Tuesday, August 18, 2015

सद्भावना को सही निर्णय




सद्‍भावनाद्वारा संविधानसभा त्याग
प्रमुख दलले बहुमतको बलमा मधेसी लगायतले पाएको अधिकार समेत खोस्ने गरी संविधान ल्याउने तयारी गरेको आरोप लगाउँदै उक्त पार्टीले संविधानसभामा नरहने निर्णय गरेको हो । ....... पार्टी केन्द्रीय समितिको मंगलबार बसेको बैठकले संविधानसभामा बस्न औचित्यहीन भइसकेकेा भन्दै आफ्ना सभासदको सामूहिक राजीनामा दिने निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र महतोले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । संविधानसभामा उक्त पार्टीबाट लक्ष्मण लाल कर्ण, सञ्जय साह, नरसिंह चौधरी, माधवी रानी साह, शैलदेवी महतो,विमल केडिया सहित ६ जना सभासद छन् । त्यसमध्ये एकजना सञ्जय साह निलम्बित छन् । ...... संविधानसभामा जुन मस्यौदा पेश गरिएको छ त्यसले यो स्पष्ट भएको छ कि यस संविधानले शोषित, पीडित जनताको संवैधानिक अधिकार प्राप्त हुनु त परै जाओस अहिले सम्मको प्राप्त अधिकार पनि खोस्ने षडयन्त्र गरिएको छ । .... विगत २५ वर्ष देखी सद्भावना पार्टीले लोकतन्त्र संघीयता, नागरिकता, भाषा, संस्कृती, प्रादेशिक अधिकार, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तथा राज्यको सवै अंगमा समावेसी, समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न संघर्ष गर्दै आएको ...... संविधानसभामा ठुलो दलले दुई तिहाई बहुमतको दम्भ देखाएर जुन मस्यौदा ल्यायो त्यसले देशको मधेशी, थारु, दलित, आदिवासी, जनजाति मुस्लिम, महिला, पिछडावर्ग, अल्पसंख्यक, सिमान्तकृत लगायतका समुदायको प्राप्त अधिकारलाई सुनियोजित तरिकाले समाप्त पार्ने षडयन्त्र भएको पार्टीको ठहर छ ।
१. अधिकार सम्पन्न स्वायत्त मधेश÷थरुहट प्रदेश दिनुको सट्टा झापा देखी लिएर कंचनपुरसम्मको भूभागलाइै टुक्रा–टुक्रा गरी ठुला दलका केही नेताले निहित स्वार्थको लागि मधेश थरुहट आन्दोलनको भावनामाथि कुठाराघात गरेको पार्टीको ठहर छ ।
२. मस्यौदामा जुन प्रकारको संघीयता र संघीय प्रदेशको खाका ल्याइएको छ । त्यसले संघीयताको नाममा देशको जनतालाई अल्झाएर आन्तरिक कलह पैदा गर्ने र अन्ततः संघीयतालाई नै समाप्त पार्ने साजिस गरिएको पार्टीको ठहर छ ।
३. नागरिकतामा विवादित प्रावधानहरु राखेर शाषकवर्गले मधेश थरुहटको नागरिकलाई अनागरिक बनाउने षडयन्त्र गरिएको छ । नागरिकताको बहानामा मधेश थरुहटमा बस्ने सवै समुदायलाई प्राप्त राजनैतिक र संवैधानिक अधिकारबाट वंचित गराउने साजिस गरिएको पार्टीको ठहर छ ।
४. जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको प्राप्त अधिकारलाई कुण्ठित गर्दै मधेश थरुहटका जनतासंग भेदभाव गरिएको र शाषन व्यवस्थामा मधेशी, थारु, दलित, आदिवासी, जनजाति मुस्लिम, महिला, पिछडावर्ग, अल्पसंख्यक, सिमान्तकृत लगायतका समुदायको प्रतिनिधित्वलाई नै समाप्त गर्ने षडयन्त्र गरिएको पार्टीको ठहर छ ।
५. हिमाल, पहाड, तराई मधेशका सम्पूर्ण मधेशी, थारु, दलित, आदिवासी, जनजाति मुस्लिम, महिला, पिछडावर्ग, अल्पसंख्यक, सिमान्तकृत लगायतका समुदायलाई प्राप्त समावेशी समानुपातिक प्रतिनिधित्वको अधिकारलाई समाप्त पार्ने षडयन्त्र गरिएको पार्टीको ठहर छ ।
६. संविधानसभामा पेश गरिएको मस्यौदाको विरोध गर्दै आफनो अधिकारको संवैधानिक सुनिश्चितताको लागि देशभर विभिन्न स्थानमा शान्तिपूर्ण प्रदशर्नमाथि सरकारी दमन भईरहदा यो मस्यौदा प्रतिगमनकारी भएको हाम्रो ठहर छ ।
जनताद्वारा गठित संविधानसभाबाट नै जनताको संविधान जारी गर्ने हाम्रो चाहना हुदाँहुदै जनताको अधिकार हनन् गर्ने षडयन्त्र भईरहदा हाम्रो लागि संविधानसभामा निरिह साक्षी किनाराको रुपमा बसिराख्ने अवस्थामा पुरयाएकोले यस संविधानसभामा हाम्रो बस्नुको औचित्य नै समाप्त भएको छ । यस्तो अवस्थामा अव एकक्षण पनि संविधानसभामा बस्न जनताको भावनाको अपमान हुनेछ र जनताको इच्छाअनुरुपको संविधान यसै संविधानसभाबाट जारी गर्न संघर्षको विकल्प नरहेको हाम्रो पार्टीको ठहर छ । ...... संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आवहानमा गरिएको अश्चितकालिन आमहडतालको क्रममा सप्तरी भारदहमा प्रहरीको गोलीबाट शहादत प्राप्त गरेका स्व.

राजीव कुमार राउत

सक्छौं भने कारबाही गर : सभासद सिंह
नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंहले आफूलाई कारबाही गरेर देखाउन गृह मन्त्रालयलाई चुनौती दिएका छन् । मंगलबार सिंहदरबारमा बसेको व्यवस्थापिका संसद अन्तर्गतको राज्य व्यवस्था समितिको बैठकमा उनले

गृहमन्त्री बामदेव गौतमलाई गोल घरमा राखेर थुन्न चुनौती दिएका हुन् ।

पश्चिम तराईमा गएर देश टुक्याउने विवादास्पद भाषण गरेको भन्दै सोमबार गृहमन्त्रीले संसद बैठकको विशेष समयमा सिंहको अडियो प्रस्तुत गरेका थिए । यही अडियोको विषयमा छलफल गर्न आज समितिको बैठक बसेको थियो । ..... बैठकमा सभासदहरुले उक्त अभिव्यक्तिबारे प्रश्न उठाएका थिए भने केही सभासदले सिंहलाई कारबाही गर्न माग समेत गरेका थिए । बैठकमा सभासदले उक्त अडियो सुन्न पाउनुपर्ने माग राखेका थिए । सभासदहरुको प्रश्नपछि सिंहले भने, 'गृह मन्त्रालयले कारबाही गरोस् । थुनोस् । गोल घरमा राखेर थुने हुन्छ ।'
बन्दले तराईका जिल्ला प्रभावित

चितवन पश्चिमका जिल्लाहरु साता दिनभन्दा बढी समयदेखि ठप्प छन् भने पूर्वी जिल्लामा चार दिनदेखि बन्द जारी छ ।

पश्चिममा थरुहट प्रदेशको माग गर्दै थारुहरुले सुरु गरेको आन्दोलनमा मधेसी मोर्चाको पनि समर्थन थपिएको छ । ...... मंगलवार चौथो दिन पनि जनकपुर बाजार पूर्णतः बन्द रहेको छ । बन्द सफल बनाउन मोर्चा सम्बद्ध नेता कार्यकर्ताहरुले मंगलवार दिनभरि नगर क्षेत्रमा प्रदर्शन गरेका थिए । .... लामो बन्दीले जनजीवन प्रभावित हुँदै गएको छ । नगरक्षेत्रमा मोटरसायकल तथा विद्युतीय रिक्सा संचालनमा समेत रोक लगाइएकोले बृद्ध बृद्धा तथा विरामीहरुलाई मर्का परेको छ । ..... लगातारको बन्दीको कारण २० ट्रक आलू,प्याज तथा फल महोत्तरीको भिठामोर भंसारमा रोकिएका छन् । यी अतिआवश्यक खाद्यान्नको यथाशिघ्र आपूर्ति भएन भने जनकपुर बाजारमा आलू, प्याज तथा फलको हाहाकार हुने जनकपुर आलू-प्याज संघका अध्यक्ष ध्रुव साहले बताए । ....... संघिय प्रदेशको सिमाङ्कनप्रति असन्तुष्ट जनाउदै गत बिहीवारदेखि सुरु गरिएको अनिश्चितकालिन आन्दोलन आजपनि भैरहवा क्षेत्रमा कायमैं छ । ..... बारा- विरोध प्रदर्शन झन् उग्र बन्दै गएकाले जनजीवन त्रासपुर्ण देखिएको छ । विरोधमा सहभागितासँगै आक्रोस बढ्दै गएको छ । बन्दकर्ताहरुले बाँसको फठा र लठी बोकेर घुमीघुमी पसल-व्यवसाय, उद्योग, कलकारखाना बन्द गराए । ..... सदरमुकाम कलैया, नगरपालिकाहरु निजगढ, कोल्हबी, जितपुर, सिमरा, सिम्रौनगढ, बरियारपुरलगायतका ठाउँमा टायर बालेर प्रदर्शन गरे । उद्योग, कलकारखाना बन्द भएकाले मजदुरहरु काम गर्न पाएनन् । सरकारी कार्यालयहरुबाट सर्वसाधारण सेवाग्रहीहरुले सेवा लिनबाट बञ्चित भए ।


No comments: