सम्पन्न हुन चाहिने भनेको राजनीतिक शक्ति हो

सयौं वर्ष अगाडि कर्णाली सम्पन्न हुनु, आज विपन्न हुनु ----- सम्पन्न हुन चाहिने भनेको राजनीतिक शक्ति हो भन्ने कुराको प्रमाण हो। मधेसी र जनजाति ले संघीयता र स्वायत्तता र समावेशीता नपाए सम्म गरीब नै रहने छन। गरीब छन, गरीबी कायम रहनेछ।

एमाले का कार्यकर्ता: दिउँसो ठेकेदार, राति माफिया
स्वायत्त कर्णाली प्रदेश ले कति पैसा पाऊँछ?
प्रस्तावित तीन नंबर प्रदेश धनी किन छ?
१६ बुँदे ल्याइनु को प्रमुख कारण
१०० डिग्री फ्यारेनहाइट
संघीयता मा बजेट बाडफाड़: ३३-३३-३४: केन्द्र प्रदेश स्थानीय
सही संविधान ले आर्थिक क्रांति गर्ने हो



कर्णाली त्यसै आक्रोसित बनेको होइन
अहिले छुट्टै प्रदेश माग गरेर आन्दोलनमा ओर्लिएको

कर्णाली कुनै बेला ठूलो साम्राज्यको राजधानी थियो।

..... खस साम्राज्यको राजधानी सिंजा उपत्यकामा थियो। जुन अहिले जुम्लामा पर्छ। कर्णाली स्वायत्त प्रदेश नै चाहिने भनेर माग उठेका छन्। आन्दोलन भएको छ। त्यो आन्दोलन नियन्त्रणमा लिन राज्यको प्रशासनलाई हम्मे हम्मे परेको छ। ....... दुईसय वर्षभन्दा पहिले नेपाल एकीकरणको क्रममा सिंजा राज्यलाई हराउन गोर्खालाई यस्तै हम्मे परेको थियो। त्यही बेलादेखि दबिएको इगो अहिले आएर कर्णालीमा विष्फोट भएको जस्तो लाग्छ। ...... सिंजा उपत्यकामा राजधानी भएको खस राज्यले निकै शक्तिशाली थियो। १२ औँ शताब्दीदेखि यो राज्यले आफ्नो साम्राज्य विस्तार गर्न लाग्यो। र १५औँ शताब्दीसम्म कायम रह्यो। ....... त्यतिबेला, पूर्वमा नुवाकोट, उत्तरपूर्वमा तिब्बतको जोङ्खा, पश्चिममा कुमाउ गढवाल र जालन्धरसम्म पनि थियो भन्ने प्रमाणहरू फेला परेका छन्। पश्चिम उत्तर तिर तिब्बत र गुगे र पुराङ् इलाकामा पनि खसराज्यको विस्तार भएको थियो। दक्षिणमा पश्चिम तराईको कपिलवस्तु इलाकासम्म प्रभाव थियो। र भारतको बोधगयासम्म पनि राज्य विस्तारका लागि आक्रमण गर्न पुगेको थियो भन्ने इतिहास छ। ....... नुवाकोटसम्म फैलिएको यो साम्राज्यले काठमाडौं उपत्यकालाई समेत बेलाबेलामा आक्रमण गर्न कोशिस गरेको थियो। उ काठमाडौंमा कर उठाउन समेत सफल थियो। ...... ईसाको १५औँ शताब्दीसम्म यसरी साम्राज्य विस्तार गरेको

यो राज्य निकै शक्तिशाली र सम्पन्न थियो।

सवा लाख पर्वतमालाले युक्त विशाल राज्य भनेर यसका शासकहरू गर्व गर्थे। खस भाषाको उत्पत्ति यहीँ भएको थियो। ....... त्यो बेला खस भाषालाई खस कुरा भनिन्थ्यो। पहाडतर्फका बाहुन क्षेत्रीका धेरै जसो पूर्खाहरुपनि यहीँबाट देशभरि फैलिएका हुन् भन्ने विश्वास गरिन्छ। .... तिब्बती भाषामा खसलाई खाचे र त्यहाँका शासकलाई याचे भनिन्थ्यो। त्यसै हुनाले खस साम्राज्यलाई याचे भनिन्थ्यो। यहाँका महाराजाहरुले आफूलाई खस देशाधिराज भन्ने गर्थे। त्यो भनेको, खस देशको महाराज हो। ..... खस जातीहरू नै यहाँका शासक थिए। यो ठाउँमा बोन, बौद्ध र हिन्दु तीनै धर्मको प्रभाव थियो। खस साम्राज्य यस्तो विविध संस्कृतिले सम्पन्न थियो। खस याचे राजाहरू मस्टो (बोन)र बौद्ध धर्म मान्थे। त्यसबेला, हिन्दुस्तानका धेरै राज्यहरुलाई मुस्लीम राजाहरूले आक्रमण गरी राज्य विस्तार गर्दै थिए। खस राज्य मात्र एउटा शक्तिशाली थियो जसले मुस्लिम शासकसँग एक्लै लड्ने सामार्थ्य राख्थ्यो। त्यो लडाइँ खासगरी बुद्ध धर्मको संरक्षणको लागि थियो। ...... १५औँ शताब्दी पछि खस साम्राज्य विखण्डन हुँदै गयो। यो साम्राज्य चोइटिदै गएर सुदूरपश्चिममा बाइसे र पश्चिममा चौविसे राज्यहरू बने। खस राज्यको अवसानपछि यसको राजधानीको सीमा वरपरको क्षेत्रसम्म फैलिएको एउटा बलियो जुम्ला राज्य बन्यो। ...... बाइसी मध्ये यो राज्य निकै शक्तिशाली र सम्पन्न थियो। डोटी राज्य पनि त्यो बेलाको शक्तिशाली राज्य थियो। जुम्ला र डोटीबीचमा चर्को प्रतिस्पर्धा पनि भैरहन्थ्यो। डोटीलाई साथ लिएर जुम्लाको विरुद्ध पर्वत मुस्ताङले पूर्वतिरबाट लड्थे। ....... त्यहाँका राजाहरुलाई शाह वा शाही ठकुरीको रूपमा सम्बोधन गरिन्थ्यो। यो राज्यलाई तिब्बतको भने समर्थन प्राप्त थियो। दलाई लामाले मुस्ताङलाई सिंजामाथि आक्रमण नगर्न भनेको थियो भन्ने इतिहासमा पढ्न पाइन्छ। धर्म फरक हुँदाहुँदै पनि तिब्बतसँग जुम्ली राजाको सम्बन्ध महत्वपूर्ण मानिन्छ। ...... पृथ्वीनारायण शाहले राज्य विस्तार र नेपाल एकीकरणको अभियान थाले।

पहिले खस साम्राज्यमै पर्थ्यो गोर्खा।

पछि बनेको गोर्खा राज्यका राजा थिए शाह। ........ उनी मरेपछि उनका माइला छोरा राजकुमार बहादुर शाहले पश्चिमका बाइसे चौविसे राज्यलाई नेपालमा मिलाउन निकै मेहनत गरे। त्यसबेला उनले राज्यहरुलाई आश्रित बनाउने नीति अपनाएका थिए। तर जुम्ला बलियो भएको हुनाले मुस्ताङ र अरु राज्य जस्तो आश्रित हुन चाहेन। ...... बहादुर शाहलाई जुम्ला जित्न निकै हम्मे पर्‍यो। डोटी, बझाङ, सल्यान आदिको सहयोग जुटाएर सुदूर पश्चिमतर्फ बहादुर शाहले राज्य विस्तार गरेका थिए। तर जुम्लासँग भने घमासान युद्व गर्नुपरेको थियो। यो लडाइँ वर्षदिन भन्दा बढी चलेको चलेको थियो भन्ने इतिहास छ। यो लडाईमा धेरै रक्तपात भयो। ...... विक्रमसंवत १८४६ मा वरिपरिका राज्यहरुलाई हात लिएर जुम्लामाथि आक्रमण गरेका थिए। यसमा मुस्ताङ पनि जुम्लाको विरुद्ध लडेको थियो। ..... जुम्लाका अन्तिम राजा सुभान शाही युद्वमा हारेपछि पनि आत्मसमर्पण गर्न तयार थिएनन्। बरू उनी भागेर तिब्बत पुगे। उनलाई तिब्बतको समर्थन प्राप्त भएकोले पछिसम्म पनि गोर्खालाई तिब्बतसँग मिलाएर फेरि राज्य गर्न आउँछ कि भन्ने उनीसँग डर थियो। ......

आक्रमणमा जितेपछि पनि गोर्खा राज्यले जुम्लीहरुलाई नियन्त्रणमा लिन निकै कठिन परेको थियो। त्यसैले त्यहाँ पठाउन निकै क्रुर अधिकारी छानिन्थ्यो।

....... जुम्लीलाई दबाउने अनेक हतकण्ठा अपनाइएको थियो। सामान्ति युगमा त्यस्तो स्वभाविक भएता पनि निकै कठोर शासन गोर्खाले जुम्लामा कायम गरेका थिए। ....... राणाहरुकालमा पनि कर्णालीमा पठाउने अलिक शक्तिशाली र कडा प्रसाशक नै हुन्थे। यसरी दबाइएको हुनाले पछिसम्म ‘गोर्खे’ आए भने चौतारामै गाउँलेले दुध दहि ल्याएर टक्राउने गर्थे भन्ने सुन्न पाइन्छ। यसले पछि सम्मै कर्णालीबासीलाई गोर्खा शासनले निकै दबाबमा राखेको थियो भन्ने देखिन्छ। ........ खस याचे मल्ल शासकका समयदेखि जुम्ला राज्य बनेसम्म

यति सम्पन्न साम्राज्य र राज्यको इतिहास भएको कर्णाली प्रदेशलाई आधुनिक नेपालराज्यले भने दबाब बाहेक खासै उद्दार गर्ने नीति लिएन। बरू यस ठाउँलाई अभावग्रस्त ठाउँ बनाइदियो।

पछि आएर राजा महेन्द्रले पश्चिमतिरका ठकुरीहरूसँग दरबारको साइनो गासेर र पञ्चायतमार्फत सामाग्री पठाएर सम्बन्ध सुधार गर्ने चेष्टा गरेका थिए। तर त्यो त्यति प्रभावकारी पनि भएन निरन्तरता पनि पाएन। .........

त्यति गौरवपूर्ण र सम्पन्नताको इतिहास बोकेको कर्णाली प्रदेशलाई यथार्थमा नेपाल राज्यले दमन र वेवास्ता बाहेक खासै केही गरेको देखिँदैन। पछि भएका लोकतान्त्रिक परिवर्तनले पनि कर्णाली क्षेत्रमा खासै उल्लेखनीय सुधार ल्याएनन्।

अब, अहिले चारदलले गरेको प्रदेश निर्माणको सीमाकंन पछि कर्णालीबासीमा देखिएको त्यस्तै ऐतिहासिक युग देखिको अभाव र अवहेलनाको रोशको कारण पनि हुन सक्छ। यो आक्रोश त्यसै आएको चाहिँ अवश्य होइन।
नेपाल सरकारसँग मिलेर कोशी समस्या समाधान गर्छौं: मोदी
गोलघरमा थुन्न अमरेशको गृहमन्त्रीलाई चुनौति
गृहमन्त्री समेत उपस्थित संसदको राज्यव्यवस्था समितिको बैठकमा मंगलबार उनले, ‘गृहमन्त्रालयले सक्छ भने यस्तो देश बिखण्डन गर्नुपर्छ भनेर बोल्ने सभासदलाई जेलमा हालोस्। जेल पनि अरु होइन गोलघरमा हालोस्।' ..... बैठकमा सभासद सिंहले धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै तत्कालै समितिका अर्का सदस्य मानप्रसाद खत्रीले आपत्ति जनाएका थिए। एमाले सभासद खत्रीले अब सुदूरपश्चिममा गएर विखण्डनको भाषण गर्ने र साम्प्रदायिक दंगा भड्काउन खोज्नेलाई प्रशासनले कारबाही नगर्ने भएकाले जनताकै तहबाट कारबाही गर्ने चेतावनी समेत दिएका थिए। .... सिंहलाई लक्षित गर्दै खत्रीले भने, ‘अब त्यस्ता मान्छे सुदूरपश्चिम गएर बिखण्डनका धम्की दिए भने प्रशासनलाई भन्दैनौं, राज्यसँग गुहार माग्दनौं, हामी जनताको बल प्रयोग गरेर लखेट्छौं।’
केही सांसदहरुले जातियता र साम्प्रदायिकता भड्काउन खोजेको गृहमन्त्रीको दाबी
हिजो नेकपा-माओवादी लगायत ३३ दलको आव्हानमा भएको बन्दले सामान्य असर परेको र केही व्यक्तिहरु पक्राउ परे पनि सोधपूछ गरी छाडिएको बताए। ..... त्यसैगरी, जुम्लामा पनि आठ दिनदेखि निरन्तर जारी आन्दोलनमा हिजो जिल्लास्थित सरकारी कार्यलयहरुमा तोडफोड भएपछि सामान्य बल प्रयोग गरिएको उनले सदनमा जानकारी गराए। हिजो बेलुकादेखि कर्फ्यू जारी गर्नुपर्दा जुम्लाको स्थिति तनावपूर्ण रहेको उनले जानकारी दिए। ...... मुगुमा पनि स्थानीयहरुको एक समूहले जिल्ला स्वास्थ्य कार्यलय बन्द गराउन खोजेको गृहमन्त्री गौतमले जानकारी दिए। ...... सुर्खेतमा २५ गते भएको घटनामा निधन भएका व्यक्तिका आफन्तलाई प्रतिव्यक्ति १० लाखका दरले उपलब्ध गराई घाइतेको उपचार गराएको उनले संसदलाई बताए।


सप्तरी गोलीकाण्डबारे सदनमा जवाफ दिन गृहमन्त्रीलाई रुलिङ
सभासद् गंगाप्रसाद यादवले राज्यले दमनको नीति लिएकाले त्यसलाई त्यागेर मृतक राजीव राउतलाई सहिद घोषणा गर्न माग गरेका थिए। यस्तै सद्भावनाका लक्ष्मणलाल कर्णले प्रमुख चार दलका शीर्ष चार नेताले देशमा आगो लगाउने काम गरेको बताए। ..... ‘चार नेताको ठेकेदारीले देशमा आगो लागिरहेको छ। ठाउँ ठाउँमा जनता मरेका छन्। सप्तरीबासीले के अपराध गरेका छन्, शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गोली प्रहार गरेको छ। प्रहरीलाई शान्तिपूर्ण प्रशर्दनमा गोली प्रहार गर्ने अधिकार कसले दिएको छ। १२ जना घाइते भएका छन्', कर्णले भने।
लुम्बिनी प्रदेशको माग राख्दै परासीमा शान्ति र्‍याली
लुम्बिनी अञ्चलका छ जिल्लालाई समावेश गरी लुम्बिनी प्रदेश कायम हुनुपर्ने माग राख्दै आज नवलपरासीमा बृहत शान्ति र्‍याली प्रदर्शन गरिएको छ । ...... अखण्ड नवलपरासीको मागसहित लुम्बिनी अञ्चलका जिल्लालाई समाबेश गरी लुम्बिनी प्रदेश कायम हुनुपर्ने माग राख्दै परासीमा बृहत शान्ति र्‍याली प्रदर्शन गरी शान्तिसभा गरिएको हो। ..... शान्ति र्‍यालीको अगुवाई पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले गरेका थिए। परासीको बाईपासरोडबाट सुरुभएको र्‍याली नगरका विभिन्न भाग परिक्रमा गरी आँखा अस्पताल अगाडि शान्तिसभामा परिणत भएको थियो । ...... सभामा बोल्ने वक्ताले हालको छ प्रदेशको संरचनामा नवलपरासी जिल्लालाई खण्डित गरिएकोप्रति आक्रोश व्यक्त गर्दै अखण्ड नवलपरासी र लुम्बिनी प्रदेश कायम नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताएका थिए।
बन्दका कारण उपत्यकासहित देशभरकै जनजीवन प्रभावित
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसहित विजयकुमार गच्छदारबाहेक अन्य मधेसवादी दल र जनजातिले गरेको बन्दले बिहानैदेखि मुलुकभरको जनजीवन प्रभावित भएको हो। ...... यसैबीच प्रहरीले राजधानीको सुरक्षाव्यवस्था अत्यान्त कडा पारेको छ। ...... बन्द गराउँदै हिँडेका संघीय समाजवादी फोरम नेपालका सह-अध्यक्षसहित ६ दर्जन नेता कार्यकर्तालाई प्रहरीले राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको छ। ...... तराईका जिल्लाहरुमा भने दोहोरो बन्द परेको छ । थरूहट तराई संघर्ष समितिले एक सातादेखि लगातार बन्द गर्दै आएको छ। लगातारको बन्दले थारु बाहुल्यता रहेको कैलाली, बाँके, बर्दिया, नवलपरासी, सुनसरी लगायतको जनजीवन कष्टकर बनेको छ। .......

बन्दका कारण सवारी साधन, बजार तथा उद्योगधन्दा बन्द छन्। लामो तथा छोटो दूरीका कुनै पनि सवारी चलेका छैनन्।

..... बनेपा, धुलिखेल, पाँचखाल, भकुन्डे, पनौतीलगायत क्षेत्रमा यातायातका साधन नचलेको त था बजार/पसल पनि बन्द भएको ..... सङ्घीय समाजवादी फोरम नेपाल, स्भावना पार्टी, तराई–मधेस लोकतान्त्रिक पार्टी र नेकपा–माओवादीलगायत विभिन्न दलका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउँमा बसी सडक बन्द गराएका छन् । ....... बन्दका कारण राजविराजबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् भने कलकारखाना, उद्योग, बजार पसल, शिक्षण संस्थासमेत बन्द छन्।
अनिश्चितकालीन बन्दले पूर्वको जनजीवन कष्टकर
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट मोर्चाको अनिश्चितकालीन बन्दका कारण पूर्वाञ्चलको जनजीवन कष्टकर बन्दै गइरहेको छ। ........ सार्वजनिक यातायातका साधन लगातार चार दिनदेखि ठप्प भएपछि अलपत्र अवस्थामा रहेका यात्रुलाई आफ्नो गन्तव्यमा पुग्न पैदल हिँड्न वा महँगो रिक्सा भाडा तिर्न बाध्य छन्। ....... विराटनगरका सडकमा रिक्सा र छिटफुटरुपमा मोटरसाइकल गुडिरहेको देखिन्छ । विराटनगरबाट २५ किलोमिटरको दूरीमा रहेको इटहरीसम्मको भाडा रु ७०० सम्म रिक्सा चालकले असुल्ने गरेका छन्। ...... बन्दका कारण भारतबाट पर्याप्त मात्रामा विराटनगर बजारमा तरकारी नभित्रिदा तरकारीको मूल्य ह्वात्तै बढेको छ। ..... बन्दको प्रभाव सरकारी कार्यालयमा पनि परेको छ । सार्वजनिक यातायातका साधन नचलेपछि सेवाग्राही व्यक्तिगत कामलिएर कार्यालय पुग्न नपाउँदा सधैँ चहलपहल रहने कार्यालयका परिसर यतिखेर सुनसान देखिन्छ।
विवाद चर्केपछि फोरम लोकतान्त्रिकको बैठक अन्याैलमा
फोरम लोकतान्त्रिकका सचिव चन्द्रेश्वर शर्मा खत्वे

Comments