Tuesday, August 25, 2015

ओली को बेमौसम व्हिप, गैर कानुनी, असंवैधानिक व्हिप

यसले देशमा टकराव को स्थिति पैदा गरेको छ। देश अब क्रांतिकारी सीमांकन र नामांकन को बाटो मा जानुको विकल्प बाँकी देखिएन। चरी-घैंटे गठबंधन सरकार को राजीनामा र संघीय गठबंधन को नया क्रांतिकारी अंतरिम सरकार को निर्माण अब एक मात्र निकास हो।



ओलीले सभासद्हरुलाई भने, ‘ह्विप नलागे पनि पार्टीको नीति निर्देशनअनुसार चल्न आदेश गर्छु’ 'चित्त बुझेको होस् वा चित्त नबुझेको होस् प्रमुख सचेतकले मात्र संशोधन हाल्ने छन्'
केपी शर्मा ओलीले संविधान निर्माणको अन्तिम र जटिल अवस्थामा रहेकाले पार्टीको नीति, दृष्टिकोण, निर्णय र निर्देशनभन्दा बाहिर गएर नबोल्न सभासद्लाई निर्देशन दिएका छन् । ..... एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले संविधान लेखनका लागि पार्टीको नीति र आदेशअनुसार चल्नुपर्ने आवश्यकतामा जोड दिए । ‘संविधानसभामा पार्टीको ह्विप नलागे पनि पार्टीको कार्यकर्ता र सभासद्को हिसाबमा पार्टीको नीति निर्देशनअनुसार चल्न

म आदेश गर्छु

’ अध्यक्ष ओलीले भने, ‘पार्टीका कार्यकर्ता, सभासद्लाई अध्यक्षको हैसियतले दिने आदेश हो यो ।’...... सभासद् पार्टीको कार्यकर्ता र सिपाहीजस्तै भएका नाताले आदेशलाई शिरोधार्य गर्नुको विकल्प नरहेको ...... हरेकले संशोधन प्रस्ताव हाल्ने होइन, दलको तर्फबाट अघि सारिएको कुरालाई अनुमोदन गर्न सबैले सहयोग गर्नुपर्ने ..... ‘चित्त बुझेको होस् वा चित्त नबुझेको होस् प्रमुख सचेतकले मात्र संशोधन हाल्ने छन् । हामी हरेकले संशोधन हाल्न थाल्यौँ भने त्यसले अनेक समस्या पैदा गर्छ ।’ ...... अध्यक्ष ओलीले संविधानको एउटा एउटा कुरामा संशोधन नहुने बताए । भने,’हामीले संविधानका बारेमा धेरै बुझिसकेका छौं, पढिसकेका छौँ । चित्त बुझेन भनेर एउटा एउटा कुरामा संशोधन गर्ने कुरा हुँदैन । त्यसले वातावरण धमिल्याउँछ, बिर्गाछ ।’ ...... संविधान लेखनलगायत पार्टीको नीति निर्देशनलाई कार्यान्वयन गर्ने सन्दर्भमा अरु पार्टीजस्तो एमालेका कार्यकर्ता पार्टीको धारणाभन्दा बाहिर नगएर अनुशासित बनेकोमा आफूलाई गौरव महसुस भएको ..... ‘त्यसैकारण एमालेका १८३ जना सभासद् सशक्त र एकढिक्का भएर संविधानसभामा रहेकाले निर्णय गर्न सजिलो भएको छ ।’ ..... संविधान निर्माण गर्ने अभिभारा पूरा गरेरै छाड्छौं यसलाई कसैले रोक्नै सक्दैन,’ अध्यक्ष ओलीले भने ।

No comments: