Sunday, August 30, 2015

In The News (49)



गगन थापाले गरे आफ्नै मृत्युको घोषणा
थापाले नेपाली काङ्ग्रेसका नेता तथा सभासद् जगदीश्वरनरसिंह केसी, सभासद् भीमसेनदास प्रधानसहित राष्ट्रिय मानवअधिकार आयोगमा पुगेर घैंटे इमानदार भएको नजिर पेस गरे । हुन त मानिसको मृत्यु अप्रियकर विषय हो तर पनि यो प्रकरणले गगन थापाको घैटेसित नाजायज र शङ्कास्पद सम्बन्धबारे उठेका अनेकौँ प्रश्नहरूको उत्तर दिएको छ । यसअघि गगन थापाले बेला–बेलामा मदिरा पार्टी गराउने र त्यहाँ डनहरूको बाक्लो उपस्थित हुने गरेको कुरा बाहिर आउने गरेका थिए । गगनले डनहरूलाई संरक्षण, प्रोत्साहन र हौसला प्रदान गर्दै आएका थिए । ...... गगन थापालाई निचन्नेहरूले उनलाई उदार विचार राख्ने, नेपाली राजनीतिमा राम्रो सम्भावना भएका नेताको रूपमा बुझ्ने ठूलै पङ्क्ति थियो तर उनको असलीयत जति जति छर्लङ्ग हुँदैछ, उति उति उनको छबि पनि ध्वस्त हुँदै गएको छ । नेपाली राजनीतिमा हरियो घाँसभित्र लुकेको साँपको रूपमा रहेका गगन थापा राजनीतिलाई आफ्नो कमाउ–धन्दाको रूपमा प्रयोग गर्ने मानिस हुन् भन्ने कुरा पनि पुष्टि भएको छ । दोस्रो संविधानसभाको निर्वाचनमा गुन्डा-डन प्रयोग गरेर सर्वाधिक भोट सङ्कलन गरी जितेका गगन थापाका गुप्त काम कारबाहीहरू अनेक रहेको बताइन्छ । फ्री तिब्बतवाला डलरवादी (कथित मानव अधिकारवादी) सुदीप पाठकको व्यवस्थापकीयमा उनी राष्ट्रिय मानव अधिकार आयोगमा पुगेका थिए । कृत्य फाइलहरू खडा गरी थापा अहिले अनेक संस्थाहरूमा दौडधूप गरिरहेका छन् । जनताको प्रश्न छ– डन मारिँदा गगनलाई यत्रो चिन्ता ! ...... कुमार घैंटे प्रकरणसित नुवाकोटे काङ्ग्रेसीहरूको आन्तरिक लडाइँ प्रमुख कारण रहेको बताइन्छ । नुवाकोटे नेपाली काङ्ग्रेसका नेता रामशरण महत र अर्जुननरसिंह केसी एकले अर्कालाई ज्यानीदुश्मन ठान्दछन् । उनीहरूको बोलचालसमेत हुँदैन । हरेक निर्वाचनमा उनीहरूको मारमुङ्ग्री हुने गरेको छ । कुमार घैंटेलाई तह लगाउन सक्दा आफ्नो शक्ति सञ्चय हुने कारणले महत काङ्ग्रेसीहरूको मिलोमतोमा यो काम भएको मान्ने आधारहरू प्रसस्त रहेका छन् । ....... अर्थमन्त्री महतका पीए रमेश महतले जस्तापाता बेचेर खाएका थिए । रमेश महत रामशरण महतका आफ्नै सहोदर भतिजासमेत हुन् । त्यो प्रकरण घटाउन र प्रचारबाजी गर्नमा नुवाकोटे केसीखलकहरू हात धोएर लागेको अरोप महतहरूले त्यतिखेरै लगाएका थिए । यो प्रकरणले महतलाई निकै गहिरो पीडा दिएको थियो । ...... नेपाली काङ्गे्रसको महाधिवेसन पनि नजिकिँदैछ । यो महाधिवेसनमा नुवाकोटे काङ्ग्रेसी मनुवाहरूको ठूलो लडाइँ हुनेवाला छ ।

गगन थापा यो महाधिवेसनमा महामन्त्रीमा उठ्ने चर्चा चलाइएको थियो ।

यो विषयलाई महतहरूले निकै गम्भीरतापूर्वक लिएका थिए । गुन्डा परिचालनको रेखदेख र परिचालनमा माहिर गगन थापा त्यसैको आडमा महामन्त्री हुने सक्ने आँकलन केसीहरूको थियो । केसीहरू क्ुनै पनि हालतमा गगन थापालाई महामन्त्रीबाट रोक्नु थियो । गगन थापा महामन्त्री हुनु भनेका केसीहरूको शक्तिमा वृद्धि हुनु थियो । केसीहरूको शक्ति वृद्धि हुनु भनेको रामशरण महतलाई खपिसक्नु हुँदैनथ्यो । फेरि अर्जुनरसिंह केसी पञ्चायतको राजनीति छाडेर नेपाली काङ्ग्रेसमा प्रवेस गरेका राजनीतिकर्मी हुन् । कैयौँ काङ्ग्रेसीजनहरू अहिले पनि केसीलाई मण्डले÷राजावादी भन्न रुचाउँछन् । ....... गगन थापा अर्जुननरसिंह केसीका आफ्नै ज्वाइँ हुन् । ....... काठामाडौँ महनगरवृत्तका प्रमुख एसएसपी हालका सर्वेन्द्र खनाल महत्वाकाङ्क्षी प्रहरी अधिकृत हुन् । उनी आफ्नो सहकर्मीहरूलाई उछिनेर बढुवा हुन चाहन्छन् । यसलाई खनालले राम्रो अवसरको रूपमा लिएका थिए । केही समयपछि सरकार परिवर्तन हुने र त्यसपछिको अवस्थामा कसको के अवस्था हुन्छ भन्न नसकिने भएकोले खनालले आफ्नो महत्वाकाङ्क्षा पूरा गर्न यो कदम उठाएको हुन् भन्ने आधार पनि नभएका होइनन् ......

नेपाली जनताको चाहना र हितविपरीत भएको गृहकार्य र तत्अनुरूप ल्याइएको संविधानका मस्यौदालाई लिएर देशभर आन्दोलनहरू उठिरहेका छन् । यो आन्दोलनलाई गृह प्रशासनको त के कुरा, सिङ्गो राज्य संयन्त्र नियन्त्रण राख्न सक्ने हैसियतमा देखिँदैन ।

कैलालीको टिकापुर घटनाले यो कुराको सटीक जवाफ दिइसकेको छ । तसर्थ, जनताको न्यायिक आन्दोलनलाई मत्थर गर्न वा विषायान्तर गर्न सरकारको निर्देशनमा प्रहरी प्रशासनद्वारा यो घटना घटाइएको हो भन्ने कुरामा दुईमत छैन । ........... कुमार घैंटे प्रकरण पनि त्यही विसङ्गति र विकृतिको अर्को शृङ्खला हो । गुन्डा र डनहरू प्रयोग गरेर आर्थिक सङ्कलन गर्ने, तिनका मनि, मसल र मिडिया प्रयोग गरे निर्वाचन जित्ने काम नेपाली राजनीतिमा संस्थागत हुँदै आएको छ । यो संसद्वादीहरूको मूलमन्त्र पनि हो । ....... नेपाली राजनीतिको आबरणमा पश्चिमा शक्तिकेन्द्रद्वारा पालित पोषित गगन थापा राजनीति अबरणमा हुर्कंदै गरेका सर्वाधिक खतरानाक डन हुन् । .......... करिब एक दर्जनजति डनहरू गगन थापाले अहिले पनि परिचालन गरिरहेका छन् । उनी ती डनहरूको रक्षा गर्न चाहन्छन् । ...... नेपाली जनताको न्यायिक आन्दोलनलाई सरकारले नृशंस दमन गरिरहेको यतिखेर गगन थापालाई अरू कसैको मतलव छैन । उनलाई मतलव हुने कुरा पनि भएन । उनलाई गुन्डा÷डनहरूको मतलव छ ।


आन्दोलनमा समर्थन खोज्दै उत्तर प्रदेश विधानसभा अध्यक्षलाई मधेसी मोर्चाको ज्ञापन पत्र
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले मधेस आन्दोलनमा सहयोग र समर्थन माग्दै भारतको उत्तर प्रदेश विधानसभा अध्यक्ष माताप्रसाद पाण्डेयलाई ज्ञापन पत्र बुझाएका छन् । ..... पूर्वमन्त्री एवं तमलोपाका नेता इश्वर दयाल मिश्रसहित मधेसी मोर्चाका नेताहरु भारतको सिद्धर्थनगर बढनी पुगेका थिए । ..... मधेसी मोर्चाको ज्ञापन पत्र बुझ्दै उत्तर प्रदेश विधानसभा अध्यक्ष माताप्रसाद पाण्डेयले प्रधानमन्त्रीसम्म ज्ञापन पत्र पुर्‍याउने आश्वासन दिएका छन् ।


‘स्थानीय निकाय कब्जा हुन्छन्, सरकारी कर्मचारी लखेटिन्छन्’
लेखी भन्छन्-वार्ता सिंहदरबारमा होइन, थरुहट भूमिमा हुन्छ
लेखीसहित थारु आन्दोलनका अगुवाहरु भने तराईका जिल्लामा स्थानीय निकाय कब्जा गर्ने योजना बनाउँदैछन् । ..... यसै सातादेखि तराईबाट सरकारी कार्यालय कब्जा गर्दै कर्मचारी खेदाउने र स्थानीय निकाय कब्जा गर्ने आन्दोलन शुरु हुने लेखी बताउँछन् । उनका अनुसार वार्ता भए पनि अब काठमाडौंमा होइन, तराईमै हुनेछ । ...... सबैभन्दा पहिले सेनालाई ब्यारेक फिर्ता गर्नुपर्छ, कफ्र्यु हटाउनुपर्छ, घाइते आन्दोलनकारीको उपचार र खर्चबर्च दिनुपर्छ । दमन गर्ने प्रहरीलाई कारवाही हुनुपर्छ अनिमात्र वार्तामा बस्न सकिन्छ । तर, वार्तामा बसे पनि हाम्रो आन्दोलन भने निरन्तर रहन्छ । अब हामी थप सशक्त आन्दोलन थाल्छौं । ...... अबको वार्ता सिंहदरबारमा प्रधानमन्त्रीसँग चिया खाएर होइन । तराईका जनतासँग हजारौं जनतालाई बीचमा राखेर गर्नुपर्छ । अब वार्ता काठमाडौंमा होइन तराईमा हुन्छ । हामी थरुहट भूमि बाहेक अन्त वार्ता गर्दैनौं । ...... अब हामी स्थानीय निकाय कब्जा गछौं । अब थारु जनताले थरुहटका जिल्लाहरुका सरकारी कार्यालय, गाविस, नगरपालिका कार्यालय कब्जा गर्नेछन् । अबको आन्दोलन प्रतिरोधात्मक आन्दोलन हुनेछ । ...... जनताले अब स्थानीय निकायहरु कब्जा गरेर थरुहट राज्य आफैं चलाउँछन् । त्यस क्रममा जो-जो अबरोध बन्छन्, तिनीहरु जनताको कारवाहीमा पर्छन्, लखेटिन्छन् । भदौ १६ गतेसम्मको हड्तालको कार्यक्रम यथावत हुन्छ, यसबीचमा अब सशक्त विद्रोह शुरु हुन्छ । ...... हामी सशस्त्र विद्रोह गर्दैनौं, जनताले सशक्त विद्रोह गर्नेछन् । अब कब्जाको आन्दोलन शुरु हुन्छ । स्थानीय निकायमा जनताले प्रतिरोध कारवाही गर्छन् । ..... कैलाली हत्याकाण्ड हामीले गराएको होइन । केही पाँच सात जना नेताले गराएका हुन् । सिंहदरबारमा बसेर प्रदेशको सीमांकन गर्ने नेताहरुका कारण भएको हो । थारुलाई रौं पनि दिन्न भन्ने शेरवहादुर देउवा र अखण्ड सुदूरपश्चिम भन्ने भीम रावल, लेखराज भट्टहरुले गराएका हुन् । त्यसको जिम्मेवारी उनीहरुले लिनुपर्छ । ...... त्यसमा मैले माथि भनेका नेताहरुले घुसपैठ गराएका हुन् । अखण्ड भन्ने केही हुल्याहा र सादा पोशाकका प्रहरी लगाएर थारुको जुलुसमाथि ढुंगा हान्ने काम जसले गरे, यो हत्याका जिम्मेवार तीनै हुन् । ....... यी भ्रष्ट नेताहरु सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, शेरवहादुर देउवा लगायत पाँच सात जना जो छन्, उनीहरुले गर्दा देश बर्बाद भएको हो । यीनलाई अब थरुहटका जनताले कारवाही गर्नेछन् । त्यस्तै मानवअधिकारवादी पनि हरियो डलर जहाँ आउछ, त्यहाँमात्र जाने भए । उनीहरुको अब थरुहटमा कुनै काम छैन । थरुहट क्षेत्रमा अब मानवअधिकारवादीलाई प्रवेश निषेध छ, उनीहरु आए पनि जनताले लखेट्नेछन् । ...... समाधान त नेताहरुले सिंहदरवार मोडलमा गरेको ७ प्रदेशको सीमांकन हेरफेर हुनुर्‍यो ।

उनीहरुले विगतमा आफ्नो घोषणापत्रमा जे उल्लेख गरेका थिए, त्यसलाई सम्झिने हो भने कुरा मिल्छ ।

...... जम्मा ८ प्रदेश हुन्छ भने तराईमा चार, पहाडमा चार हुनुपर्छ । ६ प्रदेश हो भने तीन तीन प्रदेश हुनुपर्छ । चुरे पहाडसहित मिसाएर प्रदेश बन्नुपर्छ । जस्तो सुर्खेत उपत्यका, दाङ, सिन्धुली, उदयपूर, मकवानपूर मिसिएको थरुहट प्रदेश हुनुपर्छ ।
नवलपरासी र चितवन समेटिएको प्रदेशको विशेषता
हामीलाई विहारजस्तो प्रदेश चाहिएन
कसैलाई भने मावली र ससुराली एकै प्रदेशमा नपरेका कारण संघीयताको खाकामाथि गाली बर्साउनुपरेको छ । ...... सप्तरीदेखि पर्सासम्मको भूभागलाई जसरी प्रादेशिक इकाईका रुपमा विभाजन गरिएको छ, त्यो नेपाली पहिचान, राष्ट्रियता, समृद्धि, प्रादेशिक सामथ्र्य र अन्तरसांस्कृतिक विकासका दृष्टिले घातक छ । ...... मधेसवादी पार्टीहरु आफैमा कमजोर छन् । यिनको एजेन्डामा स्थायित्व छैन । एक मधेस प्रदेशको माग त असफल मात्रै भएन, असान्दर्भिक र अव्यावहारिक प्रमाणित भयो । सेनामा एकमुष्ट १० हजार मधेसी युवालाई थप्ने कुरा मधेसी जनतालाई झुक्याउने र भड्काउने नारा मात्रै रहेछ भन्ने देखियो । मधेसवादी दलका कतिपय नेताहरुको भ्रष्ट, अनैतिक र द्वैध चरित्रका कारण उनीहरुको आन्दोलन झनै बदनाम छ ।मन्त्री बन्ने र पार्टी खोल्ने होडबाजिका कारण उनीहरु मधेसी जनतासामु नांगिएका मात्रै छैनन्, मधेसी जनताको विश्वास समेत गुमाइसकेका छन् । ........ मधेसवादी भनिने पार्टीमा जेजति अगुवा बाँकी छन्, ती वास्तवमा नेता पनि होइनन् । उनीहरुसँग न संगठन छ, न त जनमत नै । ...... सप्तरीदेखि पर्सासम्मको उक्त प्रदेश प्राकृतिक स्रोतका हिसाबले सबैभन्दा तन्नम रहेको छ । जहाँ कुनै जलविद्युत आयोजना छैन । सिंचाइँका लागि बाँध बाँध्ने आफ्नै प्रदेशको स्रोत छैन । अन्य भरपर्दा आर्थिक पूर्वाधार छैनन् ।सुरक्षाका दृष्टिले यो झनै संवेदनशील छ । विहारबाट लखेटिएका आपराधिक गिरोहहरुको आश्रयस्थल यही क्षेत्र बनेको छ, जससँग यहाँको स्थानीय प्रशासन र क्षेत्रीय राजनीतिक दलका नेताहरुसँग अघोषित साँटगाँठ रहने गरेको विभिन्न घटनाहरुले पुष्टि गरेका छन् । ..... सिन्धुली, मकवानपुर, उदयपुर लगायत मधेस र मधेसीसँग निकट रहेका जिल्लाका बासिन्दाले पनि सोच्नुपर्छ, पर्सादेखि सप्तरीसम्मको भूगोल र समुदायविशेषलाई अलग राज्यका रुपमा गरिखाऊ भनेर छाडिदिँदा के हाम्रो राष्ट्रिय हितको संवद्र्धन हुन्छ ? ...... पर्सादेखि सप्तरीसम्मको जुन प्रदेश बनाइएको छ, त्यो त विहारजस्तो देखिन्छ । भारतजस्तो देखिन्छ । ..... मधेसी समुदायका केही विशिष्ट समस्या छन् । यहाँको समुदायभित्रै चरम विभेद छ । एउटा जातले अर्को जातप्रति गर्ने असहिष्णु व्यवहार छन् । बोक्सीदेखि छुवाछुतसम्मका अन्धविश्वास र कुसंस्कार छन् । महिलामाथि चरम हिंसा र दुव्र्यवहार सबैभन्दा बढी यहीँ हुन्छन् । ..... मधेसका क्षेत्रीय जातीय संगठन र अभियन्ताहरुले भन्ने गरेजस्तो मधेस आज छैन । अहिले मधेसमा पढेलेखेको जमात बढेको छ । घरखेत बन्धकी राखेर भए पनि कम्तीमा काठमाडौँमा आएर प्लस टू पढ्ने फेसन नै बनेको छ । यो प्लस टू पुस्ता स्वतन्त्रता र आधुनिकताको बृहत तालमा विचरण गर्न चाहन्छ, न कि संकुचित जातीय वा क्षेत्रीय नाराको बन्धक । ....... आफ्नै समुदायभित्रको अत्यार, उत्पीडन, गरिबी र अवसरहीनतालाई चिर्न मधेसी युवाको ठूलो जमात खाडी मुलुकमा पसिना खन्याइरहेको छ । उसले त्यहाँबाट रेमिट्यान्स मात्रै पठाइरहेको छैन, औद्योगिक मुलुकहरुको संस्कार, संस्कृति र समृद्धिका रंगीबिरंगी दृश्य एवम् सपनाहरु पनि मुलुक भित्र्याइरहेको छ । बरु मधेस राजनीतिका बासी नारा भट्याउने क्षेत्रीय दल र संकुचित बुद्धिजीवीहरुले त्यो देखेका होऊन् । ...... हाम्रो पुस्ता मधेस मधेस भनेर तराईको समथर भूमिमै आफ्नो जीवनको सारा आयु बिताउन तयार छैन । यो पुस्ता पहाड घुम्न रुचाउँछ । हिमाल चढ्न रुचाउँछ । काठमाडौँ र पोखराका डिस्कोहरुमा झुम्न खोज्छ । काठमाडौँको रानीपोखरी र बागमती नदी छठमा सिंगारिँदा गौरवबोधगर्छ । बम भोलेका नाममा पहाडी तीर्थहरुको यात्रा गर्दा बेग्लै अनुभूति हासिल गर्छ । यसो हो भने किन मधेसी समुदायका लागि छुट्टै प्रशासनिक इकाई ? किन, उनीहरुका लागि छुट्टै राजनीतिक अभ्यासको थलो ? के यो छुवाछुतभन्दा कम छैन ? ....... आज मधेसको तल्लो वर्ग पनि प्रशासनसामु औँला ठड्याउन सक्ने भएको छ । अदालतसम्म गएर न्यायका लागि हारगुहार गर्ने भएको छ । गाउँ उच्च भनिने जात, जमिनदार वा पञ्च मुखियाले भनेका भरमा भोट हाल्न कुनै मधेसी तयार छैन । पहिला पञ्च र कांग्रेसहरुले जमिनदार र सामन्तहरुलाई हातमा लिएर तराईको भोट कब्जा गरेजस्तो सजिलो आज छैन । त्यसैले कांग्रेस र पूर्वपञ्चहरुका पार्टीको जनमत तराईमा खस्किँदै गएको छ । ...... वर्गीय मुद्दा सशक्त हुँदै जाँदा तिल्मिलाएका जातीय र क्षेत्रीय अतिवादी शक्तिहरु आफ्ना पुराना बासी नाराहरु बिक्न छाडेपछि नेपाल आमालाई नै गाली गर्ने, नेपाली राष्ट्रियताप्रति नै वितृष्णा फैलाउने र राष्ट्रिय अखण्डतालाई नै चुनौती दिने तहमा ओर्लिका छन् ।
तराई/मधेश फास्ट ट्रयाक बारे मेरो धारणा
आयोजना ‘पहिलो गाँसमै ढुंगा’ भने जस्तो नहोस्

No comments: