवा मेयर पाएर उनलाई आफ्नो कुरा सुन्‍ने मान्छे पाएजस्तो भएको थियो । तर, उनले पनि गरिब र दु:खीको कुरा नसुनेको पवित्राको गुनासो छ । ‘चुनावका बेला भोट दिनुभयो भने सुकुम्बासीलाई राम्रो गर्छौं, लालपुर्जा दिन्छौँ भन्छन्,’ उनले भनिन्, ‘यसपटक त झन् युवक मेयरप्रति धेरै आशा थियो । नयाँ मान्छले केही गर्ला भनेर लौरोमा भोट हाल्यौँ । अहिले त्यही लौरोले हामीलाई लखेटिरहेको छ ।’ ......... उनले थपिन्, ‘मेयरसापले हामीलाई हटाएर सहर सफा बनाउन खोज्नुभएको होला । मान्छेबिनाको सफा सहर कस्तो हुन्छ ? आफू जस्तै सधैँ कालो चस्मा र कोट लगाएर हिँड्नेलाई मात्र उहाँले मान्छे गन्‍नुभयो । जनतालाई कसरी सफा र कसरी खुसी राख्‍ने उहाँले सोच्नुभएन । हामीलाई गन्‍नुभएन ।’ ........... ‘जाडो महिना भएकाले एउटा सिरक चाहिँ राति ओड्न चाहिन्छ भनेर निकालेँ,’ उनले सुनाइन्, ‘अरु सामान निकाल्न नसकेपछि जेसुकै होस् भनेर छाडिदिएँ ।’ ......... ‘उता जग्गा-जमिन थिएन,’ उनले भनिन्, ‘मेलापात गरेर जीवन धान्‍नै मुस्किल थियो । यहाँ पनि मजदुरी गरेको पैसाले भाडा तिर्न र छोराछोरी पढाउन गाह्रो भएपछि सुकुम्बासी बस्तीमा बस्न थाल्यौँ ।’ ........ सुकुम्बासी बस्तीमा बस्नु आफ्नो रहर नभई बाध्यता भएको उनले बताइन् । ‘नत्र यस्तो गन्हाउने खोलाको छेउमा बस्ने रहर कसलाई नै हुन्छ र,’ उनले सुनाइन्, ‘नयाँ नेताले दीगो बास दिलाउलान् भनेको उठिबास चाहिँ लगाउने भए ।’ ............ जय नेपाल हलको प्रांगण खनेर उत्खनन गरिएको टुकुचा खोला अलपत्र छ । त्यहाँ वरपरको जमिन भासिन थालेको छ । खोलाको वरिपरिको क्षेत्र भासिँदै जाँदा फुटपाथ प्रयोग गर्न नमिल्ने भएको छ । .......... ‘अहिले नै यसरी भासिँदै गइसक्यो, बर्खामा के होला ?,’ उनी भन्छन्, ‘बाढी आउला, रोड भासिएला, वरपरका घर बस्नै नसकिने बन्लान्, यसको जिम्मेवारी कसले लिने ?’ ....... ‘भत्काउनुपर्छ भनेर डोजर पठाउनेले भत्काइसकेपछि के गर्ने भनेर योजना पनि त बनाउनुपर्‍यो नि,’ उनी थप्छन्, ‘यहाँ सवारी दुर्घटना भयो, कोही मान्छे चिप्लिएर लड्यो भने त्यसको जिम्मा महानगरले लिनुपर्छ ।’ ......... उच्च अदालत पाटनले टुकुचामाथि बनेका संरचना भत्काउने महानगरको काममा रोक लगाएको छ । महानगरविरुद्ध परेको रिटमा उच्च अदालतले ‘स्टे अर्डर’को आदेश दिएको छ । त्यसको पूर्णपाठ भने आइसकेको छैन । ............. उनले बालेन्द्र निर्वाचित भएपछि ‘द न्युयोर्क टाइम्स’ र एक दुईओटा अन्य मिडियामा मात्रै अन्तर्वार्ता दिएको प्रसंग निकाले । काममा डिस्टर्ब नहोस् भनेर अन्तर्वार्ता नदिएको भन्‍ने उनको आशय थियो । यसलाई प्रस्ट्याउँदै उनले भने, ‘मेयरको काम धेरै हुँदो रहेछ । अन्तर्वार्ताले काम गर्नै भ्याइँदो रहेनछ । एउटालाई दिएपछि सबैलाई दिनुपर्‍यो । उहाँ मिडियामा खर्चिने समय काममा लगाइरहनुभएको छ ।’ ............... स्थानीय सरकार सञ्चालन ऐनले खोला छेउको बस्ती हटाउने अधिकार महानगरलाई दिएको छ,’ उनले भने, ‘हाम्रो काम अनधिकृत संरचनामा डोजर लगाउने हो । महानगरले त्यहाँका मान्छे हटाएर व्यवस्थापन गर्न तयार छ । सम्बन्धित मन्त्रालयसँग कुरा भइसकेको छ ।’ महानगरले उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता विकाससँग मिलेर करिडोर खोल्ने, छेउमा पार्क बनाउनेलगायतका काम गर्न लागेको उनले बताए । ............ बस्तीले गर्दा सडकमा जामको समस्या बढेको छ,’ उनले सुनाए, ‘ढल रोकिएको छ । बेतिथि छ । बिजुली बत्ती चोरेर लगेका छन् । त्यो बाटो सामान्य मान्छे बिहान-बेलुका हिँड्नै डरमर्दो छ । विभिन्‍न समस्याबाट वडा आजित छ ।’ ........... ‘कुनै पनि नगरपालिकामा फुटपाथ व्यवसाय गर्नु गैरकानुनी काम हो,’ उनले भने, ‘अहिले आएर यसलाई किन मुद्दा बनाइयो, थाहा छैन । अन्य नगरपालिकाले फुटपाथमा व्यापार गर्न दिएका छन् भने त्यो गैरकानुनी हो ।’ फुटपाथ व्यापारीलाई हटाएपछि महानगरका सडकपेटी हिँड्न लायक भएको स्वीकार्न उनले आग्रह गरे । ......... भूपदेवलाई हामीले महानगरले गरिबका बस्ती र व्यवसाय उठाउनेबाहेक के काम गरिरहेको छ ? जिज्ञासा राख्यौँ । उनले महानगरले गरिरहेको दर्जनभन्दा बढी कामको फेहरिस्त सुनाए- हेल्प डेस्क, साना गल्लीहरूका लागि वाटर हाइड्रेन्ट, सडक बत्तीबारे सम्झौता, सडक र फुटपाथ मर्मत, पार्किङ र ट्राफिक व्यवस्थापन, स्वास्थ्य क्लिनिक, स्मार्ट ट्‌वाइलेटलगायतमा पहल भइरहेको बताए । ......... डिजिटलाइजेसन, सार्वजनिक जग्गा संरक्षण र होर्डिङबोर्ड व्यवस्थापनबारे पनि उनले खुलेरै प्रस्तुत भए । . ...... ‘अबको केही समयमै तपाईंहरूले महानगरको भित्ता-भित्तामा एकता, समानता, सहरको मौलिकता झल्किने पेन्टिङ देख्‍नु हुनेछ ।’ ........ आफू स्वयं बालेनसँग जोडिएको धेरै नभएको उनले बताए । विवेकशील साझाबाट अलग्गिएर बसिरहेको बेला उनको भेट बालेनसँग भएको रहेछ । सोही सिलसिलामा उनीसँग सहकार्य गर्न पुगेका रहेछन् । ....... उनले बालेनको पृष्ठभूमि बुझ्‍न एउटा बायोडाटा पठाइदिए । त्यसमा बालेनले विगतमा गरेका २७ वटा कामको लिस्ट थियो । त्यसमा उनले बनाएका भवन र पुलको लिस्टसँगै डिजाइन गरेका हस्पिटल, कलेज र पालिकाको भवनको नाम थियो । .......... बालेनलाई जिताउन उनका साथीहरू कुमार बेन, भिक्टर पौडेल, रविन भारती, गणेश कार्कीलगायतले नजिकबाट सहयोग गरका थिए । बालेनले दशकौँ लगाएर पार्टी संगठन बनाएका दलका नेतालाई बिनासंगठन हराउँदा धेरै आश्चर्यचकित भएका थिए । ........ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सामाजिक सञ्जालमै लेखेका थिए, ‘फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर, संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन । अत: निश्चित ठाउँ/समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ !’ .........

उहाँमा काम गर्ने जोस छ । बुद्धि धेरै छ । जनतासँगको सम्पर्क भने सजिलै ह्यान्डल गर्न नसके जस्तो देखिन्छ । तर, महानगर बिगार्ने होइन, बनाउने खालकै मान्छे हो ।’

........... कार्यपालिका बैठकमा लगेका योजनाहरू भने मेयरले सुन्‍ने गरेको उनले बताए । काम गर्नेलाई अहिलेसम्म मेयरबाट रोकावट नभएको उनको अनुभव छ । ......... फेसबुकमा दुई-तीन लाइनभन्दा बढी लेख्‍न नरुचाउने बालेनले केही समयअघि संसद् भवन अगाडि आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यको समवेदनमा लामै फेसबुक पोस्ट लेखे । आचार्यको आत्मदाह र निराशाको कारण राज्य भएको उनको ठहर छ


Monday, February 06, 2023

6: Prachanda

धरमरमा प्रधानमन्त्री प्रचण्ड, गठबन्धनमा दुई धार सरकार गठन भएको दुई महिना नबित्दै साझेदार एक दल सरकारबाट फिर्ता हुनु र समर्थन गर्ने अन्य दलहरू जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमतलगायतका पार्टीहरू पनि सन्तुष्ट नहुनुले वर्तमान प्रचण्ड नेतृत्वको सरकार धरमराउन थालेको त होइन ? भन्ने सर्वसाधारणले नै प्रश्न गर्न थालेका छन् । ....... सत्ता गठबन्धनमा एमाले, माओवादी, रास्वपा,राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति गरी सात पार्टी छन् । सात पार्टीमध्ये एमालेसँग रास्वपा र राप्रपा नजिक छन् भने माओवादीसँग जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी देखिन्छन् । रास्वपा र राप्रपा प्रधानमन्त्रीसँग भन्दा पनि एमालेसँग नजिक बन्दा स्वयं प्रचण्ड समेत ढुक्क हुन सकेका छैनन् । त्यही बुझेर नै प्रचण्डले कांग्रेसको साथ र सहयोग खोजिरहेका छन् । ...... अर्को सरकार आएपनि हुने यस्तै हो । प्रचण्डको विकल्पका सरकार बन्दा स्थायित्व हुने भए भन्न सकिन्थ्यो, तर अर्को आउने सरकार पनि उस्तै हुने निश्चित छ

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी
बालबालिकाले निकै सजिलै मान्नेछन् हरेक कुरा, अपनाउनुहोस् ‘फ्रेन्डली पेरेन्टिङ’ का यी विशेष टिप्स
चीनले क्लोनिङ गरेर बनायो सुपर काउ : दिनमा १४० लिटर दूध दिने, १ हजार गाई उत्पादन गर्ने तयारी

सद्भावको सहर
अल्टिमेटम सकियो, रास्वपा अनिर्णीत

सिंहदरबारको नयाँ गुरुयोजना तयार : सबै मन्त्रालय र डेढ दर्जन प्रमुख निकाय भित्रै राखिने

भोली देखि मधेश प्रदेश सरकारको काम बुलेट ट्रेनको स्पीडमा : मुख्यमन्त्री

Saturday, February 04, 2023

4: Nepal Coalition

चुनावअघिको गठबन्धन ब्युँताउन ‘भूमिगत’ छलफल कांग्रेसले पार्टीका सबै गतिविधि रोकेर माओवादीको विश्वास जितेर सत्ताको बाटो तय गर्ने नीति लिएको छ । ........ कांग्रेसका अधिकांश नेताको मनोविज्ञान पनि प्रचण्डलाई पहिलोपल्ट प्रधानमन्त्री दिने भन्ने थियो । पहिलो चरण माओवादीले सरकारको नेतृत्व पाउँदा कांग्रेसले राष्ट्रपति, सभामुख, चार प्रदेशका मुख्यमन्त्री र सङ्घीय सरकारका प्रभावशाली मन्त्रालय पाउने हिसाब भइरहेको थियो । ........ चुनाअघिको गठबन्धन विर्सजन गरेर हिँडेका प्रचण्डलाई कांग्रेसले पुस २६ मा विश्वासको मत दिएपछि सत्ता गठबन्धनमा अविश्वासको बीजारोपण भयो । ........ अहिले सत्ता गठबन्धनमा खटपट पैदा गएको छ । एमाले, रास्वपा र राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई आफू अनुकूल चल्न दबाब दिएपछि माओवादीले कांग्रेससँगको संवाद अगाडि बढाएको देखिन्छ । देउवाले पहिलो चरण प्रधानमन्त्रीको दाबी नछाड्नु आफ्नो कमजोरी भयो भनेर आत्मालोचना गरेपछि प्रचण्डको पनि मन फेरिएको माओवादीका नेताहरू बताउँछन् । ....... माओवादीका एक नेताले भने, ‘गठबन्धन भत्किनुमा मेरो कमजोरी भयो भनेर आत्मालोचना गर्नुभयो । तर केपी ओलीजी संसद् विघटन अहिले पनि सही भन्दै आउनु भएको छ । उहाँ सत्ता गठबन्धनमा मतभेद पैदा हुने गरी प्रस्तुत भइरहनु भएको छ । यसले असहज परिस्थिति सिर्जना भइरहेको छ ।’ ........ ‘केपी ओलीले संसदमा संसद् विघटन सही थियो भनेर बोल्दा वातावरण असहज बनेको थियो । फेरि सार्वजनिक रूपमा रवि लामिछानेजीको विषयमा बोलिदिनु भयो,’ उनी भन्छन् । ........ ओलीले रास्वपालाई गृहमन्त्री दिन दबाब दिएकोमा प्रचण्डको असन्तुष्टि देखिन्छ ........ माओवादी वर्तमान सत्ता गठबन्धन अगाडि बढाउन नसकिने निष्कर्षमा पुगिसकेको छ ......... राष्ट्रपतिको निर्वाचनलाई निर्वाचनअघिको गठबन्धन ब्युँत्याउने ‘टर्निङ प्वाइन्ट’ बनाउने ध्येयका साथ छलफल भइरहेको स्रोतको दाबी छ । ........ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसापका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसँग पनि छलफल भइरहेको उनको भनाइ छ । ....... अध्यक्ष नेपालले प्रचण्डलाई चुनावअघिको गठबन्धन ब्युँताउन सुझाव दिँदै आएका छन् । ....... गृह र राष्ट्रपतिको विषयले कोर्स करेक्सन हुन सक्ने माओवादीले सङ्केत दिएको कांग्रेसका एक नेताले बताए । ......... प्रधानमन्त्री प्रचण्डले रविको नागरिकता सम्बन्धित सर्वोच्चको पूर्ण पाठ र राहदानीको मुद्दालाई देखाएर रास्वपालाई गृहमन्त्री नदिने अडान लिएका छन् । ....... एकै समयमा नेपाल र अमेरिकाको पासपोर्ट प्रयोग गरेको विषयमा अनुसन्धान भइरहेको मुद्दा किनारा लागेको छैन । ....... रास्पाका अरु सांसदलाई पनि गृहमन्त्री बनाउने पक्षमा प्रधानमन्त्री नरहेको .......... ‘जति दिनको अल्टिमेटम दिएपनि प्रधानमन्त्रीज्यू रविजीलाई गृह दिने पक्षमा हुनुहुन्न ।’ ........ लामिछानेको खटनपटन बालकोटबाट हुन थालेपछि प्रधानमन्त्री प्रचण्ड चिढिएको ......... प्रचण्डले सभामुखमा एमालेबाट पृथ्वी सुब्बा गुरुङ,रघुजी पन्त उम्मेदवार आउन भन्ने अपेक्षा राखेका थिए । तर ओलीले सत्ता गठबन्धनको राय विना झापाका देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाए । ......... सभामुख र राष्ट्रपति ओलीको किचेन क्याबिनेटको मान्छे बन्दा संसदलाई पाँचै वर्ष टिकाउन मुस्किल हुने माओवादीको बुझाइ छ । आफूलाई क्रस नगर्ने र विवेक प्रयोग गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने प्रचण्डको रणनीति छ । प्रचण्डको रणनीति र ओलीको योजनाबीच तारताम्यता नमिल्दा सत्ता गठबन्धन संकट उन्मुख छ ।‘ ...... ओलीजी प्रतिपक्ष दलको नेताको जस्तो व्यवहार देखाउनुहुन्छ ......... ‘सङ्घीयता विरोधीदेखि राजावादी विवादै विवादले मुछिएका मन्त्री र पार्टीलाई लिएर अघि जान गाह्रो छ । ओली जीको व्यवहार पनि सुरुवाती चरणमै अमिलो छ ।’

प्रधानमन्त्रीको विश्वास : कांग्रेस छँदैछ नि !
मधेशको पहिलो महिला मन्त्री, पुरुषहरुको राजनितिक सम्राज्यमा चतुर र बाठी सुरिता पहिलो पटक सांसद हुँदा संघिय सरकारमा सञ्चार राज्यमन्त्री भइसकेकी कुशल नेतृ
From the North Pole to the Third Pole Himalayan nations can get tips on how Arctic Circle countries cooperated in coping with the climate crisis
Minister Kushwaha
जब रास्वपा बैठकमा पार्टी फुटको चर्चा चल्यो
म अभिमन्यु होइन, मेरो मौनता आजसम्मका लागि मात्रै हो : रवि लामिछाने
रविलाई किन रोक्न चाहन्छन् प्रचण्ड ?
सत्ता गठबन्धन संकटतर्फ

Northeast Braces for the Worst Wind Chill in Decades Forecasters say a dangerous cold will grip parts of the region on Friday and into Saturday......... By the time New Yorkers were commuting to work on Friday morning, the wind chill made it feel like just 10 degrees. In Boston, the cold air and wind combined to make it feel like 2 degrees. In Portland, Maine, the wind chill was a bracing minus 12 degrees. And that was the good news. It was expected to get significantly colder and windier throughout the day and into Saturday. ........ Winds gusting to 30 to 40 miles per hour, combined with air temperatures well below freezing, will make conditions extremely dangerous. ........ Atop Mount Washington, a 6,288-foot peak which is known for some of the world’s worst weather, a wind chill of minus 100 was predicted on Friday. ........ The bitter cold was expected to begin on Friday morning when a pocket of cold air that has been sitting over Nunavut and the northern part of Hudson Bay in Canada since at least mid-January will shift into the Northeast ........ The core of dangerously cold air and winds will arrive Friday night and pass over the Northeast, especially northern New England. On Saturday morning, subzero air temperatures are forecast to spread across the rest of New York and New England, forecasters said. This will lead to wind chills of minus 40 to minus 60 across northern New England and minus 25 to minus 45 in eastern New York and Massachusetts. ......... the advice was broadly similar: Limit your time outdoors. ......... “Wind chills this cold, especially when they fall well below minus 30 degrees, can cause frostbite on exposed skin in 10 minutes or less” .......... Winds will die down throughout the day Saturday. And then, as quickly as the Arctic air mass moves in, it will move out. ....... Temperatures are expected to return to normal on Sunday.



Soaring Death Toll Gives Grim Insight Into Russian Tactics Moscow is sending poorly trained recruits, including convicts, to the front lines in eastern Ukraine to pave the way for more seasoned fighters, U.S. and allied officials say. ......... Russia analysts say that the loss of life is unlikely to be a deterrent to Mr. Putin’s war aims. He has no political opposition at home and has framed the war as the kind of struggle the country faced in World War II, when more than 8 million Soviet troops died. ......... more than 100,000 troops on each side had been killed and wounded since the war began ............

the fighting in the Donbas had turned into, as one of them put it, a meat grinder.

........ Russia had suffered 180,000 dead and wounded, while Ukraine had 100,000 killed or wounded in action along with 30,000 civilian deaths. ........ the number for Russia is closer to 200,000. That toll, in just 11 months, is eight times higher than American casualties in two decades of war in Afghanistan. ............ A senior U.S. military official last month described the combat around Bakhmut as savage. The two sides exchanged several thousand rounds of artillery fire each day, while the Wagner private military company, which has been central to Russia’s efforts there, had essentially begun using recruited convicts as cannon fodder ....... Wagner has recruited some 50,000 troops to fight in Ukraine ........ the strategic value of Bakhmut simply is not in line with the price Russia has paid. ........ The Russian military is running low on critical supplies and replenishment ........ Moscow has thrown people it sees as expendable into battles for decades, if not centuries. During World War II, Joseph Stalin sent close to one million prisoners to the front. ......... an additional one million “special settlers”— deportees and others viewed by the Soviet government as second-class citizens — were also forced to fight during World War II. ........ “In Russia the life of a soldier is worth nothing. A dead soldier, on the other hand, is a hero, regardless of how he died. All lost soldiers can be replaced, and the number of losses will not shift the public opinion against the war.”




सांसद अरुण चौधरी पक्राउ
गृह मन्त्रालयबारे राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई धार

सीके राउतसँग कार्यगत एकता गरेको नागरिक उन्मुक्तिसँग जसपाको एकता कार्ड !
गौतम अडानी समस्यामा फस्दा अम्बानी परिवारले जोगायो ?
साना दलहरु बिचको एकता र सहकार्यका लागि तमलोपाको अग्रसरता
राष्ट्रपतिमा महन्त ठाकुर, कति सम्भव, कति असम्भव ? तर्क र गणित सहित
जनमत पार्टीको नियति : चाहेको पाएन, जे पायो त्यसमै चित्त बुझायो
मुख्यमन्त्रीले त्यसो भे स्वास्थ्य झिक्छु भनेपछि कृषिमा सिचाँई थप्न जनमतको मांग
रवि लामिछानेको सांसद पद खारेज

कृषि मन्त्रालयमै आज पदभार ग्रहण गर्दै जनमतका मन्त्री ई. कुशवाहा

रविपछि बालेनको पद धरापमा, फागुन मसान्तसम्म आयोगको ‘डेडलाइन’

Tuesday, January 10, 2023

निर्वाचन आयोग ले लोकतंत्र को उपहास गरेको देखियो (केस: बालेन)

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

चुनाव हुँदैमा देश लोकतन्त्र भएको प्रमाणित हुँदैन। उदाहरण: रूस। पंचायत काल मा नेपाल मैं पनि त चुनाव हुन्थ्यो। 

देश को प्रत्यक्ष निर्वाचित सबैभन्दा ठुलो पद मा बिना कुनै वासी पार्टी को वैसाखी टेकेर, स्थापित जस्ता धुरन्धर नेता लाई धुलो चटाउँदै आफ्नो विचार, ठोस कार्यक्रम, तैयारी र समन्वयकारी शैली का आधार मा अत्यधिक बहुमत का साथ मेयर बनेका बालेन माथि निर्वाचन आयोग ले गरेको यो प्रहार यस्तो हो मानौं देउबा ले डडेल्धुरा मा पैसा नै खर्च गरेनन। कानुन माने। मौन अवधि लाई देशै भरि मनी अवधि बनाइँदा मौन बसेको निर्वाचन आयोग। देशमा निष्पक्ष निर्वाचन हुँदो हो त यी वासी बुढ़ा हरु १० वर्ष अगाडि कात लागि सक्ने थिए। 

काठमाण्डु लाई कुँवा बनाउने खेल हो यो। उसले उसको लुतो कन्याउने, उसले उसको लुतो कन्याउने। 

राजधानी को मेयर बन्न जाबो १५ लाख खर्च गरेका बालेन शाह। त्यो कानुन तोडेको हो कि भविष्य का लागि नया मापदण्ड निर्माण गरेको हो? जो उम्मेदवार पैसा खर्च नगरेर चुनाव जितेको छ उसलाई खर्च को हिसाबकिताब किन नबुझाएको भनेर आरोप लगाउने? 

नेपाल मा लोकतंत्र नफस्टाएको कारण नै निर्वाचन आयोग हो। नेपालमा भ्रष्टाचार संस्थागत भएको कारण नै निर्वाचन आयोग हो। 

विधिको शासन स्थापित गर्ने अर्को कुन उपाय थियो? सड़क मिच्न दिने? म सड़क व्यापारी हरु को पक्ष मा छु। तर अव्यवस्थित सड़क व्यापर ले कसैको भलो गर्दैन। भुमिहीन हुनु राम्रो होइन। तर तिनलाई टुँडिखेल नै दिने कुरा आउँदैन।  

बालेन को जितको डर थियो। चुनाव पछि त्यो सेलायो। सेलाउनु हुँदैन। नेपाल को अर्को चुनाव सत्य युग समाज पार्टी ले स्वीप गर्छ। ईश्वर छैन भन्ने कामरेड हरु लाई समाचार छ। विष्णु अवतार र ब्रम्हा अवतार दुबै नेपाली भएर पैदा भएका छन। नेपाल विश्व गुरु बन्ने तरखर मा छ। 

पैसा खर्च नगरी चुनाव जित्ने सुनौलो उदाहरण को रूप मा देश विदेश मा पेश गरिनुपर्ने व्यक्तित्व बालेन शाह। देश को शान। बहुदल आएपछि यति धेरै आशा जगाउने अर्को कोही आएको छैन अहिलेसम्म। 

संसद ले निर्वाचन आयोग का पदाधिकारी लाई महाभियोग लगाउने हो यस्तो बेला मा। टुलुटुलु हेरेर बस्ने होइन। 

निर्वाचन आयोग ले नेपाल मा भ्रष्टाचार संस्थागत गराएको क्षमता को कमी होइन, इमान को कमी हो। अदालत लानुपर्ने त निर्वाचन आयोग लाई हो। 





सर्तैसर्तको भारी बोकेर प्रधानमन्त्रीले पाए २६८ सांसदको ‘प्रचण्ड’ बहुमत विश्वासको मत माग्दै उनले नेपालको राजनीतिमा अव निषेध, अपमान र प्रतिशोध नभई सहमति, सहकार्य र आपसी विश्वासको आधारमा अघि बढाउन प्रतिबद्ध रहेको बताए । ....... छलफलमा नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले देशको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता एमसीसी लगायतका विषयमा सत्ता गठबन्धन स्पष्ट नभएकाले विश्वासको मत दिन नसक्ने बताएका थिए । ....... लोसपाले नागरिकता विधेयक पारित गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र नागरिक उन्मुक्तिले पार्टीका संस्थापक रेशम चौधरीलाई रिहा गर्नुपर्ने सर्त विश्वासको मत दिने क्रममै राखेको छ । ....... राष्ट्रिय स्वतन्त्र पार्टीको उपप्रधानमन्त्री पदससहित गृह मन्त्रालय पाउनुपर्ने सर्त पूरा भएपनि भ्रष्टाचार छानबिनसम्बन्धी आयोग गठन र सो आयोगको सिफारिसका आधारमा २०४६ पछिका भ्रष्टाचारका फाइल खोलेर दोषीलाई कारबाही गर्नुपर्ने सर्त छ । 

जसपा–एकीकृत समाजवादी एकताका लागि मोडालिटीमा छलफल हुने एकजना अध्यक्ष मात्र रहने हो भने अध्यक्ष को बन्ने, पार्टीको नाम र चुनाव चिह्न के हुने जस्ता विषयमा अब प्रवेश हुने ती नेताले बताए । जसपा पटक पटक विभाजित र एकीकृत हुँदै बनेको पार्टी हो भने एकीकृत समाजवादी एमालेबाट अलग भएर बनेको पार्टी हो ।

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो .

२० वर्षमा पहिलोपटक गुगललाई टक्कर, च्याट जीपीटीसँग मिलेर माइक्रोसफ्टको यस्तो योजना
प्रश्नबाट भागिरहेका बालेन ‘पुरानाको विकल्प दिने’ र ‘केही गर्ने’ हुटहुटी देखाएर काठमाडौं महानगरपालिकाको मेयर चुनिएका बालेन्द्र साह निर्वाचित भएयता सर्वसाधारणको प्रश्नबाट भाग्न खोजिरहेका छन् ।

पहिलो बैठकमा केपी ओलीदेखि रवि लामिछाने र सिके राउतसम्मले के भने ?
प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसभित्र मत बलियो विश्वासको मत दिए नयाँ समीकरणको ढोका खुल्ने विश्वास
कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन, प्रतिपक्षमा बस्छ: महामन्त्री थापा

माधव नेपाललाई ओलीको सुझाव : अब जुरो हल्लाएर काम छैन ‘एमाले र जसपालाई उस्तै देख्ने नेकपा एसको दृष्टिकोण कस्तो ?’
नेकपा एकीकृत समाजवादी र जसपाबीच एकताको स्वार्थ
‘हामी जनता राज ल्याउँछौं’

Friday, January 06, 2023

6: Prachanda

प्रचण्ड नेतृत्वको सरकारमा यस्ता छन् नीतिगत संरचना र सुधारका एजेण्डा अधिकार सम्पन्न आयोग गठन गरी न्यायपालिकाको शुद्धीकरण गर्ने
प्रचण्ड सरकारको यस्तो छ ‘निरोगी नेपालः स्वस्थ नागरिक’ बनाउने अवधारणा ४० घन्टाभन्दा बढी अवधि सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा
युक्रेन झुक्न तयार छैन, पुटिनसँग अब कस्ता छन् विकल्प ?
रातोपाटी ब्रिफिङ : प्रदेशमा सरकार बनाउन र केन्द्रमा जोगाउन दौडधुप
वर्षा याममा मासिक ५० र हिउँदमा ३० युनिट बिजुली निःशुल्क !
अहिलेको दुनियाँमा कहाँ पर्छ एडम र इभको जन्मस्थान ‘गार्डेन अफ इडेन’ ?
सगरमाथाको ‘डेथ जोन’ मा पुगेपछि शरीरमा कस्तो असर पर्छ ?

अमेरिकामा नेपाली दूतावासको रकम लुटियो
तयार भयो सरकारको कार्यक्रम : नागरिकताका विषय प्राथमिकता
प्रभावकारी राज्यसंयन्त्र र स्वतन्त्र न्यायालय सरकारको प्राथमिकतामा
प्रचण्ड सरकारको प्राथमिकता : दुई वर्षभित्र सुकुम्बासी समस्या सम्बोधन
५ वर्षमा मासिक ज्याला न्यूनतम् २५ हजार, ६० लाखलाई सामाजिक सुरक्षा भत्ता
सरकारले प्रदेश तथा संघको कार्यक्षेत्रमा दोहोरो भूमिका भएका संरचनाहरु खारेज गर्ने

प्रचण्ड ३.० भारतीय टेलिभिजन एबीपीका अन्तर्वार्ताकार दिवाङ्गले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई सोधे, ‘के यो सरकार प्रो–चाइना हो ?’ प्रचण्डले सन्तुलित भाषामा जवाफ फर्काए, ‘आजको नेपाली राजनीतिमा कोही पनि प्रो–चाइना, प्रो–इन्डिया वा प्रो–अमेरिका छैन । मेरो लाइन प्रो–नेपाल हो ।’ ....... शक्तिकेन्द्र बन्ने ओली आकांक्षा । प्रचण्डभन्दा ओलीको ठूलो महत्त्वाकांक्षा छ । प्रचण्ड संसद्को अंकगणितको ‘किङमेकर’ बन्न चाहन्छन्, ओली समग्र राजनीतिकै । उनी चुनावअघिदेखि नै गठबन्धन टुटाउने रणनीतिमा थिए । ....... देउवासँगको प्रचण्ड गठजोड भत्किएर ओलीसँग गाँसिनुलाई दुई ठूला छिमेकी शक्तिराष्ट्रबीचको जित र हारका रूपमा व्याख्या/विश्लेषण गर्न थालिएको छ । ....... ‘कांग्रेसमा संसदीय दलको चुनाव हुनुअघि देउवा र प्रचण्डबीच सत्ता साझेदारीको सहमति बनेको थियो । सुरुमा प्रचण्ड दुई वर्ष र पछिका तीन वर्ष देउवा प्रधानमन्त्री बन्ने सहमति थियो । तर, सहमतिविपरीत देउवा प्रचण्डलाई प्रधानमन्त्री नदिने निर्णयमा पुगे । त्यस्तो निर्णयमा पुग्नुको कारण थियो- उनले एमाले अध्यक्ष ओलीसँग छुट्टै गरिरहेको कुराकानी । त्यो कुराकानीमा भारतको पूर्ण समन्वय थियो । प्रचण्डलाई सत्ताबाहिर राख्ने खेलमा भारत संलग्न मात्र थिएन, त्यसको सूत्रधारजस्तै थियो ।’ ......... सम्भवतः संयोग नै होला, केही अग्रज पत्रकार र नागरिक अगुवा पनि प्रचण्डलाई प्रधानमन्त्री हुनबाट रोक्न सक्रिय थिए । मंसिर २८ गते तीर्थमान शाक्य, कुलचन्द्र गौतम, युवराज घिमिरे, सुशील प्याकुरेल, कनकमणि दीक्षितका नामबाट प्रेषित नागरिक अपिलमा सरकार निर्माणमा भइरहेको तथा हुन सक्ने वैदेशिक हस्तक्षेपप्रति खबरदारी गरिएको थियो । विज्ञप्तिको केन्द्रीय आग्रह थियो- कांग्रेस–एमालेको गठजोडमा सरकार बनोस् र माओवादी नेतृत्वको सरकार नबनोस् । ........ देउवा यति ढुक्क थिए कि, उनले सत्ता समीकरणका वैकल्पिक प्रयासहरूलाई गम्भीरतासाथ लिँदै लिएनन् । प्रचण्ड भने प्रधानमन्त्री पदमा ‘अर्जुनदृष्टि’ लगाएर बसेका थिए । ......... प्रचण्ड प्रधानमन्त्री हुनेबित्तिकै चिनियाँ विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरेरै उनलाई बधाई दियो । तीन वर्षपछि रसुवागढी–केरुङ नाका खुल्यो । अनि सुरु भयो, केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन । ........ नेपालमा फेरि एमाले र माओवादी गठबन्धन बनेकामा चीन उत्साहित छ । मौन कूटनीतिमा विश्वास राख्ने भनिएको चीन केही वर्षयता नेपालमा सतहमै सक्रियता देखाउँदै आइरहेको छ । खासमा कम्युनिस्ट पार्टीहरू मिलाउन चीनको भूमिका भएको भाष्य नै स्थापित छ नेपालमा । भनिन्छ, स्थायी मित्रशक्तिको खोजीमा रहेको चीन कम्युनिस्टहरूलाई एक ठाउँ ल्याउन चाहन्छ । ........ चीन नेपालमा स्थायी मित्रशक्तिको खोजीमा ......... चीनको चासोप्रति भारत एवं अमेरिका लगायतका पश्चिमा शक्ति चिढिन्छन् । एक–डेढ वर्षयता एमसीसी परियोजना अघि बढाइरहेको अमेरिका र चीन त नेपाल सन्दर्भमा आमने–सामने नै भएका छन् । भारतको नेपालसँग विशिष्ट सम्बन्ध छ । नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा भारतको बलियो सहयोग रहँदै आएको छ र बदलामा भारत नेपाललाई आफ्नो ‘प्रभाव क्षेत्र’ भित्र राख्न चाहन्छ । सरकार निर्माणदेखि ससाना गतिविधिसम्ममा निगरानी गर्छ । नेपाल चीनतिर ढल्केला कि भन्ने मनोवैज्ञानिक त्रासमा हुन्छ । आफ्नो रुचिबेगर प्रचण्ड प्रधानमन्त्री भएपछि भारतले तत्काल उनीसँगको ‘इन्गेजमेन्ट’ बढाउन खोज्नुको तात्पर्य सायद यही हो । ......... शपथ नलिँदै चीनले मात्रै प्रचण्डलाई बधाई दिएन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दिए । भारतले थप दुइटा जलविद्युत् आयोजना काबेली बी–१ र तल्लो मोदीको बिजुली निर्यात अनुमति पनि उनी प्रधानमन्त्री भएलगत्तै दियो । यो भारतको प्रचण्ड सरकारलाई ‘इन्गेज’ गरिराख्ने सन्देश हो । ........ सरकारप्रति आम रूपमा उत्साह छैन । .......... उच्चस्तरीय सम्पत्ति छानबिन आयोग । चुनावका बेला लाभको पदमा बस्ने नेता–कर्मचारीको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता गरेका प्रचण्डले आफूसहित लाभका पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्न ‘शक्तिशाली आयोग’ बनाउन सक्लान् ?

मधेश प्रदेशमा जनमतको दलका नेतामा यादव चयन

माओवादी र नेकपा (एस)सँग एकता गर्न जसपाले गठन गर्‍यो वार्ता समिति . .
धुम्बाराहीमा देउवा : यस्तै भयो यार ! देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि रामिछानेलाई प्रधानमन्त्रीकै अफर गरेको बुझिएको छ ।
प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति भएको खुलासा सहमतिको पहिलो बुँदामा दुई नेताबीच आधा–आधा कार्यकाल आलोपालो प्रधानमन्त्री चलाउने रहेको ती मन्त्रीको भनाई छ । त्यस्तै सहमतिको दोस्रो बुँदामा यो संसद्लाई पाँचै वर्ष चल्ने दिने र बीचमै संसद् विघटन नगर्ने रहेको छ । तेस्रो बुँदामा यो गठबन्धनलाई आगामी चुनावैसम्म कायम गरेर जाने दुई नेताबीच सहमति भएको ती मन्त्रीले खुलाए । ........ ‘अब सरकारले न्यूनतम साझा कार्यक्रम ल्याएर सबैको स्वामित्व लिने वातावरण बनाइनेछ,’ उनले भने, ‘आमजनतामा व्यापक निराशा भएकाले न्यूनतम साझा कार्यक्रम बनाएर अल्पकालीन र दीर्घकालीन काम गर्ने योजना पनि बनाइनेछ ।’

पाँच उपप्रधानमन्त्री र २५ मन्त्रालय बनाउने तयारी अब राप्रपा र जसपालाई पनि उपप्रधानमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी गराउने तयारी उनले गरेका हुन् । ....... पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि मात्र दुई दललाई उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी गराउने तयारी छ ।
बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो साहले आयोगले जरिवाना गर्ने र उम्मेदवार बन्न नपाउने गरी गरेको निर्णय यस मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि कार्यान्वयन नगर्न र नगराउन संवैधानिक इजलास सञ्चालन नियमावली, २०७२ को नियम १९ बमोजिम तत्काल आवश्यक र उपयुक्त अन्तरिम आदेश जारी गर्न पनि माग गरेका छन् । ........ निर्वाचन आयोग ऐन अनुसार निर्वाचनको मत परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचनमा भएको खर्च विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । तर बालेन्द्र साहले आफू २०७९ जेठ १२ गते निर्वाचित भएको घोषणा गरिएको र त्यसको ३० दिनको दिन सार्वजनिक बिदा परेको कारण त्यसको भोलिपल्ट नै आयोगमा निर्वाचनको विवरण पेस गरे पनि त्यसलाई अस्वीकार गरिएको आरोप लगाएका छन् । ......... साथै आफूले जरिवाना छुट पाउन आयोगमा निवेदन दिएको भए पनि आयोगले जरिवाना मिनाहा नहुने भनी पत्र दिएको र जरिवानापछि आफू पदविहीन समेत हुनुपर्ने अवस्था आएको भन्दै उक्त ऐनको दफा नै संशोधन गर्नसमेत माग गरेका छन् । आयोगका कतिपय दफाहरू संविधानको मौलिक हकसँग बाझिएको भन्दै ऐनको दफासमेत खारेज वा संशोधन गरी पाउन माग गरेका हुन् ।

धर्मसंकटमा एकीकृत समाजवादी : प्रचण्डलाई विश्वासको मत दिनेबारे विवाद एकीकृत समाजवादीले भने सरकारमा सहभागी हुन औपचारिक प्रस्ताव नै नगरेको दुखेसो गरिरहेको छ । ....... व्यक्तिगत रूपमा प्रधानमन्त्री प्रचण्डप्रति सद्भाव भए पनि राजनीतिमा व्यक्तिगत सद्भावले काम नगर्ने बताए । ...... पोलिटव्युरो बैठकमा बोल्ने अधिकांश नेताहरुले प्रचण्डलाई विश्वासको मत दिनुपर्ने धारणा राखेको ...... ‘नेकपा एकीकृत समाजवादीको विश्वास खोज्ने तर एकीकृत समाजवादीलाई दुश्मनको जस्तो व्यवहार गर्ने केपी ओलीसँग गएर टाँस्सिएपछि हामी किन सजिलै विश्वासको मत दिने ?’, उनीहरुको प्रश्न थियो । ...... ‘यसै गर्ने भनेर निर्णय नै त नहोला तर अन्तिम अवस्थामा चक्मा दिनेगरी नेतृत्वले नै निर्णय गर्छ’, माधव नेपाल निकट एक नेताको भनाइ छ ।

मधेस प्रदेशमा बन्ला जसपा र जनमतको ‘केमेस्ट्री’ ?
नेकपाकालमा संयन्त्रको विपक्षमा रहेका ओली 'प्रचण्डकाल'मा यूटर्न ! उच्चस्तरीय संयन्त्रले कसरी गर्दैछ ३५ राजकीय पदको बाँडफाँट ?
सरकारका साझा न्यूनतम् कार्यक्रममा कुन कुन विषय समेटिँदैछ ?
सत्ता साझेदार दलभित्र विश्वासको वातावरण कायम गर्ने चुनौती
अघि बढ्यो काठमाडौँ केरुङ रेलमार्गको विस्तृत अध्ययन
‘प्रचण्ड जब बालकोट जानुभयो, आधा घण्टामै धेरै कुरा सल्टियो’केपीको सन्देश प्रचण्ड र माधवलाई मैले पुर्‍याएको हो : महेश बस्नेत . नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले एमाले, माओवादी र नेकपा समाजवादी पार्टीबीच बृहत एकता गर्नेगरी गृहकार्य भइरहेको बताएका छन् । ....... अर्कोतिर अघिल्लो गठबन्धन अप्राकृतिक हो, लामो समय जाँदैन भनेकै थियौं । त्यो पनि पुष्टि भयो । कांग्रेसभित्र घमण्ड पलायो र कम्युनिस्टहरुको टाउकोमा टेकेर आफूमात्रै अघि बढ्न खोज्यो भन्ने अनुभूति पनि उहाँहरुलाई भइदिएकाले दुवै कुरा मिल्न गएर आजको परिवेश सिर्जना भयो । ......... स्थानीय निर्वाचनमा हामी दोस्रो दल बन्यौं, त्यस क्रममा झण्डै २ सय भोट नपुग्दा ५० सिट हारेका छौं । अहिले पनि हजारभन्दा कम भोटले ३० निर्वाचन क्षेत्रमा हारेका छौं, यसमा पार्टी विभाजन प्रमुख कारण देखिन्छ । ........ माधव कमरेड र हामीबीच मात्रै एकता हुने हो भने पनि हामी पहिलो पार्टी हुने अवस्था छ । माओवादीबिनै पनि हामी पहिलो पार्टी हुने स्थिति छ । योसँगै माओवादी पनि जोडिँदा हिजोको नेकपाको हैसियतमा पुग्छौं । ....... विभाजन भएर जाँदा माओवादीले पनि के पायो त ? उसले पनि घाटा नै बेहोरेको छ, प्रत्यक्षतर्फको सिट पनि घटेको छ, समानुपातिक भोट पनि घटेको छ । ...... यो गठबन्धन पार्टी एकतासम्म पुर्‍याउन सके हुन्थ्यो भन्ने हाम्रो चाहाना, कामना र प्रयास हो । ...... गठबन्धनभित्र हामीलाई कांग्रेसबाट धोका भयो भन्ने भएपछि हामीलाई सहज हुन्छ भन्ने प्रचण्ड कमरेडको पनि बुझाई थियो । ....... हेर्दा नाटकीय देखिए पनि तयारी पनि थियो भन्न सकिन्छ । ....... यसको पुष्ट्याई त प्रचण्ड कमरेड जब बालकोट जानुभयो, उहाँ गएको आधा घण्टाको दौरानमा धेरै कुरा त सल्टियो । यसको मतलव तयारी र गृहकार्य भइरहेको थियो । ......... माधव कमरेडको बालकोटचाहिँ जान्न, बीचमा कतै बसौं भन्ने प्रस्ताव आयो । ............ प्रचण्डले तीन वटा अध्यक्ष बसौं भन्नुभएको रहेछ, तर माधवले म बस्न तयार छु बालकोटचाहिँ जान्न भन्नुभएछ । त्यसो भनेपछि माधवलाई पछि सम्झाउँला भन्ने भएर प्रचण्ड जानुभएछ । त्यो थाहा पाएपछि शेरबहादुर देउवाले म प्रधानमन्त्री दिन तयार छु, प्रचण्डलाई सम्झाउनुुस् भन्नुभएछ । जवाफमा माधवले समयमा निर्णय गर्नसक्नु भएन, अहिले धेरै ढिला भइसक्यो भनेर भन्नुभएछ । ......... निर्वाचनपछि राष्ट्रपति, प्रधानमन्त्री र पहिलो कार्यकाल पनि चाहिने भनेर कांग्रेसले अडान लिन थालेपछि उहाँहरुको मनमा चिसो सुरुदेखि नै पसिसकेको थियो । ........... हामीलाई जसले चिन्दैन, उसले हाम्रो बारेमा अर्कै छवि बनाइदिन खोज्छ । ......... ओलीजस्तो सहज, सरल, सबैसँग घुलमिल हुनसक्ने, क्षमता चिन्न सक्ने मान्छे कमै छन् । ......... केपी ओलीको घर धर्मशाला हो । गेट खुलै हुन्छ, जो पनि गएका हुन्छन्, यदि भेट्नै पाउनुभएन भने अनुहार भए पनि देखाएर जानुहुन्छ । .......... एकीकृत समाजवादीभित्र पनि एमालेसँग एकता गर्नुपर्छ र गठबन्धनमा जानुपर्छ भन्ने विचार ९० प्रतिशत देख्छु म । धेरै साथीहरु हिजो हामीसँगै काम गरेकाले आज पनि उठबस भइरहेको हुन्छ । उहाँहरु सबै मिल्नुपर्छ भन्नेमै हुनुहुन्छ । ......... एमालेमा माधव नेपालको नाम लिँदा मुख कुल्ला गर्नुपर्छ भन्ने मान्यताचाहिँ अब ब्रेक भयो त ? ......... तीन पार्टीको एकता आजको आवश्यकता हो र सम्भावनामा परिणत गर्नुपर्छ । त्यसमा हामी पनि लागेका छौं । ......... उपेन्द्रजी र महन्थजी पनि जानुहुन्छ । कांग्रेसबाहेक सबै सत्तापक्ष हुन्छन् ।

अनुहारमा देखिन थाल्यो बुढ्यौलीको लक्षण ? आजैदेखि खान सुरु गर्नुहोस् यी चिज



जनताको समस्या समाधान गर्न हामी सरकारमा जानैपर्छ वि. स. २०४३ सालमा जन्मेका खान गरिब परिवार भएकोले मदरसा शिक्षा हुँदै स्थानीय विद्यालयमा पठनपाठन गर्दै बर्दिया, कैलाली र काठमाडौंमा उच्च शिक्षा हासिल गरेका हुन् । पढाईमा तीक्ष्ण र राजनीतिबाट अत्यन्तै टाढा हुने खान वि. स. २०६८ सालमा काठमाडौंको अनामनगरमा प्रथम पटक डा.सीके राउतको दुईदिने कार्यक्रममा स्वयम्सेवकको रुपमा DDC हल अनामनगरमा गएका थिए । ......... त्यहीं डा. राउतसँग सम्पर्कमा आए । डा. राउतको बल्याक बुद्धा भिडियोबाट अत्यधिक प्रभावित भएपछि निरन्तर रुपमा मधेशको स्वतन्त्रताका लागि लागिपरे । काठमाडौंदेखि मधेशको विभिन्न जिल्लाहरुमा डा. राउतको छायाँको रुपमा मानिसहरुसँग भेटघाट, छलफल, मधेशको इतिहासको परिचय सहित जागृत अभियानमा लागि परे । NGO/INGO को राम्रो जागिर छोडेर मधेश मुक्तिमा लागि परे । ........ वि. स. २०७९ सालमा डा. राउत द्वारा स्थापित स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । त्यस क्रममा पटक–पटक गिरफ्तार भए । पाँच पटक नेपाल सरकारद्वारा देश विप्लवको मुद्दा खेपे । दर्जनभन्दा बढी सार्वजनिक अपराधको मुद्दा झेले । बर्दिया, बाँके, रुपन्देही, नवलपरासी, सिरहा, काठमाडौंको हिरासतमा महिनौं बिताए । प्रहरीको पिटाईले कानका जाली समेत फोडियो । ....... अनेकौं प्रलोभनमा पार्न कोसिस गरियो तर जिद्दी स्वभावको खान घर, परिवार त्याग्ना तयार भए तर डा. राउतको साथ छोडेनन् । वि.स. २०७५ मा नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनसँग सम्झौता भयो । सम्झौतापछि उनी पुरै मधेशभरि संगठन निर्माणमा अहम् भूमिका खेले । वि. स. २०७७ सालमा पार्टीको महाधिवेशन जनकपुरमा भयो । महाधिवेशनमा खान अत्यधिक मत प्राप्त गरि उपाध्यक्ष बन्न सफल भए । हाल उनै अब्दुल खान समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल भएका छन् । जनमत पार्टीको संसदीय दलको नेतामासमेत चयन भएका खान ........... हामी सडकबाट मात्रै जनताका माग मुद्दा सम्बोधन गराउन सक्दैनौं । त्यसैले हामी संघ र प्रदेश सरकारमा जाने निर्णय गरेका हौं । पक्कै पनि हामीलाई प्राप्त जनादेश भनेको सरकारमा जाने र समस्या समाधान गर्ने हो ।

Wednesday, December 28, 2022

28: Prachanda

जसपा संसदीय दलको नेतामा अशोक राईलाई पछि पार्ने को हुन् रामसहाय यादव?
संघ र प्रदेश सरकारमा जाने राप्रपाको निर्णय सरकारको न्युनतम साझा कार्यक्रम भने पर्खिने
बालकोटको बार्दलीबाट खुमलटारको छतसम्म : सहकार्य घनीभूत बनाउँदै ओली–प्रचण्ड
प्रधानमन्त्री प्रचण्ड नयाँ र पुराना दुवै गठबन्धनलाई जोड्दै
देउवाको विश्लेषण: ओलीको रणनीति सफल भयो ‘प्रधानमन्त्री‍ नलिँदा प्रचण्डलाई बुझायो भन्थे, अहिले दिएन भन्दैछन्’ गठबन्धन भत्किएर सत्ता विमुख हुँदा संघीय संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका कार्यकर्तामा निराशा र आक्रोश देखिएको छ । आक्रोशको निशानामा छन् पार्टी सभापति शेरबहादुर देउवा । ........ कांग्रेस नेतृत्वमा सरकार बनाउने पुस ३ मा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार प्रधानमन्त्री छाड्न सकिने अवस्था थिएन । देउवाले प्रधानमन्त्रीको अडान नछाडेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन भत्काएर एमालेसहित सात दलको समर्थनमा सरकार बनाएपछि कांग्रेसमा सन्नाटा छाएको छ । ....... यद्यपि गठबन्धन भत्किँदा केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षमा बस्नु परेकोमा देउवा चिन्तित रहेको खड्काले बताए । ‘अन्तिम घडीमा गठबन्धन भत्किने अवस्थामा प्रचण्डजी प्रधानमन्त्री दिन तयार नै थिए । तर उहाँ ओली कहाँ गएपछि फर्किनु भएन,’ देउवाको भनाइ छ । गठबन्धन भत्काउने रणनीतिमा ओलीले झुक्याएको कांग्रेस नेताहरूको बुझाइ छ । ........ नेकपाको बहुमतको सरकार ढलेर कांग्रेस सत्तामा पुगेको हो । अहिले त्यस्तो गाह्रो केही छैन,’ उनले भने । .

रित्तिँदै पहाड, भरिँदै तराई कोरिया बसेर नेपाल फर्किएका उनी जन्मथलो दुर्गम भएकै कारण सुगम खोज्दै झापा झरेका हुन् । स्वास्थ्य उपचार, शिक्षालगायतले तराईमा बढी विकास भएका कारण तराई झरेको उनको भनाइ छ । उनी तराई झरे पनि उनको पहाडमा भएको जमिन बिक्री भएको छैन । जमिन कमाउने मानिससमेत गाउँमा भेटिन छोडेका छन् । ....... उनको पहाड घर पनि त्यतिकै छ । केही समयका लागि सडक बनाउने ठेकेदारले घर भाडामा लिए पनि दीर्घकालीनरूपमा पहाडमा जमिन कमाउने र जमिन खरिद गर्ने मान्छे आउन छोडेको उनले बताए । ........ पहाडमा खेती गर्न पनि झन्झट, ढुवानी महँगो, बिक्रीका लागि बजार खोज्नुपर्ने समस्यालगायतका कारण धेरैले गाउँलाई माया मार्न थालेका छन् । ...... पहाडी क्षेत्रमा रोजगारीको समस्या, पाए पनि बर्खामा रोजगारस्थल धाउन समस्या भएका कारण पनि धेरैले तराई रोज्न थालेका छन् । पहाडी क्षेत्रमा जागिर खाए पनि धेरै आफन्त तराईमा नै हुँदा पनि पहाड बस्न मन नलाग्ने गरेको उनीहरूको भनाइ छ । ........ अवसर पहाडमा नभएपछि प्रायः युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएसँगै सुगम ठाउँमा जमिन किनेर उतै बसाइँ जान थालेपछि गाउँ रित्तिन थालेको छ । .

नयाँ गठबन्धनका चुनौती र अवसरहरू देशको युवा जनशक्ति सरकार निर्माणको सूचना सार्वजनिक भैरहँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र छिमेकी मुलुक भारत जाने सीमा नाकाहरू दुबैतिर युवाहरूको भीडमा कमी आएको छैन ।



जनताको समस्या समाधान गर्न हामी सरकारमा जानैपर्छ वि. स. २०४३ सालमा जन्मेका खान गरिब परिवार भएकोले मदरसा शिक्षा हुँदै स्थानीय विद्यालयमा पठनपाठन गर्दै बर्दिया, कैलाली र काठमाडौंमा उच्च शिक्षा हासिल गरेका हुन् । पढाईमा तीक्ष्ण र राजनीतिबाट अत्यन्तै टाढा हुने खान वि. स. २०६८ सालमा काठमाडौंको अनामनगरमा प्रथम पटक डा.सीके राउतको दुईदिने कार्यक्रममा स्वयम्सेवकको रुपमा DDC हल अनामनगरमा गएका थिए । ......... त्यहीं डा. राउतसँग सम्पर्कमा आए । डा. राउतको बल्याक बुद्धा भिडियोबाट अत्यधिक प्रभावित भएपछि निरन्तर रुपमा मधेशको स्वतन्त्रताका लागि लागिपरे । काठमाडौंदेखि मधेशको विभिन्न जिल्लाहरुमा डा. राउतको छायाँको रुपमा मानिसहरुसँग भेटघाट, छलफल, मधेशको इतिहासको परिचय सहित जागृत अभियानमा लागि परे । NGO/INGO को राम्रो जागिर छोडेर मधेश मुक्तिमा लागि परे । ........ वि. स. २०७९ सालमा डा. राउत द्वारा स्थापित स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । त्यस क्रममा पटक–पटक गिरफ्तार भए । पाँच पटक नेपाल सरकारद्वारा देश विप्लवको मुद्दा खेपे । दर्जनभन्दा बढी सार्वजनिक अपराधको मुद्दा झेले । बर्दिया, बाँके, रुपन्देही, नवलपरासी, सिरहा, काठमाडौंको हिरासतमा महिनौं बिताए । प्रहरीको पिटाईले कानका जाली समेत फोडियो । ....... अनेकौं प्रलोभनमा पार्न कोसिस गरियो तर जिद्दी स्वभावको खान घर, परिवार त्याग्ना तयार भए तर डा. राउतको साथ छोडेनन् । वि.स. २०७५ मा नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनसँग सम्झौता भयो । सम्झौतापछि उनी पुरै मधेशभरि संगठन निर्माणमा अहम् भूमिका खेले । वि. स. २०७७ सालमा पार्टीको महाधिवेशन जनकपुरमा भयो । महाधिवेशनमा खान अत्यधिक मत प्राप्त गरि उपाध्यक्ष बन्न सफल भए । हाल उनै अब्दुल खान समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल भएका छन् । जनमत पार्टीको संसदीय दलको नेतामासमेत चयन भएका खान ........... हामी सडकबाट मात्रै जनताका माग मुद्दा सम्बोधन गराउन सक्दैनौं । त्यसैले हामी संघ र प्रदेश सरकारमा जाने निर्णय गरेका हौं । पक्कै पनि हामीलाई प्राप्त जनादेश भनेको सरकारमा जाने र समस्या समाधान गर्ने हो ।

Tuesday, December 27, 2022

Deuba, Oli, Prachanda

आफ्ना नेताहरूलाई नेपालले भने- फोन गरेर तपाईं नै प्रधानमन्त्री हो भनेर ओलीले देउवालाई झुक्याए माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको चालमा कांग्रेस सभापति शेरबहादुर देउवा विश्वस्त हुँदा सत्ता गठबन्धन भत्किएको आरोप लगाएका छन्। ........ ‘प्रचण्डजीलाई प्रधानमन्त्री दिन कुनै पनि हालतमा देउवा तयार हुनुभएन। आइतबार केपी ओलीले नै फोन गरेर कुनै पनि हालतमा प्रधानमन्त्री नछोड्नु पनि भनेछन्। देउवाजी मख्ख पर्नुभयो’,नेपालले भने, ‘प्रचण्डजीले गठबन्धन भत्कियो भनेर हिँड्दा पनि देउवा प्रधानमन्त्री बन्नेमा ढुक्क हुनुहुन्थ्यो।’

'अरूको आशमा नलाग्नुस्, सुशील कोइरालाको हालत होला भनेर प्रधानमन्त्रीलाई सम्झाएको थिएँ' हेर्नुस्, मैले त सभापति शेरबहादुरजीको प्रवृत्ति र कार्यशैलीसँग पहिलेदेखि नै असहमति राख्दै आएको हो। तर सबैले उहाँलाई नै दोहोर्‍याई-दोहोर्‍याई सभापति बनाएपछि, फेरि संसदीय दल नेता बनाउने टुंगोमा पुगेपछि मैले यिनैलाई (देउवा) सुधार गरेर, विश्वासमा लिएर राम्रो काम गराउन सकिन्छ कि भन्ने आशाले सहयोग गरेको हो। देउवाका कार्यशैली सुधारेर राम्रो काम गराउन सकिन्छ कि भनेर मैले पनि विश्वास गरेको हो, मेरो विश्वासलाई पनि धोका भयो। ......... यहाँ पुस्तान्तरणका कुरा ल्याएर रूपान्तरणलाई छायामा पारियो। पुस्तान्तरणजस्तो गैरराजनीतिक कुरा गरेर रूपान्तरणलाई ओझेलमा पार्ने काम भयो, उमेरलाई देखाएर दोष लगाउन थालियो। पुराना नेतामा पनि कसले जीवनभर दु:ख गरेको छ हेर्नुपर्‍यो, मूल्यांकन गर्नुपर्‍यो। जीवनभर गरेका कामको मूल्यांकन हुन नदिई पुस्तान्तरण भनेपछि त केही विवेक नै भएन। यो पुस्तान्तरणको मूल्यांकनविहीन र अविवेकी नाराले कांग्रेसलाई खाइदियो। ....... उहाँले मलाई बोलाउनुभएको पनि छैन। मलाई पनि सभापतिजीकहाँ जाने जाँगर छैन। .

माधव नेपाल भन्छन्- प्रचण्डले खोला तर्‍यो लौरो बिर्सियोझैं गरे, जाऊँसम्म नभनी ओलीकहाँ गए पदाधिकारी बैठकमा प्रचण्डले भने- माधवजी निकै कृतघ्न पात्र हुनुहुँदो रहेछ . संसदीय चुनावपछि संयन्त्र बनाएर पार्टी एकताको गृहकार्यसमेत गरेका दुई जनाको मित्रता आइतबारको घटनापछि एकाएक पुसको जाडोझैं चिसिएको छ। .......... १०:४० मा बालुवाटार छिरेका प्रचण्ड १२:५० मा गठबन्धन टुट्‍यो भन्दै निस्किए। तर हिँड्ने बेला उनले आफ्ना मित्र माधव नेपाललाई जाऊँसम्म भनेनन्। ........ प्रचण्डका लागि महत्वपूर्ण त्यो घडीमा नेपाल भने उनका पक्षमा खुलेनन्। बरू उनले भनिदिए, '२-२-१ वर्ष आलोपालोको कुरा भएको छ। तपाईंहरूको कुरा मिल्दैन भने पहिलो अवसर समाजवादीलाई दिनुस्।' ......... 'देउवाजी टसमस हुनुभएन। माधवजीले सहमति कार्यान्वयन गर्नुस् भन्नुहोला भनेको त उहाँ निकै कृतघ्न पात्र हुनुहुँदो रहेछ।' ......... आइतबार प्रचण्डले महासचिव देव गुरूङ, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सुरूमा बालकोट पठाए। त्यहाँ सात दलको समर्थन पाउने वातावरण निर्माण भयो। केपी-माधवबीच चिसिएको सम्बन्धका कारण सुरूमै माधवलाई लैजाँदा सहमतिमा बाधा हुनसक्नेमा प्रचण्ड सचेत थिए। ........ नयाँ सरकारमा माधव नेपाललाई जोड्नु नपर्दा ओली पनि खुसी हुन्छन् भन्ने प्रचण्डलाई पनि थाहा थियो। .......... 'आइतबार त उहाँले जाऔं पनि भन्नुभएन तर प्रधानमन्त्रीमा नियुक्ति भएर शपथग्रहण गरेपछि बसौं, छलफल गरौं भनिरहनुभएको छ,' नेता नेपालले भने, 'प्रचण्डजीसँग मेरो अब कुनै गुनासो छैन।'

देउवाले प्रचण्डलाई धोका दिए, ओलीले देउवालाई साढे ३ बजे सहमति गर्न ओली आउँछन् भन्दै देउवा बालुवाटारमा कुरिरहेका थिए ....... देउवालाई मात्र होइन, उनी वरिपरिका मानिसलाई पनि गठबन्धन टुट्छ भन्ने विश्वास थिएन। किनभने, उनीहरूले 'दाइ' सँगसँगै 'भाउजू' को आत्मविश्वास पनि देखेका थिए। गठबन्धनको तेस्रो ठूलो दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि गठबन्धन टुट्नेमा विश्वास थिएन। ......... प्रचण्ड उठेर हिँडेपछि पनि अध्यक्ष नेपालले अझै केही घन्टा समय बाँकी भएको र गठबन्धन जोगाउने कुरा प्रधानमन्त्रीको हातमा रहेको सेतोपाटीसँग बताएका थिए। ........ आफ्नो निवास खुमलटार गए पनि, एमाले अध्यक्ष केपी ओली निवास बालकोट गए पनि प्रचण्ड फर्किएर आउँछन् भन्ने देउवाको 'कोर-टिम' लाई पूर्ण भरोसा थियो। बालकोटमा प्रचण्डसहित धेरै दलका नेता भेला हुँदा पनि उनीहरूलाई त्यहाँ सहमति हुन्छ भन्ने विश्वास थिएन। ........ जब प्रचण्डको नाममा सहमति भएको सूचना राष्ट्रपति कार्यालय पठाइएको खबर बाहिर आयो, उनीहरू छाँगाबाट खसेझैं भए। ........ प्रचण्ड कुनै हालतमा गठबन्धन छाडेर जाँदैनन् र गए पनि एमालेले उनलाई प्रधानमन्त्री बनाउँदैन भन्नेमा देउवाको कोर-टिम पूर्ण विश्वस्त थियो। यो विश्वास स्वयं एमाले अध्यक्ष केपी ओलीले कांग्रेसलाई दिलाएका थिए। यो विश्वासको थप आधार भारत थियो जसले कांग्रेस र एमाले दुवैसँग कुरा गरेको थियो। ....... यही विश्वासका आधारमा देउवाले प्रचण्डसँग केही साताअघि गरेको समझदारी लत्याएका थिए। ........ नेपाली कांग्रेसमा संसदीय दलका नेताको निर्वाचन हुनुअघि देउवा र प्रचण्डबीच सत्ता साझेदारीको सहमति बनेको थियो। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको उपस्थितिमा भएको उक्त समझदारीमा सुरूमा प्रचण्ड दुई वर्ष प्रधानमन्त्री बन्ने र पछिको तीन वर्ष देउवा प्रधानमन्त्री बन्ने उल्लेख थियो। दुवैले सहमति लिखित गर्न जरूरी नरहेको बताएका थिए। ...... देउवाले प्रचण्डसँग गरेको सहमति लत्याउँदै पछि उनलाई भने, 'तपाईंलाई सुरूमा प्रधानमन्त्री दिन साथीहरूले मानेनन्, मैले नसक्ने भएँ।' ........ पौडेललाई राष्ट्रपति बनाउन देउवा र प्रचण्डबीच पनि सहमति भइसकेको थियो। ....... सबभन्दा ठूलो जोड पूर्णबहादुर खड्काको थियो। उनले सुरूमा प्रचण्डलाई नै छाड्न बल गरेपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतसँग वादविवाद पनि भयो। ......... सहमतिविपरीत प्रचण्डलाई प्रधानमन्त्री नदिने निर्णयमा देउवा पुग्नुका पछाडि प्रमुख कारण थियो, उनले एमाले अध्यक्ष ओलीसँग छुट्टै गरिरहेको कुराकानी। त्यो कुराकानीमा भारतको पूर्ण समन्वय थियो। .......... दुवै दलले प्रचण्डलाई प्रधानमन्त्री नदिने, बरू आफूहरू मिलेर सरकार बनाउने सहमति गरेका थिए। प्रचण्डलाई सत्ताबाहिर राख्ने यो खेलमा भारत संलग्न मात्र थिएन, त्यसको सूत्रधारजस्तै थियो। ........ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवप्रति भारतको लामो समयदेखि वक्रदृष्टि छ। .......... आइतबार १२ बजे पनि ओली र देउवाबीच मिलेर जानेबारे अन्तिम सहमतिको फोन-वार्ता भएको थियो। एमाले नेताहरूसहित ओली साढे ३ बजे बालुवाटार आउने र संविधानको धारा ७६(२) अनुसारको सरकार बनाउने सहमति दुई दलबीच भएको थियो। ........ त्यही सहमतिको बलमा देउवा प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री दिनबाट पछि हटेका थिए। .......... प्रचण्डलाई कांग्रेस र एमालेबीच भएको कुराको कुनै भेउ थिएन। कांग्रेसले ५ बजेसम्म समय घर्काएर ७६(३) अनुसार अल्पमतको सरकार बनाउन खोजेको अनुमान उनले गरेका थिए। त्यसरी सरकार बनाएपछि आफूहरूलाई लतारेर सरकारमा लैजाने कांग्रेसको रणनीति भएको उनको आशंका थियो। ......... प्रचण्ड पनि करिब साढे एक बजेतिर बालकोट पुगे। राप्रपाका राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, जनमत पार्टीका सिके राउत लगायत नेता पनि बालकोट पुगे। सबै दलका नेताहरू बालकोटमा भेला भइरहँदा पनि बालुवाटारलाई त्यहाँ सहमति हुन्छ भन्ने रत्तिभर विश्वास थिएन। ........ उनीहरूले यो कसरी भयो, किन भयो भन्ने विश्लेषण अझै गर्न सकेका छैनन्। .......... एमालेको मात्र बचन भएको भए देउवाले सायद विश्वास गर्ने थिएनन्। तर कांग्रेस र एमालेबीचको सहमतिमा भारतको पनि संलग्नता थियो। उसले मध्यस्थताजस्तै गरेको थियो। त्यसैले ओलीले आफूलाई धोका दिन सक्दैनन् भन्ने देउवाले ठानेका थिए। त्यसमा ढुक्क भएपछि मात्र उनले प्रचण्डलाई धोका दिने निश्चय गरेका थिए। रामचन्द्र पौडेलले आइतबार 'प्रचण्डले धोका दिएको होइन, उनलाई धोका भएको हो' भन्नुको कारण यही थियो। ........ 'अहिले के भयो, कसरी भयो, कसले गर्‍यो भन्ने सबै विश्लेषण गर्ने अवस्था पनि छैन। समयमा त्यो सबै कुराको विश्लेषण होला,' एक नेताले भने।

27: Prachanda

प्रचण्डलाई कुर्दाकुर्दै बालकोट जान छुटेका माधव नेपाल माधव नेपाल प्रचण्डले बोलाउँछन् र केपी ओलीसँग कुरा गर्न जाउँला भनेर पार्टी कार्यालयमा कुरेर बसिरहे । तर प्रचण्डको बोलावट आएनन् । बरु प्रचण्ड बालकोट पुगेको सूचना आयो । त्यसपछि क्रमशः जसपा संघीय परिषद्का अध्यक्ष अशोक राई, जनमत पार्टीका सीके राउत बालकोट पुगेको खबर आयो । ........ यसबीचमा प्रतिनिधिसभाको यो ५ वर्षको कार्यकालमा प्रधानमन्त्रीमा २/२/१ वर्षको आलोपालो, राष्ट्रपति एकीकृत समाजवादीलाई दिने/नदिने कुरा चलिरह्यो । अन्तिम घडीमा जब देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुबै नछाड्ने अडान लिए, परिस्थित फेरियो । ....... ‘प्रचण्डजी अत्यन्तै विक्षिप्त हुनुभयो र भन्नुभयो अब यो गठबन्धन चल्नेवाला छैन । कांग्रेसको दादागिरी सहेर बसिँदैन’, नेपालले पदाधिकारीहरुसँग भने, ‘मैले पनि कांग्रेसको दादागिरी सहिँदैन भनेर भनिसकेको थिएँ ।’ ....... ‘मिलेर फेरि केपी शर्मा ओलीसँग कुरा गरौं भनेकै हो’ नेता नेपाल भन्छन् । ...... रवि लामिछानेले म बालकोट लाग्दैछु, आउँछु कमरेड भन्नुभयो ........ प्रचण्डको बोलावट आएनन् । बरु प्रचण्ड बालकोट पुगेको सूचना आयो । त्यसपछि क्रमशः जसपा संघीय परिषद्का अध्यक्ष अशोक राई, जनमत पार्टीका सीके राउत बालकोट पुगेको खबर आयो । ....... ‘ठ्याक्क चार बजे फोन आउँछ शेरबहादुरजीको । ‘माधवजी, प्रचण्डजीलाई तपाईंले तुरुन्त भनेर प्रधानमन्त्रीमा पहिलो पालो प्रचण्डजीलाई भनिदिनुपर्‍यो,’ नेता नेपालले जवाफ फर्काए, ‘समय बितिसकेपछि हस्ताक्षर गरिसकेपछि राष्ट्रपतिकहाँ हिँड्ने बेलामा तपाईंले भनेर हुन्छ ?’ ........ आफूलाई थाहै नदिई प्रधानमन्त्री भएकोमा प्रचण्डसँग दुःखी छन् । त्यसैले होला, फोन गरेर वा भेटेर बधाई समेत दिएका छैनन् ।



प्रचण्ड थाहै नदिई प्रधानमन्त्री बने : माधव नेपाल
कांग्रेसले २२ पुसमा बोलायो केन्द्रीय समिति बैठक
प्रचण्डका सात सारथि प्रदेश सभाको चुनावमा भाग नलिएको रास्वपाले प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री अवधारणा अगाडि सारेको छ । ...... सन् २००८ मा रविले ग्रिनकार्ड पाए । करिब १० वर्ष अमेरिका बसे । ...... उनले २०७० वैशाख १ गते ६२ घन्टा १२ मिनेटसम्म लगातार अन्तर्वार्ता लिएर गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा नाम लेखाए । ........ २०३६ सालमा काठमाडौंको चावहिलमा भएको अनेरास्ववियुको एकताको पाँचौ राष्ट्रिय सम्मेलनमा राई देशभरका प्रतिनिधिमध्ये सबैभन्दा कान्छा प्रतिनिधिका रुपमा सहभागी भएका थिए । त्यतिबेला उनी आठ कक्षामा पढ्थे । ....... २०७४ सालको स्थानीय तहको निर्वाचनमा धनकुटाका ७ वटै तह आफ्नो पार्टीलाई जिताएर राईले एमाले ओलीबाट म्यान अफ दि इलेक्सनको उपाधि पाएका राइ ......... उद्योगमन्त्री अब्दुल खान गत ४ मंसिरमा सम्पन्न आम चुनावबाट राष्ट्रिय राजनीतिमा उदाएको सिके राउत नेतृत्वको जनमत पार्टीका नेता हुन् । ३६ वर्षीय खान जनमत पार्टीका दोस्रो वरियताका नेता हुन् । ....... २०६८ सालमा जनमत पार्टीको गठन भएदेखि नै सक्रिय भएर लागेका कारण आफू सीके राउत पछि सबै भन्दा धेरै १६ पटक गिरफ्तारमा परेको बताउँछन् ।

कोरोनाको नयाँ सबभेरियन्ट कति संक्रामक, नेपालमा जोखिम कति ?
जसलाई ‘नो नट अगेन’ भने, उनकै गृहमन्त्री बने रास्वपाका प्रवक्ता भन्छन् – सरकारमा जानु पनि परिवर्तन हो ...... रास्वपाका एक सांसद भन्छन्, ‘सरकारमा जाने विषयमा पनि हामीसँग खासै छलफल भएन । मन्त्रालय पनि मिडियाबाटै थाहा पाएको हो ।’...... सरकारमा जानुपर्छ भन्नेहरु पनि सभापति लामिछानेले किन गृह मन्त्रालय नै रोजे भन्ने पनि बुझ्न नसकेको बताएका छन् । .

प्रचण्डको दौरा सुरुवाल अवतार
देउवाले भोलि बालुवाटार छोड्ने, धुम्बाराहीमा भाडामा बस्ने
राजेन्द्र लिङ्देनलाई प्रश्न : प्रचण्डलाई समर्थन गर्न अप्ठ्यारो लागेन ?
‘कांग्रेसको रवैयादेखि पीडित थिएँ, मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍या छ’ अध्यक्ष नेपालले आफूहरुलाई कांग्रेस र माओवादीले एक्ल्याएको मात्र बताएनन् स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनमा पनि आफ्नो पार्टीका उम्मेदवारहरुलाई हराउन खुलेर लागेको आरोपसमेत लगाए । ....... निराश नभइकन एउटै कम्युनिष्ट पार्टी बनाउन लागिरहने समेत बताए । ....... स्वाभाविक रूपमा जो जसले साथ दिनसक्छ, साथ लिएर उहाँले प्रधानमन्त्रीको दाबी गर्नुभएको छ । म यसलाई अन्यथा ठान्दिनँ । ......... टुट्दैन भन्ने ठान्नुभएको होला । टेकन एस ग्रान्टेड पनि हुन्छ कहीं । प्रचण्डजीले १५ वर्षसम्म गठबन्धन टिक्छ भन्ने कुरा कानमा लिएर बस्नु भएको भए … (हाँस्दै) । अब प्रचण्डजीले आजको मितिदेखि गठबन्धनमा हामी रहँदैनौं, टुट्यो भन्ने ठान्नुस् भनेर हिंडेको । यसो भनेर हिंडेपछि त चेत्नुपर्ने हो नि ........ अब ४ बजे आएर शेरबहादुरजीले ‘अब प्रचण्डजीलाई भन्नुपर्‍यो, उहाँलाई नै प्रधानमन्त्री बनाउनुपर्‍यो’ भन्नुभयो । जब अर्को पक्षहरूको बीचमा सल्लाह गरेर कागजमा सही गरिसकेको अवस्थामा मैले ४ बजे भनेर केही अर्थ लाग्थ्यो ? समयमा सोच्न नसक्दा खेरि… । ...... यी सबै घटनाक्रमहरू राज्य सञ्चालन गरेर बसेको मान्छेले घन्टा घन्टामा को कहाँ हिंडिरहेको छ थाहा पाउनुपर्दैन ? ........ होइन, अन्डरकरेन्ट हामीसँग पनि कुराकानी नभएको होइन । कुराकानी भइरहेकै हो । विश्वसनीयताको तहमा नपुगेको हुनाले मैले नपत्याएको हो । अन्डरकरेन्ट कुराकानी त राजनीतिमा भइरहन्छ नि । ........ झलनाथजीको त चर्चा थियो तर उहाँ हारेसँगै त्यो च्याप्टर क्लोज भयो । अहिले मैले नै शेरबहादुरजी र प्रचण्डजीसँग छुट्टाछुट्टै कुरा गरेर दुवैलाई सँगै राखेर पनि अबको राष्ट्रपति झलनाथजीलाई बनाऔं भनेर सहमति गरेको हो । मैले उहाँलाई चुनावमा नजानुस् पनि भनेको हो । धेरै सम्झाएँ । ........ म त सबभन्दा पहिला प्रधानमन्त्रीको टुंगो लगाऊँ र अगाडि बढौं भन्नेमा थिएँ । दुईटा पार्टीबाट कोही भएनन् भने माधव नेपाललाई बनाऔं भन्ने कुरा त उठ्यो नि त्यहाँ । ....... मैले नै उहाँलाई बधाई दिन फोन गरें । मैले नै बरु भनें, तपाईंले फोन पनि नगर्ने मलाई ? ....... उहाँले भन्नुभयो- हेर्नुस् त्यो कांग्रेस केही पनि छोड्दैन । प्रधानमन्त्री पनि छाड्दैन, राष्ट्रपति पनि छोड्दैन । ........ मैले बैठकमा पटक पटक भन्याथें- यो कांग्रेसले देशलाई आफ्नो विर्ता ठानेको छ । तपाईंहरु भ्रममा हुनुहुन्छ । तपाईंहरुलाई भन्न चाहन्छु म मुटुमाथि ढुंगा राखी हाँस्नु परेको छ । मैले यो दुईपटक दोहोर्‍याएर भनेको हुँ । ....... राजनीतिक नियुक्ति गर्नुपर्यो भने पनि नगर्ने, हामीले तपाईंहरुको हितमा काम गर्नुपर्ने ? म त बोल्ने कुरामा, जवाफ दिने कुरामा पछि हट्ने खालको मान्छे होइन । ....... देउवा… हुन्छ बहादुर । ........ स्थानीय तह चुनावको बेलामा पनि हामीलाई हेपेको हो हेर्नुस् । त्यसपछि प्रतिनिधिसभामा पनि त्यही गरेका हुन् । त्यसमा नम्बर एक कांग्रेस हो, नम्बर दुई माओवादी हो । माओवादी नि कम छैन । धेरै निर्वाचन क्षेत्रमा हराउन त लागेका हुन् नि माओवादीका नेताहरु । ....... असहयोग मात्र होइन, खुलेआम हराउन लागे । त्यत्तिकै आँखा चिम्लिएर बस्छु त ? जे देखिएका छन्, जे भोगिएका छन्, त्यसको त जवाफ चाहियो त । कत्रा चुनौतीको सामना गर्दै हिंडिएको छ, दुई सिट भएको बीजेपी आज राष्ट्रिय शक्ति बनेको छ । ....... एक्लै पारे । त्यसमा पनि केही छैन । एक्ला चलो रे, एक्ला चलो रे भन्ने गीत गाउँदै (हाँस्दै) हिंडेको मान्छे । तर मलाई आँट के छ भने सही विचारको पक्षमा म उभिएको छु । स्पष्ट दृष्टिकोणका साथ अघि बढ्न चाहन्छु । ....... २० प्रतिशत मानिरहेका थिएनन् । २० प्रतिशतभन्दा तल नझर भनेर मैले नै दबाव दिएको हो । मेरो दबावले नै मानेको हो । अरुले ३० प्रतिशत भनेका थिए, मैले ३० हुँदैन, २० गर्नुस् भनेको मैले हो । किनभने मैले क्याल्कुलेसन गरें । ३० पुगेर त फरक पर्दैन, तर २० भन्दा झर्दियो भने के गर्ने ? सबै कुरा सोचेर, क्याल्कुलेसन गरेर चल्नुपर्यो नि । त्यत्तिकै त हुँदैन नि । ........ हाम्रो पार्टीका साथीहरु एकताबद्ध भएर अघि बढ्ने पक्षमा छौं । केही नभएका त अघि बढिरहेका छन् भने हामी त सातै प्रदेशमा छौं । ........ कम्तीमा बैठक बोलाइपाऊँ हजुर भनेको होइन हामीले ? होइन र ? प्रचण्ड, म, झलनाथ, वामदेव, नारायणकाजी श्रेष्ठ धुम्बाराहीमा रहेको कार्यालयमा त्यत्रो चिठी लेखेर केपीलाई बैठक बोलाइदिनुस् भन्यौं । ......... बैठक हामी प्रतीक्षा गरिरहेका छौं । जम्मै बैठकमा बसेका छन् । बैठक जारी छ तर केपी त्यहाँ नआएर संसद भंग गरिदिए ।

अमेरिकामा चिसोले ५६ जनाको मृत्यु, तापक्रम माइनस ४५ डिग्री सेल्सियससम्म झर्‍यो



राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश सांसद मन्त्री बन्ने लबिङमा
राजनीतिक घटनाक्रमले नाटकीय मोड लियो : अध्यक्ष नेपाल
यी हुन् मन्त्रिपरिषद‍्का कान्छो मन्त्री मन्त्रिपरिषदमा हाल सवैभन्दा कान्छा मन्त्रीका रुपमा अब्दुल खान देखिएका छन् । जनमत पार्टीबाट समानुपातिक सांसद रहेका उनको उमेर ३५ वर्ष रहेको छ । आइ.एस्सी अध्ययन गरेर फार्मेसीमा स्नातक गरेका उनले राजनीतिक शास्त्रमा एम.ए. गरेका छन् । ....... ३ दाजुभाइ मध्ये कान्छो रहेका उनको परिवार कृषि पेशामा आवद्ध छ। विनाविभागीय मन्त्री रहेका खानले आफूले उद्योग मन्त्री पाउने निश्चित भएको रातोपाटीलाई बताए । आफूले कृषि मन्त्रालय मागेपनि सो नपाएपनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको हैसियतमा कृषकलाई समयमा मलखाद दिलाउन लागिपर्ने उनले उल्लेख गरे ।

जसपामा संसदीय दलका नेताका लागि कडा प्रतिस्पर्धा चुनाव भयो भने अशोक राई संसदीय दलको नेता बन्ने छैनन् । १२ जनामध्ये हालसम्म तीनजना मात्र उनको पक्षमा खुलेर लागेको देखिएको छ । नौजना सांसद मधेशबाट नै संसदीय दलको नेता बन्नुपर्ने पक्षमा रहेको छ ।

‘देउवाले बिदा लिनु पार्टी र उहाँको स्वास्थ्यका लागि राम्रो हो’ आलोपालोको समझदारी थियो भने कार्यान्वयन गर्नुपर्थ्यो : गुरुराज घिमिरे ........ नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले गठबन्धन जोगाउन नसकेको भन्दै पार्टी सभापति शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने बताएका छन् । माओवादी केन्द्रलाई साथमा राख्न नसक्दा केन्द्रदेखि प्रदेशसम्म कांग्रेस सत्ता विमुख भएकाले नैतिकताका आधारमा देउवाले पार्टी सभापतिबाट राजीनामा दिनुपर्ने उनको भनाइ छ । ....... देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिँदा कांग्रेसको स्वास्थ्यका लागि राम्रो हुने उनले बताए । साथै सबै पद गुम्नुको जिम्मेवारी सभापतिसँगै पदाधिकारीले पनि लिनुपर्ने घिमिरेको भनाइ छ । महामन्त्रीले हस्तक्षेपकारी भूमिका नदेखाएकोप्रति पनि उनको गुनासो छ । ......

एउटा कोणबाट हेर्दा सर्वनास भयो भनेर भन्न सकिन्छ ।

......... गठबन्धनमा लेनदेन हुन्छ । सबै आफै राखेर हुँदैन । राष्ट्रपति लिएर प्रधानमन्त्रीमा सभापति लचिलो हुनुहोला भन्ने थियो । सैद्धान्तिक राजनीति छाडेर व्यवहारवादी राजनीति गर्नुपर्थ्यो । राष्ट्रपति लिएर प्रधानमन्त्री माओवादीलाई नदिँदा संघ र प्रदेशमा गरी ३५ वटा राजकीय पद गुमाउनु प¥यो । संवैधानिक पद, कुटनीतिक क्षेत्र पनि गयो । पार्टीका साथीहरु र मुलुकका विज्ञहरुले प्राप्त गर्ने अवसर गए । अब रहेका पनि जान सक्ने भए । राज्यका सबै अवसर गुम्दा नेपाली कांग्रेसलाई क्षति भएको छ । ......... माओवादीले एमालेसँग पनि समानान्तर वार्ता गरिरहेको हामीलाई समेत थाहा थियो । ......... आँखै अगाडि गठबन्धनको एउटा घटक विपक्षीसँग मिलेर सरकार बनाउनु अनौठो घटना हो । ....... यति ठूलो राजनीतिक घटनाक्रममा पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पनि संलग्नता देखिनँ । सहमहामन्त्रीको पनि संलग्नता देखिएन । १४ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेको शेखर कोइरालाको पनि सहभागिता देखिएन । ......... यति ठूलो घटनामा महामन्त्रीले गएर यो के हुँदैछ भनेर सोध्नु पनि पर्छ । वाकओभर दिनु हुँदैन थियो । ....... ठूला दलको हैसियतले राष्ट्रपति र प्रधानमन्त्रीमा दाबी गर्नुपर्छ भन्ने कुरा स्वाभाविक थियो । ठूलो दल भएर प्रधानमन्त्रीको दावा नै गरेन भने जनतामा कस्तो असर पर्छ ? ........ काम चाहिँ एउटा पक्षलाई दिने र अर्को पक्षलाई रमिते बनाउने ? अर्को पक्षका पदाधिकारी सभापतिले गरेको कामको रमिता हेर्न निर्वाचित भएका हुन् ? उहाँहरुको दायित्व रमिता हेर्ने हो ? ......... महामन्त्री कारिन्दा होइन, नेता हो । महामन्त्री संस्था पनि हो । ...... मैले महामन्त्रीलाई महामन्त्री हो भन्ने आभास दिलाउनुस् है भनेर पटक पटक भनेको छु । ........ निराशाको बादल छाएको छ । कार्यकर्ता आक्रोशित छन् । पार्टीका साथीहरुलाई पीडा छ । ........ उहाँले सभापति पद छोड्नुपर्छ । ....... उहाँले संसदीय दल पनि छोड्नुपर्छ । यो घटनालाई देखाएर उहाँले सम्मानजक रुपमा अवकास लिनुपर्छ । ...... उहाँको नेतृत्वमा पार्टी पाँच वर्षमा थप नाजुक हुन्छ ।


हिमपातले अमेरिकामा मच्चायो विनाश, गभर्नर भन्छन्, ‘युद्धजस्तो स्थिति छ’