Tuesday, August 18, 2015

अमरेश गोलघर होइन बामे हेग पुग्छ

आज नेपाली पुलिस के गोली से भारदह १ निबासी राजिव राउत का मृत्यु हुआ है । इलाका प्रहरी कार्यालय से तकरीबन १०० मीटर दूर रहे प्रदर्शनकारियों पर पुलिस नें अन्धाधुन गोली चलाया जिस में दर्जनों लोग घायल भी हुए । घायलों में सुरेन्द्र मण्डल, देवनारायण विश्वास का अवस्था गम्भीर है । विराटनगर के गोल्डेन हॉस्पिटल में उन घायलों का इलाज चल रहा है ।

मृतक राजीव राउत के परिवार नें लास बुझनें से इनकार कर दिया है ।

आन्दोलन का आयोजन में सहभागी किसी भी नेताओं नें अब तक किसी भी प्रकार के रिस्पोन्स नलेने से परिवारजन दुखित है । आन्दोलन आयोजकों से विनम्र आग्र है, कि शीघ्र ही परिवारजन से मिले औऱ आवश्यक जिम्मेदारी को निभाएं । (१ भादो २०७२, मंगलवार)


मधेशीमाथि गोली चलाउन नमानेका तीन प्रहरीलाई हिरासतमा राखी यातना
मंगलबार विहान सप्तरीको भारदहमा प्रर्दशनकारीहरुमाथि गोली चलाउन नमानेका तीन जना मधेशी प्रहरीलाई प्रहरीले हिरासतमा राखि यातना दिएको छ । मधेशी मुलका प्रदर्शनकारीहरुमाथि कमाण्डले गोली हान्न आदेश दिए पनि मधेशी मुलका तीनै जना प्रहरीले गोली हान्न मानेका थिएनन् । उनीहरुले अरु प्रहरीले गोली हान्दा बन्दुक माथी तिर उठाइ दिएका थिए । ...... मधेशी मुलका हवलदार गुलटेन मेहता अर्का हलवदार रोशन चौधरी र प्रहरी जवान बुद्धसेन मण्डलले मधेशी प्रदर्शनकारीमाथि गोली हान्न मानेका थिएनन् । उनीहरुलाई

डीएसपी नारायण चिमोरियाको नेतृत्वमा गएको टोलीले मरणासन्न हुने गरी कुटपिट गरेको छ ।

तिनै जना मधेशी प्रहरीलाई हाल भारदह प्रहरी चौकीमा हिरासतमा राखिएको छ । ...... उक्त प्रहरी चौकीमा कार्यरत प्रहरीले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार प्रहरीको कुटाइबाट घाइते भएका तिनै जना प्रहरीलाई उपचार गर्न दिइएको छैन । ती प्रहरीहरुलाई पत्रकार अथवा अन्य व्यक्तिहरुसँग पनि भेट गर्न दिइएको छैन ।

अन्य प्रहरी जवानले हुलाकी न्यूजलाई आग्रह गर्दै तत्काल मानवअधिकारकर्मीलाई प्रहरी कार्यालयमा पठाउन तथा ति प्रहरीहरुको अवस्था सार्वजनिक गराउनका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

....... कसरी भयो घटना भारदहमा मधेशी मोर्चाका कार्यकर्ताहरु विहानैदेखि शान्तिपूर्ण प्रर्दशनमा थिए । गाडि रोकाउन खोज्दा समान्य विवाद भएको थियो । त्यसपछि प्रहरी हबलदार गनेश श्रेष्ठले ट्राफिक बस्ने बक्स पल्टाउँदै भागेका थिए । ट्राफिक बक्सभन्दा केही मिटर पर रहेका प्रदर्शनकारीहरु मुख दर्शक बने । हबलदार श्रेष्ठ भाग्दै गर्दा अन्य प्रहरीहरु अगाडि बढे । प्रहरीले आश्रुग्याँस प्रहार गर्न थाले पछि आन्दोलनकारीहरु अगाडि बढ्न थाले । त्यसपछि गोली हान्न आदेश भयो । अन्य प्रहरीहरुले गोली हान्न खोज्दा ति तीन जना मधेशी प्रहरीहरुले बन्दुक माथी तिर तेर्साइ दिएका थिए । करिब ३ राउण्ड हवाई फायर भएको थियो । त्यसपछि ति प्रहरी जवानलाई तछाडमछाड गर्दै अन्य प्रहरीहरुले प्रर्दशनकारीमाथि १७ राउण्ड गोली प्रहार गरे । जसमा पहिलो गोली राजिव राउतको कोखामा लागेको थियो । र, उनी त्यही ढलेका थिए । बाँकी गोली अन्य ७ जनालाई लाग्यो । गोली लाग्नेहरु भारदह एकका ४२ वर्षीय सुरेन्द्र मण्डल, दिपनारायण विश्वस, गोपाल मण्डल, विजय ठाकुर, १४ वर्षीय बालक अपक कुमार साह, २० बर्षीय सत्यनारायण राउत रहेका छन् । प्रहरीले ३२ राउण्ड आश्रुग्याँस प्रहार गरेका थिए । प्रर्दशनकारीले प्रहरी चौकीमा आक्रमण गरे : डीएसपी डीएसपी नारायण चिमोरियाले पत्रकारहरुलाई बोलाएर घटना बारे आफै जानकारी दिन खोजे । दिउँसो दुई बजेको आसपासमा पत्रकारहरुलाई बोलाएर चिमोरियाले प्रर्दशनकारीहरुले प्रहरी कार्यालयमाथि आक्रमण गरेको आरोप लगाए । उनले प्रदर्शनकारीहरुले भारतीय बन्दुक प्रयोग गरी प्रहरीमाथि गोलीसमेत चलाएको आरोप लगाए ।

पत्रकारहरुले प्रदर्शनकारीले गोली चलाउँदा खोइ त प्रहरी घाइते भएको प्रश्नमा डीसएपी चुप लागे ।

नेपाल सरकारले यसको जवाफ दिनुपर्छ : अधिवक्ता झा
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय मधेशी मोर्चाले आह्वान गरेको बन्दको क्रममा प्रहरीको गोली लागी दुई जनाको मृत्यु भएको घटनाका बारेमा अविक्ता तथा तराई मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष दीपेन्द्र झाले नेपाल सरकारले यसको जवाफ दिनुपर्ने जनाएका छन् । उनले आफ्नो फेसबुक वालमा यसको हिसाव सशस्त्र प्रहरी र नेपाल प्रहरीले चुकाउनुपर्ने उल्लेख गरेका छन् । ..... प्रहरीको गोली लागी राजु भनिने राजीव राउत र सन्तोष झाको मृत्यु भएको छ । प्रहरी र स्थानीयबीच झडप हुँदा दर्जनौं घाइते भएका छन् । ..... झाले यो मुद्दा संसद, अदालत, संयुक्त राष्ट्र संघ लगायतका विश्वभरिमै जाने छ र नेपाल सरकारले हरेक ठाउँमा यसको जवाफ दिनुपर्ने जनाएका छन् । ‘म सरकारलाई सचेत गराउन चाहन्छु कि अब एउटा पनि गोली नचलोस् र एकजनाको पनि मृत्यु नहोस् ।’ उनले फेसबुक वालमा लेखेका छन्, ‘यो घटनामा गोली चलाउने पदाधिकारीलाई तुरुन्त निलम्बन गर । पीडितका परिवारलाई तत्काल राहत र क्षतिपुर्तिको साथै शहीद घोषणा गर । घाइतेहरुलाई औषधीउपचारको व्यवस्था गर र अन्यत्र यस्तो घटना नदोहोरिन प्रतिबद्धता गर ।गोली चलाउने र आदेश दिने माथि ज्यान मार्ने अपराधमा तत्काल मुदा चलाउ, सिमांकन पुनर्विचार गर नगर हामीलाई मतलब छैन, पहिला मान्छे मारेको हिसाव देउ ?’
“गृहमन्त्री वामदेव गौतमले आन्दोलनलाई शाही शैलीमा दमन गर्न खोजे”
पहिचानको आन्दोलनलाई दमन गर्नेको हालत पूर्व राजा ज्ञानेन्द्र शाहको जस्तै हुने आन्दोलनकारीहरूले चेतावनी दिएका छन् । स्वायत्ततावादी आन्दोलनमा सैन्य बल प्रयोग गरेर राज्यले हिंसा बढाएको उनीहरूले आरोप लगाएका छन् । ..... मङ्गलबारको जनप्रदर्शनका क्रममा सप्तरीमा सशस्त्रको प्रहरीको गोली लागेर भएको राजीव राउतको मृत्युको विरोधमा आयोजित कोणसभामा बोल्दै सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य भीम राईले आन्दोलनको बोलीलाई गोलीले दबाउन खोजेको आरोप लगाए । ...... ‘गृहमन्त्री वामदेव गौतमले आन्दोलनलाई शाही शैलीमा दमन गर्न खोजेका छन्,’ नेता राईले भने, ‘सुरक्षा दिनुपर्ने निकायले उल्टो बन्दूक चलाएर राज्यहीनता देखाएको छ ।’ ...... उनले गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने, मृतकलाई शहीद घोषणा गर्नुपर्ने र आश्रित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरे । ..... विरोध सभामा बोल्दै धरान नगर अध्यक्ष डिल्लीराम थापाले चार शीर्ष नेताको एकात्मक मानसिकताका कारण मुलुक प्रतिगमनतर्फ गएको विचार राखे । थापाले नामाङ्कन र सिमाङ्कनको टुङ्गो नलागेसम्म आन्दोलन जारी राख्ने बताए । ....... भानुचोकमा सम्पन्न सभामा सयौं नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । समाजवादी फोरमसहित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मङ्गलबारदेखि आह्वान गरेको अनिश्चितकालीन मधेश र थरूहट बन्दका क्रममा राउतसहित दुई जनाको मृत्यु भएको थियो । अन्य एकको पहिचान खुल्न सकेको छैन ।........ भारदह निवासी ३५ वर्षीय मृतक राउतको शव धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको नगर सचिव अमित थेवेले जानकारी दिए । उनले बुधबार परिवारलाई शव हस्तान्तरणअघि भानुचोकमा जनप्रदर्शन गर्ने कार्यक्रम रहेको जनाए ।
सप्तरीमा गोली चलाउने र आदेश दिनेलाई निलम्बन गरी मुद्दा चलाउन माग (१ को निधन, १ सिकिस्त, डेढ दर्जन घाइते)
संयुक्त मधेसी मोर्चाले आव्हान गरेको अनिश्चितकालीन मधेस बन्दको क्रममा मंगलवार बिहान सप्तरी भारदहमा सडक अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा भारदह –१ का ३५ वर्षीय राजीव राउतको मृत्यु भएको घटनाको थर्ड एलाइन्सले घोर भर्त्सना गरेको छ । ..... गोली लागेर घाइते भएका संतोष झाको समेत मृत्यु (निश्चित हुन बाँकी) भएको बताइएको छ ।...... प्रहरीले गोलीले भारदह–२ का सुरेन्द्र मण्डलको खुट्टामा, भारदह–२ का गोपाल मण्डल भरको पेटामा, भारदह –२ का देवनारायण विश्वासको टाउकोमा, भारदह–२ का विजय ठाकुर भरको खुट्टामा, भारदह–१ का दिपक साह भरको आँखामा, भारदह–१ का सत्य नारायण राउत भरको टाउकोमा गोली लागेर घाइते भएको घटनाप्रति एलाइन्सले ध्यानाकर्षण भएको जनाएको छ । ........ साथै संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष दिनेश कुमार यादव सहित १५ जना भन्दा बढी घाइते भएका छन् । घाइते सबै जनाको बि.पि. कोइराला अस्पताल धरानमा उपचार भइरहेको छ । ........ प्रहरीले इलाका प्रहरी कार्यालयको छतबाट गोली हानेको अनुगमनको क्रममा देखिएको रक्षाराम हरिजनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रहरीले २ दर्जन राउन्ड हवाइ फायर गर्नुको साथै ३५ सेल अश्रुग्याँस प्रहार गरेको छ भने प्रदर्शनकारीले भारदहमा रहेका ट्राफिक प्रहरी बिट तोडफोड र आगजनीसमेत गरेका छन् । ..... विज्ञप्तिमा संसद, राष्ट्रिय मानवअधिकार आयोग, संयुक्त राष्ट्रसंघ कूटनीतिक नियोगहरु लगायतलाई ध्यानाकर्षण गर्न आह्वान गर्दै भनिएको छ,

‘यो घटनामा गोली चलाउने र आदेश दिने पदाधिकारीलाई तुरुन्त निलम्बन गरोस् ।’ .... ‘गोली चलाउने र आदेश दिने माथि ज्यान मार्ने अपराधमा तत्काल मुद्दा चलाउनसमेत माग गर्दछौं ।’

मधेशीमाथि गोली चलाउन नमानेका तीन प्रहरीलाई हिरासतमा राखी यातना
प्रर्दशनकारीले प्रहरी चौकीमा आक्रमण गरे : डीएसपी

मधेशी मुलका प्रदर्शनकारीहरुमाथि कमाण्डले गोली हान्न आदेश दिए पनि मधेशी मुलका तीनै जना प्रहरीले गोली हान्न मानेका थिएनन् । उनीहरुले अरु प्रहरीले गोली हान्दा बन्दुक माथी तिर उठाइ दिएका थिए ।

सप्तरीमा भएको प्रहरी ज्यादतीको विरोधमा जनकपुरमा प्रदर्शन
जनकपुरको रामानन्द चौकमा मंगलबार साँझ प्रदर्शनकारी र प्रहरी वीच भएको छ । त्यस्तै रामानन्द चौकमा राखिएको ना १ ख ७४८७४ नम्बरको बस र प्रहरी विटमा प्रदर्शनकारीले आगजनी गरेका छन् । ....... सद्भावना पार्टीका आधा दर्जन सभासदले दिएको राजीनामालाई प्रदर्शनकारी र बुद्धिजिवीले स्वागत गरेका छन् ।
कपिलवस्तुमा गोली लागि चार जना घाईते, एकको अवस्था गम्भिर
कपिलवस्तुको सदरमुकाम तौलिहवामा पनि गोली चलेको छ । तौलिहवास्थित जिल्ला प्रशासन कार्यालय अगाडि जम्मा भएका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्याँस प्रहार गर्नुका साथै गोली चलाएको एक प्रत्यक्षदर्शीले हुलाकी न्यूजलाई जानकारी दिए । गोली प्रहारमा चार जना घाईते भएका छन् । एकको अवस्था गम्भिर छ । ....... २३ वर्षीय नइम धुनियालाई चार वटा गोली लागेको छ । ..... स्तै अन्य घाईते हुनेहरुमा ११ वर्षीय बालक रोशन रैदासको दाहिने हातमा, २३ वर्षीय धिरज पाण्डेको दाहिने तिघ्रामा र ६२ वर्षीय वृद्ध राम सेवक पासीको पेटमा गोली लागेको ...... एकजना प्रत्यक्षदर्शीले प्रहरीले ५ देखि ७ राउण्ड गोली चलाएको बताए । उनले करिब ३० देखि ४० राउण्ड अश्रुग्याँस प्रहार भएको जानकारी दिए ।
विदेशी राष्ट्रहरु बाट मधेश आन्दोलनलाई एक्यबद्दता
आज १५ अगष्ट २०१५ का दिन सप्तरीको भारदहमा शान्तिपूर्ण विरोधमा उत्रिएका संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता राजीव राउत र राजीव झालाई गोलि हानी हत्या गरेको घटना प्रति नेपाली संघीय समाज युकेले लण्डनबाट गहिरो खेद ब्यक्त गरेको छ । आन्दोलनमा ऐक्यबद्धता जनाउदै संघीय समाज युकेले तत्कालै १ लाख १ हजार सहयोग गर्ने निर्णय गरेको छ । गृहमन्त्रीको राजीनामाको पनि माग गरेको छ । उक्त रकम मध्ये ५१ हजार रुपैया मृतक द्धय परिवारलाई र बाँकी घाइतेहरुको उपचारको लागि पठाइएको जानकारी समाजका अध्यक्ष धर्म बहादुर तामाङले बताउनु भएको छ । उक्त रकम पूर्व उपमहासचिव तथा सदस्य अजम्बर काङमाङ राईको हातबाट पठाउने प्रयास भईरहेको वरिष्ठ उपाध्यक्ष जंग सुनुवारले जनाउनु भएको छ ।
पुलिस में बगावत औऱ नेपाली पुलिस अधिकारी द्वारा मधेशी पुलिस का हत्या......

सप्तरी के भारदह इलाका प्रहरी कार्याल में नेपाली पुलिस की ज्यादती के बिरूद्ध बगावत में उतरे एक मधेशी पुलिस को कार्यालय के भीतर ही गोली मारकर हत्या कर देने की खबर आ रही है ।

बगावत में उतरे और भी तीन मधेशी पुलिस को कारागर में बन्द कर यातना देने की खबर है । वैसे नेपाली पुलिस अधिकारी द्वारा दोहरे झडप में मरने की झूठी रिपोर्ट गृहमंत्री को पेश गया है । सौ मीटर दूर ही रहे प्रदर्शणकारियों पर गोली चलाना संभवत: इसी घटना पर परदा डालने के मकसद से होने की आशंका है । इतना ही नहीं इस गम्भीर घटना पर परदा डालने के लिए कार्यालय के सभी सीसे पुलिस द्वारा स्वयं ही फोडकर आन्दोलनकारियों पर बेवजह झूठा आरोप लगा रही है, जबकि आन्दोलनकारी पुलिस कार्याल से करीब १०० मीठर दूर ही खडे होकर नारेबाजी कर रहे थे । इसपर परदा डालने के लिए अनेक षडयंत्र रची जानें का भी स्थानीय लोग आशंका जता रहें है ।


सिपाही बिद्रोह - २०७२, भारदह, सप्तरी
भारदह ने मधेश के इतिहास में एक और सुनहरा चैप्‍टर लिखवाया है। मधेशी हवलदार गुलटेन मेहता, हवलदार रोशन चौधरी और जवान बुद्धसेन मण्डल ने मधेशी प्रर्दशनकारियों के उपर गोली चलाने से इन्कार करते हुए अपनी बन्दुक आकाश की ओर कर लिया। यह दिखने में छोटा, पर बहुत ही महत्त्वपूर्ण ऐतिहासिक घटना है मधेश के इतिहास में - सिपाही विद्रोह का। उसके बदले में डीएसीपी नारायण चिमोरिया के नेतृत्व में गए टोली ने उन मधेशी सिपाहियों को हिरासत में लेकर यातना दे रहने की खबर आई है। साथ में एक विद्रोही मधेशी सिपाही को मारते-मारते पुलिस चौकी के भीतर ही हत्या कर देने के बात प्रकाश में आई है।

भारत और बंगलादेश आजाद होने के समय में भी कुछ ऐसा ही हुआ था। इससे साफ नजर आता है कि मधेश की आजादी अब दूर नहीं।

अगर नेपाल प्रहरी, सशस्त्र प्रहरी और सेना में मौजूध सारे मधेशी अपने हथियार सहित विद्रोह करके स्वतन्त्र मधेश की स्थापना में लग जाए, तो मधेश की आजादी बहुत ही निकट है। स्वराज आन्दोलन से जुडने के लिए: madhesh.com/join

No comments: