जनता मर्दा मात्र दिमाग चल्ने नेता हरु

१७,००० मानिस मरे पछि बल्ल काँग्रेस र एमाले ले संविधान सभा मा जान मानेको। जब कि काँग्रेस ले २००७ मा नै हो संविधान सभा भनेको। एमाले ले २०४७ मैं भनेको।

भुकम्प मा ९,००० मानिस मरे पछि बल्ल सात प्रदेश भनेको काँग्रेस एमाले र १० प्रदेश भनेको म्याओवादी ले ८ प्रदेश मा सहमति गरेको। त्यो भन्दा मुर्ख कुरा अर्को हुन सक्दैन। संघीयता को सिद्धांत मा संख्या बिलकुल गौण कुरा हो।

अब त्यसै रक्तपिपासु जमात ले मान्छे नमरे सम्म सीमांकन र मस्यौदा सच्याउने काम गर्दैन। पर्याप्त संख्या कति हो? कति मान्छे मर्नु पर्यो?

जनता मर्दा मात्र दिमाग चल्ने नेता हरु। नवराजा हरु। नेपालका ड्रैकुला नेता हरु।

लोकतंत्र भनेको जनता को आवाज र आफ्नो स्व विवेक र व्यापक तर्क वितर्क का आधारमा नेता हरु को दिमाग चल्ने व्यवस्था हो। नेपाल मा अहिले लोकतंत्र छैन।

गिरिजा ले मधेसी क्रांति लाई सम्बोधन गरे जस्तै सुशील ले कर्णाली क्रांति लाई सम्बोधन गर्नु पर्ने भो। स्वायत्त कर्णाली प्रदेश को घोषणा गर्नु पर्ने भो।

कर्णाली मा विकास पुर्याउन नसकेको काठमाण्डु सरकार सँग कर्णाली मा कर्फ्यु लगाउने ताकत छैन।



संविधान निर्माणमा जनताको आवाज by वर्षमान पुन

कर्णाली, थारुवान, मगरात, कोचिला, अवध क्षेत्रमा आन्दोलन छ ।

...... दोस्रो प्रवृत्तिको रूपमा ‘चार राजनीतिक दल र त्यसका प्रमुख नेताले जे गर्छन्, त्यही अन्तिम सत्य हो, जनताका आवाज गौण हुन्, हामीले सुन्नु पर्दैन, मस्यौदा जे आएको छ, त्यसभन्दा दायाँ—बायाँ गर्न सकिँदैन’ भन्ने देखिएको छ । यसले पनि जनताको आवाज सुन्नै हुँदैन, आफूले जे बोल्यो, त्यही नै सत्य हो भन्ने ठान्छ । ..... तेस्रो प्रवृत्ति पनि छ । जसले जनताको आवाज पनि सुन्नुपर्छ, तर संविधान जारी गर्ने कुरामा चाहिँ सम्झौता गर्न सकिँदैन भन्छ । संविधान बनाउने गरी जनताको आवाज सुन्नुपर्ने उसको भनाइ हुन्छ । ..... जनताको आवाज सुन्न नसक्नु वा नचाहनु भनेको अधिनायकवादी प्रवृत्ति हो । यस्तो प्रवृत्तिले जनमुखी संविधान बन्दैन । बने पनि जनताले अपनत्व महसुस गर्दैनन् । त्यस्तो संविधान द्वन्द्वको बीउ बन्नेछ । ......

जनताको आवाज सुन्दै संविधान बनाउने प्रवृत्ति रोज्नु अहिलेको बुद्धिमानी हो । जनताको सहभागिता र सुझावमा संविधान बनाउनुपर्छ भन्ने जनयुद्ध, जनआन्दोलन, मधेस, जनजाति र विभिन्न आन्दोलनले उठाएको माग हो ।

...... जस्तो कि नागरिकताको प्रावधानमा समस्या देखिएको छ, जहाँ लैंगिक असमानता राख्दै महिलालाई अझै पनि दोस्रो दर्जाको नागरिक बनाइएको छ । त्यसलाई परिमार्जन गर्नुपर्छ । सरकारी कामकाजको भाषा बहुभाषिक हुनुपर्छ भन्ने आम जनताको माग, विश्वास र अपेक्षा हो । त्यो सम्बोधन हुनैपर्छ । दलित, विपन्न, महिला र मुस्लिमको लागि समानुपातिक र समावेशीसहित विशेष अधिकारको अझै स्पष्ट व्यवस्था गरिनुपर्छ । यी कुराका अतिरिक्त

सबैभन्दा महत्त्वपूर्ण प्रदेशहरूको निर्माण र सीमांकनकै कुरा हो ।

पहिचानका पाँच र सामथ्र्यका चार आधारहरूमा प्रदेश बनाउने मस्यौदामै स्वीकार गरिएको छ । तर सीमांकन गर्दा पहिचानलाई आधार बनाइएन, सामथ्र्य पनि हेरिएन । पहिचान मूलत: उत्पीडित जाति/समुदायगत, भाषिक र क्षेत्रगत मुद्दासँग सम्बन्धित हुन् । एक प्रतिशतभन्दा माथि जनसंख्या भएका उत्पीडित जाति/समुदाय, भाषिक समुदाय र क्षेत्रगत समुदायलाई आधार बनाउँदा ११ देखि १३ प्रदेश हुनुपर्ने हो, जो भएन । ........... मूल रूपमा स्वीकारिएको सिद्धान्तमा शीर्ष नेतृत्व बसेन । १६ बुँदे सम्झौतामा आठ प्रदेश निर्माण गर्ने भनियो । आठ प्रदेशमा धेरै विषयहरू समेटिन सक्थे । तर नेतृत्व पंक्ति जब ६ प्रदेशको संरचनामा गयो, त्यहाँ एक प्रतिशतभन्दा माथि जनसंख्या भएका जाति/समुदाय वा भाषिक समुदायलाई संयुक्त रूपमा राख्ने सिद्धान्त अपनाइयो । अहिले ६ प्रदेशको सीमांकनको क्रममा जहाँ–जहाँ त्यो सिद्धान्त अवलम्बन गरिएको छ, ती ठाउँमा समस्या देखिएको छैन । ....... ताम्सालिङ र नेवा: क्षेत्र एक प्रदेशमा राखिए, त्यहाँ असन्तुष्टि छैन । पर्सादेखि सप्तरीसम्म मैथिली र भोजपुरी भाषिक समुदायको मूलत: मधेसी पहिचानअनुरूप प्रदेश बनाइँदा त्यहाँ धेरै प्रतिक्रिया उठेको छैन ।

तमुवान र मगरातलाई अलग राख्दा दुई प्रदेश र संयुक्त पहिचान राख्दा संयुक्त प्रदेश हुन्छ भन्ने थियो ।

राज्य पुनर्संरचना आयोग, विगतका सहमति, एमाओवादीले गर्दै आएको अभ्यास र कांग्रेस–एमालेको नौ बुँदे सहमतिअनुसार सीमांकन गर्दा तमुवान र मगरात एकै ठाउँमा थिए । तर आज मगरातको सघन बाहुल्य भएको बाग्लुङ, म्याग्दी, तनहुँ जिल्ला एकातिर अरू अर्कोतिर हुँदा समस्या देखिएको छ ।

हिजो संयुक्त रूपमा राख्ने भनिएको थारुवान र अवधलाई टुक्रा–टुक्रा पारेर पहाडतिर जोडिएको छ, त्यसले असन्तुष्टि ल्याएको छ ।

उत्पीडित कर्णाली क्षेत्रलाई स्वायत्तता स्वीकार्नुपथ्र्यो भन्ने त्यहाँको भावना थियो, त्यो नहुँदा अहिले आन्दोलन चर्किरहेको छ । .......... मगरात–तमुवानलाई अलग—अलग पहिचान दिन नसके पनि संयुक्त रूपमा राखेर प्रदेश बनाउनुपर्छ । कर्णालीमा विशेष स्वायत्तताको व्यवस्था गरिनुपर्छ । सकेसम्म भेरी र कर्णालीलाई राखेर उत्पीडित क्षेत्रको प्रदेश बनाइनुपर्छ ।

दाङदेखि कञ्चपुरसम्मको थारु बाहुल्य क्षेत्र एकै ठाउँमा रहनेगरी सीमांकनमा परिमार्जन गरिनुपर्छ ।

....... कपिलवस्तु, नवलपरासी र रूपन्देहीलाई थारुवानमै राखेर वा त्यो हुन नसके विशेष स्वायत्त क्षेत्रमार्फत अवधीहरूको भावनालाई सम्बोधन गर्नैपर्छ । ...... शीर्ष तहका नेताहरूले यहाँ छान्नुपर्ने भएको छ– तपाईंहरू शान्ति, समृद्धि र स्थायित्वको पक्षमा वा व्यक्तिगत सुविधा र स्वार्थको पक्षमा ?
सीमांकन मिलाउनै पर्छ : गच्छदार
थारू आन्दोलनप्रति मेरो नैतिक समर्थन छ। कैलाली र कञ्चनपुरका थारूप्रति राज्यले संवेदनशील भएर सोच्नैपर्छ। पूर्वमा पनि कोचिला प्रदेश बन्नुपर्छ भन्ने आवाजलाई कदर गर्छु। ...... थारू समुदायको पहिचान मेटिने गरी सीमांकन भयो भनेको छु। राज्यले यो समुदायलाई न्याय दिन सकेन। तैपनि देशमा संविधान जारी होस् भन्ने बृहत् आकांक्षामा धक्का नपुगोस् भन्ने चाहनाले मैले ६ घण्टापछि सही गरें। मैले आज हस्ताक्षर गरिनँ भने आजसम्म मैले खेलेको भूमिका ओझेलमा पर्नेछ। ....... यो सीमांकन जस्ताको तस्तै रहन सक्दैन, नमिलाईकन हँुदैन। अहिले पनि ८ प्रदेश नै उपयुक्त संख्या थियो भन्ने मेरो अडान हो। हेर्नुस्, आठ प्रदेश भएको भए अहिलेको तनाव सिर्जना हुँदैनथ्यो। ...... सीमांकनमै मिलाउनुपर्छ। जिल्लाहरू तोड्नै हुँदैन भन्ने सोच पनि यहाँ छ। यसमा म सहमत छैन। ७५ जिल्ला अरू नै व्यवस्थाले बनाएको हो। हामीले पुनर्विचार गर्नै हुन्न भन्ने सोच राख्नुहुन्न। जिल्ला तोडदा समाधान हुन्छ भने त्यो पनि गर्नुपर्छ। ..... थारूको आन्दोलनप्रति मधेसले सहानुभूति र समर्थन राखेर अनिश्चितकालीन आन्दोलन अघि बढाएको हो भने, त्यसले थारूलाई न्याय दिन्छ भने म खुसी हुन्छु।
अपडेट :: सप्तरीमा कर्फ्यू आदेश जारी
भारदहमा प्रदर्शनकारी माथि गोली प्रहार, एकको मृत्यु
४ को अवस्था चिन्ताजनक
प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले स्थिति नियन्त्रणभन्दा बाहिर गएकोले थप क्षती हुन नदिन कर्फ्यू आदेश जारी गरिएको जानकारी दिए । उनको अनुसार अाज दिउँसो ४ बजे देखि भोली बिहान ५ बजेसम्मका उक्त अादेश जारी गरिएकाे हाे । ..... प्रहरीको गोली लागि भारदह–१ का राजिव राउतको मृत्यु भएको छ ।

उनलाई छातीमै गोली लागेको थियो ।

अन्य गोली लागि घाइते भएका सुरेन्द्र मण्डल, गोपाल मण्डल, देवनारण विश्वास, अपक साहको अवस्था चिन्ताजनक छ । ...... प्रहरीले सुरुमा रबरको गोली प्रहार गरेको थियो । जसबाट एक दर्जन घाइते भएका छन् । ........ संयुक्त मधेसी मोर्चाले आव्हान गरेको मधेस बन्दको क्रममा मंगलबार बिहान सप्तरीको भारदहमा प्रहरी र आन्दोलकारी बिच झडप हुँदा दर्जनौं घाइते भएका छन् । भारदहमा स्थित

पूर्व–पश्चिम राजमार्ग अवरोध गरेर प्रदर्शन गरिरहेका आन्दोलनकारीलाई प्रहरीले हटाउन खोज्दा झडप भएको हो ।

झडप पछि प्रहरीले १७ राउन्ड हवाई फायर गर्नुका साथै ३२ सेल अश्रुग्याँस प्रहार गरेको छ । .......... सोमबार मध्यरातमा राजमार्गमा रोकी राखिएको २०० भन्दा बढी मालवाहक ट्रक तथा सवारी साधनका लागि बाटो सुचारु गराउन प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले राती बाटो खुलाउने क्रममा अत्याधिक बल प्रयोग गरेको तथा स्थानिय व्यापारीहरूलाई कुटपिट गरेका भन्दै बिहानै देखि आन्दोलनकारीहरू प्रदर्शनमा उत्रिएका हुन् । ..... प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेर प्रदर्शनलाई नियन्त्रणमा लिन खोजे पनि दुई पक्ष बिच ढुंगा हानाहान भइरहेको छ । .......... प्रदर्शनको क्रममा घाइते भएका मध्ये

संघिय समाजवादी फोरमका जिल्ला अध्यक्ष दिनेश यादव, केन्द्रिय सदस्य शैलेन्द्रप्रसाद साहको अवस्था चिन्ताजनक छ ।

अपडेट :: जुम्लामा कर्फ्यु जारी, अवेज्ञाको प्रयास
१० प्रहरी र ५ आन्दोलकारी घाइते

गाउँका प्रहरी चौकी खाली

कर्फ्यूको अवेज्ञा गर्न खोज्ने आन्दोलनकारी र प्रहरीबीच ठाउँ गाउँमा झडप भइरहेको छ । झडपमा परि १५ जना घाइते भएका छन् । झडपमा परि १० जना प्रहरी र ५ जना आन्दोलनकारी घाइते भएका हुन् । कर्फ्यु उल्लघंन गरेका आन्दोलनकारीसँग भएको झडपमा

डिएसपी रामभक्त शर्मा घाइते भएका छन् ।

..... जुम्लामा लगातार ३ दिन देखि कर्फ्यू लागेको छ ।

कर्फ्यू लागे लगत्तैबाट कर्फ्यू तोड्ने प्रयास भइरहेको छ ।

कार्तिकस्वामीबाट आएका आन्दोलनकारीहरुले कर्फ्यू ताड्न खोज्दा प्रहरीले ५ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा २ जना महिला घाइते भएका छन् भने २ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै, आन्दोलनकारी र प्रहरीबीच महत गाउँमा झडप हुँदा ३ जना घाइते भएका छन् । ........ संघीय संरचनामा कर्णालीलाई सुदुरपश्मिमसँग गाभिएको र विशेष अधिकार सहितको कर्णाली स्वायत्त प्रदशेको माग गर्दै थालिएको कर्णाली आन्दोलनको दशैं दिन आज पनि जुम्लामा कर्फ्यु जारी छ । ......

आन्दोलनकारीहरुले दिनहुँ कर्फ्यु तोड्नेदेखि हुलदंगा गर्ने र सरकारी भौतिक संरचनामा आगजनी गर्ने कार्य गरिरहेकोले कर्फ्यु फिर्ता लिन नसकिने प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलले जानकारी दिएका छन् ।

..... आन्दोलनकारी र प्रहरी प्रशासनका विचमा मिडिएटरको भूमिका निर्वाह गरि आन्दोलनलाई शान्तिपूर्ण बनाउनको लागि नागरिक समाजलाई आग्रह गरेका छन् । .....

यता गाउँमा प्रहरी चौकी घेर्नेदेखि साईनबोर्ड फ्याक्नेसम्मको कार्य भएपछि गाउँमा रहेका प्रहरी चाकी खाली हुँदै आएका छन् ।

..... प्राय: सबै चौकीहरुबाट जनशक्ति सदरमुकाम आइसकेको प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायव उपरीक्षक विष्णुहरी कोइरालाले गाउँमा प्रहरीलाई बस्न नदिएपछि सदरमुकाम आएको बताए । ...... उनले भने, 'गाउँका प्रहरीलाई दैनिक घेर्नेदेखि तोडफोड गर्ने गरिएपछि सदरमुकाम बोलाइएको छ ।

गाउँका प्रहरीले चौकीमा बसेर गोली हान्नु कि सदरमुकाम आएर बस्नु बाहेकको विकल्प छैन ।'

..... सदरमुकाम क्षेत्रमा आन्दोलनकारीले तनाव सृजना गरिरहेको र सुरक्षा व्यवस्था कडाईका लागि पनि सुरक्षाकर्मीलाई सदरमुकाममा झिकाइएको कोइरालालले बताए । सदरमुकाम क्षेत्रमा गाउँका चौकी खालि गरेर प्रहरी खटाइएपछि गाउँमा असुरक्षा बढ्ने देखिएको छ । ...... यसैबीच बिहान कर्फ्यु खुलेको समयमा आन्दोलनकारीले नाराजुलुस गरेका छन् । जुम्ला बसपार्क क्षेत्रमा सामान्य झडप भएपनि कोही घाइते भएका छैनन् ।

जिल्लाको लाम्रा र हाँकु गाविसमा रहेका सम्पूर्ण सरकारी कार्यालयका साईनबोड उप्काइसकेका छन् । बिहान त्यहाँका आन्दोलनकारीले इलाका प्रहरी चौकी हाँकुमा समेत तोडफोड गरेर साइनबोर्ड निकालेर फ्याकेका छन् ।

Comments