Monday, August 31, 2015

In The News (51)



वीरगन्जमा तनाव, एक प्रदर्शनकारीको मृत्यु
३ वटा प्रहरी चौकीमा आगजनी, दर्जन भन्दा बढी घाइते
कसरी तात्यो वीरगन्ज?
प्रहरीको गोली लागी करिब २ दर्जन कार्यकर्ता घाइते भएको संघीय समाजवादी फोरमका पर्सा अध्यक्ष प्रदीप यादवले बताए । प्रहरीको गोली लागेर मृत्यु भएका चौरसिया फोरमको गाउँ कमिटी सदस्य हुन् । ..... स्थानीय प्रशासनले दिउँसो ४ बजेदेखि वीरगन्जमा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको थियो । कफ्र्यू उल्लघंन गरी सहरका विभिन्न भागमा साँझसम्म प्रदर्शन भएका छन् । करिब ९ जना प्रहरीसहित ३ दर्जन प्रदर्शनकारी घाइते भएका छन् । ...... कफ्र्यूकै क्रममा उपमहानगरपालिका भित्रका ३ वटा प्रहरी चौकीमा आगजनी भएको छ भने ३ वटा चौकीबाट असुरक्षाका कारण प्रहरी सारिएका छन् । आन्दोलनकारीले नापी कार्यालयको गाडीमा आगो लगाएका छन् । ..... रामगढवामा रहेको एमाले पार्टी कार्यालयमा साँझ ७ बजे एक समूहले आगजनी गरेको छ । छपकैयामा हालै स्थापना भएको

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शालिक समेत आन्दोलनकारीले ढालेका छन् ।

..... मधेसमा जारी अनिश्चितकालिन हड्तालको १७ औँ दिन .... रातको समयमा प्रहरीले स्कर्टिङमा मालवाहक सवारी गन्तव्य तर्फ पठाउँदै आएको थियो । ..... स्थानीयका अनुसार राति सशस्त्र प्रहरीले नगवामा पसेर कुटपिट समेत गर्‍यो । उक्त क्षेत्रमा मधेसवादी दलको बलियो पकड छ ।


एमालेद्वारा विदेशीको ध्यानाकर्षण 'संविधान निर्माण हाम्रो आन्तरिक मामिला हो'
पार्टीले तोकेका व्यक्तिमार्फत् मात्र संविधान संशोधन प्रस्ताव हाल्न निर्देशन
देशभर सद्‍भाव कार्यक्रम आयोजना गर्ने

भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालमा एक करोड भारतीयहरु रहेको र तिनको अधिकारको संरक्षण गर्नु भारतीय चासो रहेको

भनी दिएको अभिव्यक्ति सोमबार भारतीय सञ्चार माध्यमले समाचार प्रकाशित गरेका थिए । त्यही समाचार नेपाली सञ्चार माध्यममा पनि छ्याप्तछ्याप्ती भइरहेका बेला एमालेको स्थायी समितिले विदेशीहरुका अभिव्यक्तिहरूप्रति चासो जनाएको हो । ....... विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था, क्लबहरु लगायतसंग समन्वय गर्दै मुलुकभर सद्भाव कार्यक्रम आयोजना गर्ने निर्णय एमालेले गरेको छ । ..... बैठकमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले भदौ भित्र संविधान जारी भइसक्ने दाबी गरे । .... संशोधन हाल्ने बिषयहरु भए त्यसबारे पार्टीलाई जानकारी गराउने र पार्टीले तोकेको आधिकारिक व्यक्ति मार्फत् मात्र संशोधन हाल्न सभासद्हरुलाई भनिएको छ । ..... सरकारमा काग्रेसले मात्र एकलौटी गरेको, नियुक्तिहरुमा मानोमानी भएको


मगरात प्रदेशको माग गर्दै चार अञ्चल बन्द
प्रस्तावित संविधानको मस्यौदाप्रति असहमति र प्रस्तावित संघीय प्रदेशमा मगरातलाई तिन टुक्रा बनाएको बिरोधमा आह्वान गरेको लुम्बिनी, राप्ती, धवलागिरी र गण्डकीलगायतका चार अञ्चल बन्द .... संयुक्त मगर मञ्च र नेपाल मगर संघले मगरात स्वायत्त प्रदेशको माग गर्दै पाल्पा, गुल्मी, अर्घाखांँची, नवलपरासी, रुकुम, गोरखा, स्याङ्जा, दाङ, कास्की, पर्वत, म्याग्दी, पर्वत, डोल्पा, सल्यान, रोल्पा, प्यूठान र बाग्लुङलगायतका जिल्लामा बन्द आह्वान गरेका हुन् । ...... मगरात संघर्ष समितिका अनुसार मगरातका नौ जिल्लाबाहेक अन्य जिल्लामासमेत मगर संघले बन्द आव्हान गरेको हो । .... प्रस्तावित मगरातअन्तर्गत लुम्विनी अञ्चलका पाल्पा, गुल्मी, अर्घाखाँची, धवलागिरीका बाग्लुङ्ग, म्याग्दी, राप्तीका रोल्पा, प्युठान, रुकुम र सल्यान जिल्ला छन् । ७५ जिल्लामै बसोवास गर्ने मगर समुदायले चार अञ्चलमै जिल्ला सदरमुकाम र गाउँ गाउँमा बन्दको अघिल्लो दिन आइतबार -हिजो) बेलुकी मसाल जुलुस गरेका थिए । बन्दका कारण सवारी साधन बिहानैदेखि चलेका छैनन् भने विद्यालय, क्याम्पस, कलकारखाना, उद्योग धन्दा पुर्ण रुपमा बन्द भएको छ । गोरुसिंगे-सन्धिखर्क, सिद्धार्थ राजमार्ग, तानसेन-तम्घास सडकमा बिहानैदेखि कुनै पनि सवारी साधन चलेनन् । ..... मगर संघ, कांग्रेस निकट राष्ट्रिय मगर संघ, एमाले निकट लोकतान्त्रिक मगर संघ, एमाओवादी निकट मगर राष्ट्रिय मुक्ति मोर्चा, नेकपा-माओवादी निकट मगर राष्ट्रिय मुक्ति मोर्चा, राष्ट्रिय जनमुक्ति निकट मगर हाङ् परिषद्, नेकपा माओवादीको मगर राष्ट्रिय मुक्ति मोर्चा, नेकपा एकीकृत निकट मगर स्वशासित संघ आवद्ध मोर्चा तथा संगठनले मगरात बन्दलाई साथ दिएका थिए । ....... आगामी दिनमा आन्दोलन शसक्त बनाउने ...... पाल्पा र तनहुँमा धेरै बसोबास रहेका मगरहरुलाई विभाजन गरी आफूहरुको बाहुल्यतालाई कमजोर पार्न खोजिएको भन्दै चर्को विरोध गरे । ...... पाल्पाको कुल जनसंख्या २ लाख ६१ हजार १ सय ८० मध्ये करिव ५२ प्रतिशत अर्थात १ लाख ३६ हजार ५ सय ८८ जना मगरको संख्या र तनहुँको कुल जनसंख्या २ लाख २३ हजार २ सय ८८ मध्ये २७ प्रतिशत अर्थात ८७ हजार ७८ जना मगरहरु रहेकाले आफूहरुले मगरात प्रदेश माग गरेको
लिम्बुवान बन्दका कारण जनजीवन प्रभावित





त्यो राजनाथको भनाई होइन : भारतीय दूतावास
भारतीय गृहमन्त्रीको विवादस्पद भनाई
‘मधेशी समस्या नेपालको आन्तरिक विषय भएता पनि त्यहाँ बस्ने १ करोड भारतीयहरुको चाहनालाई भारतीय सरकारले संरक्षण गर्नेछ,’ गृहमन्त्री सिंहले भनेको भनि इण्डिया टुडेमा प्रकाशित समाचार ...... सिंहले मधेशी समस्या नेपालीहरुले नै सम्वोधन गर्नु पर्दछ भनेकोलाई संचारमाध्यमले अर्कै ढंगले लेखेको भन्दै दूतावासले ध्यानाकर्षण गराएको हो ।
मधेसमा एक करोड भारतीय बस्छन् : भारतीय गृहमन्त्री
भारतीय नागरिकको सुरक्षामा सरकार सचेत’
भारतीय केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले ‘मधेस समस्या नेपालको आन्तरिक मामला भएपनि त्यहाँ बस्ने १ करोड भारतीय नागरिकको चासोमा भारत सरकारले ध्यान दिने’ बताएका छन् । .... नेपाल सिमावर्ती उत्तर प्रदेशको महाराजगंज जिल्लामा सशस्त्र सिमा बलको नयाँ भवन निर्माणको शिलान्यासमा आइतबार पुगेका गृहमन्त्री सिंहले नेपालको बर्तमान राजनीतिक स्थितिमाथि टिप्पणी गर्दै ‘नेपालमा रहेका भारतीय नागरिकको सेवा–सुरक्षामा भारत सरकार सचेत रहेको’ प्रतिक्रिया दिएका हुन् । .... पत्रिकाले आफ्नो समाचारमा बर्षौअघि बसाइ सरेका मधेशीलाई भारतीय नागरिक भन्दै तिमध्ये बहुमतसाग नेपाली नागरिकता नरहेको दावी गरिएको छ । धेरै राजनीतिक र सैन्य शक्ति लगाएर मधेशमा रहेका नागरिकलाई त्यहाा बसोबास गर्न नदिने स्थिति रहीआएको स्वव्याख्यासागै डेली मेल समाचारमा मधेसमा रहेका जनतालाई भारतीय जनता पार्टीको एउटा धारले सेवासुरक्षाको सहयोग गर्दै आएको बताइएको छ । ..... पार्टीका गोरखपुरस्थित सांसद योगी आदित्यनाथको नाम तोकेर समाचारमा उनले नेपाल सरकारका बिरुद्ध लड्न मधेसी समुदायलाई ‘लजिष्टिक सपोर्ट’ गर्दै आएको दावी समाचारमा छ । ..... भारतको दक्षिणी भेगका उत्तरप्रदेश, विहार, पश्चिम बंगाल सिमावर्ती बस्ने मधेशी नागरिकको जनसंख्या अनुपात कुलमा ३० प्रतिशत रहेको भन्दै समाचारमा यीमध्ये ४० प्रतिशतसाग अझै नेपाली नागरिकता नरहेको जनाइएको छ ।
नेपालगञ्जलाई प्रादेशिक राजधानी बनाउन दलहरु एकजुट
बॉकेका राजनीतिक दलहरु प्रदेश ५ को राजधानी नेपालगन्जलाई बनाउन एकजुट भएका छन् । प्रादेशिक राजधानीको नाराले सत्ता पक्ष, प्रतिपक्ष र आन्दोलनरत दलहरुलाई एक ठाउ‘मा ल्याएको छ । ..... ‘सत्ता पक्षले आफ्नो नेतृत्वलाई भन्ने र आन्दोलनकारीले सडकबाट दबाब दिने सहमति भएको छ’, तराई–मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य एवं मधेसी मोर्चाको आन्दोलन परिचालन समिति सह–संयोजक विजय गुप्ताले भने, ‘अब साम्प्रदायिक सद्भाव भड्किने खतरा पनि हटेको छ ।’ ..... यो मुद्दाले मधेसी, मुस्लिम, पहाडी र थारु समुदायलाई एक ढिक्का बनाउने पूर्व मेयरसमेत रहेका गुप्ता बताउ‘छन् । ..... सत्तारुढ कॉग्रेस र एमाले, प्रमुख प्रतिपक्षी एमाओवादी तथा आन्दोलनरत थरुहट एवं मधेसी मोर्चाले नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउन दबाबमुलक कार्यक्रम थालिसकेका छन् । ..... बॉके एमालेले अगुवा नेता–कार्यकर्तासँग अन्र्तक्रिया गरी कैलालीका थारु बहुल चार वटा निर्वाचन क्षेत्र पनि प्रदेश ५ मा गाँभेर प्रादेशिक राजधानी बनाउन पार्टी केन्द्रलाई पत्राचार गरिसकेको छ ।
गृहको भूमिकामा छानबिन जरुरी

आफू मातहतका सबै निकाय अक्षम हुँदा गृह नेतृत्वचाहिँ कसरी सक्षम सावित होला?

...... गृह अन्तर्गतका तीनै सुरक्षा निकायबीच सहयोग र समन्वय थिएन, न पेसागत जिम्मेवारी न दक्षता नै देखियो। यस्तै आरोप र प्रतिआरोपबीच गृह प्रशासन चलिरहेको छ, त्यसबाट उत्पन्न परिस्थितिले जुन क्षति भयो र सर्वसाधारणमा जुन भय र त्रास उत्पन्न भएको छ, त्यसको जिम्मा लिन पनि गृह प्रशासन तयार देखिँदैन। ...... कैलाली घटनालाई सम्बोधन गर्दा पनि गृह नेतृत्व अत्यन्त संवेदनहीन, गैरजिम्मेवार, अपरिपक्व देखिएको छ। लगत्तै संसदमा जानकारी गराउँदा गृह नेतृत्वले सुरक्षा व्यवस्थापनमा भएको आफ्नो नेतृत्वको कमजोरी मुख्य भूुमिका भएको स्वीकार्ने र क्षतिको जिम्मेवारी लिएर इमानदारी देखाउने हिम्मत गरेन, बरु ‘अपराध र हिंसालाई उकास्ने थलोको रूपमा सदन प्रयोग हुनुहुँदैन’ भनेर सभामुखलाई सुझाउने र आफू मातहतका निकाय सशस्त्र र नेपाल प्रहरीले स्थिति नियन्त्रणमा लिन असक्षम भएको उत्घोष गरेर आफू पानीमाथिको ओभानो बन्ने प्रयास गरे। देशवासीलाई आश्वस्त पार्नुको सट्टा ‘अब के हुन्छ भन्न नसकिने’ भनी सबैमा अनावश्यक डर, भय र त्रासमात्र होइन, देशको सुरक्षाको अन्तिम अस्त्रको रूपमा प्रयोग गर्नुपर्ने शक्ति सेनालाई वैकल्पिक बलको रूपमा ‘परिचालन गर्नु बाध्यता’ भएको भन्दै भ्रम सिर्जना गरे। देशभर सञ्चित प्रहरीबल प्रयोग नै नगरी सेनाको सहयोग मागियो, जसले गर्दा ती संगठनलाई अविश्वास गरियो। आत्मबल गिराएर थप हतोत्साहित गरियो। जुन काम स्थानीय प्रशासन ऐन अन्तर्गत जिल्ला र क्षेत्रीय प्रशासनबाट हुनसक्छ, त्यसको लागि केन्द्रीय सुरक्षा समितिको बैठक बसेर ‘प्रभावित क्षेत्रलाई दंगाक्षेत्र घोषणा गरियो’ भनी घटनाको गाम्भीर्यता बढाइ—चढाइ मात्र गरिएन, सुरक्षा संवेदनशीलतालाई तोडमरोड गरियो। ....... एमाले नेतृत्वले छानबिनलाईृ सहयोग पुर्‍याउन गृह नेत्तृत्वलाई बदली सुरक्षा संवेदनशीलतालाई बुझेर अभिभावकत्वको भूमिका खेल्नसक्ने सुरक्षामैत्री नयाँ नेतृत्वको विकल्प सुझाओस्।


बन्दको बहानामा कृत्रिम अभाव, स्कर्टिङ गरेर ढुवानी
३ महिनासम्म पुग्ने खाद्यान्न मौज्दात छ : वाणिज्य, सरकारी हस्तक्षेप जरुरी : उपभोक्तावादी
केहीयता तराईमा जारी आन्दोलनले राजमार्गमा यातायात आवागमन पातलिएको छ। व्यवसायीका अनुसार राजधानी भित्रिनेभन्दा बाहिरिने सवारी साधन बढी छन् । ...... ‘तराईको समस्याले अधिकांश कन्टेनर भन्सार नाकामै रोकिएका थिए,’ वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइरालाले भने, ‘बजारमा अभाव हुन नदिन गृह मन्त्रालयसँगको समन्वयमा स्कर्टिङ गरेर ल्याइराखेका छौं।’ बन्दले गत बुधबारसम्म ३ हजार ७ सय ५० कन्टेनर भन्सार नाकामा रोकिएका थिए। तीमध्ये धेरैजसो स्कर्टिङ गरिसकेको भन्सार विभागले जनाएको छ। ती कन्टेनर करिब १० दिनदेखि रोकिएका हुन्। ...... वीरगन्ज, भैरहवा, विराटनगरलगायत प्रमुख नाकामा बढी मात्रामा सवारी साधन अलपत्र परेका थिए। बाटो बन्द हुँदा जाँचपास गराएको गाडी पनि भन्सारमै थन्किएका थिए। स्कर्टिङ हुन थालेपछि भन्सार नाकामा चहलपहल बढेको विभागले जनाएको छ। ......

‘शनिबार मात्रै एक हजारभन्दा बढी गाडी पास गर्‍यौं’

.... अब वीरगन्ज, भैरहवा, विराटनगर, नेपालगन्ज नाकामा करिब १ हजार ५ सय कन्टेनर छुटाउन बाँकी छन्। ती पनि चाँडै उपत्यकालगायत सम्बन्धित सहरमा पुर्‍याउने तयारी रहेको विभागले जनाएको छ। ..... चामल, गेडागुडी, तरकारी तथा फलफूलको मूल्य बन्दको बहानामा अकासिँदै गएको थियो। ..... खुद्रा व्यापारीहरूसँग पनि १५/२० दिनसम्मका लागि पुग्ने स्टक छ। होलसेल व्यापारीसँग पनि २/३ महिनालाई पुग्ने मौज्दात छ .... सरकारसँग ४ महिना पुग्ने चामल, २ महिना पुग्ने गेडागुडी मौज्दात छ .... ‘पेट्रोलको दैनिक माग करिब साढे ३ सय किलोलिटर भए पनि अहिले औसत ४ सय किलोलिटर वितरण गरेका छौं। निगमसँग पर्याप्त मौज्दात पनि छ’ ..... उपत्यकामा १ हजार १ सय ८ किलोलिटर पेट्रोल स्टक छ। ती पेट्रोल ५ दिनसम्म वितरण गर्न पुग्ने निगमले जनाएको छ। ५ हजार ८ सय २८ किलोलिटर डिजेल छ। ती डिजेल १० दिनसम्म वितरण गर्न पुग्ने निगमको दाबी छ।
जनतामा लैजाऔं संघीयता
भ्वाइस अफ दि भ्वाइसलेस
हाम्रा नेताहरू संघीय नेपाल बनाउन चाहन्छन्, तर त्यसको ढंग छैन। संविधानसभामा पल्टनका पल्टन सभासद लैजान्छन्, तर भूमिका दिँदैनन्। उस्तै–उस्तै प्रकृतिका जातीय र भौगोलिक पृष्ठभूमिका तीन टाउका माथि बसेर दिने, सारा देश/जनता भुइँमा बसेर हात थाप्नेगरी हुने संघीयताको दीर्घकालीन भविष्य के होला? ......

सम्पूर्ण निर्णय तीन टाउकाले गर्नु संविधान लेखन हुँदै होइन।

राज्यको पुन:संरचना, नयाँ शासकीय स्वरूपजस्ता देशलाई नै कायापलट गर्ने ठेक्का तीन जनाले कतैबाट पाएका होइनन्। यसका सर्वेसर्वा जनता हुन्। जनताका प्रतिनिधि सभासद। .....

संविधानसभाले गर्ने सबैभन्दा महत्त्वपूर्ण निर्णयहरू बालुवाटार, बालकोट वा लाजिम्पाटमा गर्नु नै जनताले जिताएको संविधानसभालाई ह्याकुलाले पेल्न खोज्नु हो। जे–जे निर्णय हुन्छन्, संविधानसभा भवनभित्रै हुनुपर्छ।

यति बुँदे र उति बुँदे सहमति भन्दै दलहरूबीच गरिने तमसुक संविधानसभाको काम हो त? ........

शीर्ष नेताहरू शीर्ष भूमिकाबाट थपक्क पन्छिनुपर्छ। संविधानसभाभित्रै बहस र झगडा हुन दिनुपर्छ। देश वा शासन व्यवस्थाको नयाँ खाका ६०१ वटा कलमबाट कोर्न दिनुपर्छ। तीन–चारवटा ठूला हस्ताक्षरबाट लाद्नु हुँदैन। महागल्ती त्यहींनेर भइरहेको छ।

....... संविधानले दिने सबैभन्दा ठूलो उपहार संघीयता नै हो। त्यसैमा जनताको सहभागिता भएन। त्रिनेताको मर्जीले पेलेर, लादेर यसको निर्णय भइरहेको छ। यसमा न सभासदहरू सहभागी छन्, नत जनताको चाहना बुझिएको छ। त्यसैले सीमांकनको प्रस्ताव तल्लो तहमा लैजाऊँ। उनीहरू कस्ता प्रदेश किन चाहन्छन्, गहिरिएर बुझौं।
बाबुराम र नारायणकाजीपछि एमाओवादीमा महराको पनि गोप्य भेला
भेलाको उद्देश्यः गुटलाई सक्रिय बनाउने
टीकापुर घटनावारे एमाले सचिव भट्टराईले गरे गृहमन्त्रीको खण्डन
प्रश्न उठाए– राष्ट्रपतिले किन पटक–पटक भारत फोन गर्छन् ?
बन्दले बढायो कालोबजारी
तरकारीमा प्रतिकेजी २० देखि ६० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । प्याज, गोलभेँडा, आलु, सिमी, भिन्डी, भन्टालगायतका तरकारीको मूल्य वृद्धिले किन्नै नसकिने भएको .... प्रतिलिटर रु २०० सम्ममा पेट्रोल बिक्री गरिरहेका छन् भने खाना पकाउने ग्यासको पनि उस्तै समस्या रहेको छ ।
मधेस बन्दका कारण पेट्रोलियम पदार्थको हाहाकार
जलेश्वरको सात वटा पेट्रोलपम्पमा पेट्रोल र डिजेल पाउन छाडिएको छ । त्यस्तै जिल्लाको पिपरा, रामगोपालपुर, औरही, सुगा, सहोडवा, मनरा, सम्सी, गौशालासहितका ठाउँमा रहेको पेट्रोलपम्पमा पनि पेट्रोलियम पदार्थ नरहेको जनाइएको छ । ...... ढिलो गरी महोत्तरीमा वर्षा भएपछि अहिले किसानलाई धानखेती रोपाइँ गर्ने चटारो भएका बेला मधेस बन्द हुँदा खेत जोत्न ट्र्याक्टर चलाउन डिजेल पाउन मुस्किल भएकाले किसान थप समस्यामा परेका छन् । ..... ट्र्याक्टरवालाले डिजेल अभावको कारण किसानको खेती जोत्न मानेका छैनन् जसले ढिलै गरी पानी परे पनि महोत्तरीमा रोपाइँ हुन नसक्ने भएको छ । .... जलेश्वरलगायत जिल्लाको अधिकांश भागमा भएको पेट्रोलियम पदार्थको चरम अभावप्रति स्थानीय प्रशासन र आन्दोलनकारी कसैले ध्यान नदिएको सर्वसाधारणको गुनासो रहेको छ ।
मेरी आमा खाँटी उपाध्याय बाहुनकी छोरी हुन् भने बाबा थकाली। धर्मबाबा सरुभक्त भने नेवार। भाइबुहारीमध्ये जेठी बुहारी मगर हुन् भने कान्छी बुहारी नेवार। मेरो आफ्नै बिहे पनि अन्तरजातीय हो, पन्तसँग। छोराले अब सम्भवतः क्षेत्री भन्न रुचाउला अलि ठूलो भएपछि। जातीय राज्य माग गर्ने प्रचलन बढिरहेको बेला मैले मेरो निम्ति कुन राज्य माग गर्नु होला? जातीय राज्य बन्यो भने म कुन राज्यमा अटाउँछु होला?.......बडो असमञ्जस्यमा छु त!
सरस्वती प्रतिक्षा

जनकपुर भाद्र १३-१४ । नेपाल बार एसोसिएसन, जनकपुरद्वारा मधेश बिद्रोह में एकवध्दता !


जनकपुर भाद्र १३-१४ । नेपाल बार एसोसिएसन, जनकपुरद्वारा मधेश बिद्रोह में एकवध्दता !
Posted by Brikhesh Chandra Lal on Monday, August 31, 2015






Birgunj Update

बहुवरी पुलिस बीट को भी जलाया गया।
छपकैया में रहे सामुदायिक पुलिस बीट को भी तोडफोड कर दिया गया है
वीरगंज में एक और जगह फायरिंग
राधेमाई टोल में एक 15-16 साल के युवक को सीने में गोली लगने से हालत नाजुक, अस्पताल लाया गया
प्रतिमा चौक पर फायरिंग
एमाले पर्सा कार्यालय पर हमला व आगजनी
जिला विकास समिति के कार्यालय में आगजनी
पुलिस ने दो आन्दोलनकारियों को गोली मारी।

वीरगंज के सभी पुलिस बीट को खाली कर दिया है, और अधिकांश पुलिस बीट को जला दिया गया है।


पुलिस चौकी से सभी पुलिस वालों को जिला प्रहरी कार्यालय बुला लिया गया है।
पर्सा के एसपी ने सभी पुलिस वालों को "आन्दोलनकारीलाई हेर्न बित्तिकै ठोक" "गोली हान" का आदेश जारी
कर्फ्यू के बावजूद लोग सडकों पर


आन्दोलन को विरोधमा षडयन्त्र भइरहेको प्रति नेता यादवको आपती
सबै राजमार्ग जसरी पनि खुलाउने प्रहरी मुख्यालयको निष्कर्ष
प्रहरीले यसरी आन्दोलनकारीमाथि ज्यादती गरे, दर्जनौं सख्त घाइते (फोटो फिचर सहित)

सशस्त्र प्रहरीले नेपाली सेनाको जवान समेतलाई निर्घात कुटपिट गरेका छन । सेनाका जवान अफताब अंसारी सिभिलमा रिपोटिङ्ग गरि रहेको बेला सशस्त्र प्रहरीले आफनो नियन्त्रणमा लिएको थियो । सेनाको परिचय दिदा पनि सम्प्रदायिक गाली दिदै उनलाई निर्घात कुटपिट गरेका छन ।

सशस्त्र प्रहरीको जवानले घटना स्थलमा समाचार संकलन गर्न गएका सचारकर्मीहरु माथि पनि ढुङ्गामुडा प्रहार गरी तितरवितर गरेका थिए । सशस्त्र प्रहरीको जथाभावी लाठी प्रहारबाट संचारकर्मी अमिल अग्रवालको बा ६ प ७५ नम्बरको मोटरसाईकल समेत तोडफोड भएको थियो । बाक्लो उपस्थीतिमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरुले नगवाको घर घरमा पसी सर्वसाधारण व्यक्तिहरु माथि पनि कुटपिट गरेको स्थानियवासीहरुले बताएका छन । गएराती शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको ज्यातीको विरोधमा संघीय समावेशी मधेशी मोर्चा थप आन्दोलित भएका छन । मोर्चाले आज विहान नगवा चोकमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै राष्ट्यि मधेश समाजवादी पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंह, नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शिव पटेल, फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष शशिकपुर मियाले मधेशी माथि गरिएको धमनको कडा विरोध गरेका छन । लठी र गोलीको भरमा मधेशीको आन्दोलन दबाउन नसकिने बताउने नेताहरुले अबको लडाई निर्णायक लडाई भएकोले यसलाई सफल बनाउन सवैलाई आग्रह समेत गरेका छन ।
मुक्ति नभेटेसम्म आन्दोलन जारी रहने ः अध्यक्ष यादव
सोमबार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष यादवले २०६४ सालमा सरकारले गरेको आठबुँदे र २२ बुँदे सम्झौता कार्यान्वयन नै वार्ताका लागि आफूहरुको ‘बटमलाइन’ भएको बताउनुभयो ।

No comments: