Monday, August 17, 2015

Baburam Bhattarai

उपत्यका र पहाडी–हिमाली जिल्ला खुलेपनि मधेस–तराई–थरुहटमा अनिश्चितकालीन बन्दः मोर्चा
कार्यकारी अधिकार प्रयोग गर्ने, सम्पत्ति जम्मा गर्ने, धाकधक्कु लगाउने खालको स्वभाव मेरो होइन —बाबुराम भट्टराई
संविधानसभाको प्रक्रिया पूरा गर्न ५÷७ दिन समय लाग्न सक्छ । यसर्थ झन्डै १०–१५ दिनभित्र नयाँ संविधान जारी हुन्छ । ...... प्रक्रिया सबै पुरानै हुन् । मस्यौदा तयार भएपछि सभासदहरुलाई केही दिन अध्ययनका लागि दिइन्छ र उहाँहरुलाई संशोधन प्रस्तुत गर्ने समय पनि दिइन्छ । त्यसपछि प्रत्येक धारामा छलफल गरेर विधिवत् ढङ्गले परित गर्नुपर्ने हुन्छ । ती सबैलाई समेटेर मैले १० देखि १५ दिनको कुरा गरेको हुँ । ...... हामीले भनेका कृुरामा जनताको प्रतिक्रिया नै आएन भने अथवा सहज ढङ्गले ग्रहण गरियो भने हाम्रो समाज अगाडि बढेको रहेनछ भनेर बुझ्नु पर्दछ । त्यसैले हामी जति अगाडि बढ्छौँ त्यति नै प्रतिक्रियाहरु आउँछन् । यसले अग्रगमनकै सङ्केत गर्दछ । ....... एमाओवादीको विचार वा मेरो व्यक्तिगत विचारको कुरा गर्दा जसको भाषा र जनसङ्ख्या १ प्रतिशतभन्दा बढी छ, त्यस समुदायलाई छुट्टै प्रदेश दिने भन्ने थियो । त्यसलाई आधार मान्दा १३ प्रदेश हुन आउँछन् । तर त्यसमा अन्य पक्षहरु खासगरी कांग्रेस, एमाले सहमत नभएपछि ६ प्रदेशमा नै सम्झौता गर्नै पर्ने बाध्यता रह्यो । तिनै १३ प्रदेशलाई साझा पहिचान र सामथ्र्यका आधारमा पुनर्संरचना गर्दा ६ प्रदेश हुन आएको हो । ....... मलाई पनि केही नेताहरुको अनावश्यक हठ र जिद्दीले गर्दा हामी आफैँले स्थापित गरेका मान्यताहरु कार्यान्वयन भएका छैनन् भन्ने लाग्छ । उदाहरणका निम्ति सुदूरपश्चिमलाई कथित अखण्ड बनाउने नाममा हिजोका पञ्चायतकालीन विकास क्षेत्र कायम गर्नु पर्ने भनेर जबर्जस्ती थारु बाहुल्य क्षेत्रलाई चुँडाउने काम भयो । त्यसका अतरिक्त मगर बाहुल्य क्षेत्र पनि बाँडिन पुग्यो र पूर्वमा थारु तथा मधेसी बाहुल्य क्षेत्र पनि चुँडिन पुग्यो । त्यो सर्वथा अनुचित छ । ...... कर्णाली क्षेत्र एउटा विशिष्ट क्षेत्र भएकाले त्यसलाई अलग्गै एउटा प्रदेशका रुपमा कायम गरिनुपर्छ भन्ने जुन आवाज उठेको छ, त्यसलाई जायज मान्न सकिन्छ । ...... अहिलेको सीमाङ्कनमा हामी कोही पनि सहमत छैनौँ । जतिवेला म क्रान्तिकारी जनपरिषद्को अध्यक्ष थिएँ, त्यतिबेलादेखि नै हाम्रो पार्टीले १३ प्रदेशका कुरा अगाडि सारेको हो । हाम्रो पार्टीको ढाँचा पनि त्यहीअनुरुप रहेको छ । हाम्रो दृष्टिकोणमा १३ प्रदेश नै वैज्ञानिक र उपयुक्त थियो । ...... अहिलेको बाध्यात्मक सम्झौता हो । यसलाई आत्मसमर्पण भन्नु उपयुक्त हुँदैन । पहिलो संविधानसभामा जतिबेला माओवादी सबैभन्दा ठूलो र पहिलो शक्तिका रुपमा थियो, त्यतिवेला नै हामीले संविधान बनाउन सकेको भए निकै सम्मानजनक र अग्रगामी प्रकारको संविधान बन्ने थियो । उदाहरणका रुपमा

२०६९ जेठ २ गतेको सहमतिमा कायम हुन सकेको भए ११ प्रदेश हुन्थ्यो । त्यहाँ राष्ट्रपति र प्रधानमन्त्री भएको एउटा मिश्रित शासकीय प्रणाली लागू गर्ने भनिएको थियो । ५०–५० प्रतिशत समानुपातिक र प्रत्यक्ष निर्वाचित प्रणालीको कुरा थियो । महिला, दलितका अधिकारका कुराहरु सुनिश्चित गरिएका थिए । तर हाम्रा केही उग्र क्रान्तिकारी र यान्त्रिक जडसूत्रवादी साथीहरुको जोडबलले गर्दा हामी त्यसमा कायम रहन सकेनौँ । त्यसैको परिणाम भनौँ त्यसभन्दा तल ओर्लिएर यो सम्झौता गर्नुप¥यो । त्यसैले भन्ने गरिन्छ– भुईंको टिप्दा पोल्टाको पनि खस्छ ।

हामीमा त्यही लागू भएको छ, यो दुखद कुरा हो । अब फेरि पनि हामीले सम्झौता गरेर गएनौँ भने त्यही दुःखद इतिहास दोहोरिन सक्छ । .......... अहिले पनि कांग्रेस–एमालेका कतिपय नेता अनौपचारिक कुराकानीमा भन्ने गर्नुहुन्छ– ‘सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी प्रतिनिधित्व तथा गणतन्त्र हाम्रो मुद्दै होइन, तपाईंहरुका कारणले हामीले मानिदिएका हौँ ।’ त्यो त उहाँहरुको आफ्नो धर्म भैहाल्यो । ....... यी चारवटा खम्बामा उभिएको संविधान बन्यो भने त्यसमाथि तला थप्दै जान सकिन्छ । ....... विज्ञान र विचार कहिल्यै पनि समाप्त हँुदैन । उतार–चढाव हुँदै अगाडि बढ्ने क्रममा कहिले बलियो र कहिले कमजोर देखा पर्छ । ...... यसले एउटा चरणको, एउटा युगको कार्यभार पूरा ग¥यो र अब नयाँ चरणको आन्दोलनको कार्यभार पूरा गर्न यसले आफूलाई रुपान्तरण र नयाँ ढँगले पुनर्गठन गरेर अगाडि बढ्नु पर्छ । ........ पार्टी भनेको समयको आवश्यकता पूरा गर्ने एउटा माध्यम हो, साध्य होइन । विचार र दर्शन चाहिँ निरन्तर शाश्वत् रहन्छन् तर पार्टी, सङ्गठन समयअनुसार गठन, विघटन र पुनर्गठन भइ नै रहन्छन् । ....... एक चरणको कार्यभार पूरा गरेसँगै पुँजीवादी क्रान्तिका उपलब्धिको रक्षा गर्नु, त्यसलाई संस्थागत गर्नु र पुँजीवादी आर्थिक, सामाजिक, सांस्कृतिक आधार निर्माण गर्दै समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्नु यसको अबको मुख्य कार्यभार हो । त्यसका निम्ति हिजोको विचार, राजनीतिक कार्यदिशा, सङ्गठनात्मक संरचना, पद्दति, नेतृत्व र कार्यशैलीले मात्रै पुग्दैन । अब नयाँ चरणमा माक्र्सवादको विचारलाई नयाँ उचाइमा विकसित गर्नुपर्छ; हिजोकै माओवाद भनेर मात्रै पुग्दैन । माओपछि माक्र्सवादको नयाँ विकास हामीले गर्न सक्नु पर्छ । हिजोको नयाँ जनवादी क्रान्ति गर्ने कार्यदिशाले अब हुँदैन । समाजवादी क्रान्ति गर्ने नयाँ कार्यदिशा विकसित गर्नुपर्छ । हाम्रो पार्टी नयाँ जनवादी क्रान्ति गर्न र जनयुद्ध सञ्चालन गर्न बनेको पार्टी हो । त्यसैले अब समाजवादी क्रान्ति सम्पन्न गर्न पार्टीको ढाँचालाई पनि नयाँ ढङ्गले विकास गर्नुपर्छ । नेतृत्व र कार्यशैली पनि नयाँ ढङ्गको हुनुपर्छ । यो समग्रतामै नयाँ बन्नुपर्छ भन्ने विचार मैले केही समय अघिदेखि सार्दै आएको छु । ....... नयाँ शक्ति भन्नुको अर्थ हाम्रो पार्टीलाई नयाँ आधार, नयाँ विचारसहित पुनर्निर्माण गरेर सबैलाई समेट्दै अगाडि जाने हो । यसमा मैले तीन वटा आधार दिएको छु । पहिलो– पार्टी भित्रका अग्रगामी सोच राख्नेहरुलाई लिएर नयाँ शक्ति बनाउने । दोस्रो– हाम्रो पार्टीबाहिर रहेका प्रगतिशील शक्तिहरुको धु्रवीकरणसहित अगाडि बढ्ने । तेस्रो– आन्दोलनमा नै नभएका विल्कुल नयाँ मान्छेहरुलाई लिएर नयाँ शक्ति बनाउने । ...... हामीले माक्र्सवादलाई दुनियाँ बुझ्ने मात्र होइन, बदल्ने विज्ञानका रुपमा बुझ्छौँ । ........ मेरो पहिलो प्राथमिकता यही पार्टीलाई रुपान्तरण र पुनर्निर्माण गरेर अगाडि बढ्ने हुन्छ । त्यसका निम्ति नयाँ विचार, नयाँ कार्यदिशा र नयाँ नेतृत्वसहितको नयाँ सङ्गठनात्मक पद्धतिको आवश्यकता हुन्छ । यसो भन्दैगर्दा यहाँ कमरेड प्रचण्डले २५ वर्षदेखि नेतृत्व गर्दै आउनुभएको हुनाले कमरेड बाबुरामले नेतृत्व गरेपछि नयाँ हुन्छ भन्ने विल्कुल गलत धारणा पनि सुनियो । म विगत २ वर्षदेखि पार्टीको कुनै सार्वजनिक पदमा छैन र साधारण केन्द्रीय सदस्य मात्र छु । मलाई कुनै पद चाहिएको होइन । मैले भन्न खोजेको कुरा के हो भने अध्यक्ष प्रचण्ड र मैले अर्थात हामी दुबैले पद छोडिदिऊँ । हामी वैचारिक राजनीतिक काममा बढी केन्द्रित होऔँ । हिजो जनयुद्धबाट शान्ति प्रक्रियामा आउँदा हामीले त्यही भनेका थियौँ । पहिले कान्तिपुरमा दिएको अन्तर्वार्तामा उहाँले ‘हामी गान्धी भएर जान सक्छौँ’ भनेर भन्नुभएको थियो । त्यो अन्तर्वार्ता हामी दुबैले सल्लाह गरेर नै दिइएको थियो । पद छोड्ने भन्ने कुरा तत्कालै भन्दा पनि आवश्यक परेको खण्डमा हामीले त्यसो गर्न सक्छौँ भनिएको थियो । मलाई लाग्छ अब त्यो बेला आयो । अब संविधानसभाबाट संविधान जारी भइसकेपछि अध्यक्ष प्रचण्डले र मैले हामी दुबैले सक्रिय नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गरेर नयाँ ढङ्गले पार्टीलार्ई पुनर्गठन र परिमार्जन गर्ने र हामीले वैचारिक राजनीतिक ढङ्गले आन्दोलनलाई सघाउ पु¥याउने मेरो प्रस्ताव हो । यसरी जान सक्याँै भने यही पार्टीबाट नयाँ ढङ्गले रुपान्तरित भएर जानसक्ने एउटा विकल्प रहन्छ । तर पार्टीभित्र सहमति भएन, अरु नेताहरुले मान्नुभएन र यसैलाई टालटुल पारेर जाने भन्न थाल्नुभयो भने मैले सायद दोस्रो विकल्पतिर सोच्नुपर्ने हुन्छ । दोस्रो विकल्प भनेको चाहिँ हामी विचार मिल्ने साथीहरु अन्य वामपन्थी प्रगतिशील शक्तिहरुसँग मिलेर नयाँ ढङ्गले अगाडि बढ्ने विकल्पतिर जानुपर्ने हुन सक्छ ।

तेस्रो भनेको विल्कुलै नयाँ ढङ्गले नयाँ शक्ति निर्माण गरेर जानुपर्ने पनि हुन सक्छ ।

त्यसैले यी तिनैवटा विकल्पलाई मैले खुला राखेको छु । ...... अहिले पार्टी गुटमा मात्र होइन, अत्यन्त स्वार्थ समूहहरुमा विभाजित छ । ..... नयाँ पुस्तालाई अगाडि आउने मार्ग प्रशस्त गरिदिने नै क्रान्तिकारी सही विचार हुन्छ भन्ने मेरो निजी विचार छ । ...... हाम्रो जस्तो पिछडिएको समाजमा माक्र्सवाद जस्तो द्वन्द्वात्मक भौतिकवादी विज्ञानलाई सबैले ग्रहण गर्न सक्दैनन् । मानिसहरु विचार बुझेर भन्दा पनि एउटा आस्था र विश्वासको आधारमा लाग्दछन् । हामीकहाँ धर्म र संस्कारका आधारमा अगाडि बढ्ने प्रचलन छ । त्यसले नेता कार्यकर्तामा आफूले विश्वास गरेको मानिसको पछि लाग्ने प्रवृत्तिको विकास गराइदियो र तलदेखि माथिसम्म गुट बन्दै जान थाले । हामीले यसैको विरासत लिएका छौँ । यसलाई अब हामीले तोड्नु पर्छ र २१ औँ शताब्दी अनुकूलको नयाँ माक्र्सवाद विकास गर्नुपर्छ । त्यसै अनुरुप हामीले अब समाजवादी क्रान्तिको नयाँ कार्यदिशा विकास गर्नुपर्ने हुन्छ ।

लेनिनले बनाएको पार्टी ढाँचालाई स्टालिनको पालामा आएर जसरी विकृत र भ्रष्टीकरण गरियो, त्यसको विकल्प हामीले सोच्नै पर्छ ।

.......... अब नयाँ चरणमा नयाँ ढङ्गको पार्टी चाहिन्छ । त्यसैले मैले बनाउने होइन, हामी सबै मिलेर बनाऔँ भन्ने मेरो आग्रह हो । तर बाबुराम एक्लैले पार्टी फुटाएर एउटा गुट बनाउँछ भन्ने भनाइ शतप्रतिशत झुट कुरा हो । .......

कमरेड प्रचण्ड स्टालिनको पुरानो एकमनावादी चिन्तनबाट प्रभावित हुनुहुन्छ । त्यसवाट निस्कन उहाँलाई बडो गाह्रो छ ।

मेरो धारणा चाहिँ स्टालिनको स्कुलबाट ननिस्केसम्म माक्र्सवादको विकास हुँदैन भन्ने छ । हाम्रो टकराव यहीँनेर परिराख्छ । कहिलेकाहीँ नयाँ ढङ्गले जाऔँ भन्नुहुन्छ । त्यतिवेला हाम्रो एकता बलियो हुन्छ, तर प्रायः उहाँ संस्कार, सङ्गत अथवा विरासतको कारणले हो कि त्यसबाट मुक्त हुन सक्नुहुन्न । .......... म जस्तो सामान्य गाउँले किसान पृष्ठभूमिबाट आएको मान्छे, एसएलसी दिने बेलासम्म गोठालो भएर हप्तामा ५ दिन स्कुलमा पढेर जाँच दिएँ, अहिले यो जिम्मेवारीसम्म आइपुगेँ, पार्टीले मलाई यो हैसियतसम्म पु¥यायो । ...... म प्रधानमन्त्री त भएँ तर त्यसको स्वाद मलाई त्यति गढेन । कुनै बेलामा त मलाई चिन्तन मनन र वैज्ञानिक अनुसन्धानमा लाग्न मन लाग्छ । तर अहिलेको समाजको आवश्यकता हे¥यो भने समाजलाई बल्ल–बल्ल यो अवस्थासम्म पु¥याइएको छ । यो राजनीतिक परिवर्तनको एउटा शृङ्खला मात्र पूरा भएको हो । परिवर्तनको चक्र त निरन्तर अगाडि बढिरहन्छ । यो परिवर्तनको प्रक्रियाबाट अलग्गिँदा इतिहासले खोजेको जिम्मेवारी पूरा नहुन सक्छ, धेरै जनता निरास बन्ने स्थिति आउन सक्छ भनेर म निरन्तर यही प्रक्रियालाई मजबुत बनाउन लागि रहेको छु ।


बाबुरामको नयाँ पार्टीको नाममा ‘माअाेवादी’ नजाेडिने
‘समाजवादमा जाने लक्ष्य लिने अनि नयाँ जनवादको गन्ध आउने माओवादी कसरी राख्ने ?’ बाबुरामको भनाई उद्यृत गर्दै स्रोतले भन्यो, ‘माओको योगदानलाई समेट्ने तर, पार्टीकै नाममै राख्दा भ्रम हुने भएकोले प्रारम्भमा नै त्यसलाई हटाएर जाँदा नै राम्रो हुन्छ ।’ ...... मध्यम वर्गलाई समेटेर अगाडिको यात्रा तय गर्नुपर्ने बाबुरामलाई लागेको छ । चिन्तनगत रुपमा त्रुटी रहे पनि मोहन वैद्यहरु इमान्दार रहेको बाबुरामलाई लागेको छ । ...... ‘भावनाको कुरा गरेर किरणलाई रोइकराई गर्दै पार्टीमा ल्याएर खाउँला भन्ने दाउ प्रचण्डको छ, उनको राजनीति बचाउँने अन्तिम अस्त्र त्यहीमात्र छ, भ्रष्ट, भद्दा कार्यशैली विचारविहीन प्रचण्डलाई अगाडि लगाएर किरणजी जालान् भन्ने लाग्दैन, त्यहाँभित्रका लोभीपापीलाई प्रचण्डले तान्न सक्छन् । तर, त्यो क्षणिक हो ।’ बाबुरामको भनाई उद्यृत गर्दै स्रोतले भन्यो । ....... संविधानका विवादित विषयमा सुझाव लिने नाममा उनले विभिन्न पार्टीमा असन्तुष्ट रहेका, फरक मत राखिरहेका र समाजका सदावहार बागीहरुको समूहलाई सिंहदरबार बोलाएर विचार लिने र आफू निकट बनाउने प्रयास गरिहरको छन् । अहिलेका पार्टीबाट अपेक्षित विद्रोह हुने लक्षण नदेखेपछि बाबुरामले विभिन्न समूहमा रहेका असन्तुष्ट जमातलाई आफ्नो नयाँ शक्तिको आधार बनाउन खोजेको चर्चा छ ।
नोटको बिटो बाड्दै आन्दाेलन चर्काउँदै अमरेश, उपेन्द्र र महतो
समाजवादी फोरमका सहअध्यक्ष श्रेष्ठसहित तीन दर्जन बढी कार्यकर्ता पक्राउ

No comments: