Monday, August 17, 2015

प्रस्तावित तीन नंबर प्रदेश धनी किन छ?

प्रस्तावित तीन नंबर प्रदेश धनी किन छ? धनी यस कारण ले छ कि यस प्रदेश मा काठमाण्डु छ र काठमाण्डु ले सम्पुर्ण देश को राजनीतिक शक्ति आफु सँग थुपारेर राखेको छ। धनी हुन चाहिने प्रमुख कुरा नै राजनीतिक शक्ति हो। काठमाण्डु प्रमाण हो। होइन भने काठमाण्डु मा के छ? धान खेत छ? हीराको खानी छ? सप्तकोशी छ? यार्चागुम्बा छ? सगरमाथा छ? सिट्ठी छ काठमाण्डु। राजनीतिक शक्ति बाहेक केही पनि छैन।

मधेस, थरुहट, कर्णाली, मगरात, लिम्बुवान लाई पनि धनी बन्न मन छ भने राजनीतिक शक्ति खोज्ने, संघीयता र स्वायत्तता खोजने।



सङ्घीय नेपालको छ प्रदेश कति वैज्ञानिक?
भूगोलविद् तथा समाजशास्त्रीको आँखामा सङ्घीय नेपालको छ प्रदेशको संरचना भौगोलिक र वैज्ञानिक आधारमा सन्तुलन मिलेको छैन । प्रदेश बनाउँदा जनसङ्ख्या र क्षेत्रफल सन्तुलन मिल्नुपर्ने हुन्छ । तर सङ्घीय नेपालको छ प्रदेशको कुनै अत्यन्तै सानो भूगोल र कुनै धेरै जनसङ्ख्या, कुनैमा ठूलो भूगोल कम जनसङ्ख्या उपयुक्त नहुने भूगोलविद् रामकुमार पाँडेको भनाइ छ । ..... भूगोलविद् प्राडा सूर्यलाल अमात्यले नेपालको सङ्घीयता ‘नाटक मञ्चन’ गरेर मात्र बनाइएको भौगोलिक र वैज्ञानिक आधारमा अध्ययन नै नगरी हचुवाका भरमा बनाएको छ भन्छन् । ...... कर्णालीलाई छुट्टै प्रदेश बनाएर जाँदा राम्रो हुन्थ्यो ...... स्रोतका दृष्टिकोणले तेस्रो प्रदेश सबैभन्दा धनी र छ प्रदेश सबैभन्दा कमजोर देखिन्छ । ....... समाजशास्त्री प्रा डा गणेशमान गुरुङका दृष्टिमा नेपालका सङ्घीयताले कुनै पनि सिद्धान्त अपनाएन । १२६ जाति र १२३ भाषालाई सम्मान र सम्बोधन गर्न सकेन । ...... विश्वका २६ सङ्घीय राष्ट्रहरु छन् । त्यसमा शक्तिशाली राज्यहरु अमेरिका, ब्राजिल, अर्जेन्टिना, भारतलगायत स्रोतका आधारमा छन् । त्यस्तै जातीय तथा भाषिक सङ्घीयताका आधारमा नाइजेरिया, इथियोपिया, स्पेन, बेल्जियम र क्यानडालगायत देश छन् ।
मधेसी मोर्चाद्वारा मधेस–तराई–थरुहट अनिश्चितकालीन बन्दको आह्वान
दोलखा, रामेछाप र सिन्धुली जिल्लालाई प्रस्तावित तीन नम्बर प्रदेशमा राख्न माग
दोलखा, रामेछाप र सिन्धुली जिल्लाबाट संविधानसभामा प्रतिनिधित्व गर्नुहुने १० जना सभासद्ले ती जिल्लालाई प्रस्तावित तीन नम्बर प्रदेशमा नै राख्न माग गरेका छन् ।
अमरेशविरुद्द सभासद् आक्रोसित
प्रधानमन्त्री सुशील कोइरालानिकट सभासद् कर्मीले सीमांकनलाई लिएर देशभर असन्तुष्टि उब्जिरहेको उल्लेख गर्दै भएकामा सन्तुष्ट लिनुको विकल्प नरहेको बताए । संघीयताप्रति शंका हुँदाहुँदै सीमांकनसहितको संविधान आउनुलाई सकारात्मक रुपमा लिनुपर्ने कुर्मीले बताए ।

No comments: