Tuesday, August 25, 2015

कैलाली का चार लाख थारु अपराधी होइनन्

दंगा को संभावना लाई मध्यनजर राखेर सुरक्षा कर्मी खटाइनु एउटा कुरा हो। तर त्यो केही दिनमा साम्य भइसक्ने स्थिति हो। सात जनाको मृत्यु को कुरा छ। २०,००० को भीड़ थियो। १७ अथवा २७ भन्दा बढ़ी ले गरेको हुन सक्दैन। ५-७ जनाले मात्र गरेको हुन सक्छ। एउटा सानो समुह को काम हो।

कैलाली का चार लाख थारु अपराधी होइनन्। राजनीतिक समाधान खोजेर तराई बंद को समाधान एक हप्ता अगाडि खोजिसकेको हुनुपर्ने सरकार ले टीकापुर घटना को नैतिक जिम्मेवारी लिनुपर्छ। बामदेव गौतम ले गृह मंत्री भएको ले राजीनामा गर्नु पर्छ। लोकतंत्र को संस्कार त्यसरी निर्माण हुन्छ। भारत मा रेल दुर्घटना हुँदा रेल मंत्री ले राजीनामा गर्छ।

घटना को छानबीन हुनुपर्छ। सकिन्छ भने अपराधी पत्ता लगाएर कारवाही गर्नु पर्छ। तर यसलाई माओबादी गृह युद्ध फर्केको किसिमले लिन मिल्दैन। त्यस गृह युद्ध ताका सुरक्षा कर्मीले ५,००० थारु मारेका थिए। स्वायत्त थरुहट प्रदेश को जायज माग को विरुद्ध सेना परिचालन गर्न मिल्दैन। त्यस बाटोमा गए यस चरीघैंटे गठबंधन सरकारले सारा मधेस मा जवाफ दिनु पर्ने छ।

हामी थारु सँग in solidarity छौं। स्वायत्त थरुहट प्रदेश को जायज माग हामी सबै को माग हो। यो आंदोलन को एक मात्र संभव गंतव्य विजय हो।



घैंटे प्रकरणमा बोले गगन थापा
मेरो कृयाकलाप कहिल्यै पनि कुनै पनि अपराधीलाई राजनीतिक संरक्षण दिनेमा थिएन, छैन र हुदैन । ...... जसरी सामाजिक कुरिति र छुवाछुतमा संलग्नलाइ पार्टी सदस्यता नदिने प्रावधान राखेजस्तै अपराधमा संलग्नलाइ पनि पार्टी सदस्यता दिनुहुदैन भन्ने मान्यता समेत राखेको थिए । ...... चरी र घैटे जन्माउन रहुर्काउनुमा हाम्रो राजनीति र यसमा संलग्नहरूको कुनै न कुनै रुपमा दोष भएकोलेम पनि आफूलाई यसकै हिस्सा ठान्छु र नैतिक रुपमा आफूलाई पनि जिम्मेवार ठान्दछु । ...... आज एउटा घटनावाट मेरो राजनीतिक आस्था, मेरो जीवनशैली, मेरा मुल्य मान्यता र मेरो विश्वास माथि गम्भिर प्रश्नउठाउने प्रयास गरिएको छ। ..... मेरो कुनै पनि अपराधमासंलग्न व्यक्तिसंग कुनै पनि कालखण्डमा अनैतिक र अस्वभाविक सम्बन्ध रहेको, कुनैपनि अपराधमा संलग्नलाइ मैले राजनीतिक संरक्षण दिएको, कुनै खालको गैह्रकानूनी काममा मेरो संलग्नता रहेको छ भन्ने कसैले प्रमाणित गर्छ भने त्यहि क्षण म यो राजनीतिक\सामाजिक जीवन नै छाड्न तयार छु । ...... मेरो कुरा प्रष्ट छ, घैटेहरूजस्तो वाट समाजलाइ मुक्त राख्नुपर्छ । घैटे र चरी बन्न र बनाउने कुरामा संलग्नता हुने,प्रोत्साहन गर्ने जोसुकै होस उ पनिकानूनको कठघरामा उभिनै पर्छ । यदिकुनै राजनीतिज्ञको उसंग संलग्नता छ र कुने गैरकानूनी कानमा संलग्न छ भने त्यो सहित प्रत्येक कुराको छानविनहुनुपर्छ, मेरो पनि हुनुपर्छ । सवै कुरा आम नागरिकको वीचमा आउनुपर्छ । अव यो विषय उठिसकेको छप्रत्येक कुरा टुङ्गोमा पुगोस । ............. त्यहि क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद भिमसेनदास प्रधान र स्थानीय जनतालेजे भनिरहनुभएको छ त्यस्तो हो भने त्यो अत्यन्त गम्भिर विषय हो । हो म त्यहिचासोले सत्य तथ्य बुझ्न अरु कोहिसंग होइन उनै भिमसेनदास प्रधानसंग राष्ट्रिय मानव अधिकार आयोग(NHRC) गएको थिए । यो घटनाको पृष्ठभुमिमा आयोग पनि जोडिएको,आयोगमा सुरक्षा मागेर निवेदन दिएको केहि दिनमा घटना घटेको भन्ने कुरासार्वजनिक भएको अवस्थामा न्याय माग्न होइन सत्य तथ्य बुझ्न

आयोग गएको हुं ।

१ बर्ष अगाडि दिनेश अधिकारी ‘चरी’ मारिदा होसवा युद्धको वेलामा दोरम्बामा विद्रोही मारिदा होस, शान्तिप्रकृया पछि शक्तिखोरमा लगेर रामहरी श्रेष्ठको हत्या हुदा होस वा हिरासतमा शिव पौडेलको हत्या हुँदा, डेकेन्द्र थापाको मुद्दामा होस वा नन्दप्रसाद अधिकारी लगायतद्वन्द्व पिडितको न्यायको लडाईमा, कानून विपरित भएका घटनामा प्रत्येक पटक मेरोचासो रहदै आएको छ र सार्वजनिक गर्दै पनि आएको छु । ......... ‘त्योइन्काउन्टर होइन, गैह्रन्यायीक हत्या हो । मृतक कुमार श्रेष्ठले राष्ट्रियमानव अधिकार आयोग(NHRC) मा जीवन रक्षाको लागि निवेदन दिएका थिए ।

NHRC ले प्रहरीलाई सोध्यो’ के तपाईहरू उसलाई खोजिराख्नु भएको छ? श्रावण २७ गतेप्रहरीले उत्तर पठायो ‘कुमार श्रेष्ठलाई हामीले खोजिराखेका छैनौं ।’

........... २७ गतेहामीले खोजेका छैनौ भनेर NHRC लाई जवाफ पठाउने प्रहरीले भाद्र ७ गते प्रहरीले भने; हामीले काठमाडौंको मस्ट वान्टेड सुचिमा रहेको गुण्डा नाइकेलाई इन्काउन्टरमा मार्‍यौं ।’ ....... कतै हामी गैह्रन्यायीक हत्याको डरलाग्दो अराजकतातर्फ त जादैछैनौं? यो कुराको सत्य तथ्य बुझ्ने निकाय NHRC मात्र थियो । NHRC संग सत्यतथ्य नबुझिकन म कुनै धारणा बनाउन चहान्नथिएँ र त्यसकोलागि NHRC को अध्यक्षसंग प्रत्यक्ष भेटेर मात्र बुझ्न सकिन्छ भनेर आयोगले जानकारी गराएपछी भिमसेन सर संग म आफै गएको हुं । ....... हामीसंगको भेटमा NHRC का अध्यक्षले माथिभिमसेन सरले भनेको जस्तै कुरा हामीलाई वताउनुभयो । यसको वास्तविकता जनताले थाहा पाउने कि नपाउने? ..... ’अपराधिक कृयाकलापमा संलग्न व्यक्तिलाई दल र नेताहरूले संरक्षण गर्छन, उनीहरूका कर्तुत ढाकछोप गर्छन र कारवाही गर्न दिदैनन, राजनीतिकसंरक्षणमा उनीहरू छुट्छन र जनतालाई दुःख दिन्छन । त्यसैले कारवाहीमा पुग्नप्रहरी वाध्य हुन्छ ।’ भन्ने नाममा हामी कानून विपरितका कार्य गर्न प्रहरीलाईप्रोत्साहन गर्ने? कि त्यस्ता राजनीतिज्ञ र त्यस्तो प्रवृत्तिलाई रोक्न संयन्त्र वनाउने? कानून बनाउने त्यसको प्रयोग गर्ने कि कानून सानुन जे सुकै होस हामीलाई परिणाम चाहियो भन्ने ? मेरो विचारमा हाम्रो यस्तो दोहोरो मापदण्ड सरासर गलत हो । गलत मात्र होइन, एउटा संक्रमणमा रहेको लोकतन्त्रको लागि डरलाग्दो रोग हो । समाजमा घैटे, चरीजस्ता अपराधी छन र यीनको हत्या गर्दा आममान्छे खुशी हुन्छन भन्ने कुरालाई आधार भनाएर नियोजित ढङ्गले हत्या भएको होभने त यो झन डरलाग्दो विषय हो । ........ समाजको यही मनोविज्ञान वुझेर प्रहरी संगठनभित्र लोकप्रियताका लागिगैह्रन्यायीक हत्याको शुरुवात भएको हो भने कुनै पनि सभ्य समाजले यसलाई स्वीकार्न सक्दैन र गर्नु हुँदैन । ...... गैह्रन्यायीक हत्या प्राय अपराधिक चरित्र भएका मानिएका व्यक्तिहरुप्रति लक्षित हुने गर्दछ । हाम्रो जस्तो सामाजिक परिवेश तथा संस्कारमा जहाँ न्यायीक प्रकृया प्रति जनताको विश्वास कम छ र प्रकृया भन्दा परिणामलाई महत्व दिइन्छ त्यहाँ यस्ता कार्यलाई सराहना गरिन्छ । ...... कानूनी प्रकृया विनाको भिजिलान्ते न्यायलाई समर्थन र प्रोत्साहन गर्नुकमजोर समाजिक चेतना मात्र हो । आधुनिक सभ्य समाजमा यस्तो भिजिलान्ते न्यायलेस्थान र प्रोत्साहन पाउनु हुदैन भन्ने म ठान्दछु । अलोकप्रिय हुने डरले यस्ता गैह्रन्यायीक हत्यामा मौन रहनु जनताप्रतिको विश्वासघात हो ।
टीकापुर प्रकरणः खाली भए थारु गाउँहरु
शंकास्पद गतिविधी गरेको देख्नासाथ सेनाले गोली हान्न सक्ने सन्देश हावासरी फैलिएसपछी टिकापुर र त्यस आसपासका थारु गाउँहरु खालि भएका छन् । ..... उमेर भएका हरु घर छाडेर भारतीय सिमानामा गएर बसेका छन् भने, वृद्ध,वृद्धा र वालबालीकाहरु त्रसित मुद्रामा समय विताउन बाध्य भएको ..... प्रशासनले अहिले टिकापुरमा अनिश्चतकालीन कफ्र्यु लगाइएको छ ..... थारुहरुका गाउँ पुरै खाली भएको छ । हिजो आन्दोलन भड्किएको टिकापुरको पशुहाट बजार र दुर्गौलीको दुर्गौली बजारका

अधिकांश घरमा ढोका लागेका छन् ।

उनिहरु कफ्र्यु तोडेर आन्दोलन आन्दोलन गर्ने भन्दा पनी कसरी बाँच्ने भन्नेतिर लागेको बताइएको छ । टिकापुर घटनाको चौतर्फि विरोध भएपछि थरुहट संघर्ष समितीले सो घटना दुःखदायी भएको बताएको छ ।
आन्दोलनको राजनीतिक समाधान खोज्नुपर्ने एमाओवादीको निश्कर्ष
वैद्य माअ‍ोवादी सेना परिचालनको विक्षमा
एकीकृत माओवादीले कैलालीको टीकापुरमा लगायतका आन्दोलनको राजनीतिक समाधान खोज्नुपर्ने निश्कर्ष निकालेको छ । ..... मंगलवार विहान प्रचण्ड निवास लाजिम्पाटमा बसेको वैठकले थारु, मधेशी, मगर लगायतका समुदायको माग सम्बोधन गर्नुपर्ने निश्कर्ष पनि निकालेको छ । ...... हाल विभिन्न ठाँउमा उठेका आन्दोलनको राजनीतिक समाधान खोज्नुपर्छ, सेना परिचालन गर्न हुँदैन, यसले विषयलाई थप उत्तेजित बनाउँन सक्छ ।’ ...... ‘थारु, मधेशी, मगर लगायतका समुदायको माग सम्बोधन गर्नुपर्छ ।’ ...... प्रचण्डले विज्ञप्तीमा जनताको जाय माग सम्बोधन गर्नुको विकल्प नरहेको बताएका छन् । ‘संविधान निर्माणको ऐतिहासिक कार्यभार अन्तिम चरणमा पुगेको बेला कतिपय समुदायका भावनाहरु अझै समेटिएका छैनन् । त्यसका लागि जनतामा चिन्ता र पीडा देखा पर्नु स्वभाविक हो ’ विज्ञप्तीमा छ,

‘जनताका जायज चिन्ता र मागलाई सम्बोधन गरेर नै यस प्रकारका दुःखद् घटनालाई रोक्न सकिन्छ ।

......... ‘शान्तिपूर्ण रुपमा भएका जनविरोध र जनप्रदर्शनजस्ता कार्यक्रमबाट समेत उत्तेजित भई कैलाली लगायतका जिल्लाहरूलाई दङ्गाग्रस्त क्षेत्र घोषित गरी कर्फयु लगाउने र ती ठाउँहरूमा सेना परिचालन गर्ने निर्देशन दिइएको छ । यो जनअधिकारलाई कुल्चने तथा जनतामाथि दमन अभियान चलाउने निर्लज्ज तानाशाही कदम हो र हामी यसको तीव्र भण्डाफोर तथा भत्र्सना गर्दछौं । ’ विज्ञप्तीमा छ, ‘यो राजनीतिक समस्या हो । तसर्थ, सेना परिचालन होइन, संविधानसभा–२ मार्फत संविधान बनाउने प्रक्रियालाई तुरुन्त रोकी संविधानसभाभित्र तथा बाहिरका राजनीतिक दल र सम्बन्धित सबै सरोकारवाला आन्दोलनरत शक्तिहरूसित अविलम्ब संवाद थाल्न तथा संवादबाटै समस्याको राजनीतिक समाधान खोज्नका लागि हाम्रो पार्टी सरकार र सम्बन्धित सबै राजनीतिक दलहरूसित विशेष अनुरोध तथा आह्वान गर्दछ ।’

No comments: