Wednesday, August 26, 2015

प्रचण्डले नबुझेको कि बुझ पचाएको?

पहिलो संविधान सभा को चुनाव मा जनताले प्रचंड लाई मैंडेट दिए। प्रचंड ले त्यों मैंडेट पुरा गरेनन। दोस्रो चुनाव मा स्थायी सरकार को तर्फ बाट धाँधली पनि भयो। प्रचंड ले चुनाव हारे। प्रचंड ले चुनाव हारेको हो। अंतरिम संविधान ले चुनाव हारेको होइन। २००६ अप्रिल क्रांति ले चुनाव हारेको होइन। मधेसी क्रान्ति ले चुनाव हारेको होइन। नेपालको इतिहासमा भएको त्यही दुई वटा त क्रान्ति हुन। र ती दुबै क्रांति का उपलब्धि अंतरिम संविधान मा दरो किसिमले लेखिइ सकेका छन। तर त्यो अंतरिम संविधान को पार्ट पुर्जा पांग्रा औजार पाती झिक्ने काम भइ राखेको छ र त्यसमा प्रचंड ले खुल्लमखुल्ला साथ दिराखेका छन। अंतरिम संविधान मटियामेट गर्न चाहने प्रतिक्रांतिकारी हरु हुन, र प्रचंड ले तिनलाई साथ दिराखेका छन।

संविधान सभा भित्र का सबै मधेसी जनजाति दलित सभासद ले सामुहिक राजीनामा दिने हो भने यस संविधान सभा को नैतिक धरातल समाप्त हुन्छ। त्यस्तो गर्ने धम्की मात्र ले संविधान सभा लाई राइट (right) ट्रैक मा ल्याउने काम गर्छ। माओवादी पार्टी ले संविधान सभा छोड्ने धम्की दिने हो भने देश राइट (right) ट्रैक मा आउने संभावना अझै छ। केपी ओली २००६ अप्रिल क्रान्ति को विपक्ष मा उभिएको मान्छे। उसले नचाहँदा नचाहँदै भएको क्रांति त्यो। त्यो केपी ओली लाई प्रधान मंत्री बनाउन प्रचंड लाई हतार भएको छ। संविधान यही नै हो, यो संविधान ले नागरिकता, संघीयता, समावेशीता बारे जे भनेको छ मस्यौदा मा, त्यही नै पास गर्छन भने हामी झापा लान्छौं, देश तोड़छौं। आफ्नो चुनाव क्षेत्र नै नभएको मान्छे लाई प्रचंड निवास को प्रधान मंत्री बनाए हुन्छ।

 भने पछि What motivates Prachanda?

प्रचंड ले आफु लाई जति प्रगतिशील भन्छन त्यति प्रगतिशील छैनन्। जनजाति दलित मधेसी ले आफु लाई नेता मानिरहेसम्म मात्र दमजम को एजेंडा लाई lip service दिने। तर वास्तव मा प्रचंड को हृदय मा दमजम का लागि ठाउँ छैन। बाहुन चरित्र को मान्छे उ। केपी ओली ले पनि गैर कानुनी व्हिप जारी गर्यो, प्रचण्डले पनि गर्यो।

प्रचंड लाई लोभ छ। "कार्यगत एकता" को लोभ छ। पहिलो संविधान सभा मा पनि एमाले का दुई दुई जना लाई प्रधान मंत्री बनाए (बहुदल आए पछि गिरिजा ले चन्द र सुबथा लाई त्यसरी नै प्र म बनाएका) --- माओवादी पार्टी अध्यक्ष ले आफ्नो पार्टी को जड़ो काटे। जनताले हेरिरहेको हुन्छ। प्रचंड को नेता एमाले हो भने हामी प्रचंड को पछि किन लाग्ने, हामी एमाले को पछि लाग्ने भन्ने हुन्छ। आखिर दुइ टै को वर्गीय बेस एउटै हो। प्रचंड ले आफ्नो पार्टी लाई ८० मा ल्याए, अब ८० बाट ८ मा लान जीतोड़ प्रयास गर्दैछन्। एमाले डॉनतंत्र मा चलेको एउटा सिद्धांतविहीन पार्टी हो। माओवादी सखाप पार्न पाए एक्लै बहुमत ल्याउन सकिन्छ कि भन्ने सोंच भएको पार्टी हो। प्रचंड ले आफ्नो जिंदगी कै सबैभन्दा ठुलो भुल गर्दैछन्।

यो आत्म समर्पण बाहेक केही होइन।

प्रचण्डले नबुझेको कि बुझ पचाएको?

देश यदि टुट्दैन भने मधेसी जनजाति को संयुक्त क्रांति ले हो नटुट्ने।




संयमित भएर संविधानसभामा प्रस्तुत हुन प्रचण्डको सभासदलाई निर्देशन

थारु, आदिवासी, जनजाति, मधेसी, अल्पसङ्ख्यक, महिला र दलितको अधिकारलाई नयाँ संविधानमा स्थापित गर्न पार्टीले हरसम्भव प्रयत्न गरेको भन्दै अध्यक्ष दाहालले जनमत आफूहरूको पक्षमा नभएकाले सम्झौताको संविधान बनाउन बाध्य हुनुपरेको बताएका थिए ।

...... सभासद् गणेशमान पुनका अनुसार जायज र तर्कसङ्गत विषयमा संशोधन गर्ने ठाउँ अझै पनि रहेकाले सोहीअनुसार अगाडि बढिने भएकाले पार्टीको सल्लाह र आदेशलाई पनि शिरोपर गर्न बैठकले सभासद्लाई निर्देश गरेको छ । बैठकमा बुधबारदेखि सुरु हुने संविधानसभाको बैठकमा खेल्नुपर्ने भूमिकाको विषयमा वरिष्ठ नेता डा बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले स्पष्ट पारेका थिए ।
सीमांकन संशोधन नभए प्रक्रियाबाट बाहिरिनेः गच्छदार
अहिलेको सात प्रदेशले जनताको सम्बोधन पुरा गर्न सक्दैन .... पश्चिमका पहाडी जिल्ला र दुर्गम जिल्लालाई नेपालकै अंगको रुपमा समेट्न सकेपनि तराई मधेसलाई यो सीमांकनले समेट्न सक्दैन भनेका छन्। थारू र मधेसी आदिवासीको माग सम्बोधन गर्नका लागि आफूले अघि सारेको ८ प्रदेशको खाका उपयुक्त भएको .....

अघिल्लो संविधानसभामा कमल थापा र सिटौला संविधानसभामा हुनु हुदैनथ्यो।

..... पहिलो संविधानसभामा गणतन्त्रको प्रस्ताव सिटौलाले होइन दुई करोड ५० लाख जनताको तर्फबाट पेश भएको हो। चार जना नेताले कोठामा तयार पारेको होइन। ...... जुन अन्तरिम संविधान बदलियो र संघियताको कुरा आदीवासी र मधेको आन्दोलनले स्थापित गरेको थियो। त्यो विषय आज पनि हामीले सम्बोधन गर्न सकिरहेका छैनौ। ...... पछिल्लो दिनमा ठूला दलका ठूला नेताले ठूलो छाति देखाउन सकेनन्। ...... कुनै सिद्धान्त र मान्यता विपरित ८ प्रदेशबाट ६ हुँदै सातमा जाने कार्य गरेको ......

खोजिएन भने यो प्रक्रियाबाट र संविधानसभाबाट बाहिर जान्छु।

परासीमा गोली चल्दा दुई घाइते
घरभित्र बसेकी महिलालाई पनि लाग्यो गोली
गोली लागी सनई गाविस पडरीका ४० बर्षिय बिहड धोबी र ४६ वर्षिया मुना कलवार घाइते भएका हुन् । ..... पूर्वरक्षा राज्यमनत्री रामबच्चन यादवले प्रहरीले निशेधित क्षेत्रमा नपुग्दै गोली चलाएको आरोप लगाएका छन् भने प्रमुख जिल्ला अधिकारी हरि प्रसादमैनालीले प्रहरीमाथि ढुंगामुडा गरेपछि प्रतिकारमा फायर खोलिएको बताएका छन् । घरभित्र बसेकी महिलालाई हवाई फायर गर्दा गोली लागेको पनि उनले बताए ।


रौतहटमा २१ प्रहरी युनिट खाली गराइयो
आन्दोलनकारीबाट असुरक्षित महशुश भएपछि नेपाल प्रहरीले सदरमुकाम बाहिरका २० युनिटलाई खाली गरेर त्यहाँका सुरक्षाकर्मीलाई नजिकको ईलाका प्रहरी कार्यालयमा सारेको छ । सशस्त्र प्रहरी बलले पनि आफ्नो एउटा बेसलाई खाली गरेको छ । ..... स्थानीयले मंगलबार राति मठियाको प्रहरी चौकीमा आगजनीको प्रयास गरेपछि सुरक्षा निकायले सतर्कता अपनाएको हो । प्रहरीको गोली लागी मठिया गाविस-६ का राजकिशोर ठाकुरको मंगलबार अपरान्ह मृत्यु भएपछि आक्रोशित स्थानियले प्रहरी चौकीमा आक्रमण र आगजीको प्रयास गरेका थिए । एसपी प्रद्युम्न कार्कीले आगजानीबाट चौकीको भान्सा घर जलेको बताए । ...... चेतनगरबाट चौकी रित्तिएपछि त्यहाँका स्थानिय रातभर त्रासमा परेका छन् । प्रमुख जिल्ला मदन भुजेलले केही समयका लागि सानो युनिटलाई एकिकृत गरी ईलाकालाई बलियो बनाइएको बताए । उनले वातावरण सहज भएपछि खाली गराइएका स्थानमा प्रहरी पठाईने जानकारी दिए । ...... बिहान काग्रेस र एमाले लगाएकातका नेताहरु ईलाका प्रहरी चन्द्रनिगाहपुर पुगी चेतनगरमा सुरक्षाकर्मि राखी दिन माग गरेका थिए
घाईते प्रहरी कोहलपुरमा रातभर भोकै
टिकापुरमा सोमबार थरुहट आन्दोलनले हिंसात्मक रुप लिएपछिको झडपमा घाईते भई उपचारार्थ कोहलपुर शिक्षण अस्पताल ल्याईएका सशस्त्र र नेपाल प्रहरीका जवानहरुले रातभर भोकै–प्यासै बस्नुपरेको गुनासो गरेका छन् । ..... एम्बुलेन्स र प्रहरी भ्यानबाट १६ घाईतेलाई सोमबार राति ८ बजे अस्पताल ल्याइएको थियो । आफूहरुको हेरचाह गर्ने कुरुवा र प्रहरी सहयोगी नहुँदा डाक्टरले लेखिदिएको औषधी किनिदिने समेत कोही नभएको घाईते प्रहरी रामचन्द्र जोशीले बताए ।

‘एम्बुलेन्समा ल्याएर बेबारिसे छाडियो,’ जोशीले भने, ‘पानी समेत पाईएन ।’

..... ‘दिउँसो २ बजे घाईते भएका हौं । रातभर भोकै–प्यासै हु्ँदा पनि हाम्रो संगठनले पनि हेरेन,’ एक घाईतेले भने, ‘घाईते भएकोभन्दा धेरै दु:ख त्यसमा लागेको छ ।’ ..... घाईतेहरुको अवस्था अनुगमन गर्न गएको राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले घाईतेहरु रातभर भोकै रहेकोबारे मध्यपश्चिम डिआईजी केशव अधिकारीलाई फोन गरेर सोधेका थिए । त्यसपछि मात्र घाईतेले बिस्कुट र पानी पाएको बताएका छन् ।
रौतहटमा सेना परिचालन
स्थिति तनावग्रस्त भएपछि स्थानीय प्रशासनले कफ्र्यु हटाएर दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गरेको हो । .... गौर नगरपालिका क्षेत्र र गौर–चन्द्रनिगाहपुर (चन्द्रपुर नगरपालिका) सम्मको ४२ किमी सडक खण्डको दाँयाबाँया १ किमीसम्मको क्षेत्रलाई दंगाग्रस्त क्षेत्र तोकिएको छ । ‘यस क्षेत्र भित्र पाँच जना भन्दा बढी जम्मा हुन, सभा सम्मेलन गर्न, पर्चा पम्फलेट टाँस गर्न पाइदैंन्,’ उनले भने, ‘त्यसो गरे सार्वजनिक अपराध ऐनअन्तर्गत बिना पक्राउ पुर्जीको नजरबन्दमा लिन सकिने र जुनसुकै बेला गोली हान्न सकिनेछ ।’ ..... सोमवार प्रदर्शनकारी र प्रहरीबीच भएको झडपले स्थिति तनावग्रस्त भइ दोहोरो झडपमा हुँदा कम्तीमा ३५ जना घाइते भएका छन् । झडपको क्रममा प्रदर्शनकारीहरुले कतिपय सरकारी कार्यालयमा तोडफोड गर्दै एम्बुलेन्स र प्रहरी बिट जलाएका थिए ।
वार्तामा बस्नुको औचित्य सकियोः अध्यक्ष महतो
अधिकार प्राप्तिका लागि जनताले नोक्सानी सहनु पर्छ
विगतमा सम्झौता लागू गर्नु पर्दछ र सोहीअनुरुप संविधान बन्नु पर्ने माग राख्दै अध्यक्ष महतोले भने, 'त्यो सम्झौता पूरा नभएसम्म वार्तामा बस्नुपर्ने आवश्यकता छैन ।'
जोखिममा देश

लाग्छ, नेताहरुले नयाँ नेपालको संविधान जनताको उत्साह र उमंगका बीचमा होइन, कफ्र्यु र निषेधाज्ञाबीच जारी गर्ने छन् ।

...... संविधानसभाका सदस्य तथा प्रतिष्ठित नेतागण मस्यौदा समितिले प्रस्तुत गरेको संविधान विधेयकमाथि ‘गम्भीर’ छलफलको तयारीमा रहेका बेला पुरै देश आन्दोलित भएको छ । कोशीदेखि कैलालीसम्मका जनता संघीय राज्यको सीमांकनप्रति आफ्नो आक्रोश प्रकट गर्दैछन् । आन्दोलनमा हिंसाको प्रवेश भएको छ । देशका विभिन्न भागमा सुरक्षाकर्मीले आन्दोलनकारीका भाला, तरवार र बन्चरोजस्ता स्थानीय हतियारका विरुद्ध अश्रुग्यास र गोलीको प्रयोग गरेका छन् । आन्दोलनकारी र सुरक्षाकर्मी दुवै पक्षका होनहार नागरिकले ज्यान गुमाएका छन् । दर्जनौं घाइते भएका छन् । कर्प्mयु लागेको छ । राजमार्गहरू बन्द छन् । जनजीवन अस्तव्यस्त भएको छ । सरकार सेना परिचालनसम्म गर्ने मनोदशामा देखिएको छ । ...... एक ठाउँमा शान्ति स्थापना हुँदानहुँदै अर्को ठाउँमा आन्दोलन सुरु भइसकेको हुन्छ ।

पूर्वदेखि पश्चिमसम्म र हिमालदेखि मधेससम्म जनता उद्वेलित छन् ।

...... शासकीय वृत्तमा बसेका निर्णयकर्ताहरूले स्थितिको गाम्भीर्य बुझ्न चाहेका छैनन् । उनीहरू पुरानै, पञ्चायतकालीन शैली दोहोर्‍याउँदै आन्दोलनमा विभाजनकारी शक्तिको घुसपैठ भएको बताउँदैछन् । सोमबार मध्यान्हदेखि नै सामाजिक सञ्जालहरूमा आन्दोलनलाई नेपाली अखण्डता विरुद्धको षडयन्त्र भन्दै केही नेताप्रति लक्षित पर्चाबाजी सुरु भइसकेको थियो ।

जनताका असन्तुष्टि व्यक्त हुने हरेक आन्दोलनलाई राष्ट्रियता विरुद्ध षडयन्त्रको जामा पहिराउनु कमजोर सरकारहरूको अमोघ अस्त्र हो । यो अस्त्रको प्रयोग पटक—पटक हुँदै आएको छ ।

........ कोशीका जनताको आन्दोलनभन्दा कुन हिसाबले पृथक् थियो कर्णालीका जनताको आन्दोलन ? ..... पहिलो संविधानसभाको निर्वाचनपछि त जनता राजनीतिक प्रक्रियाबाट पन्छिएर लगभग निरपेक्ष अवस्थामा पुगेका छन् । भुइँचालोले ल्याएको विपत्तिपछि जनतामा यस्तो निरपेक्षता उदासीनताको हदसम्मै बढेको छ । देशका नेतागणले जनताको मनोदशा बुझ्ने आवश्यकता देखेका छैनन् । उनीहरूले जनताको उदासीनतालाई मौन समर्थन ठानेका छन् । विधि र व्यवस्थाका नाममा जनताका आकांक्षा नै नबुझी हुने—नहुने मनपरी निर्णय गरेका छन् । सत्तापक्षका हुन् वा प्रतिपक्षका, नेताहरूले लोकतन्त्रलाई चुनाव र सत्ताभन्दा बढी सोचेका छैनन््् ।

लोकतन्त्रमा चुनाव जित्नु भनेको जे गरे पनि हुने लाइसेन्स पाउनु जस्तै हो भन्ने रुढीले उनीहरूलाई नराम्रोसँग गाँजेको छ ।

.......... यता नेताहरू संविधान जारी गर्ने नयाँ–नयाँ तारिख तोक्दैछन्, उता देश आन्दोलन र हिंसाको दावानलमा सल्किन थालेको छ ।

मधेस, पहाड र राजधानी कतै पनि शान्ति र व्यवस्था छैन ।

........ कुनै पनि देशको राष्ट्रियता भनेको ती देशका सार्वभौम जनता हुन् । जब जनताले चुनेका प्रतिनिधिहरूबाटै सार्वभौम शक्तिको निरादर हुन थाल्छ, तब राष्ट्रियता क्षतिग्रस्त हुनथाल्छ । .......... यस्तो पनि देशको मूल कानुनका रूपमा स्थापित हुने राष्ट्रिय दस्तावेज हुन्छ, जसमा कसैले चित्त बुझाउने ठाउँ नै रहँदैन ? ..... ६ प्रदेशको निर्माण नै सन्तुलित नभएकोमा जनतामा आक्रोश थियो । सात प्रदेश बनाउने नेतागणको निर्णय झनै असन्तुलित भयो । ......

कांग्रेस र एमालेकुलीन वर्गको कव्जामा परेको दशकौं भइसक्यो । आफूलाई परिवर्तनकारी शक्तिका रूपमा प्रस्तुत गर्ने एकीकृत माओवादी पनि खुला राजनीतिमा आएको एक दशक बित्दा—नबित्दै नवकुलीन वर्गको प्रतिनिधि पात्रका रूपमा रूपान्तरित भइसकेको छ ।

..... दलहरूले सहर–बजारमा खुल्दै गएका ठूला किराना पसलको रूप लिएका छन् । राजनीति चन्दा र गुन्डाको धन्दामा अलमलिएको छ । न विवेक जोगिएको छ, नत स्वाभिमान । राजनीतिको यो बजारमा मूल्य पद्धतिको कुनै औकात छैन । परम्पराको सीमित घेराबाट बाहिर निस्किएर विकासका लागि जनताको नेतृत्व गर्ने सामथ्र्य कुनै नेतामा देखिएको छैन । .......

हाम्रा नेताहरूमा गणतन्त्रको स्थापनापछि राजतन्त्रको उत्तराधिकार आफूमा सरेको चिन्तन स्पष्ट देखिन्छ । त्यो उत्तराधिकारको दुईृवटा स्पष्ट संकेत देखिएका छन्– पहिलो सत्ताप्रतिको असामान्य लगाव र अर्को जनताप्रति निरन्तर अविश्वास ।

..... विभिन्न चरणहरूमा भएका आन्दोलनको बलमा जनताको हातमा आएको राजनीति एक दशकमा नै कुलीनतन्त्रको कव्जामा परिसकेको छ । .... राष्ट्रिय स्वाधीनताका नाममा थारु र मधेसीसँग विभेद गरिएको छ, लिम्बु र चेपाङलाई अलग्याइएको छ । ......

संविधानमा रहनुपर्ने प्रबल तत्त्वहरूको अत्तोपत्तो छैन ।

... दलित र महिलासँगको विभेद, नागरिकता, प्रेस र अभिव्यक्तिको स्वतन्त्रताको स्थिति संविधानमा स्पष्ट लेखिएका छैनन् । .... संविधानसभाको दुई तिहाइ मतले संविधान पारित गर्ने सम्भावना खुम्चिँदै जाने सम्भावना पनि उत्तिकै देखिएको छ । .....

देश यतिबेला साँच्चै जोखिममा छ ।

जहाँ पायो त्यहीँ दङ्गा क्षेत्र घोषणा गर्ने, गोली ठोक्ने ? : अशोक राई
विधेयकको अन्तिम मस्यौदामाथिको छलफल सुरु–फोरमद्वारा बहिष्कार
यो नेपालको संविधान २०७२ को अन्तिम मस्यौदा हो । .... मस्यौदा समितिले तयार पारेको मस्यौदालाई संविधानसभाको पूर्ण बैठकमा छलफलका लागि यही भदौ ६ गते संविधानसभामा टेबल गरी सभासद्को अध्ययनका लागि तीन दिनको समय प्रदान गरिएको थियो । उक्त मस्यौदामा ३०२ धारा, ३७ भाग र ९ अनुसूची रहेका छन् । ..... मस्यौदामाथिको छलफल बिहान ८ देखि बेलुका ७ बजेसम्म दैनिक ११ घन्टा चल्ने जानकारी संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दिनुभयो । यो क्रम कम्तीमा तीन दिनसम्म चल्नेछ । छलफलमा बोल्ने सभासद्लाई पाँच मिनेटको समय निर्धारण गरिएको छ । संविधानसभामा हाल ५९८ सभासद्ले प्रतिनिधित्व गर्दै आउनुभएको छ । ......

अशोक राईले एकतात्मक राज्य प्रणालीलाई सङ्घीयताको ट्याग झुन्ड्याउने काम भएकाले ...... “संविधान राम्रो र हाम्रो बनाउनुपर्छ । मस्यौदामा समेटिएको राष्ट्रिय गान, भाषा, न्याय प्रणाली, सङ्घीयता र स्थानीय निकायको पक्षलाई हेर्दा सङ्घीयताको आत्मा फेला पार्न सकिने अवस्था छैन । जहाँ पायो त्यहीँ दङ्गा क्षेत्र घोषणा गर्ने, गोली ठोक्ने काम भएको छ ।”

टिकापुरको घटनामा सरकार दोषीः उपेन्द्र यादव
‘भाषण गर्दैमा कसैले हतियार उठाउँदैन’
उपेन्द्र यादवले

टिकापुरको घटना सरकारले सुनियोजित रुपमा गराएको

आरोप लगाएका छन् । ..... सिरहा, सर्लाही, रौतहट, रूपन्देहीको भैरहवा, बाँके लगायत देशका विभिन्न जिल्लाहरूमा राज्यपक्षले कायरतापूर्ण प्रहरी दमन गरी अराजनीतिक गतिविधि गरेबाट सिङ्गो देश स्तव्ध भएको ...... सरकारद्वारा एकातिर अखण्ड सुदुरपश्चिम मध्यपश्चिम जस्ता मागहरूलाई सम्वोधन गर्ने र अर्को तिर बिगतमा भएका सम्पूर्ण सम्झौताहरू तथा नेपालको अन्तरिम संविधान, २०६३ को भावना विपरीत मागलाई वेवास्ता गरेको ...... देशको आन्तरिक द्वन्द्वमा सेना परिचालन गर्नु नेपालको अन्तरिम संविधान, २०६३ को भावना र मर्म विवरीत भएको दावी गर्दै सेना परिचालन निर्णय फिर्ता लिन पनि माग गरेको छ ।


प्रहरी हत्यामा संलग्न शंकास्पद दशजना पक्राउ
पक्राउ पर्नेहरुमा जोशिपुर–४ बस्ने ३५ बर्षीय सुन्दरलाल चौधरी, ५५ बर्षीय खड्का बहादुर चौधरी, मधेसी जनअधिकार लोकतान्त्रिक फोरमको क्षेत्रीय अध्यक्ष ४४ बर्षीय राम प्रसाद चौधरी, दरख–६ नारायणपुर बस्ने १७ बर्षीय राम जनम चौधरी, मनुवा–१ बस्ने २० बर्षीय राम कुमार खठरीया, २७ बर्षीय सन्दरलाल कठरिया, २० बर्षीय दिल बहादुर चौधरी, २४ बर्षीय राजकुमार कठरिया मनुवा–४ बस्ने २२ बर्षीय हरि नारायण चौधरी, भजनि–५ बस्ने ४१ बर्षीय प्रेम बहादुर चौधरी रहेका छन्। ..... प्रदर्शनका क्रममा सोमबार प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दार श्याम बहादुर खड्का र प्रहरी जवान लोकेन्द्र बहादुर चन्द तथा सशस्त्र बरिष्ठ हवल्दार ललित सावद र सशस्त्र हवल्दार रामबिहारी थारुको हत्या गरिएको थियो।

No comments: