Tuesday, August 25, 2015

शेर बहादुर देउबा स्वायत्त थरुहट प्रदेश को पक्ष मा?

शेर बहादुर देउबा ले आफुलाई स्वायत्त थरुहट प्रदेश को पक्ष मा उभ्याएको मैले सुन्दैछु। त्यो हो भने कुरै सकियो। समाधान नै त्यही हो। समस्या नै देउबा थिए। देउबा स्वायत्त थरुहट प्रदेश को पक्ष मा आए पछि केपी ओली झापा मोरंग बाट त्यसै बिलाउँछ, मुख मा हवा मिठाइ बिलाए जस्तै।



देउवाले भने–म थारुविरोधी होइन
थारुहरुका लागि सवैभन्दा बढी लड्ने आफैं भएको दाबी
टीकापुरमा हिंसा भड्केको अर्को दिन आफ्नै निवासमा पत्रकार सम्मेलन बोलाएका देउवाले आफुलाई थारु विरोधीका रुपमा चित्रण गरिएको भन्दै आपत्ति जनाए । .....

‘थारुहरुलाई मैले रौ पनि दिन्न भनेर चर्चा चलाइयो । यो भ्रामक छ । गलत छ । ’

उनले भने, ‘थारुहरुका लागि सवैभन्दा बढी लड्ने म हुँ । सुदुर पश्चिमलाई काठमाडौंसँग जोडने म हुँ । म कसरी थारु विरोधी भए ?’ ....... ‘म थारुहरुको पक्षमा लडन तयार छु ,

आबश्यक परे स्वायत्त अधिकार दिन तयार छु

’ उनले भने । ..... नेता देउवाले संवैधानिक समितिका सभापति डा.बाबुराम भट्टराईले आफ्नो मर्यादा मिचेको आरोप पनि लगाए । नेता देउवाले आफु जिल्ला टुक्राउने पक्षमा नरहेको बताए । ‘म हिजो पनि जिल्ला टुक्राउने पक्षमा थिइन । आज पनि छैन् । भोलि पनि हुँदैन ’ उनले भने ।
आन्दोलनलाई सहयोग माग्न मोर्चाका सभासदहरु भारत
सरकारी कार्यालयमा लेखियो मधेश सरकार
तमलोपा सभासद वृजेश कुमार गुप्ता, फोरमका सभासद अभिषेक प्रताप शाह तथा सदभावनाका सभासद नरसिंह चौधरी

भारतीय एमपी (विधायक) जगदम्बीका पाल

सँग भेटघाट गर्न सिद्र्धाथनगर गएका हुन् । उनीहरु मंगलबार दिउसो १२ बजे कृष्णनगर हुदै सिर्दाथनगरको नौगढ पुगेका हुन् । ...... भारतीय जनता पार्टीका नेता समेत रहेका पालसँग सभासदहरुले नौगढ स्थित होटल सत्कारमा बार्ता गरेको ..........

आमहडतालको एघारौ दिन आन्दोलनकारीहरुले सरकारी कार्यालय नियन्त्रणमा लिएका छन् ।

जिल्लाको कृष्णनगर स्थित आन्तरिक राजस्व कार्यालय, कृष्णनगर नगरपालिका, नेपाल विद्युत प्राधिकरण, बहादुरगञ्ज गाविस, शिवराज अस्पताल बहादुरगञ्जको कार्यालय नियन्त्रणमा लिई मधेश सरकार लेखिएको छ । सयौको संख्यामा रहेका मोर्चाका कार्यकर्ताहरुले विभिन्न स्थानमा मधेश सरकार प्रवेश क्षेत्र, मधेश सरकारमा यहालाई स्वागत छ भन्ने होर्डिङ्ग बोर्ड समेत झुण्डाएका छन् ।..... त्रासका कारण सरकारी कार्यालयहरुमा प्रमुख तथा कर्मचारी छैनन् । खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु चरम अभाव छ ।

कृष्णनगर भन्सार तथा मर्यादपुर, चाकरचौडा छोटी भन्सार नाका ठप्प हुदा दैनिक ५० लाख राजस्व घाटा भइरहेको छ ।

उद्योग, कलकारखान, विद्यालय मुख्य तथा भित्री सडक पूर्ण रुपमा बन्द छन् ।

No comments: