Saturday, August 29, 2015

जनजातिले काठमाण्डु छोपे यस क्रांति ले सरकार ढाल्छ

निर्दल बाट बहुदल मा जानु फड्को मार्नु हो। स्टेज बाट थुप्रै पुराना खेलाड़ी रिटायर भए। नया खेलाड़ी हरु आए। संवैधानिक राजतन्त्र बाट गणतंत्र मा जानु त्योभन्दा पनि ठुलो फड्को हो। तर बहुदल आए पनि राष्ट्रीय प्रजातंत्र पार्टी नै देश को सबै भन्दा ठुलो पार्टी भए जस्तो, गणतंत्र वास्तवमा आएको छैन। राजाले स्पेस खाली गर्यो। त्यो खाली भएको ठाउँमा काँग्रेस एमाले का १०-२० जना बाहुन गएर बसदियेका छन। पहिला राजा को फुपु भतिजि हरु लाई सरकारी खर्चमा स्वास्थ्योपचार का लागि विदेश पठाइन्थ्यो, अहिले इ बाहुन जान्छन्। पहिला राजा संविधान र कानुन माथि हुने व्यवस्था थियो। अहिले इ बाहुन न कानुन मान्छन् न संविधान। लोकतंत्र मा प्रहरी र सेनाले मानव अधिकार उल्लंघन गर्ने भन्ने हुँदैन। तर बामे का लागि प्रहरी भनेको कुनै failed state को प्राइवेट आर्मी जस्तो। उ अफ़ग़ानिस्तान को कुनै warlord जस्तो। लोकतंत्र को गृह मंत्री होइन उ। प्रचंड सँग सेना थियो। बामे सँग पुलिस छ।

हामी संघीयता का लागि होइन लोकतंत्र का लागि नै लड्दै छौं। यस चरी-घैंटे गठबंधन ले देश मा लोकतंत्र को उपहास गरेको छ। राजनीति को अपराधीकरण गरेर देश लाई Gangs Of Wasseypur बनाएको छ।



निर्दल बाट बहुदल मा जानु भन्दा, संवैधानिक राजतन्त्र बाट गणतंत्र मा जानु भन्दा धेरै ठुलो फड्को हो एकात्मक व्यवस्था बाट संघीयता मा जानु। निर्दल बाट बहुदल मा जान त क्रांति पनि गर्नु नपरेको। सान्तिनो फासफुसे आंदोलन, यसो पटाका पड्कायो दुइ चार वटा, फुलझरी उडायो, बहुदल आइहाल्यो। २००६ को अप्रिल क्रान्ति चाहिँ भव्य भयो। तर काँग्रेस एमाले का प्रतिक्रांतिकारी हरुले त्यसको अपहरण गरिसकेको अवस्था छ।

निर्दल बाट बहुदल मा जानु भन्दा, संवैधानिक राजतन्त्र बाट गणतंत्र मा जानु भन्दा धेरै ठुलो फड्को हो एकात्मक व्यवस्था बाट संघीयता मा जानु। गणतंत्र का लागि एउटा क्रांति प्रयाप्त। संघीयता का लागि यो तेस्रो क्रान्ति हुँदैछ। गणतंत्र का लागि १९ शहीद प्रयाप्त। संघीयता का लागि ५६ शहीद त्यति बेला भयो, अहिले त्यसमा थपिंदैछ।

संघीयता भनेको के? देशको ८२० अरब बजेट अहिले १००% केंद्र मा छ। संघीयता मा त्यो एक तिहाई केंद्र मा रहन्छ, बाँकी प्रदेश र स्थानीय सरकार मा जान्छ।

निर्दल बाट बहुदल मा जान सरकार ढल्यो, मरीच मान गयो, जय श्री कृष्ण प्रसाद आयो। संवैधानिक राजतन्त्र बाट गणतंत्र मा जान सरकार ढल्यो। ज्ञानेन्द्र गयो, गिरिजा प्रसाद आयो। एकात्मक व्यवस्था बाट संघीयता मा जानु यदि ती दुबै भन्दा ठुलो फड्को हो भने बिना सरकार ढाली त्यहाँ पुगिन्छ भनेर किन सोँचेको? अंतरिम संविधान रहन्छ, तर यो सरकार र यो संविधान सभा ढल्छ। क्रांतिकारी सीमांकन र नामांकन हुन्छ। अनि तेस्रो संविधान सभा को चुनाव हुन्छ। त्यसले संविधान अनुमोदन गर्छ।

मधेसी र थारु ले तराई भ्याएका छन। जनजातिले काठमाण्डु छोपे यस क्रांति ले सरकार ढाल्छ। काठमाण्डु को नेवार जागनु पर्यो। तामांग जागनु पर्यो। पृथ्वी नारायण शाह ले खोसेको नेवार को अस्मिता संघीयता ले मात्र दिन सक्छ। स्वायत्त काठमाण्डु प्रदेश बन्छ। पुनर्निर्माण को ४ बिलियन डॉलर तामांग सम्म पुर्याउन संघीयता नै चाहिन्छ। होइन भने बाहुन हरुले त्यो पैसा मिलीजुली खाने मास्टरप्लान बनाइसके। एक थान कागज को खोस्टो संविधान दिन हतार भएको कारण त्यो हो। तामांग बस्तीमा भुकम्प आउनु बाहुन का लागि गिद्ध लाई गाई मरे जस्तो भइराखेको छ। संघीयता मा तामांग बस्तीमा पुनर्निर्माण तामांग आफैले गर्छ।

अँग्रेजी मा एउटा कहावत छ: Follow The Money. बाहुन ले एकात्मक व्यवस्था किन छोड्न नचाहेको? Well, follow the money. ८२० अरब मध्ये दुई तिहाई को आधा भाग त सीधा मधेस का प्रदेश र स्थानीय सरकार हरु लाई जान्छ। संघीयता मा। त्यो दिन नचाहेको। १० अरब कर्णाली लाई जान्छ। त्यो दिन नचाहेको। पुनर्निर्माण को ४ बिलियन डॉलर सीधा स्वायत्त तमसलिंग प्रदेश लाई जान्छ। अनि तामांग ले काठमाण्डु को नाकाबंदी गरेको खोइ? त्यो ४ बिलियन डॉलर मध्ये २ बिलियन डॉलर त ऋण हो। अर्थात १ बिलियन डॉलर मधेस ले तिर्नुपर्ने। र मधेस त्यसमा खुश छ। तामांग लाई आपत विपत पर्दा मधेस साथ छ। त्यो ४ बिलियन डॉलर बाहुन ले खल्ती बाट झिकेर दिन लागेको होइन। बरु बाहुन ले आफ्नो खल्ती मा राख्न खोजेको हो।

जनजातिले काठमाण्डु छोपे यस क्रांति ले सरकार ढाल्छ। नेवार र तामांग जाग्नुपर्यो। एक पटक फेरि २००६ अप्रिल क्रांति गर्नु पर्ने भो। देशमा सच्चा गणतंत्र स्थापित गर्न का लागि।

Newars Of Birgunj And Kathmandu
A Newar In Solidarity
सुशील ले राष्ट्र लाई सम्बोधन गर्ने बेला आउन लाग्यो
Kailali Atrocities
Janakpur: Day 13
जनकपुर लाठी जुलुस
अखंड आतंकवादी र थारु बीच फरक
मधेसी जनजाति क्रांति २०१५
केंद्र र प्रदेश बीच शक्ति बिभाजन
अखंड आतंकवादी लाई कर्फ्यू नलाग्ने?
संविधान सभा छोड्ने बेला आइसक्यो
The Liquid Ground Reality
हामी सगरमाथाको ‘साउथ पोल’ मा होइन अप्रिल २००६ मा पुगेका छौं
अमरेश ले तराई काँग्रेस खोले हुन्छ
१२५ जातजाति समेट्न सकिन्छ
सेना परिचालन: अस्वस्थामा मर्यो, हात्ती
मधेसी क्रांति ३: चुनावमा धांधली भएको प्रमाण
संघीयता र आरक्षण बारे भ्रम हरु
मधेस र थरुहट लाई आफ्नै सेना प्रहरी किन चाहियो?
संभावना हरु
India In Solidarity
टीकापुर जे कारणले भयो त्यो कायम छ
शेर बहादुर देउबा का २२ पुल
ओली को बेमौसम व्हिप, गैर कानुनी, असंवैधानिक व्हिप
कैलाली का चार लाख थारु अपराधी होइनन्
भीम रावल को आपत्तिजनक अभिव्यक्ति
थारु ले कर्णाली मा जस्तो गर्न खोजेको
यो सशस्त्र होइन अहिंसात्मक क्रांति हो
संघीय गठबंधन ले गर्नु पर्ने राजनीतिक काम
काठमाण्डु त झिलिमिली हुने भो
Jaffnaization Of Madhesh Is Not Possible, Technically Speaking
१ मत को ५० रुपया
नेपाली जातीय भाषा हो, नेपाल जातीय पहिचान को नाम हो
पृथ्वी नारायण शाह स्टाइल मा काठमाण्डु नाकाबंदी

No comments: